Saturday, December 7, 2013

महोत्तरीमा दलहरुबीच तिव्र प्रतिष्पर्धा



नागेन्द्र कुमार कर्ण
जलेश्वर............

दोस्रो संविधानसभा निर्वाचनको मिति नजिकिएसंगै महोत्तरीमा चुनावी जोडघटाउ शुरु भएको छ ।
जिल्लाको ६ वटै निर्वाचनक्षेत्रबाट राजनीतिक पार्टी र स्वतन्त्रबाट गरि २ सय ५० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा राजनीतिकदलहरुबाट १ सय ५९ र स्वतन्त्रबाट ९१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा १५ जना महिला समेत रहेका छन् ।
पहिलो संविधानसभा निर्वाचनमा महोत्तरीको ६ वटा निर्वाचनक्षेत्रहरु मध्ये ५ वटामा मधेशवादीदलहरुले विजय हासिल गरेका थिए भने एकवटा क्षेत्रमा जनमोर्चाले बाजी मारेका थिए । जिल्लामा पहिलो संविधानसभामा क्षेत्रनं. २, ५ र ६ मा मधेशी जनअधिकार फोरम नेपालबाट क्रमशः हरिनारायण यादव, कौशलकिशोर राय यादव र शरतसिंह भण्डारी विजयी हुनुभएको थियो भने क्षेत्रनं. ३ र ४ बाट तराइ मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)बाट क्रमशः गणेश तिवारी नेपाली र रामकुमार शर्माले सभासद हुने मौका पाउनुभएको थियो । त्यसैगरी क्षेत्रनं. १ मा जनमोर्चा नेपालका गिरिराजमणी पोखरेल चुनावी तालमेल गर्दे विजयी हुनुभएको थियो । दोस्रो संविधानसभामा आइपुग्दा अहिले ति सबै पूर्व सभासदहरुलाई पुनः विजयी हुन हम्मे हम्मे परेको देखिन्छ । ६ वटा उम्मेदवारहरु मध्ये यसपालि प्रत्यक्षमा गणेश तिवारी नेपाली र रामकुमार शर्मा मध्ये कोही पनि प्रत्यक्ष तर्फका उम्मेदवार छैनन् भने बाँकी रहेका अरु उम्मेदवारहरुलाई भने जितको लागि मनग्ये पसिना वगाउनुपर्ने देखिन्छ । मंसीर ४ गते हुने दोस्रो संविधानसभाको निर्वाचनमा क्षेत्रनं. १ मा अहिले तीव्र प्रतिष्पर्धा देखिएको छ । क्षेत्रमा तीव्र प्रतिष्पर्धा देखिएपनि चारजना बिच भने भिडन्त हुने सो क्षेत्रका वासिन्दाहरुले जनाएका छन् । जसमा एकीकृत माओवादीका केन्द्रीय सदस्य तथा सोही क्षेत्रका पूर्व सभासद गिरीराजमणि पोखरेल, राष्टिूय मधेस समाजवादी पार्टीका राष्टिूय अध्यक्ष शरतसिंह भण्डारी, नेपाली काँग्रेसका चिरञ्जीवि हमाल तथा एमालेका दुर्गा दाहाल रहेका छन् । पहिलो संविधानसभामा जनमोर्चाबाट गिरीराजमणी पोखरेल विजयी हुनुभएको थियो । पोखरेलले १० हजार १९६ मत ल्याउनुभएको थियो भने प्रतिष्पर्धी एमालेका अरुणकुमार सिंहले ८ हजार ८ सय ४६ मत ल्याएका थिए । अहिले क्षेत्रनं. १ मा ३४ जना उम्मेदवार रहेका छन् । त्यसमध्ये २४ जना दलिय उम्मेदवार छन् भने १० जना स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् ।
त्यसैगरी क्षेत्रनं. २ मा पहिलो संविधानसभा निर्वाचन जस्तै दुईबीच कडा टक्कर देखिएपनि अहिले भने ५ जनाबीच प्रतिष्पर्धा रहेको छ । पहिलो संविधानसभा चुनावमा फोरम नेपालबाट हरिनारायण यादव विजयी हुनुभएको थियो । उहाँलाई स्वतन्त्रबाट उम्मेदवारी दिएका जैनुल राइनले कडा टक्कर दिनुभएको थियो । दोस्रो संविधानसभा निर्वाचनमा पनि यादव र राइनबीच कडा टक्कर रहेको देखिएको छ । राइन यसपालि राष्टिूय मधेश समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएको छ । त्यसैगरी प्रतिष्पर्धामा नेपाली काँग्रेसका किरण यादव, नेपाली काँग्रेसबाट बागी भई सदभावना पार्टीबाट उम्मेदवारी दिएका जानकीशरण साह र तराइ मधेश लोकतान्त्रिक पार्टीका रुपाकुमारी यादव रहेका छन् । राइनलाई सो क्षेत्रका मुस्लिम मतदाताहरुले बढी रुचाएको देखिएको छ भने किरण यादवले पनि सो क्षेत्रमा नेपाली काँग्रेसबाट प्रतिष्पर्धी देखिएका छन् ।
पहिलो संविधानसभामा फोरम नेपालका हरिनारायण यादवले ७ हजार ४ सय ५७ मत ल्याउनुभएको थियो भने उनका प्रतिष्पर्धी स्वतन्त्र उम्मेदवार जैनुल राइनले ५ हजार ६ सय ७४ मत ल्याएका थिए । अहिले सो क्षेत्रमा २७ दलिय र १५ स्वतन्त्र उम्मेदवार गरी ४२ जनाले उम्मेदवारी दिएका छन् ।
जिल्लाको क्षेत्रनं. ३ सबैभन्दा संवेदनशिल क्षेत्रको रुपमा रहँदै आएको छ । यही क्षेत्रमा सदरमुकाम समेत पर्ने हुँदा यो क्षेत्रमा हार र जीतले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यो क्षेत्रमा यसपालि ३० दल सहित १८ स्वतन्त्र उम्मेदवारहरु गरी ४८ जनाले उम्मेदवारी दिएका छन् । पहिलो संविधानसभा निर्वाचनमा १८ दल र ८ स्वतन्त्र गरि २६ जनाले मात्रै उम्मेदवारी दिएका थिए । यो क्षेत्रमा अहिले ५ जना उम्मेदवारबीच कडा प्रतिष्पर्धा देखिएको छ । क्षेत्रमा काँग्रेस, एमाले, तमलोपा, एमाओवादी र रामसपा पार्टीबीच प्रतिष्पर्धा देखिएको छ ।
काँग्रेसबाट केन्द्रीय सदस्य रामचन्द्र तिवारीले उम्मेदवारी दिनुभएको छ भने उहाँलाई उनकै पार्टीका जिल्ला सचिव भई वागी बनेका तमलोपाका उम्मेदवार रामशंकर मिश्र, राष्टिूय मधेश समाजवादी पार्टीबाट उम्मेदवारी दिनुभएका हरिप्रसाद मण्डल, फोरम लोकतान्त्रिकबाट बागी भइ एकिकृत माओवादीबाट उम्मेदवारी दिएका रामआधार कापड र एमालेका केन्द्रीय सदस्य रामदयाल मण्डलबीच कडा प्रतिष्पर्धा देखिएको छ । काँग्रेस पार्टीको अन्तरघातको फाइदा तथा मधेशवादी पार्टीको फाइदा तमलोपा उम्मेदवारले उठाउने देखिन्छ भने काँग्रेसले आफ्नो उम्मेदवारको छविको मतबाटै प्रतिष्पर्धामा देखिन्छ । काग्रेसले वुद्धिजीवहरुको मत समेत हात पार्ने देखिन्छ । त्यसैगरी क्षेत्रमा अधिकाँश वुद्धिजीवीहरुको मत रामसपाका उम्मेदबार हरिप्रसाद मण्डललाई जाने देखिएको छ । आफनो छुटै व्यक्तित्व तथा अलग पहिचान बनाएका मण्डललाई अन्यक्षेत्रकाले पनि मतदान गर्ने देखिएको छ ।
जनसंगठन र राजनीतिमा अलग छाप बनाएका एमालेका उम्मेदवार रामदयाल मण्डललाई भने दलित वर्ग तथा अन्य उपेक्षित वर्गको मत बढी पर्ने देखिन्छ । भने एनजीओकर्मीबाट उम्मेदवार बनेका एमाओवादीका रामआधार कापडलाई भने सो क्षेत्रका मतदाताहरुले मत दिने देखिएको छ । पहिलो संविधानसभामा यसक्षेत्रमा तमलोपाका गणेश तिवारी नेपालीले जित हासिल गर्नुभएको थियो । नेपालीले एमालेका रामदयाललाई ३७ मतले हराउदै विजयी भएका थिए । नेपालीले ११ हजार ३ सय ९० मत ल्याउनुभएको थियो भने एमालेका मण्डलले ११ हजार ३ सय ५३ मत ल्याएका थिए ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ४ मा भने चारदलबीचको तिव्र प्रतिष्पर्धा देखिएको छ । यस क्षेत्रमा सदभावना पार्टी, एमाओवादी, नेपाली काँग्रेस र तमलोपाबीच प्रतिष्पर्धा देखिएको वताइन्छ । पहिलो संविधानसभामा तमलोपाबाट विजयी भएका रामकुमार शर्माले यसपालि एकिकृत माओवादीबाट आफ्नी श्रीमती इन्दुकुमारी शर्मालाई उम्मेदवारी दिलाउनुभएको छ । त्यसैगरी सदभावना पार्टीबाट पूर्व संचार राज्यमन्त्री सुरिताकुमारी साह, काँग्रेसबाट ललनकुमार राय र तमलोपाबाट हरिनारायण मण्डलले उम्मेदवारी दिनुभएको छ ।
सो क्षेत्रमा मधेशवादीपार्टीहरु तर्फ बढी मतदाताको झुकाव रहेको देखिएको छ । यसले पनि सो क्षेत्रमा मधेशवादीदलहरुबीच तिव्र प्रतिष्पर्धा देखिएपनि एकिकृत माओवादी पार्टीमा इन्दुकुमारी शर्माको योगदान र उनका पति रामकुमार शर्माको जुझारुपन र विकास प्रेमले गर्दा उनलाई राम्रै मत आउने देखिन्छ । यद्यपी पार्टीमा आन्तरिक कलहले गर्दा मुस्किल भने देखिएको छ । त्यसैगरी काँग्रेसका ललनकुमार रायको जुझारुपन तथा उनको संगठनको राम्रो उपस्थिती देखिएपनि उनलाई पनि आफनै अन्तरकलहले पनि घाटा हुने देखिएको छ । त्यस्तै सदभावनाका सुरिता कुमारी साह तथा तमलोपाका हरिनारायण मण्डल पनि क्षेत्रमा प्रतिष्पर्धामा रहनुभएको वताइएको छ । क्षेत्रनं. ४ मा २८ दल तथा १८ स्वतन्त्र गरी ४६ जनाले उम्मेदवारी दिएका छन् ।
त्यसैगरी जिल्लाको क्षेत्रनं. ५ मा काँग्रेस, एमाले, एमाओवादी र रामसपा पार्टीबीच प्रतिष्पर्धा देखिएको छ । पहिलो संविधानसभामा फोरम नेपालबाट विजयी कौशलकिशोर राय यादवले नेपाली काँग्रेसका महेन्द्रकुमार रायलाई कडा टक्कर दिनुभएको थियो । यसपालि पनि राष्टिूय मधेश समाजवादी पार्टीका केन्द्रीय सचिव कौशलले काँग्रेसका महेन्द्रलाई कडा चुनौती दिनुहुने देखिएको छ । प्रतिष्पर्धामा भने काँग्रेसबाट बागी भई एमाओवादीबाट उम्मेदवारी दिनुभएका रजि हैदर र एमालेका दिपनारायण साह तेली रहनुभएको छ । क्षेत्रनं. ५ मा पहिलो संविधानसभा निर्वाचनमा कौशलले ८ हजार ६ सय ९ मत ल्याउनुभएको थियो भने काँग्रेसका महेन्द्रले ६ हजार ९ सय ५४ मत ल्याउनुभएको थियो । यसपालि सो क्षेत्रमा २५ दल र १४ स्वतन्त्र गरी ३९ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्रनं. ६ मा यसपालि पनि रोमाञ्चकता थपिने भएको छ । पहिलो संविधानसभामा फोरम नेपालबाट विजयी हुनुभएका शरतसिंह भण्डारीले मात्र २६ मतले काँग्रेसका सीताराम भण्डारीलाई हराउनुभएको थियो । यसपालि पनि रामसपाका राष्टिूय अध्यक्ष शरत सिंह भण्डारीले काँग्रेसलाई कडा टक्कर दिनेभएको छ । यसक्षेत्रमा यो पालि त्रिपक्षीय प्रतिष्पर्धा देखिएको छ । रामसपा, काँग्रेस र एमाओवादीबीच प्रतिष्पर्धा देखिएको वताइन्छ । एमाओवादीबाट केन्द्रीय सदस्य भरतप्रसाद साहले उम्मेदवारी दिनुभएको छ । पहिलो संविधानसभामा शरतसिंह भण्डारीले ६ हजार ८ सय ६२ मत ल्याउनुभएको थियो भने उनको निकटतम प्रतिद्धन्द्धी सिताराम भण्डारीले ६ हजार ८ सय ४१ मत ल्याउनुभएको थियो ।
यसपालि सो क्षेत्रमा २४ दल र १७ स्वतन्त्र गरी ४१ जनाले उम्मेदवारी दिएका छन् ।
पहिलो संविधानसभा चुनावमा मधेशवादीदलहरुले ६ वटा मध्ये ५ वटामा कब्जा गरेका थिए भने यसपालि पनि सोही अनुसार नै देखिने भएको छ तर यसको लागि भने कडा प्रतिष्पर्धा गर्नुपर्ने देखिन्छ । पहिलोमा मधेशवादको हावा चलेकोले पनि मधेशवादीदलका नेताहरुलाई त्यत्ति कसरत र मेहनत नगर्नुपरे पनि यसपालि भने मेहनत र कसरत नगर्ने हो भने जित कठिन हुने देखिन्छ ।


मिति ः २०७०÷७÷२४

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete