Monday, November 28, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

यस्तै भ्रामक माग राखेर हामीले जनतालाई लडाएर खानुपर्छ । आखिर हामी सबै नेता भाई–भाई न हो । देखाउने र खाने दाँत बेग्ला–बेग्लै !
२०७३  मंसिर १२ गते  आईतवार

२६ हजार भन्दा वढी अस्थायी शिक्षकहरु बेरोजगार बन्दै अस्थायी शिक्षकहरु आन्दोलनलाई सशक्त बनाउने रणनीतिमा

अजय अनुरागी
जनकपुरधाम............
नेपालमा अब अस्थायी शिक्षकहरु नरहने भएका छन् । नेपालको शिक्षा ऐन २०२८ लाई संशोधन गर्नका लागि व्यवस्थापिका संसदमा प्रस्तुत भएको संशोधन विधेयक २२ जेष्ठ २०७३ मा पारित भई १५ अषाढ २०७३ मा राष्टूपति विद्यादेवी भण्डारीबाट प्रमाणिकरण समेत भईसकेपछि देशका सम्पुर्ण विद्यालयहरुमा कार्यरत रहेका अस्थायी शिक्षकहरु अब पदमुक्त हुनेछन् । देशभरी करिब २६ हजार १ सय ५१ जना अस्थायी शिक्षक रहेको बताइन्छ । जसमध्ये १८ हजार भन्दा वढी अस्थायी शिक्षकहरु मधेसी समुदायको मात्रै रहेको बताइन्छ ।
जारी भएको नयाँ ऐनमा अस्थायी शिक्षकले स्थायी हुनका लागि कि त प्रतिस्पर्धामा जानुपर्ने वा सुविधा लिई अवकाश लिनुपर्ने व्यवस्था गरिएको हो । कार्यरत रहेका अस्थायी शिक्षकहरुका लागि अब ती दुई विकल्पहरु मध्ये एउटा विकल्प चुन्नु नै पर्ने बाध्यता रहेको छ । कि त अवकाश लिनु पर्यो वा प्रतियोगितामा उम्मेदवार भएर आयोगबाट पास हुनुपर्यो । त्यसमा पनि ती शिक्षकहरुले प्रतियोगितामा भाग लिईसकेपछि अनुत्तिर्ण हुँदा पछि गएर ती सेवा सुविधा लिन पाउने छैनन् ।  केपी शर्मा ओली नेतृत्वको सरकारमा शिक्षा मन्त्री रहेका गिरी राज मनि पोखरेलले शिक्षा ऐनमा परिवर्तन गरी त्यस्तो व्यवस्था ल्याएका हुन । उक्त ऐन अनुसार स्थायी हुनका लागि विज्ञापनमा उम्मेदवार हुन दरखास्त दिने अन्तिम मितिसम्मको अवधिलाई गणना गरी अधिकतम सेवा अवधि २० बर्ष मानि  सुविधा दिने व्यवस्था गरिएको छ । ५ बर्ष देखि १० बर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक बर्षको निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम, १० बर्षभन्दा वढी १५ बर्षसम्म सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक बर्षको निमित्त आखिरी १ महिनाको तलब बराबरको रकम र १५ बर्षभन्दा वढी सेवा गरेको शिक्षकलाई निजले काम गरेको प्रत्येक बर्षको निमित्त आखिरी डेढ महिनाको तलब बराबरको रकम दिइने व्यवस्था गरिएको हो । यसरी अवकाश लिनका लागि विज्ञापनको दरखास्त दिने अन्तिम मिति अगावै सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिनुपर्ने, उम्मेदवार नहुने अस्थायी शिक्षक र त्यस्तो विज्ञापन बमोजिम लिइएको प्रतियोगात्मक परीक्षामा छनौट हुन नसकेका अस्थायी शिक्षक प्रतियोगात्मक परीक्षाको नतिजा प्रकाशित भएको मितिबाट स्वतः अवकाश भएको मानिने छ । २०६१ साल साउन २२ गते पछि २०७२ साल असोज २ गतेसम्म रिक्त रहेका कुल दरबन्दीको ४९ प्रतिशत पदमा त्यस्तो दरबन्दी वा सो दरबन्दीको लियन पदमा अस्थायी वा सट्टा शिक्षकको रुपमा अविच्छिन्न रुपमा कार्यरत अस्थायी शिक्षकका लागि खुल्ला प्रतियोगात्मक लिखित परीक्षा, अन्तरबार्ता र प्रयोगात्मक परीक्षा मार्फत चयन गरिने जनाइएको छ । २०६१ साल साउन २१ गतेसम्म रिक्त भई पदपुर्ती हुन नसकेको दरबन्दीमा २० पौष २०४९ भन्दा अघि अस्थायी शिक्षकमा नियूक्ति पाई अविच्छिन्न रुपमा कार्यरत रहेका अस्थायी शिक्षकका लागि यस्तो व्यवस्था गरिएको हो ।
आन्दोलित अस्थायी शिक्षक
पछिल्लो समयमा जिल्ला शिक्षा कार्यालय धनुषामा
 अस्थायी शिक्षकहरुले दिएको धर्ना ।
सरकारको उक्त कदमबाट असंतुष्ट बनेका अस्थायी शिक्षकहरु देशैभरी आन्दोलित भएका छन् । विभिन्न जिल्लामा शिक्षा कार्यालयमा धर्ना दिई आन्दोलित अस्थायी शिक्षकहरुलाई राज्यले पछिल्लो समयमा भारतको राष्टूपति प्रणव मुखर्जी आउने भएकाले आन्दोलनले अन्तर्राष्टिूय स्तरमा समेत नराम्रो संदेश जाने भनेर आन्दोलन स्थगित गरिएको थियो । तर, अब फेरी आन्दोलनलाई कसरी सशक्त बनाउने भन्ने उद्देश्य लिएर अस्थायी शिक्षकहरुले देशैभरीका प्रतिनिधिहरुलाई बोलाई ११ मंसिरमा जनकपुरमा भेला गरिरहेका छन् । उक्त भेलाबाट आन्दोलनको कार्यक्रमहरु तय भई आन्दोलन अगाडी वढाउने तयारी भईरहेको अस्थायी शिक्षक संघर्ष समिति धनुषाका अध्यक्ष आमोद कुमार झाको भनाई रहेको छ । देशैभरी राष्टूलाई आवश्यकता परेको बेला हामी अस्थायी शिक्षकहरुले आफ्नो योगदान गर्यौ, तर अहिले आएर उमेर ढल्किसकेको, कुनै पनि रोजगारीका लागि उमेर हदका कारण पनि अयोग्य भईसकेको अवस्थामा आफ्नो जिविकोपार्जन कसरी गर्ने भन्ने गम्भीर सवाल खडा भएकै कारण आफुहरु आन्दोलित भएको झाको भनाई छ । सम्पुर्ण अस्थायी शिक्षकहरुलाई प्रक्रिया पुर्याई स्थायी गरिनुपर्ने, योगदान गरेको सतप्रतिशत सेवा अवधि प्रदान गरिनुपर्ने, अवकाश प्राप्त भईसकेका अस्थायी शिक्षकहरुलाई स्थायी स्वरुप सेवा सुविधाहरु प्रदान गरिनुपर्ने लगायतका ४ सुत्रिय माग राखि शिक्षकहरु आन्दोलित भएका हुन ।
सर्बोच्च अदालतबाट अस्थायी शिक्षकको सन्दर्भमा भएको ऐतिहासिक परमादेशको आदेश
२४ माघ २०६६ मा सर्बोच्च अदालतको न्यायाधीशद्वय बलराम केसी र प्रेम शर्माको संयूक्त इजलासबाट अस्थायी शिक्षकहरुको सेवा सुविधा दिने सन्दर्भमा एउटा परमादेशको आदेश भएको देखिन्छ । प्यूठान, ओखरकोट ५ घर भई कैलाश मावि गोत्री ८ महती बाजुराका निमाविका एक जना अस्थायी शिक्षकले शिक्षा मन्त्रालय र शिक्षक सेवा आयोग विरुद्ध गरेको परमादेश मुद्दामा सर्बोच्च अदालतले गरेको परमादेश आदेशमा के भनिएको छ भने, शिक्षा ऐन २०२८ मा भएको २०६३ सालको संशोधनले स्थायी हुन नसकेका शिक्षकहरु मध्ये ५ बर्षभन्दा वढी अवधि अस्थायी शिक्षकको रुपमा काम गरेका शिक्षकलाई नेपाल सरकारले तोके बमोजिमको सुविधा दिन सकिने व्यवस्था बमोजिम त्यस्ता अस्थायी शिक्षकलाई के के सुविधाहरु दिन सकिने हो, तुरुन्त निर्णय गरी त्यस्ता सुविधा दिने दिलाउने व्यवस्था गर्नु गराउन विपक्षीहरुको नाउँमा परमादेशको आदेश जारी गरिएको हो ।
त्यसैगरी अर्को एउटा परमादेशमा पनि ऐतिहासिक आदेश गरिएको छ । २४ माघ २०६६ मा सर्बोच्च अदालतका न्यायाधीशद्वय बलराम केसी र प्रेम शर्माकै संयूक्त इजलासबाट गरिएको परमादेशमा के भनिएको छ भने सामुदायिक विद्यालयमा रिक्त शिक्षक पद अस्थायी प्रक्रियाद्वारा भर्ना गर्दा कतिपय शिक्षकहरु ३० बर्ष सेवा गर्दा पनि स्थायी हुन नसकेका र जिवनको सम्पुर्ण समय अध्ययन अध्यापनमा विताएका शिक्षकहरुले अवकाश हुनुपर्दा कुनै प्रकारको सुविधा नपाएको भन्ने निवेदन दावीलाई मनन योग्य ठानिन्छ । कानुनी व्यवस्था विपरित रिक्त पद स्थायीद्वारा पुर्ती गर्न विज्ञापन नगर्ने, रिक्त पदमा अस्थायी नै भर्ना लिँदै जाने प्रवृतिले शिक्षा क्षेत्र, शैक्षिक जगत, त्यसबाट शिक्षा प्राप्त गर्ने विद्यार्थी बर्ग तथा स्वयम अस्थायी शिक्षकहरु समेत प्रभावित हुन पुग्ने देखिन्छ । यस्तो अवस्थामा सामुदायिक विद्यालयमा रिक्त शिक्षक पद कानुनमा व्यवस्था भए बमोजिम पद पुर्ती हुनुपर्छ भन्नेमा दुई मत हुन सक्दैन । शिक्षा ऐनमा भएको संशोधित उक्त व्यवस्था लागु भएको तीन बर्ष वितिसक्दा पनि अझैं अस्थायी भर्ना गर्ने गरी भएको कार्य कानुन विपरित मात्र होइन, अधिकारको दुरुपयोग समेत भएको मान्नु पर्छ । परमादेशको आदेश कानुन बमोजिम अधिकार प्राप्त अधिकारीबाट आफुलाई प्राप्त कर्तव्य पुरा गर्न तत्परता नदेखाएको अवस्थामा कानुनी कर्तव्य पुरा गर्न दिइने आदेश हो । कानुनले तोकेको कर्तव्य पालना गर्न तत्परता नदेखाउने विपक्षीहरुको कार्य कानुनको शासनको अवधारणा अनुकुल मान्न मिल्दैन । यस्तै अवस्थामा परमादेशको आदेश जारी गरिन्छ ।
अतः शिक्षा ऐन २०२८ मा भएको २०६३ सालको संशोधनले दफा ११ (च) को उपदफा १ (घ) मा समावेश गरेको कानुनी व्यवस्था बमोजिम सामुदायिक विद्यालयमा रिक्त हुन आएको शिक्षक पदहरु अस्थायी रुपमा पुर्ती गर्ने कार्य अबिलम्ब अन्तय गरी प्रत्येक विज्ञापन गरी ६ महिना भित्र स्थायी रुपमा पदपुर्ती गर्ने व्यवस्था गर्नु गराउनु र ऐनमा भएको उपरोक्त व्यवस्था प्रभावकारी रुपमा कार्यान्वयन गर्नु र गराउनु भनि विपक्षीहरुको नाममा परमादेशको आदेश जारी गरिदिएको छ ।
अस्थायी शिक्षक सम्बन्धि भएका सम्झौताहरु
अस्थायी शिक्षकहरुले स्थायीको लागि समय समयमा गरेको आन्दोलन पश्चात नेपाल सरकारको उच्च निकायबाट विभिन्न किसिमका सम्झौताहरु गरिएको छ । ७ पुष २०५५ मा कम्तिमा १ बर्ष अस्थायी सेवा गरेका लाई स्थायी गर्ने सम्झौता गरियो । २०५६ अषाढ मसान्तसम्म नियूक्त सबैलाई स्थायी गर्ने भनि २७ साउन २०५६ मा सरकारले सम्झौता गरेको हो । तत्कालिन शिक्षा मन्त्री विमलेन्द्र निधिले २१ साउन २०६१ सम्म अस्थायी रुपमा कार्यरत अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्न गठित समिति २०६१ले सुझाव सहितको प्रतिवेदन बुझाएको थियो । १० बैशाख २०६३ अघि सामुदायिक विद्यालयमा कार्यरत अस्थायी शिक्षकहरुको छुट्टै प्रतियोगिता गरी स्थायी गर्ने भनि ८ मंसिर २०६३ मा तत्कालिन शिक्षा मन्त्री मंगल सिद्धि मानन्धरले सम्झौता गरेका थिए । ११ कार्तिक २०६६ मा शिक्षक यूनियन, कर्मचारी यूनियन र नेपाल सरकारका उच्च स्तरीय मन्त्रीहरुको समुह र प्रमुख पार्टीहरुको प्रवत्ता सहित बार्ता समितिका बीच भएको १४ बुँदे सम्झौताको चौथो बुँदामा अस्थायी शिक्षकहरुको सम्बोधनका लागि सहमति भएको थियो ।
अस्थायी शिक्षकहरुको समस्या समाधान गर्न गठित समितिको सुझाव
अस्थायी शिक्षकहरुको समस्या समाधान गर्नका लागि १७ मंसिर २०६१ मा शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्री स्तरिय निर्णयबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव महेश्वर शर्मा पौडेलको संयोजकत्वमा १५ सदस्यीय समिति गठन गरिएको थियो । कुल १४ पटक बसेको उक्त समितिको बैठकले समस्या समाधानका लागि १३ सदस्यीय सुझावहरु प्रस्तुत गरेको  थियो । जसअन्तरगत पहिलो सुझावको रुपमा आन्तरिक खुल्ला प्रतियोगिता गर्ने भनिएको थियो । २०५२ सालमा भएको विज्ञापनको टुङ्गो २०६० सालमा मात्र लागेको, त्यसबाहेक पदपुर्तीका अरु विज्ञापन हुन नसकेकोले लामो समयसम्म शिक्षकहरु अस्थायीकै रुपमा बस्नु परेको देखिन्छ । २०४८ सालमा अन्तरबार्ताबाट शिक्षकहरुलाई स्थायी गरेको भएता पनि विभिन्न कारणबाट त्यस अघिका पनि केही शिक्षकहरु अस्थायी नै रहेको हुनाले अस्थायी र विस्थापित शिक्षकहरुको आन्तरिक खुल्ला प्रतियोगिताबाट पदपुर्ति गर्ने व्यवस्था मिलाउन सुझाव दिएको थियो । अस्थायी शिक्षकको परिभाषा अन्तरगत सामुदायिक विद्यालयहरुमा २०६० चैत्र मसान्तसम्म १ बर्ष सेवा अवधि पुगेका रिक्त दरबन्दीमा नियूक्ती भई हाल जिल्ला शिक्षा कोषबाट तलब भत्ता खाने अस्थायी शिक्षकहरुलाई जनाउँदछ भने उल्लेख गरिएको थियो । २०५९ साल बैशाख १ गते भन्दा अगाडी नियूक्ती पाएका कार्यरत अस्थायी र विस्थापित शिक्षकहरुको हकमा शिक्षक सेवा आयोगले अ वगर्ने विज्ञापनमा एक पटकका लागि उमेरको हद नलाग्ने व्यवस्था गर्ने, २०५२ साल अषाढ मसान्त अघि अस्थायी नियूक्ति पाई स्थायी हुने शिक्षकहरु उमेरको हदबाट अवकाश पाउँदा २० बर्ष नोकरी नपुगि निवृतिभरण नपाउने भएमा निजले गरेको अविच्छिन्न सेवा अवधि गणना गर्दा २० बर्षभन्दा कम भएमा नपुग अवधि थप गरी निवृतिभरण दिने व्यवस्था गरिने भनि सुझाव दिएको थियो । त्यसैगरी त्यस्ता अस्थायी शिक्षकहरुलाई क्षतिपुर्ति बापत उपदानको रकम दिँदा ५ बर्ष देखि १० बर्षसम्म काम गरेकालाई प्रतिबर्षका निमित्त आखिरी आधा महिनाको तलब बराबरको रकम दिने, १० बर्षभन्दा बढी १५ बर्षसम्म काम गरेकालाई प्रतिबर्षका निमित्त आखिरी १ महिनाको तलब बराबरको रकम दिने र १५ बर्षभन्दा वढी जतिसुकै अवधि भएपनि प्रत्येक बर्षका लागि आखिरी डेढ महिनाको तलब बराबरको रकम दिने भनि सुझाव दिएको थियो ।
त्यसैगरी औषधि उपचारका सन्दर्भमा शिक्षा नियमावली २०५९ मा स्थायी शिक्षकको लागि उपचार खर्चको व्यवस्था भएका आधारमा २० बर्ष नोकरी अवधिलाई पुरा अवधि मानि जे जति अवधि काम गरेका हुन सोलाई दामासाहीका दरले हुन आउने औषधि उपचारको रकम उपलब्ध गराउने भनि सुझाव दिइएको थियो । विशेष व्यवस्था अन्तरगत सामुदायिक विद्यालयहरुका रिक्त स्वीकृत दरबन्दीमा अस्थायी नियूक्ति भई शैक्षिक सत्र २०४६÷०४७ सम्ममा कम्तिमा एक शैक्षिक सत्रसम्म काम गरिसकेका तोकिएको योग्यता पुगेका मिति २०४८ जेष्ठ २७ को मन्त्रीपरिषदको निर्णयानुसार स्थायी हुन पर्नेमा छुटेका कार्यरत अस्थायी शिक्षकहरुलाई अन्तरबार्ता लिई प्रक्रिया पुरा गरी स्थायी गर्ने, २७ साउन २०५६ मा गरिएको मन्त्रीपरिषदको निर्णयमा परेका अस्थायी शिक्षकहरु आन्तरिक खुल्ला प्रतियोगिताबाट पनि स्थायी हुन नसकेमा त्यस्ता शिक्षकहरुको तथ्याङ्क संकलन गरी श्री ५ को सरकारले व्यवस्था गरी न्यून्तम मापदण्ड पुरा गर्ने शिक्षकहरुलाई स्थायी गर्न मनासिव देखिएकाले प्रयोगात्मक र अन्तरबार्ता परीक्षा लिई स्थायी गर्ने प्रक्रिया अपनाउने भनि सुझाव दिइएको थियो ।
शिक्षकहरुको तथ्याङ्क
शिक्षा मन्त्रालयको आँकडा अनुसार राज्यको ढुकुटीबाट तलब खाने स्वीकृत दरबन्दीका १ लाख ९ हजार १ सय १८ र राहत कोटाका ३८ हजार ३ सय ७८ गरी कुल १ लाख ४७ हजार ९ सय ६ जना शिक्षक छन् । यीमध्ये शिक्षक सेवा आयोगले विगत तीन वर्षको अवधिमा जिल्ला तहको प्रतिस्पर्धाबाट छानेका शिक्षकको कुल संख्या १७ हजारभन्दा बढी हुँदैन् ।
पहुँचका आधारमा शिक्षक बनेका करिब २० हजार अस्थायी शिक्षकलाई तत्कालीन कृष्णप्रसाद भट्टराई सरकारले २०४८ मा बिनापरीक्षा स्वतस् स्थायी गरेर त्यस्तो प्रवृत्तिलाई संस्थागत गरिदिएको थियो । स्वतः स्थायी प्रकरण सकिएको चार वर्षपछि सरकारले जिल्ला तहमा शिक्षा सेवा आयोग गठन गरेर औसत ४० जनाको सिटमा पाँच सयभन्दा बढीलाई लिखितमा उत्तीर्ण गर्यो । तर, आफ्ना कार्यकर्ता र आफन्त भर्ती गर्ने होडबाजीमा त्यसको परिणाम प्रकाशित हुन आठ वर्ष लाग्यो । अन्ततः त्यही नै भयो, आफन्त र कार्यकर्ताले नै मौका पाए । लटरपटर गरेर यतिबेला करिब २० हजार शिक्षक स्थायी भए । ०६३ मा फेरि पहिले भर्ती गरिएका आफन्त र कार्यकर्तालाई आन्तरिक प्रतिस्पर्धाका नाममा कुनै जाँच नलिई स्थायी गरियो । यसबाट १५ हजार त्यस्ता मानिसले स्थायी शिक्षक हुने अवसर छोपे ।
२०६२ र ०६३ को परिवर्तनपछि फेरि आफ्ना मान्छेलाई जागिर खुवाउन नयाँ पद सिर्जना गरियो( राहत शिक्षक । यो नाउँमा फेरि बिनापरीक्षा ३८ हजार ३ सय ७८ ले शिक्षकको जागिर पाए । शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव जनार्दन नेपालको संयोजकत्वमा बनेको सरकारी कार्यदल, २०६५ ले राहत विकृतिबारे भनेको छ, ‘सरोकारवालाबीचको द्वन्द्वका कारणले जिल्लामा राहत वितरण गर्न ढिलो भइरहेको छ भने चाहेका मान्छे नियुक्ति गर्न नसिकने आशंकाले कतिपय विद्यालयमा नियुक्ति प्रक्रिया नै रोकिने गरेको छ ।’
राहत शिक्षक भर्नाको चक्कर सकिएपछि जभाभावी आफ्ना मान्छे भर्ना गर्न नयाँ तरिका अपनाइएको छ( सहयोगी कार्यकर्ता नामको पद सिर्जना गरेर । देशभरिका विद्यालयमा बालविकास केन्द्र स्थापना गरेर धेरैजसो एसएलसी पनि उत्तीर्ण नगरेका ३० हजार सहयोगी कार्यकर्ता भर्ना गरिएका छन् । विद्यालय तहबाटै भर्ना गरिएका सहयोगी कार्यकर्ताले उक्त पदमा जागिर पाउन कुनै जाँच दिनुपरेको छैन । सरकारी विद्यालयको बाल विकास केन्द्र निजी विद्यालयका मन्टेसरीरकिन्डरगार्टेनसरहको हो । निजी क्षेत्रका यस्ता केन्द्रमा पठित र तालिमप्राप्तले मात्रै काम पाउँछन् । तर, सरकारीमा भने एसएलसीसमेत उत्तीर्ण नगरेका बेरोजगार योग्य मानिएका छन् ।
२०६२ मा शिक्षामा सरकारको लगानी २१ अर्ब २५ करोड ४४ लाख थियो भने चालू आर्थिक वर्षमा शिक्षामा लगानी १ खर्ब १५ अर्ब पुगेको छ । यसमध्ये ६० अर्ब अर्थात् करिब ५७ प्रतिशत शिक्षाको बजेट शिक्षकको तलबमा खर्च हुन्छ । विद्यालय तहमा जाने अनुदानमध्ये ८७ प्रतिशत त शिक्षक तलबमै सकिन्छ । अझ गजबको तथ्यांक त के भने विसं २०२८ देखि हालसम्म शिक्षकलाई योग्य बनाउन तालिम आदिका लागि मात्रै १० अर्ब रुपियाँभन्दा बढी खर्च भइसकेको छ । तर, शैक्षिक नतिजा भने एसएलसी सुरुआत गरेको दशकको तुलनामा धेरै तल झरेको छ ।



२०७३  मंसिर १२ गते  आईतवार

Tuesday, November 22, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

हामी राष्ट्रवादीले भारु रुपैयाँलाई किन लिनु पर्यो, त्यो त जसले लिए त्यसले जानुन ।

२०७३ मंसिर ०५ गते आईतबार

सिंघानिया हत्यामा सरेश सर्राफ, नबल मुरारका र बृजकुमार यादवलाई प्रहरीले उन्मुक्ति दिन खोजेको छ ः संजय साह

अजय अनुरागी
जनकपुरधाम............
जनकपुरको चर्चित आपराधिक घटनाहरुको मध्ये एक संचार उद्यमी तथा व्यापारी अरुण कुमार सिंघानियाको हत्याको सवालमा नयाँ कुराहरु पनि खुलिरहेका छन् । सिंघानिया हत्याको प्रमुख अभियूक्तहरु मध्येका एक संजय साहले अदालत समक्ष  गरेको बयानका क्रममा नयाँ कुराहरु खुलेका छन् । सिंघानिया हत्या हुँदा अनुसन्धान गर्न आएको केन्द्रिय अनुसन्धान व्यूरो सहितको प्रहरी टोलीले नबल मुरारका, सरेश सर्राफ, मृतक अरुण सिंघानिया र जनकपुर टुडेका सम्पादक बृजकुमार यादवको मोवाइलको कल डिटेल्स नेपाल टेलिकमबाट मगाएको थियो ।तर प्रतिवादी अंशी राईन, योगेन्द्र सहनी, मुकेश चौधरी र राजन मुक्तिलाई पक्राउ गरि सकेपश्चात सरेश सर्राफ, नबल मुरारका र बृजकुमार यादव माथि अनुसन्धान केन्द्रित गरेको स्पष्ट देखिन्छ । तर, हालको २०७२ साल चैत्र तिरको अनुसन्धानको अनुसन्धानकर्ताले बास्तविक अपराधिलाई बचाउन उन्मुक्ति दिन प्रस्तुत अभियोग पत्रमा यी सम्पुर्ण प्रशंग  लुकाएको, गौन पारेको स्पष्ट देखिन्छ, संजय साहले अदालत समक्ष गरेको बयानमा उल्लेख छ ।
धनुषा जिल्ला अदालतका  जिल्ला न्यायाधीश डा. राजेन्द्र कुमार आचार्यको इजलासमा प्रतिवादी संजय कुमार साहले १ मंसिर देखि ३ मंसिर सम्म गरेको बयान जस्ताको तस्तै प्रस्तुत छ ः
स.१ज. मेरो बुवाको नाम साधुशरण साह आमाको नाम दुलारी देवी मेरो नाउ नागरिकतामा संजय कुमार साह उमेर ३९ बर्षको भए पेशा राजनीति गर्छु । घर जिल्ला धनुषा जनकपुर उपमहानगरपालिका वार्ड नं. २ मा पर्दछ । मेरो मोवाइल फोन नं. ९८५४०२०२०७ हो ।
स.२ ज. वादी नेपाल सरकार प्रतिवादी म समेत भएको कर्तव्य ज्यान मुद्दामा कारागार कार्यालय सिरहाद्वारा उपस्थित गराएकोले वयान गर्नका लागि यस अदालतमा उपस्थित भएको छु ।
स.३ ज. मिसिल नाम सुनाइएका जाहेरवालासँग चिन जान छैन । प्रतिवादीहरु मध्ये नामको आधारमा कसैलाई चिन्न सक्दिन जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतको क्रममा अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा ५÷७ जना मानिसलाई चिन्हाउदा अनुहार हेरेपछि प्रतिवादी ओम प्रकाश यादवलाई चिन्हेको छु । प्रतिवादी राम विनोद यादव अदालतमा उपस्थित भए पश्चात गाउँ घरको इष्ट मित्र मसँग कारागारमा भेटन आई मसँग कनकपट्टी गा.वि.स. वार्ड नं. १ मा बस्ने राम विनोद यादव भनी स्मरण( जानकारी) गराएपछि मैले चिन्हेको छु । म यसै क्षेत्रको निर्वाचित जनप्रतिनिधि भएको र मृतक अरुण सिंघानिया पनि यसै बजार क्षेत्रको प्रतिष्ठित उद्योगी व्यवसायी भएकोले मैले चिन्हेको थिए । रिसईवी लेनदेन झै झगडा छैन र म अदालतसँग निवेदन गर्दछु मेरो वयान झुठो र साँचो जाँच्ने पोलिग्राफ यन्त्र वा नार्को प्रविधि प्रयोग गरी सम्मानित अदालत समक्ष मेरो बयान गराई पाऊँ ।
श्रीमान्,
पोलिग्राफ जाँच गराई दिन हुन अधिकार प्राप्त अधिकारी समक्ष वयान गर्दा माग गरेको र साथै मेरो घर परिवारले सार्वजनिक संचार माध्यमबाट सरकारसँग तथा स्थानीय प्रहरी प्रशासन समक्ष सरकारी वकिल, मेरो कानुन व्यवसायी र मानव अधिकारकर्मी तथा पत्रकारको रोहवरमा पोलिग्राफ जाँच गराई दिन गरेकोमा प्रहरीले पोलिग्राफ जाँचको लागि वाध्य भई तयार भए तर कसैको रोहवरमा वयान गराउन मानेनन जवकी प्रहरीको पोलिग्राफ परीक्षण स्वीकृति फाराममा नै साक्षीको रोहवरमा वयान गराउने व्यवस्था गरेको छ र मेरो पोलिग्राफ जाँचको साथै मलाई पोल गर्ने सह अभियूक्त चन्द्रदीप यादव समेतको पोलिग्राफ जाँच गराई दिन माग गरेकोमा तथा प्रहरी प्रधान कार्यालयको च.नं. १२६० मा म निवेदक लगायत अन्य प्रतिवादीहरुको समेत पोलिग्राफ जाँच गर्न खटाइएको भए तापनि प्रहरीले वदनियत पुर्वक मलाई पोल गर्ने सह अभियूक्त चन्द्रदीप यादवको पोलिग्राफ जाँच गरेन । तथापि प्रहरीको तर्फबाट पोलिग्राफ जाँच गर्ने विशेषज्ञ गणेश बहादुर श्रेष्ठले गरेको पोलिग्राफ जाँचबाट म निर्दोष देखिए जो तत्काल कम्प्यूटरले देखाए तर त्यसको रिपोर्टलाई शुरुमा लुकाउन खोजे, अपवाह फेलाउने कोशिस गरे कि संजय साहले पोलिग्राफ जाँच गर्न तयार भएन तर कान्तिपुर लगायतका राष्टिूय र स्थानीय पत्रिकाले पोलिग्राफ जाँच भयो भनी प्रकाशित गरी दिएको कारणले त्यसमा सफल नभएपछि जाँच रिपोर्ट अदालतमा बुझाएन आलटाल गरे तर प्रहरीले मलाई वलजवरजस्ती मुद्दा माथि मुद्दा लगाई फसाई राखेकोले त्यसको विरोध गर्दै सरकारी वकिल कार्यालय मार्फत बयान द्वारा नेपाल सरकारलाई जानकारी गराई म आमरण अनशनमा वसी रहेको कारणले सरकारका समेत ध्यानाकर्षण समेत भएको र प्राविधिक कारणले जाँच रिपोर्ट परिवर्तन गर्न नसक्ने भएको मिति २९ चैत्र २०७२ गतेको पुरानो मिति राखि  २७ बैशाख २०७३ गते अदालतमा जाँच रिपोर्ट नपठाई मात्र एउटा चिठी संजय साहले पुलिसलाई सहयोग नगरेकोले ओपिनियन दिन नसक्ने भनी एउटा चिठी मात्र अदालतमा पठाई दिए जवकी ् पोलिग्राफ जाँच गर्दा ओडियो भिडियो रेकर्ड तथा जाँचको क्रममा बोल्दा वखतको शरिरको जैविक प्रतिक्रियाको ग्राफ रेकर्ड (इसिजी रिपोर्ट जस्तो) सम्पुर्ण सामग्रीहरु प्रहरीसँग रहेको हो भनी पोलिग्राफ परीक्षण स्वीकृती फाराम बुँदा नम्बर ४ बाट समेत प्रष्ट हुन्छ । यी प्रसँगबाट पनि प्रहरीको वदनियत स्पष्ट हुन्छ । तसर्थ सो जाँच सामग्रीहरु पोलिग्राफ रेकर्ड तत्काल झिकाई पाउँ तथा सम्मानित अदालत वा अदालतको रोहवरमा पुनः पोलिग्राफ जाँच गरी पाउँ सो जाँच गर्न लाग्ने सम्पुर्ण खर्च व्यहोर्न तयार छु भनी २३ साउन २०७३ गते च.न.२५२ बाट कारागार कार्यालय डिल्ली बजार मार्फत निवेदन समेत पठाएको सम्मानित अदालतलाई स्मरण गराउन चाहन्छु ।
स.४ मिति १७ फागुन २०६६ गते साझै ६ः३० बजेको समयमा तपाई कहाँ हुनुहुन्थ्यो ? सो दिन अन्य प्रतिवादीहरु र मृतक सँग भेटघाट भएको छ छैन ।
ज.४ मिति २०६६ साल फागुन ९  गते देखि उक्त मितिमा मन्त्री भएकोले ऐ.१९ गतेसम्मको सम्मानिय प्रधानमन्त्री ज्यूबाट स्वीकृत लिई तराईका बारा जिल्ला देखि सप्तरी जिल्लासम्मको भ्रमण, विकास निर्माणको निरीक्षण र पाटी कार्यक्रममा भाग लिन गएकोमा महोत्तरी र धनुषाको कार्यक्रम त्यस भेगको ठुलो धार्मिक उत्सव मिथिला परिक्रमा तथा होली पर्वको कारण हुन नसकेकोले २०६६ साल फागुन १६ गते काठमाण्डौ फिर्ता भई २०६६ साल फागुन १७ गते तराईको परम्परा अनुसार ललितपुर स्थित निजी मन्त्री निवासमा होली मनाई बसेकोमा फागुन १७ गते बसेको थिए । म २०६६ साल फागुन १६ गते देखि नै ललितपुर स्थित रहेकोले अन्य प्रतिवादीहरुसँग र मृतकसँग भेटघाट भएको छैन, होइन ।
स.५ मृतक अरुण सिंघानियालाई को कसले कर्तव्य गरी मारेको हो खुलाई दिनु होला ।
ज.५. मृतक अरुण सिंघानियालाई को कसले कर्तव्य गरी मारेको मलाई थाहा छैन, होइन । तर प्रहरीले तयार पारेको मिसिल अनुसार घटना घटाउने भनिएका प्रतिवादीहरु अंशी राइन, योगेन्द्र सहनीलाई २०७० साल फागुन तिर प्रहरीले निजहरुलाई पक्राउ गरी सार्वजनिक अपराध लगायतका मुद्दा लगाई त्यसको आडमा प्रस्तुत मुद्दाको सन्दर्भमा व्यापक अनुसन्धान गरी प्रस्तुत मुद्दामा प्रतिवादी कायम गरी २०७१ साल बैशाख २३ गते अधिकार प्राप्त अधिकारी समक्ष बयान गराएको देखिन्छ र उक्त घटनाको संचार माध्यममा जिम्मेवारी लिने राजनमुक्ति २०७० साल मंसिर मितर र अर्को जिम्मेवारी लिने व्यक्ति प्रतिवादी मुकेश चौधरी २०७० साल फागुन तिर पक्राउ पर्दा निजहरुमाथि व्यापक अनुसन्धान गरे  पश्चात उक्त घटना आपसी ईषादोष तथा आर्थिक कारणले घटाइएको हो भनी प्रहरीले शुरु देखि गर्दै आईरहेको अनुसन्धानमा थप विश्वस्त भई अरुण सिंघानियाको नजिकका व्यक्तिहरु मुन्ना भन्ने शरेश सरार्फ, जसको मोवाईल नम्बर ९८५४०२०९४७ को तथा जो ठुलो उद्योगपति हुन । जसको घरमा मृतक अरुण सिंघानिया घटना बारदातको दिन विहान ९ः०० बजे देखि २ः०० बजेसम्म बसेका थिए र नवल मुरारका जसले ९८५४०२५०१९ नम्बरको मोवाईल फोन प्रयोग गर्थे र जसको प्लाष्टिक फैक्टूीको सम्बन्धमा राजेश अग्रवालसँग विवाद हुँदा मृतक अरुण सिंघानियाले सो फैक्टूी राजेश अग्रवालको पक्ष लिई दिलाई दिएकोमा पुनः नवल मुरारकाले अरुण सिंघानियालार्य अटेर गरी राजेश अग्रवालबाट फैक्टूी फिर्ता लिएको भनी राजेश अग्रवाल र श्याम सुन्दर अग्रवाल भन्ने श्याम डाकानियाले प्रहरीमा गरेको कागजबाट देखिन्छ र यस सन्दर्भमा विचारणीय के छ भने नवल मुरारकाको घरमा पुजामा सरीक भई वाहिर निष्कीदा अरुण सिंघानियाको हत्या भएको हो र जो श्याम सुन्दर अग्रवाल भन्ने श्याम डोकानियाले प्रहरीमा “माडवारी समुदायको संस्कृत तथा चलन विपरित होलीकोदिन श्याम बावाको पुजा नवल मुरारकाले राखेको थियो” भनी भनेकोबाट सो विषय थप रहस्यमय हुन गएको छ । त्यस सन्दर्भमा थप विचारणिय के छ भने प्रतिवादी अंशी राईन र प्रतिवादी योगेन्द्र सहनीले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयानबाट निज प्रतिवादीहरुलाई मृतक अरुण सिंघानिया जनकपुरको शिव चौकमा नवल मुरारको घरमा पुजाको कार्यक्रममा आउँदा भनी सटिक जानकारी निज प्रतिवादीहरुलाई रहेको देखिन्छ । मृतक अरुण सिंघानियाको वारेमा प्रतिवादी अंशी राईन र प्रतिवादी योगेन्द्र सहनी लगायतका प्रहरी शुटर भनिएका व्यक्तिहरुलाई सटिक जानकारी कसरी भयो ? कसले जानकारी गराई रहेको थियो ? सो सन्दर्भमा हालको अनुसन्धानकर्ता नियत वस मौन रहेको छ र यस सन्दर्भमा थप तथ्य के हो भने केन्द्रिय अनुसन्धान व्यूरोको च.नं.२४३ सि.मिति २२ जेष्ठ २०७१ गते नेपाल टेलिकमले पत्राचार गरी नवल मुरारका र सरेश सरार्फ लगायत निज मृतक अरुण सिंघानियाको पत्रिका जनकपुर टुडेको सम्पादक वृजकुमार यादवको मोवाईल फोन नं. ९८५४०२००२५ समेतको कलडिटेलस मगाएको देखिन्छ । जसबाट यी प्रतिवादी अंशी राईन प्रतिवादी योगेन्द्र सहनी प्रतिवादी मुकेश चौधरी र राजन मुक्तिलाई पक्राउ गरी सकेपश्चात निज सरेश सरार्फ नवल मुरारका र वृजकुमार यादव मािथ अनुसन्धान केन्द्रित गरेको स्पष्ट देखिन्छ । तर हालको २०७२ साल चैत्र तिर गरेको अनुसन्धानको अनुसन्धानकर्ताले  वास्तविक अपराधीलाई बचाउन उन्मुक्ति दिन प्रस्तुत अभियोग पत्रका यी सम्पुर्ण प्रसंग लुकाएको गैन पारेको स्पष्ट देखिन्छ ।तेतीमात्र नभई हालको अनुसन्धानकर्ताले वास्तविक अपराधीलाई बचाउन उन्मुक्ति दिन मृतक अरुण सिंघानियाको कलडिटेल्स, शंकास्पदहरु मोवाईलको कलडिटेल्स र मृतकलाई हत्या हुनु भन्दा अगाडी एसएमएस गरेको मानिसको समेतको कलडिटेल्स लुकाएको गौन पारेको देखिन्छ ।
जवकी उक्त कल डिटेल्सहरु मृतकको हत्या पछिको दुई दिन भित्रै प्राप्त गरी सकेको भनी मिति २०६६ साल फागुन १९ गतेको प्रहरी संचारबाट स्पष्ट हुन जान्छ र पछि नेपाल टेलिकमले २४ जेष्ठ २०७२ गते पत्रसाथ पठाएको मोवाईलको कलडिटेल्सको पाना थान १३ समेत लुकाएको देखिन्छ । जो लुकाउनुको एक मात्र उद्देश्य वास्तविक अपराधीलाई बचाएको स्पष्ट हुन्छ । प्रहरीले सो कलडिटेल्सहरु अदालतमा नबुझाएर स्वयम कानुनत अपराध गरी वास्तविक अपराधीलाई उन्मुक्ति दिई प्रहरीले पुर्व मन्त्री एवं सांसदलाई फसाउदा आफु चर्चित समेत हुन पाउने धनाढ्यहरुलाई उन्मुक्ति दिँदा आर्थिक लाभ समेत पाउने रणनीतिबाट मलाई फसाई म जनप्रतिनिधिको रुपमा जनताको पक्षमा प्रहरीको कुकृत्य भ्रष्टाचारीहरुलाई संरक्षण दिने कार्यको विरोध गर्ने गरेको कारणले प्रहरीहरुसँग पटक पटक झडप समेत भई विवाद भएको हो जसको प्रतिसोध स्वरुप समेत मलाई प्रस्तुत मुद्दा प्रतिवादी बनाई फसाएको भनी २०६४सालको प्रथम संविधान सभको सभासदमा निर्वाचित भईसकेपछिका राष्टिू पत्र पत्रिकाहरु लगायतका स्थानीय पत्र पत्रिकाले मेरो प्रहरीसँग भएको झडप र वाद विवाद बारे लेखेको समाचारहरुवाट सहजै सिद्ध हुन्छ । जो सम्पुर्ण पत्रिकाहरु यसै वयानका क्रममा पेश गर्ने नै छु । माथि दर्शाइएका कुरा सम्मानित अदालतमा रहेको मिसिल कागजातबाट नै उल्लेख गरेको छु । यदि थप प्रष्ट पार्नु परे त्यो समेत सोधी पाएमा पुष्टि गर्ने छु । पुर्व जिल्ला अदालतको आदेश बमोजिम सिरहा कारागार मै पठाई भोली पुुनः वयान कार्यको लागि उपस्थित गराई पाउ सिरहा कारागार गरी दिनु हुन अनुरोध छ ।
स.६ प्रतिवादी चन्द्रदीप भन्ने चन्द्रदीप यादवले अधिकार प्राप्त अधिकारी समक्ष गरेको बयानमा तपाई समेत भई मृतक अरुण सिंघानियालाई गोली हानी कर्तव्य गरी मारेको साविति बयान पढी बाची सुनाईन्छ ।सो कसो हो ।
ज.६ प्रतिवादी चन्द्रदीप भन्ने चन्द्रदीप यादवले अधिकार प्राप्त अधिकारी समक्ष गरेको वयान पढी बाची सुनाउँदा सुने उक्त घटना २०६६ साल फागुनमा घटी सकेपश्चात शुरु भएको अनुसन्धान प्रहरीले गर्दै जादा अंशी राईन तथा योगेन्द्र सहनीलाई २०७० साल फागुन तिर पक्राउ गरी सकेपश्चात उक्त घटनाको आपसी इर्षाद्वेष तथा आर्थिक कारणले घटाईएको भनि निष्कर्षमा प्रहरी पुगी त्यही अनुसारको जाहेरी दरखास्त लिएको तथा प्रहरी प्रतिवेदन तयार पारी घटनामा संलग्नहरुलाई प्रतिवादी कायम गरी अभियोग लगायतको देखिन्छ । यी शुरु देखि कै सम्पुर्ण अनुसन्धानमा मेरो नाम कही पनि उल्लेख भएको गरेको छैन । हाल २०७२ चैत्रमा प्रतिवादी चन्द्रदीप यादवबाट म विरुद्ध निज प्रतिवादी चन्द्रदीप यादवबाट अधिकार प्राप्त अधिकारी समक्ष गराएको सवाल जवाफ ९बाट देखिन्छ । निज प्रतिवादी चन्द्रदीप यादवको म विरुद्धको पोल झुठा काल्पनिक रहेको भनि निम्न तथ्य तथा प्रमाणहरुबाट स्वतः स्पष्ट हुन्छ ।
प्रतिवादी चन्द्रदीप यादवले संजय कुमार साहसँग कसरी चिन्ह जान भयो भनी सन्दर्भमा पोल बयान गर्दा स.ज.२ मा भनेको छ कि शुरुमा फोर्म नेपाल (उपेन्द्र यादवको समुह) मा लागेको थिए र स.ज.९ मा भनेको छ कि २०६३ सालको मधेस आन्दोलन हुँदा विरेन्द्र बजार एरियामा नेतृत्व गरेको थिए भनी संजय कुमार साह फोरम नेपालको नेता रहेकोले सोही अवस्थामा चिन्हेको हो भनी मनसायको पोल बयान चन्द्रदीप यादवले गरेको देखिन्छ । तर म संजय कुमार साह २०६३ सालमा मधेस आन्दोलन हुँदा नेपाली कांग्रेस थिए मधेस आन्दोलनको करिब दुई बर्ष पछि पहिलो संविधान सभा निर्वाचनको क्रममा नेपाली कांग्रेसबाट विजय गच्छदार, शरत सिंह भण्डारी लगायतका नेताहरु फोर्म नेपालमा प्रवेश गरे पश्चात निजहरुको आग्रहमा म फोरम नेपालमा प्रवेश गरेको हु जो सर्वविदित सत्य छ जसको पुष्टि फोरम नेपालको सदस्यता रसिदबाट समेत हुन्छ तथा उक्त मितिको पत्र पत्रिका समेतबाट स्पष्ट हुन्छ ।
प्रतिवादी चन्द्रदीप यादवले मृतक अरुण सिंघानियाको हत्या गर्ने जस्तो गम्भीर गोप्य योजनाको कुरा संजय साहले आफु (चन्द्रदीप) सँग किन गरयो भनी स्वकल्पीत झुठा कथा पत्यार लायक देखाउन तथा म विरुद्धको कल्पीत कथाको आधार स्तम्भ कडा गरी भनेको छ कि मधेस आन्दोलनको केही समय पछाडी मेरो (चन्द्रदीप) भाई रविन यादव मोटर साइकल दुर्घटनामा घाइते भएकोमा उपचार गराई ज्यान जोगाउन संजय कुमार साहले महत्वपुर्ण भुमिका खेलेकोले संजय कुमार साहबाट प्रभावित भई संजय साहको नजदिक रही काम गर्न लागेकोले संजय साहले अरुण सिंघानियाको हत्या गर्ने जस्तो गोप्य योजनाकोकुरा भनेको भनी म विरुद्धको पोल गर्नुको साथै निज मृतक अरुण सिंघानियाको हत्या पश्चात संजय साहसँग हत्या गराएको वापतको पैसा(रुपैयाँ) माग्दा भाई रविन यादवको उपचारमा रु. २ लाख खर्च भएको भनि संजय साहले रु. २ लाख रकम समेत कट्टा गरी लिएको भनि भनाई राखी चन्द्रदीप यादवले म विरुद्ध कपोल कल्पित कथाको जग हालेको छ । तर निज प्रतिवादी चन्द्रदीप यादवको म विरुद्धको कथाको जग आधार नै झुठा काल्पनिक रहेको यी तथ्य प्रमाणहरुबाट स्वतः प्रष्ट हुन्छ । सर्व प्रथम निज प्रतिवादी चन्द्रदीप यादवको भाई दुर्घटना २०६३ साल मधेस आन्दोलनको केही समय पछाडी मात्र नभई सो समय भन्दा करिब ५ बर्ष पछि ६ चैत्र २०६७ गते भएको हो ।
जो विर अस्पतालको दर्ता रजिष्टर इन्जुरी वुक र विर अस्पताल २५ जेष्ठ २०६७ मा पत्रबाट समेत सिद्ध हुन्छ । अर्थात निज चन्द्रदीप यादवको भाईको मोटर साइकल दुर्घटना अरुण सिंघानियाको हत्याको १ बर्ष पछाडी भएको स्पष्ट हुन्छ । जसबाट चन्द्रदीप यादवले भनेको हत्या वापतको रकम मध्येको दुई लाख संजय साहले निज चन्द्रदीप यादवको भाईको इलाजमा खर्च भएको भनी संजय साहले कट्टा गरी लिएको भनाई कुन हदसम्मको झुठा काल्पनिक हो सहजै बुझ्न सकिन्छ र निज चन्द्रदीप यादवले अदालतमा आफ्नो (चन्द्रदीपको) भाई रविन यादवको मोटर साइकल दुर्घटना १७ फागुन २०६६ मा अर्थात अरुण सिंघानियाको हत्या भए कै दिन भएको भनी अदालतको विभिन्न स.ज.मा ठोस रुपले दावी लिएकोबाट निज चन्द्रदीप यादवले म विरुद्ध प्रहरीमा गरेको पोल झुठा काल्पनिक रहेको सहजै बुझ्न सकिन्छ । अर्थात चन्द्रदीप यादवको पोल वयानको आडमा अभियोजन पक्षले म विरुद्ध तयार पारेको सम्पुर्ण कथा काल्पनिक झुठा रहेको सिद्ध हुन्छ । निज प्रतिवादी चन्द्रदीप यादवको भाई रविन यादवले विर अस्पताल उपचार गराएको रजिष्टर इजुरी बुकको प्रतिलिपी पाना १ र विर अस्पतालको मिति २५ जेष्ठ २०७३ गतेको पत्र यसै बयान साथ पेश गर्दछु ।
सह अभियूक्त चन्द्रदीप यादवले घटना घटाउने योजना संजय साहसँग मिलि कहिले तथा कसरी बन्यो तयार भयो भनी मिति सन्दर्भमा म विरुद्ध पोल गर्दा भनेको छ कि २०६६ साल फागुनको पहिलो हप्तातिर (मिति एकनि भएन) फोरम नेपाल पाटीको वैठक चली अध्यक्षमा संजय साह उपाध्यक्षमा शेषनारायण यादव सहित जिल्ला कार्य समिति गठन भयो । त्यसपछि लगतै निज संजय साह अर्को ठाउँको कार्यक्रममा जानु भन्दा अगाडी मलाई (चन्द्रदीप) र प्रतिवादी रामविनोद यादवलाई गोप्य कुरा छ भनी छुट्टै छतमा बोलाई अरुण सिंघानियाको हत्या गर्नु छ भनी भनेका थिए । त्यसको २ दुई दिन पछि मैले (चन्द्रदीप) प्रतिवादी रामकरण यादवलाई सुटर खोज्न भनेकोमा सो दिनको २÷३ दिन पछाडी प्रतिवादी रामकरण यादवले सुटर ल्याई दिनपछि सोको जानकारी संजय साहको घर गएर गराएको थिए भनी म विरुद्धको ठोस पोल गरी वयान गरी मिठो कथा तयार पारेको देखिन्छ । तसर्थ उक्त २०६६ साल फागुनको पहिलो हप्तामा म कहाँ थिए ? तथा निज प्रतिवादी चन्द्रदीप यादवले उल्लेख गरेका फोरम नेपाल पार्टीको बैठक उक्त मिति समयमा भएको थियो वा थिएन तथा उक्त मिति समयमा म फोरम नेपाल पार्टीको अध्यक्षमा चयन भएको थिये ? वा थिएन ? र निज प्रतिवादी चन्द्रदीपले शेषनारायण यादव सहितका ४२ जना जिल्ला कार्य समिति उक्त मितिमा बनेको थियो वा थिएन भनी प्रश्नको जवाफ प्रस्तुत मुद्दाको सन्दर्भमा मेरो हकमा सबभन्दा महत्वपुर्ण रहेको देखिन्छ । श्रीमान् सर्वप्रथम म (संजय साह) उक्त मिति अर्थात २०६६ साल फागुनको पहिलो हप्तामा म जनकपुरमा नभई काठमाण्डौमा रहेको थिए । त्यस पछि तराईको जिल्लाहरुमा भ्रमणमा गएको पुष्टि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको मिति १६ जेष्ठ २०७३ मा च.नंं३३(०७२÷०७३(७६७१ बाट र सोही साथमा रहेको तत्कालिन मिति समयको दस्तावेज पाना थान २ बाट सिद्ध हुन्छ र साथै प्रतिवादी चन्द्रदीप यादवले भने जस्तो  २०६६ साल फागुनको पहिलो हप्तामा फोरम नेपाल पार्टीको बैठक वसी अध्यक्षमा म (संजय साह) उपाध्यक्षमा शेषनारायण यादव सहितको जिल्ला कार्य समिति गठन भयो भनी निज प्रतिवादी चन्द्रदीप यादवले गरेको पोल म (संजय साह) उक्त मिति समय तिर काठमाण्डौमा रहेको कारणले निज प्रतिवादी चन्द्रदीप यादवले भने जस्तो म (संजय साह) उक्त मिति समयमा फोरम नेपाल पार्टीमा नभई उक्त मिति भन्दा महिनौं अगाडी फोरम लोकतान्त्रिक पार्टीको तर्फबाट म मन्त्री भएकोबाट समेत निजको भनाई झुठा रहेको स्पष्ट हुन्छ ।
साथै निज प्रतिवादी चन्द्रदीप यादवले भने जस्तो फोरम नेपाल पार्टीको जिल्ला अध्यक्षमा चयन भएको थिएन । तथा उक्त मिति भन्दा महिनौ अगाडी फोरम लोकतान्त्रिक( विजय गच्छदार) पार्टीको संस्थापक केन्द्रिय सदस्य रही निर्वाचन आयोगमा सो पार्टी दर्ता गराएका थिए । सोही पार्टीको तर्फबाट उक्त मितिमा पार्टी केन्द्रिय जिम्मेवारीमा रही पार्टीको केन्द्रिय यूवा विभागका इन्चार्ज समेत रहेका थिए ।अर्थात उक्त मिति भन्दा महिनौ अगाडी देखि कुनै पनि पार्टीको जिल्ला अध्यक्षको हैसियतमा कार्य गरेको थिइन तथा प्रतिवादी चन्द्रदीप यादव भने जस्तो उक्त मिति समयमा म कुनै जिल्ला स्तरीय पार्टीको अध्यक्षको पदमा चयन समेत भएको थिएन र प्रतिवादी चन्द्रदीप यादवले भने जस्तो शेषनारायण यादव भन्ने व्यक्ति मेरो (संजय साह) को नेतृत्वमा गठन भएको फोरम नेपाल नामक पार्टीको महिनौं दिन अगाडी देखि नै फोरम नेपाल (उपेन्द्र यादव)नामक पार्टीको जिल्ला अध्यक्ष भई कार्य गरी रहेको कुराको पुष्टि उक्त मिति समय तिरका पत्र पत्रिकाहरुले लेखेको समाचारहरुबाट सिद्ध हुन्छ । जो पर्याप्त पत्र पत्रिकाहरु अहिले यसै वयान साथ पेश गर्दछु ।
श्रीमान् जब उक्त मितिमा म जनकपुरमा छैन,उक्त मितिमा कुनै बैठक बसेको छैन तथा उक्त मितिमा कुनै पनि पार्टीको जिल्ला अध्यक्षमा म (संजय साह) चयन भएको छैन भनि सिद्ध भईसकेको अवस्थामा निज प्रतिवादी चन्द्रदीप यादव मिटिङ पश्चात लगतै मृतक अरुण सिंघानियाको हत्या गर्ने योजना बनयो भनि गरेको पोल बयान कुन स्तरको कपोकल्पीत कथा हो सहजै बुझ्न सकिन्छ । श्रीमान प्रतिवादी चन्द्रदीप यादवले म विरुद्ध तयार पारेको कपोकल्पीत कथामा २०६६ साल फागुनको पहिलो हप्तामा हत्याको योजना बनेको दुई दिन पछि अर्थात संजय साहले मृतक अरुण सिंघानियाको हत्या गर्न भनेको दुई दिन पछि प्रतिवादी रामकरण यादवलाई हत्या गर्ने मान्छे (सुटर) खोज्न भनेकोमा सो दिनको दुई तिन पछाडी प्रतिवादी रामकरण यादवलेव सुटर ल्याईदिए पछि सो सुटर आएको जानकारी संजय साहको घरमा गएर जानकारी गराएको थिए भने म विरुद्ध गरेको पोल बयान समेत झुठा रहेको देखिन्छ । किनभने सर्वप्रथम निज प्रतिवादी चन्द्रदीप यादवले हत्या गर्ने योजना बनेको मिति सन्दर्भमा भनेको छ कि २०६६ साल फागुन को पहिलो हप्ता (मिति यकिन भएन) हत्या गर्ने योजना बनाई भनि गरेको पोल बयानको यकिन मिति के हो भन्ने तर्फ मिसिलको अन्य कागजात समेतलाई केलाई बिचार गर्दा प्रतिवादी रामकरण यादवले बयानमा उल्लेख गरेको भनाई “ घटना वारदात भन्दा १०÷१५ दिन अगाडी चन्द्रदीप यादवले सुटर खोज्न भनेको थियो ” भन्ने गरेको बयानलाई प्रतिवादी चन्द्रदीप यादवको बयानसँग दाजेर मिलाउँदा तथा प्रतिवादी अंशी राइनले ” घटना बारदात मिति १७ फागुन २०६६ भन्दा १८÷१९ दिन पहिले चन्द्रदीप यादवले जनकपुरमा काम (हत्या) गर्नु पर्दछ” भनि गरेको बयान समेतलाई प्रतिवादी चन्द्रदीप यादवले गरेको बयान” २०६६ साल फागुन पहिलो हप्तामा हत्या गर्ने योजना बनेको” भनि गरेको पोल बयानको मिति यी अन्य प्रतिवादीहरुले उल्लेख गरेको मिति सँग दाजेर मिलाउँदा फागुनको पहिलो हप्ताको २÷३ गते तिरको मिति हुन आउछ र निज प्रतिवादी चन्द्रदीप यादवले सुटर ल्याई दिए पश्चात सो को जानकारी संजय साहको घरमा गएर जानकारी गराएको थिए भनि गरेको पोल बयानबाट म (संजय साह) २०६६ फागुन २÷३ गते देखि फागुन ६÷७ गते सम्म जनकपुर स्थित निवासमै रहेको देखिन आउछ ।
र निज प्रतिवादी चन्द्रदीप यादवले घटना बारदात दिनको विहान तिर समेत म (संजय साह) सँग भेटेको भनि गरेको पोल बयानबाट २०६६ फागुन २÷३ गते देखि २०६६ फागुन १७ गते सम्म म (संजय साह) जनकपुरमै रहेको निजको  पोल बयानबाट देखिन आउछ ।
तर २०६६ साल फागुन १ देखि ९ गतेसम्म म (संजय साह) काठमाण्डौमा रहेको भनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको ३३÷०७२÷७३(७६७१ बाट तथा भौतिक योजना तथा निर्माण मन्त्रालयको निजी सचिवालयको मिति ६ फागुन २०६६ गतेको च.नं. ६८बाट सिद्ध हुन्छ र १७ फागुन २०६६ गते अर्थात घटना वारदातको दिन म(संजय साह) काठमाण्डौ ललितपुर स्थित निजी निवास तथा तत्कालिन मन्त्रि निवासमा रही होला खेलेको फोटोग्राफमा रहेको मितिबाट र तरार्ई छाडी काठमाण्डौमै मधेसी नेताहरुले होली मनाएको भनि केही पत्रिकाले लेखेको समाचारबाट सहजै सिद्ध हुन्छ ।

२०७३ मंसिर ०५ गते आईतबार

अन्तरबार्ता ः म अदालतबाट स–सम्मान रिहा त हुन्छु नै, जीवनाथ चौधरीलाई कानुन अनुसार कारवाही हुन्छ ः संजय साह

जनकपुरका संचार उद्यमि तथा व्यापारी अरुण सिंघानिया हत्याको अभियूक्त निलम्बित सांसद संजय कुमार साह अहिले धनुषा जिल्ला अदालतमा बयान गरिरहेका छन् । अदालतमा बयान सकेर लञ्च खानेबेलामा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले साहसँग विभिन्न विषयमा गरिएको कुराकानीको सम्पादीत अंश ः

तपार्इँलाई जिल्ला अदालत धनुषामा किन उपस्थित गराइएको हो ?

संचार उद्यमी अरुण सिंघानिया हत्यामा र जनकपुर बम काण्डमा प्रतिवादी बनाएर मुद्दा चलाएपछि आफु बयानको लागि जिल्ला अदालतमा उपस्थित भएको हुँ । म चाहन्छु, सिंघानिया हत्याको वास्तविक अपराधी पत्ता लागोस् । मलाई जसरी यस मुद्दामा फसाइएको छ, यसको सत्यतथ्य छानबिन गर्न नार्को र पोलियोग्राफी टेष्ट होस् । मिसिल र कागजबाट देखिन्छ कि यस घटनामा वास्तविक अपराधीलाई उन्मुक्ती दिएको हो । यदि म त्यस घटनामा संलग्न हो भने नर्को प्रविधिबाट दूधको दूध र पानीको पानी निकालोस् ।
तपाईलाई कुन मुद्दामा फसाइएको हो र ?
मलाई बम काण्ड र अरुण सिंघानिया हत्यामा समेत फसाइएको हो । दुइटै घटनामा अदालतमा प्रस्तुत भएको मिसिलबाट नै आफूलाई फसाइएको प्रष्टै देखिन्छ । त्यसैले म पटकपटक दुइटै घटनाको सत्यतथ्य बाहिर आओस् र पोलियोग्राफी टेष्ट नै सर्वोत्तम विकल्प भएको कारणले त्यसको माँग गरिरहेको छु ।
तर घटनाक मुख्य सुटरले तपाईकै निर्देशनमा नै सिंघानियाको हत्या भएको बयान दिएका छैनन त ?
कहाँ भनेका छन उसले मेरो नाउँ । उसले भनेका छन, चनरदीप यादवले भनेपछि मैले मारेको हो । उसले के भनेका छन् भने मलाई अत्याधिक रक्सी खुवाइएको कारणले म होसमा थिइनँ । जो व्यक्ति आफै होसमा थिएन, त्यसले त्यो घटनामा मेरो नाम कसरी याद रह्न गयो । स्थानीय सञ्चार माध्यमले पटकपटक सिघानिया हत्याको मुद्दा उठाएपछि प्रहरी निक्कै आलोचित भएको कारणले मनक लामालाई नियोजित रुपमा सो घटनाको सुटरको रुपमा प्रस्तुत गराइएको र तिमी त्यो घटनाबाट मुक्ती पाउँछौं भनेर सम्झाई बुझाई गरी प्रहरीले झुठो बयान गर्न लगाईएको हो । म त मनक लामाको पनि पोलियोग्राफी टेष्ट होस भन्न चाहन्छु । उसले पनि यस घटनामा सत्य बोलेको हो वा होइन प्रष्ट हुन्छ ।
तपाईलाई बम काण्डमा पनि उपस्थित गराइएको हो नि ?
बम काण्ड पुरानो मुद्दा भएको र मलाई बकपत्रको लागि ल्याइएको हो । बम काण्डमा मेरो साक्षी बकपत्र गराउन अनाकानी भई रहेको र अदालत पनि पूर्वाग्रही अनुसार अगाडि बढिरहेको र बकपत्र गराउन ढिलाई गरिरहेको र बकपत्रको लागि उपस्थित हुँदा मलाई सिंघानिया हत्यामा बयान लिएको हो ।
तपाई बम काण्डको बकपत्रको लागि आउनु भएको हो ?
हो, म आफै निवेदन दिएर बकपत्रको लागि आएका थियौ । बकपत्र गराउन मेरो संवैधानिक अधिकार हो । यसका वावजूदपनि मेरो बकपत्र गराउन आनाकानी भएको हो । अहिले बम काण्ड घटनामा बकपत्रको लागि आएपनि सो घटनामा बकपत्र नगराएर सिंघानिया हत्यामा बयान गराइएको हो । त्यसका वावजूद पनि म अदालतको सबै प्रक्रियाको सम्मान गर्दै बयान दिएको हूँ ।
तपाई सिंघानिया हत्यामा किन बयान दिन आनाकानी गरेको हो त ?
त्यस्तो होइन, म आफै अस्वस्थय भएपछि अञ्चल अस्पतालमा भर्ना गराइएको र उपचारको लागि काठमाडौं लगिएको र जानेबेलामा समेत आफूले बयान सकेर जाने भनेपनि तपाईको स्वास्थ्य ठिक छैन भनेर पछि बयान गराउने भनेर काठमाडौं पठाइएको थियो । मैले आफै नै तीन घण्टामा बयान सकिन्छ भन्दा पनि बयान नलिएको हो ।
के तपाईलाई लाग्छ दुबै घटनामा तपाईलाई फसाइएको हो ?
निश्चित रुपमा दुबै घटनामा मलाई फसाइएको हो । प्रहरीसँग तथ्यगत अनुसन्धान गर्न विभिन्न प्रक्रियाहरु छ, त्यसलाई अपनाउनु पथ्र्यो नि । नार्को र पोलियोग्राफी टेष्टको लागि पटकपटक भन्दापनि उनीहरु किन अनइच्छुक छन् । त्यसलेपनि दुइटै घटनामा मलाई फसाइएको कुरा प्रष्ट हुन्छ ।
पोलियोग्राफी टेष्टको लागि सहयोगै गर्न हुन्न ? र भन्नुहुन्छ मलाई फसाइएको हो ?
मैले जुन आज अदालतमा बयान गरेकोछु त्यो तपाईहरु हेर्नु भो भन्ने ममाथि कस्तो ज्यादति गरिएको हो त्यो आफै प्रष्ट हुन्छ । म निर्दोष हो भने त्यसैबेला गरिएको पोलियोग्राफी टेष्टको कागजले हेराई सकेको छ ।
तपाईलाई सिंघानिया हत्यामा प्रतिवादी बनाएपछि अनसन बस्नु भो, अनसन कसरी तोड्नु भो ?
मलाई त्यस बेलाका प्रधानमन्त्री कार्यालयका सचिव र मन्त्री आफै आएर तपाईको विषयमा सरकार संवेदनशील छ र तपाईमाथि कुनै पूर्वाग्रही हिसाबले आगडि बढदैन । तपाईमाथि ज्यादती भएको छ भने स्वतन्त्र रुपमा आफै छानबिन गरेर अगाडि बढछौ भनेर अश्वासन दिएपछि अनसन तोडेको हुँ । सरकार परिवर्तनसँगै त्यो कुरा हराएको हो ।
जनकपुर बम काण्डमा धनुषा जिल्ला अदालतले तपाईलाई थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएपश्चात जेलहरुको तपाईको यात्रा कस्तो रहयो ?
 जब मलाई जनकपुर बम काण्डमा धनुषा जिल्ला अदालतले जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्ने भनेर आदेश गर्यो, अर्को तिर मलाई जलेश्वर कारागार लग्न पाइएकै छैन, बाटो मै छु, प्रहरी र सरकारको के तयारी देखियो भने जलेश्वर कारागारमा मलाई नराख्ने । धनुषा र महोत्तरीका कैदीबन्दीहरु थुप्रै छन् र यदि मलाई त्यहाँ राखियो भने मैले पनि जेल भित्रै कैदीहरुको साथ लिएर मधेसका लागि आन्दोलन चलाउन सक्छु भन्ने डर प्रहरी प्रशासन र कारागार प्रशासनको थियो । मलाई के भनियो भने जलेश्वर जेलमा क्षमता भन्दा पहिले देखि नै अधिक कैदीहरु छन्, राख्न ठाउँ छैन । कारागार प्रशासनको उक्त भनाई किन पनि झुठो ठहरिन्छ भने म त्यहाँ पुग्नु एक दिन अगाडी र त्यसको पछाडी सम्मपनि कैदी बन्दीहरुलाई त्यहाँ पठाइएको थियो । मलाई करिब ४÷५ दिन सम्म जिल्ला प्रहरी कार्यालय महोत्तरीको हिरासतमा राखियो । त्यहाँ पनि म माथि राज्यले र प्रहरी प्रशासनले ज्यादती गर्यो । एउटा कैदीले पाउने न्यूनतम अधिकारहरुबाट पनि मलाई बँचित गराइयो । त्यसपछि मलाई सिरहा कारागार पठाइयो ।करिब १४÷१५ महिना जति त्यहाँ बसें । मधेस आन्दोलन सुरु भईसकेको थियो । आन्दोलन चलिरहेकै बेला एकाएक एक राति मलाई त्यहाँबाट काठमाण्डौको केन्द्रिय कारागारमा सरुवा गरियो । न त अदालतको आदेश थियो, न मेरो घर परिवारका कुनै सदस्यलाई नै त्यसको जानकारी गराइएको थियो । दुई टूक अगाडी र दुई टूक पछाडी प्रहरीले मलाई रातमा देशको एउटा ठुलो आतंकबादी ठानेर लग्यो । मलाई के लाग्यो भने प्रहरीले मेरो बाटोमा इन्काउन्टर गर्ने योजना त बनाएको छैन । तर, त्यसो भएन । काठमाण्डौको सेन्टूल जेलमा मलाई सुत्न बस्नका लागि ठाउँ पनि उपलब्ध गराइएन ।एउटा कैदीले पाउनु पर्ने सम्पुर्ण मानव अधिकारहरुबाट मलाई बञ्चित गराइयो । त्यही एउटा मन्दिर थियो जहाँ बसेर मैले त्यो दुखको दिन गुजारेको हो । नेपालको अदालतको आदेशबाट म कैदमा छुभने अदालतले पनि मेरो सोधी खोजी गर्नुपथर््यो । म कस्तो अवस्थामा छु भनेर । तर, अहिले पनि नेपालमा कैदीहरुलाई पञ्चायत शैली झैं दमन गरिन्छ ।
संविधान सभामा जनताबाट मत लिएर तपाई दुई पटक निर्वाचित हुनुभयो । जब तपाई विरुद्ध बम काण्ड र सिंघानिया हत्याको अभियोग लाग्यो, जनताबाट निर्वाचित भएको जनप्रतिनिधिले त जनताका बीच प्रहरीमा सरेन्डर गर्नुपथर््यो । तर,तपाई त अपराधि जसरी फरार भएपछि तपाईले अपराध गरेको हो भन्ने थप आधार देखियो नि त ?
जुन समयमा म माथि मुद्दा लगाइयो, होलीको समय थियो । होलीको ठिक एक दिन अघि ललितपुर स्थितमेरो घरमा प्रहरीले छापा मार्यो । सबैलाई थाहा भएको कुरा हो कि म होलीको दिन भिडभाडमा रहन्न । प्रायः म तिर्थाटनमा रहन्छु । हो, त्यो होलीको दिन पनि म आफ्ना आमालाई लिएर भारतको तिरुपतिमा तिर्थमा निस्केको थिएँ । मेरो घरमा छापामारी भएको जानकारी मलाई प्राप्तभयो । अनि मैले आफ्नो पार्टीको राष्टिूय अध्यक्ष राजेन्द्र महतोलाई सम्पर्क गरँे । महतो जीले मलाई के भन्नुभयो भने यहाँ त तपाई विरुद्ध धेरै ठुलो षड्यन्त्र भएको छ, अहिले होलीका कारण अस्तव्यस्त छ । ४÷५ दिन उतै बस्नुस् । फेरी मैले उनलाई, पार्टीका अन्य साथीहरुलाई र कानुन व्यवसायीहरुसँग सल्लाह लिँदा प्रहरीलाई सामना गर्नु भन्दा अदालतमै सामना गर्नु राम्रो हुन्छ भनेर सुझाव दिइयो । प्रहरी अहिले पुर्वाग्रही छन् बरु अदालत केही हदसम्म निष्पक्ष छ भनेर म नेपालमा आउनै सकिन्न । मैले त राजेन्द्र महतो जीलाई फोन गरेर यतिसम्म भने कि तपाई नेपाल प्रहरीको आईजीपीसम्म कुरा गर्नुस म प्रहरीमा सरेन्डर गर्छु । तर, उनले पनि धोका दिए । म नेपालमा भएको भए भाग्ने थिइन । र, म भागेको पनि होइन । म सँधै सामना गर्न तयार छु । अहिले पनि अदालतमा सामना गर्दछु ।  यस अघि पनि बम काण्डमा मलाई फसाउन कुरा चलिरहँदा म दिल्लीमा थिएँ । सुन्ने वितिकै नेपाल आएर फेस गरेको हो । त्यसैले म जुनसुकै परिस्थितिमा पनि फेस गर्ने मान्छे हो, डराउने मान्छे होइन ।
तपाई र जीवनाथ चौधरी बीचको निजी दुश्मनीका कारण बम काण्ड र सिंघानियाको हत्या भएको हो ?
मेरो र जीवनाथ चौधरी बीचमा कुनै निजी दुश्मनी छैन भन्ने कुरा त जीवनाथ चौधरी आफैले पनि मिथिलाञ्चल एफएममा दिएको अन्तरबार्तामा भनिसकेका छन् । उक्त अन्तरवार्तामा उनले के पनि भनेका छन् भने संजय साहले बजेट आफ्ना कार्यकर्ताहरुलाई बाँडेर भ्रष्टाचार गरेका छन् । उनले थुप्रै अपराधहरु पनि गरेका छन् । हो, संजय साहको भ्रष्टाचार र अपराधको विरुद्ध मैले संघर्ष गरेको हो ।
अजय जी तपाई पत्रकारका साथसाथ तपाई स्थानीयवासी पनि हुनुहुन्छ । तपाईलाई थाहा छ नेपालमा भ्रष्टाचार जडो गाडेर बसेको छ । तल देखि माथिसम्म भ्रष्टाचार छ । जीवनाथ चौधरी जिविसमा भ्रष्टाचारका संरक्षक थिए । यो कुरा त मैलेभन्नै पर्दैन । तपाई पत्रकारहरुलाई पनि थाहा होला । जिविसमा भ्रष्टाचार गरिएको सवालमा कारवाहीमा परेका जिविसकै एक जना नायव सुब्बा साधु शरण यादवले अख्तियारमा बयान गर्दा जिविसमा जिवनाथ भ्रष्टाचारको संरक्षक हो, त्यसको हामीले विरोध गर्दा जिवनाथले भुमिगत समुहहरुबाट फोन गर्न लगाई चन्दा माग्ने र ज्यान लिने धम्की समेत दिलाउने गथर््यो । हो, म त्यही भ्रष्टाचार विरुद्ध लडाई लडिरहेको थिएँ । म जनकपुरमा पनि प्रहरी प्रशासनले गरेको भ्रष्टाचार विरुद्ध संघर्ष गरेकै कारण ती प्रहरी अधिकारीहरु उच्च ओहदामा प्रमोशन भईसकेपछि के भनेका छन् भने संजय साहले जनकपुरमा त समानान्तर सरकार चलाईरहेको छ । सिडिओ भ्रष्टाचारका मुख्य संरक्षक हुन । त्यसैले सबैले मिलेर मलाई फसाएको हो । सिडिओ, प्रहरी प्रशासन सबैले जीवनाथद्वारा गरिएको भ्रष्टाचारको भागबन्डा पाउथे ।
रहयो कुरा यस बीचमा एउटा के प्रचार भईरहेको छ जुन कुरा मिसिलमा पनि छ कि ठेक्कापटामा जिविसमा जिवनाथले मेरो बैंक ग्यारेन्टी जफत गराईदियो त्यसको प्रतिसोध लिदैछ संजय साहले । ठेक्का पट्टाको कुरा गर्ने हो भने म तपाईलाई एउटा कुरा के स्मरण गराउन चाहन्छु भने दोस्रो संविधान सभाको चुनाव हुनुभन्दा १०दिन अगाडी जिवनाथले मिथिलाञ्चल एफएममा अन्तरवार्ता दिँदै मलाई कारवाही गराएरै छाड्छु भनेर भनेका थिए । मसँग त्यसको ओडियो पनि छ । जहाँसम्म जिविसमा प्रहरीले चिठ्ठीपठाएर सोधेको थियो कि संजय साहको बैंक ग्यारेन्टी जफत गरिएको हो वा होइन ? बम काण्डको अनुसन्धानको क्रममा प्रहरीले जिविसलाई पत्र पठाएर त्यो कुरा सोधेको थियो । जसको जाहेरवाला जिवनाथ चौधरी नै थिए । अहिले सिंघानिया हत्यामा पनि जीवनाथ चौधरीले बकपत्र गरेका छन् कि संजय साहको एभरेष्ट बैंकमा रहेको ५०÷५५ लाख जतिको बैंक ग्यारेन्टी जफत गरिएको थियो । जहाँसम्म एभरेष्ट बैंकको कुरा हो, एभरेष्ट बैंकसँग मेरो कुनै आर्थिक कारोवार नै भएको छैन । ठेक्कापटामा मेरो बुवा लाग्नु भएको थियो । म पनि एउटा दुईटा ठेक्का पट्टामा थिएँ । तर बैंकमा त मेरो सम्पति ग्यारेन्टी सरह थियो । पछि त्यो जग्गा फुकुवापनि भईसकेको हो । त्यसैले ती सबै कुराहरु वाहियात हुन ।
हो, जिविसमा भ्रष्टाचार गरिरहेका कर्मचारीहरुलाई कारवाही हुनुपर्छ भन्ने संघर्षको मैले नेतृत्व गरेको थिएँ । सानो पार्टीमा भएका कारण म त्यो संघर्षमा असफल भएँ । राष्टिूय पार्टीमा भएको भए सायद अर्कै परिस्थिति हुन्थ्योहोला । मेरो जिन्दगीको सबैभन्दा ठुलो भुल त्यही भयो भनेर मान्छेहरु भन्छन् ।
 तपाईलाई बम काण्डमा किन फसाईएको हो त ?
जुन दिन बम विस्फोट भयो, त्यो आन्दोलनको अर्थात मिथिला राज्य संघर्ष समितिको तर्फबाट जीवनाथ चौधरी आयोजक नै थिए । बम काण्डका मुख्य प्रतिवादी भनिएका मुकेश चौधरीसँग जिवनाथ चौधरीको लगातार कुराकानी भएको छ । त्यो कल डिटेल्सबाट पनि हेर्न सकिन्छ । घटना भएकै दिन घटना हुनु भन्दा ४० मिनेट अघि र त्यस पछाडी पनि ती दुवै जना बीच लगातार कुराकानी भएको छ ।  तर अनुसन्धानको क्रममा प्रहरीले जिवनाथ चौधरीसँग सामान्य सोधपुछ पनि किन गरेन ? घटना स्थलमा रहेका पत्रकार, घाइतेहरु र आम मानिसलाई समेत बोलाएर अनुसन्धान गरेको प्रहरीले घटना घटाउने मुकेश चौधरी र आयोजक जिवनाथ चौधरी बीच लामो समय सम्म कुराकानी भईरहँदा जिवनाथलाई बोलाएर सामान्य सवाल जवाफ त गर्न सकिन्थ्यो । तर त्यसो गरिएन । किनभने जीवनाथ चौधरी भ्रष्टाचारका संरक्षक थिए र त्यसबेलाका प्रहरी प्रशासनलाई उनले त्यसको भागबन्डा दिएका थिए ।
तर मुकेश चौधरी त तपाईको मान्छे , कार्यकर्ता हो भनेर भनिन्छ ?
पहिलो संविधान सभाको चुनावको समयमा म फोरममा गएको थिएँ । त्यतिबेला यूवा फोरमको अध्यक्ष पत्रकार राम अशिष यादवको भतिजा मुकेश यादव थियो । मुकेश चौधरी होइन । म आउनु भन्दा बर्षौ अगाडी मुकेश भुमिगत भईसकेको कुरा त प्रहरीको मिसिलले नै भन्छ । त्यसकारण मुकेश चौधरी मेरो मान्छे नभएर भ्रष्टाचार गर्नका लागि मतियार बनाइएका हो । उनी जिवनाथ चौधरीका एजेन्ट थिए ।
आखिर अपराध त भएको हो । मान्छे पनि मरेकै हो । दोषी को हो वा होइन भन्ने कुरा अदालतले निकर््यौल गर्ला । तपाईको दावी चाही के हो ?
हो, घटना भएको हो । दोषीलाई कारवाही हुनै पर्छ । तर, प्रहरीले अनुसन्धान राम्रो ढंगले गरेको छैन । धेरै कमि कमजोरीहरु छन् । अपराधको अनुसन्धानको लागि मैले सबैभन्दा बैज्ञानिक प्रविधि नार्को टेस्ट, पोलिग्राफी टेस्ट गराउन माग गरेको छु । मेरो, जिवनाथ चौधरी र तत्कालिन प्रहरी प्रमुखको पनि ती जाँचहरु हुनुपर्दछ । ती जाँच गराउन बरु सरकारी बजेट उपलब्ध हुन सक्दैन भने म सारा खर्च बेहोर्न पनि तयार छु । त्यो जाँचबाट दोषी को हो वा होइन भन्ने कुरा प्रष्ट भईहाल्छ ।
राजनीतिमा अहिले कता हुनुहुन्छ ?
राजेन्द्र महतो जीले धेरै ठुलो धोका दिनुभयो । मेरो परिस्थिति र दुखको फाइदा उठाउनु भयो । त्यहाँ म छैन । तर पनि मेरो संघर्ष जहिले पनि मधेसी जनताको लागि मधेसवादी दलमै जारी रहनेछ ।
तपाई रिहा हुने भन्ने कुरामा कति विश्वस्त हुनुहुन्छ ?
म निर्दोष छु । अदालतले सहि फैसला गर्छ । म सम्मान पुर्वक रिहा मात्र हुन्न म विरुद्ध झुठा मुद्दा लगाउने जाहेरवाला जिवनाथ चौधरी र तत्कालिन प्रहरी प्रमुखलाई समेत कानुन अनुसार कारवाही हुन्छ ।
अब तपाई के गर्नुहुन्छ ?
म राजनीतिकर्मी हो, म विधि प्रक्रियालाई सम्मान गर्दै अगाडि बढ्छांै ।


२०७३ मंसिर ०५ गते आईतबार

बिमल शरणलाई हत्या गराउन बम विस्फोट जिवनाथ चौधरीले गराएको हो वा होइन प्रश्नको जवाफका लागि जिवनाथ चौधरीको पोलिग्राफ जाँच होस् ः संजय साह

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर बम काण्डका प्रमुख अभियूक्त मध्येका एक संजय कुमार साहले विमल शरणलाई रामानन्द चौकमा गराइएको बम विस्फोटमा हत्या गराउन जिवनाथ चौधरीले षड्यन्त्र गरेको हो वा होइन त्यस प्रश्नको जवाफका लागि जिवनाथ चौधरीको पोलिग्राफ जाँच गराउन संजय कुमार साहले धनुषा जिल्ला अदालतसँग माग गरेको छ । रामानन्द चौकमा बम विस्फोट हुन्छ भन्ने अग्रिम जानकारी मुकेश चौधरीले प्रकाश विद्यार्थीको नामबाट गराएको थियो वा थिएन भन्ने प्रश्नको जवाफका लागि जिवनाथ चौधरीको समेत पोलिग्राफ जाँच हुनुपर्ने संजय साहले माग गरेका छन् । जिवनाथ चौधरी मात्र होइन उनीसँगै तत्कालिन जिल्ला प्रहरी प्रमुख लगायत आफ्नो पनि पोलिग्राफ जाँच गराइनुपर्ने भन्दै १९ कार्तिक २०७३ मा काठमाण्डौको डिल्ली बजार स्थित कारागारको कार्यालयबाट निवेदन पत्र पठाएका छन् ।
 साहले पठाएको उक्त निवेदन पत्र जस्ताको तस्तै प्रस्तुत छ ः
म निवेदक १८ बर्षको उमेर (२०५२ साल) देखि सामाजिक कार्यमा सरिक भई नेपाली कांग्रेसको क्रियाशिल सदस्य रहि राजनैतिक रुपले समाज सेवा शुरु गरी २३ बर्षको उमेरमा पार्टीको नगर कमिटिको सदस्य पदमा निर्वाचित भई तथा २५ बर्षको उमेरमा (२०६१) सालमा उद्योग बाणिज्य संघको निर्वाचनमा महासचिव पदमा झिनो मतले पराजित भएको हुँ । प्रजातन्त्र र जनताको अधिकारको लागि निरन्तर संघर्ष गरेको कारण ३२ बर्षकै उमेरमा पहिलो संविधान सभामा जननिर्वाचित भई सम्मानित सदनको सदस्य भए तथा ३३ बर्षकै उमेरमा राज्यमन्त्री समेत भई देशको सेवा गर्ने  मौका पाएँ र एकै व्यक्ति पुनः निर्वाचित नहुने लामो इतिहास रहेका धनुषा क्षेत्र नंं. ४ सहरी क्षेत्र बाट पुनः निर्वाचित भएको हुँ । नवयूवकको उमेर देखि संघर्ष गरी मन्त्री सम्म भई सक्दा समेत कुनै राजनैतिक प्रतिस्पर्धाले तथा कुनै पत्र पत्रिका स्थानीयले समेत कुनै निजी आरोप आलोचना समेत गरेको थिएन । केही भ्रष्ट प्रहरी अधिकारीहरुले समाजमा गर्ने गरेको उत्पीडन तथा अवैध असुलीको विरुद्धमा जनताको पक्षमा संघर्ष गरेको कारण केही भ्रष्ट प्रहरी अधिकारीहरुले झुठा मुद्दामा फसाउने प्रयास गरेको थिएँ जसमा प्रमाणको अभावमा नभई मुद्धा नै झुा सिद्ध भई अदालतबाट सफाई पाएको हुँ । माओवादी द्वन्द्वको समयमा लगाइएको एउटा सानो मुद्दा हा.ख.ख. बाहेक र हाल संविधान सभाको दोस्रो निर्वाचनमा निर्वाचित भईसके पश्चात दुई वटा कर्तव्य ज्यान मुद्दामा र सम्पती सम्बन्धि मुद्दामा प्रहरीले सहअभियूक्तको पोलको आड बनाई तथा किर्ते प्रमाणको जोडजाम गरी फसाउने प्रयास गरेका हुन, जसमा स. अदालतमा प्रहरीले वदनियतपुर्वक काल्पनिक कथाको रचना गरी, फसाएको सिद्ध हुने निश्चित छ । तथापी प्रहरीले हालसम्म लगाएको सम्पुर्ण आरोपको म पोलिग्राफ जाँच गराउने नैतिकता व्यक्त गर्दछु र उक्त जाँच बाट समेत म निर्दोष सिद्ध भएमा झुठा मुद्धामा फसाउने प्रहरी अधिकारीलाई कारवाहीको दायरामा ल्याई कारवाही गरी दिन आग्रह गर्छु ।
श्रीमान् ! जिल्ला विकास समिति धनुषामा बर्षको हुने गरेको करोडौं  रकमको भ्रष्टाचार विरुद्धमा संघर्ष गरी २०६९ साल भाद्रमा १८ जना कर्मचारी लगायत मतियार सहित ८७ जनालाई कारवाही गराईसके पश्चात प्रतिशोध स्वरुप भ्रष्टाचारीहरुको संगठित समुहले केही प्रहरी अधिकारीको सहयोगमा विभिन्न निकायमा झुठा उजुरी दिई पत्र पत्रिका र झुठा समाचार लेख्न लगाई झुठा मुद्दामा फसाउने षड्यन्त्र गरेको हो । यदि कसैले २०६९ भाद्रमा जि.जि.स. मा कारवाई हुनु भन्दा अगाडी म विरुद्ध कुनै निकायमा उजुरी दिएको अथवा २०६९ भाद्र भन्दा अगाडी कुनै पत्र पत्रिकाले मेरो चरित्र बारे आलोचना गरेको तथा प्रतिपक्षीले आरोप लगाएको समाचार मात्र कसैले ल्याई दिए भने म माथि लाएको सबै आरोप स्वीकार गरी सार्वजनिक जीवन समेत त्याग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । श्रीमान् स.न. १९८० को दशकमा हिन्दी फिल्महरुमा जसले भ्रष्टाचार गरेको विरोध गथर््यो उसैलाई भ्रष्टाचारी तथा जसले अपराधको विरोध गथर््यो उसैलाई अपराधी सिद्ध गरिन्थ्यो । आज म आफ्नो वास्तविक जीवनमा भोग्दै छु ।
श्रीमान् ! जि.वि.स.मा कारवाईभए पश्चात भ्रष्टाचारीहरुको संगठित समुहले केही प्रहरी अधिकारीलाई प्रलोभनमा पारी कर्तव्य ज्यान जस्तो गम्भीर मुद्दामा फसाउने प्रयास गरेको हो । जस बारे स.अदालतमा पर्याप्त तथ्य तथा प्रमाणहरु बयानको क्रममा तथा निवेदनहरु मार्फत पेश गरेको छु । जसबाट राज्यको जिम्मेवार निकायहरुबाट अन्याय भएता पनि सम्मानित अदालतले मिसिल र तथ्यकै आधारमा न्याय इन्साफ गर्ने छ भनी प्रगाढ विश्वास राखेको छु ।
घटना भन्दा ३ दिन अगाडी अर्थात २०६९ बैशाख १५ गतेबाटमात्र मिथिला आन्दोलन शुरुभएको निर्विवाद रुपले स्थापीत सर्व विदित सत्य हो तथा जो पुरानो मिसिल शामीले अशोक दत्त र परमेश्वर कापडीले प्रहरीमा गरेको कागजात तथा हाल परमेश्वर कापडी दिएको जाहेरी दरखास्तबाट स्पष्ट हुनुकोअलावा तत्काल पक्राउ प्रतिवादीहरु मुकेश कर्णको स.ज. १०÷११ सुरेश कर्णको स.ज. १३, जय प्रकाश चौधरीको स.ज. १२ र रिपेन्द्र झाको स.ज. १० बाट समेत उक्त मिथिला आन्दोलन घटना भन्दा मात्र तीन दिन अगाडी शुरु भएको तथा उक्त आन्दोलनमा विष्फोट गराउने योजना १७ गते राति एमाले पार्टी कार्यालयमा विष्फोट गराए पश्चात त्यही राती ९ः३० बजेतिर मात्र उक्त आन्दोलनमा समेत विष्फोट गराउने निज प्रतिवादीहरुको बीचमा सहमति भएको स्पष्ट देखिन्छ । तर तीन दिन अगाडी अत्तोपत्तो समेत नरहेको उक्त आन्दोलनमा विष्फोट गराउन पेश्की स्वरुप फाल्गुन २÷३ गते रु. पाँच लाख संजय साहले पठाएको तथा प्र.मुकेश चौधरी सँग मिटिङ्ग गरेको भनी लगायतका भनाई राखी अभियोजन पक्षले काल्पनिक कथातयार पारेको प्रष्ट छ । जसबाट म विरुद्धको अभियोग झुठा रहेको सिद्ध हुन्छ र जा.वा. जीवनाथ चौधरीले मिति २०७० कार्तिक १९गते स्थानीय मिथिलाञ्चल एफएम मा संजय साहद्वारा प्रायोजित एलडिओ ले मलाई कारवाई ग¥यो अर्थात संजय साहले कारवाई गरायो, संजय साह ६ महिना भित्र जेल जान्छन्......रामानन्द चौक वम काण्ड वा अरुण सिंघानियाको हत्या लगायतका मुद्दा तथा सम्पति सम्बन्धि मुद्दामा जेल जान्छन् कसैले बचाउन सक्दैन भनी बोलेको अडियो रेकर्ड जो अदालतमा समेत सुरक्षित रहेको छ जसबाट प्रष्ट हुन्छ कि २०६९ श्रावणमा जी.वि.स. धनुषामा चलिरहेको भ्रष्टाचार रैकेटको विरुद्ध भएको कारवाईमा परीनिज जीवनाथ चौधरी निलम्बित भए पश्चात प्रतिशोध स्वरुप म निवेदकलाई मुद्दामा फसाउने षड्यन्त्र शुरु गरेको हो र आश्चर्य के छ भने निज जा.वा. जीवनाथ चौधरीले भनेकै मिति भित्र जेल मात्र आउनु परेन निजले उल्लेख गरेका अन्य मुद्दाहरुमा समेत प्रहरीले मलाई फसाउने जिल्ला प्रहरी प्रमुख लगायतमेरो समेत पोलिग्राफ जाँच गराई दिन हुन यी निम्न बमोजिमको बुदागत निवेदन गर्दछु ।
(क) संजय साहले घटना वारदात भन्दा ५ दिन अगाडी मो.नं. ९८१६८८४५५१ को नयाँ सिम शुरु गरी प्र. मुकेश चौधरीसँग सम्पर्क गर्ने गरेको तथा घटना बारदातको समयमा उक्त मोवाईल नम्बरबाट निर्देशन दिएको भनी बचन दाता बनाई ज्यान सम्बन्धि महलको १३ को ४ बमोजिमको अभियोग कायम गरेको छ । तर अभियोजन पक्षले भने जस्तो उक्त मोवाईल नम्बर ९८१६८८४५५१ घटना भन्दा ५ दिन अगाडीबाट मात्र शुरु नभई महिनौं दिन अगाडी देखि प्रयोगमा रहेका तथा शुरु अनुसन्धानको क्रममा सिआईबि ले उक्त मोवाईल नम्बरलाई व्यापक अनुसन्धान गरी निर्दोष समेत ठहर गरिसकेको छ । जो पुरानो अनुसन्धानको क्रममा मोवाईल सम्बन्धि तयार पारेको ८७ पाना मध्येका केही पातलो अक्षर बाला कल डिटेल्स सम्बन्धि दस्ताबेजबाट स्पष्ट हुन्छ । जसलाई संयोगवश हाल प्रहरीले हेर्न नपाएको कारणले प्रहरीको मोवाइल सम्पर्क सम्बन्धि दावी झुठा काल्पनिक रहेको सहजै सिद्ध हुन्छ । अर्थात अभियोजन पक्षको म विरुद्ध वस्तुनिष्ठ प्रमाण कपो कल्पित रहेको स्पष्ट हुन्छ । र, उक्त मोवाईल नम्बरको कल डिटेल्स यूजर डिटेल्स प्रहरीले संचार न....गरी मगाएको भएता पनि प्रहरीको पोल खुल्ने भएकोले उक्त कल डिटेल्स(यूजर डिटेल्स मिसिल सामिल गरेन जसबाट प्रहरीको वदनियत स्पष्ट हुन्छ । र, यी विषय वस्तुबाट मात्र पनि प्र.मुकेश चौधरीले घटना वारदातको दिन कुनै निर्देशन मसँग नमागेको तथा मैले निर्देशन नदिएको सिद्ध हुन्छ । तथापी उक्त मोवाईल नं. मैले प्रयोग गरेको हो वा होइन तथा घटना वारदात दिन मैले कुनै निर्देशन प्र.मुकेश चौधरीलाई दिएको हो वा होइन भन्ने सन्दर्भमा मेरो पोलिग्राफ जाँच गराउन तयार छु ।
जा.वा. जीवनाथ चौधरीको प्र.मुकेश चौधरीसँग लगातार पटक पटक फोन सम्पर्क भएको मात्र नभई घटना वारदात भन्दा करिब ४० मिनेट अगाडी समेत सम्पर्क भएको देखिन्छ । निजहरु सित भएको फोन सम्पर्कको कारण वारे निज दुवै जनाकोभनाई फरक फरक मात्र नभई एकको भनाईबाट अर्कोको भनाई झुठो सिद्ध भईरहेको अवस्था छ । र, थप बिचारणिय के छभने प्र.मुकेश चौधरीको गोप्य मो.......९८७२ बाट जीवनाथ चौधरी बाहेक अन्य कसैलाई फोन सम्पर्क भएको देखिँदैन । प्र.मुकेश चौधरीले अदालतमा जीवनाथ चौधरी धेरै पटक चन्दा सहयोगगरेका व्यक्ति हुन्छ । र, जसको थप पुष्टि जिल्ला विकास समिति धनुषाको योजना शाखाका नासु साधुशरण यादवले २०६९ सालको मुद्दा नं. ०६९(सिआर ००८९ को भ्रष्टाचार मुद्दामा अनुसन्धानको क्रममा गरेको बयानमा “जीवनाथ चौधरीले भ्रष्टाचारको रैकेट चलाएको तर जि.वि.स. लाई कब्जामा राखेको तथा कसैले विरोध गरेमा भुमिगत समुहबाट धम्की दिन लगाउने गरेको” भनी गरेको बयानबाट तथा कान्तिपुर राष्टिूय दैनिकले ८ भाद्र २०६९ गते एलडिओ असुरक्षित भनी शिर्षक राखी करोडौंको अनियमितता सार्वजनिक भए लगत्तै स्थानीय अपराधिक समुहले धम्की दिएपछि धनुषाको स्थानीय विकास अधिकारी केदार बहादुर बोगटी विस्थापित भएका छन् । घोटालामा आरोपित जि.वि.स. कै लेखाका केही कर्मचारीले अपराधिक समुहलाई सक्रिय बनाएको अनुमान मन्त्रालय सम्बद्ध स्रोतको छ । घटना पछि बोगटीले जि.वि.स. मा कार्य गर्न नसकेको मन्त्रालयले जनाएको छ । फर्केर काठमाण्डौ आउनु भएको थियो, अस्ति मन्त्री जी जाने भएपछिमात्र फर्कनु भएको हो मन्त्रालयको एक अधिकृतले भने....भी समाचार लेखेकोबाट मसेत मुकेश चौधरी र जा.वा.जीवनाथ चौधरी सित राम्रो सम्बन्ध रहेकोतथा जीवनाथ चौधरीको निर्देशनमा डर धाक धम्की तथा अपराधिक कार्य गर्न गरेको प्रष्ट हुन्छ । र, निजहरु बीच रहेको खास अर्थपुर्ण सम्बन्धको कारण निज मुकेश चौधरीको मुल पार्टी अर्थात राजन मुक्तिको पार्टी जनतान्त्रिक तराई मुक्ति मोर्चाले बढी भन्दा बढी धनजनको क्षति पु¥याउन भिडमा तथा राजनीतिक महत्व राख्ने ठाउँमा विष्फोट गराउने निर्णय बमोजिम उक्त मिथिला आन्दोलनमा विष्फोट गराउन लागेको छ भनी अग्रीम जानकारी प्र.मुकेश चौधरीले जा.वा. जीवनाथ चौधरीलाई गराईसके पश्चात ९ः३० बजेतिर विमल शरण दासलाई पप्पु गुप्ता भन्ने जय प्रकाश साहबाट फोन गर्न लगाई बोलाई बम राखिएका उत्तर पश्चिम कुनामा बस्न लगाई विमल शरण दासको करोडौको जग्गा जीवनाथ चौधरीले कब्जा गरेको कारण विष्फोटमा पारी निजको हत्या गराइएको हो भनी मृतकहरु मध्ये क्षत विक्षत भई मर्ने विमल शरणको छोराको २०७० चैत्र ११ गते न्यूज २४ लगायतको समाचार माध्यामहमा दिएको अभिव्यक्ति तथा घटनास्थल लाश प्रकृति मुचुल्का र विमल शरण दासको छोराले प्रहरीमा दिएको जाहेरीले मुकेश चौधरीको कल डिटेल्सलाई गहिरिएर हेर्दा स्पष्ट देखिन्छ तथा विमल शरण दासको लाश प्रकृति मुचुल्का र पप्पु गुप्ता भन्ने जय प्रकाश साह लगायतले गरेको कागजातलाई गहिरिएर हेर्दा....“घटना स्थलको उत्तर पश्चिम पटी मृतक विमल शरण दासको लाश रहेको लाशको वरिपरी रगत रहेको, गिद्धी मासुको टुक्राहरु आन्द्रा भडीहरु समेत यत्रतत्र छरिएर रहेको र निज विमल शरणको लाश नजिकै ज २ प ९३९५ नम्बरको मोटरसाइकलको पार्टपुर्जाहरु समेत टुक्रा टुक्रा भएकोले टंकीमा रहेको इन्धन तथा पार्टपुर्जाले बढी क्षति पु¥याएको” भनी प्रहरीले तयार पारेको घटना स्थल लाश प्रकृति मुचुल्काबाट देखिन्छ । र, यस सन्दर्भमा बुझी नसक्नु रहस्य के छ भने पप्पु गुप्ता भन्ने जयप्रकाश साहले प्रहरीमा आफु (पप्पु) ८ः४५ बजेतिर उक्त आन्दोलनमा पुगी सो मोटरसाइकल कार्यक्रमको अगाडी पट्टी पश्चिम दक्षिण साइडमा राखि कुर्सीमा गएर बसे । अ. ९ः३० बजे तिर जीवनाथ चौधरी आई म भन्दा अगाडीको लाईनको कुर्सीमा बस्नु भयो । कार्यक्रम भन्दा पुर्वको बाटो भएर गाडी लाग्ने सम्बन्धमा विवाद हुँदा जीवनाथ चौधरी र म समेत उठी गई सो विवाद साम्य पारी पुनः कार्यक्रममा जाँदा मेरो उक्त ९३९५ नम्बरको मोटरसाइकल अगाडीबाट कार्यक्रमको पछाडी पट्टी राखेको देखि मैले छहारीमा ल्याई राखी पुनः कुर्सीमा गएर बसे । जीवनाथ चौधरी म भन्दा अगाडी पहिला बसेको कुर्सीमा बस्नु भयो । अ. १० बजेको समयमा हामी बसेको कुर्सी देखि पश्चिम छेउ तर्फ विष्फोट भयो...हेर्दा मेरो मोटरसाइकलमा विष्फोट भएको जस्तो पुरै मोटरसाइकल क्षतिग्रस्त भएको हो भनी लेखाईदिएको छ र बिचारणिय के छ भने जीवनाथ चौधरी उक्त मिथिला आन्दोलन समितिको अगुवा मध्येका एक थिए र निजकै नजिकका व्यक्ति पप्पु गुप्ता थिए । पप्पु गुप्ताको मोटरसाइकल अगाडीबाट पछाडी पट्टी कसले पु¥यायो ? उक्त मोटरसाइकल रहस्यमय तरिकाले अगाडीबाट पछाडी नपुगेको भए त्यति ठुलो क्षति नहुने निश्चित थियो । प्रहरीले उक्त रहस्यलाई किन खुलाउने प्रयास गरेन आश्चर्य छ । जसबाट प्रहरीले यी रहस्यमय तथ्य तर्फ अनुसन्धान नगरी जीवनाथ चौधरी लगायतलाई बचाउन खोजेको स्पष्ट देखिन्छ । र, निज पप्पु गुप्ता भन्ने जय प्रकाश साहलाई तत्कालै पक्राउ गरी कयौं दिनसम्म सार्वजनिक अपराध मुद्दाको नाममा राखेका थिए सो विषय बस्तुलाई अदालतबाट किन लुकाईए रहस्यमय छ । र, बिचारणीय के छ भने विमल शरण दासको छोराले दिएको जाहेरी दरखास्त प्रहरीले दर्ता गर्न इन्कार गरेको विरुद्धमा पुनरावेदन अदालत समक्ष ०६९ सालको रिट नं. ०७७४९ परमादेश जारी गरी पाउँ भनी दिएको निवेदनको जवाफमा “प्रहरीले अनुसन्धान पुरा भई जिल्ला अदालतमा विचाराधिन रहेको अवस्थामा सोही घटनालाई पुनः अनुसन्धान गर्न नमिल्ने” भनी भनाई राखेको छ । र, थप विचारणिय के छ भने शुरु अनुसन्धानको क्रममा वारदात वखत उपस्थितहरु सबै जनालाई प्रहरीले पत्र काटी प्रहरी मार्फत झिकाई वयान लिएको भएता पनि घटनास्थलमा उपस्थित तथा लगातार प्र.मुकेश चौधरीसँग फोन सम्पर्क गरेको देखिँदा समेत जा.वा. जीवनाथ चौधरीको वयान सम्म नलिएकोबाट जि.वि.स.को भ्रष्टाचार रकमको बाँडफाँडको कारण ठुलो प्रहरी अधिकारीहरु सँग रहेको सम्बन्धको कारण प्रहरीले निज जा.वा. जीवनाथ चौधरीलाई उन्मुक्ति दिएको स्पष्ट देखिन्छ । तसर्थ उचित न्याय इन्साफको लागि अदालतको रोहवरमा जा.वा.जीवनाथ चौधरीलाई उक्त स्थानमा विस्फोट हुन्छ भन्ने अग्रिम जानकारी मुकेश चौधरीले प्रकाश विद्यार्थीको नामबाट गराएको थियो वा थिएन ? र विमल शरणलाई उक्त विष्फोटमा हत्या गराउन षड्यन्त्र निज जीवनाथ चौधरीले गरेको हो वा होइन भन्ने  प्रश्नको जवाफ पोलिग्राफ जाँच गरी पाऊँ ।

२०७३ मंसिर ०५ गते आईतबार

Tuesday, November 15, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

आधुनिक जनकपुर बनाउन लागेको हो । तपाई नरकपुरबासीको अवस्था यस्तो हुनुमा पनि के हामी खस आर्यकै हात हो त ?

२०७३ कार्तिक २८ गते आईतबार

फस्टाउँदैछ जनकपुरमा ‘यौन व्यवसाय’ यौन व्यवसायीको भने आफ्नै व्यथा

यौन व्यवसायी शैलो देवी ।
अजय अनुरागी
जनकपुरधाम............
जनकपुरमा यौन व्यवसाय खुल्मखुल्ला फस्टाउँदै छ । जनकपुरका विभिन्न लजहरुमा यौन धन्दा भईरहेको छ । यौन व्यवसायमा स्कुल कलेज पढने विद्यार्थीहरु पनि आवद्ध छन् । पुलिसलाई मिलाएर नै त्यस्तो धन्दा चलिरहेको छ । यहाँसम्म कि पुलिस त ग्राहक नै बनेर पनि पुग्ने गरेको हुन्छ । जनकपुरमा एक जना यौन व्यवसायी शैलो देवीसँग द एक्सक्लुसिभका सम्पादकले एउटा यौन व्यवसायीको पीडा, व्यथा, अवस्था, बजार लगायत विभिन्न पक्षहरुलाई उजागर गर्नेगरी बस्तुस्थिति उजागर गर्ने प्रयास गरेको छ । प्रस्तुत छ, शैलो देवीको व्यथा र विभिन्न खुलासाहरु, उनकै शव्दमा ः


मेरो नाउँ शैलो देवी हो । मेरो ससुराली धनुषाको  महेन्द्र नगर हो । त्यहाँ घर छैन । त्यसकारण  म त्यहाँ बस्दिनँ । मेरो दियादनीहरु(जेठानीहरु) त्यहाँ बस्छन् । म विगत १५÷२० बर्ष देखि नै जनकपुरमा कोठा भाडामा लिएर बस्दै आएको छु । भाडामा बस्न धेरै कठिनाई हुन्थ्यो । भाडामा घर लिएर बस्दा के समस्या हुने गरेको छ भने महिनै पिच्छे घर खाली गर्नुपर्छ । मान्छेले कोठा पनि भाडामा दिन धेरै आनाकानी गरिरहेको हुन्छ ।
त्यसैले आफैले कमाएको पैसा र ऋण काढेर जनकपुरको कटैया चौरीमा ३ धुर घडेरी जग्गा किनें । करिब साढे २ बर्ष भईसक्यो, जग्गा किनेको । डेढ लाखको प्रति धुर गरी साढे ४ लाख रुपैयाँ तिरेर जग्गा किनेको हो । पल्टु हजाम भन्ने मान्छेबाट मैले जग्गा किनेको हो । गुठीको जमिन नभएर रजिष्टूेशन पास गराएर किनेको हो । विस्तारै फेरी कमाएर ऋण पनि चुक्ता गरें । अब सोंचे कि आफुले किनेको घडेरीमा आफ्नै घर बनाएर बसौं । मान्छेहरुले पनि के भन्थ्यो भने घडेरी जब किनेकै छौ भने आफ्नो घर किन बनाउँदैनौं ?
करिब डेढ महिना देखि म त्यो जग्गामा झोपडी बनाएर, पाल झुन्डयाएर बस्दै आएको थिएँ । सरकारी अमिनलाई बोलाएर साल सिमाना पनि क्लियर गराएँ । अमिनले पनि ४ हजार रुपैयाँ जग्गा नापी गरिदिए बापत लिएको थियो । अरु मानिसहरुसँग १ हजार रुपैयाँ लिने अमिनले मसँग ४ हजार रुपैयाँ लियो । पल्टु हजामले के भन्यो भने यो सरकारी अमिन हो, यसले नापी दिएपछि पक्का हुन्छ । चापा कल पनि किनेर गाडनका लागि ठिक पारेको छु । मोटर पनि किनिसकेको छु । अब भोली देखि घर बनाउनको लागि इट्टा खसाल्ने मनस्थिति बनाईरहेकै बेला त्यहाँका मानिसहरुले अचानक आएर के भनेका छन् भने तिमीले यहाँ घर बनाउन मिल्दैन । हामी तिमीलाई यहाँ बास बस्न दिन्नौं । घर बनायौ भने घरमा आगो लगाएर जलाई दिन्छु । तिमी दुई नम्बरको आईमाई हो, तिमी यहाँ बस्न सक्दैनौ भन्दै मलाई त्यहाँ घर बनाउन दिईरहेको छैन । हो, म एउटा पेसेवर यौन व्यवसायी हो । म यौन धन्दा गरेर आफ्नो जीवन गुजारा गर्दछु । तर, के म एक्लै आईमाई मात्र हो जो यौन व्यवसायमा लागेका छन् त ? म जहाँ घर बनाउन चाहन्छु त्यो एरिया कटैया चौरीमा अरु पनि थुप्रै आईमाईहरु यौन व्यवसायी छन् । तिनीहरु त त्यहाँ मज्जाले बसोवास गरिरहेका छन् । मलाई मात्रै समाजले किन बसोवास गर्न दिईरहेको छैन ? ति आईमाईहरुको घर बनिसकेको छ । छत सहितको पक्की घर बनाएर बसिरहेका छन् । तर मलाई बनाउन दिएको छैन ।
जनक चौक स्थित धनुषसागरको डिलमा ग्राहकसँग डिल गर्दै
जनकपुरका यौन व्यवसायीहरु ।
मेरो पहिलेको लोग्ने(श्रीमान) महोत्तरीको पिपराको थियो । मैले उनलाई छोडी दिएँ । अहिले म अर्को लोग्ने मानिससँग बस्दै छु । धनुषाको महेन्द्रनगरको हो । उसको फेरी अर्को स्वास्नी पनि छ । मेरो पनि आफ्नो ३ वटा सन्तानहरु छन् । दुई छोरी र एउटा छोरा छन् । एउटा छोरा ८ बर्षको छ भने अर्को छोरी १३ बर्षको । ३ सन्तान साथ म यहाँ बस्दै आएको छु । एउटा छोरा महेन्द्र नगरको श्रीमान तर्फको हो भने दुई वटा छोरी अर्को पक्षको पहिलेको लोग्ने तर्फको हो । जेठी छोरी १५(१६ बर्षको उमेरकी भईसकेकी छिन । अब विहे गर्ने अवस्था भईसक्यो । सोचें कि आफ्नो घर बनाईसके भने छोरीको विहे गर्न पनि सहज हुन्छ । भाडाको घरमा बसेर विहे गराउन अप्ठयारो हुने हुनाले आफन्तहरुलाई बोलाउँदा पनि समस्या हुनेछ, सोचेर नै घर बनाउन खोजेको हो । आफ्नो घर भएपछि छोरी ज्वाईलाई पनि सम्मान गर्न सकिन्छ । यहि बर्ष माघमा विहे गराई दिन्छु भनेर सोचिरहेकी छु ।
मेरो श्रीमानले मलाई कमाएर खुवाउँदैनन् । तिन जना छोरा छोरी छन् । घर परिवार पाल्न गाह्रो भईरहेको थियो । गरिबी र मजबुरीमा आएर पेट पाल्नकै लागि त्यो धन्दामा आउन म विवस भएकी हुँ । हुन त अर्को उपायहरु पनि छन् । तर, त्यो सहज छैन । अब तपाई नै भन्नुस अहिले मैले मेरो छोरीको विहे गराउनु छ, कसरी गराउने ? आज भोली कम रुपैयाँमा विहे पनि हुँदैन । म यौन व्यवसायी भएपनि मेरो छोरीको विहे हुनेछ र हुन्छ भन्नेमा म विश्वस्त छु । किनभने विहेका लागि प्रस्ताव लिएर केटा पक्षहरु अहिले पनि आईरहेका छन् । तर मेरो छोरीलाई नै हेर्न आउने पक्षको केटाहरु मन परिरहेको थिएन । मेरो छोरी अलि सुन्दर पनि छ र हाईफाईमा बस्छे । मेरो छोरीको भनाई के हो भने जस्तो म छु त्यस्तै केटासँग विहे गर्छु । मेरो एउटा ठुलो छोरी जसको विहे भईसकेको छ उनी आप्mनो घर ससुरालीमा बसिरहेकी छिन, इन्डियामा  । उनले पनि के भनेका छन् भने हामीले पनि केटाहरु खोजिरहेका छौं । मेरो सम्धीले पनि इन्डियामा केटा खोजिदिन्छु भनेका छन् । केटा फाइनल भयो भने यो बर्षको माघ फागुनमा छोरीको विहे गराईदिन्छु ।
मसँग मेरो नेपाली नागरिकताको प्रमाणपत्र बनेको छैन । म जुन लोग्ने(पति)सँग बस्छु उनीसँग पनि नागरिकता छैन । मेरो श्रीमानसँग नागरिकता बनाईदिन्छु भनेर धेरै मानिसहरुले पैसा पनि लिए । तर, कसैले पनि बनाईदिएनन् । सबैले ठगे । मेरो माइती भनेको महोत्तरी जिल्लाको आबर गाउँमा हो । मेरो भिनाजु धेरै इमान्दार र सोझा मान्छे छन् । मैले कमाएको पैसा पनि उनलाई नै राख्न दिन्थे । किनभने मैले कमाएको जम्मै पैसा मेरो श्रीमानले लिएर भाग्ने गथर््यो । अनि मेरो भिनाजुले मैलै कमाएर राख्न दिएको पैसामा थपेर जग्गा किनि दिए । जुन मानिससँग मैले जग्गा किने, बइना गर्दा ७ हजार रुपैयाँ दिएको थिएँ । बैना गर्दा विन्धीका सन्तोष भन्ने मान्छे पनि थिए । मैले आफ्नो घरमा त्यो दिन माछा बनाएको थिएँ । त्यही दिन जग्गाबालाले रक्सी पनि खाएको थियो । घडेरीको बईना गर्दा उनीहरुलाई म यौन व्यवसायी हो भन्ने कुरा पनि राम्ररी थाहा थियो । जब घडेरी रजिष्टूेशनको कुरा आयो तव मैले आफ्नो श्रीमानकै नाउँमा गर्ने सोचेको थिएँ । तर, उनको पनि नागरिकता थिएनन् । त्यसपछि मैले आफ्नो बहिनीको नाममा गर्ने भन्दा सबैले भने कि भिनाजुकै नाममा रजिष्टूेशन गराउ । मेरो घडेरी भएकै ठाउँमा पल्टु हजामको  पनि घर छ । तर, जब मेरो भिनाजुको नाउँमा जग्गा रजिष्टेूशन भईसकेको छ, मैले आफ्नो घर किन बनाउन नपाउने ? जिवछ नाम गरेको एउटा केटा, र दुई तिन जना अरु लफुवा केटाहरु आएर मलाई धम्की दिईरहेका छन् । समाजका अरु मानिसहरुले केही भनिरहेको छैन, तर टयाब्लेट खाने केही केटाहरु आएर मलाई रोकिरहेका छन् । उनीहरुले मैले जग्गा किनेको पल्टु हजामलाई पनि धम्की दिईरहेका छन् । उसलाई घर बनाउन दिनु हुँदैन भनेर ।
मेरो छोरी काठमाण्डौमा बसिरहेकी थिईन । २२ कार्तिकमा मेरो छोरीले मलाई के भन्यो भने घर बनिसकेपछि म आउँछु । यस्तो अवस्थामा खुल्ला चौरीमा कसरी आउने, भनेर प्रश्न गरिन । मैले पनि भने म त जसो तसो बाँचिरहेकी छु, एउटा जवान छोरीलाई लिएर यो झोपडीमा कसरी बस्ने ? म आफै यौन व्यवसायी हुँ । त्यसकारण यदि केही केटाहरु जोर जवरजस्ती गरेर घरमा पसेर मेरो छोरीलाई केही गरिदियो भने के हुन्छ, भन्ने डर पनि सताईरहन्छ । म यौन व्यवसायी हुँ भन्ने कुरा मेरो जेठी छोरीलाई थाहा छैन तर बाँकी सन्तानहरु छोरी छोरालाई प्रष्ट थाहा छ । छोरा छोरीहरुले पनि त्यो धन्दा छोडिदेउ भनेर भनिरहेका छन् । मेरो श्रीमानले पनि तिमीलाई जे मन लाग्छ  त्यो गर भनिरहेका छन् । धन्दा गर्छौ भने गर वा नगर्ने हो भने झन राम्रो, घरमै बस । मेरो श्रीमानले मलाई यो धन्दामा लाग्न कहिल्यै भनेन । म आफै आएकी हुँ । उसको त अर्को श्रीमति पनि छ । मलाई उनले एक बर्षको लागि छोडिदिएको थियो । हो, त्यही बेला आफ्नो सन्तानको लालनपालनका लागि यो धन्दामा आएकी हुँ ।
यसरी आइयो धन्दामा
करिब ७ बर्ष अघि त्यतिबेला मेरो सानो सानो सन्तानहरु थिए । चौक चौकमा भटकिएँ । म आफ्नो श्रीमान सँगै महेन्द्रनगरमा बस्थे । मेरो श्रीमानले मलाई खुब शारिरीक यातना दिने गथर््यो । दिनहुँ जसो कुट्ने गर्थे । हात खुट्टा भाँच्ने गरी कुट्थ्यो । उसको अर्को श्रीमति पनि थियो । त्यसैले मलाई कुट्ने गर्थे । त्यसपछि मैले भाडाकुडा, लत्ताकपडा लिएर बालबच्चालाई बोकी त्यहाँबाट भागेर जनकपुर आएँ । म जातीको हलुवाई हो । र, मेरो श्रीमान चमार । मेरै घरमा भाडा लिएर बस्ने गर्थे उनी, महोत्तरीको पिपरामा । अनि मैले उनिसँग विहे गरें । जनकपुर आईसकेपछि रिक्साबालाहरुसँग यताउती भट्किने गर्थे । केही आईमाईहरु मलाई यो धन्दामा आउन भनिरहेकी थिईन । तर, म गईरहेकी थिईन । जिरोमाईलमा दुई तल्ले घर बनाएर बसिरहेकी बरहथवा बालीको घरमा म गएँ, आफ्नो श्रीमान खोज्न । उसको माछा बजारमा पनि पसल थियो । पसल मार्फत ती बरहथवाबालीले ८÷१० जना केटीहरुलाई राखेर धन्दा चलाईरहेकी थिईन । त्यहाँ म जब गएँ, त्यही बरहथवाबालीले मलाई यो धन्दामा लाग्न उक्साईन । ८÷१० जना केटी तथा आईमाईहरुलाई देखाउँदै के भनिन भने हेर त ती आईमाईहरु यो धन्दामा लागेर कति ठाटका साथ बाँचिरहेका छन् । तिमी यताउता भट्किनु भन्दा धन्दामा लाग, तिमी पनि ऐस आरामका साथ गुजारा चलाउन सक्छौ । हो, त्यही माछा पसलमा बरहथवाबालीले मलाई यौन धन्दामा लगाईन । त्यहीबाट म विग्रिएँ ।
जनकपुरमा मात्रै ५ सय भन्दा वढी पेशेवर
यो पेशामा लाग्ने म एक्ली आईमाई होइन । जनकपुरमा मात्रै ५ सय भन्दा वढी आईमाईहरु यौन व्यवसायमा लागेका छन् । ती सबै देखिने गरी, चिनिने गरी । अर्थात बजारका हरेक मानिसहरु हामी जस्तो ५ सय यौन व्यवसायीहरुलाई जनकपुरमा चिनिरहेका छन् । माछा बजारमा गंगियाको पसलमा थुप्रै आईमाईहरु बसेर धन्दा चलाउँछन् । पुरानो बस पार्कमा करिकिया भनिने आईमाईको पसलमा थुप्रै यौन व्यवसायीहरु बस्ने गरेका छन् । पिडारी चौकमा बस पार्कको आसपासमा थुप्रै आईमाईहरु धन्दा चलाउँछन् । रामानन्द चौकमा पनि तपाईले सहजै भेट्न सक्नुहुन्छ । पुल चौक त सबैभन्दा वढी प्रख्यात छ । जनक चौक देखि राम चौकसम्म हामी ८÷१० जना आईमाईहरु सँधै बस्ने गर्छौं । हामीसँग भएकाहरु मध्ये केहीले भन्नका लागि धन्दा छोडिसकेका छन् । तर, बास्तवमा भन्ने हो भने तिनीहरुले देखाउनको लागि रक्सी पसलहरु खोलेका छन् भने काम भने यौन व्यवसायलाई जारी नै राखेका छन् । रक्सी पसलमा नै धन्दा चलाईरहेका छन् । यहाँ जनक चौकमा अब ५÷६ जना मात्रै छौं । यो धन्दामा केही आईमाईहरु पुरानो खेलाडी छन् । ती खेलाडी आईमाईहरुले नै अधिकांश महिलाहरुलाई यो धन्दामा धकेलिरहेका छन् । गरिब आईमाईहरुलाई उनीहरुले विभिन्न प्रलोभन दिएर यो धन्दामा लगाईरहेकी हुन्छन् । ती खेलाडीहरुको पनि कमाई हुन्छ । एउटा ग्राहकबाट उनीहरुले २ सय देखि ३ सय रुपैयाँ सम्म कमिशन बापत लिने गर्छन् । जनकपुरमा कतिपय ठाउँमा आफ्नै घरमा बसेर पनि यो धन्दा खुलेयाम चलिरहेको छ ।
लजले लिन्छ प्रति ग्राहक ५ सय
जनकपुरको जनक चौक स्थित
राजकमल लज यौन व्यवसायको
अखाडा बनेको छ ।
हाम्रो कमाई भनेको कहिल्यै दिनको पाँच सय देखि एक हजार, दुई हजार सम्म पनि हुन्छ भने कहिल्यै एक पैसा पनि हुँदैन । कहिल्यै त कस्तो हुन्छ भने दिनभरी बस्छौं तर कुनै ग्राहक आउँदैनन् र रित्तो हात घर फर्किनु पर्छ । ग्राहक खोज्न हामीले दलाललाई परिचालन गरेका छैनौं । यसरी यो पोखरीको डिलमा, जनक चौकमा, राम चौकमा, बर्षातीमा हामीहरु बसिरहेका हुन्छौं, ग्राहकहरु आफै आउँछन् । कतिपय अवस्थामा ग्राहक सिधा आई हामीसँग डिल गर्छन भने कतिपय अवस्थामा हामीहरु नै ग्राहक जस्तो बुझिने मानिसहरुलाई इसारा गर्छौं । म तपाईलाई खुलेर नै भन्छु । मेरो मनमा कुनै कुरा लुकाएकी छैन । ग्राहकसँग डिल हुने वित्तिकै हामी लजमा जान्छौं । जनक चौकमा रहेको यो राजकमल लजले ५ सय रुपैयाँ लिन्छ । लजमा एउटा ग्राहकसाथ १० मिनेट बस्छौ वा एक घण्टा, ५ सय रुपैयाँ लजबालाले लिने गरेको छ । पहिले त धेरै लजहरुमा हामी जान्थ्यौं, तर बन्द भईसके । अब प्रायः जसो हामी त्यही राजकमल लज र रामानन्द चौकको संयूक्त बुकिङ काउन्टरको पछाडी रहेको लजमा जाने गर्छौं ।
लजमा फेरी अर्को समस्या पनि छ । कहिले काही के हुन्छ भने हामीसँग ग्राहकले डिल गरेर जाने त गर्छन र उनीहरुसँग ५ सय रुपैयाँ मात्रै हुन्छन् । त्यो रुपैयाँ लजबालाले लिएपछि उनीहरुसँग पैसा हुँदैनन् । त्यस्तो बेला उनीहरु कामै नगरी फर्किनु परेको हुन्छ । फर्कदा ती ग्राहकहरु हामीलाई पिट्न आउँछन् ।
पुलिसलाई मिलाएर धन्दा
बेला बेलामा पुलिसले छापामारी पनि गरिरहन्छ । त्यस्तो बेलामा हामीले पुलिसलाई मिलाएर ५ सय रुपैयाँ दिने गरेका छौं । त्यसपछि छोडदिन्छन् । कतिपय पुलिस त्यसै पनि छोडिदिन्छन् भने कतिपय पुलिस त कस्ता पनि हुन्छन् भने हामीसँग शारिरीक सम्बन्ध स्थापित गरेर पनि फर्किने गर्छन । कतिपय पुलिसले पैसा पनि लिन्छ र सम्बन्ध पनि बनाएर जान्छ । यो सबै हामीले गर्नुपर्छ । पुलिसलाई हामी मिलाएर नै काम गर्छौं ।
थरिथरीका ग्राहक
ग्राहकको कुरा गर्ने हो भने थरिथरीका ग्राहकहरु हुन्छन् । कतिपय राम्रो मान्छे( इन्सान) पनि हुन्छन् । लफुवा, गुण्डाहरु पनि ग्राहक बनि हामीसँग जान्छन् । हुन त पुलिसले कतिपय आईमाईलाई समातेको पनि छ । तर, मलाई लजमा पुलिसले कहिल्यै गिरफ्तार गरेर लगेको छैन । हो, मलाई समातेर लग्यो तर त्यो अर्को घटनामा । त्यो के भने हाम्रो धन्दामा लागेका केही आईमाईहरु रक्सी खाएर आफैमा झगडा पनि गर्छन । कुटाकुट पनि गर्छन । त्यस्तै एउटा घटनामा मलाई समातेको थियो । तिनीहरु बलिया छन् । म कमजोर छु । मलाई प्रायः जसो ती बलियो आईमाईहरुले कुट्ने गर्छन् । हामीलाई त ग्राहकहरुले पनि गाई गोरु जस्तो पिट्छन् । रक्सी खाएर गएका ग्राहकहरुले हामीसँग सम्बन्ध बनाउनुका साथै नराम्ररी कुट्पिट पनि गर्छन् ।
ललियाबालीको हत्या पछिको डर
मधेस आन्दोलनका दौरान हामीसँगै काम गर्ने एउटा ललियाबालीको हत्या भएपछि हामीहरु डराएका थियौं । केही महिना हामी आउनै छोड्यौं । के भयो भने हामीलाई पनि डर लाग्यो । हामीलाई पनि यसरी नै कसैले मारिदिने हो कि भन्ने डर लाग्यो । मलाई लाग्छ त्यो ट्याब्लेट खाने लफुवाहरुले उसको हत्या गरेको होला । हामीले केही पनि बुझ्न सकेनौं कि उसको हत्या कसले र किन गर्यो । मलाई लाग्छ ललियाबाली आफुसँग पैसा पनि बोक्थ्यो र गहनाहरु पनि लगाउथ्यो । त्यही कारण उसको हत्या भएको हुन सक्ने मेरो अनुमान छ । तर, सत्य के हो त्यो मलाई थाहा छैन ।
विद्यार्थीसम्म धन्दामा सक्रिय
जहाँसम्म धन्दाको कुरा गर्नुहुन्छ भने यो पेशामा हामी मात्र बदनाम भएका छौं । कतिपय राम्रो घरको स्कुल कलेजका केटीहरु पनि यो धन्दामा लागेको हामीहरु देखिरहेका हुन्छौं । स्कुलकै डेूसमा, कलेजको डूेसमा ती केटीहरु सुटुक्क केटा र पुरुषहरु लिएर लजमा आउँछन्, काम गर्छन र गईहाल्छन् । हामी त बाहिर जाँदैनौं । जनकपुरकै लजमा बस्छौं । हामीलाई कतिपय ग्राहकले बाहिर जान भन्छन, तिनीहरु आफ्नै कोठामा आउन पनि भन्छन तर हामी जाँदैनौं । जतिसुकै रुपैयाँ दिएपनि हामी बाहिर जाँदैनौं । हामीलाई आफ्नो ज्यानको डर पनि हुन्छ । तर, ती विद्यार्थीहरु त धेरै रुपैयाँ लिएर बाहिर बाहिर पनि जाने गरेको हामीले देखिरहेका हुन्छौं । तपाईलाई के भनौं, गाउँका आईमाईहरु जसका श्रीमान विदेशमा छन् के तिनीहरु यो धन्दामा छैनन र ? तिनीहरु पनि जनकपुरको लजमा आईरहेका हुन्छन् । अब भन्नुस हामी यौन व्यवसायी हौं भनेर हामी समाजका लागि दुई नम्बरी भयौं, नराम्रो भयौं, हामीले समाजलाई दुषित गरिरहेका छौं भने ती प्रतिष्ठत घरका महिलाहरु चाँही जो लुकिछिपी यो धन्दामा छन्, तिनीहरु चाही इज्जतदार भए ?
हामी जिरो माईलमा एचआईभीको चेक जाँच पनि गराउने गरेका छौंं ।  प्रति महिना वा ३÷३ महिनामा जाँच गराउने गर्छौं । हामीलाई अहिलेसम्म एड्स भएको छैन । हामी त्यसका लागि अत्यन्त सचेत छौं । त्यही हामीलाई कण्डम पनि उपलब्ध गराइन्छ । हामी कण्डमको प्रयोग गर्छौं ।
मलाई न्याय चाहियो
हुन त यो धन्दा गलत हो भन्ने कुरा मलाई जहिले पनि लाग्छ । जातको म हलुवाई हो, होटेल चलाएर पनि हुन्थ्यो भन्ने सोच मलाई बेला बेला आईरहेको हुन्छ । तर, निस्कन पाईरहेको छैन । हुन त छोरालाई बोडिङ स्कुलमा पढाउन खोजेको हो । नाम पनि लेखाईदिने गरेको छु । तर, यो धन्दामा म लागेको कारण एक महिना भन्दा वढी कसैले घर भाडामा बस्न दिँदैन । सँधै कोठा खाली गरिरहनु पर्छ । यसरी आज एउटा एरिया, अर्को महिना अर्को एरिया गर्दै कोठा लिनु परेपछि छोराको पढाई पनि छुटेको छ । पैसा पनि खेर जान्छ । के गर्ने ? छोरा पनि विग्रिसके । मेरो तपाईहरुसँग प्रश्न के हो भने आखिर मैले आफ्नो जमिनमा घर बनाउन पाउने कि नपाउने ? मैले न्याय पाउनु पर्छ ।
(जनकपुरमा विगत ७ बर्ष देखि यौन व्यवसायमा सक्रिय शैलो देवीले द एक्सक्लुसिभसँग गरेको कुराकानीमा आधारित)

२०७३ कार्तिक २८ गते आईतबार

बृहत्तरमा विवाद चर्किदै, व्यापक भ्रष्टाचारको आशंका निर्देशकद्वारा कर्मचारीलाई कारवाही, कर्मचारीको आन्दोलन यथावत

द एक्सक्लुसिभ सम्वाददाताजनकपुरधाम............

बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका कार्यकारी निर्देशक उमेश कुमार यादवले लेखापाल उत्तमराज शर्मा ढकाललाई निलम्बन र प्रशासकिय अधिकृत चिरञ्जिवी राज ढुङ्गानालाई २५ कार्तिकमा स्पष्टिकरण सोधेका छन् । कार्यकारी निर्देशक यादवलाई अबिलम्ब हटाउनुपर्ने लगायतका ५ बुँदे माग  सहित ३ कार्तिक २०७३ देखि आन्दोलनमा ओर्लिएका बृहत्तरका कर्मचारीहरुलाई निर्देशक यादवले कारवाहीको डण्डा चलाएर आन्दोलनलाई मत्थर पार्ने प्रयास गरेका छन् । यद्यपि आन्दोलनरत कर्मचारीले भने उनको कारवाहीलाई नमानेर आफुहरुको आन्दोलन जारी रहेको प्रेस विज्ञप्ती मार्फत जनाएका छन् ।
जसरी पछिल्लो ३ सप्ताह भन्दा वढी देखि परिषदका कर्मचारीहरुले कार्यकारी निर्देशक यादवको कार्य अवधि चैत मसान्तसम्म मात्र  रहेको कारणले टेन्डर गरी ७० लाख जति रकमका विभिन्न ७ वटा योजनाहरुको प्रक्रिया अगाडी वढाउनुले निर्देशक यादव जाँदा जाँदै अषाढ मसान्त हुनु भन्दा अघि नै ती ठेकेदारहरु मार्फत मोटो रकम कमिशन बापत कुमल्याउने आरोप लगाउँदै आएका छन् । अर्को तर्फ कार्यकारी निर्देशक यादवको समयावधि सकिएपछि निमित्त निर्देशकको रुपमा काम गर्न पाउने आशमा प्रशासकिय अधिकृत ढुङ्गानाले आन्दोलन गर्न नेतृत्व गरेको र सम्पुर्ण कर्मचारीहरुलाई कलम बन्द गर्न दवाव दिएको निर्देशक यादवको आरोप छ । यसरी हेर्ने हो भने दुवै पक्षले एक अर्कोलाई लगाउने गरेको आरोपहरुबाट नै के पुष्टि हुन्छ भने वृहत्तर जनकपुर क्षेत्र विकास परिषदमा कार्यरत कर्मचारीहरु र निर्देशक यादवबाट पनि व्यापक भ्रष्टाचार तथा अनियमितता भएको छ ।  यतिसम्म कि त्यहाँ काम गर्ने कर्मचारीहरुको सर्टिफिकेट पनि नक्कली रहेको, प्रक्रियाहरु नै नपुर्याई स्थायी नियूक्ति भएको, अयोग्य कर्मचारीहरुको भर्ती केन्द्र बनाइएको समेत आरोपहरु लाग्ने गरेको छ । तसर्थ सम्बन्धित मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ती कुराहरुको गम्भीरतापुर्वक छानविन गरी विकास निर्माणको काममा भएको भ्रष्टाचार तथा नक्कली  सर्टिफिकेट बास्तवमा हो वा होइन लगायतका कुराहरु टुङ्गो लगाई दोषिलाई कारवाही गर्नुपर्दछ ।
लेखापाल ढकाललाई निर्देशक यादवले गरेको निलम्बनका आधारहरु
तोकिएको लेखापालको जिम्मेवारी कर्तव्यलाई बोध गरी आचरण, अनुशासन र प्रशासकिय प्रमुख कार्यकारी निर्देशकले दिएको आदेशलाई सिघ्रताका साथ पुरा गर्नुपर्नेमा अटेर गरी सेवा ग्राहीलाई दुख दिने, ढिलासुस्त ीगर्ने पटक पटक आफुभन्दा माथिका कर्मचारी, पदाधिकारी प्रति उचित आदर र व्यवहार देखाउन नसकेको गुनासो पटक पटक आउँदा तपाईलाई सम्झाउँदा गल्ती स्वीकार गरी क्षमायाचना गर्दै आउनु भएको छ । ७ असोज २०७३ को च नम्बर १११ को पत्रले तपाईलाई सोधिएको स्पष्टिकरणको जवाफ १६ असोजमा प्राप्त भई जाँच बुझ गर्दा चित्त बुझ्दो तथा पेश हुन आएको सफाई सन्तोष जनक नदेखिएकोले प्रस्तावित सजाय किन नदिनुपर्ने हो ? त्यस सम्बन्धमा छुट्टै ७ दिनको म्याद सहितको स्पष्टिकरण पेश गर्ने पत्र यसै साथ दिइएको छ । परिषदको स्वीकृत बार्षिक कार्यक्रम कार्यान्वयनको शिलशिलामा पटक पटक बाधा अवरोध सिर्जन ागर्ने कार्य तपाईबाट भईआएको छ । तोक आदेश बमोजिम गर्नुपर्ने काममा अतोथापेर ढिलासुस्त ीगर्ने, परिषदलाई हानी नोक्सानी पुर्याउने कार्य तथा परिषदको अध्यक्ष लगायत संचालक परिषद, कार्यकारिणी समिति र सरोकारबाला निकाय समेतको निर्णय कार्यान्वयनमा सघाउनुपर्ने कर्तव्य दायित्व तपाईको रहेकोमा सो निर्णयलाई तपाई समेतले चुनौति दिँदै आफु उपर कारवाही हुने भएपछि गलत लांछना लगाई ३ कार्तिक २०७३ का दिन दिउँसो साढे ४ बजेको समयमा कार्यालय समयमा कार्यालयको प्रमुख कामको शिलशिलामा बाहिर गएको अवस्थामा कार्यकारी निर्देशकलाई जथाभावी पद र प्रतिष्ठामा आँच पुर्याउने किसिमले आफु मुनिका कर्मचारीलाई आचरण, अनुशासन र आज्ञा पालनको उल्लंघन गर्न उस्काउने, लेखापालको पदको दुरुपयोग गरी धाक धम्की दिई आचरण अनुशासन भंग हुने कुनै किसिमले आफु सहित सम्मिलित भई कार्यालय प्रमुख कार्यकारी निर्देशक अबिलम्ब हटाउने जस्ता माग राखि एक्कासी आन्दोलनको नाम दिई व्यक्तिगत लाभ र परिषदलाई हानी नोक्सानी पुर्याउने कार्य लापरवाहीका साथ गत कार्तिक ३ गते देखि गर्दै आउनु भएको छ । आफु सहित अन्य कर्मचारीलाई कार्यालयको कार्य नगर्न आदेश दिने, विदा नलिई अनुपस्थित रहने, परिषदको आलोचना गर्ने, कलम बन्द गरी हडतालमा उर्तिने, शारिरीक मानसिक उत्पीडन दिने, काम गर्ने कर्मचारीलाई काम नगर्न दवाव दिने, गल्ती गर्ने कर्मचारी उपर कारवाही गर्न आदेश दिँदा आज्ञापालन नगर्ने, गल्ती गर्नेलाई प्रश्रय दिने जस्ता आचरण विपरितको कार्य गर्दै आउनु भएको छ ।
 तपाई उपर लगाइएको अभियोगहरु परिषद नियमावली २०५८ को नियम ८.४ को क,ख,ग,ङ र च बमोजिमको अभियोगको जाँच बुझ गर्नुपरेको हुँदा जाँचबुझ समाप्त नहुनजेलसम्म तपाईलाई कार्यरत पदमा कार्य गर्न दिँदा झुठा सबुत प्रमाण संकलन गर्न सक्ने, आफ्नो विरुद्धको सबुत प्रमाण गायव गर्न सक्ने वा परिषदलाई हानी नोक्सानी गर्ने सम्भावना देखिएकोले परिषदको नियमावली २०५८ को नियम ८.५ बमोजिम नियम ८.२ को सजाय दिन पाउने अधिकारीको हैसियतले कार्तिक २५ गते देखि तपाईलाई निलम्बन गरिएको छ । तपाई जिम्मा रहेको नगदी, जिन्सी, श्रेष्ता, बहिकिताव सहित प्राप्त पत्र, प्रेषित गर्नुपर्ने पत्र र कार्यालयसँग सम्बन्धित सम्पुर्ण कागजात तत्काल आर्थिक प्रशासन शाखामा कार्यरत सहायक कम्प्यूटर अपरेटर दिपेन्द्र कर्णलाई बुझाउन हुन जानकारी गराईन्छ ।
त्यसअघि लेखापाल ढकाल माथि लगाइएका आरोपहरु
तपाईलाई तोकिएको जिम्मेवारी कर्तव्यलाई बोध नै नगरी आचरण अनुशासन र कर्तव्य पालनाको उल्लंघन गरी गिताञ्जली निर्माण सेवा जनकपुर १२ को नाममा रु. ३ लाख २४ हजार ७ सय ४७ को चेकमा कार्यालय प्रमुखको हस्ताक्षर नै नगराई, थाहा जानकारी विना कार्यालयको छाप लगाई छापको दुरुपयोग तथा परिषदको प्रतिष्ठामा आँच पुग्ने किसिमले चेक हस्तान्तरण गर्नु, चेक साट्न नेपाल बंग्लादेश मार्फत नेपाल राष्टू बैंक सम्म पुगेर फिर्ता आए पश्चात थाहा जानकारी दिनुले प्रचलित कानुन बमोजिम कर्तव्य र अधिकारको उल्लंघन गरी आर्थिक कारोबारको संचालन गर्नुपर्ने कारण के हो ?
तपाईले पेश गरेको स्पष्टिकरणमा भदौ २३ देखि २७ सम्म आफु विदा काजमा रहेका बखत लेखा सहायक अशोक कुमार ठाकुर मार्फत चेक हस्तान्तर हुन गएको उल्लख भएको छ । तर, बंैकमा ४ सप्टेम्बर २०१६ मा दाखिला भएको मिति देखिँदा तपाईले गरेको गल्ती लुकाउन र हुने सजायबाट उम्कन अनेक जाल प्रपंच रचेको देखिन्छ ।
प्रशासकिय अधिकृत चिरंजिबी राज ढुङ्गानालाई स्पष्टिकरण दिन सोधिएका अभियोगहरु
 तपाईलाई तोकिएको जिम्मेवारी, कर्तव्यलाई बोध नै नगरी, आचरण, अनुशासन, र कर्तव्य पालनाको उल्लंघन गरी आफु भन्दा माथिको संचालक परिषदका अध्यक्षले म्याद तोकी लिखित रुपमा तपाईको संयोजकत्वमा कार्यदल गठन गरी अहएको कार्य रंगभुमि मैदानको बर्तमान अवस्था चित्रण हुने किसिमले प्रतिवेदन पेश गर्ने कार्यलाई प्रभावित गर्नुको उद्देश्य के हो ? प्रशासकिय प्रमुख कार्यकारी निर्देशकले कार्यालय संचालन सम्बन्धि दिएको निर्देशन आदेशलाई पुरा गर्नुपर्नेमा अटेर गरी सेवाग्राहीलाई दुख दिने, ढिलासुस्ती गर्ने, पदाधिकारी प्रति उचित आदर, व्यवहार देखाउन नसकेको गुनासो पटक पटक आउँदा तपाईलाई सम्झाउँदा गल्ती स्वीकार गरी क्षमायाचना गर्दै आउनु भएको छ ।
तपाईलाई प्रशासकिय अधिकृत सहित खरिद एकाई प्रमुख, गुनासो सुन्ने, सुचना अधिकारी र प्रशासकिय अधिकृतको हैसियतले आफु मुनिको कर्मचारीहरुको सुपरिवेक्षकको जिम्मेवारी समेत रहेकोमा उक्त कार्यमा बाधा अवरोध तपाईले सिर्जना गर्दै आउनुभएकोमा सम्झाई बुझाई गर्दा क्षमायाचना गर्ने, अब उपरान्त सुचारु रुपले कर्तव्य दायित्व सम्झी कार्य गर्ने प्रतिबद्धता गर्दै आउनु भएकोमा खरिद इकाईको प्रमुखको जिम्मेवारीबाट मुक्त गरे पश्चात कार्यकारी निर्देशकलाई जथाभावि पद र प्रतिष्ठामा आँच पुर्याउने किसिमले आफु मुनिका कर्मचारीलाई आचरण अनुशासन र आज्ञापालनको उल्लंघन गर्न उस्काउने, अधिकृत पदको दुरुपयोग गरी धाक धम्की दिई आचरण अनुशासन भंग हुने किसिमले आफु सहित सम्मिलित भई आफ्नै नेतृत्वमा कार्यकारी निर्देशक अबिलम्ब हटाउने जस्ता माग राखि एक्कासी आन्दोलनको नाम दिई व्यक्तिगत लाभ र परिषदलाई हानी नोक्सानी पुर्याउने कार्य जानाजानी लापरवाहीका साथ गत कार्तिक ३ गते देखि गर्दै आउनु भएको छ ।
आफु सहित अन्य कर्मचारीलाई कार्यालयको कार्य  नगर्न आदेश दिने विदा नलिई अनुपस्थित रहने, परिषदको आलोचना गर्ने, कलम बन्द गरी हडतालमा उत्रिने लगायतका कामहरु गर्न तपाईलाई कुन कानुनले छुट र हक अधिकार प्रदान गरेको छ ? तपाई उपर विभागिय कारवाही किन नगर्ने ?
कार्यसम्पादन मुल्याङ्कनलाई सुपरिवेक्षकको हैसियतमा अगाडी वढाउनुपर्नेमा के कस्ता कारण र मनसायले तोकिएको म्याद नघाई मुल्याङ्कलाई प्रभावित पार्नु भएको हो ? तपाई बृहत्तर परिषद नियमावली २०५८ को परिच्छेद ७ मा उल्लेखित आचरणको उल्लंघन एवम पदिय दायित्व, कर्तव्य जिम्मेवारी बहन गर्न इन्कार गर्नूको पछाडी अयोग्यता त होइन ? सार्वजनिक विज्ञापन सूचना विना नै प्रतियोगिता नै नगराई अनियमितता गरी स्थायी नियूक्ती अधिकृत पदमा तपाईलाई दिएको कुरा संचार माध्यममा आएकोले सो सम्बन्धमा के कस्ता प्रक्रिया अपनाई नियूक्ति दिएको हो ? यस अघि विदा सम्बन्धि विषयमा चेतावनी एक पटक र बन्द हडताल नगर्न कार्यकारी निर्देशकको हैसियतले संयूक्त रुपमा समितिका सदस्यहरुले विज्ञप्ती मार्फत आह्वान गरिसक्दा पनि अटेर गरेर बन्द हडताल जारी राख्नु भएकोमा पुनः एक पटक चेतावनी दिँदा समेत बारम्बार अनुशासन हिन काम गर्नु, आचरण सम्बन्धि नियमहरु बारम्बार उल्लंघन गर्नु तथा परिषदको उद्देश्य विपरित हुने कार्यले परिषदलाई हुन गएको हानी नोक्सानी तपाईबाट किन असुल उपर नगर्ने ? तोकिएको म्याद भित्र आफ्नो स्पष्टिकरण पेश गर्नु होला ।
कर्मचारीहरुबाट आरोप अस्वीकार
यता २६ कार्तिकमा कर्मचारीहरुले प्रेस विज्ञप्ती जारी गरी लेखापाल ढकालद्वारा चेक भुक्तानीका विषयमा लगाइएको आरोपहरुलाई अस्वीकार गरेको छ । नेपाल सरकार मातहतका कार्यालयहरुमा चेक भुक्तानी गर्दा कार्यालय प्रमुख र लेखा प्रमुखको संयूक्त दस्तखत भएपछि मात्र चेक भुक्तानी हुने व्यवस्था भए बमोजिम यस परिषदमा पनि सोही व्यवस्था रहेको र कार्यकारी निर्देशक यादवद्वारा जारी विज्ञप्तीमा उल्लेख भएको चेक भुक्तानी प्रकरणमा लेखापाललाई मात्र दोष दिएकोमा उक्त चेक क्यान्सिल भई पुनः चेक जारी भई निजको पनि दस्तखत भए पश्चात सम्बन्धित निर्माण व्यवसायीले भुक्तानी लिई सकेकाले निर्देशकद्वारा लगाइएको आरोप निराधार रहेको विज्ञप्ती मार्फत जनाएको छ ।
कार्तिक ७ गते कर्मचारीहरु कार्यालय आईपुग्नु अघि स्थानीय प्रशासनको उपस्थितिमा निर्देशक यादवले ताला तोडेको हुँदा कार्यालयका महत्वपुर्ण कागजात हराएमा वा हिनामिना भएमा सो को जिम्मेवारी कार्यकारी निर्देशकले लिनुपर्ने, सोही मितिमा राति करिब साढे ७ बजेको समय ड्यूटीमा रहेका चौकिदारको विरोधका बावजुद प्रहरीको हस्तक्षेपमा कर्मचारीलाई दुरव्यवहार गरी महत्वपुर्ण कागजात लगेको कर्मचारीहरुले प्रेस विज्ञप्ती मार्फत लगाएका छन् । २२ कार्तिकमा सम्पुर्ण कर्मचारीलाई कारवाही गर्ने भनि कार्यकारी निर्देशकबाट धम्की आएको तथा २३ कार्तिकमा सम्पुर्ण कर्मचारीहरु धर्नामा बसेकै बखत एक्लौटी किसिमले चौकिदार स्वीपरको विज्ञापन निकालेको बताइएको छ । आफुहरु कसैको दवावमा नपरी स्वविवेकले आफ्नो हक हितको लागि आन्दोलनमा रहेको भन्दै परिषदको नीति निर्देशन विपरित परिषदको प्रतिष्ठामा आँच आउने वा अपमान हुने वा हानी नोक्सानी हुने काम कारवाही गरे गराएमा वा लिखित वा मौखिक बक्तव्य दिए वा दिलाएमा हुने कारवाही कार्यकारी निर्देशकलाई हुनुपर्ने कर्मचारीहरुले बताएका छन् ।
कार्यकारी निर्देशक काम गर्दै
 परिषदका २६ जना कर्मचारीहरु आन्दोलित रहेको भए पनि कार्यकारी निर्देशक यादवले दुई तीन जना कर्मचारीहरुको मद्दत लिएर परिषदका महत्वपुर्ण कामहरु गरि नै रहेको बताएका छन् । आन्दोलनकै क्रममा भारतका राष्टूपति प्रणव मुखर्जी जनकपुर आउँदा उहाँको स्वागतमा स्वागतद्वार, मिथिला कला संस्कृति झल्किने झाकी प्रदर्शन तथा राष्टूपति मुखर्जीलाई उपहार प्रदानको काम गरिएको थियो । त्यसैगरी जानकी मन्दिरलाई केन्द्र विन्दु मानि गढी माई, सिमरौनगढ, सलहेश फुलवारी, छिनमस्ता भगवती र बराह क्षेत्रलाई समेटिने गरी धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्वका धार्मिक सर्किट निर्माण गर्ने अध्ययन सर्बेक्षण गुरु योजना तयार गर्नेका लागि टिओआर समेत तयार भएको निर्देशक यादव बताउँछन् । त्यो कार्यका लागि नेपाल सरकारले ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रधानमन्त्रीको प्राथमिकताको २४ कार्यहरु मध्ये त्यो पनि एक रहेको निर्देशक यादव बताउँछन् ।
 २०६३ साल तिर भोजराज घिमिरे कार्यकारी निर्देशक रहेको बेला नै बरिष्ठ प्रशासकिय अधिकृत र सहलेखापालको पद दरबन्दी कटौती भएका कारण मानव संसाधन व्यवस्थापन, संगठनात्मक संरचनाको लागि कार्यदल गठन भई प्रतिवेदन उपर छलफलको क्रममा रहेको उनले बताए । त्यसैगरी परिषदको ऐन नियम बनाउन मन्त्रालय गम्भीर रहेको र तेस्रो पटक मस्यौदा तयार भईरहेको उनले बताए । यसका अतिरिक्त विकास निर्माणका कार्यको लागि समेत कार्यहरु अगाडी वढाइएको छ । आर्थिक बर्ष २०७३÷०७४ को विनियोजित १०÷१० लाख रकमको ७ वटा योजनाको सिलबन्दी दर भाउ पत्र समेत खोलिसकिएको र उक्त निर्माण कार्य अगाडी वढाउने प्रक्रिया समेत अघि वढिरहेको निर्देशक यादवले बताए । धनुषाको झोझी कटैयामा मन्दिर निर्माण, महोत्तरीको रौजा मजारको संरक्षण संवद्र्धन, विद्यापति गढ बनौलीको संरक्षण संवद्र्धन, जनकपुर १४ स्थित डिहवार थानको संरक्षण संवद्र्धन, जनकपुरको मध्यमासर स्थित कालमोचन हनुमान मन्दिरको संरक्षण सम्बद्र्धन लगायतका योजनाहरु अगाडी वढेको छ । त्यसैगरी अहिलेको विवाद समाधान सँगसँगै कर्मचारी आन्दोलन र टिओआरको स्वीकृति लगायतको प्रमुख ऐजेण्डाहरु राखेर २ मंसिर २०७३ मा परिषदको कार्यकारिणी समितिको वैठक समेत बोलाइएको यादवले बताए ।

२०७३ कार्तिक २८ गते आईतबार

धनुषामा बाल विकास शिक्षक नियूक्तिमा अनियमितता

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जिल्ला शिक्षा कार्यालय धनुषामा भ्रष्टाचार तथा अनियमितता दिनदिनै वढ्दै गएको छ । जुन जोगी आएपनि कानै चिरेको भनेझै धनुषामा जुन सुकै शिक्षा अधिकारी आएपनि भ्रष्टाचार र अनियमिततामा चुर्लुम्मै डुब्ने गरेको पाइन्छ । त्यसको पछिल्लो उदाहरण हो, बाल विकास समितिको बाल शिक्षक नियूक्ति प्रकरण ।
धनुषामा बाल विकास समिति अन्तरगत कुल ६ सय ६५ वटा कोटाहरु रहेका छन् । बाल विकास समिति कोटाका फोकल पर्सन समेत रहेका स्रोत व्यक्ति धनेश्वर यादवका अनुसार धनुषामा हालसम्म ३ लटमा गरी कुल ६ सय ६५ वटा कोटाहरु वितरण गरिएको हो । पहिलो लटमा ५ सय ९९, दोस्रो लटमा ४५ र तेस्रो लटमा २१ वटा कोटाहरु वितरण गरिएको हो । यादवका अनुसार पहिलो लटमा वितरण गरिएको ५ सय ९९ कोटा मध्ये २ सय ९२ वटा कोटाहरु जिल्लाका विभिन्न विद्यालयहरुमा र बाँकी ३ सय ७ वटा कोटाहरु विभिन्न गैरसरकारी संस्थाहरु मार्फत समुदायमा वितरण गरिएको थियो । जसमध्ये नेपाल सरकारको पछिल्लो नीति अनुसार गैरसरकारी संस्था वितरण गरिएको ३ सय ७ वटा कोटाहरुलाई विद्यालयमा हस्तान्तरण गर्ने प्रक्रिया अघि बढेको छ । हो, यसरी विद्यालयमा हस्तान्तरन गरिरहेको कोटाहरुमा २८ जना बाल विकास शिक्षकको नियूक्तिमा शिक्षा कार्यालयका अदृष्य गिरोहहरुले चलखेल गरी, व्यापक आर्थिक लेनदेन गरी अनियमितता गरेको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष मेघनाथ यादव दावी गर्छन् ।
के हो समग्र प्रकरण ?
५ बर्ष भन्दा मुनिको बाल बालिकाहरुलाई १ कक्षामा भर्ना हुनका लागि तयारी गराउने उद्देश्यले नेपाल सरकारले विभिन्न संघसंस्था मार्फत समुदायमा बाल विकास कक्षा संचालन गरेको थियो । जसअन्तरगत धनुषामा रहेको कुल ६ सय ३० वटा कोटा जिल्लाका विभिन्न गैरसरकारी संस्थालाई वितरण गरिएको थियो । २५ वटा विद्यार्थीहरुमा एउटा सहयोगी कार्यकर्ता भनेर नियूक्त गरिएको थियो । ती सहयोगी कार्यकर्ताहरुको नियूक्ति कोटा पाएका संघसंस्थाहरुले नै गर्ने गरेका थिए । सहयोगी कार्यकर्ताहरुलाई सुरु सुरुमा ५ सय रुपैयाँ तलब दिने गरेको थियो । कुल ४ घण्टा समुदायकै बाल विकास केन्द्रमा पढाउनु पर्ने व्यवस्था अनुरुप ५ सयबाट सुरु भएको तलब ३ हजार हुँदै २०७३ साउनमा आएर ६ हजार रुपैयाँ पुगेको हो । कम्तिमा पनि ४ घण्टा ती सहयोगी कार्यकर्ताले विद्यार्थीहरुलाई पढाएको हुनुपर्ने मापदण्ड निर्धारण गरिएको थियो ।
शिशु कक्षामा अध्ययन गर्नका लागि तयार पार्ने उद्देश्यका साथ संघसंस्थाहरुलाई ती कोटा वितरण गरिएको भएपनि उद्देश्य अनुसार काम हुन सकिरहेको थिएन । विद्यार्थीलाई नपढाईकन सहयोगी कार्यकर्ताहरुले र कोटा पाउने गैरसरकारी संस्थाहरुले रकम हजम गरिरहेको थियो । अन्ततः नेपाल सरकारले बाल विकासको कोटा सिधा विद्यालयमा गाभिने निर्णय गर्यो । त्यसका लागि विभिन्न क्लब तथा संघसंस्थाहरुले हामीहरुसँग यति कोटा छन् भन्दै सहयोगी कार्यकर्ता सहित कोटा विद्यालयमा हस्तान्तरण गरियो । यसरी हस्तान्तरण गर्दा बाल विकास समिति मार्फत फोकल पर्सनको सिफारिसको आधारमा कोटाहरु विद्यालयहरुमा हस्तान्तरण गरिएको छ । बाल विकास समिति अन्तरगत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, गाविस सचिव, क्लब रहेको छ ।
गत बर्षसम्म ३ हजार मात्रै तलब रहेपनि अब चालु आर्थिक बर्षको साउन महिना देखि ६ हजार रुपैयाँ मासिक तलब भएपछि बाल विकास शिक्षकको नियूक्तिमा अनियमितता सुरु भएको छ । बाल विकास समितिको हस्तान्तरण निर्देशिकालाई मिच्दै विना कोटा, गैर कानुनी ढंगले कतिपय विद्यालयहरुले बाल विकास शिक्षक नियूक्त गरी खाता संचालन गरेको पाइएको छ । यतिसम्मकी जिल्लाका शिक्षा अधिकारी र शिक्षा कार्यालयका लेखापालको नक्कली हस्ताक्षर गरी विद्यालयमा कोटा हस्तान्तरण प्रक्रिया अगाडी वढाएको पाइएको छ ।
 बाल विकास समिति हस्तान्तरण निर्देशिका अनुसार हरेक विद्यालयमा कम्तिमा एउटा र वढीमा दुईवटा बाल विकास शिक्षकको कोटा नियूक्त हुने प्रावधान छ । तर, धनुषामा के देखिएको छ भने कतिपय विद्यालयमा ४ वटासम्म कोटा नियूक्त गरिएको छ । जस्तै, मावि मुजेलियामा मात्रै ४ वटा कोटा सिफारिस भएको पाइन्छ । हुनुपर्ने के हो भने बाल विकास समिति मार्फत ती कोटाहरुको पुनरनिर्धारण र पुनरवितरण गरिनुपर्ने थियो ।  प्रमुख जिल्ला अधिकारीको  अध्यक्षतामा , स्थानीय विकास अधिकारी, शिक्षक यूनियनका प्रतिनिधि, शिक्षक प्रतिनिधि, जिल्ला शिक्षा अधिकारी र बाल विकासको फोकल पर्सन सदस्य रहेको समिति छ । उक्त समितिबाट सिफारिस हुनुपर्ने थियो । अब अहिले के भएको छ भने साउनमा निकासा सिफारिस गरिएकोमा बास्तविक कोटा भन्दा बढी जना शिक्षकको नाउँमा निकासा गरिएको छ । २८ जना नक्कली शिक्षकको नाउँमा निकासा शिक्षा कार्यालयले गरेपछि नेपाल शिक्षक संघ लगायत विभिन्न शिक्षकका संघ संस्थाहरुले विरोध गरेका थिए । चौतर्फी विरोध भएपछि जिशिअ महेन्द्र महतोले बैंकमा निकासा पठाईसकेको रकम निकासा नगरी फिर्ता गरेको छ । प्रथम चौमासिक अन्तरगत १ सय ५० जना शिक्षकको कोटा विद्यालयमा हस्तान्तरण भएको थियो । सोही अनुसार प्रथम चौमासिक निकासा पनि भएको थियो । तर, २०७३ असोजमा जिल्ला शिक्षा कार्यालयले २८ वटा कोटा थपेर निकासा गरेको थियो ।
११ असोज २०७३ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले तत्कालिन शिक्षा अधिकारी चेत कुमार पोखरेललाई औपचारिक पत्र लेखेर नै बाल विकास अन्तरगत भईरहेको हिनामिना सन्दर्भमा प्रष्ट निर्देशन दिएका थिए । जिल्ला शिक्षा कार्यालय धनुषाबाट बाल विकास कार्यक्रम तर्फ संस्थाहरुलाई समुदायमा संचालन गर्ने गरि दिइएको बाल विकास कोटा हाल संस्थाहरुद्वारा फोकल पर्सनको सिफारिसमा विद्यालयमा आवद्ध गराई समायोजन गर्ने गरी कोटा वितरण तथा खाता संचालन गरी विभिन्न बहानामा व्यापक रकम असुल उपर गरी रहेको भन्ने जनगुनासो रहेको हुँदा अब उपरान्त बाल विकासको आवश्यकता औचित्य पुष्टियाई तथा विद्यालयमा हालका जनशक्तिलाई हेरी आवश्यक पर्ने हो होइन सो समेतको विश्लेषण गरी जिल्ला बाल विकास समितिबाट निर्णय गराई मात्र विद्यालय आवद्ध समायोजन तथा खाता संचालन गर्नु भनि प्रजिअ चापागाईले जिशिअ पोखरेललाई निर्देशन दिएको थियो । असोजमा निर्देशन दिएको भएपनि जिशिअ महतोले गलत तरिकाले घुस खाएर २८ जना नक्कली बाल विकास शिक्षकको कोटा भन्दा वढी तलब निकासा गर्नुले पनि प्रजिअको निर्देशनलाई खिल्ली उडाएको देखिन्छ ।
प्रजिअको निर्देशनका बावजुद पनि किन तपाईले आफ्नो सिफारिसमा कोटा वितरण गरिरहनु भएको छ भन्ने सवालमा फोकल पर्सन धनेश्वर यादव के भन्छन् भने प्रजिअले त्यस्तो कुनै पत्राचार मार्फत निर्देशन दिएको भन्ने कुरा थाहा छैन । रहयो भ्रष्टाचार वा गल्ती शिक्षकको सिफारिस मैले गरेको छु भने त्यसको छानविन होस ।
अनियमितताको श्रृङ्खला
२०७१ सालसम्म धनुषामा कुल ६ सय १ वटा बालविकासका कक्षाहरु संचालित थिए भने जिल्ला शिक्षा कार्यालयले संस्थाहरुद्वारा संचालित बालविकासको कक्षाको अनुगमन गर्दा २ सय ७४ वटा बालविकासको कक्षाहरु संचालन नै नभई रकम भुक्तानी भईरहेको पाइएको थियो । १८ अषाढ २०७१ मा जिल्ला शिक्षा कार्यालय धनुषामा शिक्षा विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालय समेतका प्रतिनिधिहरुको संयुक्त  टोलीको बसेको बैठकले संस्थामा रहेको बालविकास संचालनमा नरहेको हुनाले ती बाल विकासलाई बदर गरी जुन विद्यालयमा एउटा पनि बाल विकासको कक्षा नरहेको विद्यालयहरुबाट सुरु गरी आवश्यकता अनुसार बालविकास समिति मार्फत बाल विकासको कोटा वितरण गर्ने निर्णय गरियो । तर, जिल्ला शिक्षा कार्यालयको बालविकास समितिको बैठकबाट कोटा वितरण नगरी तत्कालिन शिक्षा अधिकारी चेतकुमार पोखरेलले गत अषाढ मसान्तमा संस्थाको बालविकास विद्यालयमा हस्तान्तर गरेको शिक्षक नेताहरुले आरोप लगाउने गरेका छन् । कतिपय बालविकासहरुमा पढाई नै नभएको अवस्थामा जिशिअ पोखरेलले एकमुष्ठ ४२ हजार रकम निकासा गरिदिएको पाइन्छ । त्यतिबेला एउटा बालविकासमा शिक्षकलाई ३ हजार रुपैयाँको दरले प्रति महिना तलब शिक्षा कार्यालयबाट निकासा हुने गरेको थियो । शिक्षा अधिकारी पोखरेलले प्रति सहजकर्ताबाट ४० देखि ६० हजार रुपैयाँ घुस खाएर बर्षैभरी बन्द रहेको करिब १ सय भन्दा वढीको संस्थाका बाल विकासहरुलाई विद्यालयमा हस्तान्तरण गरी खाता संचालन गरी २०७३ अषाढ १ देखि अषाढ २५ सम्ममा एकमुष्ठ रकम वितरण गरेको आरोप लाग्ने गरेको छ । यति मात्र होइन जिशिअ पोखरेलले करिब ५८ जना शिक्षकहरुको जिल्लान्तर सरुवा गरी १ करोड भन्दा पनि वढी रकम घुस खाएको शिक्षक नेताहरुले आरोप लगाउने गरेका छन् । एक शिक्षक नेताका अनुसार प्रति शिक्षकबाट शिक्षा अधिकारी पोखरेलले २ देखि ३ लाख रुपैयाँ सम्म घुस लिएका छन् ।


२०७३ कार्तिक २८ गते आईतबार