Saturday, December 7, 2013

धत् , जनकपुर पनि काहीं बस्ने ठाउँ हो ? – दिपक न्यैेपाने



दिपक न्यैेपाने

यसरी राजधानीमा टाउको लुकाउने आशुतोषहरुले जनकपुर नछाड्दा यहाँका सम्पदाहरुको बखान गरेर थाक्दैनथे । आजकाल जनकपुर पुगेका बेला आप्mना साथीसंगीको विरोध गर्ने र जनकपुरमै बाँच्ने र यहीं रमाउनेहरुलाई घृणा गर्नेसम्मको भएका छन् । उनीहरुको प्रगति भनेकै यही हो । उनीहरुको विचारमा प्रगति गर्न जनकपुर छोड्नैपर्छ प्रगतिको पर्याय जनकपुरलाई घृणा गर्नु हो । भ्रमरपुरा चोक र गोदारका हाटबजारमा काम गर्ने आशुतोषका मित्रहरुले जनकपुरको घृणा गरेको सुन्दा ङिच्च हाँसेर जवाफ दिन्थे–‘खै हजुर आपूmले त केही गर्न सकिएन, हजुरको जस्तो प्रगति गर्न सकिएन ।’
आशुतोष कड्किन्थे– ‘जनकपुरमा बसेर पनि काहीं प्रगति हुन्छ ? प्रगतिको लागि त जनकपुर छोडेर हिंड्नुपर्छ ।’

जनकपुरधाममा रहँदा कुनै दिन आजकल यहाँ नाकमुख नदेखिनेहरु फलाकिन्थे–‘यो ऐतिहासिक जानकी मन्दिरको गरिमा अझ उँचो बनाउनुपर्छ । यसको प्रचार हामी जस्ता जनकपुरधामबासीले देश–विदेशमा अभैm गर्नु छ, जनकपुरको गौरव, यहाँका मठमन्दिर, तालतलैया, राममन्दिर, विवाहमण्डप, अङ्गराज सर तलाउ, धनुषसागर, धनुषाधाम आदि यहाँका लोकप्रिय सम्पदा हुन्, यिनको महिमा देश÷देशान्तरसम्म विस्तार गरेर यो ऐतिहासिक नगरीलाई हामीले विश्वरङ्गमञ्चमा परिचित गर्नु छ । हाम्रो धन्य यसैमा छ ।
ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा माथिका जस्ता ठूल्ठूला भाषण गर्ने र चियाभट्टीहरुमा जनकपुरका ऐतिहासिक धरोहरहरुको चर्चा गरेर आधा दिन र आधा रात गएको पत्तो नपाउनेहरु स्वयं जनकपुरधामबाट बेखबर भएको देख्दा जानकी मन्दिर र विवाहमण्डपमा पलेंटी कसेर बसेका देवताहरु खिन्न देखिन्छन् । पूजा–पाठ र आप्mनो प्रचार–प्रसार उनीहरुले गरिदिएनन् भनेर हैन कि ठूल्ठूला कुरा छाँटेर नथाक्ने मनुवाहरु अन्तै भास्सिएको देख्दा दयाको सागरले धामका देवीदेवताहरु भक्कानिन्छन् ।
कुनै दिन ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा कवि भूपि शेरचनले लेखेका थिए–
‘जहाँ मृगमरीचिकापछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु...।’
‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा देशप्रेमको अगाध माया गाएका कवि भूपिले यो बाह्रै महिना वा बाह्रै मास हराभरा हुने नेपालजस्तो मुुलुक त्यागेर ठूल्ठूला मनोकाङ्क्षा (मृगमरीचिका) बोकेर नेपाल छोडेर परदेशिनेहरुको दया देखेर, परदेशमा उनीहरु हली–गोठाला र खानीका ‘बहादुर’ बनेको देख्दा मेरो देशको वनपाखामा रहेका धूपी र सल्लाहरु सुसाइरहेका हैनन्, रोइरहेका छन् भनेर लेखेथे ।
ठीक उस्तै, प्रगतिका खातिर जनकपुधाम छाडेर वा भनूँ जनकपुर छोडेर ठूला बनेकाहरुलाई आप्mना दिव्यचक्षुले माता जानकीले हेरेर उनीहरुको हविगत देखेर आँशु झारेकी छिन् । पूजा–पाठ धूपदीप, नैवेद्यको खडेरी परेर माता रोएकी हैनन् । निर्धक्क जनकपुरबाट देशकै सेवा गर्ने ओठेभक्ति नगरी सच्चा मनले समर्पितहरुले यहाँका सम्पदाहरुको जगेर्ना गरेकै छन् नि ।
कठै बरा, कति ठूलो सपना साँचेर उनीहरुले जनकपुरधाम छोडेथे । जनकपुरमा बस्दा सानो भइने, बसे पनि ठूला कुरा गरेजस्तो काम गर्न पक्कै सजिलो छैन । त्यसैले पलायनवादी सोच बोकेर जनकपुर छोडेर परदेशिएकाहरुको त के चर्चा गर्ने ? भेडागोठाला लागेर पेट पालेकै छन् । भिसाको अवधि सकिएपछि फर्किहाल्छन् । देशको राजधानी काठमाडौंमा बसेकाहरुलाई माताका दिव्यचक्षुले हेर्दा उनीहरुको दैनिकी विकराल देखिन्छ ।
जनकपुरमा के छैन ? भूमि आपैंmमा उर्वर–
कविवर माधव घिमिरेले जनकपुरको प्रकृति हेरेर भावुक हुँदै लेखेथे–
‘यही हो मेरो मिथिला
धरती शस्यश्यामला...।’
आहा, मिथिलानगरीको भूमि नै पुण्य, भू–स्वर्ग, उर्वर (शस्यश्यामला), कालो–कालो पवित्र माटो । शायद राम–सीताले टेकेर हो कि ?
सोच न विचारसँग जनकपुरधामको प्राचीन गरिमालाई देश÷देशान्तरसम्म पैmलाउनुपर्छ भनेर यहाँ बस्दा धेरै खोक्ने आशुतोष यादव, नारायण झा र पीताम्बर महतोहरु उज्ज्वल भविष्यको खोजीमा राजधानी पसेकोमा कसैले प्रश्न गर्ने ठाउँ नै भएन । तर, उनीहरुले जनकपुरधाममै बसेर देश र समाजका लागि दिएको योगदानलाई अवमूल्यन वा सीधै घृणा गर्दा भने मुटु भक्कानिएर आउँछ । जनकपुरबासीहरुलाई जनकपुर छाडेकाहरुले गरेको घृणा देख्दा वा उनीहरुले आपूmलाई शहरिया भनेर जनकपुरबासीहरुलाई संगत नपाएको जस्तो व्यवहार उनीको अन्तर्मनमा गढेर रहेको देख्दा माता जानकी कवि भूपिका धूपी र सल्लाहरुले जस्तै आँशु खसालेर रोइरहेकी छिन् ।
हामीले नदेखे पनि उनीहरुको ताल माता जानकीले त आप्mना दिव्यचक्षुले देखिरहेकी नै छिन्– आशुतोषको राजधानीको घट्टेकुलोमा डेरा, डेरा पाउन नसकेर राजविराजतिर घर भएको बताउने एक मित्रलाई कमिशन दिएर बल्ल–बल्ल पाएको डेरा, पेशा के हो पत्तो छैन ? छिँडीको अँधेरो कोठा, घरभेटीले बत्ती बढी बाले माथिबाटै चिच्याउने, ट्वाइलेट फोहोर भयो भनेर हरेक दिन जस्तै कोकोहोलो मच्चाउने, ट्वाइलेटको सानो ढोकाबाट अग्ला आशुतोष बानी नपरुन्जेल ठोक्किएर कतिपटक उनको टाउकोमा टुटिल्को उठेथ्यो । आजकाल बानी परेछ । भित्ताको चिसोले असर नगरोस् भनेर कोठाभरि पुराना पत्रिका टाँसेका, पानीको अभावले ननुहाएको त कति दिन भयो कति । तर, बाहिर देखिँदा, सुकिला–मुकिला र सधैंजसो टाईमा । तराईबाट जितेर आएका नेताहरुलाई देश निर्माणको सुझाव दिन्छु भनी टोल पिटेका थिए ।
अपरिचितसँग परिचय गर्दा हात मिलाएर भन्थे–‘म राजधानीको मुटु घट्टेकुलोमा बस्छु ।’
घर पनि बनाउनुभयो कि ?
‘छैन’– अहिले आरामदायी बसाइ छ, जनताको सेवा गर्दागर्दै भाग्य दाहिना भए बेर लाग्दैन ।
हा..हा..हा..–दुवै हाँस्छन् ।
यसरी राजधानीमा टाउको लुकाउने आशुतोषहरुले जनकपुर नछाड्दा यहाँका सम्पदाहरुको बखान गरेर थाक्दैनथे । आजकाल जनकपुर पुगेका बेला आप्mना साथीसंगीको विरोध गर्ने र जनकपुरमै बाँच्ने र यहीं रमाउनेहरुलाई घृणा गर्नेसम्मको भएका छन् । उनीहरुको प्रगति भनेकै यही हो । उनीहरुको विचारमा प्रगति गर्न जनकपुर छोड्नैपर्छ प्रगतिको पर्याय जनकपुरलाई घृणा गर्नु हो । भ्रमरपुरा चोक र गोदारका हाटबजारमा काम गर्ने आशुतोषका मित्रहरुले जनकपुरको घृणा गरेको सुन्दा ङिच्च हाँसेर जवाफ दिन्थे–‘खै हजुर आपूmले त केही गर्न सकिएन, हजुरको जस्तो प्रगति गर्न सकिएन ।’
आशुतोष कड्किन्थे– ‘जनकपुरमा बसेर पनि काहीं प्रगति हुन्छ ? प्रगतिको लागि त जनकपुर छोडेर हिंड्नुपर्छ ।’
जनकपुर छोडेर प्रगतिको रट लगाउनेहरुले सहपाठी, सहधर्मी मित्रहरुलाई ढाँटे पनि जानकी मातालाई किन ढाँट्न सक्थे र ?
आशुतोष र पीताम्बरहरुका डरलाग्दा जीवन देखेर माताका आँखामा बलिन्द्र आँशुका धारा बगिरहेका छन् । राजधानीका अँध्यारा कोठासहितको घर बनाउने घरभेटीहरुले पत्याउन छाडे पनि तिनीहरु कहाँ जाने ? जनकपुर जाउँ आपूmसरहका साथीहरु कोही पत्रकार, कोही सफल व्यापारी, कोही आधुनिक किसान, कोही के कोही के सबै आ–आप्mनै किसिमले कर्मशील । तर आशुतोषहरु घर न घाटका ।
देश सिस्टममा नचलुन्जेल मान्छेलाई उल्लु बनाएर खान पल्केकाहरु, छिँडीको अँध्यारो कोठालाई सर्वस्व ठान्ने तोरीलाहुरेहरु, धिक्कार छ तिमीहरुलाई जसले आप्mनो जन्मभूमिलाई लात मात्र हानेन, विरोध मात्र गरेन । आप्mनो गाउँ–ठाउँको उन्नति र जागरणमा लागेका साहित्यकार र पत्रकारहरुलाई समेत घृणा गर्छौं ?
जनकपुरधामलाई घृणा गर्ने वा जनकपुरबासीहरुलाई घृणा गरेर राजधानीमा परिचय खुलाउँदा पुख्र्यौली घर जनकपुर भन्नेहरु तिमीहरुको डुंगा समुद्रको बीचमा छ, मक्केर डुब्ने अवस्थामा पुगेको तिम्रो जहाज डुबेपछि तिमी कहाँ पुग्छौ ? नयाँ संविधान बनेर देश सिस्टममा हिंड्ने प्रयास गर्दै छ । नेताहरु अन्तिम सहमतिनजिक आइपुगेका छन् । राजधानीका घरभेटी हो तिमीहरुलाई हामी जनकपुरमा बसेर तोरीलाहुरेहरुकै शब्दमा घृणित पात्रहरुको बिन्ती छ–यी तोरीलाहुरेहरुलाई पत्याइदेओ । हामी जनकपुरमा बसेको भनेर घृणा गर्ने यिनीहरुप्रति हाम्रो सद्भाव यस मानेमा मात्र छ कि यिनीहरुले सृष्टिको प्रथम पाइलो यहीं टेकेथे । जानकी मन्दिर र राममन्दिरको संरक्षण हामी आपैंm गर्न सक्षम छौं । तर, उनीहरुको संकीर्ण संसार वा भनूँ छिँडीको अँधेरो कोठाबाट तिनीहरुलाई नगलहत्याऊ । हात जोडेर पुनः विन्ती छ–त्यहाँबाट डेराडन्डा उठ्यो भने उनीहरुको जाने ठाउँ काहीं हुँदैन । घाँटीको ‘टाई’ बेचेर खानेहरुलाई राजधानीका घरभेटी हो, घरबाट ननिकालिदेओ किनभने त्यहाँबाट थातथलो गुम्यो भने जनसाधारणले त्यो ‘टाई’लाई लाज ढाक्ने प्रथम वस्त्र लगौंंटी बराबर पनि गन्दैन ।



मिति ः २०७०÷८÷०२

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete