Thursday, July 28, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह

हात मिलाउन भन्या, किन रिसाको ? हट पर जा अब हात मिलाउने होइन, शासन गर्ने पालो हाम्रो हो !

२०७३ श्रावण ०९ गते आईतबार

धनुषा प्रहरीको प्रशंसा र आलोचना

अजय अनुरागी
जनकपुरधाम.............
मधेस आन्दोलनका क्रममा धनुषा प्रहरीले तिन जना निर्दोष आन्दोलनकारीहरु नितु यादव, दिलिपयादव र संजय चौधरीलाई गोली प्रहार गरी हत्या गरेपछि धनुषाबासीले धनुषा प्रहरीको सबैभन्दा वढी आलोचना गरेको पाइन्छ । आन्दोलनका दौरान प्रहरीले चलाएको गोली लागेर धनुषामा ३ जनाको मृत्यू हुनुका साथै दर्जनौं घाइते भएका थिए । प्रहरीको गोली लागि मारिएको भएपनि धनुषा प्रहरीले भवित्वय ज्यान अन्तरगत मुद्दा दर्ता गरेको पाइन्छ । आन्दोलनका समय धनुषावासी र धनुषा प्रहरी बीच एक किसिमले पुर्णतः संवाद बन्द भएको थियो । पछि आएर आन्दोलन फिर्ता भएपछि  प्रहरी र नागरिक बीच सम्बन्धको स्थापना भएको हो । संचार उद्यमी अरुण कुमार सिंघानियाको अनुसन्धान गरी अभियूक्तहरुलाई कानुनको दायरामा ल्याएपछि स्थानीयवासीले धनुषा प्रहरीको प्रशंसा गरिरहेको अवस्थामा अन्य थप अभियूक्तहरुलाई कानुनको दायरामा नल्याएको भन्दै स्थानीयवासीले प्रहरीको कामलाई आलोचना पनि गरेको पाइन्छ । त्यसैगरी सबैला हत्या काण्डमा प्रमुख योजनाकारका रुपमा अभियूक्त बनाइएका एमाले नेता योगनारायण यादवलाई पक्राउ गरी कानुनको दायरामा ल्याउँदा स्थानीयवासीले धनुषा प्रहरीलाई किन पनि प्रशंसा गरे भने यादव पक्राउ परेको बेला उनको पार्टीका अध्यक्ष तथा एउटै खेमाका नेता रहेका केपी शर्मा ओली प्रधानमन्त्री थिए । तर पनि उनलाई प्रहरीले पक्राउ  गरेको थियो । त्यसैगरी जानकी मेडिकल कलेजका संचालकहरुलाई प्रहरीले अदालतमा मुद्दा नै नचलाई उन्मुक्ति दिएकोमा धनुषाबासीले प्रहरीका आलोचना गरेका छन् । ४ करोड ७७ लाख ७० हजार रुपैयाँ मेडिकलका विद्यार्थीहरुबाट असुल गरी ठगी गरेको र ८ महिनासम्म अस्पताल बन्द गरी अस्पतालका कर्मचारीहरुको तलब नदिई ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । उक्त घटनामा कलेज संचालकहरु ओम प्रकाश पाण्डे, कामेश्वर साह र समिर ढुङ्गेललाई प्रहरीले पक्राउ गर्नुका साथै अन्य फरार रहेका संचालकहरु अर्चना पाण्डे, हेमता सुवेदी, सुरिता साह र बलराम गुप्तालाई पक्राउ गरी ठगीको कसुरमा माग दावी लिइएको थियो । तर, सरकारी वकिल टेक बहादुर कार्कीले २० जेष्ठ २०७३ मा मुद्दा दर्ता नै नगर्नुपर्ने निर्णय गरेपछि उनीहरुको मुद्दा अदालतसम्म पनि नपुगेर रिहा गरिएको थियो । उक्त फैसलापछि धनुषाबासीले स्थानीय प्रहरीका साथ साथ सरकारी वकिलको पनि आलोचना गरेको पाइन्छ ।
त्यसैगरी धनुषामा वढ्दै गएको तस्करी, कालाबजारी, कृत्रिम अभाव, मिसावट आदिका कारण स्थानीय प्रहरी प्रशासनको आलोचना भईरहेको छ भने ध्वनी प्रदुषण गर्ने डिसे साउण्डलाई नियन्त्रणमा लिइएको प्रयासलाई प्रशंसा गरिएको छ । केही तासका जुवालाई नियन्त्रण गरिएको भएपनि कौउडा साथ र तास सहितको जुवा अझै पनि जिल्लाका विभिन्न ठाउँहरुमा घुम्ती शिविर जस्तै संचालन भईरहँदा आलोचना भएको छ । अवैध मदिरा भठ्ठीहरु संचालित हुँदा अवैध मदिराको विक्री वितरण तथा सेवनको कार्यले बढावा पाईरहँदा धनुषा प्रहरीको आलोचना भइरहेको छ भने गृहमन्त्री समेत भएका माओवादी केन्द्रका नेता रामचन्द्र मण्डल, देवसागर दास जस्तो नेताहरुलाई समेत केही सार्वजनिक अपराधको मुद्दा चलाउँदा धनुषा प्रहरीको प्रशंसा समेत गरिएको छ । त्यसैगरी जानकी मन्दिरमा दर्शन गर्न जनकपुर आएकी राष्ट्रपति विद्या देवी भण्डारीको विरोध गर्दा गर्दै जानकी मन्दिर तोडफोड गरेको आरोपमा प्राचिन स्मारक संरक्षण ऐन अन्तरगत विभिन्न व्यक्तिहरुलाई मुद्दा चलाइँदा मिश्रित प्रतिक्रिया रहेपनि कारवाही नगर्दा हुन्थ्यो भने भनाई अधिकांशको रह्यो ।

२०७३ श्रावण ०९ गते आईतबार

धनुषामा एक बर्षमा १६ जनाको हत्या

अजय अनुरागी
जनकपुरधाम.............
आर्थिक बर्ष २०७२÷०७३ मा धनुषामा १६ जनाको हत्या भएको छ । पछिल्ला आर्थिक बर्षहरुको तुलनामा हत्याको संख्यामा केही कमि आएपनि आन्दोलनका कारण हुनुपर्ने कमि भने हुन सकेको छैन ।
क–कसको भयो हत्या ?
२ साउन २०७२ मा धनुषाको तारापट्टी १ बस्ने विल्टु साहका २० बर्षिय छोरा अशोक कुमार साह दात उखाल्नका लागि जनकपुरनगरपालिका ८ स्थित सिता डेन्टल क्लिनिक संचालन गरी बसेका डा.विनय प्रसाद साहको क्लिनिकमा लग्दा रगत बग्न थालेको थियो । त्यसपछि थप उपचारको लागि धरान हुँदै भारतको सिलिगुडी लग्दा मृत्यु भएको थियो । उक्त घटनामा मृतक अशोकका बुवा विल्टुले डा.विनय प्रसाद साह र मिथिलेश्वर निकास ९ का ३५ बर्षिय प्रल्हाद राउतलाई प्रतिवादी बनाई कर्तव्य ज्यान मुद्दा दर्ता गराएको थियो । उक्त घटनाको थुनछेक मुद्दामा धनुषा जिल्ला अदालतले २७ साउन २०७२ मा जनही १० हजार रुपैयाँ धरौटी राखि तारेखमा रिहा गर्ने आदेश गरेको छ ।
१४ साउन २०७२ मा धनुषा बहेडाबेला २ स्थित २७ बर्षिय दिलिप यादवलाई सोही गाउँको एउटा खेतमा मारेर फालेको अवस्थामा लास फेला परेको थियो ।  मृतकका दाई बहेडाबेला २ बस्ने ३८ बर्षका जगरनाथ यादवले कर्तव्य ज्यानको मुद्दा दर्ता गराएपछि प्रहरीले गरेको अनुसन्धानबाट सोही गाउँका वडा नम्बर ९ बस्ने २० बर्षका गोली भन्ने सुनिल कुमार यादवलाई प्रहरीले प्रतिवादी बनाई पक्राउ गर्यो । र, अन्य अभियूक्तहरु विनोद भन्ने ज्ञानकुमार यादव, छोटे डाक्टर भन्ने छोटुलाल यादव, जयकुमार यादव, राम एकवाल यादव,छोटे भन्ने रविन्द्र प्रसाद यादव र रामबाबु यादव फरार भए । ३१ भदौ २०७२ मा धनुषा जिल्ला अदालतले पक्राउ परेका सुनिल कुमार यादवलाई मुद्दा पुर्पक्षको लागि जलेश्वर कारागार चलान गर्ने आदेश गरेपछि अहिले उनी कारागारमा थुनामा छन् ।
७ भदौ २०७२ मा धनुषाको इटहर्वा ४ स्थित आफ्नै घरमा ४५ बर्षिय विनोद मण्डलको लाश फेला परेको थियो । घरमा आमाले छोरा विनोद मण्डलको लाश देखेपछि आमाले एक्कासी कराएको सुनेर मृतकका दाई परमेश्वर मण्डल समेत पुगेर हेर्दा घरमा कोही नभएको अवस्थामा विनोदको हत्या गरिएको तथा वरपरको वस्तु स्थिति हेर्दा संघर्षका चिन्हहरु समेत देखिएको थियो । उक्त घटनामा धनुषा प्रहरीले अहिलेसम्म केही पनि अनुसन्धान गर्न सकेको छैन । उक्त घटनामा प्रहरीको अनुसन्धान अहिलेसम्म सुन्य देखिन्छ । अर्थात कुनै पनि कुरा खुल्न सकेको छैन ।
३१ भदौ २०७२ मा जनकपुरको राम चौक स्थित राम मन्दिरको पछाडी करिब साढे १० बजेको समयमा नाम,थर, बतन नखुलेको अन्दाजी ३०÷३५ बर्षिय महिलालाई जवरजस्ती करणी गरी टाउकोमा धारिलो हतियार चक्कु जस्तोले प्रहार गरेको अवस्थामा लाश फेला परेको थियो । उक्त लाशको हातमा पाँच सय रुपैयाँको नोट समेत राखिएको थियो । लाश अर्धनग्न अवस्थामा राखिएको थियो । उक्त घटनामा पनि धनुषा प्रहरीले अहिलेसम्म केही कुरा पनि खोल्न सकेको छैन । अर्थात उक्त हत्यामा धनुषा प्रहरीको अनुसन्धान हालसम्म सुन्य देखिन्छ । जनकपुरमा मधेस आन्दोलन उत्कर्षमा पुगिरहेको अवस्थामा प्रहरीहरु जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकीहरु भित्र आफुलाई सिमित गरेको अवस्थामा लाश फेला परेको थियो । उक्त लाशको सनाखत हुन नसकेको भएपनि ललियाबाली भनेर चिन्ने गरिएको तथा पेशेवर यौन व्यवसायी रहेको बताइएको भएपनि उक्त कुराको केही पुष्टि भने हुन सकेको थिएन ।
२१ पुष २०७२ मा धनुषाको देउरी परवाहा १ का २५ बर्षिय रामकुमार मण्डल केवटले आफ्नै सहोदर भतिजालाई हत्या गरेको थियो । २ बर्षका बालक राजाबाबु मण्डललाई हत्या गरेर बोरामा राखि वारदात स्थानमा भएको पोखरीमा फालेको थियो । प्रहरीले रामकुमारलाई पक्राउ गरी अनुसन्धान गर्दा र लाशको खोजतलास गर्दा राम कुमारले उक्त बोरा देखाई सो बोरा भित्रबाट मृतक राजा बाबु मण्डलको लाश भेटिएको थियो । राम कुमार मण्डलको मानसिक संतुलन ठिक नभएको हुन सक्ने प्रहरीले आशंका गरेको हो । बच्चालाई राख्न भनेर भनिएपनि उक्त बच्चा रोएको र रोएपछि चुप हुन भन्दा पनि उक्त बच्चा चुप नभएपछि रामकुमारले राजाबाबुको हत्या गरेको हुन सक्ने बताइएको छ । १७ माघ २०७२ मा धनुषा जिल्ला अदालतले प्रतिवादी रामकुमारलाई जलेश्वर कारागारमा राखि मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको छ ।
२२ माघ २०७२ मा धनुषाको बालाबाखर ४ स्थित राजेन्द्र प्रसाद यादवलाई अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उक्त घटनामा अनुसन्धान गर्दै गएपछि प्रहरीले धनुषा भरतपुर ८ गणेशमान चारनाथ नगरपालिका २ राधापुर बस्ने जनतान्त्रिक टाइगर जनशक्ति पार्टीका अध्यक्ष धर्ती सिंह भन्ने चनरदिप यादव लगायतका व्यक्तिहरुका समुहले हत्या गरेको पायो । उक्त घटनामा अनिल डाक्टर भन्ने जोगिन्दर महतो कोइरी, प्रमोद कुमार पुर्वे, कैलाश ठाकुर, रामरिझन यादव समेतलाई पक्राउ गरेको थियो । उक्त घटनामा प्रतिवादीहरु श्रवण यादव, संतोष यादव फरार छन् । २१ बैशाख २०७३ मा धनुषा जिल्ला अदालतले थुनछेक मुद्दामा लाल महतो र कल्याणी देवी यादवलाई साधारण तारेखमा रिहा गरेको थियो भने चनरदिप यादव, कैलाश ठाकुर, राम रिझन यादव र विनोदलाई पुर्पक्षको लागि जलेश्वर कारागारमा थुनामा पठाएको थियो । त्यसैगरी अनिल डाक्टर भन्ने जोगेन्दर महतो र प्रमोद कुमार पुर्वेलाई जनही ७२ हजार रुपैयाँ धरौटी र राम सुन्दर यादव, जसलाल यादव, बेचन पासमान, नागेश्वर साह, शुभनारायण यादवलाई जनही ४५ हजार रुपैयाँ धरौटीमा रिहा गरेको थियो ।
३ बैशाख २०७३ मा धनुषाको बेंगाशिवपुर ४ तथा हाल जनकपुर उपमहानगरपालिका १९ बस्ने जयकुमार यादवकी श्रीमति पारवती देवी यादवले दिएको जाहेरीमा जाहेरवालाकी सासु बर्ष ६३ कि गुम्नी देवी यादवले छोरा जयकुमार यादवलाई प्रतिवादीहरु धर्मनाथ यादव समेतले कुटपिट गरेकोमा बचाउन जाँदा म जाहेरवालाको सासुलाई लाठी तथा फाइटले कुटपिट गर्दा घाइते भएकोमा उपचारको लागि अस्पताल तर्फ लैजानेक्रममा छोरा जयकुमार यादवको मृत्यू भएको उल्लेख छ । उक्त घटनामा धनुषा प्रहरीले बेंगाशिवपुर ४ तथा हाल जनकपुर १९ का छेदी यादवका छोरा धर्मनाथ यादव, विन्देश्वर यादवका छोरा अक्षय कुमार यादव र महोत्तरी सितापुर भंगहा तथा हाल बेंगाशिवपुर बस्ने धर्मनाथ यादवको भान्जा विजय यादवको छोरा संतोष यादवलाई अभियूक्त बनाएको छ । अभियूक्तहरु फरार रहेका छन् ।
६ चैत्र २०७२ मा धनुषाको बेंगाशिवपुर तथा हाल जनकपुर उपमहानगरपालिका १९स्थित इनुस मियाको ५ बर्षिय छोरा असरफ राइनलाई अज्ञात व्यक्ति वा अपहरणकारीको समुहले अपहरण गरी हत्या गरी सोही गाउँको गहुँ खेतबारीमा लाश फालिदिएको अवस्थामा फेला परेको थियो । ती ५ बर्षिय बालकको अपहरण भएको हुन सक्ने भन्दै स्थानीय प्रहरीलाई पीडित इनुसले खबर गर्दा पनि प्रहरीले चासो देखाएको थिएन । अन्ततः प्रहरीको लापरवाहीकै कारण ती बालकको ज्यान गएको भएपनि हालसम्म उक्त घटनामा धनुषा प्रहरीले कसले र किन अपहरण गर्यो वा हत्या गर्यो भन्ने केही कुरा पनि खोल्न सकेको छैन । उक्त घटनामा धनुषा प्रहरीको अनुसन्धान सुन्य देखिन्छ ।
१७ पुष २०७२ मा धनुषाको भुतही पटेर्वा ५ कि ३५ बर्षिय गिता देवी दासको हत्या गरिएको थियो । उक्त घटनामा दाजु भाईहरु बीच झैझगडा तथा विवाद भएपछि भाई र भाईबुहारीले मिलेर कुटपिट गरी भाउजुलाई हत्या गरेको पटेर्वा ५ बस्ने विनोद दास तत्माले दिएको जाहेरीमा उल्लेख छ । धनुषा प्रहरीले उक्त घटनामा एक महिला र एक पुरुष  गरी दुई जनालाई अभियूक्त बनाएको छ । दुवै जना अभियूक्तहरु फरार छन् ।
३० कार्तिक २०७२ मा गणेशमान चारनाथ नगरपालिका ७ स्थित सुखिया साहुको उखुवारीमा अन्दाजी ३५÷४० बर्षकी सोभा देवी गुप्ता साहलाई हत्या गरिएको थियो । मृतकका बुवा भारत विहारका मधुवनी हरलाखीका प्रल्हाद साहले दिएको जाहेरी अनुसार उनका ज्वाँई अनिल गुप्ता कमलापुरी र भुकनी देवी बीच अवैध सम्बन्ध हुनुका साथै प्रेममा परेको अवस्थामा आफ्नो छोरी सोभाले आफ्नो घरगृहस्थी बचाउन तिनीहरुको सम्बन्धमा अवरोध खडा गर्न थालेपछि दुवै जनाले मिलेर हत्या गरेको उल्लेख छ । दुवै जना अभियूक्तहरु फरार छन् ।
२९ साउन २०७२ मा मिथिला नगरपालिका १ स्थित एउटा खेतमा ६० बर्षिय राम लखन महत्तोलाई खेतमा गएको अवस्थामा सोही गाउँका दिलिप महत्तो, परेश महतो, नरेन भन्ने संतोष महतोले कुटपिट गरी गम्भीर घाइते बनाई उपचारका लागि लग्दा राम लखनको मृत्यूभएको भन्दै मृतकका छोरा उमेश महतोले दिएको जाहेरीमा उल्लेख छ । धनुषा प्रहरीले उक्त घटनामा ३ जना अभियूक्तहरु मिथिला नगरपालिका ११ बस्ने अलेल भन्ने दिलिप महतो, सन्तोष महतो र परेश महतोलाई पक्राउ गरेको थियो । धनुषा जिल्ला अदालतले भदौ २०७२ मा गरेको आदेशानुसार पक्राउ परेका तिनै जना अभियूक्तहरुलाई जलेश्वर कारागारमा पुर्पक्षको लागि थुनामा पठाइएको छ ।
    ८ मंसिर २०७२ मा क्षिरेश्वर नाथ नगरपालिका ७ ढुङ्गाटोल बस्ने बर्ष ४१ को उसमान कवाडीले दिएको जाहेरी अनुसार क्षिरेश्वरनाथ ५ स्थित गणेश साहको उखुवारीमा उसमान कवाडीको १४ बर्षिय छोरा राहुल भन्ने नसिरुल कवाडीको हत्या गरिएको अवस्थामा लाश फालिएको थियो । उक्त घटनामा धनुषा प्रहरीले हालसम्म केही पनि अनुसन्धान गर्न सकेको छैन ।
त्यसैगरी १४ अषाढ २०७३ मा धनुषाको सपही ७ का बर्ष ४०का राजकुमारी यादवलाई कुटपिट गरी हत्या गरिएको थियो । उक्त घटनामा घनुषा प्रहरीले सपही ८ बस्ने रामदेव यादव, धिरेन्द्र यादव, जितेन्द्र यादव, राजकिशोर यादव, झगरु यादव, अजय यादव र रामनरेश यादवलाई अभियूक्त बनाएको छ ।