Tuesday, November 8, 2016

भारतीय राष्ट्रपति मुखर्जीको जनकपुरमा भव्य स्वागत

१९ कार्तिक २०७३ मा जनकपुर भ्रमणमा रहेका
भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन
 समारोहमा जानकी मन्दिरको प्रतिमा उपहार स्वरुप
प्रदान गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि ।
अजय अनुरागी
जनकपुरधाम............
भारतीय राष्टूपति प्रणव मुखर्जीले जनकपुरको भ्रमणका क्रममा जनकपुरवासीले उनलाई भव्यताका साथ स्वागत तथा सम्मान गरेका छन् । जनकपुरको जानकी मन्दिरमा पुजा गर्न आएका मुखर्जीलाई जानकी मन्दिरले स्वागत तथा सम्मान गर्नुका साथै स्थानीय नगरवासीहरुले समेत तिरहुतिया गाछीमा भव्य नागरिक अभिनन्दन समेत गरेको छ । निलम संजिवा रेयी र ज्ञानी जेल सिंह पछि मुखर्जी जनकपुर भ्रमण गर्ने भारतको तेस्रो राष्टूपति हुन् । भारतीय राष्टूपतिको जनकपुर भ्रमणले दुई देशबीचको सम्बन्ध सुमधुर हुनसँगै आर्थिक, ब्यापारिक र सांस्कृतिक रुपमा जनकपुरको विकास हुने अपेक्षा लिइएको छ ।
भारतीय राष्टूपति प्रणव मुखर्जीले १९ कार्तिक २०७३ मा जनकपुरको भ्रमण गरेका छन् । दिउँसो ११ बजेर ३७ मिनेटमा जनकपुर विमानस्थलमा अवतरण गरेका राष्टूपति मुखर्जि मध्यान्ह जानकी मन्दिर पुगे । भारतीय राष्टूपति मुखर्जिसहितको ५४ सदस्यीय टोलीलाई उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले जनकपुरको विमान स्थलमै पुगेर स्वागत् गरेका थिए । जानकी मन्दिरमा विशेष पूजा आराधना गरेका राष्टूपति मुखर्जीले मन्दिरहाताभित्रको शालिग्रामको दर्शन तथा अतिथि पुस्तकमा जानकी मन्दिरको बारेमा उल्लेख गर्दै नागरिक अभिनन्दनका लागि जनकपुरको ऐतिहासिक तिरहुतिया गाछी पुगेका थिए । जानकी मन्दिरमा भारतीय राष्टूपति मुखर्जीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै जानकी मन्दिरको प्रतिमा उपहार स्वरुप प्रदान गरिएको थियो । मन्दिरका सहायक महन्थ राम रोशन दास वैष्णवका अनुसार मुखर्जीका साथ साथै भ्रमण दलमा आएकाा सम्पुर्ण सदस्यहरुलाई जानकी मन्दिरको प्रतिमा उपहार स्वरुप प्रदान गरिएको थियो ।
भारतीय राष्टूपतिको आगमनभन्दा तीनघण्टा अघिदेखि नै जनकपुर विमानस्थलदेखि जानकी मन्दिरसम्मको बाटो ब्लक गरिएको थियो । नागरिक अभिनन्दन ग्रहण गरेपछि भारतीय राष्टूपति मुखर्जीले नेपालमा शान्ती, स्थिरता र स्थायित्वको लागि भारत सदैव चिन्तित रहेको जनाउँदै नेपालले समावेशी आर्थिक विकास गर्दै आएकोमा धन्यवाद दिए ।
झण्डै १४ मिनेटसम्म मन्तब्य राखेका भारतीय राष्टूपति मुखर्जीले आफ्नो मन्तब्यको अधिकांश समय जनकपुरको वर्णनमा खर्चिदै दुई देशबीच ट्वीन सिटी एग्रीमेन्टले जनकपुरको विकास हुने विश्वास ब्यक्त गरे ।
राष्टूपति मुखर्जीले नेपाल र भारतको सीमामा ४ वटा एकीकृत चेक पोष्ट निर्माण हुने क्रममा रहेकोले चेकपोष्टले भारत नेपालबीचको समाजिक, आर्थिक र ब्यापारिक रुपमा दुबै देश लाभ लिने बताए । उनले जनकपुरको परिक्रमा पथमा दुई वटा अत्याधुनिक धर्मशाला निर्माणको घोषणा गर्न पाएको खुशी ब्यक्त गरे ।
नागरिक अभिनन्दन समारोहमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय राष्टूपतिको आगमनले सांस्कृतिक, ब्यापारिक र आर्थिक रुपमा जनकपुर समुन्नतीको बाटोमा हिंड्ने विश्वास ब्यक्त गरे । मुखर्जीलाई स्नेहको प्रतिक प्रदान गर्दै उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले नेपाली भूमि भारत विरोधी गतिविधिमा प्रयोग हुन नदिने जनाउँदै खुल्ला सीमाको कुनै दुरुपयोग नहुने आश्वास्त पारे ।
नेपाल र भारतको पौराणिक सम्बन्ध रहेकाले जनकपुर(लुम्बिनी र भारतको अयोध्या सहित धार्मिक स्थलहरुलाई हिन्दु(बौद्ध धार्किक पर्यटन सर्किटको रुपमा विकास गर्नु पर्ने उनले जोड दिए ।
तराई मधेसको भूमि ज्यादै उर्वर रहेकाले रेल, कलकारखाना, बाढी नियन्त्रण तथा पर्यटन उद्योग विकासको लागि भारत सरकारले चासो देखाएका आशा व्यक्त गरे । नागरिक अभिनन्दन समारोहमा झण्डै ३५ मिनेट सहभागि भएका राष्टूपति मुखर्जिसहितको टोली १ बजेर २७ मिनेटमा फर्किएका हुन् । राष्टूपति मुखर्जीको जनकपुर भ्रमणलाई लिएर पछिल्लो एकसातादेखि तिब्ररुपमा तयारीहरु हुँदै आएको थियो । भारतीय राष्टूपतिको भ्रमणलाई लिएर जनकपुरका नागरिक समाज तथा सर्वसधारण उत्साहित देखिएका छन् ।
१९ वर्षपछि जनकपुरमा भारतीय राष्टूपतिको भ्रमणले विकास निर्माणमा राज्यको ध्यानाकर्षण हुनुसँगै धार्मिक, सांस्कृतिक तथा आर्थिक रुपमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । मुखर्जीलाई स्वागत गर्नका लागि स्थानीयवासीहरुले जनकपुर विमान स्थल देखि जानकी मन्दिर र तिरहुतिया गाछीसम्म स्वागतद्वार बनाई अभिनन्दन गरेको थियो भने ठाउँ ठाउँमा ब्यानर झुन्डयाई सम्मान समेत गरेको थियो । मिथिला कला संस्कृति झल्किने गरी मुखर्जीलाई स्वागत गर्न मिथिला नाट्य कला परिषदका कलाकारहरुले नृत्य प्रदर्शन गरेका थिए भने बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले झाकी तथा मिथिला लोककलाको प्रदर्शनी गरेको थियो । यसका अतिरिक्त जनकपुरका विद्यार्थीहरुले मुखर्जीलाई सडकमा अभिनन्दन गरेको थियो । जनकपुर उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पुण्यप्रसाद लुइटेलले नागरिक अभिनन्दन गर्नुका साथै नगरको साँचो प्रदान गरेका थिए । नागरिक अभिनन्दनका बीच उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष रामकुमार शर्मा र जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष शिव शंकर साहले मुखर्जीलाई उपहार स्वरुप जानकी मन्दिरको प्रतिमा प्रदान गरेका थिए । मुखर्जीलाई स्वागत गर्नका लागि जनकपुरका बर्तमान सांसद, पुर्व सांसद, पुर्व मन्त्रीहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, यूवा क्लव तथा संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, सरकारी कार्यालयका कर्मचारीहरु सहित करिब ३ हजार मानिसको अभिनन्दन कार्यक्रममा उपस्थिति रहेको थियो ।
भारतीय राष्टूपति प्रणव मुखर्जीको सम्बोधनका पुर्ण विवरण
उपप्रधान मन्त्री विमलेन्द्र निधि नेपाल गणराज्य, नेपाल प्रजातन्त्रका मन्त्री जीवन बहादुर शाही, माननीय सांसद सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका कार्यकारी अधिकृत पुण्य प्रसाद लुईटेल, म सँगै आउनु भएका भारतका संसदको सदस्यगणहरु, भारत सरकारको मन्त्री, विशिष्ट अधिकारीहरु, महिला तथा सज्जन वृन्दहरु ।
जनकपुरको यस प्राचिण नगरीमा मानिसहरुले जुन गरम जोशीले मलाई स्वागत र सत्कार गर्नुभएको छ, त्यसबाट म अभिभुत छु । जनकपुरको यस धर्तीमा आएर मलाई प्रसन्नता भइरहेको छ । यो धर्ती देवी सिताको धर्ती हो । जुन कि नेपाल र भारत दुवै देशमा समान रुपले आदरणिय छ । यो धर्ती राजा जनकको धर्ती हो  जसले भारतको संस्कृति, ज्ञान, अन्वेषणको लागि धेरै प्रोत्साहन गरेको छ । जनकपुर हाम्रो साझा सांस्कृतिक विरासतको सबै भन्दा राम्रो उदाहरणहरु मध्येको एक हो । प्राचिण काल देखि नै जनकपुर  ज्ञानको केन्द्र रहिआएको छ । जनकपुरले विश्वमा रहेका कुना कुनाहरुबाट विद्धानहरुलाई आकृष्ट गरेको छ । जनकपुर, सबै धर्मका वुद्धिजीवीहरुको ज्ञानको संगम स्थलको रुपमा रहेको छ । यस प्रसिद्ध नगरको शासक र देवी सिताको पिता जनकलाई यो कुराको श्रेय जान्छ कि उहाँले यस नगरीलाई नगरवासीका बीचमा बौद्धिकता र ज्ञानको वातावरण विकशित गरेका थिए । यस नगरको वरपरमा रहेका पुरातात्विक उत्खन्नबाट प्राप्त प्राचिण ग्रन्थहरु, पान्डुलिपी, सिक्का आदिबाट ज्ञानको प्रसिद्धीको पुष्टि हुन्छ । मलाई जानकारी प्राप्त भएको छ कि ऋिगबेदको प्रथम मण्डलको सबैभन्दा प्राचिण पान्डुलिपी जनकपुर मै खोजिएको थियो । महिला तथा सज्जन विन्दहरु,  प्राचिण कालदेखि नै यो सहर विभिन्न संस्कृति र धर्मको समागम स्थल रहेको छ । हाम्रो लोकशाहीमा अनेकौं कथाहरु र सन्दर्भहरु आउँछन् जसमध्ये भगवान बुद्धले आफ्नो आध्यात्मिक यात्राको क्रममा जनकपुरमा आएको कुरा उल्लेख भएको पाइन्छ । हिन्दुत्वको अलावा बुद्ध, जैन र इस्लामको पनि जनकपुरमा समागम स्थल पाइन्छ । यो यस्तो स्थल हो जसको स्थापना मित्रता, सत्कार र समन्वयनको जगमा भएको हो ।
महिला तथा सज्जन वृन्दहरु, नेपाल र भारत बीचको यो प्राचिण सम्बन्ध र परम्पराहरुले मजबुति प्रदान गरेको छ । जनकपुर र अयोध्या बीचको सम्बन्ध आदि काल देखि रहँदै आएको छ । यस महान नगरका निवासीहरु त्यो परम्परागत पारिवारिक सम्बन्धका उत्तराधिकारीहरु हुन । जो राजा जनक र राजा दशरथको बीचमा स्थापित भएको थियो । भारतका मानिसहरुको नजरमा त्यो अनौठो र महत्वपुर्ण सम्बन्धको परम्परा र विरासतको धेरै ठुलो स्थान रहेको छ ।
महिला तथा सज्जन वृन्दहरु, नेपालका साथ विभिन्न क्षेत्रमा आफ्नो भागिदारीलाई भारतद्वारा धेरै ठुलो महत्व दिने गरिन्छ । नेपालको मित्रता पुर्ण छिमेकीको रुपमा भारतको हमेशा यो नै इच्छा रहेको छ कि नेपालमा शान्ति स्थायित्व र सम्पन्नता होस । म मानिसहरुको  र नेपाल सरकारको प्रयासलाई सराहना गर्दछु । कि तपाईहरुले समावेशी आर्थिक विकासलाई प्राप्त गर्नु भएको छ । आफ्ना मानिसहरुका लागि एउटा शान्तिपुर्ण र खुशहाल जिवनलाई सुनिश्चित गर्नु भएको छ । नेपालका साथ विकासको भागिदारीमा आफ्नो घनिष्ठ सम्बन्ध र नेपालको जनताको उपलब्धि प्रति भारतको गर्व छ । भारतको जनता र भारतको सरकार नेपालको साथ आफ्नो घनिष्ठ सम्बन्धलाई एक अर्कोको हितमा परस्पर विश्वासको आधारमा झन थप गहिराईमा लग्न तथा विस्तार गर्नका लागि प्रतिवद्ध छ । पर्यटन क्षेत्रलाई वढावा दिनका लागि जनकपुरको आर्थिक विकास नै महत्वपुर्ण साँचो हो । अहिले मात्रै जनकपुर र अयोध्याले आफ्नो प्राचिण सम्बन्धलाई जोड्ने ट्विन सिटी एग्रिमेन्ट मार्फत फेरी पनि मजबुति प्रदान गरेको छ । लाखौं तिर्थ यात्रीहरुलाई राम्रो सुविधा प्रदान गर्नका साथ रामायण सर्किट पर्यटन क्षेत्रको विकासले मात्र रोजगारीको अवसर सिर्जना गर्दैन, बल्की हाम्रो साझा विरासतको कथालाई पनि मजबुति प्रदान गर्नेछ । जनकपुरको परिक्रमा पथमा दुईवटा धर्मशालाहरु निर्माण गर्ने सिद्धान्त हाम्रो सरकारले लिएको छ । मलाई प्रसन्ता भईरहेको छ कि यो घोषणा गर्नका लागि कि यो दुईवटा धर्मशालाहरु अवस्य नै निर्माण गर्नेछौं  जसले तिर्थयात्रीहरुलाई सुविधा दिनेछ । जनकपुर अध्यात्मिक र भौगोलिक दुवै दृष्टिकोणले भारतको समिप रहेको छ । यो अत्यन्तै आवश्यक छ कि मानिसहरुको आवागमनलाई सहज बनाउनका लागि दुवै क्षेत्रमा आधारभुत सुविधाहरु उपलब्ध गराउन सकियोस । सम्पर्क मार्गको विकासका लागि पर्याप्त ध्यान दिइयोस् । आजभोली नेपालका मानिसहरुको प्राथमिकतालाई ध्यानमा राख्दै दुवै सरकारहरुले ती मार्गहरुलाई संचार, सडक आदिको विकास गर्नुपर्छ । सिमावर्ती क्षेत्रमा रेल सम्पर्क, समुचित जाँच चौकीहरु (इन्टिग्रेटेड चेक पोस्ट) विद्युत वितरण लाइन आदिको कार्यान्वयनका लागि दुवै सरकारहरुले विशेष ध्यान दिनुपर्दछ । यी परियोजनाहरुले नेपालको सामाजिक आर्थिक र आधारभुत सुविधाहरुको कार्यान्वयनका लागि मात्र महत्वपुर्ण छैन बल्की व्यापार, व्यवसाय, लगानी, यात्रु आवागमनलाई पनि सुविधाजनक बनाउन हाम्रो सहयोगपुर्ण प्रयासहरुलाई पनि दर्शाउँदछ ।
महिला तथा सज्जन वृन्दहरु, भारत सरकारद्वारा नेपालको सिमामा ४ वटा इन्टिग्रेटेड चेक पोष्टको निर्माण गर्न सहयोग गरिँदैछ । विरगञ्ज र  विराटनगरमा एकिकृत चेक पोष्टबाट जनकपुर र यस क्षेत्रको आसपासका मानिसहरुले पनि काफी सहुलियत प्राप्त गर्नेछन् । मलाई थाहा भएको छ कि विरगञ्जको एकिकृत चेक पोष्ट धेरै चाँडै आरम्भ हुनेछ । आफ्नो आधारभुत सुविधाका लागि यो चेक पोष्टले व्यापार र पर्यटनलाई वढावा दिन र सिमाको आसपासका मानिसहरुलाई सुविधाजनक आवागमनका लागि महत्वपुर्ण सिद्ध हुनेछ । म नेपालका उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई आज यहाँ उपस्थित हुनुभएकोले उहाँलाई धन्यवाद दिन चाहन्छु । म बाल्यकाल देखि जब विद्यालयमा पढ्ने गर्थे तब देखि उनको बुवा स्वर्गीय महेन्द्र नारायण निधिको कार्यक्रम देखि पुरा अवगत थिएँ । उहाँ मात्र एउटा महान नेपाली नेता थिएनन् बल्की आफ्नो जीवन र राजनीतिक दर्शनमा अत्यन्तै निष्ठाबान र गान्धीवादी पनि थिए । यस अवसरमा म उहाँलाई गान्धीवादी र गान्धीदर्शनको प्रचारमा उनको महत्वपुर्ण योगदानलाई स्मरण गर्दै उहाँको सिद्धीलाई सादर नमन गर्दछु । हामी सबैजना भारत र नेपालको सांस्कृतिक राजदुत हौं । हामी आफ्नो सम्मिलित प्रयासहरु मार्फत पुरा विश्वलाई शान्ति र प्रेमको सन्देश दिन सक्छौं । जुन कुरा हामीलाई भगवान राम, देवी सिता, भगवान बुद्ध र भगवान महाविरबाट प्राप्त भएको छ । यो हामीहरुको जिम्मेवारी हो कि हामी आफ्नो पुर्वजहरुको विरासतलाई अगाडी वढाउन सकौं । यो नै उहाँहरु प्रति हाम्रो सच्चा श्रद्धान्जली हुनेछन् । आऔं, उहाँहरुको आर्शिवादको साथ हामी सबै जना यस कार्यमा अगाडी वढौं । हाम्रो दुवै महान देशका मानिसहरुका बीच आफ्नो भाईचारा अमर रहोस् । भारत नेपाल मैत्री अमर रहसे ! धन्यवाद !
उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको सम्बोधनको पुर्ण विवरण
 आजको आकर्षणको केन्द्र विन्दु भारतका राष्टूपति प्रणव मुखर्जी ज्यू, उहाँसँगै आउनु भएका भारतीय भ्रमण दलका सदस्यगणहरु, सम्मानीत अगुवा अतिथिहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, बर्तमान सांसदहरु, पुर्व सांसदहरु, उद्योगी व्यापारी, बुद्धिजीवि, महिला सज्जन वृन्द तथा पत्रकार मित्रहरु,
सबैभन्दा पहिले नेपाल सरकार र सम्पुर्ण नेपाली जनता,यहाँ उपस्थित सम्पुर्ण जनकपुरवासी तथा सम्पुर्ण मिथिलाबासीको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट पनि यस प्राचिण प्रसिद्ध मिथिलाको राजधानी राजा जनक र माता सिताको गृहनगर जनकपुरधाममा महामहिम राष्टूपति ज्यू तपाईलाई र तपाईसँगै आउनुभएका सम्पुर्ण भ्रमण दलका सदस्यहरुलाई स्वागत गर्दछु ।
महामहिम ज्यू,
यो प्राचिण सहर जनकपुर भारतको अयोध्यासँग विशेष सम्बन्धले जोडिएको छ । जनकपुर हिन्दु धर्मको अभिन्न अंगको रुपमा जोडिएको पवित्र धाम हो । महामहिम ज्यू, तपाईको यस ऐतिहासिक राजकिय भ्रमणले फेरी एक पटक यो नगरको महत्व र उचाईमा चार चांद लागेको कुरा म सगर्ब अनुभुति गरिरहेको छु । आजको यो विशेष अवसरमा म स्मरण गर्न चाहन्छु कि यस अघि भारतका दुईवटा महामहिम राष्टूपति ज्यूहरुको समेत जनकपुर भ्रमण भएको छ । स्वर्गीय निलम संजिवारेड्डी र ज्ञानी जेल सिंहज्यूको । उहाँहरुको भ्रमणको क्रममा जनकपुरको धार्मिक र सांस्कृतिक महत्व तथा दायरालाई अगाडी वढाउन महत्वपुर्ण भुमिका निर्वाह गरेको कुरालाई कहिल्यै पनि, कुनै पनि हालतमा विर्सन सकिन्न । निश्चित रुपमा जनकपुर परापुर्वकाल देखि नै अहिलेसम्म पनि बहुसंख्यक भारतीय नागरिकको हृदय  र मस्तिष्कमा विशेष रुपले प्रेम, आगाध, सम्मान र स्थान रहेको छ । र, भविष्यमा पनि निरन्तर रहि रह्ने छ भन्ने कुराको मलाई पुरा आशा र विश्वास छ ।
महामहिम ज्यू, नेपाल र भारत बीचको परम्परा देखि धार्मिक, सांस्कृतिक, भौगोलिक सम्बन्ध छ । जसकारणले दुवै देशको बीचको सम्बन्ध अटल, मजबुत र अतुलनिय बनाएको छ । विशेष रुपले दुवै देशका बीचमा त्यो अतुलनिय सम्बन्ध  रहिआएको छ । जनकपुर र अयोध्याको बिचमा स्थापित भगिनी सहरको सम्बन्ध आजको यस अवसरमा म स्मरण गर्न चाहन्छु । मलाई पुर्ण विश्वास छ कि पवित्र यस दुवै धार्मिकधामहरुको स्थापित सम्बन्धले सम्पुर्ण हिन्दु सर्किटको विकास, विस्तार र व्यवस्थापनमा ठुलो टेवा पुग्ने छ । भारतको पर्यटन सम्बन्धि निकायले जनकपुरको यस धार्मिक स्थललाई पर्यटकिय स्थलको रुपमा सूचिकृत गरि प्रचार प्रसार गर्न सहयोग गरोस्, त्यो योगदानलाई जनकपुरले हृदय देखि स्वागत र प्रसंसा गर्नेछ । मलाई पुरा विश्वास छ कि दुवै देशका बीचमा यस सम्बन्धमा चाँडै र महत्वपुर्ण नतिजा हासिल गर्ने कुरामा अगाडी वढ्ने छ । महामहिम ज्यू नेपालको प्रजातन्त्र र विकासमा विभिन्न समयमा तपाईले महत्वपुर्ण योगदान निर्वाह गर्नुभएको छ । त्यसैले सहृदय तपाईको मुक्त कन्ठले प्रशंसा गर्दैै  धन्यवाद समेत ज्ञापन गर्न चाहन्छांै । मेरो मानस पटलमा अहिले पनि स्मरण छ, जब तपाई भारतको बित्त मन्त्री हुनुहुन्थ्यो तब नेपालको दुई पक्षिय आर्थिक सहयोग विकास, बाणिज्य र लगानीको क्षेत्रमा प्राथमिकताको साथ तपाईकै नेतृत्वमा अगाडी वढेको थियो । भारतको प्रजातान्त्रिक मुल्य मान्यता, राजनीतिक संस्कार, समावेशी विकास प्रक्रियामा तपाईको योगदान एउटा ठुलो उदाहरण रहेको छ । साथै, तपाई नेपालको लागि पनि प्रेरणाको स्रोतको रुपमा स्थापित हुनुहुन्छ । अहिलेको सताव्दी भनेको स्मार्ट सताव्दी हो । यो सताव्दी विकास र अवसरको संभावनाले भरिपुर्ण छ । तसर्थ दुवै देशको बिचमा समयको आवश्यकता अनुसार जनसम्पर्क, साझेदारी, प्रविधिगत विकास द्रुतगतिमा वृद्धि हुनु अत्यन्त आवश्यक छ । यदि स्मार्ट यूगको अवधारणा अनुसार दुवै देश मिलेर अगाडी वढ्न सके दुवै देशमा समाजिक, आर्थिक, भौतिक र प्राविधिक विकास सुनिश्चित छ भन्नेमा मलाई पुर्ण विश्वास छ । खास गरेर हिन्दु र बुद्धिष्ठ धार्मिक सर्किटहरु बीचको व्यवस्थित विकास र प्रवद्र्धन, व्यवस्थापनको अपार सम्भावनाहरु छन् । यदि ती क्षेत्रको विकास प्रभावकारी रुपमा गरियो भने आर्थिक र धार्मिक विकास सँगै दुवै देशका जनस्तरमा समेत आगाढ सम्बन्धको स्थापना हुने निश्चित छ ।
महामहिम ज्यू, नेपालको मधेस तराई क्षेत्र लगानी र विकासको लागि अति नै उपयूक्त र उर्वर भुमि रहेको छ । भारतको सरकारी र निजी क्षेत्र दुवैको लागि तराई मधेसको क्षेत्र महत्वपुर्ण र अनुकुल क्षेत्र हो । सिमावर्ती क्षेत्र भएका कारण दुवै देशको क्षेत्रमा हरेक दृष्टिकोणले सहयोग पुग्ने छ । विशेष गरी उद्योग, कृषि, यातायात, स्वास्थ्य, शिक्षा, सिचाई, विधुतिकरण आदि क्षेत्रमा लगानीको प्रचुर बातावरण रहेको छ । र, यस क्षेत्र तर्फ केन्द्रित हुनका लागि म भारत सरकारलाई आग्रह गर्न चाहन्छु । लगानीको बातावरणलाई अनुकुल बनाउनको लागि नेपाल सरकार र जनकपुरवासीको तर्फबाट आवश्यक सम्पुर्ण सहयोग उपलब्ध गराउने विश्वास समेत दिलाउन चाहन्छु । नेपाल भारतको लामो सिमाक्षेत्र सँग जोडिएको छ । खास गरेर सिमावर्ती क्षेत्रका नागरिकहरुले धेरै कुराको साझा उपयोग र साझेदारी गर्छन् । जनकपुर सहित सिमावर्ती क्षेत्रको भौतिक विकास, दुवै देश बीच सडकको लागि यातायात, संचार, व्यापार, व्यवसाय तथा प्रविधिको विकास तथा प्रवद्र्धनको लागि तत्काल सम्बोधन गर्न सकिए यस क्षेत्रको कायापलट निश्चित छ । र, यस तर्फ भारत सरकारको ध्यान केन्द्रित गर्न म आग्रह गर्न चाहन्छु ।
निश्चित रुपले अहिले भारत सरकारको तर्फबाट ठुलो सहयोग र प्राथमिकताको साथ विकास निर्माणमा महत्वपुर्ण योगदान भईरहेको छ । खास गरेर दर्जनौं ठुल(ठुला योजना र परियोजनाहरु भारत सरकारको लगानी र सहयोगमा द्रुतगतिमा अगाडी वढिरहेको छ । यसलाई मुर्त रुप दिन र तत्काल निष्कर्षमा पुर्याउन तथा थप प्रभावकारी बनाउन, सहकार्य गर्न र ध्यान केन्द्रित गर्नु जरुरी छ । भारत सरकारको तर्फबाट भईरहेको सहयोगका लागि नेपाल सरकार, नेपाली जनता, मिथिलावासी, जनकपुरवासी र म आफ्नो व्यक्तिगत तर्फबाट धन्यवाद दिन चाहन्छु । मलाई विश्वास छ भारत सरकारको सहयोगबाट संचालित चालु योजना परियोजनाहरु र भारत सरकारको सहमतिमा पाइपलाईनमा रहेका खास गरेर जनकपुर क्षेत्रको विकास कार्यक्रम अन्तरगत भौतिक पुर्वाधार निर्माण, विकास निर्माण, परिक्रमा सडक, हुलाकी राजमार्ग, जनकपुर अयोध्या सिधा रेल सम्पर्क जनकपुरमा विश्व स्तरको शैक्षिक संस्थाको निर्माण, जनकपुर क्षेत्रमा अवस्थित मठ मन्दिरको जिर्णोधार, मर्मत, पुरातात्विक क्षेत्रको प्रवद्र्धन लगायतका कार्यहरु सम्पन्न गराउन म अनुरोध गर्दछु । सवै कार्यहरु पुरा गरेपछि बहु आयामिक विकासमा मदत पुग्ने छ । यस क्षेत्रको जीवन स्तरको विकासमा समेत ठुलो मदत पुग्ने छ । भारत सरकारको निरन्तर सहयोग र सहकार्यको लागि अपेक्षा राख्दछु ।
महामहिम ज्यू, नेपाल सरकार र सम्पुर्ण नेपालीहरुको तर्फबाट एक पटक फेरी विश्वस्त गराउँदै के प्रतिवद्धता दोहोर्याउन चाहन्छु  भने नेपालको भुमि भारतको विरुद्धमा कहिल्यै पनि कुनै पनि हालतमा प्रयोग हुन दिन्न । म विश्वास दिलाउन चाहन्छु । यस विषयमा हामी धेरै नै सम्वेदनशिल छौं कि नेपाल र भारत बीचको महत्वपुर्ण विशेषताको रुपमा यो कुरा रहँदै आएको छ । नेपाल र भारत बीच प्रभावकारी सिमा व्यवस्थापनको सवालमा धेरै नजदीकबाट सहकार्य गर्दै आईरहेको छ । त्यसैले भारत पुर्ण रुपले विश्वस्त रहोस् कि नेपाल भारतको खुल्ला सिमाको कुनै पनि प्रकारले दुरुपयोग हुन दिँदैन । नेपाल र भारत बीच विभिन्न तहमा सम्पन्न दुईपक्षिय सम्झौता कार्यान्वयनका लागि तयार छ भन्ने कुरा विश्वास दिलाउन चाहन्छु ।
महामहिम ज्यु, अन्तयमा तपाईलाई जनकपुरमा हामीहरुलाई स्वागत गर्न अवसर प्रदान गर्नु भयो, त्यसकारण भारत सरकार र तपाईको सम्पुर्ण भ्रमण दल प्रति सादर आभार र धन्यवाद व्यक्त गर्न चाहन्छु । आशा छ, तपाईको यस भ्रमण पछि जनकपुरको महत्व विस्तार,  प्रसार र मर्यादाको उच्च विन्दुमा पुग्नेछ । आशा छ, तपाईहरुको यो भ्रमण अविस्मरणीय यादगारको रुपमा रह्नेछ ।
भारतीय राष्टूपति मुखर्जीलाई गरिएको नागरिक अभिनन्दनको पुर्ण विवरण
जनकपुरमा मुखर्जीको प्रशस्ति( हे दुरुष्टा ! जगदम्बा सीताको धराधाम गदगद भएको छ !
‘आशायुक्त आँखाका सपनालाई आकार दिन प्रेरणा प्राप्त होस’
भारतीय राष्टूपति प्रणव मुखर्जीलाई जनकपुरनगरीमा शुक्रबार मिथिलावासीहरुले भव्य स्वागत एवं अभिनन्दन गरे । मिथिलाबासीहरुले भारतीय पाहुना राष्टूपति मुखर्जीको अभिनन्दनमा संस्कृत बाङमय एवं साहित्यिक भक्तिरस मिश्रित अभिनन्दनपत्र तयार पारेका थिए, जुन निकै कलात्मक थियो ः
विश्वशान्ति र विश्व बन्धुत्वका लागि समर्पित विश्वविख्यात नेता, लोकत्रान्त्रिक मूल्यका निष्ठावान पुरुष, उत्पीडित एवम् प्रताडीत मानवताका उन्मुक्ति नायक, समाजिक न्याय तथा कानुनी राज्यको अवधारणामा आधारित विभेदमुक्त, समतामूलक समाजका प्रखर अभियन्ता, गणतन्त्र भारतका महामहिम राष्टूपति श्री प्रणव मुखर्जीका कर(कमलमा समर्पित नागरिक अभिनन्दन पत्र ।
हाम्रा विशिष्ट पाहुना महामहिम राष्टूपति,
यहाँलाई यो पवित्र नगरी जनकपुरबासीमाझ स्वागत गर्न पाउँदा जगदम्बा सीताको यो धराधाम गदगद भएको छ । आज हामी पुनः एकपटक सीता(रामको स्वयम्भरको दृश्यलाई झल्झली सम्झिरहेका छौं । सीता स्वम्भरमा राजा दशरथलाई जनकपुरमा पाएर पाएर जनकपुर जसरी हर्ष्विभोर भएको थियो, आज फेरि सीताको पतिगृह देशका राष्टूध्यक्षलाई देखेर हामी माथिलाबासी रोमाञ्च एवम् आनन्दको भावासागरमा निमग्न भएका छौं ।
मैथिली परम्पराअनुसार हामी यहाँलाई भावाजलाभिषेक गर्दछौं, र यहाँमाथि भावसुमनको वर्षा गर्दछौं । छिमेकी मित्रराष्टूका भारतका राष्ष्टूप्रमुख, सम्पूर्ण मानवताको मंगलका लागि यहाँको जीवन समर्पित रहेको छ । सहअस्तित्वको सहभावनाले नै संसार बाँच्छ र बाँच्न योग्य रहन्छ भन्ने साश्वत सत्य यहाँको मन, बचन र कर्मद्वारा उद्घोषित भएको छ, जसको हामी मुक्तकण्ठले प्रशंसा गर्दछौं ।
नेपाली जनताका घनिष्ठ मित्र महामहिम,
महाकवि वाण भट्टले लोक विधेययानि हि भवन्ति चचा सि महताम भनेझैँ यहाँले जीवनपर्यन्त आफ्ना मूल्यहरुको रक्षार्थ बिघ्नका बिन्ध्याचल लाहपतिका अर्णवहरु अभिचल, धैर्य, अटल, सहास, अचल र अथक पुरषार्थसहित पार गर्दै आउनुभएको छ, हामी यहाँको स्वागत गर्न पउँदा हामी अत्यन्तै हर्षित छौं । विद्यता र ज्ञानका प्रखर प्रतिनिधि समान्ननीय भारतीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीले यहाँलाई आफैंमा एउटा विश्व विद्यालय भन्नुभएको छ । गरिबी, अशिक्षा, समाजिक असमानता, अन्धविश्वाशस, कुरीति, समाजिक विभेदजस्ता समाजिक कुरीति हटाउने दिशामा वर्तमान विश्व यहाँको चिन्तन र आलोकतिर आशातीत दृष्टिले नियाल्दछ । वर्तमान नेपाल पनि ती चिन्तन र आलोकमा आफ्नो पथ पहिल्याउँदै समान्यायिक र सम्मुन्नत नेपालका लागि पाइला अघि बढाउँदैछ ।
हे दूरदर्शी, स्वप्नद्रष्टा एवम् कर्मठ कर्मयोगी,
सम्पूर्ण श्रृष्टिको रहस्यवीज आफ्नो छातीभित्र राख्ने जनकपुरको यो गौरवशाली ज्ञानभूमि, आर्यशक्ति सीताको लीलास्थल मात्र होइन, सम्पूर्ण भारतवर्ष आर्यवर्तको चिन्तनको केन्द्रभूमि रहेको कुरा पुराण र इतिहासबाट सिद्ध छ । सांस्कतिक एबम् एतिहासिक वैभवले सम्पन्न यो मिथिला भूमि भौतिक विकासको दृष्टिले पछि रहे पनि आध्यात्मिक सांस्कतिक र परम्पराको दृष्टिले यो जीवन्त र वैभवशाली छ ।
विज्ञान, प्रविधि, उद्योग, व्यवसाय, ज्ञान, सांसकतिक तथा आध्यात्मिक पर्यटन केन्द्रमा दृष्टिले अत्याधुनिक महानगरीय जीवनका सम्पूर्ण सुविधासम्पन्न नगरका रुपमा सीताको माइतीलाई विकसित गर्ने सपनाहरु युगौंदेखि यहाँका जनसमुदाय र नागरिकले साँच्दै आएका छन् । ती आशायुक्त आँखाका सपनाहरुलाई आकार दिन हामीले पूरा गर्नुपर्ने दायित्वबारे यहाँको विशाल ज्ञान, दीर्घ अनुभव र सुतिष्ण बृद्धिबाट प्रेरणा प्राप्त हुने विश्वास हामीले लिएका छौं ।
विश्वमंगलका लागि यहाँको अमर, आनन्दमय र कृतिमय जीवनको याचना जगन्माता सीतासँग गर्दै सम्पूर्ण मिथिलाबासीका तर्फबाट पटक(पटक यहाँको स्नेहमय आगमनका लागि हार्दिक आमन्त्रण गर्दै गणतन्त्र भारतका महामहिम राष्टूपतिको यस विशिष्ट आगमनका लागि हार्दिक अभिनन्दन गर्दछौं । हामी हौं मिथिलाबासीहरु, जनकपुरधाम नेपाल
धन्यवाद । नमस्कार ।
जानकी मन्दिरको आगन्तुक पुस्तिकामा भारतीय राष्टूपति मुखर्जीले के लेखे ?
भारतीय राष्टूपति मुखर्जीले जनकपुरको जानकी मन्दिर दर्शन गर्ने क्रममा मन्दिरको आगन्तुक पुस्तिकामा जनकपुरवासीहरुलाई छठ पर्वको शुभकामना समेत व्यक्त गरेका छन् । आगन्तुक पुस्तिकामा हरियो मसिले हिन्दी भाषामा मुखर्जीले लेखेका शुभकामना शव्दको नेपाली रुपान्तरण जस्ताको तस्तै ः
जनकपुरको यस पावन नगरीमा जानकी मन्दिरको यो दर्शन मेरो लागि यादगार छ । यस महत्वपुर्ण तिर्थस्थल भारत र नेपालको सांस्कृतिक र आध्यात्मिक सम्बन्धहरुको एक महत्वपुर्ण केन्द्र विन्दु हो । मलाई विश्वास छ कि जनकपुर र भारतको प्राचिण नगरी अयोध्याका बीच जुडुवा सहर सम्झौताले हाम्रो दुवै देशका बीचको घनिष्ठ सम्बन्धमा थप मजबुति प्रदान हुनेछ । यसले हाम्रो दुवै देशका बीच विशेष रुपले यस क्षेत्रमा व्यापार र पर्यटनको विकासमा मानिसहरुको आपसी सहयोगमा वृद्धि हुनेछ ।
आफ्नो राजकीय यात्राको क्रममा मलाई यो घोषणा गर्दै प्रसन्नता भएको छ कि भारत सरकारद्वारा जनकपुरधामको परिक्रमा पथमा दुईवटा धर्मशालाहरुको निर्माण गरिनेछ  जसले यस प्राचिण नगरीमा आउने तिर्थ यात्रुहरुलाई सुविधा प्रदान गर्नेछ । आज मलाई स्वागत गर्नका लागि जानकी मन्दिरका सम्पुर्ण पदाधिकारीहरु र जनकपुरका मानिसहरुलाई धन्यवाद । म उहाँहरुको गर्मजोशी र उहाँहरुको स्नेहबाट अभिभुत भएको छु । म भारत सरकार र भारतको नागरिकहरुको तर्फबाट तपाईहरुलाई छठ पर्वको शुभकामना समेत दिन्छु । र, तपाईहरुको प्रगति तथा सम्पन्नताको कामना समेत गर्दछु ।
प्रणव मुखर्जी
राष्टूपति, भारत गणराज्य ।

२०७३  कार्तिक २१ गते  आईतवार