Saturday, December 7, 2013

बनौलीको विद्यापति डिहको उत्खनन आवश्यक– अवधेश चौधरी



अवधेश चौधरी
बाल चन्द विज्जावाइ भाषा दुहु नहि लागै दुज्जन हासा ।
ओ परमेसर हर सिर सोहई ई निच्चई नाअर मन मोहई ।।
शुक्रबार मिथिला साहित्यका महाकवि विद्यापतिको स्मृति पर्व समग्र मिथिलामा मनाईएको छ । सोही अवसरमा यस पटक पनि जनकपुरमा विद्यापति चौकमा विद्यापति स्मारकमा स्मृति पर्व विद्यापतिको शालिकमा फुलमाला लगाई मनाइएको छ । पुर्व राज्य मन्त्री संजयकुमार साह उक्त कार्यक्रमका प्रमुख अतिथि थिए ।
मैथिली साहित्यको आदि कवि विद्यापति जनसमाजमा मैथिली पद्यावलिको कारण अमर भई सक्नु भएको छ । तर वहाँ कवि मात्रै हुनु हुन थिएन् । वहाँ एकै संग कवि, शिक्षक, कहानिकार ऐतिहासिक भूवृतान्त लेखक, स्भार्तकार , धर्म कर्मको व्यवस्था दाता एवं कानुन को प्रमाणिक ग्रन्थहरुको लेखक हुनु हुन्थ्यो । महाकविले शिक्षा दिनको लागि पुरुष परीक्षा को रचना गर्नुभयो  कानुन को कितावको रुपमा वहाँले लिखनावलिको रचना गर्नु भयो । कीर्ति सिंह कसरी मुसलमानको हातबाट तितृ राज्य मिथिलाको उद्धार गर्नुभयो त्यसमाथि कीर्तिकलता नाउँको एउटा चमत्कारी ऐतिहासिक कथा लेखनु भयो । मिथिला देखि नेभिषारण्य सम्मको भुखण्डमा जति तिर्थहरु छन त्यसको पुर्ण विवरण दिदै भुपरिक्रमा नाउको एउटा भौगोलिक ग्रन्थ लेख्नुभयो । शिव शिंहको रणनैपुण्य र प्रेम नै पुण्य चित्रित गर्दै अवहठ्ठ भाषामा कीर्तिपताकाको रचना गर्नुभयो । स्मृतिको प्रमाण्य ग्रन्थको रुपमा शैव–श्र्वस्थ सार, दान वाक्यावली, र विशेष गरेर दुर्गाभक्ति तरंगिनीको अपुर्व रचना गर्नु भयो । कवि कोकिल सोनिपुण व्यवहार शास्त्रविदको रुपमा विभाग सार ग्रन्थको रचना गर्नुभयो । जसमा उत्तराधिकारी निरुपण आदिको व्यवस्था दिनुभएको छ ।
त्यस्तै युद्ध विग्रहको जीवन्त वर्णन पढेपछि के बुझनमा आउछ भने वहाँ युद्धमा समेत सक्रिय भाग लिनु हुन्थयो । महाकवि संगीत विधामा कति पारदर्शी हुनुहुन्थ्यो । त्यसको प्रमाण वहाँको रचित असव्य मैथिली पदहरुबाट थाहा हुन आउछ । भारतीय कवि कुलमा रविन्द्र नाथ को शिवाय अन्य कुनै कविमा यस्तो प्रतिभाको कुरा सुन्नमा समेत आएको छैन् । विद्यापति संस्कृत को गध्य, पध्यमा र अवहुठठ भाषामा एवं मैथिलीमा काव्यादि लेख्नु भएको छ ।
विद्यापति कुन सालमा , कति वर्ष को अवस्थामा कविता र निवन्धको रचना आरम्भ गर्नु भो कुन वर्षमा के लेख्नु भो र कति वर्ष सम्म जीवित रहनुभो यी कुराहरु लाई निश्चय पुर्वक जान्नु को कुनै उपाय छैन् । उहालेँ रचनु भएको पदहरु र ग्रन्थहरुमा उहाँको पृष्ठपोषक राजा, रानी, मन्त्री र सुलतानहरु नाम को उल्लेख्य देखिन्छ । उहाँहरुको काल निर्णय को आधारमा विद्यापतिको रचना र जीवनको धेरै जसो प्रधान घटनाहरुको समय निरुपण निर्भर गर्दछ र कति ठाउँमा तारीखयुक्त किताबहरु र शिलालेख बाट पनि कालनिर्णयमा सहयोग प्राप्त हुन्छ । जसमा लक्ष्मन सम्वत् मा काल–निर्दिष्ट भएको छ । निकै सम्भव छ राज वनौलीको राजा पुरादित्य को गढको उत्खन्नबाट यस दिशा मा धेरै प्रमाणिक आधारहरु भेटिने सम्भावना छ । अतः आवश्यक छ कि छिटो भन्दा छिटो यस गढको उत्खनन को लागि समस्त विद्यापति प्रेमी वाट प्रयास हुन प¥यो । यसैमा देशवासीहरु को कल्याण निहित छ ।
शिव सिंह को मृत्युको  पश्चात विध्यापति अखिमा देवी र वहाँ को अन्याय परिवारवर्ग हरुलाई लिएर २९९ ल.स. (१४१८ ई.सं.) को आस पास मा राजबनौलीमा राजा पुरादित्य को शरणमा आउनुभयो । यो राज बनौली हाल आधुनिक नेपालको महोत्तरी जिल्लामा पर्दछ । यो पुण्य स्थल जनकपुरधाम बाट ६ कि.मी. दक्षिणमा अवस्थित छ । त्यति बेला यो गाउ घना जंगलले सुशोभित थियो र यहाँ जलाशय को अभाव थियो । गाउलेहरुको आग्रहमा विद्यापतिले त्यहाँ ठूलो पुष्करिणी खुदावाउनु भयो र त्यसको यज्ञ गराउनु भयो । त्यतिबेला अर्जुन नामको एउटा बुद्ध मत का राजा जो सप्तरीका राजा थियो उसले आफ्नो मान्छे सहित मिलेर त्यो यज्ञमा विघ्न गर्न थाल्यो । पहिले त शास्त्रार्थ भयो अन्त मा युद्ध पनि भयो । त्यो युद्ध मा राज्या पुरादित्यको सहायता बाट बुद्धहरुलाई मारेर भगाइयो र उनको राजा पनि युद्धमा मारिए । यसरी सप्तरी परगना पुरादित्यका राज्यमा मिलाइए । त्यो ठुलो जलाशय अहिले पनि भरघरको अवस्था छदैछ । राजा पुरादित्य को दरवार को अगाडि त्यहि जलाश्यको डिलमा बसेर विद्यापतिले मैथिली भाषामा श्री भदभागवत लेखनु भयो । त्यही राजवनौलीमा अर्को पुस्तक लिखनावली पनि लेख्नु भो । यस्तो जन उपयोगी पुस्तकको प्रभाव नेपालको ऐन–श्रेस्तामा पनि भेटिन्छ । यसरी विध्यापति १४१८ ई. देखी १४३० ई. सम्म वनौलीमा रहनु भयो ।
धेरै दिन पछाडि यस जलाशयको जीर्नोधार मटिहानी को मान महन्थले गर्नु भएको थियो । त्यसै क्रममा त्यो जलाशयबाट एउटा लक्ष्मीनारायणको प्रतिमा प्राप्त भएको थियो । त्यो प्रतिमा मटिहानी लगियो र त्यहाँबाट पनि त्यो चरौत स्थानमा पुग्यो जो अहिले पनि त्यहाँ छदैछ । जो वनौली को लागि एउटा अपुर्णिय क्षति भएर गयो ।
यसरी यो गढको बारेमा धेरै जनश्रृतीहरु पनि सुनिन्छ । जस्तै यो गढ बाट साँझ विहान भजन किर्तनका स्वर निस्कनु, भोजन को समयमा सुगन्धीत भोजनको सुगन्ध निस्कनु र कहिले काहिँ त्यो क्षेत्रमा राती तिर पुण्य आत्मा हरुको दिव्य दर्शन हुनु इत्यादी छन् । त्यस क्षेत्रबाट अरु धेरै सामानहरु भेटिएका छन् । जस्तै एउटा शिवलिंङ, माटोको वर्तनहरुको अवशेषहरु, सुन, चाँदी को सिक्काहरु, वृहत आकारका ईटाहरुका पर्खालहरु, दरवारको भग्नावशेषहरु पोखरी इनारका अवशेष हरु इत्यादी छन् । त्यसैले उक्त डिहको राज्य पक्ष द्वारा उत्खनन गर्नु नित्तान्त आवश्यक छ । (लेखकः या.ल.ना. विद्यापीठ मटिहानीका सह–प्राध्यापक हुन् ।)


मिति ः २०७०÷८÷०२

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete