Saturday, December 7, 2013

धनुषामा ७ सिटका लागि ३३४ मैदानमा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
 संविधानसभाको निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम प्रचार(प्रसारका लागि निर्वाचन आयोगद्वारा तोकिएको मिति १ मंसिरसम्म विभिन्न उम्मेदवारहरुले धनुषामा अन्तिम चुनावी सभा गरेका छन । यसपटक ४ मंसिरमा संविधानसभाको दोस्रो निर्वाचनको मिति तोकिएको छ । आसन्न चुनावका लागि धनुषामा यस पटक क्षेत्र नं. १ देखि ७ सम्म क्रमशः ४०, ४१,५३,६२,५६,४२ र ४० गरी कुल ३ सय ३४ जना उम्मेदवारले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) अन्तरगत उम्मेदवारी दर्ता गराएका छन । पछिल्लो पटक २८ चैत्र २०६४ मा समपन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा  क्षेत्र नं. १ देखि ७ सम्म क्रमशः २०,२४,२९,३४,२३,२१ र २४ गरी कुल १ सय ७५ जनाले उम्मेदवारी दिएका थिए । तथ्याङकको आधारमा यस पटक धनुषामा करिब दुई गुणा वढी उम्मेदवारले उम्मेदवारी दिएका छन ।
२५ देखि ३० प्रतिशत मत ल्याए विजयी हुने सम्भावना
पछिल्लो संविधानसभाको चुनावमा मतदान भएको कुल मत मध्ये धनुषामा औषत २५ देखि ३० प्रतिशत सम्म मत ल्याउने हरु विजयी भएको थियो । ४ लाख ६३ हजार २ सय २५ कुल मतदाता रहेको धनुषामा २ लाख ८८ हजार ५ सय २८ मत कुल मतदान भएकोमा कुल २ लाख ६६ हजार २ सय ३८ मत सदर भएको थियो भने २२ हजार २ सय ९८ मत बदर भएको थियो । यस पटक धनुषाको कुल ७ निर्वाचन क्षेत्रमा ३ सय ८ मतदान स्थल र ५ सय ५४ मतदान केन्द्रमा कुल ३ लाख ३७ हजार ६ सय ९३ मतदाता रहेका छन । विगतको निर्वाचन भन्दा यस पटक मतदाता संख्या घटेको र उम्मेदवारहरुको संख्या वढेको कारण कडा प्रतिस्पर्धा वढ्ने भएपछि औषत २५ देखि ३० प्रतिशत सम्म मत ल्याएमा विजयी हुने अनुमान गरिएको छ ।
पछिल्लो संविधानसभाको चुनावमा क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार रामचन्द्र झाले मतदान भएको कुल मत मध्ये ३१.९९ प्रतिशत मत ल्याई विजयी भएका थिए । माओवादीका जोग कुमार बरबरिया यादवले २५.२३ प्रतिशत, फोरम नेपालका गजाधर रोहिता यादवले १६.३ प्रतिशत र नेपाली कांग्रेसका स्मृति नारायण चौधरीले १४.०६ प्रतिशत मत ल्याएका थिए भने अन्य उम्मेदवारहरुको मत प्रतिशत २ भन्दा पनि कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादवले २७.२५ प्रतिशत मत ल्याई विजयी भएका थिए । माओवादीका रामचन्द्र मण्डलले २२.७९ प्रतिशत, एमालेका रत्नेश्वर गोइत यादवले १८.०८ प्रतिशत, तमलोपाका परमेश्वर साह सुडीले १२.४५ प्रतिशत, फोरमका पवन कुमार झाले ९.८२ प्रतिशत मत ल्याएका थिए भने बाँकी उम्मेदवारहरुको मत प्रतिशत २ भन्दा पनि कम थियो । क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधिले ४०.१ प्रतिशत ल्याई विजयी भएका थिए । एमालेका हरिदेव मण्डलले २५.५७ र तमलोपाका अमरेश नारायण झाले १७.७८ प्रतिशत मत ल्याए पनि बाँकी अन्य उम्मेदवारहरुको मत प्रतिशत ५ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. ४ मा फोरमका संजय कुमार साहले ३४.९३ प्रतिशत मत ल्याई विजयी भएका थिए । एमालेका रघुविर महासेठले २४.१६ प्रतिशत, तमलोपाका वृषेश चन्द्रलाल ले १२.९२ प्रतिशत र नेपाली कांग्रेसका लिला कोइरालाले ११.३६ प्रतिशत मत ल्याएपनि बाँकी उम्मेदवारहरुको मत प्रतिशत ५ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नंं. ५ मा नेपाली कांग्रेसका रामबरण यादवले २८.३४ प्रतिशत मत ल्याई विजयी भएका थिए । तमलोपाका श्रीकृष्ण यादवले २७.०१ प्रतिशत, एमालेका रामरतन यादवले १४.९६ प्रतिशत र माओवादीका महादेव यादवले १२.४७ प्रतिशत मत हासिल गरेका थिए भने अन्य बाँकी उम्मेदवारहरुको मत प्रतिशत ६ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. ६ मा माओवादी की रामकुमारी देवी यादवले २९.३ प्रतिशत मत ल्याई विजयी भएका थिए । कांग्रेसका प्रेम किशोर प्रसाद साहले २२.५७ प्रतिशत, एमालेका योगनारायण यादवले २२.५२ प्रतिशत ल्याएका थिए भने बाँकी अन्य उम्मेदवारहरुको मत प्रतिशत ९ भन्दा कम रहेको थियो । त्यसै गरी क्षेत्र नं. ७ मा एमालेका शत्रुधन महत्तोले ३०.०६ प्रतिशत मत ल्याई विजयी भएका थिए । कांग्रेसका आनन्द प्रसाद ढुङगानाले १९.३२ प्रतिशत, माओवादीका जागेश्वर महत्तो कोइरीले ११.३९ प्रतिशत मत ल्याएका थिए भने बाँकी उम्मेदवारहरुको मत प्रतिशत ९ भन्दा कम रहेको थियो ।
सवै क्षेत्रमा कडा प्रतिस्पर्धा
यस पटकको निर्वाचनको लागि क्षेत्र नं. १ बाट कुल ४० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि एमाओवादीका रामचन्द्र झा, नेपाली कांग्रेसका दिनेश परसैला यादव, फोरम लोकतान्त्रिकका उमाशंकर अरगरिया, एमालेका रत्नेश्वर लाल गोइत र स्वतन्त्र उम्मेदवार जोगकुमार बरबरिया यादव बीच प्रतिस्पर्धा देखिदै छ । त्यसैगरी क्षेत्र नंं.२ बाट कुल ४१ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि नेपाली कांग्रेसका रामकृष्ण यादव, एमाओवादीका रामचन्द्र मण्डल, एमालेका भोला साह, तमलोपाका परमेश्वर साह र नेपाल सदभावना पार्टीका राजीव झा बीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी क्षेत्र नंं. ३ बाट कुल ५३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि नेपाली कांग्रेसका विमलेन्द्र निधि, राष्टिूय मधेस समाजवादी पार्टीका राजु चौधरी, एमालेका जुली महत्तो र एमाओवादीका हरिदेव मण्डल बीच कडा प्रतिस्पर्धा देखिदै छ । त्यसै गरी क्षेत्र नंं. ४ बाट कुल ६२ जना उम्मेदवारले उम्मेदवारी दिएपनि सदभावनाका संजय कुमार साह, नेपाली कांग्रेसका रामसरोज यादव, तमलोपाका वृषेशचन्द्र लाल, एमालेका श्रीप्रसाद साह, फोरमका रामस्वार्थ राय,राष्टिूय मधेस समाजवादी पार्टीका मनोज चौधरी र स्वतन्त्र उम्मेदवार राजदेव मिश्र बीच प्रतिस्पर्धा देखिदै छ । क्षेत्र नं. ५ बाट कुल ५६ जना उम्मेदवार रहे पनि तमलोपाका अनिता यादव, कांग्रेसका चन्द्रमोहन यादव, एमालेका रघुविर महासेठ, एमाओवादीका विजय यादव बीच कडा प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नंं. ६ बाट कुल ४२ जना उम्मेदवारले उममेदवारी दिएपनि कांग्रेसका प्रेम किशोर प्रसाद साह, एमाओवादीका बोधमाया यादव, एमालेका योगनारायण यादव र राप्रपा नेपालका मनोज मल्ल ठकुरी बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ७ बाट कुल ४० जनाले उम्मेदवारी दिएपनि एमालेका शत्रुधन महत्तो, एमाओवादीका रामकुमार महत्तो, कांग्रेसका बासलाल महत्तो र स्वतन्त्र उम्मेदवार समिर घिमिरे बीच प्रतिस्पर्धा देखिएको छ ।
कठिन छ चुनावको पूर्वानुमान
अविकसित देशहरुमा चुनाव अगाडि नै कसले जित्छ भनेर अनुमान लगाउन अमेरिकामा जस्तो सजिलो हुँदैन । चुनावमा कसले जित्छ भनेर अनुमान गर्न गाह्रो हुने केही कारणहरु छन ।
प्रथमतः अविकसित देशका मतदाताहरु अस्थिर हुन्छन् । उनीहरुको मन एकै रातमा समेत परिवर्तन हुने भएकाले दलगत आधारमा कसले जित्छ भनेर अनुमान गर्न कठिन हुन्छ । गाउँमा भन्दा शहरमा मतदाताहरु छरिएर आफ्नो घर र व्यापार व्यवसायमा केन्द्रीत हुने भएकाले उनीहरुको मनपेट थाहा पाउने कुनै संयन्त्र हुँदैन ।
दोस्रो, राजनीतिक दलका कार्यकर्तालाई बुझ्दा जसले पनि आफ्नै पार्टीले जित्ने दाबी गर्ने भएकाले कसको वास्तविक अवस्था कस्तो छ भनेर सही आँकलन गर्न सकिँदैन ।
तेस्रो, चुनावका बेला अविकसित देशका मिडिया, पत्रकार, लेखक र विश्लेषकहरु पनि सन्तुलित भूमिकामा भन्दा पनि एउटा न एउटा दल वा शक्तिको पछाडि लाग्ने भएकाले विश्लेषकहरुको विश्लेषणका आधारमा पनि सत्यको नजिक पुग्न गाह्रो हुन्छ ।
चौथो, विकसित देशहरुमा जस्तो सबैतिर विद्युतीय मतदान हुँदैन, चुनावमा धाँधली हुने र मतदानमा तलमाथि हुने भएकाले विश्लेषण गर्न कठीन हुन्छ । विदेशमा जस्तो सर्वेक्षणहरु हुँदैनन् । कसैले सर्वेक्षण गर्दा पनि आफ्नो पक्षलाई अगाडि देखाउने नियत घुसाउने गरिन्छ । यिनै विविध कारणले गर्दा  सिंगै मुलुकको चुनावी परिणाम कस्तो आउला भनेर पूर्वानुमान गर्नु निकै गाह्रो विषय हो । तर, रोचक पक्षचाँहि के छ भने पिछडिएको मुलुकमा चुनावको पूर्वानुमान गर्न निकै कठिन भए पनि मतदाता र जनतामा भने चुनाव नहुँदै कसले जित्छ र कसले हार्छ भन्ने चासो चाहिँ अत्यधीक हुने गर्दछ । नेपालमा कसले चुनाव जित्ला भनेर देखिने गरेको चासो पनि यसैको उदाहरण हो ।
पछिल्लो चुनावमा १ सय ५० जनाको जमानत जफ्त
उम्मेदवार हुन योग्यता पुगेको व्यक्तिले सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम भएका प्रस्तावक र समर्थक एक एक जना बाट प्रस्ताव र समर्थन गराई उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराउँछन । राजनीतिक दलले खडा गरेको उम्मेदवारले सम्बन्धित दलबाट उम्मेृदवार बनेको औपचारिक पत्र (टिकट) र स्वतन्त्र व्यक्तिले धरौटी वापत रु.३ हजार जम्मा गर्नु पर्छ । निर्वाचन आयोगका अनुसार मतदानमा खसेको कुल मतको १० प्रतिशत मत हासिल गर्ने उम्मेदवारको धरौटी फिर्ता हुन्छ र त्यो भन्दा कम मत हासिल गर्ने उम्मेदवारको जमानत स्वरुप दिईएको धरौटी रकम निर्वाचन आयोगले जप्mत गर्छन । धनुषामा पछिल्लो पटक क्षेत्र नं. १ बाट २० जना उम्मेदवार मध्ये १६ जना, क्षेत्र नं.२ बाट २४ जना उम्मेदवार मध्ये २० जना, क्षेत्र नं. ३ बाट २९ जना उम्मेदवार मध्ये २६ जना, क्षेत्र नं.४ बाट ३४ जना उम्मेदवार मध्ये ३० जना, क्षेत्र नं. ५ बाट २३ जना उम्मेदवार मध्ये १९ जना, क्षेत्र नं. ६ बाट २१ जना उम्मेदवार मध्ये १८ जना, र क्षेत्र नं. ७ बाट २४ जना उम्मेदवार मध्ये २१ जना गरी कुल १ सय ७५ उम्मेदवार मध्ये कुल १ सय ५० जना उम्मेदवारहरुको जमानत स्वरुप बुझाईएको रु. ३ हजारको धरौटी निर्वाचन आयोगले जफ्त गरेका थिए । यस पटक झन ३ सय ३४ जना उम्मेदवारले उम्मेदवारी दिएका कारण धेरै उम्मेदवारहरुको जमानत जफ्त हुने आँकलन गरिएको छ ।
धनुषामा ३ सय ३४ मध्ये २५ महिला उम्मेदवार
नेपालको अन्तरिम संविधान(२०६३ ले हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउने उल्लेख भएको भएतापनि आउँदो मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा कुनै पनि दलले ३३ प्रतिशत महिला उम्मेदवार उठाएका छैनन ।  धनुषामा कुल ७ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ परेको ३ सय ३४ जना उम्मेदवारहरु मैदानमा प्रतिस्पर्धा गर्दैछन । जसमध्ये  ३ सय ९ जना पुरुष उम्मेदवारहरु रहेका छन भने महिला उम्मेदवारको संख्या २५ मात्र रहेको पाइन्छ ।
प्रतिशतको आधारमा हेर्ने हो भने पुरुष उम्मेदवारहरुको प्रतिशत ९२.५२ र महिला उम्मेदवारहरुको प्रतिशत ७.४८ मात्र रहेको छ । क्षेत्र नं. १मा कुल ४० उम्मेदवार मध्ये ३६ जना पुरुष र ४ जना महिला, क्षेत्र नं. २ मा कुल ४१ उम्मेदवार मध्ये ३८ जना पुरुष र ३ जना महिला, क्षेत्र नं. ३ मा ५३ उम्मेदवार मध्ये ४८ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ४ मा कुल ६२ उम्मेदवार मध्ये ५७ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ५ मा कुल ५६ उम्मेदवार मध्ये ५४ जना पुरुष र २ जना महिला, क्षेत्र नं. ६ मा कुल ४२ जना उम्मेदवार मध्ये ३६ जना पुरुष र ६ जना महिलाले उम्मेदवारी दिएका छन । क्षेत्र नं. ७ मा कुल ४० उम्मेदवार मध्ये एउटा पनि महिलाको उम्मेदवारी परेको छैन ।


मिति ः २०७०÷८÷०२

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete