Monday, February 5, 2018

प्रदेशसभाको अधिवेशन सुरु हुँदै अधिवेशनलाई भव्य र ऐतिहासिक बनाउन तयारी पुरा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश २ को प्रदेशसभाको २१ गते बस्ने पहिलो भेलाको लागि तयारी पुरा भएको छ । प्रदेश २ को प्रदेश सभामा पहिलो बैठक सञ्चालनका लागि ज्येष्ठ सदस्य लगनलाल चौधरीले अवसर पाउने भएका छन् । जनकपुरको विगतमा शैक्षिक तालिम केन्द्रको भवनलाई प्रदेश सभाको भवन बनाइएको छ ।
कार्यपालिका र व्यवस्थापिका अलग अलग ठाउँमा
जनकपुरको शैक्षिक तालिम केन्द्रको दोस्रो तलामा सभामुख र पहिलो तलामा उपसभामुखको निवास बनाइएको छ । दुवैको कार्यालय भुइँतलामा छ । मुख्यमन्त्री, उपमुख्यमन्त्री, मन्त्री र राज्यमन्त्रीको कार्यालय र निवासका लागि जनकपुर चुरोट कारखाना (जचुकाली)का भवन धमाधम व्यवस्थापन हुँदै छ । जचुकालीको ३३ बिघा जग्गामध्ये २५ बिघा उद्योग मन्त्रालयले गृह मन्त्रलायलाई प्रदेश सरकारको संरचनाका लागि दिएको छ । त्यहाँ पहिले नै निर्माण भएका भवनमा कार्यपालिका लागि छुट्याइएको छ । सहरी विकास भवन डिभिजन कार्यालयका प्रमुख इन्जिनियर गंगाप्रसाद यादवका अनुसार मुख्यमन्त्रीको अवासका लागि जचुकालीको गेस्टहाउस मर्मतसम्भार भइरहेको छ ।
जचुकालीकै क्षेत्रीय बिक्री(वितरण केन्द्रको भवनलाई मुख्यमन्त्रीको कार्यालय बनाउन लागिएको छ । भवनमा अहिले रङरोगनको कार्य भइरहेको डिभिजन प्रमुख यादवले जानकारी दिए । यादवका अनुसार प्रदेश सरकारको मन्त्रीको अवासका लागि जचुकालीका डाइरेक्टर बस्ने १३ वटा क्वार्टरको मर्मतसम्भार भइरहेको छ । प्रदेश प्रमुखको आवास जचुकालीका जिएम बस्ने अवास र कार्यकक्ष डिजिएम बस्ने भवनलाई तोकिएको छ । प्रदेश प्रमुख अहिले जिएम बस्ने भवनमा बसिरहेका छन् । त्यसैगरी, मुख्यसचिव, सचिव र कर्मचारीहरूको आवास जनकपुर चुरोट कारखानाका विभिन्नस्तरका क्वार्टर भवनमा व्यवस्था गरिँदै छ । अहिले भवनहरूको मर्मतसम्भार, लाइट तथा रङरोगनको काम भइरहेको यादवले बताए ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले आह्वान गरेको प्रदेशसभा अधिवेशन माघ २१ गतेदेखि सुरु हुँदै छ । पहिलो बैठकका लागि अन्तरिम कार्यविधि, सभामुखको निर्वाचन मिति घोषणा लगायतका कार्यसूची तय भएका छन् । सर्वदलीय बैठकमा प्रदेशसभाको पहिलो बैठकको कार्यसूचीका अतिरिक्त सदस्यहरूको डूेसकोड निर्धारण, परिचयपत्र तथा लोगो, सभाकक्षमा सिट निर्धारण, दर्शक तथा विशेष पास, ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्यानल निर्माण, कार्यव्यवस्था परामर्श समिति गठन लगायतका विषयमा छलफल भएको छ ।
बैठकले संघीय संसद् सचिवालयले पठाएका सहसचिव वंशीराज पौडेललाई तत्काल प्रदेश सचिवालयको सचिवको जिम्मेवारी दिने निर्णय भएको छ । त्यसैगरी, प्रदेश सभा सदस्य जितेका पाँच राजनीतिक दललाई संसदीय दलका नेता, मुख्य सचेतक र सचेतकको नामावाली शनिबार अपराह्न ३ बजेभित्रमा सिफारिस गर्ने निर्णय भएको छ । सचिव पौडेलका अनुसार दलहरूले शनिबार ३ बजेसम्म प्रदेश सचिवालयमा नामावली पठाउनुपर्नेछ ।
ज्येष्ठ सदस्यको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने प्यानलमा सभामा प्रतिनिधित्व गर्ने सबै दल र एकजना स्वतन्त्र सांसदलाई समेत सहभागी गराई ७ सदस्यीय बनाउने समझदारी भएको छ । १३ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाउन पनि दलहरू सहमत भएका छन् । संसदीय अभ्यासमा बैठक सञ्चालनमा सभामुखलाई सहयोग गर्न यस्तो समिति बनाइन्छ । सभाका सदस्यहरूले आफूमध्येबाट एकजना सभामुख चयन नगर्दासम्म ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्छन् । प्रदेशसभाको सभामुख र उपसभामुख फरक लिंग र दलको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण सभामुखको निर्वाचनपछि मात्रै उपसभामुख निर्वाचनको मिति घोषणा हुनेछ ।
यस्तो छ डे«सकोड
बैठकले सभामुख, उपसभामुख तथा प्रदेश सभा सदस्यले आ(आफ्नो सांस्कृतिक पहिचान दर्शाउने गरी पोसाक लगाउने र साथमा कफी (खैरो) रङको कोट वा बन्डी लगाउनुपर्ने अनिवार्य व्यवस्था भएको छ । प्रदेश सभामा खटिने मर्यादापालकले सरकारले निर्धारण गरेको नीलो रङको कोट र पाइन्ट तथा सेतो रङको सर्ट लगाउनुपर्ने निर्णय भएको पनि सचिव पौडेलले जानकारी दिए ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको बिहीबार सम्पन्न सर्वदलीय बैठकले कफी रंगको कोटलाई ‘डूेसकोड’ तोक्ने निर्णय गरेको हो । प्रदेशसभा बैठक व्यवस्थापनमा खटिने मर्यादापालकहरू भने सफारी सुटमा देखिनेछन् । सांसदहरूको लोगोमा जानकी मन्दिरसँगै मधेसको खेतबारी झल्किने तस्बिर राखिने भएको छ ।
प्रदेश सांसदहरुको लोगोमा जानकी मन्दिर र हरियो फाँट
प्रदेश सांसदहरूले प्रयोग गर्ने लोगो पछि निर्धारण गरिनेछ । तर, बैठकमा फोरमका प्रदेश सभा सदस्य रामआशिष यादवले माथि जानकी मन्दिर, तल हरियो फाँट र किसानको फोटो झल्किने गरी लोगो तयार गर्नुपर्ने प्रस्ताव गरेका थिए । सर्वदलिय बैठकमा गरिएको उक्त प्रस्तावमा सबैले सहमति जनाएको बताईन्छ ।
सर्वदलीय बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने संघीय समाजवादी फोरम, राष्टिूय जनता पार्टी, नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्रका तीनरतीन जना सांसद सहभागी थिए। ज्येष्ठ प्रदेशसभा सदस्य लगनलाल चौधरीको अध्यक्षतामा सम्पन्न बैठकमा प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ, सहसचिव वंशीराज पौडेलसहितका प्रदेश प्रमुख कार्यालयका अन्य कर्मचारीहरू पनि सहभागी थिए । बैठकमा प्रदेशसभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ को मस्यौदामा समेत छलफलभएको थियो । प्रदेश संसद् सञ्चालन हुने शैक्षिक तालिम केन्द्रको सभाकक्ष सानो भएकाले प्रवेश पास प्राप्त सर्वसाधारणका लागि केन्द्र परिसरमा प्रत्यक्ष प्रसारण हेर्ने व्यवस्था मिलाइने तय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले बताए ।
प्रदेश सभा सञ्चालनका लागि सभामुखको निर्वाचन नभएसम्म पाँच सदस्यीय अध्यक्षमण्डल गठन गर्नुपर्ने हुनाले त्यसका लागि पाँच दलबाट एक(एकजनाको नाम मागिएको छ । बैठकमा उपस्थित प्रदेश सांसदहरूलाई प्रदेश सभामा कसरी बस्ने, कसरी आफ्ना भनाइ राख्ने विषयमा समेत प्रशिक्षण दिइएको पौडेलले बताए । बैठकमा उपस्थित सांसदहरूले पार्टीका अन्य सांसदहरूलाई सो विषयमा जानकारी गराउनेसमेत निर्णय भएको उनले बताए ।
प्रदेश सभाको पहिलो रोमा बढी सिट ल्याउने पार्टी, दोस्रो रोमा दोस्रो हुने पार्टीका सासदहरूले बस्ने निर्णय भएको छ । प्रदेश सभाको पहिलो बैठकको १५ दिनभित्र प्रदेश सभामुख छनोट गर्नुपर्ने प्रावधान रहेको छ । त्यसका लागि १३ सदस्यीय कार्य(व्यवस्था परामर्श समिति र प्रदेश सभा सञ्चालनसम्बन्धी नियमावली मस्यौदा समिति गठन गर्ने विषयमा समेत बैठकमा छलफल भएको सचिव पौडेलले बताए ।
सरकार बनाउन गृहकार्य
संघीय समाजवादी फोरम र राष्टिूय जनता पार्टी (राजपा) का सांसद मन्त्री पदका लागि नेतृत्वसँग लबिइङ गर्न थालेका छन् । दुवै पार्र्टीभित्र संसदीय दलको नेता र मन्त्रीका चयनका लागि गृहकार्य सुरु भएको छ । त्यसका लागि राजपा र फोरमका शिर्ष नेताहरु राजधानी जनकपुर आईपुगेका छन् । मुख्यमन्त्री, उपसभामुख र मन्त्रालयका लागि फोरमभित्र विभिन्न नेताहरुले दावी गरिरहेका छन् ।
फोरमबाट मुख्यमन्त्रीका लागि विजय यादव र लालबाबु राउतको नाम चर्चामा छ । फोरमका एक जना नेताका अनुसार अध्यक्ष यादव सानो चुस्त मन्त्रिमण्डल बनाउने पक्षमा देखिएका छन् । फोरमका एक नेताका अनुसार राउतलाई संसदीय दलको नेता र यादवलाई मुख्यमन्त्री बनाएर दुवैलाई सन्तुलन मिलाउने विकल्पबारे पनि चर्चा चलिरहेको छ । दुईमध्ये एक मुख्यमन्त्री भएमा अर्कालाई प्रभावशाली मन्त्रालय दिने विकल्पमा पनि अध्यक्ष उपेन्द्र यादवले निकटस्थहरूसँग छलफल गरिरहेका छन् । फोरम नेता रेणु यादवका छोरा अभिषेक यादव र रौतहटका योगेन्द्र यादव, महोत्तरीका कौशल कुमार यादवले पनि मन्त्रीका लागि दाबी गरिरहेका छन् ।
प्रदेश २ मा बढी सिट जितेको फोरमले मुख्यमन्त्री र राजपाले सभामुख लिने गरी तयारी भइरहेको छ । एक सय सात सदस्यीय प्रदेशसभामा फोरमका २९ जना सांसद छन् । राजपाका २५ सांसद छन् । राजपाभित्र मन्त्रीका लागि दाबी गर्ने धेरै छन् । मनीष सुमन, सुरेश मण्डल, प्रमेश्वर साह, जैनुल राइन, सरिता साह, रानी शर्मा तिवारी, उपेन्द्र महतो, रामनरेश राय, जितेन्द्र सोनल, सरोजकुमार यादव र रमेशकुमार कुर्मीको नाम मन्त्रीका लागि चर्चामा छ ।
राजपाबाट संसदीय दलको नेतामा महामन्त्री जितेन्द्र सोनलको चर्चा छ । अर्का नेता मनीष सुमनले पनि दलको नेतामा दाबी गरिरहेका छन् । दुवैजना प्रभावशाली मन्त्रीको दाबेदारीमा छन् । उनीहरूबाहेक मन्त्रीका लागि सहायक महामन्त्री सुरेशकुमार मण्डल तथा नेताहरू रमेश पटेल, बाबुलाल साह, जैनुल राइन हक, परमेश्वर साह, रामनरेश राय, डिम्पल झा, रानी शर्मा तिवारीको पनि चर्चा छ । राजपा स्रोतका अनुसार सभामुखका लागि वरिष्ठ उपाध्यक्षसमेत रहेका नेता नवलकिशोर साह (रामबाबु)को सबैभन्दा बढी चर्चा छ । सभामुख सेरेमोनियल पद भएको र सो पदका लागि नवलकिशोर परिपक्व भएको भन्दै राजपाले उनलाई नै अघि सार्ने सम्भावना छ । उनी सद्भावना पार्टीको पृष्ठभूमिबाट आएका हुन् । नवलकिशोरको विकल्पमा सद्भावनाकै पृष्ठभूमिका मनीषकुमार सुमनलाई अघि सार्ने तयारी छ ।
प्रदेशसभामा सरकार गठन गर्न कम्तीमा ५४ सदस्यको समर्थन आवश्यक पर्छ । फोरमको २९ र राजपाको २५ सांसद भएकाले दुई दल मिल्दा बहुमत पुग्छ । ठूलो दलको हैसियतले फोरमले मुख्यमन्त्री पाउने र राजपाको भागमा सभामुख पर्नेछ । दुई दलबीच सरकार बनाउन र पद बाँडफाँटको औपचारिक छलफल हुन सकेको छैन । राष्टिूय सभा सदस्य बाँडफाँटमा दुई दलले गरेको सहमतिअनुसार नै प्रदेश सरकार बन्ने दुवै दलका नेताहरूको दाबी छ । त्यसका लागि राजपा र फोरम पहिले एकपक्षिय र त्यसपछि दुईपक्षिय बार्ता गरेर टुङ्गो लगाउनका लागि राजपा र फोरमका अध्यक्ष सहित शिर्ष नेताहरु जनकपुर २० माघमा आईपुगेका छन् ।
सभामुख बन्न राजपाका दुई नेता प्रतिस्पर्धामा
प्रदेश २ मा संघीय समाजवादी फोरम र राष्टिूय जनता पार्टी (राजपा) बीच मुख्यमन्त्रीदेखि सभामुख र उपसभामुख बाँडफाँडबारे अनौपचारिक सहमति भएको छ । सभामुख पाउने सम्भावनापछि राजपाका प्रभावशाली नेताहरू प्रतिस्पर्धामा छन् । फोरमले मुख्यमन्त्रीको दाबी गरेपछि राजपाले सभामुख र उपसभामुखमा दुवै पदमा दाबी गरेको छ । २१ माघमा बस्ने प्रदेश सभा बैठकले सभामुख र उपसभामुखको निर्वाचन मिति तोक्नेछ । उपसभामुखमा राष्टिूय जनता पार्टीकै डिम्पल झाले तयारी गरेकी छिन् । उनले रुचि नदेखाए सुरिता साह र रानी शर्मा तिवारीमध्ये एकलाई उपसमामुख दिने राजपा नेताहरूको तयारी छ ।
फोरमले मुख्यमन्त्री र उपसभामुख तथा राजपाले सभामुख र उपमुख्यमन्त्री लिने गरी अनौपचारिक छलफल भएको थियो । तर, पछिल्लो समय फोरमले मुख्यमन्त्री र उपमुख्यमन्त्री दुवैको दाबी गरिरहेको छ । विजय यादव र लालबाबु राउतलाई व्यवस्थापन गर्ने गरी दुई पदमा फोरमले अनौपचारिक रूपमा दाबी गरेको राजपाका एक नेताले बताए । राजपाले यो प्रस्ताव स्वीकार नगर्ने उनको भनाइ छ । राजपाले संसदीय दलको नेतासहित बाराका जितेन्द्र सोनललाई उपमुख्यमन्त्री बनाउने र सप्तरीका नवलकिशोर साह (रामबाबु)लाई सभामुख बनाउने गरी आन्तरिक तयारी गरेको छ । यो अवस्थामा मनीष सुमनलाई प्रभावशाली मन्त्रालय दिएर भागबन्डा गर्ने राजपाको आन्तरिक तयारी छ ।
कांग्रेस र वाम गठबन्धन प्रतिपक्षमा
प्रदेश २ मा कांग्रेस र वाम गठबन्धन प्रतिपक्षमा बस्ने भएका छन् । फोरम र राजपाले कांग्रेस र वाम गठबन्धनसँग केन्द्र र प्रान्तीय सरकार गठनबारे छलफल गरेका छैनन् । वाम गठबन्धनले भने केन्द्र सरकारमा फोरमलाई सहभागी गराउने प्रयत्न गरेको छ । कांग्रेस सांसद रामसरोज यादवका अनुसार कांग्रेस सरकारमा नगएर प्रतिपक्षमै बस्नेछन् । प्रदेश सभामा कांग्रेसका १९ सदस्य छन् ।
एमालेले के गर्ने भन्ने कुराको टुङ्गो अहिलेसम्म लगाउन सकेको छैन । प्रदेशसभा सांसद शत्रुधन महतोका अनुसार केन्द्रमा यदि बाम गठबन्धन र मधेसवादीको सरकार बन्यो भने प्रदेश नं. २ मा बन्ने मधेसवादी गठबन्धनको सरकारमा एमाले पनि सहभागी हुन सक्छ । तर, ती सबै विषयमा अहिले एमालेमा निर्णय हुन नसकेको महतोले बताए । प्रदेश सभामा एमालेको २१ र माओवादीको ११ सिट छ ।

२०७४ माघ २१ गते आईतबार