Tuesday, April 29, 2014

विहारमा पनि मोदीको लहर

नरेन्द्र मोदीको मास्क लगाएका उनका एक समर्थक मधुवनीमा चुनावी सभामा जाँदै ।





अजय अनुरागी
मधुवनीबाटफर्केर जनकपुरधाम............

गत विहिबार करिब साँढे दश बजे तिर द एक्सक्लुसिभको कार्यालय आउनै लाग्दा विद्यापति चौकमा मेरा सहकर्मी मित्रहरु  जानकी एफएमका समाचार संयोजक धैर्यकान्त दत्त, तराई टाइम्सका कार्यकारी सम्पादक विरेन्द्र रमन र राष्टिूय समाचार समितिका विरेन्द्र कर्णसँग मेरो भेट भयो । उनीहरु नरेन्द्र मोदीको मधुवनीमा चुनावी सभालाई कभरेज गर्न जाँदै थिए । उनीहरुले मलाई पनि जान आग्रह गरे । र, म पनि विश्वमै उदियमान अर्थतन्त्र शक्ति बन्दै गएको छिमेकी मुलुक भारतको एक जना संभावित प्रधानमन्त्रिका उम्मेदवार नरेन्द्र मोदीको चुनावी सभालाई रिपोर्टिङ गर्न पाउने अवसरलाई गुमाउन चाहेको थिइन । अनि जाने निधो ग¥यौं ।
 दुईवटा मोटरसाइकलमा हामीहरु मधुवनीका लागि प्रस्थान ग¥यौं । धैर्यकान्त दत्त र म एउटा मोटरसाइकलमा र दुवै विरेन्द्र अर्को मोटरसाइकलमा प्रस्थान ग¥यौं । नेपालको अन्तिम सिमा जटही नाकामा विश्राम गर्दै छोटी भन्सार कार्यालयमा नेपाली रुपैयाँ भारतीय रुपैयाँ सँग साट्यौं । चिसो खाँदै गर्दा भारतबाट नेपाल तर्फ आउन सबारी साधनको छुट पुर्जी लिने दुई जना सँग कुरा भयो । उनीहरुले पनि भारतमा भैरहेको लोकसभा चुनावको चर्चा गर्दै थिए । भारतका सम्भावित प्रधानमन्त्रीका तीन जना प्रत्यासीहरु राहुल गांधी, नरेन्द्र मोदी र अरविन्द केजरीवालका विषयमा उनीहरुले टिप्पणी गर्दै थिए । मोदीको देशैभरी लहर रहेपनि प्रधानमन्त्री बनीहाल्लान भन्ने ठेगान नरहेको उनीहरुको विश्लेषण थियो । जटहीबाट भारत नाकामा प्रवेश गर्दा त्यहाँ बोर्डरमा खटेका भारतीय सुरक्षाकर्मीहरु(एसएसबी) को टोलीले हामीलाई रोक्यो । मोटरसाइकलका विल बुक र लाइसेन्स जाँच्दै तपाईहरु कहाँ जान लाग्नुभएको भन्ने प्रश्नको जवाफमा हामीहरु जनकपुरका पत्रकार हौं र मधुवनीमा मोदीजीको चुनावी सभालाई रिपोर्टिङ गर्न गइरहेको भन्दा उनीहरुले हाम्रो परिचय पत्र माग ग¥यो । हामीले परिचय पत्र देखाउँदै गर्दा बोर्डर कहिले सिल हुने भन्ने प्रश्नको जवाफमा ती सुरक्षाकर्मीहरुले २७ देखि ३० अप्रिलसम्म बोर्डर सिल हुने बताएका थिए । हुन त त्यस दिन पनि सबारी साधनको आवागमनमा अत्यधिक कमी आइसकेको थियो ।
मधुवनीमा मोदीको चुनावी सभामा सहभागी समर्थकहरु ।

त्यहाँबाट मधुवनीका लागि अगाडी वढ्दा हामीले विहारमा लोकसभाको चुनाव केही दिनमै हुन गइरहेको अनुभुति भइरहेको थिएन । कहि कत्तै पनि चुनावका पोस्टर, पर्चा, पम्पलेट वा व्यानरहरु देखिरहेका थिएनौं । त्यहाँका स्थानिय बजारहरु उभगाउँ, बासोपट्टीमा केही देखिएन । न कही कतै कुनै उम्मेदवारले भोट मागिराखेको अवस्था पाइयो । कलुवाही पुग्दा चौकमा लालु प्रसाद यादवको राष्टिूय जनता दल र केन्द्रका सत्ता पक्ष कांग्रेस आई र एनसिपीको गठबन्धनका साझा उम्मेदवार अब्दुल बारिकी सिद्दिकीको  एउटा ठुलो चुनावी होडिङ बोर्ड झुन्डयाइएको थियो । उक्त व्यानरमा उम्मेदवार सिद्दिकी, राजदका लालु यादव र रावडी देवी र कांग्रेसका अध्यक्ष सोनिया गांधी र नेता सकिल अहमदको तस्वीर राखिएको थियो । सिद्दिकी लालु यादवका पार्टी लालटेन छापमा उम्मेदवार बनेका थिए । कांग्रेस नेता सकिल अहमद विगतको लोकसभा चुनावमा मधुवनी क्षेत्रबाट विजेपी र जनता दल यूनाइटेडको गठबन्धनबाट उम्मेदवार हुक्मदेव नारायण यादवबाट पराजित भएका थिए । कांग्रेसले यस पटक अहमदलाई टिकट नदिई गठबन्धन उम्मेदवार सिद्दिकीलाई उठाएका छन् ।


कांग्रेस समर्थित लालु यादवका मधुवनी उम्मेदवार अब्दुल बारी सिद्दिकीको प्रचारका लागि कलुवाही चौकमा झुन्डियाइएको ब्यानर ।
कलुवाही चौकमा एउटा पान पसलमा चिसो पानी खाँदै गर्दा करिब १८ वर्षका उक्त पसलेलाई यहाँ चुनावको कस्तो अवस्था छ भनेर सोध्दा उनले आफुलाई राजनीतिसँग कुनै मतलव नरहेको बताएका थिए । पानी खाई जानै लाग्दा भारतीय कम्निष्टपार्टी मालेका उम्मेदवार धु्रवनारायण कर्णको प्रचार गर्दै एउटा जिप त्यहाँ आइपुग्यो । जिपबाट ओर्लेर एक जना मानिसले झण्डामा तिन तारा चुनाव चिन्ह रहेको पर्चा चौकका केही मान्छेलाई बाँड्न थाले । परिवर्तन गर नीति, परिवर्तन गर राज, संसदमा जनताको अवाज, दाम कस, काम देऊ, कामको पुरा दाम देऊ, रक्सी होइन रोजगार चाहियो , विजुली रासन आवास चाहियो भन्ने नारा उक्त पर्चामा लेखिएको थियो । यति हेरेपछि बल्ल हामीलाई लाग्यो, भारतको विहारमा पनि चुनाव भइरहेको छ ।
    १० किलोमिटर पर एउटा गाउँमा फेरी हामी मोटरसाइकल रोक्यौं । रुखको छहारीमा केही छिन ओत लाग्यौं । कलबाट हामीले पानी खायौं । त्यही रहेका एक जना करिब ६० वर्षिय वृद्धसँग यस क्षेत्रमा कसको वढी भोट छ भनेर सोध्दा हाम्रो गाउँमा चार सय केजी चामल खान्छौं र सबै जना लालु यादवलाई नै भोट दिन्छौं बताएका थिए । लालुको उक्त क्षेत्रको उम्मेदवारको नाउँ थाहा नभएपनि लालटेन छापमा नै भोट दिने आफुहरुले तय गरिसकेको उनले बताए । त्यहाँबाट हामी मधुवनी पुग्नै लाग्दा करिब ३ बजे मोदीको चुनावी सभा हुने भनिएको समय भन्दा १ घण्टा पहिले हामीहरु पुग्यौं । मधुवनी बजारमा कतिपय पसलहरु बन्द थिए । र कतिपय पसलहरु खुलेको भएपनि मान्छेको उपस्थिति पातलिएको थियो । सहरका मुख्य सडकहरुमा चुनावमा मत दिनका लागि भारतका सेलिव्रिटीहरु महेन्द्र सिंह धोनी, विराट कोहली र केही टिभी सिरियलका कलाकारहरु द्वारा अपिल गरिएको ठुलो ठुलो विज्ञापनका होडिङ बोर्डहरु देखिएपनि उम्मेदवारका प्रचार प्रसारका लागि पोस्टर पम्पलेट देखिएन ।
कलुवाही चौकमा भाकपा माले उम्मेदवार ध्रुव नारायण कर्णको गाडीमा प्रचार गर्दै ।
         नेपालमा भर्खरै केही महिना अघि सकिएको संविधानसभाको चुनावका क्रममा नेताहरुले घर घर गई घरदैलो गरी भोट मागेको र पर्चा पम्पलेटले सबैका घर पर्खालहरु तथा सार्वजनिक स्थलहरु पर्चामय भएको अवस्था भन्दा भारतको विहारमा फरक अवस्था देख्दा आफ्नो देशमा पनि चुनावमा त्यस्तो तड्क भडक नभइदिए हुन्थ्यो भन्ने जस्तो लाग्यो । मोटर साइकल पार्क कहाँ गर्ने भनेर म चढेको मोटरसाइकल चालक धैर्यकान्त लाई सोध्दा सबै व्यवस्था हुन्छ भने । मधुवनीको रेल्वे स्टेशन पुग्यौं ।
    त्यहाँ पुगेर जनकपुरका हाम्रा अर्को सहकर्मी पत्रकार शैलेन्द्र झाको भिनाजुलाई विरेन्द्र रमनले स्थानीय टेलिफोन बुथबाट फोन गर्दा लोहापट्टी आउन बताए । त्यहाँ पुगेर उनलाई खोज्दा केही समय लागेपनि हामीले खोज्यौं । उनी त्यहाँ एयरटेलका एजेन्सी लिएका रहेका छन् । त्यहाँबाट मोटरसाइकल पार्क गर्न उनीसहित हामी पाँचै जना टाउन क्लव स्थित उनको आवासमा पुग्यौं ।
 अहिले मोदी नआएको र आउन केही समय लाग्ने उनले बताए । उनको आवासमा चिसो पानी खाँदै गर्दा जनकपुरको जानकी एफएमका मधुवनी सम्वाददाता तेजनारायण ब्रम्हर्षीलाई रमनले फोन गरी बोलाए । करिव १० मिनेट भित्रै उनी आइसकेपछि हामी त्यहाँबाट मोदीको चुनावी सभा हुने भनिएको स्थान हवाई अड्डा तर्फ लाग्यौं । बाटोमा उनले एक दिन अघि नै पत्रकारहरुको प्रवेशको लागि फोटो सहितको पास वितरण गरिएको र हामीहरुको प्रवेश लगभग हुन नसक्ने बताए पछि हामी निराश भयौं । अनि त्यस पछि त्यहाँका स्थानिय पत्रकार समेत रहेका व्रम्हर्षीले मधुवनी जिल्ला परिषदमा लगि त्यहाँका सदस्य सहिदा वानुसँग हाम्रो सानो अन्तरक्रिया जुराई दिए ।उनीसँग हाम्रो परिचय पनि भयो र सिष्टाचार भेटघाट पनि भयो । उनी जनता दल यूनाइटेडमा आवद्ध भएपनि असंतुष्ट थिइन र मोदीलाई समर्थन गरिरहेकी थिईन । उक्त सभामा मोदीसँगैको मञ्चमा विजेपीमा प्रवेश गर्ने तयारी गरेपनि उनलाई अहिले नजान तथा प्राविधिक त्रुटी भएको फोन आयो । हामीले पनि त्यहाँको चुनावी प्रतिस्पर्धा र देशमा कसको सरकार बन्ने कुरा ग¥यौं । उनले भनिन देशलाई बचाउन मोदीको सरकार बन्नु आवश्यक छ । जनता दल यूनाइटेडबाट अलग्गिएपछि उक्त दल धेरै कमजोर भएको र विजेपी राम्रो अवस्थामा रहेको उनले बताइन ।      राम विलाश पासवानको विजेपीमा सामिल भएपछि विजेपीलाई खासै फाइदा नभएपनि पासवानलाई भने फाइदा पुगेको उनले बताईन ।  नेपालको सन्दर्भमा विश्वमै एक मात्र हिन्दु राष्टूको रुपमा रहेको नेपाल धर्म निरपेक्ष हुँदा उनलाई चित्त बुझेको थिएन ।  नेपाल स्वतन्त्र राष्टू रहेको र छिमेकीको नाताले पनि नेपालको विकासको लागि भारत सरकारले पनि मद्दत गर्नुपर्ने मा उनले जोड दिइन । त्यहाँ मगवाइएको चिसो हामी सबैले खाइ सकेपछि हामीलाई हवाई अड्डासम्म पु¥याइदिन उनले आफ्नो कार चालकलाई आदेश दिइन । हामी कारमा सवार भई हवाइ अड्डाको भित्रसम्म पुग्यौं । हवाई अड्डाको रनवेमा चुनावी सभा आयोजन गरिएको थियो । विमान स्थलमा चुनावी सभा आयोजन गरिएकोमा हामी झस्कियौं । हामीसँगै रहेका स्थानिय पत्रकार ब्रम्हर्षीले विमान स्थ लबनेपनि विमान सेवा संचालन नभएको जानकारी पायौं ।
यस अघिको विहारको मुझफ्फरपुरमा गरिएको मोदीको चुनावी सभामा श्रृङखलावद्ध बम विस्फोटन भएका कारण हवाई अड्डामा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको थियो । करिब १ लाख भन्दा वढी मानिसहरु त्यहाँ पुगेका थिए । मोदीलाई भोट गर्न भनि लेखिएको टोपी धेरै मान्छेले लगाएका थिए । केही यूवाहरुले मोदीको मास्क लगाएका थिए ।
    हामी पनि सुरक्षा घेरा पार गर्दै आफ्नो परिचय पत्र देखाउँदै उक्त भिडलाई चिर्दै मञ्च सम्म जसो तसो पुग्यौं । त्यहाँ स्थानिय नेताहरु र प्रत्यासी उम्मेदवारहरु आफ्नो भाषणको क्रममा कांग्रेस सरकारको आलोचना र मोदीको गुनगान गाइरहेका थिए । करिव ५ बजे मोदीको हेलिकप्टर चुनावी सभामा ल्याण्ड ग¥यो । मोदीको फोटो आप्mनो क्यामरामा कैद गर्नै लाग्दा मेरो क्याम्राको लेन्स विग्रियो । म निरास भएँ । अनि मित्र धैर्यकान्तले आफुले तस्विर सेयर गर्ने बताए । मोदीले त्यहाँ सात मिनट मात्र भाषण गरे र दरभंगाका लागि फर्किए । सोही दिन उनले उत्तर प्रदेशको बनारसमा आफ्नो उम्मेदवारीको मनोनयन पत्र दर्ता गरी विहारको सहर्सामा चुनावी सभालाई सम्बोधन गरी मधुवनी आएका थिए । त्यहाँबाट उनी विहारकै दरभंगामा चुनावी सभालाई सम्बोधन गर्न हेलिकप्टरमा चढी प्रस्थान गरेका थिए ।
    भिड सँगै हामीहरु पनि फर्किरहेको बेला भारतमा मोदी सरकार बन्ने कि नबन्ने सबैले कुरा गरिरहेका थिए । एक जना २० वर्षका यूवालाई हामीले सोध्यौं । तपाई कसलाई भोट दिनु हुन्छ ? उनले भने, ‘हुक्मदेवजी जितेर पनि विहारको लागि र हाम्रो मधुवनीको लागि केही गर्न सकेनन । उनीबाट हामी पनि खुशी छैनौं तर मोदीलाई प्रधानमन्त्री बनाउन मैले हुक्मदेवलाई नचाहेर पनि बाध्यतावस भोट दिन्छु ।’ नितिश सरकारले विहारमा थुप्रेविकास गरेको हल्ला छ तर पनि किन उनको लहर छैन विहारमा भन्ने सबालमा ती युवाले यसो भने, ‘विकास त भएकै हो तर शिक्षामा चाहि विकृति देखियो । पहिले विद्यालयमा विद्यार्थी पढनका निम्ति जान्थे तर अहिले विद्यार्थीले किताव कापी घरमै राखेर थाली लिएर खिच्डी र हलुवा खान मात्र विद्यालय जान्छन् ।” कतिपय मान्छेले विहारमा नितिशको प्रशंसा गरेपनि उनको दल जनता दल युनाइटेड विजेपीबाट अलगिएमा आक्रोशित देखिएका थिए । उनीहरुका अनुसार नितिश र विजेपीको गठबन्धन विहारमा आवश्यक थियो । कतिपयले विहारको ४० सिटमा विजेपीले अग्रता पाउने भएपनि लालु यादवको क्रज फेरी वढेको हुनाले उनको दलको पनि सिटमा व्यापक वृद्धि हुने आंकलन गरिरहेका थिए ।
विहारको लागि मोदीको प्रतिवद्धता
भारतीय जनता पार्टी विहार प्रदेशले वितरण गरेको चुनावी घोषणा पत्रमा मोदी सरकारले विहारलाई विशेष सहयोग तथा विशेष प्याकेज दिने प्रतिवद्धता व्यक्त गरिएको थियो । करिव १० हजार करोड लामो रेल परियोजनालाई पुरा गरिने, बरौनी खाद्य कारखानाको सुरुवात गर्ने तथा पेटूो केमिकल कम्पलेक्स स्थापना गरिने, नदिहरुलाई जोडेर विहारमा वाढी र सुख्खाको समाधान गरिने, घर घरमा विजुली पु¥याइने, शिक्षाको विकास गरिने, हरेक व्यक्तिलाई अधिकार दिइने, पञ्चायती संस्थाहरुलाइ सशक्तिकरण गरिने, सबै गाउँसम्म सडक पु¥याइने, विहारको समग्र विकासका लागि आवश्यक बजेट दिने र विहारका यूवाहरुको सिप विकास गरी  मोदी सरकारले रोजगारी दिने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
भारतको लागि मोदीको प्रतिवद्धता
त्यसैगरी मोदीले बेरोजगारी, गरिवी र महगाईलाई अन्तय गरी नव भारत निर्माण गर्ने उक्त पर्चामा प्रतिवद्धता व्यक्त गरिएको थियो । उक्त पर्चामा मुद्रास्फितीलाई नियन्त्रण गरी मुल्य स्थिरता कोष गठन गरी महगाई हटाइने, नदीहरुलाई जोडेर पानी पु¥याई किसान तथा कृषिको विकास गरिने, टयालेन्ट, टुरिज्म, टूेडिशन र टेक्नोलोजिको मद्दतले यूवाहरुलाई सशक्तिकरण गरी बेरोजगारीको अन्तय गरिने, एक सय स्मार्ट शहरहरुको विकास गरी भारतलाई विश्व स्तरीय बनाइने, स्वर्णीम चतुर्भुज योजना जस्तै बुलेट टूेन चतुर्भुज दिइने, हरेक प्रदेशमा आइआइटी, आइआइएम, एम्स ल्याएर देशको शिक्षालाई विश्व स्तरीय बनाइने, छोरीलाई बचाउ र छोरीलाई पढाउ योजना अन्तरगत महिलाहरुको सम्मान बढाइने तथा विदेशबाट काला धन ल्याई गरिवहरुको विकासमा लगाइने प्रतिवद्धता व्यक्त गरिएको थियो ।
मोदीको छवि चित्रण
उक्त प्रतिवद्धतामा मोदीले आफुलाई  शासकको बंशको नभई गरिव आमाको छोरा रहेको,  पिछडा वर्गको गौरव जसले बालपनमा चिया बेचेर शिक्षा प्राप्त गरेको र आफ्नो संघर्षबाट अगाडी वढन चाहने करोडौ यूवाहरुको आदर्श मोदी रहेको उल्लेख गरिएको छ । ६ करोड गुजरातीहरुको जीवनलाई खुशी बनाउने व्यक्ति शासक नभई मोदी उनीहरुकै परिवारका सदस्य रहेको बताइएको छ । गुजरातमा नदीहरुलाई जोडेर किशानको खेतसम्म पानी पु¥याउने व्यक्ति, प्रत्येक घर प्रत्येक गाउँसम्म २४ घण्टा विजुली पु¥याउने व्यक्ति, औद्योगिक विकास गरी लाखौ रोजगारीको अवसर सिर्जना गर्ने व्यक्ति, महिलाहरुको सुरक्षा र सम्मान बढाउने व्यक्ति, सरकारी तन्त्र र जनता प्रति जवाफदेहि बनाउने व्यक्ति चौथो पटक जनताको कर्मठ सेवकको रुपमा मोदी रहेको उक्त प्रतिवद्धता पत्रमा उल्लेख गरिएको छ ।

मधुवनीमा मोदीको सम्बोधन

    मिथिलाञ्चलमा आउँदा धेरै खुशी लागेको छ । मैथिली भाषा धेरै प्रिय भाषा हो । मैथिली भाषाको मान बढाउने काम अटलजीको सरकारले नै गरेको थियो । तपाईहरु मध्ये धेरै कमैलाई थाहा होला भोजपुरी सिनेमाको र भोजपुरी टिभी सिरियलको प्रायः जसो सुटिङ्ग गुजरातमै हुन्छ । त्यसकारण गुजरातका स(साना कलाकारहरु पनि आफ्नो भाषाका साथै भोजपुरी पनि बोल्न थालेका छन् ।
    यो चुनावले देशको भविष्य तय गर्नेछ । र, जुन प्रकारले हाल सम्मको मतदान देखिएको छ, मान्छेको जुन उत्साह देखिएको छ, यसले लागिरहेको छ कि हिन्दुस्तानमा कतिपय राज्य यस्तो होलान, जुन राज्यमा कांग्रेस पार्टी र उसको चट्टावट्टा दलहरु खाता पनि खोल्न सक्नेछैनन् । कांग्रेस र उसका सहयोगी दलहरुको खाता पनि खुल्नेवाला छैन् , यो स्थिति छ । यति मात्र होइन, एउटा पनि राज्य यस्तो हुने छैन जुन राज्यमा कांग्रेस पार्टी आफ्नो इज्जतलाई जोगाउन र लुकाउन सकोस । कांग्रेस दशौं स्थानमा झर्नेछ । अब देश कांग्रेस मुक्त हुनेवाला छ ।
    देश संकटहरुबाट मुक्त हुनेवाला छ । भारतीय जनता पार्टी तपाईहरुसँग विकासका लागि भोट मागिरहेको छ । भाजपा स्वराज्य, सुशासनको लागि तपाईसँग भोट मागिरहेको छ । सरकार धनीहरुको लागि हुनु हुँदैन । सरकार त गरिवहरुको लागि पो हुनु पर्छ । यदि धनी विरामी हुन्छ भने सयौं डाक्टरहरु हाजिर भई हाल्छन् । तर, गरिब विचराको नसिवमा त सरकारी अस्पताल नै हुन्छ । धनीका छोराछोरीलाई पढ्नु छ भने कैयौं शिक्षकहरु उसको घरमै पढाउन आइहाल्छन् ।         तर, गरिबको लागि सरकारी स्कुल नै उसको नसिवमा हुन्छ । र, सरकार यी सबै कुरालाई उपेक्षा गर्छ, लापरवाही देखाउँछ , शिक्षक हुँदैन, चिकित्सक आउँदैन भने गरिब जनता जाओस त जाओस कहाँ ? सरकार गरिवकै लागि हुनुपर्छ । सरकारको जुन तिजोरी छ, त्यस तिजोरी माथि पनि सबै भन्दा पहिले कसैको हक छ भने त्यो मेरो गरिव भाइवहिनीहरुको हो ।
    जुन मानिसले ताजमहल हेरेको हुँदैन, त्यो ताजमहल हेर्न जान्छ । क्यामेरा पनि लिएर जान्छन । ताजमहल अगाडी उभिएर फोटो खिचाउँछन् । आफ्नो साथीहरु त्यो तस्विर देखाई ताजमहल हेरेर आएको बताउँछन् । ठीक त्यसैगरी ‘राहुल भैया’ ले गरिबी कहिल्यै देखेकै छैनन् । गरिवलाई हेर्न गरिव जनताको घरमा उनी वर्षमा एक पटक जान्छन् । सम्पुर्ण टिभी क्यामेरावालाहरुलाई साथ लिएर जान्छन् । गरिव कस्तो हुन्छ ? गरिवको हात कति ओटा हुन्छ ? गरिवको खुट्टा कतिवटा हुन्छ ? गरिवको आँखा कस्तो हुन्छ ? गरिवको पेट हुन्छ कि हुँदैन ? र, गरिवको घरमा गई तस्विर खिचाउँछन् । गरिवको वच्चालाई काँख लिन्छन् । यति मात्र होइन, त्यो दिन गरिवको घरको खाना पनि खाइहाल्छन् ।
    जसलाई गरिवी भनेको के हो थाहा छैन, जो सुनको चम्चा लिएर पैदा भएका छन् । त्यसले गरिवहरुको भलो कहिल्यै गर्न सक्दैनन् । म त गरिवीमा जन्मिएको छु, गरिवीमै पालिएको छु । रेलको डिब्बामा चिया बेच्दा बेच्दै आज तपाईहरुको सामुन्ने आएको छु । त्यसैले गरिवको सुख दुख मैले भलिभाँती बुझ्न सक्छु । त्यसैले दिल्लीमा यस्तो सरकार बनाउनुछ जसले गरिवको कल्याणको लागि काम गरोस । नवयूवकहरुलाई रोजगारी दिनको लागि काम गरोस । आमा तथा वहिनीहरुलाई सम्मान दिने काम गरेको होस । किसानलाई फसल मिलोस । किसानले जिन्दगीभर सम्मानको जीवन बाँचोस ।
     त्यसको लागि भाई एवम वहिनीहरु भारतीय जनता पार्टीलाई विजयी बनाउनुस । भाजपा  र एनडिएको गठबन्धनलाई, विहारको हुक्मदेवजीलाई विजयी बनाउनुस ।


२०७१ बैशाख १४ गते आईतबार

तरुण दलमा विद्रोहको चेतावनी

नवराज श्रेष्ठ (आकाश), केन्द्रिय सदस्य तरुणदल ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाली कांग्रेसका भातृसंगठन तरुण दलमा  अध्यक्ष उदय समशेर राणा प्रति असंतुष्टि जनाउँदै २३ जना केन्द्रिय सदस्यहरुले विद्रोहको चेतावनी दिएका छन् । अध्यक्ष राणाले निर्धारित समयमा महाधिवेशन गराउन नसकेको, केन्द्रिय समितिको बैठक नडाकेको, सचिवालयको बैठक समेत नडाकेको भन्दै विभिन्न आरोप लगाउँदै विद्रोहको चेतावनी दिएका छन् ।
दलको सांगठनिक चुस्तता, नेतृत्वको हस्तान्तरण, र दलका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि पनि महाधिवेशन बाहेकको अर्को विकल्प नदेखिएकाले अगामी २०७१ जेठ मसान्त भित्र महाधिवेशन सम्पन्न गर्न कार्यतालिका सहितको कार्यक्रम ७ दिन भित्र घोषणा गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरुले १० बैशाखमा जारी गरेको प्रेस विज्ञप्तीमा बैशाख १७ गतेसम्म पनि मागहरु सुनवाई नभए थप शसक्त आन्दोलनको कार्यक्रमहरु घोषणा गर्न  बाध्य हुने चेतावनी दिएका छन् ।
संगठनको आधारभुत पक्ष सदस्यता वितरणमा भएको एकाधिकार र पक्षपात पुर्ण कार्य शैलीलाई तत्काल सच्याई वितरण प्रक्रिया संस्थागत र पारदर्शी गर्नुपर्ने, जिल्लाका सन्दर्भमा भएको विवादहरु समाधान गर्न भएको उदासिनता र वेवास्ता प्रति गम्भीर आपत्ति उनीहरुले जनाएका छन् । त्यसैगरी आठ महिना सम्म केन्द्रिय समितिको र लामो समयसम्म सचिवालयको बैठक नबोलाएकोले संगठनका क्रियाकलापहरु शुन्य प्रायः रहेको, केन्द्रिय समितिले विवाद समाधानको निर्णय गरिसकेका जिल्ला समितिलाई विवादित भनी कार्यान्वयनमा  बेवास्ता गरेको, नेपाली कांग्रेस त्रिवेणीधाम महासमितिको वैठक र पार्टी नेतृत्वबाट पटक पटक चाँडो महाधिवेशन गर्न भनी गरेको निर्देशन उल्लंघन गरेको र दलको संचालन, व्यवस्थापन र कार्य सम्पादन गर्दा दलको विधान र परम्परा बाहिर गएर गरेको उनीहरुले आरोप लगाएका छन् । नेपाल तरुणदलको चौथो महाधिवेशन ६ महिना भित्र सम्पन्न गर्न नेपाली कांग्रेस केन्द्रिय समितिले २०६८ साल माघ २१ गते  उदय सम्शेर राणाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो ।  तर दलको केन्द्रिय समिति विस्तारको २४ महिना भन्दा वढी समय वितिसक्दा पनि दलको महाधिवेशन गर्ने तिर अध्यक्ष राणा पुर्णतया उदासिन र निष्कृय देखिएकोले दलको महाधिवेशन सम्पन्न हुने कुरामा देशभरका सम्पुर्ण तरुण यूवाहरु अन्यौल र निरासमा परेको एक जना दलका केन्द्रिय सदस्य नवराज श्रेष्ठ(आकाश) ले द एक्सक्लुसिभलाई बताएका छन् ।
तरुणदल सैद्धान्तिक र वैचारिक रुपले विचार प्रधान संस्था हो संगठनलाई बलियो बनाउने हो, चुस्त दुरुस्त राख्ने हो र कार्यकर्ता उत्पादन गर्ने हो भने संगठनको आन्तरिक चुनाव हुनु जरुरी हुन्छ । तर विडम्वना नै भन्नुपर्छ १० वर्ष देखि दलको जिल्ला समितिहरुको अधिवेशन समेत हुन सकेको छैन भन्दै केन्द्रिय सदस्य आकाशले दलका अध्यक्ष संविधानसभाको सभाषद समेत भइसकेकोले एक व्यक्ति एक पदका अनुसार योग्य, क्षमतावान र जेष्ठताको आधारमा कार्यवाहक सभापति दिनुपर्ने आकाशले द एक्सक्लुसिभलाई बताएका छन् । भागवण्डाका आधारमा देउवा समुहबाट अध्यक्ष पाएका राणा अहिले महाधिवेशन गराउँदा आफ्नो गुट पराजित हुने डरका कारण महाधिवेशनबाट पन्छिन खोजेको उनले आरोप लगाए । सदस्यता वितरणमा समेत पक्षपात गरेको, जिल्ला शाखाहरुमा फर्जी अध्यक्षहरुलाई पनि मान्यता दिएको, विवादीत जिल्लाहरुमा विवाद समाधानका लागि केन्द्रबाट पठाइएको केन्द्रिय समितिका प्रतिनिधिको प्रतिवेदन पनि पेस गर्न नसकेको उनले बताए । उनका अनुसार पार्टीलाई मार्गदर्शन गर्ने व्याक बोन पार्टीको लाइनमा गएर काम गरेको कहिल्यै देख्न पाइएन, अध्यक्ष भइसकेपछि जहिले पनि राणा निष्कृय रहेको उनले बताए ।
 यसरी असंतुष्ट हुने सदस्यहरुमा रमेश प्रसाद खरेल, नारायण भट्टराई, गणेश भट्ट, राम रोकाया, मेदनी प्रसाद सिटौला, प्रमोद रिमाल, टेक राज पौडेल, जिवन डंगोल, सुदिप नरसिंह राणा, दिनेश राई, विनोद पन्त, नवराज श्रेष्ठ(आकाश), दामोदर लम्साल, सविता सिलवाल, उद्धव कोइराला, सुबोध प्रधान, गोविन्द राणाभाट, कमल पराजुली, लक्ष्मी खतिवडा, नृप सुनार, सरिता केसी, नवल किशोर यादव, मुकेश गुप्ता रहेका छन् ।


२०७१ बैशाख १४ गते आईतबार

कांग्रेसमा छैन समाजवाद -डा.शेखर कोइराला


डा.शेखर कोइराला
    विपी कोइरालाको सयौं जन्म ज्यन्तीको अवसर पारेर जनजागरण अभियान थालिएको हो । विपी कोइरालाले प्रतिपादन गर्नु भएको राष्टिूयता, प्रजातन्त्र र समाजवाद मा के हामीहरु (उहाँका अनुयायीहरु) खरो उत्रेका छौं त ? प्रजातन्त्रको चुरो भनेको बहुलवादमा आधारित बहुदलिय प्रतिस्पर्धा हो । र, आवधिक निर्वाचन । अहिले निर्वाचनको कुरा गर्दा अघि भर्खरै महेन्द्र यादवजीले पनि भन्नु भयो, हामीहरु मिश्रित प्रणालीमा जाँदा यसका समानुपातिक तत्व जुन छन, या प्रत्यक्षकै पनि, त्यसका विकृति र विसंगतिलाई दुईवटा निर्वाचन हामीले खेपी सक्यौं हामीले हटाउन सकेनौं भने झन दलदलमा हामीहरु फस्दै जानेछौं भन्ने मलाई लाग्छ ।
    अहिले नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी लोकतान्त्रिक पार्टी भनेर हामीले भनिराखेका छौं तर के हामीहरुले कानुनी राज्यको अवधारणालाई लिएर अगाडी वढेका छौं त ? दुई महिना अघि यो सरकार बन्नु भन्दा पहिले हाम्रो सभापतिजी र एमालेको अध्यक्षजीको संयूक्त सात बुँदे वक्तव्य आयो, जसमा राष्टूपति र उपराष्टूपतिलाई यो अहिलेको संविधानमा हुुुँदै नभएको कुरालाई लिएर अनुमोदन गर्ने भन्ने कुरा आयो । हामी अगर प्रजातन्त्रमा, संविधानमा, कानुनी राज्यमा विश्वास गछौं भने, र सर्वाेच्च अदालतको निर्णयमा विश्वास गछौं भने त्यो सरासर गलत निर्णय भएको हो । जुन कुरा गलत छ त्यो कुरा हामीले कार्यकर्ताको माझमा पु¥याउन सकेनौं भने भोलीको दिनमा झन अप्रिय घटना घट्दै  जानेछ, भन्ने मलाई लाग्छ ।
    विपीले कल्पना गर्नु भएको गरिव र धनी बीचको खाडल कम हुनु पर्छ । अहिले उदार अर्थतन्त्रले गर्दा धनी र गरिब बीचको खाडल वढेर गएको छ । कस्तो समाजवाद हामीले लिएछौं भने उखुको मुल्य गत साल भन्दा ८१ रुपैयाँ प्रति क्विन्टल घटेको छ तर गत साल भन्दा यस पटक चिनीको मूल्य वढ्दो छ । कस्तो समाजवाद हो यो ? कस्तो किसान प्रेमी पार्टी हो यो ? यो कुरा भन्दा हाम्रो नेताहरु रिसाउनु हुन्छ । उहाँहरु भन्नु हुन्छ, तिमीहरुले बुझेका छैनौं । गरिबका लागि हामीहरुले काम गरिराखेका छौं भनेर भन्नु हुन्छ । किसानका लागि काम गर्नु भनेको त गरिब र धनी बीचको खाडललाई कम गर्ने उपाय खोल्नु पर्यो । मैले उखुको उदाहरण किन दिन्छु भने म पनि किसानको छोरो हो । १० विघा उखु खेती म पनि गरिरहेको छु । उखुको दाम घट्ने, अनि चिनीको दाम पढ्ने यो समाजवाद हुनै सक्तैन । यो उदार अर्थतन्त्र पनि हुन सक्दैन । यो अराजक अर्थतन्त्र बाहेक केही पनि हुन सक्तैन ।
    पार्टीको सम्बन्धमा पनि धेरै मित्रहरुले कुरा राख्नु भयो ४०(६० को भागवण्डाको कुरा चलेको छ । नगरेको भए पार्टी विभाजन हुन्थ्यो भनेर भनियो । सहमतिको आधारमा बसेर छलफल गरी त्यसको टुङ्गो लगाउनु पथर््यो । हामीहरुलाई आपत्ति छैन तर मैले ६० प्रतिशत र ४० प्रतिशत पाउनु पर्छ भन्ने कुरा नेताज्यूहरु गर्नुहुन्छ भने त्यसको कार्यकर्ताहरुले विरोध गर्नै पर्छ । ६०(४० को भागवण्डाले तपाईको अनुहारमा मैले नैराश्यता देखिरहेको छु, उज्यालोपना देखिरहेको छैन । तपाईहरुले मलाई साथ दिनु भयो भने ६०(४० को भागवण्डा १३ औं महाधिवेशनमा मैले तोड्छु भन्ने कुराको तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु ।
लोकतन्त्रको सुन्दरपक्ष भनेको अल्पमतको कदर गर्नु हो । अल्पमतलाई सम्मान दिनु, इज्जत दिनुका साथै ‘स्पेश’ पनि दिनु हो । त्यसमा कुनै पनि असहमत हुने ठाउँ छैन् । तर, हामीहरु कस्तो लोकतन्त्रमा छौं भने, संसदीय कार्यसमितिको चुनाव हुन्छ, हामीहरु लाइनमा वसिरहेका हुन्छौं, नेताहरुको भागवण्डा मिल्दैन । अनि, के हुन्छ भने आज चुनाव स्थगित भनेर भन्यो । डेढ महिना भैसक्यो । चुनाव हुन सकेको छैन । उहाँहरु किन गर्न सक्नु भैरहेको छैन । सकिरहेको छैन भने त्यसलाई चुनाव गरेर टुङ्गो लगाउनु प¥यो । लोकतन्त्र भनेको खाली भागवण्डा मात्र होइन । सहमति गर्नुस । तपाईहरु कोठामा बसेर सहमति गर्नुस । किशुनजी, गणेशमानजी, सुवर्ण जी पनि झगडा गर्नु हुन्थ्यो तर, कोठामा बसेर कुरा मिलाउनु हुन्थ्यो । उहाँहरु पनि आफ्ना मान्छे राख्नु हुन्थ्यो होला तर सडकमा ६०(४० का कुरा गर्नु हुन्थ्यो ।
अघि नेविसंघ, तरुणदल, महिला संघको सवालमा अघि महेन्द्रजीले कुरा गरिसक्नु भयो । म उहाँको कुरामा सहमत छु । कार्यवाहक सभापतिको सवालमा ‘एक व्यक्ति एक पद’ विधिको शासन गर्ने हो भने, हाम्रो आदरणीय सभापति यस्तो कठिन अवस्थामा प्रधानमन्त्रि हुनु हुन्छ, उहाँ आफै भन्नु हुन्छ म तरवारको धारमा हिंडिरहेको छु भनेर । त्यस्तो कठिन परिस्थितिमा उहाँले कार्यवाहक सभापति दिनु भयो भने नेपाली कांग्रेस अलिकति गुर्मुराएर उठ्छ । हैन भने कांग्रेस सुषुष्त अवस्थाबाट गईरहेको छ भन्ने कुरा बताउन चाहन्छु । २५ वटा जिल्लाका जिल्ला सभापतिहरु सभासद भएर केन्द्रमा छन् । जिल्लाहरु अस्त व्यस्त भएको छ । केन्द्रिय सभापतिले कार्यवाहक सभापति दिए भने न जिल्ला सभापतिहरुले आफ्ना वरिष्ठ नेता उपाध्यक्षलाई कार्यवाहक देला । अनि मात्र कांग्रेस जुर्मुराएर अघि वढ्छ जस्तो मलाई लागेको छ ।
    संविधानको कुरामा राज्यको पुनःसंरचनाको कुरा मात्रै म गर्छु । डेढ दुई महिना पहिले विश्वमा एउटा घटना घट्यो । त्यो घटनाले नेपाली नेपाली जनताहरुलाई र नेपालमा राजनीति गर्ने राजनीतिक दलहरुलाई झस्काइदिएको छ । तर्साइदिएको छ । डराईदिएको छ । युक्रेन भन्ने एउटा देशको एउटा क्रिमिया भन्ने शहर छ, त्यो शहरले आत्मनिर्णयको अधिकार भनिकन जनमत संग्रह गर्यो । त्यो जनमत संग्रह गर्ने अधिकार क्रिमियालार्य दिएकै थिएन । ९६ प्रतिशतले हामी रुससँग मिल्छौं भन्यो । अब क्रिमिया युक्रेनको पार्ट छैन कि रुसको पार्ट भइसक्यो । जस्तो क्रिमियाको सामाजिक महत्व छ विश्वमा, त्यस्तै नेपालको पनि सामाजिक महत्व छ, विश्वमा । नेपालले क्रिमियाको नियति नभोग्नु परोस भन्ने कुरा म तपाईहरुलाई विनम्र आग्रह गर्न चाहन्छु । तपाई हामी नेपाली कांग्रेसका कार्यकर्ताहरु सचेत हुनुपर्छ ।
    नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा सात प्रदेशको कल्पना गरेर अगाडी वढेको छ । छलफल गर्दै जाँदा, सहमतिमा जाँदा ६ वटा पनि हुन सक्छ, सात वटा, नौ वटा पनि हुन सक्छ, ११ वटा पनि हुन सक्छ । कति हुन्छ भन्ने कुरा म भन्ने सक्तिन । दोस्रो कुरा, नेपाली कांग्रेस जातीय संघीयता स्वीकारदैन । नेपाली कांग्रेस ‘एक मधेस एक प्रदेश’ स्वीकारर्दैन भन्ने कुरा बुझ्न जरुरी छ, तपाईहरुको पहिचान, पहुँच र प्रतिनिधित्व राज्यको प्रत्येक अंगमा समानुपातिक ढंगले हुनु पर्छ भन्ने कुरामा नेपाली कांग्रेसलाई दिृविधा छैन । त्यसको लागि हामीहरु क्रियाशिल छौं । त्यसका लागि के गर्नुपर्छ हामी सबै केन्द्रिय सदस्यहरु, सभासदहरु गर्न तयार छौं । तर, मधेस भित्र पनि समावेशी र समानुपातिक ढंगले अगाडी वढ्न जरुरी छ । मधेस भनेको क्षेत्र हो । भू(भागको कुरा हो । त्यस भित्र पनि धेरै जातजातीहरु छन् । कोही अगाडी छन, कोही पहाडी छन् । कोही उत्पीडनमा परेका छन् । ती सबैलाई समानुपातिक र समावेशी ढंगले लिएर अघि पढ्नु पर्ने आवश्यकता छ ।
मधेसकै कुरा गर्दा चुरेलाई हामीले विर्सन सक्दैनौं । चुरेको रन विनासले गर्दा, गिट्टी बालु नेपाललाई चाहिने भन्दा वेसी ती गिट्टी बालुको उत्खन्नले गर्दा, सबैभन्दा पहिलो मार हामी मधेसका साथीलाई नै पर्छ । मधेस मरुभुमिमा परिणत हुन यहि प्रकारले चुरे विनास हुने हो भने, अव धेरै वेर लाग्ने छैन । हामीहरु सिंचाईका कुरा गछौं, सकिराखेका छैनौं । गर्नुपर्छ । किन भने मधेस उर्वराभुमि हो । सिंचाईको बन्दोवस्त गर्नु पर्छ । रमाइलो कुरा त के छ भने हामी कृषिका कुरा, मधेसका कुरा त गछौं तर अनुदानका कुरा हामीहरु गर्दैनौं । कृषिमा जवसम्म हामीले अनुदान दिन सक्तैनौं तब सम्म यो देश अगाडी वढ्न सक्दैन । कृषिमा सबैभन्दा धेरै अनुदान सबै भन्दा धनी देश अमेरिकाले दिएको छ । किसानलाई यति धेरै अनुदान दिएको छ, त्यो तपाई हामीहरुको कल्पना भन्दा बाहिर छ । तर, यहाँ मलखाद्य पनि पाउँदैन, किटनाशक औषधि पनि पाउँदैन । केही पनि छैन । अनुदानको कुरा त छोडिदिनुस, पाउँदा पनि पाउँदैन । त्यो भयावह अवस्थाबाट मधेस गुज्रिरहेको छ । त्यसलाई नेपाली कांग्रेसले पक्कै पनि हेर्छ भन्ने मलाई विश्वास लागेको छ ।
    मधेसका साथीहरुको पहाडका प्राकृतिक स्रोत साधनमाथि पनि अधिकार छ भन्ने कुरा तपाईहरुले सोच्न थाल्नुस । मधेसका कुरा मात्र गरेर अव हुँदैन । पहाडका जडिबुटी, जल सम्पदा, जंगलमा पनि तपाई हामीहरुको अधिकार छ भन्ने कुरा सोच्न थाल्नु भयो भने हामीहरु उन्नतीको वाटोमा अगाडी वढ्न सक्छौं । अघि धेरै साथीहरुले स्थानीय निकायको निर्वाचनको कुरा गर्नु भयो । सुशासनको कुरा प्रधानमन्त्रिज्यू सधै गरिरहनु हुन्छ । सुशासन अगर दिने हो भने स्थानीय निकायको निर्वाचन अविलम्ब छिटो भन्दा छिटो गर्न जरुरी छ । नत्र भने वडा देखि मौलाउँदै गएको भ्रष्टाचार झन झन अघि वढ्नेछ ।
(१० बैशाखमा जनकपुरमा आयोजना गरिएको मेचि महाकाली जनजागरण अभियानको उदघाटन सत्रमा डा. शेखर कोइरालाले गरेको सम्बोधन)

२०७१ बैशाख १४ गते आईतबार

एक मधेस एक प्रदेश कुनै पनि हालतमा हुन्न – अर्जुन नरसिंह केसी


अर्जुन नरसिंह केसी
द एक्सक्लुसिभका सम्पादक अजय अनुरागी र नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पुर्व सह महामन्त्री अर्जुन नरसिंह केसी बीच भएको बार्तालाप को सम्पादीत अंश ः

नेपाली कांग्रेसले मेची महाकाली जनजागरण अभियान गर्नुको उद्देश्य के हो ?
नेपाली कांग्रेसको इतिहास, सैद्धान्तिक पक्षहरुलाई विवेचना र विश्लेषण गरी कार्यकर्ताहरुमा प्रभावकारीरुपबाट परिचालन गर्ने, त्यसलाई सशस्त्र बनाउने, समसामायिक राजनीतिको विश्लेषण, समिक्षा, कांग्रेसको प्रत्येक तहले कसरी जनताको बीचमा जाने, संविधान निर्माण र स्थानीय निकायको चुनावलाई पनि केन्द्रविन्दु बनाएर भावी रणनीति कस्तो बनाउने नै यो अभियानको मुख्य उद्देश्य हो । हामीले आजसम्म करिव १० वटा अञ्चलहरुमा प्रशिक्षण समाप्त गर्यौं । बाँकी अञ्चलमा पछि समय मिलाएर निरन्तरता दिनेछौं ।
कार्यकर्ताहरुमा के जोस जाँगर आएको छ त ?
निश्चित रुपमा संविधानसभाको निर्वाचन पछि केन्द्रित स्तर, जिल्ला र स्थानीय तहको नेतृत्वसँग जुन सञ्चार हुने, विभिन्न विषयमा दुईतर्फी सूचना आदान प्रदान हुनु पर्ने हो, त्यसले नयाँ जागरण ल्याएकोमा हामी विश्वस्त छैन ।
तर तपाईकै सम्बोधनका क्रममा तपाईले विभिन्न पत्र पत्रिकामा लेखेको लेखबाट पनि के अनुभुति हुन्छ भने नेता र सरकार, पार्टी र सरकार कार्यकर्ता र सरकारबीच कुनै सम्बन्ध नै छैन ? सम्वाद नै छैन भन्ने देखियो । पार्टी सत्तामा गएको अहिलेको अवस्थामा विगतको इतिहास झै के पार्टी विभाजन के कगारमा पुगेको हो त ?
पार्टी विभाजन हुने कुरा तिर त सोच्दै  नसोचौं । सरकार र नेतृत्वले पार्टीसँग जुन सम्बन्ध हुनुपर्ने र नीतिगत रुपले पार्टीसँग सल्लाह गरी संस्थागत निर्णय हुनुपर्ने कुरा भएको छैन ।
सरकारले नीति तथा कार्यक्रम घोषणा गर्यो तर पार्टीका कुनै पनि केन्द्रित समिति, संसदीय दल, संसदीय समिति कहिं पनि छलफल भएन । संसदीय दल, संसदीय मान्यता र परम्पराको सवभन्दा वाह शक्ति हामी छौं । सुरुको स्थापनाकाल देखि नै संसद सवभन्दा वढी समावेशी, गर्ने हामी नै छौं । यदि संसदीय पद्यतिमा केही कमीकमजोरी छ भने त्यसलाई हटाऊँ । विश्वव्यापी रुपमा मान्यता भनेको के हो भने कुनै पनि राष्टिूय महत्वका नीति निर्णय सरकारले गर्दा संसद चलिरहेको बेला संसद भन्दा वाहिर गरिनु हुन्न भन्ने सर्वमान्य सिद्धान्त हो तर, तदनुरुप त्यो भएन । अन्य विषयमा सरकारले पार्टीसँग छलफल गरेको छैन । सरकारको तर्फबाट गम्भीर त्रुटीहरु भएकै हो ।
सरकारमा पठाइएका मन्त्रीहरुको नाममा पनि के तपाईको असन्तुष्टी हो ?
व्यक्तिगत रुपमा मेरो कुनै असन्तुष्टी छैन । पार्टीभित्रको विभाजन कोही ६०, कोही ४० भनेर जुन अभिव्यक्त भएको छ त्यो हुनु हुँदैन । कुनै कित्तामा बाँडिनु भन्दा जहाँ जे ठीक छ त्यसलाई मानौं । विभाजन नगरौं । सबै कांग्रसी छन, तयो बुझौं र कांग्रेसले कांग्रेस हुनुपर्छ । हाम्रा छनौट प्रक्रिया पनि मसँग नजिक तसँग नजिक भन्दा पनि को जनप्रिय छ, को क्षमतावान छ, कले सम्बन्धित जिम्मेवारीलाई पूर्णतापुर्वक डेलिभरी गर्न सक्छ त्यसलाई हेरेर गर्ने परम्परा कांग्रेसमा छैन । अहिले पनि नेपाली कांग्रेसको विधानमा सरकारमा कस्ता मान्छेहरुलाई सहभागी गराउने भन्ने मापदण्ड केन्द्रिय कार्यसमितिले निर्धारण गर्छ । र, त्यसको अन्तिम सम्म छनौट संसदीय समितिले गर्छ । संसदीय समितिको वैठक नै बसेन र विधान भन्दा वाहिर जो निर्णय भयो त्यसमा मेरो टिप्पणी छैन ।
मन्त्रिपरिषदबाट छनौट हुने भनिएको २६ सभाषदका सिटको लागि पनि तपाई सचेत त गराइरहनु भएको छैन ?
राष्टिूय महत्वका संविधान निर्माणका निम्ति योगदान पु¥याउन सक्ने, विभिन्न क्षेत्रका भाषा, संस्कृति र छुटेका जनजाती वा पक्ष, तिनीहरुलाई पनि समावेश गरी मनोनित गर्नु पर्ने हो । तर, परम्परागत रुपमै राजनीतिक दलमा भागवण्डा हुने मान्यता जुन स्थापित भएको छ, त्यो नै गलत हो । त्यो अनुरुप हुने हो भने कांग्रेसको भागमा ६÷७ जना पर्छ त्यसको टुङ्गो संसदीय समितिमा ल्याएर गर्नु पर्यो । गोजीबाट दिने परम्पराले पार्टीमा शुद्दिकरण पनि हुँदैन, लोकतान्त्रिक प्रक्रिया पनि अगाडी बढ्दैन । महासमिति देखि नै पार्टीमा एकलौटी ढंगले भैरहेको निर्णयको मैले विरोध गरिरहेको छु ।
महासमितिमा पनि तत्कालिन सभापति गिरिजाप्रसाद कोइराला (जो मेरा नेता मात्र होइन पितातुल्य पनि हुनु हुन्थ्यो), वहाँले सभापतिय पद्यति नै सबैभन्दा उपयूक्त पद्यति हो, विपीले स्थापित गर्नु भएको भनेर भन्दा पहिलो मान्छे म नै हो जसले भनेको थिएँ, परिस्थितिमा आएको परिवर्तन अनुसार चल्नु पर्छ । विपीले जुन सन्दर्भमा पार्टीको संविधान बनाउनु भयो त्यो सन्दर्भमा ठुलो परिवर्तन आएको छ । अब नेपाली कांग्रेस नेतामुखी होइन, नीतिमुखी हुनुपर्छ । व्यक्तिमुखी होइन संस्थामुखी हुनुपर्छ । विधिसंगत र सामुहिक नेतृत्वको प्रक्रियाबाट पारदर्शी ढंगले चल्नु पर्छ भन्ने मैले महाधिवेशन प्रस्ताव राखेर त्यही बहुमतले पारित भएको हो । त्यसैले मलाई कसैले रोकेर रोकिने वा मेरो मुख थुन्न सक्दैन । गलत प्रक्रियालाई गलत बोल्नु पर्छ । पार्टी विभाजनबाट रोक्नको लागि नयाँ पुल नयाँ सेतुको काम गर्नु पर्यो । नयाँ विचार बोकेको शक्तिको निर्माण गर्नु आवश्यक छ । जसले सामुहिक नेतृत्वको पद्यतिलाई अगाडी बढाउन सकोस ।
एक व्यक्ति एक पदको कुरा पनि कांग्रेस भित्र चलिरहेको छ । कार्यवाहक सभापति प्रधानमन्त्रि सुशिल कोइरालाले कसैलाई दिनु पर्छ भनेर भनिदैछ । तपाईको विचार के हो ?
एक व्यक्ति एक पद भनेर कृष्ण प्रसाद भट्टराई प्रधानमन्त्रि र सभापति हुँदा यो विचार प्रस्तुत गर्ने व्यक्ति पनि अहिलेको प्रधानमन्त्रि र पार्टी सभापति नै हो । त्यसकारण यसलाई वहाँले गम्भीरपुर्वक नलिने हो, एउटा कुरा बोल्ने र अर्को कुरा गर्ने प्रवृतिले नेतृत्वमाथि जनताको र कार्यकर्ताको विश्वास रहन सक्दैन । जहाँ बोल्यो, त्यहाँ टिक्न सक्नु पर्छ । त्यसैले कार्यवाहक सभापति दिनु पर्छ ।
विपी कोइरालाले परिकल्पना गरेको समाजवाद र अहिलेको समाजलाई कांग्रेसले बुझ्न सकेको छ ?
विपीले प्रस्तुत गर्नुभएको समाजवादी चिन्तन अनुसार हाम्रो देशको अर्थतन्त्र नचलेकै हो । सिमान्तकृत, तल्लोस्तरका समुदायहरुको उत्थानलाई हाम्रो अर्थतन्त्रले जति प्राथमिकता दिनुपर्ने हो त्यति दिन सकेको छैन । समतामुलक समाज निर्माणका कुरामा हाम्रा केही कमि कमजोरी भएकै छन् । अहिलेको विश्व नै एउटा सानो गाउँमा परिणत भएको बेला विश्व व्यापीकरण, उदारिकरण र निजीकरणको जुन विश्व व्यापी आर्थिक प्रकृया छ । त्यसबाट नेपाल अलग रहेर आफैले धान्न सक्ने अवस्था छैन । हामी उदारिकरण बजार अर्थतन्त्रमा जानै पर्छ । तर, बजार अर्थतन्त्र भनेको बजार अराजकता होइन । बजारलाई नियमन गर्नु पर्छ ।
उदार अर्थतन्त्रको नाउँमा लाइसेन्स राजमा त माफियाहरुकै कब्जा छ । आम मानिसको त त्यहाँ पहुँच नै हुनसकेको छैन नि ?

त्यसैले त मैले भनेको हुँ बजार उदारीकरणको नाउँमा बजार अराजकता हुनु हुँदैन । त्यसलाई राज्यले नियमन गर्नुपर्दछ । सिन्डीकेटले कार्टलिस्टहरुले बजारलाई जसरी चलाईरहेका छन त्यसलाई तोड्नु पर्छ । एउटा समाजिक न्यायपुर्ण अर्थतन्त्रलाई केन्द्र विन्दु बनाएर अगाडी बढ्नु पर्छ । निजी क्षेत्रको स्वतन्त्रता र निजी क्षेत्रको सहभागितालाई पनि स्थान दिनुपर्छ तर यसको लागि निश्चित नियम भित्र बसेर सेवा मुखि ढंगले चलाउने व्यवस्थापन हुनु पर्छ । तर अहिले विदेशी ढंगको नक्कल मात्र वढी  भयो । एसियाली विकास वैंक, विश्व बैंक, अन्तराष्टिूय मौद्रिक कोषले दिएको पे्रस्क्रिप्सनलाई रामवाण मान्ने तर तल्लो स्तरका पिडित जनताको उत्थानका निम्ति राज्यले विशेष कार्यक्रम ल्याउनु पर्छ । त्यसमा केन्द्रित हुन नसकेकै हो ।
मिथिलाले इतिहासको हरेक कालखण्डमा र राजनीतिक परिवर्तनमा अह्म योगदान निर्वाह गरेको छ । तर पनि मिथिलाको विकास हुन सकेको छैन । किन ?
हेर्नुस मिथिला संस्कृति र सभ्यता भनेको समग्र हिन्दुहरुकै सभ्यता र संस्कृति हो । त्यसको संचालन त्रेता यूग देखि नै भएको हो । राजा जनकका गुरु अस्टावक्र देखि लिएर एक जना कवि विद्यापतिले जुन ढंगले योगदान गर्नुभएको छ त्यसलाई विर्सन सकिन्न् । राजनीतिक आन्दोलन र परिवर्तनमा मिथिला र जनकपुरको जुन योगदान छ त्यसलाई देशले कहिल्यै विर्सन सक्दैन । त्यसो भनेर देशका सबै भाग नै पछि परेका छन् । मिथिला मात्र होइन । मिथिला पुत्र देशको पहिलो राष्टूपति हुनु त्यो सम्मान नै हो । विकास निर्माणका देखि लिएर अनगिन्ती समस्याहरु छन् ।
तपाईकै पार्टीका लागि र देशमा गणतन्त्र स्थापनाका लागि आफ्नो ज्यानको बलिदानी दिने दुर्गानन्द झालाई त तपाईको पार्टीले पनि त अपमान गरेकै हो नि ? अहिले सम्म राज्यले सहिद समेत घोषणा गर्न सकेको छैन ? राज्यद्वारा बेपत्ता पारिएका डा.एल.एन. झाको कांग्रेसले खोजी खबर गर्न सकेको छैन ।
बेपत्ता पारिएका, मारिएकाहरुको सम्बन्धमा मानविय दृष्टिकोणले सोच्नुस् । अहिले संसदमा सत्यनिरुपन तथा मेलमिलाप आयोग र बेपत्ता छानविन आयोगमा संशोधन गर्नु पर्नेछ ।
दुर्गानन्दजीको विषयमा के भन्नु हुन्छ ?
वहाँ सहिद हो । राज्यले पनि सहिद भन्नुपर्छ र सहिद घोषणा गर्नुपर्छ । अहिलेसम्म नगर्नु दुःखद हो ।
वर्तमान सरकार त कांग्रेस कै हो नि ? कसले गर्ने ?
हो, म पनि पार्टीमा कुरा राखौंला ।
अब संघीय राज्य बन्दै गर्दा मधेसमा एक मधेस एक प्रदेश र अनेक प्रदेश बीच द्वन्द देखिन्छ । के हुुनु पर्ने हो ?
एक मधेस एक प्रदेश कुनै पनि हालतमा हुन सक्दैन । चुनाव भन्दा पहिला पनि यस विषयमा हामीलाई भोटको धेरै ठुलो चुनौती थियो । जहाँसम्म स्वायत मधेस प्रदेशको कुरा छ त्यसमा हामी प्रतिवद्ध छौं । कोशी देखि वागमतीसम्मको एउटा मधेस प्रदेश बनाउन सकिन्छ । अर्को कहाँ सम्म हुन सक्छ । त्यो पनि बनाउन सकिन्छ ।
सिमाङ्कन गर्दा पुर्व पश्चिम बनाउनु पर्छ भनेर कांग्रेसकै मधेसका सभाषदहरुले पनि भनिरहेको छ तर तपाईको पार्टी उत्तर दक्षिणको अवधारणामा अगाडी वढन चाहन्छ । दोलखाका मान्छेलाई जनकपुर आउन कसरी सुगम हुन्छ ?
उत्तर दक्षिणको कुरा हामीले गरेका छैनौं । कोशी देखि बागमतीसम्म तराईका जिल्ला पर्दैन र ? तर, देशैभरी कही पनि उत्तर दक्षिण हुनुहुँदैन  भनेर त भन्नु हुँदैन नि । कोशीपारी वा कर्णाली पारी उत्तर दक्षिण गर्नुपर्ने भौगोलिक बाध्यता होला । धरो चाही राज्य हुँदैन । त्यसमा हामीले राष्टूको निम्ति हेर्नुपर्ने हुन्छ । पहाडमा चार वटा प्रदेश र मधेसमा दुईटा या तीनटा प्रदेश हुनुपर्छ भन्ने कांग्रेसको मान्यता हो । कहि कहि उत्तर दक्षिण पनि जोडिने कुरा आउन सक्छ । जस्तै सुदुर पुर्वमा कोशी जोडिन सक्छ, सुदुरपश्चिममा कैलाली जोडिन सक्छ । मैले सक्छ भने कुरा मात्र भनेको हो पछि दलहरुसँग छलफल गरेर सहमति गरी निरक्यौल गर्ने कुरा हो ।
हामीले जातिय राज्यलाई स्वीकार गर्दैनौं । मिथिला संस्कृति एउटा सभ्यता नै हो । त्यसलाई प्रदेश भन्न हामीलाई कुनै आपत्ति छैन । तर, कुनै जातको नाउँमा  भोली कसैले यादव राज, झाराज्य वा साह राज्य खोज्यो भने त्यो त हुँदैन नि । हामीले संघीय संरचना राष्टूको समृद्धिका लागि गर्ने हो । त्यहाँका जनताको तल्लो स्तरबाट सहभागिताका लागि गर्ने हो । एक छिन नारा दिएर चुनाव जित्न सकिएला तर कलान्तरसम्म उक्त कुरा टिक्दैन ।
सेनामा मधेसी समुदायको समुहगत प्रवेश हुनुपर्छ भन्ने कुरामा कांग्रेसले सम्झौता गरेपनि कार्यान्वयन गर्न दिइरहेको छैन । यो राज्य मधेसीको पनि हो र शासनका निम्ति सेनामा, बजेट विनियोजनका निम्ति राष्टिूय योजना आयोगमा र राज्यको हरेक तह तप्कामा समानुपातिक र समावेशी पहुँचको कुराका लागि तपाईहरु किन अवरोधक बन्नु भएको हो ?
प्रक्रिया धेरै अगाडी वढी सकेको छ । पहिलेको स्थिति भन्दा अहिले फरक भएको छ । तर,  जति हुनुपर्ने हो त्यो हुन सकेको छैन । सेनामा पनि एउटा निश्चित अंकमा प्रवेश गराउँदै सेनाले एउटा राष्टिूय रुप लिओस । समानुपातिक प्रतिनिधित्व होस । विगतका नीति भन्दा अहिले परिवर्तन भएको छ । त्यसका लागि हरेक राजनीतिक दलभित्र दवाव वढेको छ । भोली संघीय संरचना पछि, संविधान निर्माण पछि त्यसले एउटा मुर्त रुप लिन्छ । र जहा नपुगछ त्यहाँ पुग्छ ।
बजेट विनियोजनमा पनि त व्यापक विभेद छ नि ? मधेसमा अत्यन्तै कम र पहाडमा अत्यधिक बजेट विनियोजन हुने गरेको छ, खै त विभेद हटेको ?
त्यो गलत हो । बजेट यति प्रतिशत नै भनेर त भन्न सक्दैन तर प्रशस्त मात्रामा बजेट मधेसमा पनि विनियोजन हुन थालेको छ । मधेसको ठुल ठुला योजनामा बजेट विनियोजन भइरहेको छ । जुन हल्ला हो त्यो सत्य होइन । बजेटको प्रतिशतका आधार मात्र जनसंख्यालाई नहेर्नुस, भुगोललाई पनि हेर्नुस । विकट पहाडमा पनि राज्यले हेर्नुपर्ने हुन्छ ।
८० प्रतिशत राजश्व मधेसबाट असुली गर्ने र बजेट विनियोजन २० प्रतिशत पनि नगर्ने राज्यले हृदय फराकिलो पार्नु पर्दैन । कहिलेसम्म मधेस विभेदको शिकार भैरहने ?
हृदय फराकिलोको कुरा होइन । त्यो त योजना आयोगले सोच्नुपर्ने कुरा हो तर, राज्यलाई पनि राज्य जस्तो ठान्नुस न तपाई । जहाँबाट केही पनि आएको छैन त्यहाँ पनि पुरयाउने दायित्व राज्यको नै हो । समग्रमा नेपालको भुगोललाई हेर्नुस । त्यो भुगोलमा बाँड फाँड हुँदा खेरी महाभारतमाथि सबै पहाड ठान्ने हिसाव गर्नु हुँदैन । त्यहाँ माथि चुरे रेन्ज पनि छ । त्यहाँ माथि महाभारत रेन्ज छ, त्यहाँ माथि हिमालय रेन्ज पनि छ । त्यसभित्र तराई रेन्ज पनि छ । त्यसभित्र भागवन्डा गर्नुपर्ने हुन्छ । संतुलन नभएको ठाउँमा संतुलन गर्नुपर्ने हुन्छ ।
जनकपुरको चुरोट कारखाना बन्द भयो । भएका रोजगारी पनि अन्तय गर्दै बेरोजगार बनाइदैछ । राज्यले रोजगारी दिनु पर्दैन ?
रोजगारीको अवसरका निम्ति विरामी परेका उद्योगहरुलाई रिभाइभ गर्नको निम्ति सरकारले विशेष नीति लिनु पर्छ । अहिले भर्खर आएको सरकारले सबै कुरा गर्न सक्दैन । तर, अव यसो गर्नुपर्छ भनेर नीतिगत प्रतिवद्धता त गर्नै पर्छ ।
तराईलाई कांग्रेसले भोटको लागि मात्रै आधार विन्दु मान्ने हो कि विकासका लागि पनि ?
हुलाकी राजमार्गका निम्ति कांग्रेसले लडेकै हो । तराईको औद्योगिकरण देखि आधुनिकिकरण सम्मको दिशा कांग्रेसले नै बदलेको हो । इतिहास नै हेर्नुहुन्छ भने थानकोट देखि पर जाँदा राहदानी लिएर जानेकुराको अन्त प्रजातान्त्रिक आन्दोलनले नै गरेको हो नि । हामीले जति गर्नुपर्ने हो त्यति गर्न नसकेकै हो ।
जानकी मन्दिरलाई विश्व सम्पदा सुचिमा राखिदिए पर्यटनको व्यवसाय पनि फस्टाउने थियो । जानकी मन्दिर जनकपुरको मात्रै नभएर नेपालकै ठुलो धरोहर हो नि । राष्टिूय सम्पति हो । गर्न सकिदैन र ?
गर्न सकिन्छ र गर्नु पनि पर्छ । जानकी मन्दिर समग्र विश्व हिन्दु सभ्यताकै केन्द्र विन्दु हो । यसलाई विश्व सम्पदामा सुचिकृत गर्ने प्रकृया कहाँ पुगिरहेको छ भन्ने मलाई थाहा भएन । यो मुद्दालाई म प्रभावकारी रुपले कहाँ कति उठाउनु पर्छ । म उठाउँछु ।




२०७१ बैशाख १४ गते आईतबार

Monday, April 28, 2014

कांग्रेसको प्रशिक्षण सम्पन्न


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


नेपाली कांग्रेसले विपी कोइरालाको जन्म सताव्दीको अवसर पारेर जनकपुरमा मेची महाकाली जनजागरण अभियान अन्तरगत अञ्चल स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैशाख १० देखि १२ गतेसम्म नेपाल कांग्रेस केन्द्रिय नीति तथा प्रशिक्षण प्रतिष्ठान द्वारा आयोजना गरिएको उक्त कार्यक्रममा जनकपुर अञ्चलका ६ जिल्लाका कार्यकर्ताहरुले प्रशिक्षण लिएका छन् । धनुषाबाट ७, महोत्तरीबाट ६, सर्लाहीबाट ६, सिन्धुलीबाट ३, रामेछापबाट २ र दोलखाबाट २ गरी कुल  २६ निर्वाचन क्षेत्रका एक जिल्ला सभापति, एक महिला र अन्य एक गरी तीन तीन जना कार्यकर्ताले प्रशिक्षण लिएका हुन । विगतमा नेपाली कांग्रेसले गरेको योगदान, गाउँ गाउँमा संगठन विस्तार स्थानिय निकायको निर्वाचन लगायतका विषयमा प्रशिक्षण दिइएको थियो । उदघाटन सत्रमा कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, केन्द्रिय सदस्य तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्रि विमलेन्द्र निधि, केन्द्रिय सदस्यहरु अर्जुन नरसिंह केसि, प्रकाश शरण महत, शेखर कोइराला, महेन्द्र यादव लगायत दर्जनौ सभाषदहरुले आफ्ना धारणा राखेका थिए ।



२०७१ बैशाख १४ गते आईतबार

जनकपुरका विद्यार्थीहरु आन्दोलित


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
एसएलसी परिक्षाको क्रममा स्थगित समाजिक विषयको परीक्षा पुनः सञ्चालन गर्नुपर्ने माग राख्दै संयुक्त विधार्थी संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिएको छ । पहिलो चरणमा तीन दिन सम्म जिल्लाका सम्पुर्ण शैक्षिक संस्थानहरु बन्द गर्दा पनि सम्बन्धित निकायले कुनै सुनुवाई नगर्दा शैक्षिक संस्थानको बन्दीलाई अनिश्चितकालको लागि बढाएको छ । यसका साथै दोस्रो चरणमा विद्यार्थीहरुले खण्ड खण्डमा जनकपुरमा चक्का जाम समेत गरेका छन् । गत शुक्रवार जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरी प्रदर्शन गर्ने क्रममा विद्यार्थी र प्रहरी बीच धक्कामुक्की समेत भएको थियो  । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत विहिवार रामानन्द चोकमा एक घण्टा चक्का जाम गरेका विद्यार्थीहरुले शुक्रवार जिल्ला शिक्षा कार्यालको मुलद्धारमा तालाबन्दी गर्ने कार्यक्रम रहेको विद्यार्र्थीहरुले जनाएका छन । पहिलो चरणको आन्दोलन अन्तर्गत विद्यार्र्थीहरुले सोमवारबाट बुधवारसम्म जिल्ला भरिको सरकारी तथा नीजि शैक्षिक संस्था बन्द गरेपनि माग बारे कुनै सुनुवाई नभएको प्रति आपत्ति जनाउदै विद्यार्र्थीहरुले जिल्लामा अनिश्चितकालिन शैक्षिक संस्था बन्द गरी आन्दोलनको विभिन्न कार्यक्रम सार्वजनिक गरेको हो ।
मधेशी विद्यार्र्थी फोरम फोरम नेपाल लोकतान्त्रिकका जिल्ला सचिव पवन कुमार यादवको अध्यक्षतामा गरिएको चक्काजाम कार्यक्रममा नेविसंघका जिल्ला अध्यक्ष रामप्रगास यादव, मधेशी विद्यार्र्थी फोरम नेपालका अध्यक्ष किशन कुमार साह, संघिय समाजवादी विद्यार्र्थी संघका ज्ञानेन्द्र झा, संघिय विद्यार्थी मंचका केन्द्रिय अध्यक्ष लालबाबु साह, अनेरास्ववियुका कार्यवाहक अध्यक्ष राजकिशोर यादव, तराई मधेश विद्यार्र्थी फ्रन्टका केन्द्रिय सदस्य शुभाष कर्ण, विद्यार्र्थी नेता गगन यादव, रविलाल कर्ण, नीजि विद्यालय शिक्षक संगठनका अजित कर्ण लगायतको सहभागिता थियो ।
धनुषाको यदुकुहा विद्यालयको परीक्षा केन्द्र ‘क’‘ख’ र धवौलीमा चेकजांचको क्रममा पुरुष प्रहरीले महिला विद्यार्र्थीको संवेदनशील अंगान हात हालेको भन्दै विद्यार्र्थीहरुले आवाज उठाउंदा प्रहरीसंग झडप भएको थियो । झडपलाई साम्य पार्न प्रहरीले नियम विपरित गोली चलाउदा तीन जना विद्यार्र्थी गंभीर घाइते भएका थिए । घाइते केही विद्यार्र्थीलाई तत्कालै धरान रेफर गरिएको थियो ।
प्रहरीसंग भएको झडपको क्रममा विद्यार्र्थीहरुले उक्त दिनको सामाजिक विषयको परीक्षा बहिस्कार गरेका थिए । पुनः परीक्षा लिनेबारे तत्कालै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद मैनालीको रहोबरमा स्थानिय प्रहरी प्रशासन, अभिभावक र विद्यार्र्थीबीच भएको बैठकमा स्थगित सामाजिक विषयको परिक्षा पुनः लिनेबारे पहल गर्ने सहमति भएपनि परीक्षा नियन्त्रण कार्यालयले परीक्षा नलिने अभिव्यक्ति सार्वजनिक गरेपछि विभिन्न संघसंगठनका आवद्ध विद्यार्र्थीहरु संयुक्त विद्यार्र्थी संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरेका हुन । विद्यार्र्थीहरुले मागबारे जिल्ला शिक्षा कार्यालय, जिल्ला प्रशासन कार्यालयका साथै शिक्षा मंत्री समेतलाई मौखिक तथा लिखित रुपमा पुनः परिक्षा लिनेबारे ध्यानाकर्षण गराउंदा समेत कुनै सुनुवाई नभए पछि बाध्य भएर आन्दोलनमा जानु परेको विद्यार्र्थीहरुले गुनासो गरेका छन । आन्दोलन अन्तर्गत १३ गते पिडारी चोकमा २ घण्टा चक्का जाम गर्ने, १४ गते पुर्ण रुपमा चक्का जाम गरी शिक्षा मंत्री पुतला दहन गर्ने र १५ गतेबाट आमहड्तालमा जाने जनाएको छ ।


२०७१ बैशाख १४ गते आईतबार

एक मात्र कलेजको अवस्था गम्भीर - अनुज मिश्र


 
अनुज मिश्र
    अंग्रेजीमा एउटा भनाइ छ , ‘अ बुक कान्ट बी जज्ड बाइ इट्स कवर । ुअर्थात आवरनलाइ आधारमानी भित्रि कथाबस्तुलाई किटान गर्न सकिदैन । शिर्षक पढेर अन्त जुराउनु भनेको ज्ञानको सम्भावनालाई निश्चितताको बन्दी बनाउनु हो ।
    लेख संस्कृत संग जुडेको हुनाले परम्परावादी (आधुनिकता बिरोधि) उपज लाग्न सक्ला तर मेरो अभिप्रायः रतिभर निरपेक्षता वा आधुनिकता बिरोधि होइन । जस्तै अहिलेको समयमा हामी जसरी व्यक्तिक विभिन्नतालाई सकारात्मक बुझी समावेशी सह(अस्तित्वमाथि जोड दिन थालिसकेको छौ, त्यस अवस्थामा पनि यस मुद्दालाई निराधार नलिई बिकासको दिशामा  एक महत्वपूर्ण खुड्किलो रूपमा लिनुपर्छ । शिर्षक संस्कृत संग जुडेको हुनाले अंग्रेजी अगाडी भुमिका बाध्नुपर्ने विवसतालाई अन्त गर्दै सिधा भनाइ राख्न चाहन्छु । प्राचीनकालको संस्कृत शिक्षा परम्परा बैदिक धर्मबाट अनुप्राणित भएको पाइन्छ । नेपाल, भारत लगायत पूर्वेली देशरुमा यसको थलो अनन्तकाल देखि स्थापित भएको मानिन्छ । नेपालमा २०५८ पुर्व राजसत्ता भएको हुनाले तात्कालिन राजा महेन्द्रको नाउबाट (हाल नेपाल संस्कृत बिश्वविधालय) २०४३ सालमा दोस्रो बिश्वविधालयको रूपमा स्थापना भई पठनपाठन भैरहेको छ । हाल १३ वटा आंगिक , ११ वटा संबन्धनप्राप्त क्याम्पसहरु मार्फत पढाई चलेको छ । संस्कृतबारेको पौराणिक सोचअनुसार यसको पढाई गरेमा पुजाआजा वा पण्डिती गर्नुपर्ने अर्थात यसको पठन(पाठन ब्राह्मण वा खस समुदायले गर्न मिल्ने  वा गर्नेगरेको रहेको थियो । संस्कृत प्राचीन वांगमय रहेको र  यसमा रहेको ज्ञानको  मौलिकतालाई अंग्रेजी लेखकसमेतको (टि.एस. इलियटकोु ‘द वेस्ट ल्याण्ड’) मा पढ्न मिल्छ ।  अंग्रेजीको  बढ्दो प्रभाव जंग बहादुरको १९९० को बेलायत यात्रा संग नेपालमा  प्रादुर्भाव भएको पाइन्छ ।
    संस्कृत शिक्षालाइ मुलधारको सहयोगीको रूपमामात्र सैधान्तिक रूपले हेर्नु र संस्कृतलाई सिमित समुदाय,बर्ग, जातिका लागि  मात्र भएको मानसिकता हुनु पनि यसको दुर्वल पक्ष मानिन्छ । हाल बिभिन्न कोटा मार्फत छात्रवृति र अन्य सुविधा उपलब्ध गरिरहेको अव्स्थाभ्येपानी न्यून संख्या रहेको छ । प्राचिनकालमा  संस्कृत पढाउन अपनाइने बिधि ः श्रवण,मानन, व्यख्या , आदि पनि कमजोरीकै रूपमा लिन सकिन्छ । अहिलेको समयमा बिधर्थिकेंद्रित विधिलाई एक सशक्त माध्यमको रूपमा अगाडी बढाईरहेको बेला संस्कृत पढाउन पुरानै शैली र सोच राख्नुले पनि यसको गरिमालाई ठेस पुर्याएको छ । यस्ता सोचविचार भन्दा अलिक फरक मत राख्नेहरु अझैपनि संस्कृत पढ्नुमा आफ्नो भविष्य देख्छन । भौतिक पूर्वाधार , शैक्षिक बतावारण, क्षात्राबासको ब्यबस्था भइ संचालनमा रहेको स्थानीय  एकमात्र संस्कृत कालेज, जनक हजारी बिद्यापिठ बाल्मिकी नगरको शिक्षाबाट बन्चित रहेको बर्गहरुका लागि सुनौलो अवसरको रूपमा रहेको छ । बिद्यार्र्थी संख्या न्यून रहेकोले अहिले हजारी जनकमा  काम गर्ने शिक्षक, कर्मचारीहरुका निम्ति यो मात्र हाजिरी बनाइ  मासिक तलव उठाउने अर्ध बैंक को रूपमा परिणत भएको छ ।

२०७१ बैशाख १४ गते आईतबार

Saturday, April 19, 2014

नेपाली राजनीति नेपाली जनता प्रति महानता हो कि अभिसाप ! - चन्द्रमोहन चौधरी


चन्द्रमोहन चौधरी
आधुनिक नेपालको निर्माण आधुनिकताले भएको यथार्थलाई दुनियाँले बुझेका छन्, राष्टूनिर्माताबाट निर्मित एकीकृत राष्टूका राजसंस्थाका तत्कालिन उत्तराधिकारीहरुको अदुरदर्शिता तथा पारिवारिक कलहका कारण राष्टूमा दिन प्रतिदिन निरंङ्कुशता हावि हुँदै गईरहेको बेला जंगबहादुर राणाको राजनीतिक पात्रमा जन्म भयो । अर्थात १०४ बर्ष सम्म जनताका प्रत्यक्ष सेवाबाट राजसंस्था बञ्चित भए ।
१०४ बर्ष पश्चात नेपाली जनताले निरंकुश राणा शासनबाट राजनीतिक परिवर्तन चाहे । उक्त परिवर्तनका लागि जनताले आफ्नो शाहादत दिन पनि पछि परेनन् । यहाँसम्म कि राजा त्रिभुवनबाट आफ्ना राजपाट आफ्ना नातिलाई राजसंस्थाका निमित बलि नै चढाएका थिए । तसर्थ तीन वर्षका बालक नातिलाई छाडि भारत प्रस्थान गरेका थिए , ति बालकलाई निरंकुश राणाहरुले राजगद्दीमा आसिन गरी राजा स्वीकारे । प्रकृतिका अनुरुप बाध्यतावस समय परिवर्तन अनुकुल नेपाली जनताले वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना गरी राजा त्रिभुवनलाई राष्टूपिता स्थापित गरी राजसंस्थाका राजगद्दीमा आसिन गराएको इतिहास हामी सामु जिवितै छ ।
२००७ सालको प्रजातन्त्र स्थापना पश्चात प्रजातन्त्र पद्धतिको प्रक्रिया थालनीको प्रारम्भ भए । अन्तरिम सरकारको गठन भए लगतै संविधानसभाको बहस पनि सुरु भयो । संविधानसभाका पक्ष विपक्षमा राजनीतिक दलहरु विभाजित भएका कारण नै अन्ततः संसदीय निर्वाचनमा सहमति भए दलहरु । अन्ततः आम निर्वाचन सफल भयो । नेपाली कांग्रेसले सरखारका नेतृत्व पाए, प्रथम जननिर्वाचित प्रधानमन्त्रि वि.पि. कोइराला भए । नेपाली जनतामा नेपाली राजनीतिले महानता पाए । नेपाली जनतामा आशा जाग्यो तर नेपाली कांग्रेसले पुर्ण अवधि (५ साल) सरखार नचलाई आफ्ना सरकार ढालि (बाध्यतावस ढाल्नु परे) पुनः संसदीय निर्वाचनमा जाने घोषणा भए । महान नेपाली जनताले पुनः नेपाली कांग्रेसलाई नै सरखार बनाउन जिम्मा दिए । तर फेरी ५ साल सरखार नचलाई सरखार ढाले । विदेशीहरुले नेपालमा आँखा गाडन थाले । असफल राजनीतिका कारण त्यसै क्रममा राजा त्रिभुवन स्वर्गवास भएका थिए । अहिलेको (२०७१ साल) वर्तमान परिस्थिति झैं त्यस बेला  पनि प्रजातन्त्रको परिस्थिति लगभग एकैनाशको थियो । बाध्यतावस राजा महेन्द्रबाट वि.सं. २०१७ साल पुष १ गते देशको शासन सत्ता पुर्ण रुपले आफ्नो हातमा लिए ।
२०१७ सालको निर्णयबाट देशमा विदेशी हस्तक्षेपमा विराम लाग्यो र, देशले हिम्मत बटोले, हिम्मत पाए, जसको इतिहास पनि साक्षी छ । तर, फेरी देशमा प्रजातन्त्रको नाउँमा पुनः निरंकुशता हावि हुन थाले । त्यस क्रममा राजा विरेन्द्रले प्रजातान्त्रिक राजा बन्ने लथार पथार गर्न थाले । त्यही मौका छोपी राजनीतिक दलहरुले सदुपयोग गर्न थाले, चिन र भारतका नीति विपरित अर्थात भन्नु पर्दा दक्षिण एशियन पोलिटिक्स विपरित, सिस्टम लागु गरे देशमा । डा.तुलसी गिरी ज्यूलाई बाध्यतावस देश नै छाड्नु प¥यो । अन्ततः देशमा मंडलेहरुको हावि÷ब्रहमलुट हुन थाले । राजसंस्थाका मुल्य÷मान्यता विपरित राजा विरेन्द्र होमिए । अन्ततः देशमा प्रजातन्त्रको नाउँमा उथल पुथल हुन थाल्यो । देशका इतिहास सामु प्रश्न छँदैछ, ‘राजासँग एक ग्लास पानी माग्न जाँदा राजाले पुरै गाग्री नै दिए ।’ त्यो नै दुर्भाग्य निर्णय थियो राजाको । २०४६ साल चैत्र २७ गते प्रजातन्त्रको स्थापना भयो ।
२०४६ साल प्रजातन्त्रको स्थापना पश्चात देशले भोग्नु परेको प्रजातन्त्रको नाउँमा त्यो गनना गराउन वर्तमानमा मैले आवश्यकता ठानेको छैन । २००७ सालको राजनीतिक क्रम झै नेपाली जनताले भोग्नु परेका थिए । केही आशा जनमिएका थिए कि नेपाली राजनीति हाम्रा प्रति महानता हुने छ । तर अभिसाप नै भए, आफ्ना सरकार आफै ढाले प्रजातन्त्रका नाउँमा ब्रहमलुट भए । कथित संस्थाहरु जन्मिए  । विदेशीहरुले पुनः खेल्ने मौका पाए (जो जुन विदेशीहरु आज पनि खेल्दैछन्) । देशमा डरलाग्दो जनयुद्ध भयो । १७÷१८ हजार नेपालीका रगत बगाए । देशका भौतिक संरचना अर्बाैं खर्बौंका सम्पतिलाई विनाश पारे । स्वयम प्रजातान्त्रिक राजा विरेन्द्र मारिए । ग्रेण्ड डिजाइन अन्तर्गत हत्या भए ।  पछि हिन्दु राष्टू जो विश्वका एक मात्र संस्था हुन् जसलाई पाण्डलुपिमा सिमित पारे तथा प्रजातन्त्रका हत्या (२०४७ संविधानलाई निष्कृय तुल्याए) गरि जनगणतन्त्र÷गणतन्त्रका नाउँमा राजनीतिक रुपलाई थाई दिन थाले (जुन मात्र भ्रम हो) । तर राजा ज्ञानेन्द्र (त्यो बालक २००७ सालमा देशका निमित्त बलिमा चढेका थिए) बाट देश र प्रजातन्त्र तथा सनातन धर्म लगायत छिमेकी राष्टूका सुरक्षाका निमित्त २०६० साल माघ १९ गते देशका शासन सत्तापुर्ण रुपले आफ्ना हातमा लिए । देशका शासन व्यवस्था कायम गर्नका निमित आफ्नै अध्यक्षतामा मन्त्रि मण्डल गठन गरी डा.तुलसी गिरी ज्यूलाई देशका सेवाका निमित बोलाई सरखारको उपाध्यक्षमा नियूक्त गरिए । उत्ता माओवादी र प्रजातान्त्रिक राजनीतिक दलहरु १२ बुँदे सम्झदारी अनुरुप देशमा तरंग फैलाउँदै थिए । तर मलाई यो १२ बुँदे निर्णय दलहरुको अदुरदर्शिता, अक्षमता प्रमानित हुने छ भन्ने त्यही बेला लाग्यो । भयो पनि त्यसै । 
संवैधानिक राजतन्त्रलाई पाण्डुलिपिमा सिमित राख्न खोजे, बहुदलिय प्रजातन्त्रलाई हत्या नै  गरे÷गराए । २०६२÷०६३ को नाटक प्रजातान्त्रिक दलहरुसँग मिलि खेल खेले र पहिलो संविधानसभाका निर्वाचन र विघटन यस नाटकका प्रमाण हुन । अक्षमतावस दोस्रो संविधान सभाका निर्वाचनका निर्णय भयो । यसमा राष्टिूय निर्माणमा प्रमुख भुमिका खेलेका सेनालाई निर्वाचन निष्पक्ष गराउनका निमित जिम्मेवारी दिए । दोस्रो संविधान सभामा महान नेपाली जनताले पुनः प्रजातान्त्रिक शक्तिलाई मौका दिए । देश प्रजातान्त्रिक पद्धति स्थापनका निर्मित जुन देश आज संघियताका नाउँमा टुक्रिन लागेको छ त्यसबाट जोगाउनका निमित तथा देश गृह यूद्धबाट नगुजरियोस् देश र प्रजातन्त्र जोगाउनका निमित दोस्रो संविधानसभामा संघियतालाई निष्कृय तुल्याई नाटकिय जनगणतन्त्र÷गणतन्त्रबाट जोगाउनका निमित प्रजातान्त्रिक शक्तिलाई मौका दिए, नेपाली जनताको यो दुरदृष्टि निर्णय सराहणिय छ ।
२०६२÷०६३ झै २०७१÷०७२ को आन्दोलन ननिम्तियोस, हाम्रो देशमा । २००७ साल देखि आन्दोलन(आन्दोलन नै भइराख्या छन् किन हो किन ? २००७ साल २०४६ सालका बीचमा सरखार पुर्ण रुपले चले विकास भएकै नै हो इतिहास साक्षी छ तसर्थ कुनै प्रजातान्त्रिक सरखारबाट पुर्ण अवधि सम्म सरखार चलाएको इतिहास छैन । २००७ सालका प्रजातन्त्रको स्थापना दक्षिण एसियाका सुरक्षाका निम्ति भएको कुरा मलाई महसुस हुन्छ, हाम्रा पुर्खाले रोजेका प्रजातन्त्रमा राजालाई राष्टूपिता रोज्नु तथा राजगद्दीमा आसिन गराउन यो प्रमाण हो । हामी समुह तालिबजाएर कसैले राज संस्था प्रति निर्णय गर्न पाउँदैन र त्यो अन्तराष्टिूय मान्यता विपरित हुन्छ । त्यसका निम्ति जनताले निर्णय गर्नु पर्छ जनताका आधारमा अर्थात वाइलेटबाट । तालि बजाएर हुँदैन । जो तालि बजाउँछ आफै भागि हाल्ने र उनको निर्णयहरुलाई जनताले पनि बोकीराख्नु कुनै बाध्यता होइन । हुनु पनि हुँदैन ।
दोस्रो संविधानसभाबाट संविधान जारी होस् । नेपाली जनताले राज संस्थाका बारेमा निर्णय गर्न पाओस् । हिन्दु राष्टूका बारेमा निर्णय गर्न पाओस, पाउनु पनि पर्दछ, अन्तराष्टिूय मान्यता अनुरुप ।
बर्तमानमा नेपाली राजनीति नेपाली जनता प्रति अभिसाप नै हो ! जुन नेपालीले आज देशमा आफ्नो मात्र भुमिलाई चुम्न सकेका छैनन् अर्थात नजन्मेका नेपाली शिशु प्रति पनि जनहि रु. १० हजार करिब कर्ज रहेका छन् वा ऊ भन्दा धेरै यसका जिम्मेदारपुर्ण रुपले देशका शासन व्यवस्था नै हुन । आज नेपाली जनताका सपना साकार गर्न सकेका छैनन् । वर्तमान सम्म कहिले प्रजातन्त्रका नाउँमा मर्छन वा मारिन्छन त कहिले संघियताका नाउँमा मारिन्छ । त कहिले जनगणतन्त्र÷गणतन्त्रका नाउँमा मारिए आखिर कहिले सम्म....? नेपाली राजनीति नेपाली जनता प्रति महानता प्रमाणित होस् भन्ने म चाहन्छु । आधुनिक राष्टू निर्माण संस्थालाई सबै पक्षबाट सम्मान होस्, हाम्रा पुर्खाले सम्मान गरेको स्मर्णिय होस् । देश रहे मात्र प्रजातन्त्र रहने छ ।   (यो लेखसँग पत्रिकाको कुनै सरोकार छैन । लेखकको आफ्नो बिचार हो ।)


         
२०७१ बैशाख ०७ गते आईतबार

सिनियर राष्ट्रिय क्रिकेट प्रतियोगितामा जनकपुरको लज्जास्पद पराजय

नेपालगन्जका विरुद्ध अविजित ८० रन बनाई 
जनकपुरलाई जिताउने राज मोहम्मद
‘प्लेयर अफ दि म्याच’ उपाधि ग्रहण गर्दै ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

काठमाण्डौमा जारी पेप्सी स्ट्यान्डर्ड सिनियर राष्टिूय क्रिकेट प्रतियोगितामा  जनकपुरको लज्जास्पद प्रदर्शनले जनकपुरको क्रिकेट ओरालो लाग्दै गएको पुष्टि हुन्छ । बि समुहमा परेको जनकपुरले प्रतियोगिताको ५ खेल मध्ये १ जित र ४ हार वेहोरेको थियो । कप्तान राहुल प्रताप सिंहको अगुवाईमा काठमाण्डौ पुगेका जनकपुर टोली नेपालगन्ज विरुद्ध मात्र १ जित हात पा¥यो भने भैरहवा, विराटनगर, धनगढी र काठमाण्डौसँग नराम्री पराजय बेहोर्नुपर्यो । समुह चरणको उक्त खेलमा विराटनगरले ५ को ५ वटै म्याच जितेर १० अंकका साथ समुह विजेता बनि सेमी फाइनलमा प्रवेश ग¥यो भने भैरहवा ४ म्याच जितेर ८ अंकका साथ समुह उपविजेता बनि सेमीफाइनलमा प्रवेश गरयो । काठमाण्डौ ३ म्याच जितेर ६ अंकका साथ तेस्रो, धनगढी २ म्याच जितेर ४ अंकका साथ चौथो, जनकपुर १ जितका साथ २ अंक ल्याई पाँचौं र नेपालगन्जले सबै म्याच हारेर शुन्य अंकका साथ अन्तिम स्थानमा रहयो ।
राष्टिूय प्रतियोगिताको उपाधि जित्ने सपना बोकेर काठमाण्डौ पुगेका जनकपुर टीम सेमीफाइनलसम्मको यात्रा गर्न नसकेपछि जनकपुरका क्रिकेट प्रशंसकहरु निराश भएका छन् । केही वर्ष अघि मात्र जनकपुरका महिला क्रिकेटरहरुले राष्टिूय उपाधि जितेर जनकपुरको क्रिकेटको स्तर माथि वढदै गएको सन्देश दिएको भएपनि पुरुष तर्फ सिनियर क्रिकेटरहरुको प्रदर्शनले जनकपुरको क्रिकेट खस्किदै गएको सन्देश दिएको छ । उमेर समुहमा केही वर्ष अघि राष्टिूय प्रतियोगितामा सेमीफाइनल सम्मको यात्रा गरेको थियो जनकपुरले । तर, पछिल्ला केही वर्षहरुमा निरन्तर जनकपुरको हारले जनकपुर क्रिकेटको साखलाई घटाएको छ ।
 खेलमा हार र जित स्वभाविक कुरा हो तर, जुन तरिकाले जनकपुर टीम हारेको छ त्यसको जवाफ सम्बन्धित निकायले दिनै पर्ने हुन्छ । फाइट गर्दागर्दै हार्नु एउटा कुरा हुन्छ तर, अत्यन्तै न्यून स्कोरमा निरन्तर समेटिनुले पनि जनकपुरको व्याटिङ माथि प्रश्न चिन्ह खडा हुन्छ । प्रत्येक म्याचमा ओपनिङ व्याट्सम्यान फेरिएको थियो । प्रतियोगिता भरी नै राज मोहम्मद र हरिशंकर साहले मात्र एक एक अर्धशतक लगाउनुले पनि व्याटिङमाथि प्रश्न चिन्ह उठ्नु स्वभाविक हो । प्रायः जसो व्याट्सम्यानले दोहोरो अंक समेत छुन नसक्नु, पुरा ५० ओभर खेल्न नसक्नु, ५ वटा म्याच मध्ये काठमाण्डौ विरुद्ध मात्र दुई सय रनको स्कोर कटाउन सक्नु जस्ता तथ्यले जनकपुरको व्याटिङ अत्यन्तै कमजोर रहेको पुष्टि हुन्छ । प्रतियोगिताको ५ वटै म्याचमा हरिशंकर साहले एक अर्धशतक सहित कुल १ सय ४५ रन, राज मोहम्मदले एक अर्धशतक सहित कुल १२७ रन, चन्दन झाले ४ म्याचमा कुल १ सय ५ रन, सुनिल साहले पाँच म्याचमा कुल ९९ रन बनाएका थिए । कप्तान राहुल प्रताप सिंहले कुल ४ म्याचमा १७ रन मात्र बनाउनुले पनि उनी कप्तानको पदमा बसिरहन हुने हो वा होइन उनले नै जवाव दिनुपर्ने हुन्छ । साथै क्रिकेट छनौट समितिले पनि विचार गर्नुपर्ने हुन्छ । अलराउण्डरको भुमिकामा रहेका अभिषेक झा व्याटबाट केही पनि गर्न सकेनन् । ५ वटै म्याचमा उनले कुल ३ रन मात्र बनाएका थिए । यस्तोमा उनलाई कसरी अलराउण्डर भन्ने ? विपक्षी टिमहरुलाई कम स्कोरमा समेटन नसक्नु, विकेट लिन नसक्नु, खराब औसतका साथ बलिङ गर्नु जस्ता कुराले जनकपुरको बलिङ माथि पनि प्रश्न चिन्ह उठेको छ । जनकपुरका बलिङ बिरुद्ध विपक्षी टिमले ३ सयको आकडा पार गर्नुले पनि जनकपुरको बलिङ राम्रो नरहेको पुष्टि हुन्छ । बलिङ तर्फ अभिषेक झाले ५ म्याचमा सर्वाधिक ९ विकेट, कप्तान राहुल प्रताप सिंहले ४ म्याचमा ७ विकेट, राज मोहम्मदले ४ म्याच ४ विकेट लिएका थिए । मुकेश झाले ३ म्याचमा २ विकेट लिएका थिए भने दिव्यांशु मल्लिकले २ म्याचमा १ विकेट र चन्दन झाले १ म्याचमा १ विकेट लिएका थिए । 
खराब प्रदर्शनका कारण दिन प्रति दिन क्रिकेटमा हारको पर्याय बन्दै गएको जनकपुर टोलीको छनौट प्रक्रिया, कप्तानले मैदानमा गरेका निर्णयहरु, प्रशिक्षकले गरेको क्याम्प र क्रिकेट सँग सम्बन्धित क्षेत्रिय र जिल्ला कमिटीहरु समेत आलोचनाका पात्र बनेका छन् । कुनै बेला क्षेत्र छुट्टिँदा जनकपुरका खेलाडीहरुमा पर्याप्त प्रतिभा रहेको भएपनि बिरगन्जसँग मिलेर खेल्नु पर्दा छनौटमा हुने विभेद, राष्टिूय टोली छनौटमा जनकपुरका खेलाडीहरुलाई पुर्वाग्रह राखि चयन नगर्नु जस्ता विभेदको सामना गर्नुपरेको जनकपुरका खेलाडीहरुले गुनासो व्यक्त गर्थे । तर अहिलेको क्रिकेट हेरेर जनकपुरको क्रिकेटको स्तर अत्यन्तै खसेको तिनीहरुले गरेको प्रदर्शनबाट पनि पुष्टि हुन्छ । 
जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष तथा क्षेत्र नं. ७ जनकपुरका क्षेत्रिय कमिटिका कार्यबाहक अध्यक्ष समेत रहेका र हालको प्रतियोगितामा टीम म्यानेजरको रुपमा गएका रोशन सिंह भन्छन,“ हामीले सबै म्याच सेकेन्ड इनिङमा खेल्नु पर्यो । दोस्रो पारीमा व्याटिङको लागि प्रतिकुल विकेट थियो । हाम्रो फिल्डिङ पनि अत्यन्तै खराब रह्यो । र, हाम्रो स्टूाइकर बलर गोपाल सिंह घाइते हुनु नै हारको प्रमुख कारण हो ।” तर, जनकपुरका क्रिकेट सँग जानकारहरु क्रिकेट टोलीको छनौट प्रक्रियामै प्रश्न उठाउँछन् । एक जना भोलन्टीयर प्रशिक्षकका अनुसार छनौट समितिले खेलाडीको नाम चयन गर्दा खेलाडीले गरेको हालको प्रदर्शन भन्दा पनि पुरानै नाउँ चलेका खेलाडीमा वढी विश्वास गरेर छनौट गर्नु मुख्य कमजोरी रहेको औंल्याए । छनौट समितिमा धनुषा, महोत्तरी, सिरहा र सर्लाही जिल्लाका क्रिकेट संघका अध्यक्ष र प्रशिक्षक नविन सिंह रहेका छन् । खेलाडी छनौट गर्नका लागि ४ वटै जिल्लाहरुमा जिल्ला प्रतियोगिता, क्षेत्रिय प्रतियोगिताहरु हुनुपर्दछ । तर,त्यसो कहिल्यै हुँदैन र राष्टिूय प्रतियोगिता हुनु ४ दिन अघि खेलाडीलाई क्याम्पमा बोलाइन्छ ।
यस्तो रह्यो जनकपुरको प्रदर्शन
काठमाण्डौद्वारा ९३ रनले जनकपुर पराजित
२८ चैत्रमा  लिग चरणको पहिलो म्याचमै क्षेत्र नं.३ काठमाण्डौले क्षेत्र नं. ७ जनकपुर टीमलाई ९३ रनले पराजित ग¥यो । काठमाण्डौका टियू ग्राउण्डमा  काठमाण्डौले पहिलो बल्लेवाजी गर्दै निर्धारित ५० ओभरको ५ बल बाँकी रहदै २ सय ९६ रनमा समेटियो । काठमाण्डौका तर्फबाट तीन जना व्याट्सम्यान संजय बस्नेत, प्रसन्न साक्य, र सोनु तामाङले क्रमशः ५१, ५० र ६८ रनको अर्धशतकिय पारी खेलेर सम्मानजनक स्कोर खडा गरेका थिए । हुन त जनकपुरका बलरहरुले नियमित अन्तरालमा विकेट लिएर  १ सय ३४ रनमा ७ विकेट लिई म्याच आफ्नो पकडमा ल्याउन सफल भएपनि आठौं विकेटका लागि काठमाण्डौका प्रसन्न साक्य र सोनु तामाङ बीच भएको १ सय ११ रनको सतकिय साझेदारीले जनकपुर ब्याकफुटमा आइसकेको थियो । त्यसपछि ४९.१ ओभरमा काठमाण्डौलाई अलआउट गर्दागर्दै धेरै ढिलो भइसकेको थियो र काठमाण्डौले सम्मान जनक विशाल स्कोर २ सय ९६ रन स्कोर बोर्डमा झुन्ड्याइसकेको थियो ।
 जनकपुरको तर्फबाट संजोग कर्णले १० ओेभरमा ८० रन दिएर सर्वाधिक ४ विकेट लिएका थिए । उनले ८ रन वाइड र एउटा नो वल दिएका थिए । त्यसपछि राहुल प्रताप सिंहले ९.१ ओभरमा ६३ रन खर्चेर ४ वाइड दिँदै ३ विकेट हात पारेका थिए । राज मोहम्मदले ९.४ ओभरको बलिङ गर्दै ३ मेडन ओभर, ४३ रन दिएर २ विकेट लिएका थिए जसमा उनले दुई रन वाइड मार्फत खर्चेका थिए । हरिशंकर साहले ७ ओभरमा १ मेडेन राख्दै ३८ रन दिएर कुनै पनि सफलता हात पार्न सकेनन् । स्पीनर अभिषेक झाले ९ ओभरमा ४२ रन खर्चेर १ विकेट मात्र लिएका थिए । अभिनन्दन ठाकुरले २ ओभरमा १४ रन दिई कुनै पनि सफलता प्राप्त गर्न सकेनन् । गोपाल सिंहले राम्रो वलिङको सुरुवात गरेपनि उनी चोटिल भएका थिए । उनले २.२ ओभरमा ७ रन खर्चेको भएपनि सफलता हात पार्न सकेनन् । जनकपुरले ३३ रन अतिरिक्त दिएका थिए ।
२ सय ९७ रनको लक्ष्य पन्छियाउन मैदानमा ओर्लेको जनकपुरको पहिलो विकेट २२ रनमै अन्सारुल राइनको रुपमा झरेको थियो । राइनले १६ बलको सामना गर्दै १ चौकाको मदतले ६ रन बनाई पेवेलियन फर्केका थिए । तेस्रो विकेटका लागि चन्दन झा र हरिशंकर साह बीच ५९ रनको साझेदारी भएको थियो । १४.६ ओभरमा चन्दन झा ४४ बलको सामना गर्दै ६ चौकाको सहयोगले ४२ रन बनाई आउट भएका थिए । म्याच जित्नका लागि क्रिजमा जमिसकेका हरिशंकरलाई साथ दिन आएका राज मोहम्मद खाता नै नखोली पेवेलियन जानुपर्दा जनकपुरको व्याटिङ लड्खडएको थियो । उनले ८ बलको सामना गरेका थिए । उनी आउट भएपछि कप्तान राहुल प्रताप सिंह पनि २१ बलमा ७ रन बनाई आउट भएका थिए । उनले कप्तानी पारी खेली टीमलाई सम्हालन सकेनन । यसरी मध्यक्रमका व्याटसम्यानहरु एक पछि अर्को आउट हुन थालेपछि अर्धशतक बनाई पारीलाई सम्हालीरहेका हरिशंकर साह पनि ६४ रन बनाई आउट भएका थिए । उनले ९० बलको सामना गर्दै ६ वटा चौका प्रहार गरेका थिए । त्यसपछि विकेट किपर व्यटसम्यान सुनिल साहले एक छोरबाट पारीलाई सम्हालने कोशिश गरेपनि अर्को छोरका व्याटसम्यानहरु टिक्न सकेनन् । साहलाई साथ दिन आएका अभिषेक झा ४ बलमा २ रन बनाई, अभिनन्दन झा १ बलमा १ रन बनाई आउट भएका थिए । त्यसपछि जनकपुरको स्कोर १ सय ९९ रन भएकै बेला साह पनि ४४ रन बनाई आउट भए । उनले ६१ बलमा ४ वटा चौका लगाएका थिए । संजोग कर्ण ४ रन बनाई आउट भएका थिए भने गोपाल सिंह शुन्य रनमै रिटायर्ड हर्ट भएका थिए । भरत कार्की १० रनमा नटआउट रहेपनि जनकपुर ४५.३ ओभरमा २ सय ३ रन मात्र बनाउन सकेको थियो ।
नेपालगन्ज विरुद्ध जनकपुर ३ विकेटले विजयी
समुह चरणको दोस्रो खेलमा जनकपुरले क्षेत्र नं. ५ नेपालगन्जलाई ३ विकेटले हराउँदै प्रतियोगिताको पहिलो जित हात पार्न सफल भएको थियो । पहिले व्याटिङ गरेको नेपालगन्जलाई ३२.४ ओभरमा  १ सय ५६ रनमै समेटन सफल भएका थिए । त्यसका लागि जनकपुरका राहुल प्रताप सिंहले सर्वोत्कृष्ठ बलिङको प्रदर्शन गर्दै ३.४ ओभरमा २२ रन दिएर ३ विकेट, मुकेश झाले ५ ओभरमा २५ रन दिएर २ विकेट र हरिशंकर साहले ६ ओभरमा १४ रन खर्चेर २ विकेट हात पारेका थिए । त्यसैगरी कप्तान राजमोहम्मदले ७ ओभरमा ३० रन दिएर १ विकेट र अभिषेक झाले ७ ओभरमा ३६ रन दिएर १ विकेट लिएका थिए । संजोग कर्णले ४ ओभरमा २८ रन खर्चे पनि कुनै सफलता हात पार्न सकेनन् ।
१ सय ५७ रनको लक्ष्य लिएर मैदानमा ओर्लिएको जनकपुर टीमको पनि सुरुवात राम्रो हुन सकेन । प्रारम्भमै अनसारुल राइन ६ रन, हरिशंकर साह ४ रन र चन्दन झा ८ रन बनाई कुल ५१ रनको स्कोरमा ३ खेलाडी पेवेलियन फर्किसकेका थिए । तर कप्तान राज मोहम्मदले पारीलाई सम्हालेन मात्रै, अविजित ८० रनको पारी खेलेर टीमलाई जित समेत दिलाएका थिए । प्लेयर अफ द म्याच समेत बनेका कप्तान राजले ९३ बलमा १२ चौका प्रहार गरेका थिए । उनले ६७ बलमा आफ्नो अर्धशतक पुरा गरेका थिए । उनलाई अर्का व्याट्सम्यान मुकेश झाले राम्रै सहयोग गरेका थिए । झा २८ बलमा ४ चौकाको मदतले ३२ रन बनाई आउट भएका थिए । त्यसपछि सुनिल साह, सौरभ नागवंशीले दोहोरो अंक पनि छुन सकेनन् । राहुल प्रताप सिंह खाता नै नखोली आउट भएका थिए । ३० ओभरको खेलमा ७ विकेटको क्षतिमा  जनकपुरले १ सय ५७ रन बनाई जित हात पारेका थिए ।
भैरहवा द्वारा १ सय ९० रनको फराकिलो अन्तरले जनकपुर पराजित
प्रतियोगिताको तेस्रो म्याच खेलिरहेको जनकपुरले भैरहवालाई कम स्कोरमा रोक्न नसकेका कारण भैरहवा निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ९६ रनको विशाल योगफल तयार गर्न सफल रहयो । भैरहवाका अन्तिम थापाले शानदार शतक प्रहार गरेका थिए । ९४ बलको सामना गर्दै सात चौका र ३ छक्काका मदतले अविजित शतक बनाएका थापा प्लेयर अफ दि म्याच भएका थिए । उक्त टीमका प्रकाश केसीले ३५ बलमा १० चौकाका साथ ५० रनको पारी खेलेर अर्धशतक लगाएका थिए । जनकपुरका तर्फबाट अभिषेक झाले ३, संजोग कर्ण, राहुल प्रताप सिंह र राज मोहम्मदले क्रमशः १(१ विकेट लिएका थिए । हरिशंकर साह, मुकेश झा र विकल विष्टले कुनै सफलता प्राप्त गर्न सकेनन् ।
२ सय ९७ रनको लक्ष्य पन्छियाएका जनकपुर टीम ३०.२ ओभरमा १ सय ६ रन बनाउँदै अलआउट भएका थिए । चन्दन झा ३९ रन, हरिशंकर साह ३४ रन बाहेक जनकपुरका कुनै पनि व्याट्सम्यानले दोहोरो अंक समेत छुन सकेनन् । अन्सारुल राइन, सुनिल साह, अभिषेक झा, विकल विष्ट र संजोग कर्णले खाता पनि खोल्न नसकि डक आउट भएका थिए ।
धनगढी ६ विकेटले विजयी
प्रतियोगिताको चौथो म्याचमा जनकपुरका विरुद्ध क्षेत्र नं.९ धनगढी ६ विकेटले विजयी भएको थियो । पहिलो व्याटिङ गरेको जनकपुरले पुनः खराब प्रदर्शनलाई निरन्तरता दिँदै ३० ओभरमा १ सय १२ रनमै समेटिएको थियो । क्रमशः एक पछि अर्को विकेट खसेपछि जनकपुरले निर्धारित ५० ओभर सम्मको खेल पनि खेल्न सकेनन् । उक्त खेलमा हरिशंकर साह ३४ रन, मुकेश झा २० रन, राज मोहम्मद १७ रन र सुनिल साहले १५ रन जोडेका थिए । अन्य कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रल्हाद साह ३ रन, अन्सारुल राइन ४ रन, सौरभ नागवंशी ६ रन, अभिषेक झा १ रन, विकल विष्ट शुन्य रन र दिव्यांशु मल्लिक शुन्य रन बनाई आउट भएका थिए । १ सय १३ रनको सहज लक्ष्य पाएको धनगढीले जवावी व्याटिङमा २३ ओभरमै ४ विकेटको क्षतिमा १ सय १३ रन बनाई ६ विकेटले जित हात पारेको थियो । जनकपुरका अभिषेक झाले ३ विकेट र दिव्यांशु मल्लिकले १ विकेट लिएका थिए ।
विराटनगरद्वारा जनकपुर १ सय ६६ रनले पराजित
प्रतियोगिताको समुह चरणको अन्तिम म्याचमा क्षेत्र नं.१ बिराटनगरले जनकपुरलाई १ सय ६६ रनको विशाल रन अन्तरले हरायो । टस जितेर पहिलो व्याटिङ गरेको विराटनगरले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ४ रन बनाउन सफल भएको थियो । विराटनगरको उक्त पारीमा सन्नी पुनले १ सय ४ रन बनाई आउट भएका थिए । त्यसैगरी मेहबुब आलमले ७७ रन बनाई टीमलाई सम्मान जनक स्कोर सम्म पुरयाएका थिए । जनकपुरका हरिशंकर साहले २, अभिषेक झा र चन्दन झाले क्रमशः १(१ विकेट लिएका थिए । जवावमा जनकपुर टीम फेरी एक पटक निर्धारित ओभरको पुरा खेल खेल्न सकेन । जनकपुर ४४.३ ओभरमा १ सय ३८ रनमै समेटिए । जनकपुरका सुनिल साहले सर्वाधिक ३७ रनको अविजित पारी खेले । सौरभ नागवंशी १८, चन्दन झा १६ र राज मोहम्मदले २३ रन बाहेक कुनै पनि खेलाडीले दोहोरो अंक छुन सकेनन् । प्रल्हाद साह ३ रन, हरिशंकर साह ९ रन, कप्तान राहुल प्रताप सिंह ५ रन, मुकेश झा ७ रन बनाएका थिए । अभिषेक झा र दिव्यांशु मल्लिक शुन्य रन मै आउट भएका थिए । संजोग कर्णले ६ रन बनाएका थिए ।

       
२०७१ बैशाख ०७ गते आईतबार 

मुकेश चौधरीले गरे अझै थुप्रै खुलासा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा प्रहरीको गिरफ्तमा रहेका सशस्त्र समुहका नाइके अर्जुन सिंह, प्रकाश विद्यार्थी उपनाम रहेका मुकेश कुमार चौधरीले आफ्नो संगठनका बारेमा खुलासा गरेका छन् । ३० चैत्र २०७० मा प्रहरी निरीक्षक हरिनन्दन चौधरी र सरकारी वकिल पुन्य प्रसाद पाठक समक्ष गरेको बयान कागजमा उनले सशस्त्र समुहको गिरोह र त्यसमा लागेका कार्यकर्ताहरुको बारेमा उनले खुलासा गरेका छन् । 
तराई जनतान्त्रिक पार्टी मधेसका केन्द्रिय संयोजक रहेका चौधरीले प्रहरी सामु गरेको बयानमा २०६३ सालको अन्तिम तिर जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह भनिने नागेन्द्र पासवानसँग सम्पर्क गरी भुमिगत यात्रा शुरु गरेको बताएका छन् । मधेस आन्दोलन पश्चात उक्त पार्टीको प्रवक्ता समेत भई काम गरेको चौधरी २०६४ सालमा आफै केन्द्रिय अध्यक्ष भएको तराई जनतान्त्रिक पार्टी मधेस नामको समुह खोलेका थिए । 
१४ माघ २०६८ मा भारतको दयाल कलोनीमा रहेको उनको कोठामा बसी मधेस मुक्ति टाइगर्सका राजन प्रताप भनिने प्रफुल्ल, जनतान्त्रिक तराई मुक्ति मोर्चाका राजन मुक्ति भनिने रंजित झा, तराई कोबराका संयोजक नागराज भनिने उमेश तिवारी र चौधरीको पार्टी मिलि मोर्चा बन्दी गरी स्वतन्त्र मधेसी मोर्चा गठन गरेका थिए । उक्त मोर्चाका प्रवक्ता समेत रहेका चौधरीले संविधान सभाको चुनाव विथोल्नका लागि ४ पार्टीका बीच कार्यगत एकता भई गतिविधि संचालन गर्ने निर्णय गरेको समेत बताएका छन् ।
सशस्त्र समुहमा संलग्न नेता तथा कार्यकर्ताहरुको बारेमा खुलासा
उनले आफै नेतृत्वमा संगठन स्थापना गर्दा स्थापना कालमा सेकेन्ड म्यानको रुपमा कान्ति भनिने विरेन्द्र साह, र तेस्रो दर्जामा  प्रसान्त सिंह रहेको बताएका छन् । अन्य केन्द्रिय सदस्यहरुमा नेपालगन्जमा निरा साही, रौतहटमा शक्ति सिंह, सुन्सरीमा गजराज सिंह, र कार्यकर्ताहरुमा नेपालगन्जका अनुप रहेको चौधरीले खुलासा गरेका छन् । 
सुटरको रुपमा नेपालगन्जका सिकिन्दर खान र तुलबहादुर थापा, भारत नवावगन्जका बल्लु सिंह र विशाल सिंह रहेको चौधरीले बताएका छन् । विद्यार्थी फ्रन्टको धनुषामा सुरेन्द्र कर्ण, महोत्तरीमा जितेन्द्र कर्ण, सप्तरीमा जयप्रकाश चौधरी संयोजक रहेको र कार्यकर्ताको रुपमा मुकेश कर्ण र बाबुल भनिने आदित्य देव रहेको उनले बताएका छन् । जितेन्द्र जितु, जयप्रकाश चौधरी, शिवु भन्ने शिवम शर्माले समेत सुटरको रुपमा काम गर्ने गरेको उनले बताएका छन् । 
राजन प्रताप र नागराजको संगठन बारे हाल आफुलाई केही पनि थाहा नभएको र राजन मुक्ति पक्राउ परेपछि उनका दाई मनोज मुक्तिले मोर्चाको समुह सम्हालेको भएपनि उनीसँग सम्पर्क नभएको चौधरीले बताएका छन् ।
कार्यकर्ताहरुको वर्तमान अवस्था बारे खुलासा
सप्तरीका विरेन्द्र साह (क्रान्ति) नेपाल सरकारसँगको बार्ता पश्चात हाल खुल्ला रुपमा काम गर्दै आएको, सप्तरीका प्रशान्त सिंह पार्टी छोडी खुल्ला रुपमा काम गर्दै आएको, बाँकेका मिराज साही हाल पक्राउ परी कारागारमा रहेको चौधरीले बताएका छन् । त्यसैगरी सुन्सरी डुमरा ६ बस्ने जनतान्त्रिक तराई पार्टी मधेसका केन्द्रिय सदस्य गजराज भन्ने साविर मन्सुरी र नेपालगन्ज घर भएका अनुप, बाँकेका सिकिन्दर खान पक्राउ परी अहिले कारागारमा रहेको चौधरीले बताएका छन् ।भारत नवावगन्ज बइराज बस्ने बर्ष २६ को बब्लु सिंह र विसाल सिंह पक्राउ परी भारतको कारागारमा  रहेको मुकेश चौधरीले बताएका छन् । 
सुटर र हतियारको विषयमा खुलासा
बाँकेका सुटर तुलबहादुर थापाको प्रहरी कारवाहीमा मृत्यु भइससकेको उनले बताएका छन् । त्यसैगरी उनको पार्टीमा रहेका महोत्तरी ५ जितेन्द्र कर्ण पक्राउ परी जलेश्वर कारागारमा  छन् । सप्तरीका बाबु भन्ने आदित्यदेव, राजन प्रताप प्रफुल्ल, नागराज भन्ने उमेश तिवारी र मनोज मुक्ति ‘विवेक’ फरार रहेको चौधरीले बताएका छन् । चौधरीलाई हतियार सप्लाई गर्ने भारत लखनउ बइराज बस्ने वर्ष ३४ को मयुव अहमद समेत फरार रहेको चौधरीले प्रहरीलाई बयान दिएका छन् ।
चौधरीले कार्यकर्ताहरुलाई चन्दा लिन पठाउने गरेको, कतिपय कार्यकर्ताहरुलाई प्रयोग गरी पार्टीबाट हटाइदिने गरेको उनले बताएका छन् । चौधरी पक्राउ पर्दा उनीसँग बरामद भएको हतियार र गोली भारतीय हतियार सप्लायर्स मयुव अहमदले नै दिएको उनले खुलासा गरेका छन् । उनको समुहमा आपराधिक घटना घटाउनका लागि १०÷१५ थान ०.३१५ एमएमका कटुवा पेस्तोल, ५ थान पेस्तोल रहेको र उक्त हतियारहरु मध्ये केही सुटरको साथमै रहेका कारण ती सुटरहरुलाई प्रहरीले कारवाही गर्दा मृत्यु भएको र उक्त हतियार प्रहरीले नै जफत गरेको मुकेश चौधरीले प्रहरीलाई बयान दिएका छन् । सुटर सुरेश र जितेन्द्र कर्णसँग रिभलवर र गोली समेत रहेको र उक्त हतियार उनीहरुसँगै रहेको चौधरीले बताएका छन् ।
चन्दाका बारेमा खुलासा
मुकेश चौधरीले हतियार किन्न र पार्टीका गतिविधि संचालनका लागि विभिन्न व्यक्तिहरुसँग धाक धम्की देखाई चन्दा माग्ने गरेको उनले खुलासा गरेका छन् ।
  चौधरीले प्रहरीलाई दिएको बयान अनुसार एभरेष्ट पेपर मिलका ललित बजाजबाट रु. ५० हजार, पिरारी चौक स्थित टूयाक्टर सोरुमका संचालक राजेश अग्रवालबाट रु. ४० हजार, मदर टेरेसा इगलिस बोडिङ स्कुलका प्रिसिपल चन्द्राबाट रु. ४० हजार, राजर्षी जनक क्याम्पसका प्रिन्सिपल एस एन झाबाट रु. १५ हजार, जिल्ला बिकास समिति धनुषाका इन्जिनियर शम्भु मिश्राबाट रु.२५ हजार, राजन मुक्ति मार्फत जानकी मेडिकलका संचालक अशोक सिन्हाबाट रु.१ लाख, ढल्केबरका प्लाइउड फयाक्टूीका म्यानेजर श्रेष्ठ मार्फत रु.२० हजार चन्दा लिएको मुकेश चौधरीले खुलासा गरेका छन् । त्यसैगरी जालान बस्त्रालयका गौतम जालानसँग, जानकी बोडिङ स्कुलका मनोज रुङगटासँग चन्दा लिएको तर कति लिएको एकिन थाहा नभएको, जनकपुर अञ्चल अस्पतालका एक जना डा.सँग जितु भन्ने जितेन्द्र मार्फत रु. ५ हजार चन्दा लिएको बताएका छन् । 
जनकपुर उद्योग बाणिज्य संघका अध्यक्ष श्याम साहसँग चन्दा माग गरेपनि रकम प्राप्त नभएको बताएका छन् । त्यसैगरी सुनचाँदी व्यवसायी गर्ने एक जना अग्रवालसँग चन्दा मागेको तर एकिन रकम थाहा नभएको उनले बताएका छन् । जनकपुर नगरपालिकाका इन्जिनियर विरेन्द्र यादवसँग चन्दा मागेको तर रकम कति पाएँ एकिन थाहा नभएको उनले बताएका छन् । नेपालगन्जमा श्याम शर्मासँग रु. १ लाख १५ हजार चन्दा लिएको उनले स्वीकारेका छन् ।
पारिवारिक अवस्था
महोत्तरीको जलेश्वर ११ खैरा टोलका चित्रनन्दन चौधरीको नाति तथा दिनेश चौधरीको छोरा रहेको मुकेश चौधरी को जन्म ११ माघ २०३७ मा भएको हो । सेन्ट जेवियर्स स्कुल पटनाबाट प्राथमिक शिक्षा, गोहेश्वरी स्कुल काठमाण्डौबाट एसएलसी, नेपाल साइन्स क्याम्पस पदमोदय स्कुलबाट आइएससी उत्तिर्ण गरेका चौधरीले भारतको दिल्लीबाट एक वर्षे कम्पयुटरको हार्डवेयर डिप्लोमा कोर्ष समेत गरेका छन् ।
  परिवारमा उनका बुबा नेपाल सरकारको अवकाश प्राप्त इन्जिनियर हुन । आमा मन्जु देवी चौधरी, भाई राकेश चौधरी इन्जिनियर हुन । बहिनी निशी प्रभा चौधरी थापाथली इन्जिनियरिङ कलेजमा इन्जिनियरको अध्ययन गर्दैछिन । भक्तपुर गोठठाटार(१ मा चार पक्की घर भएको एक तल्ले कोठा निर्माण गरी परिवार वस्दै आएको चौधरीले प्रहरीलाई बताएका छन् । 
भारतमा हुँदा आफ्नो व्यक्तिगत बैंक खाता नभई भारतीय साथी सुरेन्द्र चौधरीको नाउँमा रहेको पन्जाव नेशनल बैकको खाता संचालन गर्दै आएको र एटीएमबाट रकम निकाल्ने गरेको उनले बताएका छन् ।
विभिन्न अपराधको स्वीकारोक्ती
१८ बैशाख २०६९ मा भएको जनकपुर बम काण्ड र १७ फागुन २०६६ मा होली खेलिरहेको अवस्थामा संचार उद्यमी अरुण सिंघानिया हत्याको जिम्मेवारी लिएका मुकेश चौधरीले अन्य जिल्लाहरुमा गराएका आपराधिक घटनामा समेत संलग्नता रहेको चौधरीले स्वीकारेका छन् ।
  महेन्द्र बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख रंजित राय पाठकलाई अपहरण गरी बन्धक बनाई मानसिक यातना दिई तनावमा पारी हत्या गर्ने धम्की दिई रु. ७ लाख फिरौती लिई छाडेको चौधरीले प्रहरीलाई बताएका छन् । १२ माघ २०६६ मा चन्दा नदिएको विषयमा उनको सुटर तुलबहादुर थापाको कमान्डमा पठाई आफ्नै निर्देशन , योजना र संलग्नतामा गाविस सचिव इन्द्र बहादुर श्रेष्ठको हत्या गराएको उनले स्वीकारेका छन् ।
 १७ चैत्र २०६८ मा रातिको समयमा नेपाल प्रहरीलाई हत्या गर्ने आफ्नो योजना अनुसार  उपलब्ध गराएको जिलेटिङ समेत प्रयोग गरेको आफ्नो पार्टीका महोत्तरी संयोजक जितु भन्ने जितेन्द्र कर्णलाई परिचालन गरी जिल्ला टूाफिक प्रहरी कार्यालय जलेश्वरमा विस्फोट गराएको उनले बताएका छन् । ११ माघ २०६९ मा नेपालगन्ज नगरपालिका स्थित भेरी अञ्चल अस्पताल अगाडी अन्दाजी २८÷२९ वर्षका चिकित्सक गौरव मल्ललाई हत्या गर्ने उद्देश्यले गोली प्रहार गराएपनि निज मल्ल बाँच्न सफल भएको उनले बताएका छन् । 
त्यसैगरी ७ फागुन २०६९ मा उद्योग बाणिज्य संघ निर्वाचनको अवसर पारी मधेसी मुलका बाहेक पहाडी मुलका व्यापारीलाई हत्या गरी चुनावलाई प्रभावित पार्ने उद्देश्यले आफुले उपलब्ध गराएको हतियारको प्रयोग गरी बाँके खजुरा बस्ने अन्दाजी वर्ष ३१÷३२ का दलबहादुर थापा मगरलाई  हत्या गराउने प्रयास गरेको उनले बताएका छन् ।
 त्यसैगरी बाराको क्षेत्र नं.४ का संविधानसभा उम्मेदवारको हत्या प्रकरणमा राजन प्रतापको ससल्लाको घटनाको जिम्मा मात्र लिएको उनले बताएका छन् । त्यसैगरी जनकपुरको एमाले पार्टी कार्यालयमा समेत बम विस्फोट आफैले गराएको मुकेश चौधरीले प्रहरी समक्ष स्वीकार गरेका छन् ।

संजय साह र मुकेश चौधरी बीचको स्वर परीक्षण 
संजय साह
मुकेश चौधरी 
धनुषा प्रहरीले टिटिभीमा जनकपुर बम काण्ड विषयमा भएको सम्वादको स्वर परिक्षण गराउँदा कुराकानी भएको व्यक्ति धनुषाका सभाषद संजय कुमार साह र भुमिगत समुह संचालन गरेका मुकेश चौधरी नै रहेको प्रमाणित भएको छ । 
जिल्ला प्रहरी कार्यालय धनुषाले जनकपुर बम काण्डका प्रतिवादी भनिएका संजय कुमार साह र मुकेश चौधरी बीच भएको कुराकानीको स्वर परीक्षणका लागि केन्द्रिय अनुसन्धान व्यूरो, प्रहरी प्रधान कार्यालयमा ६ चैत्र २०७० मा विभिन्न ३ वटा स्वर पठाएको थियो । 
दिनेश चौधरीको छोरा वर्ष ३४ को अर्जुन सिंह भनिने मुकेश कुमार चौधरीको साथबाट बरामद भएको माइक्रो मेमोरी कार्डको साउण्ड फोल्डर भित्र रहेको भ्वाइस रेकर्ड भएको ४ जिविको माइक्रो मेमोरी कार्ड एक थान, मुकेश कुमार चौधरीको अनुसन्धानको क्रममा प्रहरी अनुसन्धान अधिकृतले लिएको भ्वाइस रेकर्ड भएको दुई जिबिको मेमोरी कार्ड थान १ र संजय कुमार साहले सार्वजनिक कार्यक्रममा बोलेको भ्वाइस रेकर्ड रहेको सिडि थान १ स्वर परिक्षणका लागि केन्द्रिय अनुसन्धान व्यूरोमा पठाएको थियो ।      व्यूरोका भिसिए विशेषज्ञ प्रहरी निरीक्षक दधिराम न्यौपाने र प्रहरी नायव निरीक्षक आनन्द निरौलाले गरेको स्वर जाँचबाट वार्तालाप गरिएका व्यक्तिहरुको स्वर संजय साह र मुकेश चौधरी बीच ९९ प्रतिशत भन्दा वढी मिलेको प्रतिवेदन जिल्ला प्रहरी कार्यालय धनुषालाई १८ चैत्र २०७० मा पठाएको थियो ।
         
२०७१ बैशाख ०७ गते आईतबार 

राज्यबाट उपेक्षित ‘धनुषाधाम’ मन्दिर

धनुषाधाम मन्दिरका पुजारी भरत दास ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विष्णु पुरानका अनुसार दधिचि मुनिको हड्डीबाट बनेको धनुष त्रिपुरा सुर संग्राम भएपछि त्यही पिनाक धनुष शंकर भगवानले परशुरामलाई दिनु भयो । परशुरामले उक्त धनुष जनक महाराजलाई दिनुभयो । जव सिताको विवाहका लागि जनकपुरमा स्वयमबर रचियो, भगवान रामले उक्त धनुषमा बाण चढाउँदा उक्त धनुषा  तीन टुक्रामा परिणत भयो । एउटा टुक्रा आकाशमा गई भारतको दक्षिणी प्रान्त रामेश्वरमा खस्यो । दोस्रो टुक्रा पतालमा गयो । जुन जनकपुरको धनुष क्षेत्रमा छन् । जसलाई जनकपुरमा धनुषसागर पोखरीको रुपमा चिनिन्छ । मध्य भाग आएर खसेको ठाउँ हो धनुषाधाम । धनुषाधाममा खसेको धनुषको उक्त कालो रंगको सिलामाथि अहिले पिपलको रुख छ । स्थानिय पुजारीका अनुसार उक्त रुखको ५ सय वर्ष भइसक्यो । उक्त रुख अहिले पनि हराभरा छ । चराचुरुङ्गीले फोहर गर्ने हुनाले पिपलको शाखाहरुबाट बचाउन चदराको छाना झुन्डयाइएको छ । धनुषको शिला रहेको लम्बाई वृद्धि भइरहेको छ । उक्त सिलाको रुख हेर्दा रुद्राक्ष जस्तो देखिन्छ ।
बैज्ञानिकहरु पनि के बताउँछन भने यस्तो वस्तु पृथ्वीमा पाइदैन । फलाम भन्ने हो भने चुम्बुक टाँसिदैन । कुनै समयमा पहाड विस्फोट भई लाभा निस्केको हो भने पनि त्यो देखिँदैन । विष्णु पुरानमा उल्लेख भए अनुसार दधिचि मुनिको हड्डी बाट उक्त धनुष बनेको हो । पुजारी भरत दासका अनुसार युनेस्कोले पनि अनुसन्धान गरेको थियो । पुरातत्व विभागबाट पनि अनुसन्धान गर्दा उक्त बस्तु के हो र किन फैलिरहेको छ भन्ने कारण पत्ता लगाउन सकेको छैन ।
पाताल गंगा खाली भयो भने ‘अनिष्ठ’
धनुषाधाम मन्दिर
 त्यहाँ एउटा कुण्ड पनि छ । जसलाई पाताल गंगा भनिन्छ । उक्त कुण्डमा पानी माथिसम्म भरेको छ भने सबै कुरा ठीकठाक रहने र पानी माथिको सतह भन्दा तल गयो भने अनिष्ठ हुने जनविश्वास रहेको छ । परम्परागत समय देखि नै उक्त कुण्डको पानी भरिभराउ रहेको अवस्थामा धेरै शुभ मानिँदै आइएको छ । जुन वर्ष पानी भरेको हुन्छ त्यसवर्ष अन्नको वढी उब्जाऊ हुने जन विश्वास रहँदै आएको पाइन्छ । कुण्डको पानी भरेको छ भने वर्षात पनि हुने र कृषि उत्पादन पनि वढ्ने जनविश्वास रहदै आएको छ । 
धनुषाधाम मन्दिरका पुजारी भरत दासका अनुसार उक्त पाताल कुण्डको पानी अषाढ देखि भदौं महिना सम्ममा तल जाने गर्दछ । तर, यदि कुण्डको पानी तल गयो भने यहाँ चौगामा वरिपरीका सबैगाउँहरुमा वैठक वसी धनुषजीको कुण्ड सुक्न थाल्यो, संकट आउँदै छ । वर्षातको कमीको संकेत आइरहेको भन्दै सबैले गाउँलेहरुले मिलेर कुण्डमा दुध खन्याउने रिती रिवाज नै रहेको पुजारी बताउँछन् । सबै गाउँमा रहेका गाई भैसीको दुधहरु संकलन गरी फलानो तिथीमा कुण्डमा खन्याउने निर्णय गरिन्छ । भगवान शिवलाई आह्वान गरी रुद्री पाठ गरेर उक्त कुण्डमा दुध खन्याइन्छ । समय ठीक रह्यो भने कमै दुधमा पनि उक्त खाली कुण्ड भर्छ तर, यदि समय ठीक छैन भने जति सुकै दुध खन्याउँदा पनि उक्त कुण्ड भर्दैन । पुजारी दासका अनुसार गत वर्ष ६ क्विन्टल दुध खन्याउँदा पनि कुण्ड भरेन । त्यसपछि मान्छेलाई लाग्यो कि यस पटक वर्षात हुने छैन र उत्पादनमा कमी आउने छ । पुजारीका अनुसार भयो पनि त्यसै र उत्पादनमा कमी भयो । जस्तै २०५८ साल बैशाख १५ गते कुण्ड पुरापुरी सुक्यो र करिब १० क्विन्टल दुध खन्याइयो र पनि भरेन । दरबार हत्या काण्ड भइहाल्यो । २०५३ सालमा सुके पछि खडेरी प¥यो । २०४५ मा सुक्यो र कुण्ड भरेन, भुकम्प आयो । यसरी एक त कुण्ड सुक्दैन सुक्यो भने दुध खन्याएपछि कुण्ड भर्यो भने धेरै अनिष्ठ हुँदैन र यदि भरेन भने ठुलै अनिष्ठ हुने जनविश्वास रहेको पुजारी भरत दास बताउँछन् ।
‘मणि नाग’को बास
उक्त पिपलको बोटमा ‘मणि नाग’को बास रहेको बताइन्छ । आमावस्या तिथीका दिन मध्यान्ह रातिमा मणि नाग देखिने र पुरै मन्दिर हरियो रंगले रंगिन हुने गरेको छ । पुजारीका अनुसार १५ वर्ष पहिले यहाँ वस्ती हुँदैन्थ्यो । १ सय गज दुरी स्वक्ष हुनुपर्छ । शान्तिपुर्ण वातावरणमा मात्र मणि देखिने गर्दछ ।
आन्तरिक तथा बाह्य पर्यटकको ओइरो
धनुष मन्दिरमा यसरी नै धनुषको शिला बढ्दै गएको छ ।
यहाँ विषेश गरी भारतीय पर्यटक आउने गर्छन । यद्यपि अमेरिका थाइलेन्ड सिंगापुर लगायत अन्य देशहरुबाट पनि पर्यटक आउने गर्छन । तर, तिनीहरुको संख्या अत्यन्त कम हुन्छ । पुजारी दासका अनुसार युरोपेली मुलुकका पर्यटकहरु धार्मिक स्थानको अवलोकन गर्नुभन्दा प्राकृतिक र मनोरम दृष्यहरु पहाड, हिमाल, ताल, सरोवर आदिको अवलोकन गर्न वढी रुचाउँछन् ।
यहाँ ५ महिना मेला लाग्ने गर्छ । जस्तै मंसिरमा रामजानकी विवाह पञ्चमी महोत्सव, माघमा तिलासंक्रान्ती देखि ५ वटा आइतबारसम्म मकर मेला, फागुन महिनामा हुने मध्यमा परिक्रमाको बेला नवमीका दिन, चैत्र महिनामा रामनवमीका दिन गरी कुल ५ पटक मेला लाग्ने गर्छ । विवाह पञ्चमी, मकर र परिक्रमा मेलामा लाखौंको संख्यामा तिर्थालुहरु दर्शन गर्ने गर्छन् । मिथिला महात्मयका अनुसार ५ मकर स्नान गरेर धनुष भगवानको दर्शन गरेपछि १ सय रामेश्वरमको दर्शन बराबर हुन्छ । परम्परा गत हिसावले पनि वर्ष भरी गरिएको आकलभाकल माघ महिनाभरी चढाउने गरिन्छ । 
आफ्नो सम्पत्ति विहिन मन्दिर
धनुष मन्दिरको नाउँमा आफ्नो कुनै सम्पति छैन । अहिले यो मन्दिर जनकपुरको जानकी मन्दिरको स्वामित्वमा छ । यो मन्दिरको आफ्नै सम्पति भएको भए मारामार हुने थियो, विकासका लागि टूष्ट खडा गरिने थियो । पुजारी भरत दास भन्छन,“नेपालमा म नै यस्तो पुजारी हुला जो कि विगत ६० वर्ष देखि दुई पुस्ता देखि विना तलब लिई भगवानको सेवा गर्दै आएको छु । म आफैले यो मन्दिरको घन्टी समातेको २८ वर्ष भइसक्यो । २०४२ साल देखि मैले पुजा गरिरहेको छु । मेरो बुवा रामदेव दासले पनि ३०÷३२ वर्ष जति पुजा गर्नु भयो ।”
  जिन्सी सहयोग कहि कत्तैबाट भएको छैन । मलाई यहाँ बस्न मन्दिरको तर्फबाट आवास सुविधा पनि उपलब्ध गराइएको छैन । मैले आफ्नै निजी पैसाले माटोको घर बनाई बस्ने गरेको छु । चढौना पनि धेरै चढ्दैन । कुनै दिन दुई सय कुनै दिन ५ सय वा कुनै दिन एक रुपैया पनि चढौना चढदैन् । यहाँ जति पनि भौतिक विकास भएको छ त्यो कुनै मन्त्रि वा राज्यले लगानी गरेर भएको छैन । 
म आफैले विभिन्न ठाउँबाट मागेर गरेको पुजारी दासले बताए । उनका अनुसार यस अघि पनि पुजारीहरु पुजा गर्न आउँथे तर, कोही पनि टिक्दैनथे । ३ महिना ६ महिनामा पुजारीको मृत्यु भइहाल्थ्यो । कतिपय पुजारीहरु दुई तीन महिनामै भागी हाल्थ्यो ।
मन्दिरमा लोडसेडिङका कारण राति अंध्यारो नै रहन्छ । एउटा लेम्प मात्र जलाइएको हुन्छ । जब पर्यटकको भीड खास गरी पुष महिना देखि वढ्न थाल्छ तब ग्यासलाइट जलाइन्छ । 
सुविधा विहिन मन्दिर
पुजारीका अनुसार पहिले उनको मात्र आश्रम  थियो । राम मन्दिर थियो । पुलिसहरु दिनमा ड्यूटी गर्थे र राति गइहाल्थे । यातायातको असुविधा, रातिमा बस्नको लागि सुविधा सम्पन्न होटेलको अभाव आदि कारणले गर्दा पनि पर्यटकहरु आएर पनि टिक्ने नगरेको पुजारीले बताए । यहाँ वस्नको लागि पटनाको ताराचनले बनाएको ३४ कोठाको धर्मशाला त छ तर, उक्त धर्मशाला पनि अव्यवस्थित रहेका कारण पर्यटकहरु धर्मशालामा बास वस्दैनन् । 
बस गाडी लिएर आउने पर्यटकहरुलाई टूाफिक प्रहरी, गाइड इत्यादीले विभिन्न वहानामा रकम असुल्ने काम गर्नाले पनि बाहिरका पर्यटकहरु यहाँ आउन हिचकिचाउने गर्छन । पर्यटकहरुलाई विभिन्न घाकधम्की दिई ठग्ने काम गरिन्छ । त्यसकारण पर्यटकका गाइडहरुले जनकपुरसम्ममा मात्र सिमित गरिदिन्छन् ।
आम्दानीमा विद्यालयको कब्जा
पुजारी दासका अनुसार मन्दिरको सबै जग्गा यहाँको विद्यालय धनुष जनता उच्च माविले कब्जा गरेको छ । मेला लाग्दा पनि आउने आम्दानी विद्यालयले नै लिने गरेको छ । मन्दिरमा शौचालयको सुविधा पनि छैन । अहिले पुजारीले वृहत्तर जनकपुर क्षेत्र विकास परिषदबाट रकम सहयोग मागि शौचालय निर्माण गराइरहेका छन् । एउटा पोखरी छ । 
त्यो पनि अति नै फोहर । हात धुन पनि नमिल्ने उक्त पोखरीमा तिर्थालुहरु नुहाउने कुरै आएन । उक्त पोखरीमा माछा खेती गरिन्छ । जसको आम्दानी पनि विद्यालयले नै लिने गरेको छ । माघ मेला, विवाह पञ्चमी मेला लगायत सबै मेला ठेक्का लाग्ने गरेको छ । उक्त मेलाबाट ठेक्दारले पैसा उठाउने गरेका छन् । तर, मन्दिरको भौतिक विकासका लागि एक पैसा पनि विद्यालय व्यवस्थापन समितिले खर्चेको छैन । जता ततै  फोहर छ । सरसफाइको कुनै व्यवस्था गरिएको छैन ।

         
२०७१ बैशाख ०७ गते आईतबार