Saturday, December 7, 2013

धुमधामका साथ मनाइयो छठ



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

छठअन्तर्गत शनिबार चौथो दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेका छन् ।
मूलविधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्व समापन गरिने परम्परा छ । सप्तमीका दिन व्रतालुले बिहानीपख उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गरेपछि प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ । व्रतालुले यहाँका इतिहास र पुराणवर्णित सरोवर गङगासागर, धनुषसागर, रामसागर, रत्नसागर, अरगजा, रुक्मिणी सर र अग्निकुण्डलगायत दर्जनौँ पोखरीमा पूजा सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्घ चढाएका थिए । परिवारमा सुखशान्ति, कल्याण, रोगबाट मुक्ति र मनले चिताएको इच्छा पूरा होस् भन्ने कामनासहित यो पर्व मनाइने परम्परा छ । सो अवसरमा जनकपुरका पोखरीमा १० देखि १५ हजार व्रतालु र ८० हजारदेखि एक लाखको हाराहारीमा श्रद्धालु सहभागी थिए ।
अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जिबप्रति सहानुभुति राख्न अभिप्रेरित गर्ने महत्वपुर्ण पर्ब छठ श्रद्धा , भक्ती र निष्ठा पुर्बक मनाईएकोछ । सरकारले छठ पर्बलाई राष्टिूय पर्बको रुपमा मान्यता दिनुका साथै पर्बको दिन सार्बजनीक बिदा समेत दिए पछि सर्बसाधारण उत्साहित भएका थिए ।
छठपर्बका  लोकगितले मिथिला नगरि  संगितमय बनेको थियो । बजारका बिभिन्न चोक चोरहा र पोखरी सरोबरहरुमा बज्ने गरेको लोकगितले छठपर्बको बाताबरणमा निकै उत्साह थपेको थियो । महाभारतका अनुसार द्रोपदि सहित पाण्डबहरु अज्ञातबासमा रहुदा गुप्तबास सफल पार्न उनिहरुले सूर्य देबलाई अराधना गरेका थिए । लोककथनबमोजिम सोही समयदेखि छठ पर्ब मनाउने परम्पराको सुरुवात भएको हो । सम्पुर्ण शक्तिको श्रोत सुर्यको उपासनाको यस महापर्बलाई मुख्यतः सन्तान प्राप्ती, रोगनिदान र पारिबारिक कल्याणका लागि मनाईन्छ ।
श्रद्धाभक्ति पुर्बक मनाईने तराईको प्रमुख पर्ब छठलाई साुझा सांस्कृतिक पर्बको रुपमा पनि हेर्ने गरिन्छ । हिन्दुधर्म मान्ने तराईको प्रत्येक जातजातीले पोखरी सरोवर लगायतका जलाशयहरुमा भेलाभई यो पर्ब मनाउदै आएको छ । छठ पर्बलाई भव्यता प्रदान गर्न ऐतिहासिक गंगासागर, धनुषसागर, अंगराजसर, महराज सागर अग्नीकुण्ड, रत्नसागर, बाल्मीकिसर लगायतका दर्जनौ पोखरी र सरोबरहरुलाई युवाकल्बहरुले सरसफाई गरि बिजुली, पण्डाल लगायतका व्यबस्था मिलाएका थिए । प्राचीन मिथिलाको राजधानी जनकपुरधामको महनमोहन छठपर्ब हेर्न केहि बर्ष यता आन्तरिक एवम तेस्रो मुलकका पर्यटकहरु पनि उल्लेखनिय संख्यामा आउने गरेका छन् ।
तराईको मुख्य पर्व छठ बुधबार (चतुर्थी) सुरु भएको थियो । सत्य र अहिंसाप्रति मानिसको रुचि बढाउनु र सबै जीवप्रति सहानुभुति राख्न अभिप्रेरित गर्नु यो पर्वको विशेषता हो । सुर्य उपासना परम्पराको मोहक मानिएको यो पर्वमा अस्ताउँदो र उदाउँदो नै यस पर्वमा चाहिने गर्छ । यो पर्व चार दिनसम्म मनाइन्छ । छठको पहिलो दिनलाई अरबा(अरबाइन अथवा नहाय खान भन्ने गरिएको छ । व्रतालुले भोजनमा माछा(मासु, लसुन, प्याज, कोदो, मसुरजस्ता खाद्यान्न नखाई ब्रत बस्छन ।
पञ्चमी तिथि (दोस्रो दिन) लाई खरना अर्थात पापको क्षय भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भुमि सुशोभित गरेर व्रतालु यो दिन दिनभर निर्जला व्रत बस्छन । राति चन्द्रोदयपछि चन्द्रमालाई पायस (खिर) दान गरी सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतालुले पुर्ण व्रत लिनुपर्छ । षष्ठी (तेस्रो दिन) मा गहुँ र चामलको पिठोका विभिन्न गुलिया खाद्य परिकार बनाइन्छ । अन्नबाहेक फलफुल, ठकुआ, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसारको गाँहो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरवा, ढाकन, माटोको हाथी ठुलो ढक्कीमा राखिन्छ । र, परिवारका सबै सदस्य विभिन्न भक्ति एवम् लोकगित गाउँदै निर्धारित जलाशयसम्म पुग्ने चलन छ । ती परिकार जलाशयको किनारामा राख्नुअघि व्रतालुले पूजा सामग्री पाँचपटक दण्डवत् गर्छन । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धतिअनुरुप अरिपन चित्र कोरेका हुन्छन । त्यसपछि व्रतालुले सन्ध्याकालिन अध्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउन्जेल आराधना गर्छन । यस क्रममा व्रतालुले दुवै हत्केलामा पिठार र सिन्दुर लगाएर अक्षता, फुल हाली अन्य अध्र्य सामग्री पालैपालो अस्ताचलगामी सुर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन ।
पर्वको चौथो (अन्तिम दिन) दिनलाई पारन (पार्वन) भनिन्छ । जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहो¥याई प्रातः कालिन सूर्यलाई अध्र्य दिइन्छ । अध्र्य सम्पन्न भएपछि सूर्यपुराण श्रवण गर्ने चलन छ । व्रतालुले छठ व्रतको कथा सुन्छन र सुनाउँछन । कथामा एउटी सासु र बुहारीको सम्बन्धबारे चर्चा गरिएको छ । सासु दुष्ट र कन्जुस प्रवृत्तिकी थिईन । कन्जुस्याईले सासुले उखुको एक टुक्रा पनि बुहारीलाई खानका लागि दिइनन फलस्वरुप उनलाई कुष्ठरोग भयो । तर, बुहारीले सबैलाई उखु खान दिइन त्यसैले उसको घरभरि ‘सुनैसुन’ भयो । प्रातःकालिन अध्र्यमा दीपमालाले सजिएका जलाशयमा अपुर्वको अनुभुति हुन्छ । त्यसबेला असंख्य नारीकण्ठले ‘बेरिबेरी बरजु हे दीनानाथ तिरिया जन्म नही देव, तिरिया जन्म जँ देव हे दीनानाथ सौतिनकसँग नही देव’ ( म पटक(पटक बिन्ती गर्छु, हे सूर्य देउता अर्को जुनीमा मलाई स्वास्नी मानिस नबनाऊ, स्वास्नी मानिसको जुनी दिए पनि सौतासँग बस्नुपर्ने दुर्भाग्य नदेऊ) ले समाजमा विद्यमान महिला उत्पीडनको पनि झझल्को दिन्छ । महाभारतका अनुसार द्रोपदीसहित पाण्डवहरु अज्ञातवासमा रहँदा त्यो गुप्तवास सफल हो भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डव मिथिलाको किरात राजाका क्षेत्रमा बास बसेको उल्लेख छ । लोककथनबमोजिम त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्रीमुनिकी पत्नी अनुसुयाले छठ व्रत गरेकी थिईन, फलस्वरुप उनले अटल सौभाग्य र प्रेम प्राप्त गरिन र त्यही बेलादेखि छठ गर्ने परम्परा सुरु भएको तथ्य उल्लेख छ । सानै शताब्दीमा सरापबाट पीडित प्रसिद्ध कवि मधुर भट्टले सूर्यको उपासनाबाट सुन्दर र कञ्चन शरीर पुनः प्राप्त गरेकाले त्यही दिन सूर्यको आराधना सूरु भएको कथन छ ।
छठ पर्व मनाउनुका पछाडि धार्मिक मान्यतासँगै वैज्ञानिक र ज्योतिषसम्बन्धी तथ्यहरु पनि त्यतिकै छन । वैज्ञानिक ज्योतिष तथा चिकित्सकहरुले पनि सूर्य तत्वबाट आफ्नो ज्ञानको अभिवृद्धि गरी जनकल्याणका लागि अन्वेषण गरेका छन । सूर्यको तिनको शक्तिबिना रुख, विरुवा, वनस्पती, प्राणी, जीवजन्य कसैको पनि अस्तित्व रहन सक्दैन । शुक्रबार साँझको अध्र्य र शनिबार ७ः३८ बजेपछि बिहानको अध्र्य दिइएको थियो ।
दोस्रो दिन ‘खरना’
जनकपुर(बुधबार नहायखाय (नुहाएर खाने) सँगै विधिवत सुरु छठको दोस्रो दिन  (विहीबार) व्रतालुले खरना गरेका थिए । खरनामा बिहानैदेखि उपवास बसेका व्रतालुले साँझ दुध, खख्खर र चामल मिसाएर बनाइएको खिर, केरार मिठाईको प्रसाद सूर्य र कुल देवतालाई चढाएर आफु पनि प्रसादसँगै अरबाअरबाइन(नुन नहालिएको) खानेकुरो खान्छन । यो छठको पुर्वसन्ध्यामा मनाइने एक विधि हो । तेस्रो दिन विहानैदेखि घरमा ठेकुवा(गहुँको पिठोमा सख्खर साँधेर तेलमा पकाइएको कलात्मक आकारको रोट), भुसवा (पिँधिएको चामलको लड्डु) लगायत दर्जनौ प्रकारका पकवान र सबैखाले फलफुल(केरा र नरिवल अनिवार्य) तथा काँचो तरकारीको छुट्टाछुट्टै टोकरी सजाएर नजिकको नदी तलाउमा  पु¥याइन्छ । त्यस दिन दुल्हीजस्तै सिंगारिएको नदी, तलाउको किनारमा अस्ताउँदो सूर्यलाई अध्र्य दिएपछि तेस्रो दिनको विधि पुरा हुन्छ । रातभर श्रद्धालुलगायत घरका सबै सदस्य तलाउकै किनारमा जाग्राम बस्छन । जाग्राम बस्ने महिलाले छठसँग सम्बन्धित लोक गीत गाउँछन भने तन्नेरीहरु नाच तथा अन्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेर जाग्राम बस्ने व्रतालुलाई सघाइरहेका हुन्छन ।
कलात्मक सामग्रीहरुको वढदो बिक्री
मध्यतराईका जिल्लामा माटोको कलात्मक सामग्रीहरुको बिक्री बढेको थियो ।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लाहरुमा तिहार र छठ पर्बमा आबश्यक पर्ने माटोको कलात्मक सामग्रीहरुको बिक्री बितरण निकै बढेको हो । दियो, घैटो, हाती, कोसियाकुरवार लगायतका सामग्रीहरु किनमेल गर्न सर्बसाधारणको भिडभाड नै लागेको थियो । तिहार र छठ पर्बमा तराईका कुमहार जातीले माटोको सामग्री बनाएर तिस हजार देखि पचास हजार रुपैया सम्म आम्दानी गर्दै आएका छन् । रोजगारिको लागि युवाहरु बिदेशिने क्रम बढदै गएको र आफनो पुर्खयौली पेशा प्रति नयां पुस्ताको आकषणर््ा घटदै गएकाले यो पेशा पनि संकटमा परेको छ । मिथिलामा दाजुभाई र दिदी बहिनीहरु बिच प्रेम प्रतिकका रुपमा मनाईने समाचकेवा पर्बमा पनि आवश्यक पर्ने माटोको कलात्मक मुर्तिहरुको पनि बिक्री अहिले निकै बढेको छ ।  
हिन्दूधर्मावल्मबीहरुको प्रमुख चाड तिहारको अबसरमा जनकपुरमा फुलको माला र केलाको बोट ठुलो सख्ंयामा खरिद बिक्री भएको छ ।
जनकपुर बजारमा  सयपत्री फुलको माला प्रति गोटा ५० देखि सय रुपैया सम्ममा बिक्री बितरण भएको छ । कृषकहरुले गाुउ घरमा लगाएको फुल खेतीले मांग अनुसारको भार धान्न नसकेपछि भारतबाट आयात गर्नुपरेको व्यबसायीहरुले बताएका छन् । त्यसैगरि केलाको बोट प्रतिगोटा सुय देखि दुई सुय रुपैया सम्ममा बिक्री बितरण भएको छ । फुल र केलाको बोट बेचेर किसानहरु आज पाुच हजार देखि दश हजार रुपैया सम्म आम्दानी गरेका छन् । धनकी देबि लक्ष्मीको पुजा अराधना गर्न र पसल, कलकरखानाहरुलाई झकी झकाउ बनाउन उद्योगी व्यबसायीहरुले फुलको माला र केलाको बोट किन्ने गरेका छन् । जनकपुरमा केलाको बोट घर र पसल अगाडि गाडेर धनकी देबी लक्ष्मीलाई स्वागत गर्ने चलन रहेको छ । शान्ति सुरक्षाको अबस्थामा सुधार हुदैगएपछि यस बर्षको तिहारमा सर्बसाधारण निकै उत्साहित देखिएका कारण फुलको माला र केलाको बोट पाुच लाख रुपैयाको खरिद बिक्री भएको अनुमान गरिएको छ ।

मिति ः २०७०÷७÷२४

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete