Monday, January 8, 2018

अजब–गजब छ बा ! : सुदर्शन सिंह

मुर्ख वडाअध्यक्षहरु गुणस्तरिय कार्य भएन भन्छ । नयाँ प्रविधिको बारेमा थाह नै नपाई कराउन मिल्छ । जय विकास !

२०७४ पौष २३ गते आईतबार

प्रदेश नं.२ को राजधानी जनकपुर मोटामोटी तय शिक्षा कार्यालय धनुषा र शैक्षिक तालिम केन्द्रको परिसरमा पहिलो प्रदेश सभाको बैठक बोलाउने तयारी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नं.२ को राजधानी जनकपुरनै बन्ने मोटामोटी तय भएको छ । जनकपुर वा विरगञ्ज मध्ये कुन ठाउँ राजधानी हुने भन्ने कुराको एकातर्फ बाहिर जनतामा अन्यौलता छ भने अर्कोतर्फ जनकपुरलाई नै राजधानी बनाउनका लागि नेपाल सरकारले गृहकार्य भित्रभित्रै थालिसकेको छ । त्यसका लागि नेपाल सरकारले क्षेत्रिय प्रशासन कार्यालय धनकुटाका संयोजकत्वमा स्थलगत अध्ययन गर्न बनाएको टोलीले पनि जनकपुर नै उपयूक्त भएको प्रतिवेदन बुझाएको छ ।
प्रदेश नं.२ को सम्भावित राजधानीका लागि प्रदेश प्रमुख, प्रदेश सभा, मुख्यमन्त्री र करिब ७ वटा मन्त्रालयहरुको कार्यालय तथा आवास भवनहरु आवश्यक भएकोले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले २६ मंसिर २०७४ मा प्रतिवेदन बुझाउन धनकुटाका क्षेत्रिय प्रशासक राजेश्वरमान सिंहको संयोजकत्वमा टोली बनाएको थियो । क्षेत्रिय प्रशासक सिंहको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालयका धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाई, जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रविन धिताल, जिल्ला शिक्षा कार्यालय धनुषाका शिक्षा अधिकारी यमबहादुर खड्का, शैक्षिक तालिम केन्द्र धनुषाका बरिष्ठ  प्रशिक्षक उमेशलाल कर्ण, सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाका प्रमुख गंगा प्रसाद यादव सहितको टोलीको ११ पुष २०७४ मा बसेको बैठकले प्रदेश नं.२ को राजधानीका लागि जनकपुर उपमहानगरपालिका स्थित जिल्ला शिक्षा कार्यालय र शैक्षिक तालिम केन्द्र परिसरको संरचनाहरु उपयूक्त रहेको प्रतिवेदन तयार गरी नेपाल सरकारलाई बुझाएको छ ।
उक्त प्रतिवेदन अनुसार जनकपुर स्थित नेपाल राष्टू बैंकको गेष्ट हाउस प्रदेश प्रमुखको कार्यालय र निवासका लागि उपयूक्त रहेको भनेको छ । त्यसैगरी प्रदेश सभा हल, सभामुखको कार्यकक्ष र दुई  वटा मन्त्रालयका लागि शैक्षिक भवनको भुईतल्ला, पहिलो तल्ला र दोस्रो तल्ला गरी करिब ३ सय जना अटाउने क्षमता रहेको दुई वटा हललाई प्रस्ताव गरेको छ । जिल्ला शिक्षा कार्यालयको भवनलाई मुख्यमन्त्रीको निवास, शिक्षा कार्यालयको परीक्षा भवनलाई मुख्यमन्त्रीको कार्यालय, दुईवटा मन्त्रालयहरु र आवासको लागि शैक्षिक महिला छात्रावासको भवन उपयूक्त रहेको प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी ३ वटा मन्त्रालयहरु र आवासका लागि शैक्षिक तालिमको पुरुष छात्रावास, एउटा मन्त्री र निवासको लागि शैक्षिक प्रिन्सिपलको आवास र प्रदेश प्रमुख सचिवको कार्यालय तथा निवासका लागि सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनुषाको पुरानो भवन जनता आवास आयोजना उपयूक्त रहेको बताइएको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईका अनुसार प्रदेश नं.२ को राजधानीका लागि जनकपुरमा पर्याप्त पुर्वाधार रहेकोले तत्काल संक्रमणकालिन व्यवस्थ ागर्नका लागि र पहिलो प्रदेशसभाको बैठक डाक्नका लागि ती पुर्वाधारहरु अहिले अस्थायी रुपमा प्रस्ताव गरिएको छ । प्रदेशसभाको पहिलो बैठकले स्थायी रुपमा मुकाम तय हुने  प्रजिअ चापागाई बताउँछन् ।
यस अघि जनकपुर चुरोट कारखाना लिमिटेडको मुख्य कार्यालय परिसर भित्रको संरचनाहरु २ नम्बर प्रदेश प्रहरी कार्यालय, निवास तथा व्यारेक प्रयोजनको लागि प्रयोग गर्नुपर्ने भएकोले सो क्षेत्रको जमिन र संरचनाहरु अर्को व्यवस्था नभएसम्म सोही अनुसार प्रदेश नं.२ प्रमुखबाट तोकिए अनुसार बरबुझारथ समेत जिल्ला प्रशासन कार्यालय धनुषालाई गरिएको छ ।
पहिलेको तयारी अनुसार प्रदेशसभाका लागि चुरोट कारखानाको कभर्ड हल, प्रदेश प्रमुखका सचिवालय तथा निवासका लागि जिएम निवास, मुख्यमन्त्री र निवासको लागि डिजिएम निवास, ७ वटा मन्त्रालय र निवासको लागि डायरेक्टर निवास, प्रदेश मुख्य सचिवको लागि क्षेत्रिय विक्री कार्यालय परिसर र ५ जना सचिवहरुको निवासको लागि कर्मचारी आवासमा व्यवस्थापन गर्न नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचार गरेको थियो ।



२०७४ पौष २३ गते आईतबार

विगतमा भुमिगत समुहमा आवद्ध भएका व्यक्तिहरु पुनः अपराध कर्ममा फर्किदै

नक्कली बिल बुक बनाउने तथा चोरीका मोटरसाईकल ओसारपसार गर्ने अभियोगमा पक्राउ परेका अरविन्द्र यादव,
रहमद नदाफ, संजय ठाकुर र संतोष मण्डल ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
तराई मधेसमा विगतमा भुमिगत रहेका सशस्त्र समुह अहिले निष्कृय भएपनि सशस्त्र समुहमा लागेका व्यक्तिहरु फेरी आपराधिक कृयाकलापहरुमा संलग्न हुन थालेका छन् । भुमिगत सशस्त्र समुहको नाममा आपराधिक गतिविधि नगरेपनि छुट्टै गिरोह बनाई विभिन्न किसिमका आपराधिक गतिविधिहरुमा तिनीहरु संलग्न हुन थालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बार्ताका मार्फत मुलधारमा आएपनि बाँच्नका लागि अन्य उपाय नदेखिएपछि तिनीहरु पुनः अपराध कर्मकै बाटो अपनाउन थालेको धनुषाका केही घटनाहरुबाट देखिएको छ ।
१० मंसिर २०७४ मा सिरहाको कल्याणपुर नगरपालिका वडा नं. ५ स्थित निर्दना घाट भन्ने स्थानमा ३ जना व्यक्तिहरुको समुहले एक जना म्यादी प्रहरी र एक जना प्रहरी जवानलाई गोली प्रहार गरेका थिए । सडकमा प्रहरीले चेक जाँच गरिरहेको अवस्थामा मोटरसाईकलमा सवार रहेका ती तिनै जनालाई चेक जाँच गर्न खोज्दा उक्त समुहले एक्कासी प्रहरी टोली माथि गोली प्रहार गरेको थियो । गोली प्रहारबाट एक जना म्यादी प्रहरी आदर्श कुँवर र एक जना नेपाली प्रहरीको जवान मायाराम यादव घाईते भएको थियो । गोली प्रहार गरी भागेका ती तिन जना धनुषा सहिदनगर नगरपालिका वडा नं.१ बेमर्खीका ३२ बर्षिय शिवकुमार राय, २८ बर्षका मनोज कुमार राय र १८ बर्षका सुरेन्द्र कुमार रायलाई धनुषा प्रहरीले ११ मंसिर २०७४ मा धनुषा सहिद नगर वडा नं. २ स्थित चिरैया चौकमा पक्राउ गरेको थियो । ज६प ९०५६ नम्बरको मोटरसाईकल सहित १५० ग्राम ब्राउन सुगर र १ थान चाईनिज पेस्तोल समेत प्रहरीले उनीहरुबाट बरामद गरेको थियो ।
प्रहरीले अनुसन्धान गर्दा पक्राउ परेका शिवकुमार राय विगतमा सशस्त्र समुहमा लागेका पाईयो । सप्तरीका अजय त्यागीको नेतृत्वमा गठन भएको मधेसी भाईरस साईलेन्ट किलर्समा आवद्ध थिए राय । भुमिगत पार्टीमा लाग्दा प्रहरीको वान्टेड सूचिमा परेका राय २०६४ सालमा सम्पन्न भएको संविधानसभाको पहिलो निर्वाचन पछि २०६५ सालमा पासपोर्ट बनाई वैदेशिक रोजगारीका लागि साउदी अरेविया गएका थिए । ४ बर्ष पछि घर फर्किएका रायले विहे गरेको ३ महिना पछि फेरी विदेश साउदी गए । तर, गएको १४ दिनमै फेरी स्वदेश फर्किए । त्यसपछि पुनः ६ महिना पछि उनी कतार गए । तर, त्यहाँ डूाइभिङ लाईसेन्स नबनेपछि पुनः फिर्ता भएका थिए । दोस्रो संविधानसभाको चुनाव पछि गठित संसदीय टोली सामु बार्ताका क्रममा बार्ता गरेर मुलधारमा आएका थिए । नेपाली कांग्रेसका नेता आनन्द ढुङ्गानाको संयोजकत्वमा गठित टोलीसँग मनोज कुमार राय संयोजक रहेको भुमिगत समुहमा दिलिप कुमार राय, विजय साह (हाल जेलमा रहेका छन् ), राम साहसँगै राय पनि बार्ता टोलीमा समावेश थिए । बार्ता पछि ती समुहसँग रहेको हातहतियार राज्यलाई बुझाउने क्रममा उनीहरुले कुल २७ वटा हतियारहरु बुझाएका थिए ।
प्रहरीले गरेको अनुसन्धानबाट के खुलेको छ भने त्यतिबेला राज्यलाई हतियार बुझाउनका लागि पाँचै जनाले पाँच पाँच हजारको दरले नलकटुवा हतियार किनेका थिए भने पहिले देखि नै किनेर राखेका महँगो हतियार उनीहरुले आफुसँगै राखे ।
यता बार्ताबाट मुलधारमा आईसकेपनि जिविकोपार्जन गर्न कठिन हुने देखेर पुनः राय अपराध कर्मकै बाटो अपनाए ।  अनुसन्धान गरिरहेका अनुसन्धान अधिकृत प्रहरी सहायक निरीक्षक किस्मत भण्डारीका अनुसार पैसा कमाउनका लागि लुटपाट गर्ने उद्देश्यले धनुषा र सिरहाका युवाहरुलाई मिलाएर रायले एउटा संगठित गिरोह संचालन गर्ने योजना बनाएका थिए । त्यसका लागि सिरहाको डरौलमा बस्ने मनोज कुमार रायसँग मिलेर गिरोह बनाउन पनि सफल भएका थिए । सिरहामा रहेका विभिन्न बैकहरुको आइएमईमा पैसा बुझेर आउन लाग्ने व्यक्तिहरु बाट पैसा लुट्ने योजनाका साथ सिरहाका केही बैंकहरुमा निगरानी समेत गरिसकेको तर स्थिति प्रतिकुल भएपछि फर्किने बेला सडकमा प्रहरी चेक जाँच हुँदा पक्राउ परे आफ्नो पोल खुल्ने देखेपछि तिनीहरुले एक्कासी म्यादी र प्रहरी जवान माथि गोली प्रहार गरेको अनुसन्धानमा संलग्न प्रसनि भण्डारी बताउँछन् ।
प्रहरीमाथि गोली प्रहारमा संलग्न रहेको अभियोगमा पक्राउ परेका शिवकुमार राय,
मनोज कुमार राय र सुरेन्द्र कुमार राय ।
११ पुष २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको क्राईम ब्रान्चको टोलीले धनुषा लगायत मध्य तराईका विभिन्न जिल्लाहरुमा चोरीका मोटरसाईकल लगायतका सवारी साधनहरुको नक्कली बिल बुक बनाई ओसारपसार लगायत विक्री वितरण गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ४ जना व्यक्तिहरुलाई पक्राउ गरेका थिए । जनकपुर उपमहानगरपालिका वडा नं.८ बस्ने ३८ बर्षका संजय ठाकुर, धनुषाका २२ बर्षिय रहमद नदाफ, धनुषा औरही गाउँपालिका वडा नं.१ पौडेश्वरका ३८ बर्षिय अरविन्द्र कुमार यादव र २७ बर्षिय सन्तोष मण्डल पक्राउ परेका थिए । पक्राउ परेकाहरु मध्ये रहमद नदाफ पहिले पनि मोटरसाईकल चोरीको घटनामा पटक पटक पक्राउ परेपनि धरौटीमा रिहा हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । चोरी गरिएका मोटरसाईकलहरुलाई विक्री गर्नका लागि नक्कली विल बुक बनाउने गरेको खुलेको हो । पक्राउ परेका मध्ये संजय ठाकुर विगतमा भुमिगत सशस्त्र समुह लिवरेशन टाईगर अफ तराई इलम (एलटिटिई) मा आवद्ध भई मुलधारमा आएका थिए । मधेस आन्दोलन हुँदा २०६२÷०६३ तिर मधेसी जनअधिकार फोरममा आवद्ध भएका ठाकुर पछि भुमिगत समुह एलटिटिईमा लागेका थिए । पछि बार्ता मार्फत मुलधारमा आईसकेपछि जयप्रकाश प्रसाद गुप्ताको संयोजकत्वमा गठित तराई मधेस राष्टिूय अभियान धनुषाका संयोजक समेत बनेका थिए, ठाकर । ठाकुर असोज २ गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्रबाट मेयरमा समेत लडेका थिए । यसरी हेर्ने हो भने माथिका दुई घटनाले के देखाउँदछ भने विगतमा सशस्त्र समुहमा आवद्ध भएका कतिपय व्यक्तिहरु बार्ता मार्फत मुलधारमा आएपनि फेरी अपराध कर्ममा फर्किने गरेको छ । क्राईम ब्रान्च धनुषाका असई भण्डारी भन्छन,“ सशस्त्र समुहमा आवद्ध भएका व्यक्तिहरु मध्ये बार्ता मार्फत मुलधारमा त आए । तर, केही सिप नभएपछि पुनः पैसा कमाउन छोटो बाटो रोज्ने क्रममा कुनै न कुनै अपराधकर्ममा कतिपय व्यक्तिहरु संलग्न हुने गरेको पाइएको छ ।”
जनकपुरमा सशस्त्र समुहको आतंक र प्रहरीको इन्काउन्टर
मधेसको अधिकार प्राप्तिका लागि हतियार उठाई भूमिगत राजनीति गरेको भन्ने समुहहरुले राजनीतिक अधिकारको नाउँमा आपराधिक गतिविधिहरु बढाएपछि त्यसको मारमा जनकपुरका पहाडे समुदाय मात्र होइन, मधेसी समुदाय र व्यापारीहरु माथि पनि पर्यो । सुरुमा जनकपुरमा जयकृष्ण गोइत र ज्वाला सिंह समुहको गतिविधि थियो भने २०६२÷०६३ को मधेस आन्दोलन पश्चात राजन मुक्ति र आकाश त्यागीको आतंक कायम भयो । प्रत्येक महिना हत्या, अपहरण, फिरौती, चन्दा आतंक, बम विस्फोटन, जग्गा कब्जा जस्तो आपराधिक गतिविधिहरुलाई ती भूमिगत समुहरुले २०६४ देखि २०६८ साल सम्म जनकपुरमा तिब्र पारे ।
२० अषाढ २०६४ मा सिरहा मलहनिया २ का स्थानीय बासिन्दा ४६ बर्षिय राजकुमार जोशीको गोली हानी हत्या गरिएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका दुई वटा मोटरसाईकलमा चढी आएका ३ जना व्यक्ति राष्टिूय धान बाली अनुसन्धान कार्यालय हर्दिया, धनुषामा प्राविधिकको रुपमा कार्यरत रहेका जोशीलाई भुमिगत समुहहरुले गोली प्रहार गरी हत्या गरेको थियो ।
५ साउन २०६४ मा तत्कालिन माओवादीका समर्थक धनुषा हरिने ५ सोनापाराका ३२ बर्षिय विरोध मल्लिकलाई गोली प्रहार गरी हत्या गरिएको थियो । जयकृष्ण गोईतले नेतृत्व गरेको भुमिगत संगठन अखिल तराई मुक्ति मोर्चाका ७÷८ जना कार्यकर्ताहरुको समुहले गोली हानी हत्या गरेको थियो । ८ साउन २०६४मा धनुषाको सखुवा महेन्द्रनगर २ का ६५ बर्षिय किसान बेचन महतोलाई गोली हानी हत्या गरिएको थियो । आफ्नै घरमा सुतिरहेको अवस्थामा विहान २ बजेको समयमा अपरिचित व्यक्तिहरुको समुहमा आएका अज्ञात समुहले महतोलाई गोली प्रहार गरी हत्या गरेको थियो ।
२५ भदौ २०६४ मा सर्लाही लालबन्दी ५ का केदार कटुवालको पनि हत्या गरिएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुह र राजन मुक्ति समुहका  अन्दाजी ५÷६ जनाको हतियारधारी समुह आई चन्दा मागेकोमा चन्दा नदिएपछि धनुषाको बघचौडा ७ मा ती हतियारधारी समुहहरुले राति अन्दाजी २१ बजेर ३० मिनेटको समयमा कटुवाललाई कन्चटमा गोली हानी हत्या गरेका थिए ।
१९ असोज २०६४ मा भुमिगत गोईत समुहका कार्यकर्ताहरुले धनुषाको चोराकोयलपुर ८ का ४५ बर्षिय सत्यनारायण महतोको  हत्या गरेका थिए । गोईत समुहका कार्यकर्ताहरुले सत्यनारायण महतो र उसका २५ बर्षिय छोरा किशुन महतोलाई महतोको घरबाट अपहरण गरी लगेका थिए । अपहरण पश्चात महतोको घर देखि केही पर लगि ती भुमिगत समुहका कार्यकर्ताहरुले सत्यनारायण महतोलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । पेशाले खेतीपाती गर्ने किसान महतोको हत्या गरिएपनि उनको छोरालाई तिनीहरुले छोडेका थिए ।
१२फागुन २०६४ मा धनुषा भरतपुर ६ का २५ बर्षिय शिक्षक रमेश दाहालको हत्या गरिएको थियो । आफ्नो खेतको उखु लिएर चिनी मिलको कारखाना गईरहेको अवस्थामा अज्ञात समुहले दाहाललाई उखु खेतमा लगि घाँटी रेटी हत्या गरेको थियो । सोही दिन अन्दाजी ७ बजेको समयमा सुन्सरी घर भई हाल धनुषाको भरतपुर ५ स्थित ससुरालीमा बसेका ४० बर्षिय किसान लक्ष्मिकान्त राईको पनि धारिलो हतियारले घाँटी रेटी हत्या गरेको थियो । अज्ञात समुहका नामले गरेको ती दुई जनाको हत्या पछि गएर भुमिगत समुह मधेसी भाईरस साईलेन्ट किलर्सले गरेको खुलेको थियो ।
२५ बैशाख २०६५ मा जनकपुुर चुरोट कारखाना लिमिटेडका लेखापाल ५२ बर्षिय श्रवण कुमार श्रेष्ठको गोली हानी हत्या गरिएको थियो । जनकपुर १ निवासी श्रेष्ठलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले २१ भदौ २०६५ मा अन्दाजी साढे ६ बजे अपहरण गरेको थियो । प्रहरीले श्रेष्ठको खोजतलासलाई तिब्रता दिएपछि धनुषाको दिगम्बरपुर ६ स्थित जलाद खोलामा आँखामा पट्टी बाँधी, छातीमा गोली लागेको मृत अवस्थामा फेला परेको थियो ।
२३ जेष्ठ २०६५ मा धनुषाका बटेश्वरका ६० बर्षिय जिवस महतोलाई गोली हानी हत्या गरिएको थियो । धनुषाको नक्टाझिजबाट साईकलमा घर तर्फ गईरहेको अवस्थामा हातहतियार सहित ४÷५ जनाको अज्ञात समुहले महतोलाई गोली हानी हत्या गरेको थियो ।
५ अषाढ २०६५ मा सप्तरी भारदह घर भएका ३२ बर्षिय लक्ष्मण दासलाई अज्ञात समुहले बम विस्फोटन गराई हत्या गरेको थियो । धनुषाको तल्लो गोदार ३ स्थित पुर्वपश्चिम महेन्द्र राजमार्गमा ४÷५ जना अपरिचित व्यक्तिले मोटरसाईकलमा चढी बम विस्फोटन गराउँदा दास घाईते भएका थिए । क्रसर मिलमा काम गर्ने दास विस्फोटनबाट घाईते भएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो ।
१२ अषाढ २०६५ मा जनकपुर नगरपालिकाको कार्यालयका अभरसियर जितेन्द्र साहलाई गोली हानी हत्या गरिएको थियो । रौतहट इनरवारी घर भएका ओभरसियर साह जनकपुर स्थित डेरामा खाना खाईरहेको अवस्थामा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका महोत्तरी अनकार ९ बस्ने लव कुमार शर्मा र जयनन्दन शर्माले गोली हानी हत्या गरी फरार भएका थिए ।
८ अषाढ २०६५ मा धनुषाका महेन्द्रनगर १ घर भई राप्रावि हरिहरपुरका एक जना शिक्षक विनेश्वर महतोलाई अज्ञात व्यक्तिहरुको समुहले अपहरण गरी जलाद खोलाको पुलमा लगि हत्या गरेका थिए ।
३१ साउन २०६५ मा धनुषाको उमाप्रेमपुर ८ स्थित पर्वता खोला नजिक धनुषा उमाप्रेमपुरका जगदीश महतोलाई अज्ञात समुहले उखुबारीमा खुकुरी प्रहार गरी हत्या गरेको थियो ।
२ भदौ २०६५ मा जनकपुर ३ का सुनिल कुमार झा लाई गोली प्रहार गरी हत्याको प्रयास गरिएको थियो । जनकपुर १२ स्थित रसुल साफीको घरमा सुतिरहेका सोनु भनिने सुनिल कुमार झाको दाहिने कन्चटमा गोली हानी हत्याको प्रयास गरिएको थियो । भुमिगत समुहका आकाश त्यागी भनिने राम यादवले झालाई गोली हानी फरार भएका थिए ।
६ असोज २०६५ मा कुमार खड्कलाई गोली हानी हत्या गरिएको थियो । जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका धनुषा इन्चार्ज अविनाश मुक्तिको नेतृत्वमा गएको ७÷८ जनाको समुहले सखुवा महेन्द्रनगर स्थित हिमालयन प्लाई फ्याक्टूीमा तोडफोड गर्न गएका थिए । उक्त समुह पछाडीबाट फ्याक्टूीमा पसी कारखानामा काम गर्ने ३ जना पालेलाई डोरीले बाँधी म्यानेजरको कोठा देखाउ भन्दा उक्त पालेले होहल्ला गरेपछि पाले खड्कको छातीमा गोली हानी ती समुह फरार भएका थिए । घाइते खड्कलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो ।
२८ कार्तिक २०६५ मा धनुषाको देउरी परवाहा ४ का विद्यार्थी विश्वभर मिश्रको अज्ञात समुहले हत्या गरेका थिए । २७ कार्तिकका दिन विहान जनकपुरको मोडेल क्याम्पसमा पढ्न गएका मिश्र रातिसम्म घर फर्कि नआउँदा प्रहरीले खोज तलास गर्दा २८कार्तिकमा धनुषाको ठाढी झिझा ५ स्थित धान खेतमा मृतक अवस्थामा मिश्रको लाश फेला परेको थियो ।
३ साउन २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहले धनुषाको रघुनाथपुर २ का नागेन्द्र प्रसाद यादवको हत्या गरिएको थियो ।
३० मंसिर २०६२ मा आन्तरिक राजश्व कार्यालय जनकपुरको खरिदार पदमा कार्यरत ५५बर्षिय कर्मचारी कुमार निरौलालाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको थिए । जनकपुर ४ निवासी निरौला आफ्नो घरबाट साईकल चलाई कार्यालय तर्फ आईरहेको अवस्थामा उनको घर भन्दा केही अगाडी भारतीय मोटरसाइकलमा चढी आएका दुई जना अपरिचित व्यक्तिले उनलाई गोली प्रहार गरेका थिए । गोली लागि गम्भीर घाईते भएका निरौलालाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लग्दा बाटो मै मृत्यु भएको थियो । मोर्चाका धनुषा इन्चार्ज अविनाश मुक्तिको नेतृत्वमा गएको समुहले उनको हत्या गरेको थियो ।
१ पुष २०६५ मा धनुषाको धबौली ८ का चिया पसले रामा साहलाई गोली हानी हत्या गरिएको थियो । आफ्नो पसलमा राति आगो तापी बसेको अवस्थामा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका अपरिचित ३÷४ जना व्यक्तिहरुको समुहमा आएका हतियारधारी समुहले साहको छातीमा गोली प्रहार गरेका थिए । घाईते साहलाई उपचारको लागि जनकपुर ल्याउँदै गर्दा यदुकुहामा मृत्यु भएको थियो ।
३ पुष २०६५ मा सशस्त्र प्रहरी हवलदार मंगल हरिजनलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यकर्ताहरुले गोली हानी हत्या गरेको थिए । चितवन घर भई महोत्तरीको सशस्त्र प्रहरी गणमा कार्यरत बरिष्ठ प्रहरी हवलदार २५ बर्षिय हरिजनलाई गोली हानी हत्या गरिएको थियो । केही काम विशेषले जनकपुरबाट बर्दिवास फर्किने क्रममा मोटरसाईकलमा चढी आएका राजन मुक्तिका दुई जना अपरिचित व्यक्तिहरुले हरिजनलाई गोली प्रहार गरेको थियो । पिठ्यू र छातीमा गोली लागि घाईते भएका हरिजनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल पठाइएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको थियो ।
२७ पुष २०६५ मा जनकपुरको रेडियो टुडे एफएममा काम गरिरहेका पत्रकार महिला उमाकुमारी सिंहको धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । भुमिगत समुहका स्वामिजी भनिने उमेश यादवको नेतृत्वमा गएका करिब १५ जनाको समुहले सिरहा महेशपुर ४ कि २५ बर्षिय पत्रकार उमाको हत्या गरेको थियो । जनकपुर १४ स्थित रजौलमा आफ्नो कोठामा डेरामा बसिरहेको अवस्थामा ती समुहले उमाको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको थियो । घाईते उमाको उपचारको क्रममा लग्दा बाटोमा मृत्यु भएको थियो ।
५ फागुन २०६५ मा जनकपुर चुरोट कारखाना लिमिटेडका सुपरभाईजर पदमा कार्यरत ४८ बर्षिय नरेन्द्र खाँतीको गोली हानी हत्या गरिएको थियो । जनकपुर १ निवासी खाँतीलाई जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका धनुषा इन्चार्ज सुर्यदेव सिंहले जनकपुर २ स्थित किशोरी नगरमा हिंडिरहेको अवस्थामा घाँटी र पेटमा नजिकबाट गोली हानी हत्या गरेको थियो ।
४ बैशाख २०६६ मा धनुषाको सवैला ९ का सुरज महतोलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । मनि चेन्जरमा काम गर्ने महतो जनकपुरबाट रु.१ लाख ३० हजार लिई सबैला तर्फ जाँदै गर्दा जनकपुर नगरपालिका १ र बेंगाशिवपुर ६ मा ज२प ७०७८ नम्बरको मोटरसाईकलमा जाँदै गर्दा गोली हानी हत्या गरिएको थियो ।
२४ जेष्ठ २०६६ मा धनुषाको हरिहरपुर ७ स्थितमा रहेको अस्थायी प्रहरी पोष्ट हरिहरपुरबाट चेक प्वाइन्ट राखि दोखरी भन्ने ठाउँमा चेक जाँच गर्दा प्रहरी जवान राम सिंह भाटको एसएलआर राईफलको नोजल तान्न खोज्दा प्रहरीले गोली चलाउँदा गोली लागि महोत्तरी भरतपुर ९ का सुरेन्द्र महतोको मृत्यु भएको थियो ।
९ अषाढ २०६६ मा धनुषा खरियानी ५ का ४० बर्षिय किसान रामसुगारथ कापडको अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । आफ्नै घरको बरन्डामा सुतिरहेको अवस्थामा अज्ञात समुहले गोली हानी उनको हत्या गरेको थियो । उक्त क्रममा उनका श्रीमति द्रोपती देवी कापरलाई  पनि उक्त समुहले गोली हानी घाईते बनाएको थियो । पछि उपचार गराई उनी निको भएकी थिईन ।
१४ अषाढ २०६६ मा प्रहरीले दोहोरो भिड्न्तमा नाम नखुलेको १९ बर्षिय अज्ञात व्यक्तिलाई मारेको थियो । धनुषाको भुतही पटेर्वामा प्रहरी गस्तीको टोली पुग्दा प्रहरी टोली माथि फायर गरेपछि जवाफी क्रममा फायर गर्दा दोहोरो भिडन्तमा परी उनको मृत्यु भएको थियो ।
७ साउन २०६६ मा जनतान्त्रिक तराई मुक्ति मोर्चाका जिल्ला संयोजक आकाश त्यागी भनिने राम यादवको प्रहरी भिडन्तमा मृत्यु भएको थियो । जनकपुर ७ बसविट्टी स्थित सडकमा प्रहरीद्वारा खटिएको गस्ती टोलीलाई देखनासाथ फायर गरेको हुँदा प्रतिकार स्वरुप जवाफी फायरमा दोहोरो भिडन्तमा परी धनुषाको लक्ष्मिपुर बगेवा ३ का २८ बर्षिय आकाश त्यागी प्रहरी कारवाहीमा मारिएका थिए । उनको साथबाट प्रहरीले सिक्सर १ थान, गोली ३ थान, सर्केट बम १ थान, सुत्ली बम १ थान समेतका हतियारहरु बरामद गरेको थियो ।
१६ असोज २०६६ मा धनुषाको भरतपुर गाविस १ स्थित इलाका प्रहरी कार्यालय भरतपुरको टोली पुग्दा अज्ञात समुहले ज१प ८२८७ नम्बरको मोटरसाईकलमा फायर गरेपछि प्रहरी तर्फबाट समेत फायर हुँदा १ जना अज्ञात व्यक्तिको मृत्यु भएको थियो । उनको साथबाट पनि पेस्तोल र गोली बरामद गरिएको थियो ।
२२ माघ २०६६ मा सयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समुहका नबल किशोर यादवलाई धनुषा प्रहरीले सुरक्षा कारवाही गरी मारेका थिए । प्रहरी बेस क्याम्प यदुकुहाबाट खटिगएको गस्ती टोली धनुषा बालाबाखर ५ स्थित आँपको बगैचा छेउमा पुग्दा १ जना अपरिचित व्यक्ति फेला परेको र निजलाई रोक्न खोज्दा गस्ती टोली माथि एक्कासी फायर गर्दै भागेको र निजलाई चेतावनी दिँदा दिँदै पनि भागेकोले सशस्त्र प्रहरीले प्रतिकार स्वरुप जवाफी फायर गर्दा निजलाई गोली लागि घटना स्थलमै मृत्यु भएको थियो । उनको साथबाट कटुवा पेस्तोल १ थान र एसएलआरको गोली २ राउण्ड बरामद गरेको थियो ।
१७ फागुन २०६६ मा भुमिगत समुहका अर्जुन सिंह भनिने मुकेश चौधरी र जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति समुह लगायतले जनकपुरका संचार उद्यमी अरुण सिंघानियालाई गोली हानि हत्या गरेको थियो । गोली लागि घाईते भएका सिंघानियालाई तत्काल उपचारको लागि केयर मेडिकल नर्सिङग होम जनकपुरमा लग्दा उपचारको क्रममा मृत्यु भएको थियो ।
२५ जेष्ठ २०६७ मा धनुषाको मिथिलेश्वर निकास घर भई जनकपुर नगरपालिकामा बस्दै आएका परमेश्वर साहलाई गोली प्रहार गरि हत्या गरिएको थियो । अज्ञात समुहले उनको हत्या गरेको थियो ।
२७ जेष्ठ २०६७ मा जिल्ला विकास समिति धनुषामा पियन पदमा कार्यरत कर्मचारी शिवनारायण भण्डारीको अज्ञात समुहले गोली हानी हत्या गरिएको थियो । जनकपुर १२ स्थित कुवारामपुर भन्ने स्थानमा धनुषाको प्रको महुवा २ बस्ने भण्डारीलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यबाहक अध्यक्ष मनोज मुक्तिले जिम्मा लिएका थिए ।
२८ जेष्ठ २०६७ मा जनकपुर ८ स्थित आफ्नै घरको अगाडी कठघेरामा बसिरहेका अवस्थामा एक जना अपरिचित व्यक्ति आई गाविस सचिव रामपुकार यादवलाई गोली हान्दा गोली उनलाई नलागि नजिकै रहेका ४ बर्षिय बालक अमिल कापरलाई लागेको थियो । घाईते कापरको उपचारको क्रममा धरान अस्पतालमा मृत्यु भएको थियो । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यबाहक अध्यक्ष मनोज मुक्तिले जिम्मा लिएका थिए ।
२९ जेष्ठ २०६७ मा आफ्नै घरमा बसिरहेको अवस्थामा यातायात कार्यालयबाट आएको छु, केही काम छ भनि बोलाई दुई जनाको समुहमा आएका अज्ञात समुहले जनकपुर १ बस्ने ३५ बर्षिय यमुना पजियारलाई गोली हानी फरार भएका थिए । पछि  धरान अस्पतालबाट उपचार गराई उनी निको भएका थिए । पजियार जनकपुर अञ्चल यातायात कार्यालयका कार्यालय प्रमुख थिए । उक्त घटनाको जिम्मेवारी जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका कार्यबाहक अध्यक्ष मनोज मुक्तिले जिम्मा लिएका थिए ।
३० जेष्ठ २०६७ मा धनुषा प्रहरीले जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका डेपुटी कमाण्डर  अवधेश मण्डललाई सुरक्षा कारवाहीमा मारेको थियो । जनकपुरको दुरसंचार कार्यालय अगाडी चेक जाँच एवम सर्च कार्य गर्दै गएका प्रहरी गस्तीको टोली माथि हतियार तेर्साईरहेको बेला प्रहरीद्वारा जवाफी फायर गर्दा गोली लागि जनकपुर ६ बस्ने अवधेश मण्डल घाईते भई उपचारको लागि धरान लैजाँदै गर्दा बाटोमा मृत्यु भएको थियो । उसको साथबाट प्रहरीले ९ एमएम पेस्तोल म्यागजिन सहित ५ राउण्ड गोली बरामद गरेको थियो ।
२१ जेष्ठ २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह समुहका महोत्तरी जिल्ला इन्चार्ज बादल भनिने नुरुल मोहम्मद सुरक्षा कारवाहीमा मारिएका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी नायव निरीक्षक समेतको टोली गस्ती गर्दै जाँदा नक्टाझिज गाविस ३ स्थित बसही खोलामा पुग्दा लुकिछिपी बसेका अन्दाजी ५÷६ जनाको अज्ञात समुहले प्रहरी टोलीलाई लक्षित गर्ने क्रममा प्रहरी तर्फबाट प्रतिकार हुँदा महोत्तरी विजलपुरा घर भएका अन्दाजी २५ बर्षिय बादल भनिने नुरुल मोहम्मद घाईते भई उपचारको क्रममा जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको थियो ।
१९ अषाढ २०६७ मा जयकृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय सदस्य बम भोला यादव भनिने प्रदिप मरिक सुरक्षा कारवाहीमा मारिएका थिए । धनुषाको माची झिटकहिया८ स्थित रहेको हुलाकी सडक खण्डमा इलाका प्रहरी कार्यालय खजुरीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिगई चेक प्वाईन्ट थापी चेक जाँचको क्रममा ३÷४ जनाको समुहमा आएका हतियारधारी अज्ञात समुहले एक्कासी प्रहरी माथि फायर गर्दा प्रतिकार स्वरुप जवाफी फायरिङ्गमा धनुषाको हथमुन्डा गाविस ८ बस्ने प्रदिप मरेकको मृत्यु भएको थियो ।
२० अषाढ २०६७ मा अर्को भुमिगत समुहका मदन यादव भनिने व्यक्ति प्रहरी कारवाहीमा मारिएका थिए । इलाका प्रहरी कार्यालय सबैलाबाट प्रहरी निरीक्षक समेतको टोली धनुषाको मखनाहा ८ स्थित एउटा शंकास्पद घरमा खानतलासी गर्दा कटुवा पेस्तोल १ थान, गोली ३ थान फेला परेको थियो । मदन यादवलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषा तर्फ लैजाने क्रममा बाटोमा गाडीको पछाडीको ढोका खोली भाग्न लाग्दा चेतावनी दिने क्रममा प्रहरीद्वारा १ राउण्ड गोली घुडा मुनि हानेपछि घाईते भएका थिए । जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा उसको मृत्यु भएको थियो ।
५ भदौ २०६७ मा अज्ञात समुहले धनुषाको मिथिलेश्वर निकास ८ बस्ने ५५ बर्षिय जयनारायण मण्डलको अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । साईकल पसल गरी बसेका मण्डल हंसपुर कठपुल्ला मलहनिया बजारबाट साईकलमा चढी घर तर्फ जाने क्रममा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो ।
२१ भदौ २०६७ मा व्यवसाय गर्दै आएका धनुषाको पटेर्वा ६ का विशेश्वर पासवानलाई बजारमा गएको बेला अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । सबैला बजारबाट घर तर्फ फर्किने क्रममा मोटरसाईकलमा आएका अज्ञात समुहले पासवानको छातीमा गोली हानी हत्या गरेको थियो ।
२४ असोज २०६७ मा धनुषा भरतपुर १ बस्ने ४० बर्षिय विनोद गोहितमानलाई अज्ञात समुहले गोली हानी हत्या गरेका थिए । भरतपुर स्थित विरेन्द्र बजारबाट आफ्नो घर तर्फ आउने क्रममा पैदल आएका अन्दाजी ३०÷३५ बर्षका दुई जनाको अज्ञात समुहले दुई राउण्ड गोली हानी घाईते बनाएका थिए । पछि उनको उपचारको क्रममा मृत्यु भएको थियो । गोहितमान बजार व्यवस्थापन समितिका अध्यक्ष थिए ।
२९ असोज २०६७ मा धनुषा पतनुका २ का शिक्षक हिरालाल चौधरीको गोली हानी हत्या गरिएको थियो । धनुषाको पतनुका १ बनरझुला स्थित दुर्गा मन्दिरको नजिक १ जना अपरिचित व्यक्तिले एक राउण्ड गोली फायर भई फरार भएका थिए । घाईते भएपछि सिरहा अस्पतालमा उपचारको क्रममा ४५ बर्षिय चौधरीको मृत्यु भएको थियो । घटना स्थल दुर्गा मन्दिरको पछाडी प्रहरीले एक राउण्ड गोली लोड भएको पेस्तोल १ थान बरामद गरेको थियो ।
११ कार्तिक २०६७ मा जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लालकिशोर झालाई गोली हानी हत्या गरिएको थियो । जनकपुर ७ स्थित पगलाबाबा धर्मशाला स्थित सडकमा आएका अज्ञात व्यक्तिहरुले गोली प्रहार गर्दा जनकपुर ८निवासी झा को पिठ्यूमा गोली लागि पेट समेत छेदी घाईते भएका थिए । उनको काठमाण्डौ स्थित शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
१७ कार्तिक २०६७ मा प्रहरीको कारवाहीमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका शैन्य कमाण्डर रामसागर यादव मारिएका थिए । जनकपुर ७ स्थित जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिगएका गस्ती टोली गस्ती गर्दै जाने क्रममा रामसागर सहित ३÷४ जनाको समुहमा  रहेका टोलीले गस्ती टोलीलाई शंका लागि रोक्न खोज्दा निजहरुले गस्ती टोलीलाई लक्षित गरी फायर गर्दै भाग्ने क्रममा गस्ती टोलीले जवाफी फायर खोल्दा जनकपुर ४ बस्ने २५ बर्षिय यादवको घटना स्थलमै मृत्यु भएको थियो । अन्य व्यक्तिहरु फरार रहेपनि कटुवा पेस्तोल १ थान,फोरनेटको गोली ३ राउण्ड र एसएलआरको खोका ३ थान प्रहरीले बरामद गरेको थियो ।
२७ कार्तिक २०६७ मा जनकपुर १० स्थित अरगज्जा पोखरीको घाटमा छठ पर्व हेर्न आएको अवस्थामा अज्ञात व्यक्तिले जनकपुर ९ का ३२ बर्षिय मुकेश दत्तको घाँटीमा गोली प्रहार गरेका थिए । घाइते दत्तलाई जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदा उपचारकै क्रममा मृत्यु भएको थियो ।
२९ कार्तिक २०६७ धनुषाको भुतही पटेर्वा १ मा पटेर्वा १ बस्ने सुनिल मण्डल, दिनेश दाहा र झोपे भन्ने दिपक मण्डल बीच झगडा हुँदा झगडा छुटाउन गएकी प्रियंका कुमारीलाई दिपक मण्डलले कटुवा पेस्तोल निकाली गोली प्रहार गरेको थियो । १३ बर्षिय प्रियंकाको पेटमा गोली लागेपछि उपचार गराई उनी निको भएकी थिईन ।
२५ पुष २०६७ मा धनुषाको धबौली ५ स्थित सोभित मुखियाको घरमा अज्ञात ५ जनाको समुह घरमा प्रवेश गरी सोभित मुखियालाई घाँटीको दाहिने पट्टी गोली हानी घाइते बनाएका थिए । जनकपुर अञ्चल अस्पतालमा उपचार गराई उनी निको भएका थिए ।
१३ माघ २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका महासचिव तथा विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष दिपेन्द्र कुमार झा प्रहरी कारवाहीमा मारिएका थिए । धनुषाको प्रको महुवा ८ स्थित भोइल जाने सडकमा प्रहरी गस्ती टोलीलाई लक्षित  गरी एम्बुस थापी बसिरहेको अवस्थामा महोत्तरी बनौली ५ बस्ने बर्ष ३५ को दिपेन्द्र कुमार झा आईरहेको देख्दा प्रहरीले रोक्न खोज्दा प्रहरी टोली माथि नै फायर गर्दै भाग्ने क्रममा प्रहरी टोलीबाट जवाफी फायर खोल्दा उनको घटना स्थलमा मृत्यु भएको थियो । उनको साथबाट एसएलआरको गोली लोडभएको कटुवा पेस्तोल एक थान बरामद गरिएको थियो ।
२४ माघ २०६७ मा खेतीपाती गर्ने धनुषा यज्ञभुमि ४ का ४० बर्षिय किसान पल्टु महतो सुडी आफ्नै गोठमा सुतिरहेको अवस्थामा अज्ञात समुहले घाँटीमा गोली हानी हत्या गरेका थिए ।
२३ साउन २०६८ मा अखिल तराई मुक्ति मोर्चा पृथ्वी सिंह समुहले जनकपुर १२ का ४० बर्षिय मातवर मुखियाको गोली प्रहार गरी हत्या गरेको थियो । सर्लाही मलंगवा १० बस्ने २१ बर्षिय मुकेश पंडितले गोली प्रहार गरी मुखियालाई घाईते बनाई भाग्ने क्रममा पंडित लगायतका समुह पक्राउ परेका थिए । घाईते मुखियाको जनकपुर अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मुखिया नेकपा एमालेको यूवा संघ जनकपुर नगरका इन्चार्ज थिए ।
१९ असोज २०६८ मा जनकपुर ४ का व्यापारी ४५ बर्षिय जयतुल खातुन घरमा बसिरहेको अवस्थामा मोटरसाईकलमा आएका दुई जनाको अज्ञात समुहले पिठ्यूमा गोली प्रहार गर्दा उपचारको क्रममा खातुनको मृत्यु भएको थियो ।
२० असोज २०६८ मा प्रहरी चौकी मुखियापट्टीमा कार्यरत प्रहरी जवान उपेन्द्र यादव कार्यालय सुरक्षाको लागि ड्यूटीमा बसिरहेको बेला निजलाई एक्कासी छुरा प्रहार गरी घाईते बनाएपछि फुलधारी मुखियालाई नियन्त्रणमा लिई कार्यालय तर्फ ल्याउने क्रममा भाग्न खोज्दा प्रहरी सहायक निरीक्षक जयनारायण यादवले तिघ्रामा गोली हान्दा उपचारको क्रममा मुखियाको मृत्यु भयो ।
१६ जेष्ठ २०६९ मा भुमिगत समुह समाजवादी जनमोर्चाका संयोजक हरेशिव यादव लगायतको समुहले नेपाल रेल्वे सेवाका महाप्रबन्धक सुरेश यादव र राजन भन्ने राजिन्द्र यादवको गोली हानी हत्या गरेको थियो । तारापट्टी सिरसिया १ मा सुरेश यादव आप्mनै दरबाजामा राजन प्रसाद यादव, श्याम प्रसाद यादव, सुरेश यादव, श्रीप्रसाद यादव समेत बसि पोखरीको जग्गा सम्बन्धमा भोली पञ्चायत गर्ने भनि कुराकानी गरिरहेको अवस्थामा सोही गाउँका हरेशिव यादव लगायत ८÷९ जनाको समुहमा आएका व्यक्तिहरु हातहतियार तथा खुकुरी प्रहार गरी सुरेश यादव र राजेन्द्र यादवको हत्या गरेका थिए भने अन्य घाईते भएका थिए ।
६ साउन २०६९ मा समाजवादी जनमोर्चाका कार्यकर्ता रहेका हरेशिव यादव प्रहरी कारवाहीमा मारिएका थिए । इलाका प्रहरी कार्यालय औरहीबाट प्रहरी नायव निरीक्षक अयोध्या शरण यादवको कमाण्डमा गस्ती टोली गस्ती गर्दै जाने क्रममा धनुषाको दुहवी ५स्थित सडकमा हतियारधारी डाकाहरुको समुहले गस्ती प्रहरीलाई देख्नासाथ फायर गर्दा आत्मरक्षाको लागि जवाफी फायर खोल्दा तारापट्टी सिरसिया १ बस्ने हरेशिव यादवको मृत्यु भएको थियो । प्रहरीले कटुवा पेस्तोल १ थान, गोली ३ थान र खोका १ थान बरामद गरेको थियो ।
धनुषा प्रहरीको सिकन्जामा सशस्त्र समुह
धनुषा प्रहरीले थुप्रै सशस्त्र समुहका नाईकेहरुलाई समेत पक्राउ गरेको थियो । खास गरेर २०७० साल देखि सशस्त्र समुहका नाईकेहरुनै पक्राउ परेपछि सशस्त्र समुहहरुको गतिविधि धनुषामा शुन्य झै भएको छ ।

१ असोज २०७० मा भूमिगत समूह तराई एकता परिषदका संयोजक एवंं पत्रकार उमा सिंह हत्याका मूख्य योजनाकार तथा करिब १ दर्जन भन्दा बढी मुद्दाका फरार अपराधी स्वामी जी भन्ने उमेश यादवलाई जिल्ला कैलाली धनगढी न.पा.३ स्थितबाट पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।
४ असोज २०७० मा अखिल तराई मुक्ति मोर्चाको पोल्लीटव्यूरो सदस्य तथा धनुषा लगायत तराईका बिभिन्न जिल्लाहरुमा करिब एक दर्जन मुद्दाका फरार अपराधी रहेका पृथ्वी सिंह भन्ने श्याम यादवलाई जिल्ला धनुषा नगराईन ९ स्थित नेपाल भारतको सिमा ईलाकाबाट पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।
७ कार्तिक २०७० मा जनतान्त्रिक तराई मूक्ति मोर्चा (राजन समुह) का सैन्य कमाण्डर तथा धनुषा तथा तराईका बिभिन्न जिल्लाहरुमा करिब दुई दर्जन भन्दा बढी मुद्दाका फरार अपराधी जिल्ला धनुषा तुल्सीयाही जब्दी २ बाट एक थान पेस्तोल तथा ऐ.को गोली राउण्ड २ सहित पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।
२९ कार्तिक २०७० मा जनतान्त्रिक तराई मूक्ति मोर्चा (राजन समहु) का सुप्रिम कमाण्डर तथा करिब एक दशक देखि धनुषा लगायत तराईका बिभिन्न जिल्लामा संगठित रुपमा हत्या, आतंक, चन्दा, असुली, बम बिष्फोटनका श्रृङखलाबद्ध घटनाहरुका प्रमुख नाईके तथा बिभिन्न तिन दर्जन भन्दा बढी गम्भीर प्रकृतीका अपराधमा संलग्न राजन मूक्ति भन्ने रंजित झालाई पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।
२९ पुष २०७० मा अखिल तराई मुक्ति मोर्चा गोईत समुहका केन्द्रिय सदस्य धनुषा, महोत्तरी, सिराहा, सर्लाही लगायतका जिल्लाहरुमा करिब आधा दर्जन मुद्दाका फरार अपराधी दिपक भन्ने रघुनाथ यादवलाई पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।
१९ फागुन २०७० मा धनुषा नगराईन गा.वि.स वडा नं. ९ जटही बाट तराईमा लामो समय देखी हत्या अपहरण, बम विष्फोटन लगायतका विभिन्न घटनामा संलग्न रहेको तथा तराई जनत्तान्तीक पाटीै मधेध संगठनका केन्द्रिय संयोजक रहेका मुकेश चौधरीलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट खाटिएको विशेष प्रहरी टोलीले पक्राउ गर्न सफल भएको थियो  ।
६ फागुन २०७२ मा जनतान्त्रिक टाईगर जनशक्ति पार्टीका सैन्य कमाण्डर अजय त्यागी भन्ने रामरिझन यादव, सोही पार्टीका कार्यकर्ताहरु बेचन पासवान र जसलाल पासवानलाई पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।
९ चैत्र २०७२ मा जनतान्त्रिक टाईगर जनशक्ति पार्टी नामको भुमिगत संगठनका सैन्य प्रमुखको जिम्मेवारी सम्हाल्दै आएको पृथ्वी सिंह भन्ने कैलाश ठाकुर र सहयोगी कारी भन्ने विनोद यादवलाई पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।
१७ फागुन २०६६ मा जि.ध जउनपा वडा न ४ स्थीतमा संचारउद्यामी तथा जनकपुर टुडे दैनिक पत्रिकाका तत्कालिन अध्यक्ष अरुण सिघानियालाई गोली प्रहार गरी हत्या गरेको घटनामा योजनाकार तथा जनतान्त्रिक टाईगर जनशतिm पार्टी नामक भुमिगत समुहका अध्यक्ष जि.ध  गणेशमान चारनाथ नपा वडा २  राधापुर बस्ने बर्ष ३६ को धरती सिह भन्ने चनरदिप यादवलाई १७ चैत्र २०७२ मा जनकपुर उपमहानगरपालिका वकिल टोलबाट २ थान पेस्तोल सहित पक्राउ गर्न धनुषा प्रहरी सफल भएको थियो  ।

२०७४ पौष २३ गते आईतबार

Tuesday, January 2, 2018

असई विक हत्याका फरार प्रतिवादीहरु धमाधम जनप्रतिनिधिको रुपमा निर्वाचित हुँदै

सशस्त्र प्रहरी असई थमन विक हत्याका
 प्रतिवादीनिर्वाचित प्रदेशसभा
सदस्य अभिराम शर्मा ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सशस्त्र प्रहरीका असई थमन विकको हत्या आरोपित व्यक्तिहरु धमाधम जनप्रतिनिधिका रुपमा निर्वाचित भईरहेका छन् । मधेस आन्दोलनका क्रममा आन्दोलनकारीहरुको कुटाईबाट मृत्यु भएका असई विकको घटनामा प्रतिवादी बनाइएका राजपा नेपालका नेताहरु मध्ये कोई प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् भने कोई नगर प्रमुखको रुपमा निर्वाचित भएका छन् । महोत्तरी प्रहरीको अभिलेखमा फरार प्रतिवादी भई वान्टेड सुचिमा रहेका राजपा नेपालका ती नेताहरु अहिले जनप्रतिनिधिको रुपमा निर्वाचित हुन सफल भएका छन् ।
महोत्तरीबाट असई विक हत्याका प्रतिवादीहरु अभिराम शर्मा, कौशल कुमार यादव प्रदेशसभा सदस्यमा (पहिलो हुने निर्वाचित हुने) निर्वाचनमा निर्वाचित भएका छन् भने अर्को एकजना प्रतिवादी शंकरशाही भनिने रामशंकर मिश्र जलेश्वर नगरपालिकाको मेयर बन्न सफल भएका छन् । महोत्तरीको प्रदेशसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं.३ को १ बाट राष्टिूय जनता पार्टी नेपालका उम्मेदवार अभिराम शर्माले ९ हजार १ सय १४ मत ल्याएर निर्वाचित भएका हुन । त्यसैगरी महोत्तरीकै निर्वाचन क्षेत्र नं.४ को १ मा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार कौशल कुमार यादव ९ हजार २ सय ७७ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । त्यसैगरी असई विक हत्याको आरोपमा प्रतिवादी बनाइएका अर्को एक जना उम्मेदवार देवेन्द्र यादव भने प्रतिनिधि सभा सदस्यमा पराजित भएका हुन ।
विगतमा राजपा नेपालमा आवद्ध भएपनि टिकट नपाएपछि राजपाबाट बागि हुँदै महोत्तरीको निर्वाचन क्षेत्र नं. ४ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका यादव पराजित भएका हुन ।
मधेस आन्दोलनका दौरान २५ भदौ २०७२ का दिन महोत्तरीको जलेश्वरमा कार्यरत रहेका सशस्त्र प्रहरी असई थमन विकको आन्दोलनकारीहरुले हत्या गरेको भन्दै महोत्तरी जिल्ला अदालतमा उक्त मुद्दा अहिले विचाराधिन अवस्थामा छ । घटनामा संलग्न भएको आरोपमा महोत्तरी प्रहरीले तत्कालिन अवस्थामा ३ जनालाई पक्राउ गरेको थियो भने करिब २ दर्जन प्रतिवादीहरु फरार रहेको प्रहरीले बताएको थियो । अहिले प्रदेशसभामा निर्वाचित भएका  अभिराम शर्मा र कौशल कुमार यादवलाई पनि उक्त घटनाको प्रतिवादी बनाइएको थियो  । महोत्तरी प्रहरीका अनुसार ती प्रतिवादीहरु हालसम्म फरार रहेका छन् ।
प्रहरीले उक्त घटनामा जलेश्वर ६ का रमेश प्रसाद साह, जलेश्वर २ का शतिनन्द चौधरी, राजा चौधरी, नरेश साह, राम राजा साह, हरिओम कुमार भगत, विक्की साह, जलेश्वर १ का चन्देश्वर साह मेहतरी, गोलु साह, रविन्द्र राम चमार, रंजित साह, जलेश्वर १३ का देबेन्द्र चौधरी, जलेश्वर १७ का पवन कापर, जलेश्वर ५ का अनिल ठाकुर, फुलहटा परकौली ५ का फुले यादव, महोत्तरी अनैठाका रोहित कुमार शर्मा, लालबाबु विन, भटौलिया २ का शम्भु साह, सोनमा ३ का देवेन्द्र यादव, खैरवनी ६ का कौशल कुमार यादव, निगौल ५ का लक्ष्मी महत्तो, अन्कार ९ का अभिराम शर्मा, पर्सा पतैलीका धर्मेन्द्र राय, पिगौना ५ का शंकर साही भन्ने रामशंकर मिश्र र सुगा भवानीपट्टीका सुरेश पाण्डेलाई समेत अभियूक्त बनाइएको छ ।
फरार रहेकाहरु मध्ये देवेन्द्र यादव विगतमा सदभावना पार्टीका केन्द्रिय सह महासचिव, सुरेश पाण्डे तराई मधेस सदभावना पार्टीका केन्द्रिय सदस्य, अभिराम शर्मा महोत्तरी तमलोपाका अध्यक्ष, धर्मेन्द्र राय सदभावना महोत्तरीका सचिव, कौशल कुमार यादव संघीय समाजवादी फोरमका केन्द्रिय सदस्य, अनिल ठाकुर तमसपाका महोत्तरी सदस्य र लक्ष्मी महत्तो सदभावनाका केन्द्रिय सदस्य थिए । ती सबै नेताहरु अहिले राजपा नेपालमा  आवद्ध छन् ।
के भन्छन ः निर्वाचित प्रतिवादीहरु
सशस्त्र प्रहरी असई थमन विक हत्याका
 प्रतिवादीनिर्वाचित प्रदेशसभा
सदस्य कौशल कुमार यादव ।

उक्त घटनामा आफुहरु संलग्न नरहेको तथा राज्यले आवेशमा आएर झुठा मुद्दा दर्ता गराई आफुहरुलाई उक्त घटनाको प्रतिवादी बनाइएको घटनाका प्रतिवादीहरु बताउँछन् । उक्त घटनाका प्रतिवादी तथा प्रदेश सभा सदस्य अभिराम ठाकुर भन्छन,“ महोत्तरी प्रहरीले असई विकको हत्यामा आफुलाई प्रतिवादी बनाएको कुरा सत्य रहेपनि आफुहरुलाई गलत ढंगले झुठा मुद्दा लगाई राज्यले फसाएको छ ।” प्रहरीको अभिलेखमा मोस्ट वान्टेड फरार प्रतिवादी रहेको भन्ने सवालमा प्रदेश सभा सदस्य ठाकुर भन्छन,“ महोत्तरी जिल्ला अदालतबाट हालसम्म आफुहरुलाई कुनै पनि सूचना प्राप्त भएको छैन । समन जारी गरेको छैन । फरार भएको भए कसरी निर्वाचनमा विजयी भएँ ?”राजनीतिक मुद्दा भएका कारण सरकारले उक्त मुद्दा फिर्ता लिनुपर्छ भन्दै आफु मात्र होईन मलेशियामा रहेका व्यक्तिलाई समेत उक्त घटनामा फसाइनुले पनि झुठा मुद्दा दर्ता गरिएको पुष्टि हुन्छ, प्रदेश सभा सदस्य ठाकुरको दावी छ ।
त्यसैगरी प्रतिवादी समेत रहेका अर्का प्रदेश सभा सदस्य कौशल कुमार यादव पनि आफुहरुलाई राज्यले जवरजस्ती फसाएको बताउँछन् । मधेसको राजनीतिमा आफु उदयमान यूवा नेतृत्वको रुपमा स्थापित हुन थालेपछि राज्यले थमन विक हत्यामा आरोपी बनाई फसाइएको भन्दै यादव भन्छन,“ राज्यले हामीसँग पटक पटक सम्झौता गरी झुठा मुद्दाहरु फिर्ता लिने भनेपनि तिनीहरुको नियत मुद्दा फिर्ता गर्ने हालसम्म देखिएको छैन । जनताले पनि आफ्नो मत दिएर हामीहरु निर्दोष हौं भन्ने निर्वाचित गरेर मतादेश दिइसकेका कारण पनि राज्यले ती मुद्दाहरु अबिलम्ब फिर्ता गर्नुपर्दछ ।”
घटनासम्बन्धमा महोत्तरीका तत्कालिन डिएसपी रेग्मीको प्रतिवेदन
असई थमनको हत्याको सन्दर्भमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीले दिएको प्रतिवेदन अनुसार गत भदौ २५ गते अन्दाजी साढे ८ बजेको समयमा बाँके कचनापुर गाविस वडा नं. ५ घर भएका सीमा सुरक्षा कार्यालयको जलसागर महोत्तरीमा दरबन्दी भई सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस जलेश्वर महोत्तरीमा कार्यरत सशस्त्र प्रहरी सहायक निरीक्षक थमन विकलाई मधेसी मोर्चाका कार्यकर्ताहरुले नियन्त्रणमा लिई लाठी, भाँठा, लाती मुक्का समेतले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।
उक्त खबर प्राप्त भए पश्चात जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको समेतको टोली घटना स्थलमा खटी विकलाई उद्धार गरी प्रहरी टोलीले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्याई सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीमा जानकारी गराएका थिए । घाइते बिकलाई यस अस्पतालमा उपचार हुन नसक्ने र निजको सिटी स्क्यान गर्नुपर्ने हुनाले थप उपचारको लागि अञ्चल अस्पताल जनकपुरमा जिल्ला अस्पताल जलेश्वरले रेफर गरिदिएपछि सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस महोत्तरीले जिल्ला अस्पताल जलेश्वरको ग्ल् ६६११२३५ नम्बरको एम्बुलेन्समा घाइते बिकलाई राखि कुरुवाको रुपमा सशस्त्र प्रहरी जवान राज कुमार झा, अस्पतालको कर्मचारी र सहयोगी समेत ५ जना भई जनकपुर तर्फ उपचारको लागि अन्दाजी ११ बजेको समयमा जलेश्वर पिपरा हुँदै जनकपुर जाने हाइवेको बाटोबाट गाडी पठाइयो । तर, उक्त बाटोमा अस्पताल आसपासबाट ९÷१० वटा मोटरसाइकलमा मान्छेहरु पछाडी गर्न थाले ।
जलेश्वरबाट अगाडी वढी प्रकौली पुगेपछि चौकमा अरु थप मानिसहरुले बाटोमा काठ तेर्साई बाटो बन्द गरेको देखि तथा रोक्न खोजेकोमा नरोकी बाटोको छेउबाट एम्बुलेन्स निकाली अगाडी वढाएकोमा ती मानिसहरुले एम्बुलेन्समा ढुङ्गामुढा गर्न थाल्यो ।
सशस्त्र प्रहरी असई थमन विक हत्याका
 प्रतिवादी जलेश्वर नगरपालिकाका
मेयर रामशंकर मिश्र ।
तर पनि एम्बुलेन्स नरोकी अझै अगाडी बढाउँदा ती मानिसहरुले मोटरसाइकलको साधनद्वारा पिछा गर्दै गएकोमा पिपरा नपुग्दै बाटोमा पर्ने विगही खोलाको पर्सा पुलमा अवरोध रहेकोमा पुल नजिकबाट चालकले हाइवेबाट जाँदा खतरा भयो, अगाडी पिपरामा पनि आन्दोलनकारीहरु होलान, पछाडीबाट पनि भेट्न लागिसके, मैले भ्रमरपुराबाट जनकपुर निस्कने बाटो देखेको छु, त्यही बाटो जाऔं भनि एम्बुलेन्स महोत्तरी गाविसको सनोखरा गाउँ तर्फ सहायक बाटोमा मोडी गाउँको बाटो हुँदै अगाडी वढेको थियो । अगाडी वढ्दै गर्दा मोटरसाइकलहरु पनि पछि पछि गईरहेकोमा गाउँबाट अगाडी भ्रमरपुरा गाउँ तर्फ जाने चौरीको बाटोमा ह्यूम पाइप हालेको बाटो आई उक्त स्थानबाट अगाडी एम्बुलेन्स जाने बाटो नरहेकोले चालकले एम्बुलेन्स रोकी चालक जलेश्वर ६ का सुशिल मिश्र, अस्पतालका कर्मचारी सियाराम पासवान, सहयोगी पप्पु साह, कुरुवाका लागि खट्ेका सशस्त्र प्रहरी जवान राजकुमार झा समेत चारै जना डराए । तिनीहरु आईसकेको देखि मार्छन भन्ने डरले हत्तोत्साहित भई गाडीबाट ओर्लिएर भागेको, घाइते सशस्त्र प्रहरी सहायक निरीक्षक विक पनि गाडीबाट ओर्ली भाग्दै गरेकोमा पिछा गर्दै आएका मानिसहरुले आईपुगि पुलिस भाग्यो, मार्नुपर्छ भनि हो हल्ला गरी वरपर भएका तथा गाउँ घरका मानिसहरु समेत जम्मा भई ५०÷६० जना जम्मा भई निज विकलाई निर्ममता पुर्वक कुटपिट गरी धारिलो हतियार समेतले प्रहार गरी हत्या गरेको र प्रहरी जवान राजकुमार झालाई समेत आन्दोलनकारीले लखेटिरहेको अवस्थामा २ किलोमिटर पश्चिम पुग्दा एक स्थानीय व्यक्तिले निज प्रहरी झालाई आन्दोलनकारीबाट बचाई गाउँमा लगि लुकाईराखेका थिए । पछि लुकिछिपी महोत्तरीकै डाम्ही मडैई विद्यालयमा पुगि झाले आफ्नो कार्यालयमा सम्पर्क गरी उद्धार गरी लगेको तथा उक्त एम्बुलेन्सका चालक, अस्पतालका कर्मचारी र सहयोगी पप्पु साह पनि भागी आफ्नो कार्यालयको सम्पर्कमा आएको महोत्तरीका प्रहरी नायव उपरीक्षक राजेन्द्र बाबु रेग्मीको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले विश्लेषण गरेको फोन कल विवरण
महोत्तरी प्रहरीले आफ्नो अनुसन्धानको क्रममा प्रतिवादी भनिएका व्यक्तिहरुको फोन कल विवरण, लोकेशन समेतलाई पहिचान गरी विश्लेषण चार्टसँगै प्रतिवादी अनिल ठाकुरको भ्वाइस रेकर्डलाई प्रमुख प्रमाणको रुपमा अदालतमा पेश गरेको छ । त्यसैगरी घटनास्थल महोत्तरी जलेश्वर नगरपालिका वडा नम्बर ४ स्थित र अर्को घटना स्थल महोत्तरी वडा नम्बर ८ सनोखडा स्थित धानको खेतबाट बरामद भएका लाठी, फाठा बाँसको, काठको टुक्राहरु, बोतलहरु, बोतलका टुक्राहरु, अडियो र भिजुअल चक्कालाई समेत सबुत प्रमाणको रुपमा पेश गरेको छ । त्यसैगरी घटना स्थल मुचुल्का, लाश प्रकृति मुचुल्का, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महोत्तरीको पत्र, मृतकका भाई प्रेम बहादुर विकको जाहेरी दरखास्त, शव परीक्षण प्रतिवेदन, साक्षीहरु सशस्त्र प्रहरी जवान राजकुमार झा, पप्पु कुमार साह, सियाराम पासवान, सुशिल मिश्र आदिले गरेको घटना विवरण कागजलाई आधार बनाएको छ ।
सशस्त्र प्रहरी असई विकको हत्या भएको ज्यान मुद्दामा महोत्तरी प्रहरीले विभिन्न प्रतिवादीहरुको फोन कल विवरण समेत प्रस्तुत गरि हत्या गर्ने कार्यमा संलग्न रहेको दावी गरेको छ । प्रतिवादी रमेश साहको मोवाइल नम्बर ९८४४०५९७७४ को विश्लेषण गर्दै घटना भएको मितिमा विहान १०ः२० देखि १५ः२६ सम्म मोवाईलमा कुनै सम्पर्क नभएको तथा मृतक थमन विकलाई फलो गरी कर्तव्य गरी मार्नमा संलग्न रहेको दावी गरेको छ । त्यसैगरी अर्का प्रतिवादी शंकर साही भन्ने रामाशंकर मिश्रको मोवाईल नम्बर ९८४४०३०३१६ को विश्लेषण गर्दै घटना मितिको ११ः०३ देखि १२ः०५ सम्मको लोकेशन ऋम्च् २७४ देखिएको हुनाले उक्त टावर लोकेशन घटना स्थलको हुनाले निजकै नेतृत्वमा घटना भएको प्रहरीले दावी गरेको छ ।
त्यसैगरी प्रतिवादी अनिल ठाकुरको मोवाइल नम्बर ९८४४०३००१८ को विश्लेषणबाट घटना मितिको ११ः१० देखि सम्पर्कमा नरही एकैचोटी १२ः२२ बजेमा भिठ्ठामोडमा पुगेको हुनाले मृतकलाई फलोगरी कर्तव्य गरी मार्नमा संलग्न रहेको प्रहरीले दावी गरेको छ । त्यसैगरी प्रतिवादी सुरेश पाण्डेको मोवाइल नम्बर ९८५४०३०२४५ को विश्लेषण गर्दा घटना मितिको ११ बजे देखि १२ः१० बजेसम्म बारदात स्थलको मोवाइलको टावर लोकेशनमा रहेको र अर्का प्रतिवादी अभिराम शर्माको मोवाइल ९८५४०३०४४३ सँग पटक पटक सम्पर्क भएको दावी गरिएको छ ।
अर्को प्रतिवादी अभिराम शर्माको मोवाइल नम्बर ९८५४०३०४४३ र ९८४४१६८८८८ को विश्लेषण गर्दैै उक्त मोवाइल घटना भएको मितिको १०ः२४ देखि १२ः२९सम्म घटना स्थलकै मोवाईल टावर लोकेशनमा रहेको बताइएको छ । प्रतिवादी धर्मेन्द्र रायको मोवाइल नम्बर ९८४४०३१९७६ को विश्लेषण गर्दा घटना वारदात मिति समयमा निजको मोवाइल नम्बरको टावर लोकेशन सिडिआर २९७ पिपरा बि रहेको भन्दै अन्य प्रतिवादीहरु समेतको सिडिआरको आधारमा प्रहरीले अभियूक्त बनाएको छ ।
घटना भएको मितिको विहान अन्दाजी ८ः३० को समयमा सशस्त्र प्रहरी विकलाई कुटपिट गरेको भिजुवल रेकर्ड समेत हेर्दा संजय कुमार साह, प्रदिप साह माझी, विक्की साह, रामराजा साह, गोलु साह, हरिओम भगत, रविन्द्र राम चमार र रंजित साहको भिजुवल फोटो सनाखत भएको तथा अन्य व्यक्तिहरु सनाखत हुन नसकेको प्रहरीले बताएको छ ।  त्यसैगरी प्रहरीले आफ्नो विशेष सुत्रबाट घटना भईसकेपछि प्रतिवादी मोहन ठाकुरले गरेको कुराकानीको अडियो रेकर्डलाई समेत प्रहरीले प्रमाणको रुपमा पेश गरेको छ । अनिल ठाकुरले गरेको संवादको भ्वाइस एस्पेक्टूम एनालेसिस प्रविधिद्वारा परिक्षण गराई  अडियो रेकर्ड र भिजुअल रेकर्डको भ्वाइस ६७ प्रतिशत मिलेको  भनि केन्द्रिय अनुसन्धान व्यूरोको परीक्षण प्रतिवेदनलाई पनि ठोस प्रमाणको रुपमा अगाडी वढाएको छ ।


२०७४ पौष १६ गते आईतबार


जयकृष्ण गोईतको सक्रियता दुई जिल्लामा मात्र सिमित

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सम्पुर्ण तराई एउटा छुट्टै देश हुनुपर्छ भन्दै सशस्त्र भुमिगत समुह संचालन गर्दै आएका जयकृष्ण गोईतको प्रभाव दुई जिल्लामा मात्र सिमित भएको छ । विगत केही बर्ष देखि निष्कृय जस्तो देखिएको गोईत समुहले पछिल्लो दिनहरुमा  खास गरेर सिरहा र सप्तरीमा सक्रियता बढाएको देखिन्छ । खास गरेर ती दुई जिल्लामा प्रेसरकुकर बम विस्फोटन गराउने घटनाहरु बढेपछि गोईत फेरी पनि सक्रिय भई आफ्नो अस्तित्व देखाउन खोजेको देखिन्छ ।
तराई मधेसलाई आफ्नो प्रभाव क्षेत्र बनाई हतियारको राजनीति गर्नेहरु मध्ये अधिकांश समुहका नाईके र कार्यकर्ताहरु पक्राउ परेपछि, इन्काउन्टरमा मारिएपछि, बार्ताका मार्फत मुलधारमा आईसके पछि सशस्त्र समुहको गतिविधि न्यून भईसकेको अवस्थामा गोईत समुह फेरी सक्रिय हुन खोजेको देखिन्छ । उनको सक्रियतालाई प्रहरीले सक्रियता नभनेर दुई जिल्लामा मात्र खुम्चिएको भएपनि उसको उपस्थितिलाई भने नजरअन्दाज गर्न नमिल्ने बताएको छ ।
७ पुष २०७४ मा सिरहाको मालपोत कार्यालयको भवनमा बम विस्फोटन गराइएको थियो । सिरहा नगरपालिका वडा नं.७ स्थित रहेको उक्त कार्यालयको माथिल्लो तल्लाको प्यासेजमा प्रेसरकुकर बम पडकिएको थियो ।  दिउँसो करिब १ बजेर ३५ मिनेटको समयमा उक्त बम पडकिएको थियो । कार्यालयको समय भएका कारण कार्यालयमा सेवाग्राहीहरु सेवा लिनका निम्ति घुईचो लागेको थियो ।
बम विस्फोटनका कारण कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीहरु सिरहा नगरपालिका वडा नं.१२ बस्ने राजकुमार पासवान, सिरहा नगरपालिका वडा नं.१८ बस्ने रोशन पासवान र सिरहा वडा नं.१ बस्ने पवन पासवान घाईते भएका थिए । विस्फोटनका कारण मालपोत कार्यालयको कोठाहरुको पल्ला तथा शिशाहरु समेत टुटफुट समेत भई क्षति भएको थियो । सिरहा प्रहरीले गरेको अनुसन्धानबाट उक्त बम विस्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा गोईत समुहका केन्द्रिय संयोजक जयकृष्ण गोईतले गराएका हुन ।
गोईत समुहका सिरहा जिल्ला सैन्य कमाण्डर विक्की भन्ने विरेन्द्र यादवले उक्त घटना गराएको प्रहरीको अनुमान छ । यादव सिरहा धनगढी माई नगरपालिका वडा नं.४ कुरुवा टोलका बासिन्दा हुन । त्यसैगरी उक्त बम विस्फोटनमा गोईत समुहका सक्रिय कार्यकर्ता सिरहा मिर्चैया नगरपालिका वडा नं.४ कुथनुवा घर भएका बद्रीयादव लगायत अन्य नाम थर नखुलेका करिब ५ देखि ६ जनासम्म व्यक्तिहरु संलग्न रहेको सिरहा प्रहरीको आंशका रहेको छ । ती सबै व्यक्तिहरु अहिले फरार रहेका छन् भने घटनाको अनुसन्धान जारी रहेको सिरहा प्रहरीले जनाएको छ ।
गोईत समुहको पर्चा ।
२३ मंसिर २०७३ मा सिरहाको मिर्चैया वडा नं. ५ स्थित शिला पेटूोल पम्प स्थित पार्किङ स्थलमा गोईत समुहका कार्यकर्ता चुल्वा भन्ने लेखनाथ प्रसाद यादवले बम विस्फोटन गराएको थियो । जयकृष्ण गोईतको निर्देशनमा यादवले उक्त बम विस्फोटन गराएको भन्दै अनुसन्धान अगाडी वढाएको थियो । सिरहा प्रहरीले सिरहा इटारी प्रसाई ४ बस्ने बर्ष ३० का यादवसँगै धनुषा सिंग्याही मडान ३ का २० बर्षिय देवेन्द्र कुमार यादवलाई समेत पक्राउ गरेको थियो । उक्त घटनामा बद्री यादव, त्रिफुल ठाकुर र जयकृष्ण गोईत समेतलाई प्रतिवादी बनाइएको थियो । सिरहा प्रहरीको अभिलेखमा अहिले पनि ती तिनै जना प्रतिवादीहरु फरार छन् ।
 १० चैत्र २०७३ मा पक्राउ परेका प्रतिवादी लेखनाथ यादव २० हजार रुपैयाँ धरौटीमा राखि सिरहा जिल्ला अदालतबाट तारेखमा छुटेका थिए ।
८ मंसिर २०७४ मा सिरहाको मिर्चैया वडा नं. ५ स्थित प्रदिप साहको घरमा रहेको माओवादी केन्द्रको कार्यालयमा प्रेसरकुकर बम विस्फोटन गराइएको थियो । सिरहा क्षेत्र नं. ४ को नेकपा माओवादी केन्द्रको चुनाव प्रचार प्रसार समन्वय कार्यालय प्रदिप साहको घरमा स्थापना गरिएको थियो । उक्त बम विस्फोटन जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) पार्टीका अध्यक्ष जयकृष्ण गोईतको निर्देशनमा जिल्ला सैन्य कमाण्डर बद्री यादवले गराएको भन्ने कुरा सिरहा प्रहरीले गरेको अनुसन्धानबाट खुलेको थियो । उक्त घटनामा सिरहा धनगढी माई नगरपालिकाका विक्की भन्ने विरेन्द्र कुमार यादव समेत संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । सबै प्रतिवादीहरु उक्त घटनामा फरार रहेका छन् ।
२८ मंसिर २०७४ का दिन सिरहाको लहान नगरपालिका वडा नं.१ न्यू नेपाल साईकल स्टोर्स अगाडी बम विस्फोटन गराइएको थियो । अन्दाजी पौने १ बजेको समयमा उक्त बम विस्फोट हुँदा स्थानीय परमेश्वर चौधरी र धनराज चौधरी घाईते भएका थिए । बम विस्फोटन गराइएको उक्त स्थानमा जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष जयकृष्ण गोईतले हस्ताक्षर गरेको पर्चा फेला परेको थियो । उक्त पर्चामा मात्रिभुमि तराई माईको नेपाली औपनिवेशिक शासनलाई अन्तय गरेर मुक्त गर्न, स्वतन्त्र तराईका लागि सम्पुर्ण तराईका मुल निवासीहरु एक जुट होउ भन्ने शव्दहरु लेखिएको थियो । उक्त घटनामा सिरहा प्रहरीले सप्तरी त्रिकौल बस्ने जयकृष्ण गोईत, सिरहा धनगढीमाई नगरपालिका कुरुवा टोल बस्ने विक्की भन्ने विरेन्द्र यादव र मिर्चैया नगरपालिका वडा नं.४ कुथनवा बस्ने बद्री यादव संलग्न रहेको भन्दै सिरहा प्रहरीले अनुसन्धान गरेको थियो । उक्त घटनाका प्रतिवादीहरु फरार रहेका छन् ।
१२ मंसिर २०७३ मा सप्तरीको राजविराज नगरपालिका वडा नं.१ स्थित जिल्ला प्रशासनको कम्पाउन्डमा प्रेसरकुकर बम राखिएको थियो । गोईत समुहको पर्चा समेत त्यहाँ फेला परेको थियो । बमलाई नेपाली सेनाको टोलीले डिफ्यूज गरेको थियो । कुनै पनि किसिमको मानविय तथा भौतिक क्षति हुन सकेको थिएन । सप्तरी प्रहरीले उक्त घटनामा संलग्न रहेको भन्दै गोईत समुहका दुई जना कार्यकर्ताहरु सिरहा गौरीपुर गाविस वडा नं.५ बस्ने बर्ष ५० का नथुनी यादव र सप्तरी प्रसवनी गाविस वडा नं. ७ घर भई हाल राजविराज नगरपालिका वडा नं.५ बस्ने बर्ष ३० का भवानी प्रसाद यादवलाई पक्राउ गरी मुद्दा चलाएको थियो ।
प्रदेश नं.२ का प्रदेश प्रहरी प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक विजयलाल कायस्थका अनुसार गोईतले आफ्नो सक्रियता बढायो भनेर भन्न नमिल्ने तर सप्तरी र सिरहामा भने कहिले काँही आकलझुकल दुई चार वटा घटनाहरु गराईरहेको कुरालाई भने नजर अन्दाज पनि गर्न मिल्दैन । कायस्थ भन्छन,“ भुमिगत समुहहरुको सक्रियताको सवालमा भन्ने हो भने तिनीहरुको घटनाको कति जिल्लामा प्रभाव छ, कति जिल्लामा कार्यकर्ता वा संगठन फैलिएको छ, कस्ता कस्ता घटना गराईरहेका छन्, तिनीहरुको ग्राभिटी कति छ भन्ने कुरा पनि हेर्नुपर्ने हुन्छ । त्यसैले गोईतको सक्रियता बढेको छैन तर उसले आफ्नो उपस्थिति दर्ज गराउन खोजेको कुरा हामीले महसुस गरेकै छौं ।”
गोईतको प्रभाव सप्तरी र सिरहा गरी कुल दुई वटा जिल्लामा मात्र सिमित हुनुको मुख्य कारण के हो भने प्रहरीले तिनीहरुको प्रभावलाई विल्कुलै समाप्त पारिदिएको भन्दै एआईजी कायस्थ भन्छन,“ अरु जिल्लामा कुनै घटना गराउन खोज्यो भने सुरक्षाकर्मीहरुको तैनाथीका कारण सफल हुन सकिन्न भन्ने बुझेरै गोईत निष्प्रभावी भएको छ । अर्को कुरा के हो भने गोईतलाई कानुनको कठघरामा ल्याउन हामी अप्रेशनमा छदैछौं । घटनाहरु दर्ज भएकै छन् । घटनामा संलग्न भएकाहरुको खोजी जारी छ । ती दुई जिल्ला सप्तरी र सिरहामा पनि गोईतको प्रभावलाई समाप्त पार्छौं ।”
ज्वाला सिंहको विज्ञप्तीमा सक्रियता
ज्वाला सिंहको विज्ञप्ती ।
गोईत जस्तै मधेसमा विगतमा ठुलो प्रभाव जमाएको ज्वाला सिंह भनिने नागेन्द्र पासवान भने विगत लामो समय देखि निष्कृय देखिन्छन् । उनको संगठनको नाउँमा पछिल्ला वर्षहरुमा कुनै पनि हिंसात्मक घटनाहरु भएको देखिँदैनन् । तर, बेला बेलामा उनको नाउँबाट विभिन्न किसिमका विज्ञप्तीहरु जारी भईरहेका हुन्छन् । २३ असोज २०७४ मा उनको पछिल्लो प्रेस विज्ञप्ती जारी भएको थियो । ज्वाला सिंहको हस्ताक्षरमा जारी भएको उक्त विज्ञप्तीमा संविधान बने पनि तराईको पक्षमा नदेखिएकोले तराईमा तराई सेनाको गठनलाई अग्रता दिँदै तराईको मुल निवासीको शत्रुलाई स्वतन्त्र तराईबाट लखेटेर आफ्नो तराईको सत्ता पुनः मिलेर स्थापित गर्न आह्वान गरिएको छ ।
नयाँ सशस्त्र समुहको गठन
प्रायःजसो सशस्त्र समुहहरु समाप्त भएको  अवस्थामा प्रगतिशिल तराई मुक्ति मोर्चा नाम गरेको नयाँ सशस्त्र समुह गठन भएको कुरा साउन २०७४ मा सप्तरीको स्थानीय पत्रिकामा समाचार प्रकाशित भएको थियो । संगठनका संयोजक सिजनको नामबाट जारी गरिएको उक्त विज्ञप्तीमा तराईलाई अन्तर्राष्टिूय स्तरमा छुट्टै राज्यको पहिचान गराउने उद्देश्यले आधुनिक डिजाइनमा आधुनिक तरिकाले सशस्त्र संघर्ष गर्नका लागि मोर्चाको निर्माण भएको जनाइएको थियो ।
मधेसमा सशस्त्र समुहको इतिहास
तराई माथिको नेपालको औपनिवेशिक मुक्तिको लागि बन्दुक उठाएर विद्रोह गरी भुमिगत भई अखिल तराई मुक्ति मोर्चा गठन गरी जयकृष्ण गोइतले हिंसाको बाटो रोजेका थिए । जय कृष्ण गोइतले वर्तमान नेपालद्वारा शासित तराई प्राचीन कौशल, काशी र मिथिला (विदेह) जनपदहरुको उत्तरी हिस्सा रहेको बताउँदै आएका छन् ।
१६ मार्च २००८ मा अखिल तराई मुक्ति मोर्चाको प्रथम राष्टिूय महाधिवेशन तयारी समितिका लागि गोइतले जारी गरेको अपिलमा यी जनपदहरु प्रारम्भमा आ(आफ्नै जनपदका निकासीद्वारा स्वासित रहेको थियो, बताइएको छ । चौदहौं शताब्दीको पूर्वाद्धमा कैयौं वर्ष सम्म तराईको सिमरौनगढद्वारा नेपाल उपत्यका शासित रहेको थियो । कालान्तरमा तराई मुगल शासकहरुको अधिनमा रह्यो, तत्पश्चात ब्रिटिश शासकहरुद्वारा र अब तराई नेपालको औपनिवशिक शासनको अधिन छ ।
उनले जारी गरेको उक्त विज्ञप्तीमा मातृभूमि तराईको मुक्ति तराईको मुल निवासीहरुका लागि ऐतिहासिक आवश्यकता रहेको र जब सम्म तराईको मुक्ति हुँदैन तबसम्म तराईका मुल निवासीहरुको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, भाषिक एवम राष्टिूय पहिचान आदि समस्याहरुको कुनै पनि बास्तविक र स्थायी सामाधान सम्भव नरहेको बताएका थिए ।
यसरी गोइतकै बाटो पछियाउँदै मधेसका थुप्रै यूवाहरु भुमिगत हुँदै तराईको मुक्तिकामी आन्दोलन भन्दै बन्दुकको बाटोलाई रोजे । सोही क्रममा उनीहरुले मचाएको हिंसाबाट मधेसमा व्यापक धनजनको क्षति भयो । कतिपय व्यक्तिको हत्या भयो, कतिपय अपहरित भए, पलायन भए, बम विस्फोट, चन्दा आतंक बढदै गयो । तराईमा जनता त्रसित हुन बाध्य भए ।
प्रशासनको टाउको दुखाई बन्दै गएको सशस्त्र समुहलाई समाप्त पार्न राज्यपनि विभिन्न रणनीति अपनाउन थाले । संविधानसभाको पहिलो चुनाव भएपछि गठित सरकारी वार्ता टोलीहरुले बन्दुक उठाएर विद्रोह गरेकाहरुलाई शान्तिपुर्ण वार्तामा आई मुलधारमा आउन आह्वान गरे । एकातर्फ कतिपय समुहहरु बार्तामा आउन थाले भने अर्कोतर्फ प्रहरीले सशस्त्र समुहका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले । यतिमात्र होइन प्रहरीको दोहोरो भिड्न्तको नाउँमा जवावी कारवाहीमा सशस्त्र समुहका थुप्रै नेताहरु मारिन थाले । शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भए पश्चात नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोलीहरुले मधेसका थुप्र्रै समुहहरुसँग विभिन्न चरणका वार्ताहरु गरे । मन्त्रालयको वेवसाइटमा उल्लेख भएअनुसार मन्त्रालयको गठन भए पश्चात विभिन्न ४५ वटा समुहहरुसँग वार्ता गरिएको छ ।
जसमध्ये मधेसका सशस्त्र समुहहरु अन्तरगत २६ मंसिर २०६५ मा मधेसी भाइरस किलर्स, ११ पुष २०६५ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, १८ कार्तिक २०६८ मा  संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा संस्थापन पक्ष, ८ मंसिर २०६८ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्य शर्मा समुह, १६ पुष २०६५ मा तराई संयुक्त जनक्रान्ति पार्टी, २६ पुष २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुह, १० फागुन २०६५ मा लिवरेशन टाइगर अफ तराई इलम (एलटीटीइ), ७ चैत्र २०६५ मा मधेस मुक्ति टाइगर्स, २४ बैशाख २०६७ मा अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्ष, १६ पुष २०६८ मा सयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समुह), २८ पुष २०६८ मा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समुह), ७ माघ २०६८ मा अखिल तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समुह), १३ माघ २०६८ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (भगत सिंह समुह), २१ फागुन २०६८ मा जनतान्त्रिक मधेस तराई मुक्ति मोर्चा (झबर साह, प्रताप समुह) र ६ बैशाख २०६९ मा संयुक्त क्रान्तिकारी तराई मधेस मुक्ति मोर्चा सँग वार्ता गरिएको जनाइएको छ । त्यसपछि पनि कतिपय सशस्त्र समुहहरुसँग तत्कालिन सांसद आनन्द ढुङ्गानाको संयोजकत्वमा गठित टोलीले समेत बार्ता गरेको थियो ।
नेपाल सरकार र सशस्त्र समुहका वार्ता टोलीहरु बीच भएको विभिन्न चरणको सम्झौतामा सबै समुहहरुसँग वार्ता अवधि सम्म सशस्त्र समुहका वार्ता टोलीका सदस्यहरुको सुरक्षा नेपाल सरकारले गर्ने, सशस्त्र समुहहरुले सशस्त्र कारवाही स्थगित गर्ने एवम कानुनले निषेध गरेका कुनै पनि गतिविधि संचालन नगर्ने र नेपाल सरकारको तर्फबाट पनि सो समुहका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक रुपमा व्यवहार गर्ने, जेलमा रहेका र मुद्दा लगाइएका आफ्ना कार्यकर्ताहरुको नामावली नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानविन गरी क्रमशः रिहा गर्दै जाने, स्वतन्त्र एवम शान्तिपुर्ण रुपमा राजनीतिक सभा, जुलुस, ¥याली, गोष्ठी, सेमीनार तथा राष्टू निर्माणका कार्यक्रम सम्बन्धित जिल्ला प्रशासन कार्यालय संग समन्वय गरी संचालन गर्न सकिने, मुलुकमा दिगो शान्ति स्थापनाका लागि अन्य द्वन्दरत राजनीतिक समुहहरुलाई समेत वार्ताको टेवलमा ल्याउन पहल गर्ने भनेर चार देखि पाँच बुँदा सम्म दुवै पक्ष बीच पहिलो चरणमा सहमति हुने गरेको थियो ।
यसरी थुप्रै समुहहरुसँग दुई देखि तीन चरण सम्म सरकार र सशस्त्र समुहका वार्ता टोलीहरुसँग सम्झौता भई कतिपय समुह मुलधारमा आइसकेको छ । तर, पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई रिहाई गराउन र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता गराउन सशस्त्र समुहका वार्ता टोलीहरु विफल भएपछि केही समुहहरु पुनः हतियार उठाए भने केही नेताहरु आफु सुरक्षित अवतरण गरे ।
किन निस्प्रभावी भए सशस्त्र समुह ?
तत्कालिन विद्रोही नेकपा माओवादीमा आवद्ध भएका जयकृष्ण गोइत मधेसको मुद्दामा माओवादी उदार नदेखिएको भन्दै असंतुष्ट भई मधेसको मुक्तिका लागि भनेर जनतान्त्रिक तराई मुक्ति मोर्चा गठन गरी बन्दुकको राजनीति प्रारम्भ गरे । उनी सँगै ज्वाला सिंह भनिने नागेन्द्र पासवान पनि लागे ।
तर केही वर्षपछि ज्वाला सिंह गोइतबाट अल्लगिएर अर्कैै पार्टी गठन गरे । यसरी सुरु भयो सशस्त्र समुहहरुमा विखण्डन । सशस्त्र समुहहरुमा पनि दुई विचार देखा प¥यो । गोइत र ज्वाला मधेस अलग्गै देश हुनुपर्छ भनेर लागे भने अर्का थरी संघीय लोकतान्त्रिक गणतन्त्र र आत्म निर्णयको अधिकार सहित समग्र मधेस स्वायत्त प्रदेश हुनुपर्छ भन्ने वैचारिक विभाजन देखा प¥यो । त्यसपछि नेतृत्व क्षमता नदेखिएको तथा आर्थिक हिनामिना गरेको भन्दै एकले अर्कोलाई कारवाही गरेको भन्दै दर्जनौ सशस्त्र समुहहरु खुले । सशस्त्र समुहहरुको प्रभाव वढ्दै गयो ।
त्यसपछि राज्यले वार्ताका लागि गोइत र ज्वालालाई आउन भन्दा संयुक्त राष्टू संघको मध्यस्थतामा मात्र वार्ता गर्ने उनीहरुले पुर्व सर्त राख्यो । विद्रोही माओवादीलाई वार्तामा ल्याउन पनि वाहय मध्यस्तकर्ता नराखिएको भन्दै राज्य उक्त सर्तलाई मान्न इन्कार ग¥यो । अनि राज्यले ती समुहहरुलाई निस्प्रभावी बनाउन तीनका कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले, दोहोरो भिडन्तको नाउँमा जवाफी प्रहरी कारवाहीमा तिनीहरुको इन्काउन्टर हुन थाल्यो । संविधानसभा निर्वाचन पछि चौथो शक्ति बनेका मधेसवादी दलहरुले वार्ताको माध्यमबाट उक्त समस्या समाधान गर्न माग गरेपछि सरकारले सरकारी वार्ता समिति बनाई वार्ता पनि गरे । त्यसैको परिणाम हो कतिपय भुमिगत जीवन विताउनेहरु अहिले राजनीतिक मुलधारमा छन् ।
उता वार्तामा नआएका समुहहरु सुरुमा पहाडी समुदायलाई निशानामा बनाउने क्रमलाई तिब्रता दिन थालेपछि तिनीहरु विस्थापित हुन बाध्य भए । अनि चन्दा दिनका लागि मधेसी समुदायका कर्मचारी, व्यापारीहरुलाई तिनीहरुले धम्क्याउने, अपहरण गर्ने, गोली प्रहार गर्ने र हत्या सम्मका कामहरुलाई तिब्रता दिन थालेपछि स्थानिय स्तरमा पनि तिनीहरु प्रति जनआक्रोश वढ्दै गयो ।  अनि प्रहरीले पनि ती समुहमा आवद्ध भएका व्यक्तिहरुलाई इन्काउन्टर गर्न थाले ।



२०७४ पौष १६ गते आईतबार