Tuesday, October 22, 2013

अ स्टोरी अफ मधेश - धर्मेन्द्र कुमार झा



 धर्मेन्द्र कुमार झा

कथा,
एकटा गाउँमा एउटी बुढी आमा थिईन । उनका चारजना छोरा थिए । उनीसँग केही जग्गा र एउटा आँपको फुलबारी थियो । चारै दाजु(भाईको इच्छा त्यो जमिन र फुलबारीको बराबर हुने गरी बाँड(फाँड गर्नु थियो । किनभने चारै जना सँगै भएर आवश्यकता अनुसार हेरचाह गर्न सकिरहेको थिएन । एक अर्का बीच मनमुटाव बढ्दै गयो । एक पल्ट आँप फलेको घटना हो । सबै दाजु भाई बाँड्न चाहेको थियो । किनभने कसैले कसैलाई टिप्न दिरहेको थिएन । अनि सबै छोरा आमालाई त्यो फुलबारी बाँडिदिन आग्रह ग¥यो । त्यसै बखत आमाले छोराहरुलाई एउटा प्रस्ताव सुनायो कि ‘म केही दिनको लागि तिर्थ यात्रामा जाँदै छु । तिमीहरु म नआउन्जेल सम्म फुलबारीको रेखदेख गर्नु कोही कसैसँग बेइमानी नगर्नु । म आएपछि तिमीहरुलाई बाँड दिन्छु ।“ सबै छोराहरु मन्जुर भए र आमाले भने अनुरुप फुलवारीको चारै तर्फबाट चारै छोराहरु पहरा दिन थाले । एक साता भयो दुई साता भयो चार साता सम्म बुढी आमा आईन । आँप पाक्न थालेको थियो तर कसैले फुलवारी भित्र छिर्न सम्म दिइरहेको थिएन । एक दिन फुलवारीको छेउभएर एउटा बैलगाडी गइरहेको थियो । उक्त बैलगाडीबाट एउटा(दुईटा आँप खसिरहेको थियो । एउटा भाईले हेरेछ । ऊ बैलगाडीको पछाडी(पछाडी आँप टिप्दै फुलबारी भन्दा धेरै परसम्म पुगेछ । त्यसैगरी अन्य तीन भाई पनि अर्को(अर्को बैलगाडीबाट आँप टिप्दा फुलवारीको आँप टिपेर टूकमा राखी भागेछ । चारै भाई एक दुई बोरा आँप बाटोबाट टिपेर ल्याएकोमा मख्ख थिए । तर भोली विहान फुलबारीमा जाँदा फुलबारीको बोटमा पात बाहेक एउटा पनि आँप नरहेको अवस्था थियो । चारै भाई त्यही मुर्छित भए । त्यो बाहेक वास्तवमा कुनै अर्को बाटो पनि थिएन । विगत यो कथाले विगतको संविधानसभामा मधेशवादी दलहरुको चरित्रलाई चित्रण गरेको छ । फुलवारी रुपी संविधानलाई मधेशवादी दल लगायत अन्य संधियताको पक्षधर पार्टीहरु ती चार दाजु भाई जस्तो साना तिना लोभमा फसेर पुरै बगैचा गुमाए झै नयाँ संविधान गुमाए । धैर्यता साहस र बृद्वि विवेक तथा इमान्दारीता भएको भए ती चार दाजु भाई चोरहरुको जालमा फँस्ने थिएन होला । ती दाजु भाईहरुको आपसी मनमुटाव र लोभीपनाको भरमुग्घ फाइदा ती चोरहरु बैलगाडीबाट एउटा दुइटा आँप खसाउँदै ठगे । त्यसैगरी विगतका नेपाली राजनीतिक इतिहास हेर्ने हो भने जति मधेशका साथै पछाडी पारिएका समुदायका प्रतिनिधिहरु सरकारमा गए सबै आ(आफ्नै तुना सुल्झाउनमा लागे र मधेश जहिको त्यही रहीरह्यो । कहिले दल फुटाउनु त कहिले पासपोर्ट बेच्नु त कहिले सशस्त्र पार्टीको आडमा हिंसा गराउनु त कहिले टेन्डरको बाहानामा विकासको काममा बाधा पुरयाउनु यस्ता अदुरगामी सोचले गर्दा जनताबाट पाउनु पर्ने आदरसत्कार र विकास सबै गुमाएका छन नेताजीहरु ।
बास्तवमा जसरी कुकुरहरुलाई सिनो दिदा आफुमै लडेर बस्छ । त्यसैगरी हाम्रा नेताजीहरुलाई भनाउँदा ठुला दल र सहयोगी राष्टूहरु साना तीना लोभमा  फसाएर ठुला मिशनलाई ओझेलमा पारिदिएका छन । यस्ता भुमरीबाट बाहिर निस्कन अति आवश्यक छ नत्र भने भावी पुस्ताले धिकार्ने छ । सिद्धान्त नमिलेर पार्टी फुट्नु लाजमर्दो कुरा हो । सिद्धान्तवस पार्टी फुटे मिशन कमजोर हुँदैन तर स्वार्थवश पार्टी फुटे मिशननै लथालिंग हुन्छ । देशमा जति पार्टी भए पनि देशलाई कुनै घाटा छैन तर जनचाहना अनुरुपको मिशनमा कार्यगत एकता हुनु जरुरी छ ।
बर्तमान
दोस्रो आसन्न संविधानसभा २०७० को चुनावी परिवेश हेर्दा अनौठो लाग्छ । मेरो चार(पाँच जिल्लाको गहनतम भ्रमणले नौलो राजनीतिक अनुभव दिएको छ । प्रायः क्षेत्रहरुमा पुराना नेताजीहरुलाई गाह्रो पर्ने सम्भावना देखिएको छ । नव प्रवेशी अर्थात चुनावी होडको नयाँ अनुहारहरुको बोलबाला देखिएको छ । नयाँ अनुहारहरु धेरै राम्राभएर चर्चामा रहेको छैनन पुराना नेताहरु कर्महिन भएर भएका हुन । पुराना अनुहारहरु जनताका फ्रस्टूेशनका सिकार हुने सम्भावना वढेको छ । हुन त जनताहरु संविधानसभाको चुनावका लागि भित्रबाट धेरै उत्साहित छैनन । तर पनि उनीहरु यो आशामा छन की जसरी भए पनि चुनाव भइहाल्यो भने नयाँ संविधान बन्छ र देशले वैकासिक गति लिन्छ । आशा सँगै निराशा पनि उत्तिकै छ, किनभने चुनाव भएपनि नभए पनि बोलवाला त्यही पुराना अनुहारकै हुन्छ र फेरी त्यही खिचलो शुरु हुन्छ ।
जनताले आफ्नो तर्फबाट कुनै कसर छोडेका छैनन । जुन कुरा राजनीतिक दलका नोमिनेशन दिनमा देखियो । प्रायः जिल्लाको सदरमुकामहरुमा नोमिनेशनका दिन ऐतिहासिक जनभेला ‘कुम्भ मेला’ जस्तै भएको थियो । कतिपय जिल्लाका मान्छेहरु त भनेका थिए “यस्तो मान्छेको भिड यस सदरमुकाममा पहिलोपल्ट हो” तथापि ती भिडहरुको अनुहारमा आशा र निराशा दुवै घाम(छाया झै झल्किरहेको थियो । त्यही दिन देखि राजनैतिक तामझाम शुभभइसकेको छ । कोही कार्यकर्ता भित्रयाउनमा व्यस्त छन् त कोही पैसा बाँडन त कोही देखावटी विकासमा त कोही प्रचारप्रसारमा त कोही चाणक्य रणनीतिमा । चुनावको मुखमा आएर गरिने सबै गविविधि मगरमछको आँसु जस्तो हो । यसबाट आमजनतालाई सावधान हुनु जरुरी छ । जसरी हामी माछा मार्नलाई हुकमा पिठो हाल्छौ चुनावको समयमा  पिठो हाल्न आउँछन ।
निश्कर्ष
विगत र वर्तमान दुवैलाई हेर्दा नेता भन्दा अझ जिम्मेवार हामी जनतालाई हुनु आवश्यक छ । किनभने तिनीहरु कर्महिन भइसकेका छन । र हामी पनि गैर जिम्मेवार हुँदै गइरहेका छौं । हामीले आफ्नो जिम्मेवारी बोघ गर्ने बेला आइसकेको छ । नत्र भने यस्ता समय बार(बार आउँदैन ।
जुनीमा एक पल्ट आउने हो । पछाडी पारिएका सम्पुर्ण वर्ग समुदाय एक मात्र कुरामा के अठोट गर्नू पर्छ भने “यस पल्टको संविधानसभाको चुनावमा संघियता तथा मातृभाषा पक्षधर दलहरुलाई जिताउनु पर्छ ।” आत्मनिर्णय र मातृभाषा सहितको संघियता विना कुनै परिवर्तन हुनेबाला छैन । त्यसैले हामी आफ्ना भावी जेनेरेशनको भविष्य सुनिश्चितताका लागि नयाँ संविधान ल्याउनु पर्छ । साथै चुनावको समयमा जाति(पाति, वर्ग, क्षेत्र, लिंग जस्ता अन्य ‘वाद’ तथा आर्थिक प्रलोभनबाट टाढा रहनु त्यत्तिकै आवश्यक देखिन्छ । सकभर वढी खर्च गर्ने नेताहरुलाई बहिष्कार गर्नु पर्छ । किनभने जसले जति खर्च गर्छ त्यसले त्यति बेइमानी गर्छ । जति पुँजी लगायो त्यति असुली गर्नु स्वभाविकै हो । “मधेशी, पहाडी, महिला, पुरुष, दलित, जनजाति वा कोही होस जसले हाम्रो नारा बोक्छ त्यसलाई हामी बोक्छौं” यही प्रण गरौं ।



मिति ः २०७०÷७÷३

हाम्रो क्षेत्रका युवा म संगै छ ः राजु चौधरी,उम्मेदवार धनुषा क्षेत्र नम्बर ३



राजु चौधरीलाई नै मत किन दिनु पर्यो ?
राजु चौधरी एउटा सोचका साथ परिवर्तनकालागि र सवैको सामूहिक उम्मेदवारको रुपमा रहेका कारणले मलाई मत आम जनताले दिनेमा म विश्वस्त छु । म एउटा जिम्मेवार युवा को हौसियले राम्रो सोचका साथ चुनावी मैदानमा आउदैछु र संविधानसभाको चुनाव हो त्यसकालागि यो अधिकार स्थापित गर्न, म आफ्नो स्तरवाट मधेशी जनता र युवाकोको अधिकारकालागि हर सम्भव लडाई लडि रहनेछु । युवा परिवर्तनको सम्वाहक भएकाले हाम्रो क्षेत्रका युवाहरु त्यहा रह्न्छ जहा परिवर्तनको अभास हुन्छ र हाम्रो क्षेत्रका युवा म संगै छ ।
धेरै ठूल ठूला उम्मेदवारहरु छन् क्षेत्र नम्वर तीनमा तपाई कस्तो महसुस गर्नु भएकोे छ ?
प्रतिस्पर्धा जति ठूलो हुन्छ नतिजा त्यतिकै मजेदार हुन्छ । ठुलो सानो भन्दा उहा विगतका राजनीतिक विरासतवाट चुनाव जित्दै आएका छन् । यस क्षेत्रमा २४ बर्ष देखि बुवा जिते छोरा जित्दै आएका छन् तर विकास निर्माण भने शुन्य देखिएको छ । र एक सामन्तवाद परिवारवाट हुर्केकाहरु अर्का सामन्तवादका विकल्प हुन्नै सक्दैन् । त्यसर्थ यो संविधानसभामा हक अधिकार सुनिश्चत गर्न क्षेत्र नम्वर ३ का सर्वसाधारण जनतालाई मेरो विकल्पनै छैन् । यसमा पनि कारण दिन चाहन्छु कि विगतमा यहाका जनताले जसलाई जिताएर पठाए उनले तीनीहरुकोलागि के गर्यो ? उनले ती जनता जसलाई खान र लाउन सिवाय अरु केहि मतलवनै हुदैन त्यसलाई उनीहरु चुनावी हतकन्डाको रुपमा मात्रै प्रयोग गर्दै आएका छन् । ती जनताले उनीहरुलाई रुचाउने कुरै आएन् र म आफुलाई उनीहरुको प्रतिस्पर्धामा आउँदा धेरै राम्रो महसुस गर्दै छु ।
जनता तपाईलाई बुझ्ला ?
पक्कै बुझ्ला दलिय दलालहरु बाहेक । कि भने उहाहरुको साझा उम्मेदवारको रुपमा क्षेत्र नम्वर ३ मा मेरो उम्मेदवारी छ । किन भने उम्मेदवार बन्नु भन्दा पहिला म प्रत्येक गाविस घुम्दा उहा हरुको भावना बुझि र क्षेत्रको विकास र त्यहा बसोबास गर्ने युवाहरु तथा बृद्धवृद्धाहरुको अवस्था र समस्या हेर्दा केहि कुराहरुलाई गहरा रुपमा म लिएको छु र म हार जित भन्दा पनि म हर सम्भव प्रयास गर्नेछु कि ती समस्या समाधान होस ।
राजनीतिको बच्चा बुझ्छ त विपक्षीहरुले तपाईलाई ?
हो, उहाहरुको हैसियतमा तुलना गर्दा म बच्चानै हो । तर, मैले राजनीति विरासतमा पाएको होइन् । त्यो भएर पनि उहाहरुको नजरमा म बच्चानै होला । तर, म प्रश्न गर्न चाहन्छु उहाहरु संग, तपाईहरु क्षेत्र र त्यहाका जनताकोलागि के गर्नु भयो ? सधै ठूला पदमा बस्ने । पार्टीमा पनि । सरकारमा पटक पटक मन्त्री बन्ने तर गाउँमा एउटा राम्रो अस्पताल छैन् घर सम्म जाने बाटो छैन् अनि आफुलार्ई राष्टूको नै ठुला बडा नेता भनाउन लाज लाग्नु पर्ने हो । उहाहरुलाई बुझनुपर्नेहो कि मुलुकको आधा भन्दा बढी जनसंख्या म जस्तै बच्चाको नै हो र आजको बच्चा भोलीको कर्णाधार हो भनेर उहाहरुलाई नविर्सन आग्रह गर्दछु । र त्यस्ता हृणाकस्यपी प्रवृति भएका नेताहरुकोलागि म बालक प्रह्लाद हुँ ।
धनुषा निर्वाचन क्षेत्र नम्वर तीनमा तपाई कति नम्वरमा हुनुहुन्छ ?
कति नम्वरमा छु ठयाक्कै भन्ने अवस्था अरु जस्तो छैन् । तर, राजनीतिय गणितमा अरु भन्दा मजवुत अवस्थामा रहेको जानकारहरुको विश्लेषण छ । त्यसको उदाहरण स्वरुप मेरो जटही गाउँमा पार्टी प्रवेशको दिनवाट पनि लिन सकिन्छ । र म एउटा विचारको र युवा पुस्ताको प्रतिनिधित्व गर्दै विकास र परिवर्तनकालागि आज त्यस क्षेत्रमा मजवुत अवस्थामा आफुलाई पाएको छु ।
० विमलेन्द्र निधि, हरिदेव मण्डल, जुली महासेठ जस्ता मजवुत नेताहरुको विचमा आफुलाई मजवुत स्थितिमा रहेको दावी गर्नु कतिको उचित हुन्छ ।
अतिनै राम्रो प्रश्न गर्नु भयो । सर्वप्रथम म हरिदेव मास्टरसाहेवलाई सम्मान नै गर्दै आएको छु । साथै निधि जी र जुली जी संग म स्वच्छ प्रतिस्पर्धामै बस्न चाहन्छु । स्वभाविक रुपमा उहाँहरु मेरो अग्रज नै हुनुहुन्छ । त्यो नाताले पनि म उहाहरुलाई पनि सम्मान नै गर्न चाहन्छु । तर, सवाल परिवर्तन र मुक्तिको हो । त्यस माइनेमा निधि जी र जुली जी दुवै सामन्तवादनै हुन । र मेरो त्यो सामन्तवादहरु संगको लडाई हो । एउटा विरासतमा पाएको राजनीतिलाई भजाउदै आएका छन् भने अर्का पैसाको बलमा राजनीति गर्न चाहन्छ यस्तो अवस्थामा मुक्तिकामी जनता कसरी न्याय पाउन सक्छ । म क्षेत्रका प’रै गाविस घुम्दा निधिजी प्रतिको आक्रोस व्यापकै रहेको महसुस गरेको छ’ । त्यसर्थ निधिजी हरिदेव मास्टरसाहेव भन्दा पनि तल्लो स्थानमा चित बुझाउनु पर्ने अवस्था यस पालि छ । र जुली जीको उम्म्ेदवारी आफैमा एउटा हास्यास्पद पनि हो । हुन त प्रजानतन्त्रमा सवैको मौलिक अधिकार हो नेपालको कुनै क्षेत्रवाट चुनाव लड्ने । तर, लड्नु भन्दा पहिला सोच्नु चाहि पर्छ आफुले लड्ने क्षेत्रको माइण्डेड के हो ? आफु त्यो क्षेत्रमा कतिको सटिक हुन्छ । र त्यो क्षेत्रमा घरवारनै नभएको महासेठलाई कसरी जनताले विश्वास गर्ला त ? ती सवलाई बुद्धिविवेक पुर्याएर लड्दा राम्रो हुनेथियो । तर, एउटै जिल्लावाट पति क्षेत्र नम्वर ५ र श्रीमति क्षेत्र नम्वर ३ वाट उम्मेदवारी दिदा हेमबहादुर मल्ल र सारदा मल्लको स्मरण गराउछ ।
तपाईको पार्टी पनि नयां तपाई पनि नया यो नाया नयाललाई जनताले मत दिने हो कि जसलाई चिन्हे जानेका छन् त्यसलाई मत दिन्छ ? यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ?
नया पुरानो भन्दा पनि विचार र सिद्धान्तको कुरो आउँछ पहिला । र हाम्रा पार्टी र म पनि नया नै हो । तर, हाम्रो विचार र सिद्धान्त स्पष्ट छ । यो संविधानसभाको चुनाव हो र यहा हक अधिकारलाई सुनिश्चित गर्नलाई यो एउटा पार्टी मात्रै नभई मोर्चा पनि हो । र पुरानै नेता र पार्टीहरु केनै गरिदिया छ र ? एउटा कुरा तपाई पष्ट बुझ्नुस जहा विभेद हुन्छ त्यहा विद्रोह हुन्छ । र जहा विद्रोह हुन्छ त्यहा राष्टिूय मधेश समाजवादी पर्टीको जन्म हुन्छ । र म एउटा सिपाहीको रुपमा र मधेश र युवाको हक अधिकार सुनिश्चित गर्नकालागि म यो अभियानमा जुटदा अतिनै खुशी महसुस गर्दछु । राम्रै प्रश्न गर्नु भो यदि तपाईलाई मत दिन भन्छ भने कसलाई दिनु हुन्छ ? पक्कै पनि कुनै मधेशवादी दललाई । यो संसदीय चुनाव नभई संविधान निर्माणकालागि यो चुनाव हुदैछ् । हामी संग प्रसस्त मधेशी दलहरु भएकाले अपसन रोज्न पनि सजिलै हुन्छ ।
राजु चौधरीलाई मत दिनुपर्ने ५ वटा कारण ?
राजु चौधरीलाई मत दिनु पर्ने ५ वटा कारण हैन धेरै छन् । तर तपाईले ५ वटा कारण मात्रै सोध्नु भएछ भने म सानले भन्छु कि म राष्टूवादी मधेशी हो । मधेशकोलागि काम गर्न चाहन्छु । अर्का, ती क्षेत्रमा स्थानीय स्वरोजगारकोलागि विभिन्न प्रकारको योजनाहरु साथ आएकाले । तेस्रो विकास जस्तै १७ औं गाविसको आ आफ्ना विकासक एजेण्डाहरु छन् र तीनलाई कार्यान्वयन गराउनकालागि । चौथो जटहीमा दुर्गानन्द झाजीको नाममा प्रसुतिगृह सञ्चालनकालागि । पाचौ ती क्षेत्रमा नीधिको शासन नभई विधिको शासन लागु गर्नकोलागि ।
तपाईको क्षेत्रमा निर्वाचन आचार संहिता कतिको पालना हुदैछ ?
म वाट निर्वाचन आचार संहिता पालना हुन्छ किन भने म कानुनी राज्यलाई मान्ने एक अनुसाशित नागरिक हुँ । र अहिलेनै व्यपाक उल्लंघन भई रहेछ त्यसलाई हेर्ने निकायनै कमजोर रहेको महसुस गर्दै छु । खास गरी दुई सामन्तवादवाट बढी नै मात्रामा आचारसंहिता उल्लंघन भई रहेको छ र त्यसको जानकारी तपाईकै पत्रिका मार्फत पनि सम्वन्धित निकायलाई जानकारी गराउन चाहन्छौं । (सौजन्य ः तहलका खबर डट कम)


मिति ः २०७०÷७÷३

स्वार्थपूर्ण सम्झौता र अनिश्चित गन्तव्य –उमेशलाल कर्ण



उमेशलाल कर्ण
बिश्वको भूगोलमा नेपालको अवस्थिति प्रष्ट रुपले प्राकृतिक सौन्दर्यताले भरिपूर्ण बिबिधतै बिबिधताले सजिएका प्राकृतिक सौन्दर्यताको उत्तम उदाहरण बन्न सफल भएका साना राष्टूको श्रेणीमा रहेको छ । राष्टू एउटा बृहत्त अवधारणा हो, जसमा यसको भौगोलिक सीमाङ्कन भित्र रहेका सबै सरोकारपक्षहरुलाई समेटिएको छ । राष्टूको अस्तित्व रक्षाका लागि बृहत्त मापदण्डलाई आधार बनाएर गर्नु पर्ने निर्णय हुुनु पर्नेमा एउटा सीमित सरकारले मात्र निर्णय गर्ने अधिकार राख्ने अभ्यास भयो भने यसले ठूलो दुर्भाग्य नै निम्तयाउने अवस्थाको सिर्जना हुन लागेको अनुमान सहजै किशिमले गर्न सकिन्छ । अहिलेको राजनीतिक परिदृश्यले यस्ता केही नकारात्मक अभ्यासहरु हुँदै गरेको संकेत भएको जस्तो छ ।
सर्वसाधारण जनताका अभिमत मात्र के रहेको छ भने सामान्य रुपले जीबनयापन गरी बाँच्न पाउँ र यसका लागि राष्टू जिम्मेबार रुपले अगाडी सर्नु पर्दछ, राज्यको धर्म जनताले राष्टूलाई तिरेका कर राजश्व लगात अन्य शुल्कहरुको आधारमा एउटा शान्तिपूर्ण सुरक्षित वातावरण कायम गर्न सक्नु पर्यो । राष्टूको भूमिकालाई जनताप्रति उत्तरदायी बनाई राख्नु पर्ने मूल आधार भनेको दिगो संविधान हो । दिगो संविधानको व्याख्या गर्दा यसमा भएका मूल प्राबधान भनेको सबैलाई दीर्घकालीन रुपले अनुकुल भई सर्बसाधारण जनताको अनुहारमा खुशीका रेखाहरु देख्न सक्ने खालका कार्यक्रमहरु सञ्चालन र त्यसमा सबैको सहज पहुँच पनि सुश्चित हुने अवस्थाको निर्माण हुनु आवश्यक भएको छ । एउटा सम्वृद्ध राष्टूको नामले विश्वको धरातलमा नेपाल आफुलाई उभ्याउन सफल हुुन अभ्यासहरु गर्नै बाँकि छ । वर्तमान अवस्थामा राष्टूलाई सबै क्षेत्रहरु ( आन्तरिक उत्पादन, बैदेशिक व्यापार, पर्यटन, कुटनीतिक सम्बन्ध, आन्तरिक सुसम्बन्ध ) मा क्षतीहरु भएका प्रशस्त उदाहरणहरु छन् । अनावश्यक आर्थिक भारका कारण उत्पादनका क्षेत्र पूर्णतः संकुचित भएका सूचकहरु सार्बजनिक भई रहेको छ । वर्तमान परिवेशमा बिद्वतवर्गहरुबीच छलफल भएर विभिन्न नतिजाहरुको अनुमान पनि गर्न थालिएको छ । यस्ता विश्लेषणहरुसँग सर्बसाधारणहरुलाई कुनै चासो रहदैन उनीहरु आप्mना व्यवहारमा आई परेका समस्याहरु प्रति मात्र चिन्तित भई रहेको अवस्था मात्र रहेको हुन्छ । विगत एक दशकको सम्झौता सहकार्य गर्दा कतिपय अवस्थामा अनुपम उदाहरणहरु प्रस्तुत भएका छन् ।
सम्झौतामूलक कार्यहरु सम्पन्न गर्नमा श्रेय जाने राजनीतिक संगठनहरुको योगदानलाई बिर्सन सकिदैन । राष्टू पुनर्निर्माण एवम् शान्ति निर्माण कार्यसँग सामानन्तर रुपमा संविधान लेख्ने कार्य पनि गर्दै जाने कार्यलाई सुनिश्चित गर्न धेरै सम्झौताहरु भएका छन् । राजनीतिक सम्झौतामा भएका मूल बिषयवस्तु जे भए पनि त्यसका बुँदाहरुको संख्या मात्र बाहिर आउने सँस्कृतिको विकास भएको छ । अहिलेको अभ्यासमा १२ बुँदेको कुराको चर्चा परिचर्चा भई रहेको छ ।
विगतका एक दशकलाई हेर्दा कार्यहरु धेरै सम्पन्न भयो तर त्यसमा उपलब्धि हुँदै नभएको भन्न सकिन्न तर यसमा सकारात्मकता कम र नकारात्मकता बढी भए जस्तो छ । राजनीतिक संगठनहरु कुनै न कुनै दर्शनलाई आधार मानेर सर्वसाधारण जनताका सर्मथन जुटाएर शासन शैलीको प्रयोग गर्न बहुमत जुटाउन विभिन्न अभ्यासहरु गर्न विभिन्न संगठनहरु अगाडी सरेका छन् । सांगठनिक कार्यहरुको अवस्थाले आ आप्mना संगठन निर्माण र त्यसको परिचालन कार्यमा व्यस्त रहेका देखिन्छन् । यस्ता अभ्यासले नेपालमा दीर्घकालीन संविधान बन्ने सम्भावना अmन् ओझेलमा पर्न सक्ने अवस्थाको निर्माण हुने सम्भावना प्रबल छ । संविधान कुनै खास राजनैतिक संगठनका मूल्य मान्यता बोकेर आएको हुँदैन, आउनु पनि हुँदैन संविधान त राष्टूका सर्वव्यापक विविध मूल्य मान्यताहरु बोकेका साझा मूल्यहरु बोकेको हुनु पर्दछ । यदि एकल मूल्यले प्रभावित भएका अवधारणमा केन्द्रित भएर हाम्रो भविष्यमा गर्नु पर्ने कार्य सफल गर्न अभ्यास भई रहेको छ भने दीगो संविधान बन्ने सुनिश्चितता अन्योलमा पर्ने पुनः निश्चित छ ।
अहिलेको निकाश भनेको बृहत्तर सम्झौताहरु गर्नमा हाम्रा राजनीतिक संगठनहरु सफल भएका देखिन्छन् । अधिकांश सम्झौताहरु गर्दा राष्टूस्वार्थमा केन्द्रित रहेर गर्नु पर्नेमा त्यो नभएर सांगठनिक स्वार्थमा केन्द्रित रहेर भएको छ, यसले कुनै अवस्थामा राष्टूका सबै क्षेत्र भागलाई समानुपातिक रुपले सबैलाई सम्बोधन गर्ने खालको संविधान दिन सक्ने अवस्था छैन । यस अवस्थामा सबै पक्षहरुको ध्यान आकर्षण हुनु पर्ने आवश्यक छ । बृहत्त अवधारणा, मूल्य, सँस्कृतिहरुलाई बिर्सेर कार्य गर्दा प्रभावकारी नहुने अवस्था प्रष्ट छ ।
अब पछिका दिनमा विभिन्न संगठनहरुमा अस्वस्थ भागबण्डा हुने कार्यले अधिकांश सम्बन्धित पक्षहरु बञ्चित हुने अवस्था प्रष्ट छ, जसलाई कुनै हालतमा सकारात्मक प्रयासको रुपमा बुभ्mन सकिन्न । अस्तित्वमा रहेका राजनीतिक संगठनहरु छुटृाछुटृै रुपमा राज्य सञ्चालन प्रक्रियाको बारेमा निर्देशिका तयार गरी कुनै निश्चित समयका लागि सम्झौता गरेर शासन व्यवस्थामा स्वार्थपूर्ण किशिमले संलग्न हुने परिपाटीको विकास हुँदा त्यसले असल प्रभाव दिन असफल हुने निश्चित छ ।  सर्बसाधारणका अधिकारहरु विधि शुन्यताले गर्दा प्रत्याभूति हुनु सक्दैन ।
नेपालमा शासन सत्ताको बाँडफाड भएको सन्दर्भमा रहेर पालै पालो लाभको उपभोग गर्न अवसर तालिका निर्माण गर्ने कार्यले राष्टूलाई सही मार्गदर्शन दिन सक्ने अवस्था आउनै कठिन छ । राष्टूका समग्र क्षेत्र, भाग, लिङ्ग, भाषाभाषीहरुको संयुक्त संयोजन गरेर कुशल नेतृत्व गर्ने प्रतिनिधि पात्रको आवश्यकता छ । राष्टूलाई एउटै प्रबाहमा ल्याई सबैको सरोकारलाई सम्बोधन गर्न विभिन्न तयारीका साथ व्यवहारिक किशिमले देश विकासको खाका प्रस्तुत गरी सर्बसाधारणका अपेक्षा बुझी सञ्चालन रणनीतिहरु पारदर्शी किशिमले सार्वजनिक गर्ने बेला भएको छ । प्रतिक्रिया सुझाबका लागि ः इमेल ठेगाना :etcumesh@yahoo.com

मिति ः २०७०÷७÷३