Saturday, December 7, 2013

आचार संहिता उल्लंघन वढेपनि निर्वाचन आयोग मौन



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संविधानसभा निर्वाचनको मिति नजिकँदै गएपछि धनुषामा चुनावी माहोल झन तात्दै गएको छ । आफ्ना अनुकुलका डमी उम्मेदवार खडा गरेर उनीहरुको नाममा ठूलादलका उम्मेदवारले गाडि लगायतका स्रोत साधनको खुलेआम दुरुपयोग गरिरहे पनि निर्वाचन आयोग मौन रहेको छ । खास गरी निर्वाचनमा प्रचार प्रसारका लागि सवारी साधनको उपयोगिता लिन सकिने ध्येयले पनि डम्मी उम्मेदवार खडा गरिन्छ । आयोगले निर्धारण गरे अनुसार एक जना उम्मेदवारले दुई वटा र एउटा दलले एक वटा सवारी साधन त्यो पनि जिल्ला टूाफिक प्रहरी कार्यालयबाट कागज र नम्बरहरु चेक जाँच गराई आयोगबाट पास लिएर मात्र सवारी साधनको उम्मेदवारले प्रयोग गर्न पाउने भएपनि त्यसको कार्यान्वयन भएको देखिदैन । त्यसैगरी संविधानसभा निर्वाचनका दिन मतदान केन्द्रमा वढी पोलिङ एजेन्टका सदस्य राख्न, मतगणनाका समयमा वढी सदस्य छिराउनकै लागि धनुषामा एउटा उम्मेदवारले ४ देखि ८ वटा सम्म डम्मी उम्मेदवार खडा गरेको देखिन्छ । पछिल्लो संविधानसभाको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार रहेको व्यक्तिले आप्mनो गाडीमा नेपाली कांग्रेसका उम्मेदवार चन्द्रमोहन यादव र अर्का स्वतन्त्र उम्मेदवारले एमालेका उम्मेदवार रघुविर महासेठको झण्डा झुन्डियाएर प्रचार प्रसार गरिरहेको निर्वाचन आयोगका तत्कालिन आयूक्त अयोधि प्रसाद यादवले अनुगमनका क्रममा रंगेहात पक्राउ गरेका थिए । आयोगले दुवै जना स्वतन्त्र उम्मेदवारलाई रु ५(५ सयको जरिवाना गरी कारवाही गरेका थिए ।
संबिधानसभा सदस्यका लागि उम्मेदवारी दिएकाहरुले   आचार संहिताले निषेध गरेको जनकपुरको बिभिन्न स्थानमा पोस्टर पम्पलेट, तुल व्यानर, पार्टिको झण्डा लगायतका प्रचार समाग्रीहरु झुण्डयाए पनि कारबाही गर्ने निकाय मौन रहेको छ ।
उम्मेदबारहरुले, रेल्बे स्टेशन, जानकी मन्दिर, जनक मन्दिर, राम मन्दिर, धनुष सागर लगायतका धार्मिक तथा पुरातात्वीक महत्बका स्थलहरुमा पोस्टर पम्पलेट टाँसेर कुरुप बनाईसके पनि सम्बनधीत निकायले अहिले सम्म कारबाहीको लागि कुनै पहल गरेको छैन ।  मापदण्ड विपरित पर्चा, तुल, व्यानर र गाडी प्रयोग मात्र होइन, कार्यकर्ता परिचालन खर्च, भोजभतेर, स्थानिय क्षेत्रमा निर्माण, विभिन्न सामग्री र नगद समेत वितरण गरी निर्वाचन आचार संहिताको धज्जी उडाउँदै हिडेका उम्मेदवारहरुलाई कारवाही गर्न मौन देखिन्छ, निर्वाचन आयोग ।
नेता तथा कार्याकर्ताहरुले सुरक्षाकर्मीको २४औ घण्टा निगरानी रहने जनकपुर भन्सार कार्यालयमा समेत पोस्टर पम्पलेट टाँसेका छन ।  निर्बाचन आयोगले जारी गरेको आचार संहिता २०७० को परिच्छेद २ को बुंदा नम्बर १०मा धार्मिक तथा पुरातात्वीक महत्बका ऐतिहासिक स्थल र सरकारी भबनको भिता वा पर्खालमा कुनै पनि किसिमको पर्चा पम्पलेट टाँस्न नपाईने उल्लेख छ ।  
संबिधानसभा सदस्यका लागि उम्मेदवारहरु घरदैलो, भेटघाट, छलफल, पार्टि प्रबेश, सभा सम्मेलन जस्ता कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । आफनो पक्षमा मत हात पार्न अति नै व्यस्त रहेका उम्मेदवारले निर्बाचन आयोगले जारी गरेको आचारसंहिता बिपरित स्रोत साधनको खुलेआम दुरुपयोग गरेका छन् । धनुषाका सात वटा निर्वाचन क्षेत्रका लागि उम्मेदबारी दिएका तीन सय ३४ जना उम्मेदवार मध्ये एक सय जनाभन्दा बढी ठूला दलका उम्मेदवारले निर्वाचनमा साधानस्रोत आफूले प्रयोग गर्न खडा गरेका  डमी उम्मेदबार छन् ।  ती डमी उम्मेदवारले ठूला दलका उम्मेदवारलाई आफूले पाउने साधनस्रोत उपलब्ध गराएर आचारसंहिता उल्लंघन गरेका छन् ।
सवारी साधनको दुरुपयोग हुन नदिन आफुहरुले निगरानी बढाएको जिल्ला निर्बाचन कार्यालयले दाबी गरेपनि भन्सार कार्यालयले चाही यसको ठाडै प्रतिबाद गरेको छ ।  धनुषामा दैनिक ५ सँय भन्दाबढी भारतीय नम्बर प्लेटका गाडि चुनाबी प्रयोजनमा प्रयोग भईरहेपनि दैनिक ५० वटा गाडिले मात्र राजश्व बुझाउन आउने गरेको भन्सार कार्यालयले जनाएको छ ।
एउटा जिप कारले दैनिक करिब साढे चार सँय रुपैयाको  भन्सार कटाएर मात्र गुडाउन पाउने प्राबधान रहेपनि उम्मेदबारले सो नियमको बेबास्ता गरेका छन् । राजश्व नै नतिरी टूाफिक ऐन नियम बिपरित गाडि गुडाउने गरेका र आचार संहिताको धज्जी उडाउनेलाई कारबाही गर्न निर्वाचन आयोग अग्रसर हुन जरुरी छ ।
भयमुक्त वातावरणमा स्वतन्त्र, स्वक्ष, निश्पक्ष र विश्वसनिय ढंगबाट संविधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि सरोकारवालाहरुले पालना गर्नुपर्ने आचरणलाई व्यवस्थित गर्न निर्वाचन आयोग ऐन,२०६३ को दफा २८ ले दिएको अधिकार प्रयोग गरी निर्वाचन आयोगले संविधानसभा सदस्य निर्वाचन आचार संहिता, २०७० स्वकृत गरी ७ साउन २०७० देखि लागु गरेको छ । राजनीतिक दल, एवं दलका भातृसंगठनहरु, उम्मेदवार तथा उम्मेदवारसँग सम्वन्धित व्यक्ति तथा संस्था, नेपाल सरकार र नेपाल सरकारका मन्त्री तथा नेपाल सरकारको स्वामित्वमा वा नियन्त्रणमा रहेका संस्था र स्थानिय निकाय, आम संचारका माध्यम, नेपाल सरकारका कर्मचारी र निर्वाचन कार्यमा संलग्न कर्मचारी तथा सुरक्षाकर्मी, गैरसरकारी संघ तथा संस्था र निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगले खटाएको स्वमंसेवक लगायतका सरोकारबाला व्यक्तिहरुले आचार संहिता पालना गर्नु पर्ने हो ।
निर्वाचन आचार संहिता उल्लघंन गरेमा हुने सजाय
कसैबाट आचार संहिता पालना नभएको वा उल्लघंन गरेको देखिएमा निर्वाचन आयोगले त्यस्तो काम तुरुन्त रोक्न वा वदर गर्नको लागि आदेश दिने छ । त्यस्तो आदेश बमोजिम काम कारवाही नरोकिएमा वा वदर नगरेमा आयोगले आचार संहिता उल्लंघनकर्तालाई १ लाख रुपैया सम्म जरिवाना गर्न सक्ने छ । कुनै उम्मेदवारले आचार संहिताको उल्लंघन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धांधली रहित तवरबाट हुन नसकिने कुरामा आयोग विश्वस्त भएमा आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्न सक्ने छ । निर्वाचन आयोगले निर्धारण गरेको निर्वाचन खर्चको हद भन्दा वढी खर्च गरेमा वा खर्च विवरण आयोग समक्ष पेश नगरेमा आयोगले जरिवाना गर्न सक्ने छ । खर्चको लेखा परीक्षण प्रतिवेदनको आधारमा अनुचित तवरले खर्च गरेको देखिएमा त्यस्तो व्यक्ति वढीमा ६ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य हुने र त्यस्तो व्यक्ति निर्वाचित भएको रहेछ भने निजको निर्वाचन स्वतः वदर हुने छ ।



मिति ः २०७०÷७÷१७

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete