Friday, January 1, 2016

राष्ट्रपतिको जनकपुर भ्रमण किन बन्यो विवादित ?


अजय अनुरागी
जनकपुरधाम............
राम जानकी विवाह महोत्सवको अवसरमा राष्टूपति विद्यादेवी भण्डारीको जनकपुर भ्रमणको बेला आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा सयौंको संख्यामा नेपाल र भारतबाट दर्शन गर्न पुगेका भक्तजनलगायत केही आन्दोलनकारीहरु समेत घाइते भएका छन् । राष्टूपति भण्डारीले जानकी मन्दिरको दर्शन तथा पुजाअर्चना गरेर फर्केलगत्तै मन्दिर प्रांगणमा पेटूोल बम प्रहार गर्दा मञ्च र पन्डाल जलेको थियो । मन्दिरको परिसरमा चारैतिरबाट आन्दोलनकारी र प्रहरीबीच दोहोरो ढुंगामुढा हुनुका साथै फर्किन लाग्दा राष्टूपति चढेको गाडीमा समेत ढुंगा हानिएको थियो । प्रहरीले लाठीचार्ज गर्नुका साथै पचासौं राउण्ड अश्रुग्यास प्रहार र करिब चार राउण्ड हवाईफायर समेत गरेका थिए ।
विवाह पञ्चमीका दिन जानकी मन्दिरको परिसरमा रहेका सुरक्षाकर्मीहरु । परिसर यूद्धभुमिमा परिणत भएको थियो ।
उक्त घटनामा परी कृष्णकुमार यादव( पर्सा, चमेलिदेवी दास( संघीय समाजवादी फोरम नेपाल, रामजी राय( तमलोपा, रामविनोद चौधरी( तमलोपा, रामबाबु साह( सद्भावना पार्टी, प्रमोद शरण केवट(जनकपुर(९, विकास महतो( पुपरी, बहेरा, बिहार, अलोधिन देवी( भगवानपुर, निर्मली बिहार, रोशनकुमार मिश्रा( धमौरा, महोत्तरी, सहिदा खातुन( जनकपुर(१०, बलेश्वोर हाथी( सद्भावना पार्टी, सुनैना देवी( झझरा, मोतिहारी बिहार, लालमणि देवी( लक्ष्मीपुर, मुजफ्फरपुर(बिहार, रामचन्द्र राय( पकही, मुझ्फरपुर(बिहार, सुबेक यादव( मिर्चैया(५, सिरहा, प्रकाश झा( घोडघाँस(धनुषा, दिपेन्द्रकुमार कापर( सीतापुर मगहा, सन्तोष कुमार चौधरी( सोनौल, महोत्तरी, विजयकुमार यादव( जनकपुर(८, मो. इमरान( गोदैता, सर्लाहीलगायतका घाइते भएका छन् । सोही क्रममा प्रहरीले प्रहार गरेको ढुंगाबाट अनुगमनमा खटेका संजालका मानवअधिकार रक्षक वीरेन्द्र कर्ण पनि घाइते भएका छन् । घाइतेहरुको उपचार जनकपुर अंचल अस्पताल र स्थानीय क्लिनिकहरुमा भइरहेको छ । कतिपय घाइतेहरु स्वास्थ्य उपचार गराई घर फर्किसकेका छन् भने केही अहिले पनि अस्पतालमै भर्ना भएका छन् ।
तराई मानवअधिकार रक्षक संजालले एक प्रेस विज्ञप्ति जारी गरी जानकी मन्दिर वरपरका स्थानीयहरुको घरमा पसी तथा घाइते उपचाररत निजी क्लिनिकहरुमा कुटपिट गरेको घटनाको समेत भत्सर्ना गरेको छ । संजालका रक्षाराम हरिजनले उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग आग्रह गर्दै घाइतेहरुको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन् ।
जानकी मन्दिर किन रणभुमिमा परिणत भयो ?
रामजानकी विवाह पञ्चमी महोत्सव प्रत्येक बर्ष धुमधामका साथ मनाइन्छ । हरेक बर्ष भारतबाट मात्रै लाखौं श्रद्धालु भक्तजनहरु उक्त महोत्सव हेर्न जनकपुर महोत्सव हुनु केही दिन अगाडी देखि नै आउन थाल्छन् । जनकपुरमा रहेका हरेक व्यक्तिहरुको घरमा भारतीय पाहुनाहरु बास बसेका हुन्छन् । यूवा क्लव देखि विभिन्न संघ संस्थाहरु ती श्रद्धालुको सेवाका लागि विभिन्न खाले शिविरहरु संचालन गरिरहेका हुन्छन् । निशुल्क स्वास्थ्य शिविर, खाना नास्ता शिविर, खोजतलास शिविर लगायत विभिन्न शिविरहरु जनकपुरका विभिन्न चौकहरुमा संचालित हुने गर्छन । तर, यस पटक विगत ५ महिना दे िखजारी रहेको मधेस आन्दोलनका कारण यस बर्ष अन्य बर्ष जस्तै विवाह पञ्चमी महोत्सवको रौनक थिएन । नब नबेली बेहुली झैं हरेक बर्ष जनकपुर सिंगारिन्थ्यो । जानकी मन्दिरको भव्यता र आकर्षण अत्यन्त मनमोहक हुने गथर््यो । तर, यस बर्ष मधेस आन्दोलनका कारण यातायातका सवारी साधनहरु नचल्दा अपेक्षित रुपमा भारतीय वा स्वदेशी श्रद्धालुहरु आउने संख्यामा कमि आएको थियो । हुन त विवाह पञ्चमी महोत्सवका आयोजक जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले विवाह पञ्चमीलाई दृष्टिगत गर्दै यातायातका सवारी साधन सुचारु गराईदिन मधेसी मोर्चा सहित जनकपुरका विभिन्न आन्दोलनरत पक्षलाई आग्रह गरेका थिए । तर, यस पटक धेरै मानिसले सहादत दिएको हुनाले भव्यता पुर्वक नमनाउन भनेपनि आन्दोलनका विभिन्न कार्यक्रमहरु ४ दिनका लागि मोर्चाले स्थगन गरेको थियो ।
यतिसम्म हुँदा जनकपुरमा विवाह पञ्चमीको रौनक फेरी देखिन थालेको थियो । तर, विवाह पञ्चमी महोत्सवमा राष्टूपति विद्या देवि भण्डारीले पूजा अर्चना गर्ने भनेर स्थानीय प्रशासनले तयारी सुरु गरेपछि मोर्चा लगायत विभिन्न गैर राजनीतिक यूवाहरुको संघ संस्था र स्थानीय मधेसी मोर्चा, संघीय मधेसी समावेशी गठबन्धन लगायतले विरोध गर्ने निर्णय गरे । विवाह पञ्चमी हुनु एक दिन अगाडी ती सबैले सामुहिक रुपमै राष्टूपति आगमनको विरोध स्वरुप पुतला दहन गरेका थिए । यदि राष्टूपति आए कालो झण्डा देखाउने देखि विभिन्न अवरोध र प्रतिवादसम्म गर्न सकिने स्थानीय मोर्चाले निर्णय नै गरे । विवाह पञ्चमी हुनु एक दिन अगाडी नै सुरक्षा व्यवस्था मिलाउन सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च सुरक्षा अधिकारीहरु जनकपुर आएका थिए । विवाह पञ्चमीका दिन विहानै देखि जनकपुरमा सेनाहरुको बख्तर, टूकहरु जनकपुरका विभिन्न चौकहरुमा देखिएका थिए । सेना सहित विभिन्न प्रहरीहरु सडकमा तैनाथ गरिएका थिए । खास गरेर जानकी मन्दिरलाई लक्षित गरेर वरपर सुरक्षाकर्मीहरु उल्लेख्य रुपमा खटिएका थिए । जनकपुर सेनाको छाउनी जस्तै बनेको थियो । हवाई गस्ती पनि भईरहेको थियो । हुन त विवाह पञ्चमीका दिन नेपालका लागि भारतीय राजदुत रंजित रे पनि जानकी दर्शन गर्न आउने तयारी गरेका थिए । तर, जनकपुरमा अहिले जाने बातावरण नभएका कारण उनी आफ्नो भ्रमणलाई रद्द गरे । राष्टूपति भण्डारी नेपाली सेनाको हेलिकप्टरबाट जनकपुर अञ्चल प्रहरी कार्यालयमा ल्याण्ड गराएका थिए । कडा सुरक्षाका बीच जानकी मन्दिरलाई खाली गराई उनले जानकीको दर्शन पनि गरेका थिए । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले राष्टूपति भण्डारीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै उपहार स्वरुप चाँदीले बनेको जानकी मन्दिरको प्रतिमा माया स्वरुप प्रदान गरेका थिए । यता राष्टूपति मन्दिरमा दर्शन गरिरहेका थिए भने उता मोर्चाका कार्यकर्ता लगायत स्थानीयवासीहरु कालो झण्डा देखाई विरोध प्रदर्शन गरिरहेका थिए । तर, जब राष्टूपति भण्डारीलाई जानकी मन्दिरका महन्थले सम्मान गरेको कुरा बाहिर आयो, प्रदर्शनकारीहरुले आक्रोशित हुँदै राष्टूपति चढ्ने कारगेटमा ढुङ्गामुढा गर्न थाले । कडा सुरक्षा बीच राष्टूपति मन्दिरबाट बाहिरिए लगत्तै प्रदर्शनकारीहरुको भीड जानकी मन्दिरमा प्रवेश गरी जानकी मन्दिरको चाँदीको चौखटलाई समेत आक्रमण गर्न थाले । हुन त सुरुमा सुरक्षाकर्मीहरुले समेत जानकी मन्दिरको मर्यादालाई वेवास्ता गर्दै जुता लगाएर मन्दिर प्रवेश गरेका थिए भने कुकुरलाई लगेर सुरक्षा अवस्था अनुगमन गरेका थिए । त्यसपछि आन्दोलनकारीहरुले जानकी मन्दिरमा पेटूोल बम प्रहार समेत गरेका थिए ।  राष्टूपति पूजा गरी बाहिरिए लगत्तै आक्रोशित भिडहरु जानकी मन्दिरमा प्रवेश गरी मन्दिरको चाँदीको चौखटमा पुगेर जुता सहित आक्रमण गरेका थिए । त्यसपछि दिनभर जानकी मन्दिर परिसरमा रहेको सुरक्षाकर्मी र प्रदर्शनकारीहरु बीच झड्प भएको थियो । साँझ तिर आएर मात्र यूवा क्लवहरुले शोभा यात्रा निकाली जनकपुरको रंगभुमि मैदानमा स्वयम्बर गराएका थिए । रातिमा रामजानकीको विवाह सम्पन्न गराइएको थियो ।
 यसरी हेर्ने हो भने अहिले सम्मको इतिहासमा राम जानकी विवाह पञ्चमी महोत्सव यसरी बाधित हुन पुगेको थिएन । पूजा हुनु पर्ने ठाउँमा दिनभरी झडप कहिल्यै भएको थिएन । उक्त झड्पका कारण भारतबाट आएका श्रद्धालुहरु दर्शन नै नगरी फर्किएका थिए । कतिपय घाइते भएर फर्किएका छन् । अब कहिल्यै जनकपुर नआउने मनोविज्ञान बनाएर तिनीहरु फर्किएका छन् । मिथिला र अबधको रामायणकालिन समय देखिको सम्बन्धमा समेत प्रहार भएको छ । संस्कृतिमा प्रहार भएको छ । जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णव भन्छन,“ राष्टूपति भण्डारीलाई सम्मान गर्नु जानकी मन्दिरको प्रोटोकल हो । आन्दोलनकारीहरुको नजरमा महन्थ अपराधि हुन सक्छ भने महन्थलाई दण्डित गर्नु पथर््यो । तर, जसरी जानकी मन्दिरमा प्रहार गरिएको छ त्यसले अत्यन्तै दुखी बनाएको छ ।” उनका अनुसार राष्टूपति भण्डारीलाई दर्शन गर्न भनेर औपचारिक आमन्त्रणा गरिएको थिएन । तर, उहाँ दर्शन गर्न आउने भएपछि हामीले राष्टू प्रमुखको हैसियतमा विशेष पुजा गराउनै पर्ने परम्परा र बाध्यता समेत थियो ।  उता प्रदर्शनकारीहरुलाई के लाग्यो भने महन्थले मोर्चाहरुसँग विश्वासघात गरी षड्यन्त्र पुर्वक राष्टूपतिलाई आमन्त्रण गरी स्वागत र सम्मान गराएको हो । मोर्चाका संयोजक समेत रहेका संघीय समाजवादी फोरम नेपाल धनुषाका अध्यक्ष शेषनारायण यादव भन्छन,“ मन्दिरका महन्थले हामीसँग विश्वासघात गरेको छ । हामीले नभन्दा भन्दै पनि महन्थले राष्टूपतिलाई औपचारिक रुपमै पत्र पठाएर आमन्त्रण गरी सम्मान गरेको छ ।” यसरी अहिले जानकी मन्दिर लक्षित गर्दै महन्थ र मोर्चाका नेताहरु बीच द्वन्द्व बढन थालेपछि मोर्चाले उक्त घटनालाई छानविन गर्न छानविन समिति बनाएको छ । स्थानीय प्रशासनले पनि राष्टूपति आउँदा विरोध हुने र अहिलेको परिस्थितिमा नआउँदा नै राम्रो हुने भनेर गृह प्रशासन र राष्टूपति कार्यालयलाई रिपोर्टिङ गरेको थियो । धनुषाको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुली भन्छन,“ स्थानीय मोर्चा र यूवाहरुले विरोध गरिरहेको, भारतबाट लाखौं मानिसहरु आउन सक्ने सम्भावना भएकाले सुरक्षा अवस्थामा कठिनाई हुनसक्ने भनेर रिपोर्टिङ गरिएको थियो । तर, राष्टूपति आउने नै भएपछि हामीले इन्कार गर्न मिल्दैन । सुरक्षा व्यवस्था मिलाउनु हाम्रो कर्तव्य हुन जान्छ ।”
किन आए राष्टूपति ?
मधेसमा सत्ता पक्ष र प्रमुख प्रतिपक्ष जसले संविधान निर्माण गरी जारी गरेका छन् तिनका नेता तथा सरकार पक्षलाई मधेसमा आउँदा आन्दोलनरत मधेसी मोर्चाले कडा विरोध गर्दै मधेसबाट लखेटिरहेका छन् । विगतमा दशैं तिहार र छठ पर्वको मौका छोपी मधेसमा आएका सांसदहरुलाई आन्दोलनकारीहरुले विरोध गरेर लखेटिसकेका छन् । त्यसकारण ती राजनीतिक दलहरु आफ्नो पनि अस्तित्व र प्रभाव मधेसमा अहिलेसम्म पनि कायमै रहेको भनेर देखाउनका निम्ति पनि मधेसमा आउन चाहन्छन् । त्यसमा पनि नेकपा एमाले अलि अग्रेसिभ मुड मै देखिन्छ । त्यसैले पनि होला एमालेले तराई मधेसकै चितवनको सौराहामा राष्टिूय कार्यकर्ता परिषदको विशेष भेला बोलाएको थियो । नेकपा एमालेका नेता तथा पुर्व मन्त्रि यदुवंश झाका अनुसार नेकपा एमालेले मधेसमा मधेसको मुड बुझ्न र निकासको उपाय खोज्न खास गरी मधेस केन्द्रित नेता तथा कार्यकर्ताहरुको भेला डाकिएको थियो । चितवनमा मधेसी मुलका बासीहरुको नगन्य उपस्थिति रहेको छ । ठीक त्यसैगरी राष्टूपति आउनु एक दिन अघि सर्लाहीको हरिवनमा नेकपा एमालेको भातृ संगठन यूवा संघको भेला आयोजन गरी मधेस अहिले पनि एमालेकै कब्जामा रहेको संदेश दिन खोजेको थियो ।
राष्टूपति जनकपुर आउनु अघि सत्ता पक्ष, प्रतिपक्ष र आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई बोलाई मधेस आन्दोलनको समाधान गर्न भनेका थिए । उक्त बैठकमा कांग्रेसका प्रतिनिधिहरु गएनन् । एकातर्फ कांग्रेसले ल्याएको संविधान संशोधन विधेयक र भुकम्प प्राधिकरण निर्माण सम्बन्धी विधेयक व्यवस्थापिका संसदमा दर्ता गराई भुकम्प प्राधिकरण निर्माण विधेयक पारित समेत गराईसकेपछि राष्टूपतिको जनकपुर भ्रमणले राजनीतिक अर्थ दिन खोजेको जानकारहरु बताउँछन् । खास गरेर समानुपातिक समावेशी र भुगोल तथा जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारणको विधेयक पास गराउने मनसायले विधेयक दर्ता भएपछि मधेसी नेताहरु संसद बहिष्कार गर्दै मधेसमा आन्दोलन थप चर्काउन आईपुगेका छन् ।
राजनीतिक विश्लेषक तथा स्तम्भकार समेत रहेका साहित्यकार खगेन्द्र संग्रौलाका अनुसार राष्टूपति विद्या देवी भण्डारीले जनकपुर भ्रमण गरेर आफ्नो मान आफै घटाएको बताउँछन् । आलंकारिक पद खोपाको भिमसेन जस्तै रहेको राष्टूपतिलाई मधेसमा पठाउँदा त्यत्रो ठुलो विरोध नहोला भन्ने सोच आफु अनुकुलको संविधान बनाएर जारी गर्ने तीन ठुला दलले ठानेका थिए । खास गरेर मधेसमा विरोधको स्केल कस्तो होला, आम प्रतिक्रिया के हुनेछ भन्ने मापन गर्ने उद्देश्यले जानकी दर्शनको बहानामा राष्टूपतिको जनकपुर भ्रमण नियोजित रहेको संग्रौलाको भनाई छ । संग्रौलाका अनुसार अधिकारको आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा आन्दोलनरत आन्दोलनकारीहरुको झ्न आक्रोश बढाउन तथा उत्तेजित गर्न गरिएको राष्टूपतिको उक्त भ्रमणले सिंगो आन्दोलनलाई उपहास गरेको छ, सहिदहरुको बलिदानीलाई उपहास गरेको छ, आफ्नो मान भन्दा पनि उनले स्वयमको अपमान गरेको छ ।
 राष्टूपतिको उक्त भ्रमण राष्टूपतिको एकल निर्णय नै हो भन्ने सम्भावना यसकारण पनि छैन भने उनको राष्टिूय राजनीतिको बलियो पृष्ठ भुमि छैन, राजनीतिमा लामो योगदान पनि छैन । मदन भण्डारी जिवित हुँदा उनी राजनीतिमा थिइनन्, गृहणी मात्र थिइन । त्यसैले उनको भ्रमणमा उनी विगतमा रहेको पार्टीको नेतृत्वको संलग्नता हुन सक्ने बलियो आधार छ । संग्रौला के पनि भन्छन भने राष्टूपति जस्तो पद निर्विवाद पद हो, समग्र देशको अभिभावक हो, पार्टी विशेषको चाहना अनुसार चल्नु हुँदैन । यद्यपि पार्टी विशेषबाट नै राष्टूपति चयन हुने हुँदा पार्टीगत प्रवृतिवाद रहिरहन्छ । तर, जसरी नेपाली सेनाले पनि राष्टूपति सँगै गएर शक्ति प्रदर्शन गरेका छन्, गर्नु हुन्थिएन । संग्रौलाका अनुसार शान्त परिवेशमा, शान्त मुद्रामा भक्तिभाव गर्ने माहौल हुन्छ । तर, मोर्चाले र स्थानीय जनताले जसरी पनि विरोध गर्ने बताईसकेपछि पनि राष्टूपतिलाई सुरक्षा दिन जसरी सेना पनि पुग्यो र समग्र विवाह पञ्चमी नै विथोलियो, सेना सजग हुनुपर्ने थियो । सेनाको संलग्नता पनि तथा कथित सुरक्षा प्रति जिम्मेवार देखिन्छ । राष्टूपति जस्तो पदमा बसिसकेपछि कसले के गर्न सक्छ भन्ने अज्ञानता र दम्भ त हुन सक्छ तर सेनालाई त सबै कुरा थाहा थियो । सेनाले रोक्न सक्नु पथर््यो ।
राष्ट्रपति विद्या देवी भण्डारीले आफु पनि मधेसको अभिभावक रहेको संदेश दिन खोजेका थिए । खास गरेर उनी निर्वाचित भएपनि निर्वाचनका दौरान उनलाई मधेस केन्द्रित राजनीतिक दलहरुले मतदान गरेको थिएन । सदभावनाका एक जना सांसद माधवी रानी साहले उनलाई मतदान गरेपछि पार्टीले अहिले उनलाई निलम्बन गरेको छ भने उनी आफैलाई जनकपुरमा ठुलो विरोध भएको छ । अर्को तर्फ जुन दिन उनी राष्ट्रपतिमा निर्वाचित भएकी थिइन त्यो दिन जनकपुरका स्थानीय वासीहरुले व्लयाक आउट गरेका थिए । देशको अभिभावकको भुमिकामा उनी रहेपनि मधेसी समुदायले उनलाई आफ्नो राष्ट्रपति अथवा अभिभावकको रुपमा स्वीकार गरेको छैन । त्यसैलेपनि उनी जानकी मन्दिरमा दर्शन गरेर ३ मिनेट संचार माध्यम  सामु सम्बोधन गर्दा आफु मिथिलाबाट अत्यन्तै नजिक रहेको तथा आफ्नो ठुली आमाको जानकी तथा आमाको नाउँ पनि जनकपुरमै जन्मिएका कारण राखिएको उनले बताएका थिए । त्यसैगरी उनको अर्को नाता पनि मधेस र मिथिलासँग गासिदै छ । पुर्व राष्ट्रपति डा.रामबरण यादव की भतिजी एवम महोत्तरीबाट निर्वाचित नेपाली कांग्रेसकी सांसद किरण यादव उनको समधिनी बन्ने तय भईसकेको छ । त्यसैले मधेस र पहाड बीच अहिले जसरी दुरी बढ्दै गएको छ त्यो दुरीलाई कम गराउने उद्देश्यले पनि उनले आफ्नो भ्रमणका क्रममा हुने भनिएको समधिनी यादवलाई साथ लिएर आएका थिए । यति मात्र होइन मधेसी मुलका उपसभामुख गंगा यादवलाई पनि साथै लिएर आउनुको उद्देश्य मधेसी समुदाय पनि आफु साथ रहेको देखाउन खोजेको हुन सक्ने कतिपय राजनीतिक विश्लेषकहरुको विश्लेषण छ । यति मात्र होइन आफु राष्ट्रपति हुनुका साथ साथै सेनाको परमाधिपति समेत रहेको र सेना पनि आफु साथ साथै रहेको भन्न खोजेको पाइन्छ । खास गरेर राष्ट्रपति भ्रमण गर्ने दिन नेपालका लागि भारतीय राजदुत रंजित रे पनि विमान चढेर जनकपुर आई जानकी मन्दिरको दर्शन गर्ने कार्यक्रम तय थियो । राजनीतिक विश्लेषकहरुको बुझाई अनुसार ठीक त्यही दिन भारतीय राजदुतलाई ल्याउनु भनेको के हो भने अहिलेको काठमाण्डौको सत्ता पक्ष र दिल्लीको सत्ता पक्ष चिसिएको सम्बन्ध ठीक ठाक भईसकेको हुनाले बर्तमान आन्दोलनलाई समाधान गर्न भारतले सुझाएको ४ बुँदे रोडम्याप अनुसार अघि बढ्न मधेसी मोर्चालाई समेत दवाव दिनु थियो । तर राजदुत रे नआएपछि ती सम्भावनाहरु छायामा परेपनि सबै कुरा गौण नै भईसकेको भनेर भन्न सकिन्न । जसरी राष्ट्रपतिले भारतबाट आएका जन्तीलाई स्वागत गरिन  र फेरी अर्को बर्ष पनि स्वागत गर्ने बताईन ठीक त्यसैगरी राजदुत पनि सँगै हुँदा राम्रो संदेश जान सकिने काठमाण्डौको योजना हुन सक्छ ।
विवाह पञ्चमी कै अवसर पारेर गत बर्ष सार्क सम्मेलनमा सहभागी हुन दिल्लीबाट काठमाण्डौ नगई सितामढी हुँदै जन्तीमा सहभागी भई रामजानकी विवाह पञ्चमी महोत्सवमा पुगेर जानकी दर्शन गर्ने भारतको प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणलाई काठमाण्डौका शासकले विभिन्न षड्यन्त्र गरी तुहाई दिएका थिए । त्यसैले भारतीय राजदुतको यस पटकको भ्रमण भईदिएको भए जनकपुरवासीको गत बर्षको आक्रोशलाई पनि शान्त पार्न सकिन्थ्यो, काठमाण्डौको बुझाई रहेपनि काठमाण्डौको बmुझाई र षड्यन्त्रमा जनकपुरका जनताले पानी फेरी दिएका छन् ।

जानकी दर्शन पश्चात राष्ट्रपति विद्या देवी भण्डारीले गरेको सम्बोधनको पुर्ण पाठ ः
स्वागतम! स्वागतम!! स्वागतम!!!  आज असाध्यै पुण्य दिन हो । हाम्रो जनक नन्दनी सीताजीको त्रेता यूगमा अयोध्याका राजा दशरथका छोरा श्रीराम सँग विवाह भएको पुण्य तिथी हो । र, जनकपुरधाममा प्रत्येक वर्ष यो विवाह महोत्सव धुमधामसँग मनाइन्छ । मलाई बच्चा देखि नै थाहा छ कि यो महोत्सव यहाँ धुमधामका साथ मनाइन्छ । र, मेरी आमा पनि, ठुली आमा पनि यहाँ दर्शन गर्न आउनु हुन्थ्यो । हामी केटा केटी हुँदा उहाँहरु आउने गर्नु हुन्थ्यो । मेरी आमा र मेरी ठुली आमा जनकपुरधाम मै पैदा हुनुभएको हुँदा मेरी ठुली आमाको नाउँ जानकी राख्नुभयो, मेरो हजुर बुवा र हजुरआमाले । र, अहिले पनि उहाँ जिवितै हुनुहुन्छ । र, मेरी आमा पनि यही पैदा हुनुभएकाले मेरो आमाको नाउँ पनि मिथिला राख्नुभएको हो । मेरो आमा पनि जिवितै हुनुहुन्छ । यो कुरा मैले भन्न पाउँदा मलाई अत्यन्त गौरव महसुस भएको छ । कसरी मेरी आमाको नाउँ मिथिला र मेरी ठुली आमाको नाउँ जानकी भयो भनेर मैले अलि ठुलो भएपछि सोधेको थिएँ अनि सोधेको थिएँ, अनि उहाँहरुले मलाई सुनाउनु भएको थियो । संघीयताको कुरा भईरहेको बेला जनकपुरलाई मिथिला प्रदेश राख्नुपर्छ भनेर एकचोटी चर्चा भएको थियो । त्यो कुरा सुनेर मैले खुशी व्यक्त गरेको थिएँ । मिथिला प्रदेश भयो भने मलाई खुशी लाग्छ किनभने  मेरी आमाको नाउँ पनि मिथिला हो भनेर मैले धेरै खुशी व्यक्त गरेको थिएँ । तर, अब त्यो त पछिको कुरा हो के हुन्छ भनेर । यहाँको जनसमुदायहरुले यो विवाह पञ्चमी महोत्सवलाई एउटा गौरवको रुपमा अगाडी वढाउनु भएको छ । निरन्तर अगाडी वढाउनु भएको छ । यो खुशीको कुरा हो । भुमिसुधार मन्त्रालय, गुठी संस्थान र सबै सरकारी पदाधिकारीहरुलाई यो भव्य समारोह आयोजना गरेकोमा धन्यवाद दिन चाहन्छु । र, यहाँहरु खास गरी यहाँको मठाधिस महन्थहरुलाई सम्मान र आभार व्यक्त गर्न चाहन्छु । यो हाम्रो सभ्यता हो । यसलाई उहाँहरुले यसरी नै जीवन्त रुपमा अगाडी वढाइरहनु होला भन्दै जन्ती महानुभावहरुलाई धेरै धेरै स्वागत छ, स्वागत छ, स्वागत छ । अर्को साल फेरी यहाँहरुलाई स्वागत गरौंला । धन्यवाद ।


विवाह पञ्चमीका दिन जानकी मन्दिरको परिसरमा
 रहेका सुरक्षाकर्मीहरु । परिसर यूद्धभुमिमा परिणत भएको थियो ।
२०७२ पौष ०५ गते आईतबार