Monday, March 24, 2014

बढ्दैछ आत्म हत्या प्रयास

अजय अनुरागी
जनकपुरधाम............
विविध कारणले गर्दा आवेशमा आएर आफ्नो ज्यानलाई आहुति दिन भन्दै आत्म हत्या प्रयास गर्नेहरु धनुषामा दिन प्रति दिन वढ्दै गएको छ । जनकपुर अञ्चल अस्पतालमा प्रत्येक दिन ४ देखि ५ जना सम्म आत्म हत्या प्रयास गर्नेहरु भर्ना हुने गरेका छन् । समयमै अस्पताल पु¥याइएका ती रोगीहरुलाई चिकित्सकले उपचार गरी जोगाउन सक्षम भएपनि कतिपयमा असफलता पनि देखिन्छ । वढ्दै गएको वैदेशिक रोजगारी, आर्थिक कलह, घरेलु हिंसा, अवैध सम्बन्ध इत्यादी आत्म हत्याका प्रमुख कारण वन्दै गएको छ ।
धनुषा गोदार ३ की १५ वर्षिय सुनयना देवी साहले श्रीमान् सँग झगडा भएका कारण ४ चैत्र २०७० मा विष सेवन गरी आत्म हत्या गर्ने प्रयास गरिन । तत्कालै उनलाई उनका आफन्तले उपचारका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याएपछि अहिले उनी उपचारार्थ छिन । ६ माघ २०७० मा उनको विहे भएको थियो । श्रीमान सँग सामान्य झगडा भएपछि रिसमा आएर सुनयनाले घरमै राखिएको जुम्रा मार्ने औषधि सेवन गरेकी थिइन । 
धनुषा इनरवा ८ का ३० वर्षिय निरस मण्डललाई श्रीमति प्रमिला देवीले हप्काएर गाली गलौज गरेपछि धनुषाधामबाट विषाक्त किनेर सेवन गरी ५ माघ २०७० मा आत्म हत्या गर्ने प्रयास गरे । उनको पनि अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनको श्रीमति प्रमिलाका अनुसार श्रीमान काम पनि नगर्ने र गाउँमै कुनै काम गर्न भन्दा नमान्ने र विदेश नै जाने भन्ने अड्डि कसेपछि आफुले उनको मानसिक अवस्था स्वस्थ नभएका कारण विदेश नजान भनेपछि विष सेवन गरे । गत कार्तिक महिना देखि नै सोही विषयलाई लिएर श्रीमान र श्रीमति बीच झगडा भैरहेको थियो ।
विष सेवन गरी आत्म हत्या प्रयास गरेकी धनुषा गोदार–३ कि १५ वर्षिया महिला सुनयना देवी साह जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै ।
 धनुषाधाम १ का ३५ वर्षिय रुकसाना खातुनले ससुरासँग झगडा भएपछि ७ चैत्र २०७० मा विष सेवन गरी आत्म हत्या गर्ने प्रयास गरिन । कतारमा श्रीमान वैदेशिक रोजगारीमा रहेको र छोरा छोरीको लागि ससुरासँग भएको झगडा सहन नसकेपछि घरमै रहेको लामखुट्टे मार्ने औषधि सेवन गरी आत्म हत्या गर्ने प्रयास गरेको रुकसानाले बताइन । उनको पनि अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ ।
महोत्तरी एकरहिया ४ का कासिम कवाडिका ३० वर्षिय छोरा भुषण कवाडीले ७ चैत्र २०७० मा आफ्नै जिऊमा मट्टितेल हालेर आगो लगाई आत्म हत्याका प्रयास गरेका थिए । घरमा सामान्य विवाद भएपछि अभिभावकलाई तर्साउनका लागि भनेर उनले आफुलाई जलाउने र पछि घरका मान्छेले बचाइहाल्ने सोचेर आत्म हत्या प्रयास गरेका थिए । उनको पनि अहिले जनकपुर अञ्चल अस्पतालमा उपचार भैरहेको छ । उनको आत्म हत्याको प्रयास यो दोस्रो पटक हो । यस अघि पनि उनले विष सेवन गरी आत्म हत्या प्रयास गरेका थिए । पछि उपचार गराएर उनी घर फर्केका थिए ।
डा. अवधेष कान्त झा ।
यी ४ वटा घटना आत्म हत्या प्रयासका उदाहरण मात्र हुन । जनकपुर अञ्चल अस्पतालमा यस्तो कुनै दिन छैन जुन दिन आत्म हत्या प्रयास गर्ने रोगी उपचारका लागि भर्ना हुँदैनन् । अञ्चल अस्पतालको इमरजेन्सी विभागमा कार्यरत एकजना स्वास्थ्यकर्मी उज्जवल झाका अनुसार प्रत्येक दिन कम्तीमा पनि ४ देखि ५ जना सम्म आत्म हत्या प्रयास गरेका विरामीहरु उपचारका लागि भर्ना हुन्छन् । विष सेवन, आगो लगाई, झुन्डीएर र हाम फालेर समेत आत्म हत्या प्रयास गर्नेहरु भर्ना हुन आउने गरेको भएपनि विष सेवनका रोगीहरु सबैभन्दा वढी आउने गरेको झाले बताए । यसरी हेर्दा एक महिनामा १ सय ५० जना सम्म आत्म हत्या प्रयासका रोगीहरु उक्त अस्पतालमा भर्ना हुने गरेका छन् ।
वढ्दो तथ्याङ्क
विष सेवन गरी आत्म हत्या प्रयास गरेकी धनुषाधाम–१ कि ३५ वर्षिया महिला रुक्साना खातुन जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै ।
जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्याङ अनुसार आर्थिक वर्ष २०६८÷०६९ मा विष सेवन गरी ४१, झुन्डिएर २४ र आगो लगाएर १ जना गरी कुल ६६ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा विष सेवन गरी ४२, झुन्डिएर २७, पानीमा डुवेर १ र आगो लगाएर १ गरी कुल ७१ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ को मंसिर महिनासम्म मात्र विष सेवन गरी १४ जना र झुन्डिएर १९ जना गरी कुल ३३ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्याङ अनुसार आर्थिक वर्ष २०६७÷०६८ मा विष सेवन गरी कुल ४६ जनाले आत्म हत्या गरेका छन् । आ.व.२०६८÷०६९ मा विष सेवन गरी २९, हाम फालेर १ जना गरी कुल ३० जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा विष सेवन गरी ३८ र आगो लगाएर १ गरी कुल ३९ जनाले आत्म हत्या गरेका छन् । त्यसैगरी आर्थिक वर्ष २०७०÷०७१ को माघ महिनासम्म मात्र विष सेवन गरी १८ जनाले आत्म हत्या गरेका छन् । यसरी यी दुई जिल्ला धनुषा र महोत्तरीमा मात्रै हेर्ने हो भने अकालमै ज्यान गुमाउनेहरुको संख्या भयावह देखिन्छ ।
किन गर्छन आत्म हत्या वा आत्महत्या प्रयास ?
शरीरमा मट्टितेल छर्केर आफैले आगो लगाई आत्म हत्या प्रयास गरेका महोत्तरी एकरहिया–४ का ३० वर्षिय भुषण कवाडी जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै । उनले दोस्रो पटक आत्म हत्या प्रयास गरेका छन् ।

तराईका धनुषा, महोत्तरी, सर्लाही, सिरहा लगायतका जिल्लाहरुमा आत्म हत्या गर्नेहरुको संख्या दिन प्रति दिन वढ्दै गएको देखिन्छ । खास गरी ग्रामिण क्षेत्रहरुमा वैदेशिक रोजगारीमा गएकाहरुको श्रीमतिले आत्म हत्या गर्ने गरेको वढी नै पाइन्छ । महिलाहरुले विष सेवन गरी वा झुन्डिएर आत्म हत्या गर्ने प्रवृति वढ्दै गएको पाइन्छ । जनकपुर अञ्चल अस्पतालको इमरजेन्सी फाँटका इन्चार्ज डा.अवधेष कान्त झाका अनुसार प्रायः जसो वैदेशिक रोजगारीमा गएका पुरुषहरुका श्रीमतिहरुले आवेशमा आएर आत्म हत्या प्रयास गरेको देखिन्छ ।
 डा. झा भन्छन,“श्रीमान विदेशमा भएपछि श्रीमतिले शारिरीक आवश्यकता पुरा गर्न परपुरुष सँग अवैध सम्बन्ध गाँस्ने, उक्त कुरा विदेशमा रहेको श्रीमान सम्म पुगेपछि घरमा कलह वढ्दै जाने हुँदा महिलाहरुले आत्म हत्या गर्ने प्रयास गरेको देखिन्छ ।” स्वदेशमा रोजगारी नपाएपछि पुरुषहरु बैदेशिक रोजगारीका लागि बाध्य छन् । विहे गरेको केही महिना नवित्दै पुरुषहरु विदेशिन्छन् । घरमा श्रीमति अज्ञानतावश परपुरुषसँग सम्बन्ध गाँस्न थाल्छन् । पछि उक्त कुरा घरमै रहेका सासु ससुराले थाहा पाएपछि विदेशमा रहेका छोरालाई टेलिफोन मार्फत जानकारी गराउँदा सत्य तथ्य नबुझिकनै  श्रीमतिलाई घरबाटै निस्कन बाध्य पारेपछि कतिपय महिलाले आत्म हत्या गर्ने गर्छन् । 
महिला अधिकारका लागि सक्रिय संस्था ओरेक नेपालकी एक जना अधिकारकर्मी हेमलत्ता सिग्देल भन्छिन,“ महिला प्रतिको समाजले हेर्ने दृष्टिकोण अझसम्म पनि परम्परागत नै रहेको छ । श्रीमान विदेशिएपछि घुम्टोमा वस्ने गाउँकी एक महिलाको काँधमा आफ्नो परिवारको लालन पोषणको सम्पुर्ण जिम्मेवारी अचानक आउँछ । त्यसपछि घरका कामका लागि समाजका छिमेकी वा आफन्तको सहयोग लिदा अनेक लान्छना लगाइन्छ । लान्छना मात्र होइन घरबाटै निस्काशन गरिन्छ । यस्तो अवस्थामा महिलाले लोक लाजका कारण आत्म हत्या गर्ने गर्छन् ।” 
विष सेवन गरी आत्म हत्या प्रयास गरेका धनुषाको इनरवा–८ का ३० वर्षिय निरस मण्डल जनकपुर अञ्चल अस्पतालमा उपचार गराउँदै ।
यदि परपुरुषसँग अवैध सम्बन्ध गाँसिन गएको भएपनि पुरुषलाई समाजले केही पनि गर्दैन । कुनै दण्ड सजाय दिदैन । तर, अवला महिलालाई घरका सम्पुर्ण सदस्य, समाज र विदेशमा रहेका श्रीमान समेतले अपराधि ठहराउँदछ । ललाई फकाई, प्रलोभन दिएर अवैध सम्बन्धका लागि बाध्य पार्ने पुरुष समाजमा सिर ठाडो पारी हिडिराखेको हुन्छ भने महिला प्रताड्ति, तिरस्कृत र अपहेलित हुन बाध्य हुन्छन् । यसरी एउटा महिलामाथि हुने गरेको सामाजिक शोषण देखि पारिवारिक शोषण सहन नसकि महिला आत्म हत्याको बाटो रोज्न बाध्य भएको अधिकारकर्मी सिग्देल बताउँछन् । उनका अनुसार महिलालाई पनि बाँच्न अवसर दिए, श्रीमान र श्रीमति बीच समझदारी कायम गर्न लगाए महिलाले पनि आत्म हत्या गर्ने थिएनन् । उनका अनुसार यसो हुनुमा सामाजिक संरचना, घर परिवार र समाजको सोचनै महत्वपुर्ण कारण हो ।
डा. झाका अनुसार आत्म हत्या प्रयास गर्नेहरु तत्काल आवेशमा आएर पलभरमै जिवन त्याग गर्ने निर्णय लिएका हुन्छन् । आत्म हत्या गर्नेहरुमा टिन एजरका यूवा यूवतीहरु देखि वृद्ध वृद्धासम्म छन् । प्रेममा असफल भएपछि यूवा यूवतीहरुले आत्म हत्या गर्ने गरेका छन् । बुवा आमाले छोरा छोरीलाई पकेट खर्च नदिएपछि, पढन भनेपछि, कुटेपछि आत्म हत्या प्रयास गर्ने गरेको देखिन्छ । कतिपय अवस्थामा मोवाइल वा मोटरसाइकल किन्नका लागि पैसा माग्दा अभिभावकले नदिएपछि पनि यूवा यूवतीहरुले आत्म हत्या गर्ने गरेको डा.झा बताउँछन् । घरमा बुहारीबाट प्रताडित भएपछि सासु ससुराले पनि आत्म हत्या प्रयास गर्छन । 
डा.झाका अनुसार धनुषाको सबैलामा एकजना मुस्लिम समुदायका महिलाले तीन जना छोरा छोरीलाई विष खुवाई आफैपनि विष सेवन गरी आत्म हत्या प्रयास गरेका थिए । उपचारको क्रममा एउटा बच्चाको मृत्यु पनि भयो । प्रायः जसो आर्थिक कलह, श्रीमान श्रीमति बीच विश्वासको अभाव, पारिवारिक सदस्यमा सामञ्जस्यता र सदभावको अभाव तथा घरेलु हिंसा नै आत्म हत्याको प्रमुख कारण देखिएको छ ।
सिजनल आत्म हत्या
हुन त आत्म हत्या मान्छेले कहिले र कतिबेला गर्लान भन्ने यकिन गर्न गाह्रो छ । तर, कतिपय अवस्थामा आत्म हत्या पुर्व निर्धारित अथवा मौसमी वा सिजनल पनि हुन्छ । जस्तै एसएलसी परीक्षाको परिणाम आउँदा अनुतिर्ण भएका छात्र छात्राले निराश भई डिप्रेशनमा गएर तत्काल आवेशमा आएर आत्म हत्या गर्ने गर्छन् ।
 डा.झा भन्छन,“कतिपय अवस्थामा कुनै पनि परीक्षामा अनुतिर्ण भएका छात्र छात्राले समेत आत्म हत्या गर्ने गरेका छन् । त्यसैगरी गाउँ घरमा तरकारी खेतीको सिजनमा प्रायः जसो सबै किसानका घरमा किटनाशक औषधि हुन्छन् र सामान्य झगडामा पनि विष सेवन गरी आत्म हत्या प्रयास गरेका हुन्छन् ।”
कतिपय अवस्थामा घरमा रहेको किटनाशक औषधिलाई गाउँका वृद्ध वृद्धा (जो आँखाले कम देख्ने गर्छन) भुलवस चियापत्ती सम्झेर चियाको रुपमा समेत खाएको देखिन्छ । कतिपय पुरुषहरुले रक्सी सेवन गरेको अवस्थामा विष सेवन गरेर हेरौ न, के हुन्छ भनेर जान्नको लागि पनि आत्म हत्या गरेका हुन्छन् । डा. झाका अनुसार केही केटा केटीहरु यो विष कस्तो हो, किराहरु कसरी मरी हाल्छन्, अलिकति चाखेर हेरौ न भनेर पनि विष जानी जानी सेवन गरेको पाइन्छ ।
आत्म हत्या प्रयास गर्नेहरु पछुताउँछन
आवेशमा आएर पलभर मै आफ्नो जिवन अन्तय गर्ने निर्णय लिई आत्म हत्या प्रयास गर्नेहरु उपचारका क्रममा पछुताईरहेका हुन्छन् । डा. झाका अनुसार उपचारका दौरान विष सेवन गर्नेहरु बाँच्नका लागि जीवन र मृत्यु बीच चरम संघर्ष गरिरहेका हुन्छन् । १० दिन सम्म उपचार गराउँदा आर्थिक, मानसिक, शारिरीक र सामाजिक कष्ट भोग्नुपर्छ । कतिपय प्यासेन्टहरु निको हुन थालेपछि आफुले आत्म हत्या किन गरेको भन्ने कारण नसोध्नुस, आवेशमा आएर ठुलो गल्ती गरे अब आइन्दा त्यस्तो गल्ती कहिल्यै गर्दिन र अरुलाई पनि आत्म हत्या कहिल्यै नगरुन भन्ने सुझाव दिइरहेका हुन्छन् । कतिपय अवस्थामा उपचारको क्रममा ५÷७ दिन पछि पनि रोगीको मृत्यु हुने गर्छ । कति दिनसम्म खाना पनि दिइदैन । झाका अनुसार समयमै आएकालाई वा होस मै रहेका विरामीहरुलाई बचाउन सकिन्छ । तर, ढिलो भई उपचारका लागि आएको अवस्थामा रोगीलाई बचाउन गाह्रो भइरहेको हुन्छ । कतिपयको उपचारका लागि ल्याउँदा बाटो मै समेत मृत्यु भइसकेको हुन्छ । आत्म हत्या प्रयास गर्नेहरुको तत्काल उपचार नगरिदा मृत्यु हुने सम्भावना वढ्दछ ।   
गोबर न खुवाऊँ
विष सेवन गरेका व्यक्तिहरुलाई गाउँ घरमा गाई, गोरु, भैसी सबैको गोबर (मल) पानीमा घोलेर बलजफ्ती खुवाउने गरिन्छ । एक किसिमले गाउँ घरमा यो प्रचलन नै भइसकेको छ । बान्ता गराउने उद्देश्यले गाउँका मानिसले गोबर खुवाएका हुन्छन् । डा. झा भन्छन,“ यसरी गोबर खुवाउनु गलत कार्य हो । बलजफ्ती गोबर खुवाउँदा आँखा, कान, नाकमा पनि छिर्न सक्छ । लङ्गसमा यदि गोबर गयो भने प्यासेन्टलाई बचाउन पनि गाह्रो हुन्छ ।” बान्ता गराउन हामीले नाकबाट पेटसम्म पाइप लगाएर गराउँछौं, गोबरले झन हानी नै पु¥याउँछ । त्यसकारण त्यस्तो काम गर्नु हुँदैन डा. झाको सुझाव छ । यति मात्र होइन अचार पनि खुवाउने गरिन्छ । त्यो पनि गर्नु हुँदैन । बान्ता नै गराउनु छ भने गोबर अचार होइन, नुन पानीको घोल खुवाउनु पर्छ ।
फितलो कानुन र अनुगमन
बजारमा किट नाशक औषधि विक्री वितरण गर्नेहरुले जो कोहीलाई पनि विक्री गरेको पाइन्छ । किटनाशक औषधि किन्न आएका व्यक्ति वास्तविक रुपमा किसान हुन वा अन्य प्रयोजनका लागि लिन खोजेको हो भन्ने सोधपुछ नगरिकनै औषधि विक्री गर्ने गरेको पाइन्छ । गाउँ देखि सहर सम्मका बजारहरुमा सहजै रुपमा किट नाशक औषधि खरिद गर्न सकिने हुनाले जो कोहीको पनि ती विष सम्म पहुँच भएको पाइन्छ । डा.झा भन्छन,“विदेशहरुमा  किटनाशक औषधि सहज रुपमा जो कोहीले किन्न पाउँदैनन् । तर, नेपालमा त्यस्तो कुनै प्रतिवन्ध छैन । प्रशासनिक निकायले नेपालमा पनि त्यस्तो विक्री वितरणको लागि एउटा मापदण्ड बनाउनु आवश्यक छ ।” ती विष बेच्नेहरु योग्य, परिपक्व, इजाजत प्राप्त व्यक्ति हुन कि होइनन् त्यसको पनि कुनै अनुगमन हुँदैन ।
आत्म हत्या गर्नु वा आत्म हत्याको प्रयास गर्नुलाई अपराध मानिन्छ । तर, आत्म हत्या प्रयास गर्नेहरुलाई कानुनले कुनै कारवाही नगर्दा समेत आत्म हत्या प्रयास दिनन्दिन बढ्दै गएको पाइन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“आत्म हत्या गरी मृत्यु भएको घटनामा हामी तत्काल प्रमाण संकलन गर्ने कोशिश गर्छौं । पोष्टमार्टमको रिपोर्ट अनुसार मृत्युको कारण पत्ता लगाउँछौं । उक्त मुद्दाको अनुसन्धान गर्ने म्याद दुई वर्ष सम्म हुन्छ । उक्त अवधिमा कतैबाट हत्या गरिएको उजुरी आए कर्तव्य ज्यान मुद्दामा परिणत हुन्छ ।” र, उपचार गरी बाँचेको खण्डमा आत्म हत्या प्रयास गर्नेको बयानका आधारमा यदि कसैले विवस गरेको पाइएको छ भने सोही अनुसार पिडकलाई कानुनको दायरामा ल्याई कारवाही गर्ने गरेको प्रहरी निरीक्षक पुरी बताउँछन् । यदि आफै इच्छाले आत्म हत्या प्रयास गरेको अवस्था पाईदा हामीले उक्त व्यक्तिलाई काउन्सिलिङ् गरी यसो नगर्न भनी छोडि दिने गरेको पुरीको भनाई छ ।
सचेत हुनु आवश्यक
घर परिवारका सदस्यहरु बीच माया, प्रेम, स्नेह र सदभावका साथ साथै एक अर्कोमा विश्वास हुनु अत्यन्त आवश्यक छ । 
कुनै पनि सदस्य यदि डिप्रेशनमा गएको अनुभुति हुन्छ वा त्यस्ता कुनै पनि लक्षण देखिन्छ भने तत्कालै परिवारका अभिभावक सचेत हुनु आवश्यक छ । काउन्सिलिङ्गका लागि विज्ञ चिकित्सकसँग उपचार गराउनु आवश्यक छ । कतिपय अवस्थामा यूवाहरु लागु औषधको कुलतमा फसेको अवस्थामा समेत औभरडोज औषधि सेवन गरी समेत आत्म हत्या गर्ने गरेको पाइन्छ । बच्चालाई कुटपिट वा एकहोरो हप्काउनाले समेत आत्म हत्या गर्ने पाइएकोले माया गरी आफ्ना बच्चालाई पठन पाठनमा लगाउनु पर्छ । घरमा खास गरी बैदेशिक रोजगारीमा गएका श्रीमानका परिवारजनले बुहारीलाई आवश्यक माहोल दिनु आवश्यक छ । विनाकारण शंका गरी बुहारीलाई लान्छना लगाउनु वा प्रताडित गर्नबाट बच्नु पर्छ । कुनै पनि व्यक्तिले जुन सुकै अवस्थामा पनि आफ्नो ज्यान जोगाएर संघर्षको बाटो समात्नु पर्दछ । हरेक समस्याको समाधान हुन्छ । मृत्यु कुनै पनि समस्याको समाधान होइन । आत्म हत्या गर्नु वा आत्म हत्या प्रयास गर्नु कानुनी रुपले पनि अपराध हो । जीवन बाँच्नु नै सबै भन्दा महत्वपुर्ण कार्य हो ।


२०७० चैत्र ०९ गते आईतबार

फरार अभियुक्त साह छिट्टै पक्राउ पर्ने धनुषा प्रहरीको दावी


 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

झन्डै दुई वर्षअघि जनकपुरको रामानन्द चोकमा गराइएको बम विस्फोटको मुख्य योजनाकार सद्भावना पार्टीका तर्फबाट धनुषा क्षेत्र नम्बर ४ का सभासद सञ्जयकुमार साह  रहेको प्रहरीले खुलासा गरेको छ । साह सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष पनि हुन ।
अनुसन्धान क्रममा पक्राउ परेका दुई व्यक्ति अर्जुन सिंह भनिने मुकेश चौधरी र ओम प्रकाश यादवको बयान र अन्य आधारबाट साहको संलग्नता पुष्टि भएको धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका छन् । उनलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयबाट सर्कुलर जारी भए अनुसार देशका ७५ जिल्लाका प्रहरीले खोजी गरिरहेको उनले बताए । नेपाल प्रहरीले साह बस्ने सम्भावित ठाउँमा छापा मारे पनि पक्राउ गर्न सकेको छैन । 
एसपी सुवेदी भन्छन,“उत्तम राज सुवेदीले बोलेको कुरा गरेरै देखाउँछ । फरार अभियुक्त साह जहाँ लुकेपनि केही दिन भित्रै पक्राउ गरी सार्वजनिक गर्नेछौं । उनलाई पक्राउ गर्नको लागि कानुन अनुसार अपनाइनुपर्ने सम्पुर्ण प्रकृयाहरु समेत हामीले अवलम्बन गरिरहेका छौं ।”
बम काण्डमा मारिएकाहरुको शवहरु प्रति जिल्ला प्रशासन कार्यालय धनुषामा  श्रद्धाञ्जली अर्पण गर्दै संजय साह । अहिले धनुषा प्रहरीले बम काण्डको प्रमुख योजनाकारको रुपमा साहलाई अभियुक्त बनाएको छ ।
२०६९ वैशाख १८ गते भएको विस्फोटमा ५ जनाको ज्यान गएको थियो भने ३२ जना घाइते भएका थिए । त्यसताका मिथिला राज्य समितिले अलग राज्यको माग राख्दै गरेको धर्नामा बम राखेर विस्फोट गराइएको थियो ।
विस्फोटमा मुख्य भूमिका निर्वाह गरेका अर्जुन सिंह भनिने मुकेश चौधरीलाई गत फागुन १८ गते पक्राउ गरेपछि उनको बयानका आधारमा सभासद साहका दाहिने हात स्थानीय ओम यादवलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीसँगको बयानमा यादवले साहकै निर्देशनमा बम विस्फोट गराएको बताएका छन् । विस्फोटको कारण सभासद साहका गुन्डागर्दी र ठेक्कापट्टामा प्रतिस्पर्धी देखिएका जिल्ला विकास समिति धनुषाका निलम्बित कर्मचारी तथा होटेल सिता प्यालेसका संचालक जीवनाथ चौधरीको हत्या गर्न विस्फोट गराइएको यादवले प्रहरीसँगको बयानका क्रममा बताएको प्रहरी स्रोतको दावी छ ।  साह र जीवनाथबीच ठेक्कापट्टाको विषयलाई लिएर ठुलो विवाद रहेको हुनाले दुवैबीच चर्काे प्रतिस्पर्धा भएपछि साहले यादवमार्फत सिंहलाई बम विस्फोट गराएर जीवनाथको हत्या गर्ने ‘सुपारी’ दिएको हिरासतमा लिईएका यादवले स्वीकार गरेका छन् । बम विस्फोट गराउनु केही समयअघि पनि जीवनाथको हत्या प्रयास भएको थियो । जनकपुर बजारमा हिँडिरहेका बेला उनीमाथि पछाडिबाट गोली हानिएको थियो । तत्काल उपचारका लागि भारत लगेपछि उनी बचेका थिए । धनुषाका एसपी सुवेदीका अनुसार पक्राउ परेका चौधरीसँग पोलिग्राफ मेसिन जडान गरेर बयानको परीक्षण गरिएको थियो । पोलिग्राफ झूट बोलेको पत्ता लगाउने प्रविधि हो । त्यसका लागि सीआईबीबाट पोलिग्राफको प्रशिक्षण लिएका प्रहरी अधिकृत त्यहाँ गएका थिए ।
विस्फोटन पछि जिल्ला प्रशासन कार्यालयमा माथिको गोलो घेरा भित्र ओम प्रकाश यादव । यादव अहिले प्रहरी हिरासतमा छन् । दोस्रो घेरामा संजय साह । साहलाई प्रहरीले फरार अभियूक्त बताएको छ ।
घटनाको एक साताभित्रै विस्फोटमा संलग्न रहेको आशंकामा प्रहरीले शिवम भन्ने जयप्रकाश चौधरी, सुरेशकुमार कर्ण, जितेन्द्रलाल कर्ण र छोटु भनिने रिपेन्द्र झालाई पक्राउ गरेको थियो । विस्फोटमा परी जनकपुरका विमल शरण, रञ्जु झा, रिक्सा चालक झगरु दास, सुरेश उपाध्याय र दीपेन्द्र दासको मृत्यु भएको थियो ।
सिंघानिया घटनामा पनि ठुला बडाको संलग्नता
संचार उद्यमि अरुण कुमार सिंघानियाको हत्यामा समेत जनकपुरका ठुला वडा प्रतिष्ठित व्यक्तिहरुको संलग्नता रहेको प्रहरीले दावी गरेका छन् । धनुषाका एसपी सुवेदी भन्छन,“पक्राउ परेका चौधरीसँग लिइएको बयान र अनुसन्धानका आधारमा सिंघानिया हत्यामा समेत यहाँका ठुला वडाको संलग्नता देखिन्छ । केही दिनमै अनुसन्धान पुरा हुने र ती ठुला वडालाई पनि प्रमाणको आधारमा पक्राउ गरी कानुनी दायरा भित्र ल्याउने छौं ।” सिंघानियाको हत्या भएपछि चौधरीले घटनाको जिम्मेवारी लिदै आगामी एक साता भित्र जिवनाथ चौधरी र जनकपुर टुडेका सम्पादक वृजकुमार यादवको हत्या गर्ने संचारकर्मीलाई टेलिफोन गरी चेतावनी दिएका थिए ।

संजय साह निर्दोष ः सदभावना पार्टीर्

जनकपुर बम काण्डमा प्रत्यक्ष मुछिएका सभासद तथा पुर्व राज्यमन्त्री संजय साहलाई उनको पार्टी सदभावनाले बचाउ गर्दै प्रधानमन्त्री सुशिल कोइरालालाई ६ चैत्रमा ज्ञापन पत्र बुझाएका छन् । साह सदभावना पार्टीका वरिष्ठ उपाध्यक्ष हुन ।  ज्ञापनपत्र बुझाउँदै सदभावना अध्यक्ष राजेन्द्र महतोले जनकपुर बम काण्डको स्वतन्त्र तथा न्यायीक छानबिन गर्न माग गरेको छ । महतोले प्रधानमन्त्री कोईरालालाई बुझाएको ज्ञापन पत्रमा साह निर्दाेष भएको उल्लेख गरेका छन् । प्रहरीले विभिन्न प्रमाणको आधारमा उक्त बम काण्डको मुख्य योजनाकार साह भएको भन्दै पक्राउ पुर्जी जारी गरिसकेको छ । प्रहरीले साहलाई पक्रन खाजीरहेको भएपनि केही दिन यता उनी भुमिगत भएका छन । मिथिला राज्यको माँग गरी जनकपुरको रामानन्द चौकमा धर्नामा बसेको अवस्थामा मिति २०६९÷१÷१८ का दिन १० बजे सो चौकमा वम विष्फोट हुँदा सो विष्फोटबाट ५ जनाको ज्यान जानुको साथै दर्जनौ व्यक्ति घाईते भएको थियो । 
सो घटनाको सम्बन्धमा सोही दिन वारदात स्थलबाट जयप्रकाश चौधरी भन्ने व्यक्तिलाई स्थानीय व्यक्तिहरुले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको थियो । जयप्रकाश चौधरीको मोवाईल कल डीटेल र अनुसंधान बाट अपराधी देखीएका अन्य चार जनालाई प्रहरीले पक्राउ गरी सो घटनाको सम्बन्धमा पक्राउ परेका ५ जना र अन्य अभियुक्तहरु माथी धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरी सकेको ज्ञापन पत्रमा उल्लेख छ । 
प्रहरी प्रतिवेदन अनुसार सो घटनाको जिम्मेवारी राजन मुक्ती अर्थात जनतान्त्रीक मुक्ति मोर्चाका अध्यक्षले लिएका थिए र घटनाको अनुसंधानमा उक्त मोर्चाका विद्यार्थी फ्रन्टका अध्यक्ष अर्जुन सिंह भन्ने मुकेश चौधरी र राजन मुक्ति भन्ने रंजित झा समेतको योजनाले वम विष्फोट भएको र चन्दा आतंक मचाउन सो घटना गराईएको सोही प्रहरी प्रतिवेदनमा पुष्टी गरिएको ज्ञापन पत्रमा उल्लेख छ । 
सो घटनाको २ महिना पछि नै उक्त घटनामा मृत्यु भएका महन्थ विमल शरण दासका छोरा राम शरण दासले वुवाको हत्या मन्दीरको स्वामित्वको विवादलाई लिई गरिएको र घटनामा वुवालाई मोवाईलबाट फोन गरी सो घटना स्थलमा वोलाई हत्या गराएको मानी जाहेरी धनुषा जिल्ला प्रहरी कार्यालयमा दिदा प्रहरीले जाहेरी दर्ता नगर्दा उहाँले पुनरावेदन अदालत धनुषामा जाहेरी सम्बन्धमा परमादेशको रिट दिदा जिल्ला प्रहरी कार्यालय धनुषाले घटना सम्बन्धमा तहकिकात भई अपराधी उपर मुद्दा दर्ता भई सकेको भनी प्रतिवाद गरिएको थियो भन्ने कुरा बुझनमा आएको ज्ञापन पत्रमा उल्लेख छ । तसर्थ प्रहरीवाट गरिएको सो मुद्दा र अनुसंधान समेतबाट कहि कतै माननीय संजय कुमार साहको उक्त घटनामा संलग्नता नभएको प्रष्ट देखिन आएको ज्ञापन पत्रमा उल्लेख छ । 
घटना वारदात भएको करीब दुई वर्ष पछि सो मुद्दाका रंजित झा, मुकेश चौधरी लगायतका व्यक्तिहरु पक्राउ भई सकेका छन् । दुई वर्ष अघि दायर भएको मुद्दामा अभियुक्त नरहेको ओम प्रकाश यादवबाट माननीय संजय कुमार साहको नाम पोल्न लगाई षडयन्त्र गरेको बुझिन आएको  ज्ञापन पत्रमा उल्लेख छ । 
‘कुनै पनि निर्दाेष व्यक्तिलाई फसाउन र दोषि लाई मुक्ति दिनु हुदैन,’ पार्टीको प्रष्ट मान्यता छ । तसर्थ उक्त घटना सम्बन्धमा निष्पक्ष न्यायिक छानविन आयोगको गठन गरी वास्तविक दोषी माथी कारवाही गर्न, र कुनै पनि परिस्थितीमा निर्दाेषीलाई न(फसाउन पार्टीले यस ज्ञापन(पत्र मार्फत सरकार संग मांग गर्दछ भन्ने व्यहोरा ज्ञापन पत्रमा उल्लेख छ । 


बम विस्फोट पछि बस्तु स्थिति मुचुल्का तयार गर्दै धनुषा प्रहरी ।

२०७० चैत्र ०९ गते आईतबार

बच्चा अपहरण मुक्त, अपहरणकारी पक्रिए


अपहरण मुक्त भएपछि आमा बुवाको साथमा
बालक रितेश र प्रहरी निरीक्षक मछिन्द्र केसी ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषाको ठाढीझिझाबाट अपहरणमा परेका बच्चालाई प्रहरीले सकुशल मुक्त गराउनुका साथै अपहरणकारीहरुलाई पक्रन धनुषा प्रहरी सफल भएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटि गएको विशेष टोलीले धनुषाको रघुनाथपुर(३ ढोलबज्जास्थित भवानी बाबुको बगैंचाबाट गत बुधबार साँझ अपहरित बच्चालाई सकुशल मुक्त गराएका छन् । 
धनुषा ठाढीझिझा(४ बस्ने लक्ष्मेश्वर महतोका ४ वर्षिय छोरा रुपेश महतोको गत फागुन ३० गते स्थानीय मिथिला पब्लिक स्कुलबाट पढेर घर फर्किदै गर्दा दुई जनाको समूहले अपहरण गरेका थिए । मोटरसाइकलमा चढिआएका ती दुई अपहरणकारीले बच्चालाई विस्कुट खुवाउँदै बुवा कहाँ लगिदिन्छु भन्दै ललाई फकाई मोटरसाइकलमा अपहरण गरेका थिए । अपहरणमा संलग्न ठाढीझिझा(४ का ३० वर्षिय सीताराम यादव, रघुनाथपुर(३ ढोलबज्जाका २५ वर्षिय मनोज कुमार यादव, बालाबाखर(८ का २५ वर्षिय मनोज यादव र चोराकोयलपुर(१ का २२ वर्षिय विपुल यादवलाई प्रहरीले गत बिहीबार सार्वजनिक गरेको छ । धनुषा प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रहरी उपरिक्षक उत्तमराज सुवेदीका अनुसार मनोज कुमार यादव र मनोज यादवले अपहरण गर्न साथीको अनटेस्ट मोटरसाइकल एउटा काम छ, तुरुन्त आइहालें भन्दै मोटरसाइकलको प्रयोग गरेका थिए ।
दुवै जनाले बच्चालाई बिस्कुटको प्रलोभन दिई मोटरसाइकलमा चढाएर  ठाढीझिझा, एकराही, सघारा, इनर्वाहँुदै भारतको जयनगर पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । जयनगरमा बच्चा राख्ने ठाउँ, मोबाइल सीमकार्ड नपाएपछि बच्चालाई सोही दिन सिरहा जिल्लाको कमला नदीनजिक निर्धना कुट्टीमा बन्धक बनाएर राखेको प्रहरीले बताए । तीन दिनसम्म बच्चालाई त्यहीँ राखिएको प्रहरी उपरीक्षक सुवेदीले बताए ।  सिरहा प्रहरीले खोजतलाश अभियान तीव्र पारेको थाहा पाएपछि अपहरणकारीहरुले बच्चालाई धनुषाको रघुनाथपुर(३ ढोलबज्जास्थित भवानी बाबुको बगैचामा बन्धक बनाएर बच्चालाई राखेको प्रहरीले सुचना पाए । चैत १ गतेबाट अपहरणकारीले विभिन्न नम्बरहरु प्रयोग गरी बच्चाका बाबुलाई मुक्त गर्नको लागि ३५ लाख रुपैयाँ फिरौती मागेका थिए । विभिन्न व्यक्तिले विभिन्न नम्बरबाट मागेको फिरौती रकम अन्तमा दुई लाख सम्ममा झरेको थियो ।
अपहरणका अभियुक्तहरु र धनुषाका प्रहरी उपरीक्षक उत्तम राज सुवेदी ।
बच्चा अपहरणको अघिल्लो दिन गाउँकै सीताराम यादवले रघुनाथपुर(३ ढोलबज्जा बस्ने मनोज कुमार यादव र बालाबाखर(८ का मनोज यादवलाई एकराही चोकमा बोलाई अपहरण पश्चात दुई लाख रुपैयाँ दिने ‘डील’ गरेको थियो । प्रहरीका अनुसार सितारामले ती दुवै जनालाई अपहरण गर्दा कम्तीमा दुई लाख दिने र फिरौती अनुसार वढी रकम असुल भए वढी रकम पनि दिन सक्ने भनेर प्रलोभन दिएका थिए । 
ठाढीझिझा(४ बस्ने लक्ष्मेश्वर महतोको चार वर्षिय छोरा रुपेशको सोही स्थानका सीतारामले अपहरण गराएको तथ्य प्रहरीले सार्वजनिक गरेको छ । प्रहरीका अनुसार लेनदेन र जग्गा सम्बन्धी सामान्य विवादका कारण बदलाको भावनाले ठाढीझिझा(४ बस्ने ३० वर्षिय सीतारामले पेशेवर अपराधीहरु लगाएर अपहरण गराएको थियो । गाउँमा जग्गा विवाद सम्बन्धमा अन्य व्यक्तिहरुले सितारामको कुरा मानेपनि लक्ष्मेश्वरले मान्न इन्कार गरेपछि लक्ष्मेश्वरलाई ठिक पार्नुपर्छ भन्दै लक्ष्मेश्वरका छोराको अपहरण गराउने सितारामले योजना बनाएको प्रहरीले बताएका छन् ।
अपहरणकारीहरुको साथबाट सिमकार्ड थान ८, मोबाइल थान ४, मोटरसाइकल थान १, पानी भर्ने सिमाङ, मदिरा बोतल थान एक र पर्स एक थान बरामद गरिएको छ । अपहरणमा संलग्न चारै जनामाथि अपहरण तथा शरिर बन्धक लिने महल अन्तर्गत कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक सुवेदीले बताए । नर्सरीमा अध्ययनरत्त अपहरण मुक्त बच्चाको शारिरीक अवस्था सामान्य रहको र बच्चालाई प्रहरीले उनका आमा बुवाको जिम्मा लगाएको छ ।

२०७० चैत्र ०९ गते आईतबार

Wednesday, March 19, 2014

‘ब्याकफुटमा’ सशस्त्र आन्दोलन ः ‘पृथ्वी’ श्याम यादव


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा लक्ष्मीपुर वगेवा(३ का श्याम यादव अहिले महोत्तरीको जलेश्वर कारागारमा पुरपक्षको लागि थुनामा छन् । अ.हे.व. उत्तीर्ण यादव २०४८ भाद्र देखि नेपाल सरकारको सिअहेव पदमा बाँके, वर्दिया, कैलाली, कंचनपुर, अछाम, दाङ र बझाङ जिल्लामा गरी करिब विभिन्न ठाउँमा लामो समय सम्म जागिर पनि खाइसकेका छन् । २०६२÷०६३ को जनआन्दोलनमा सहभागी भएका यादव मधेस आन्दोलनमा समेत सक्रिय सहभागिता जनाएर तराईको मुक्तिका लागि विस्तारै मानसिक रुपमा तयार भए । तराईनेपालको परतन्त्र रहेको बुझेका उनी मधेस आन्दोलन देखि नै सशस्त्र भुमिगत नेताहरुको सम्पर्कमा आएका थिए । तराई नेपालको औपनिवेशिक चपेटामा परेर तरतन्त्र भएको तराईलाई स्वतन्त्र पनि हतियारको बाटोलाई आवश्यक ठानेका उनी २०६६ सालमा भुमिगत भए । 
 तराई राष्टिूय मुक्ति सेना नामको सशस्त्र समुह गठन गरी उनी केन्द्रिय संयोज कबने । उनका अनुसार तराईको पुर्व देखि पश्चिमका २० जिल्लाहरुमा जिल्ला कमिटी गठन गर्दै सशस्त्र गतिविधिलाई वढावा दिए । एमविविएस अध्ययनको तयारीमा रहेका उनका भाई आकाश त्यागी भनिने राम यादव पनि पढाईलाई छोडेर सशस्त्र बाटोमा लागे । जनकपुरका माफियाहरुले प्रशासनको सुराकी गरेर प्रशासनलाई धेरै रकम खुवाई हत्या गराएको उनको आरोप छ । आफ्नो भाई विशुद्ध रुपले क्रान्तिकारी रहेको उनको तर्क छ । क्रान्तिलाई बदनाम गराउन उनलाई प्रशासनले र जनकपुरका केही माफियाहरुले षडयन्त्रपुर्वक हत्या गराएको उनको दावी छ । जनकपुर जयनगर रेल्वेमा सिलिण्डर बम विस्फोट र जिल्ला मालपोत कार्यालय धनुषा अगाडी गराएको सिलिण्डर बम विस्फोटको जिम्मा उनका भाई आकाश त्यागीले लिएका थिए ।
 जयकृष्ण गोइतको नेतृत्वको अखिल तराई मुक्ति मोर्चामा समेत आवद्ध रहेका श्याम यादवलाई भारत विहारको मधुवनी जिल्ला अन्तरगत पिपरौनबाट ५ असोज २०७० मा नेपाल प्रहरीले पक्राउ गरेको थियो । तराईमा जारी सशस्त्र क्रान्ति अहिले सम्मकै सबैभन्दा दयनिय अवस्थामा रहेको उनको बुझाई छ । क्रान्तिमा लागेका यूवाहरु पलायन भई भारतको भुमिमा मजदुरीसम्म गरेर आफ्नो जीवन रक्षा गरिरहेको उनले बताए । यादवका अनुसार कुनै बेला आक्रामक देखिएका सशस्त्र समुह अहिले रक्षात्मक अवस्थामा आउन बाध्य भएको छ । प्रहरीले आफ्नो नियन्त्रणमा लिएर क्रान्तिकारी साथीहरुको हत्या गर्नु, शिर्ष नेतृत्वहरुलाई समेत भारतको भुमिबाट कानुन मिचेर भारतीय प्रहरीको सहयोगमा अवैध तरिकाले पक्राउ गर्नु, संगठन भित्रै पनि आन्तरिक सबलता नहुनु, एकतावद्ध भएर जान नसक्नु, राज्य पक्षद्वारा दमन र शोषण वढ्दै जानु, राज्यद्वारा ‘¥यूमरभ्रम फैलाई क्रान्तिलाई वदनाम गर्नु, पत्रकार, व्यापारी, अधिकारकर्मी र नेपाल सरकारका कर्मचारी लगायतले प्रशासनको सुराकी गर्नु, बाह्य पक्षले खास गरी अन्तराष्टिूय समुदाय समेत क्रान्तिको विपक्षमा उभिएका कारण सशस्त्र गतिविधि अहिले रक्षात्मक भई ब्याकफुटमा आएको यादवको ठहर छ । यादवका अनुसार तराईमा तीन प्रवृत्तिका शक्तिहरु हावि छन् । मधेसी जनताको सहयोगमा, मधेसको भुमि प्रयोग गरेर २००७ साल, २०४६ साल र २०६२÷०६३ सालको क्रान्तिका अगुवाई गरेको नेपाली कांग्रेस र नेकपा एमालेले मधेसीको मुद्दालाई समाप्त पार्नका लागि मधेसीको आवरणमा केही नेतालाई अगाडि सारेर आत्म समर्पण गर्न लगाउने समर्पणवाद शक्ति हाबी छन् । दोस्रो राम राजा प्रसाद सिंह लगायत गुटका क्रान्तिकारी शक्तिहरु वर्गिय शोषणबाट मुक्ति गर्ने बाटोमा नलागी यथास्थितिबाद मै रहे । तेस्रो सशस्त्र समुहहरुको सहयोगमा मधेसमा भएको मधेस जनविद्रोहको नेतृत्व गर्ने उपेन्द्र यादव लगायतका शक्ति मधेस आन्दोलनकै दौरान सहिद भएका रमेश महत्तोको हत्यारालाई मन्त्री परिषदबाट रिहा गराउन हस्ताक्षर गर्ने र क्रान्तिलाई विर्सजन गर्ने विसर्जनबाद शक्ति हाबी छन् ।
सशस्त्र क्रान्तिकै बलमा मधेसमा  जनताले मुक्तिको लागि दुई दुई पटक जनविद्रोह गर्नु, आन्दोलनका क्रममा घर घरबाट महिला, पुरुष, वृद्ध(वृद्धा सबैले घरेलु हतियार लठ्ठी झाडु आदि लिएर नेपाली शासकको विरुद्धमा सडकमा आउनु, नेपाली अनुहारलाई तराईवासीले अस्विकार गर्नु, माधव नेपाल, गिरिजा प्रसाद कोइराला जस्ता नेतालाई गृह जिल्लामा प्रवेश गर्न नदिनु, कवि भनेको सबैको साझा हुन्छन् तर जनकपुरको भानु चौकमा कवि भानु भक्तको शालिक समेत ढालेर फ्याल्नु सशस्त्र क्रान्तिको उपलब्धी रहेको पृथ्वी भन्ने श्याम यादवको भनाई छ । 
 मधेसमा अझै पनि जनता सचेत नभएको, वुद्धिजीवी, पत्रकार, साहित्यकार लगायतका वर्गहरु अझै पनि नेपाली शासकको विरुद्धमा खुलेर आउन नसक्नु जस्ता कारणले सशस्त्र क्रान्ति धुमिल हुँदै गएको उनको बुझाई छ । यादबका अनुसार समाधानको उपाय भनेको तराई नेपालको हिस्सा होइन, औपनिवेशिक मुक्तिका लागि नेपाल सरकारले तराईलाई अलग्गिने गरी आत्मनिर्णयको अधिकार सहित यूनियन वा फ्यूजनको हिसावले राख्नु पर्दछ । अन्यथा कालान्तरमा गएर यो स्वतन्त्र राष्टू तराई स्वतन्त्र भएरै छाड्छ । जेलमा बन्द भएका यादव भन्छन,“ आफ्नो लागि कुनै वकिल पनि छ्रैन, कानुनको सजाय विताएर नै बाहिर आउने छु ।
 (जलेश्वर कारागारमा पृथ्वी भनिने श्याम यादवसँग जलेश्वर कारागारमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीमा आधारित)



२०७० चैत्र ०२ गते आईतबार


सक्किँदै ‘सशस्त्र समुह’

अजय अनुरागी
जनकपुरधाम............

सशस्त्र समुहका नाइकेहरु नै एक पछि अर्को गर्दै धमाधम प्रहरीको गिरफ्तमा फस्न थालेपछि मधेसमा प्रभाव जमाएका सशस्त्र समुह अब सक्किँदै गएको सन्देश जान थालेको छ । खास गरी धनुषा महोत्तरीमा प्रभाव बनाउन सफल भएका राजन भनिने रंजित कुमार झा, अर्जुन सिंह भनिने मुकेश चौधरी, पृथ्वी भनिने श्याम यादव, स्वामीजी भनिने उमेश यादव लगायतका नाइकेहरु र तिनका कार्यकर्ताहरु समेत धनुषा प्रहरीको फन्दामा फसे पछि जनकपुरमा अब सशस्त्र समुहको प्रभाव लगभग निस्तेज पारिसकिएको धनुषा प्रहरीको दाबी छ ।
धनुषा प्रहरीका प्रमुख उत्तम राज सुवेदी भन्छन,“सशस्त्र समुहका नाइकेहरुनै पक्राउ गर्न सफल भएपछि तिनीहरुको नेटवर्क पुर्णतः धवस्त भइसकेका छन् । उनीहरु मध्ये अधिकांश पक्राउ परिसकेका छन् । बाँकी रहेकाहरुमा अब संगठित भएर कुनै आपराधिक समुह संचालन गर्ने ल्याकत र क्षमता पनि छैन । यदि तिनीहरुले दुस्साहास गरिहाले भने पनि तिनीहरुको लागि दुर्भाग्य पुर्ण हुनेछ ।”
प्रहरी स्रोतका अनुसार सशस्त्र समुहका संस्थापक नेता जयकृष्ण गोइत आफै सिकिस्त भइसकेका छन् । उनीसँग मान्छेहरु पनि अव रहेनन् । गोइतलाई साथ दिने ज्वाला सिंह भनिने नागेन्द्र पासवान पनि अब सशस्त्र समुहको गतिविधिलाई त्यागेर भारतमै यातायातको व्यवसाय गरिराखेका छन् । थुप्रै समुहहरु स्वतः ध्वस्त भइसकेका छन् । समुहमा लागेका यूवाहरु भारतको विहार, युपि, मध्यप्रदेश र दिल्लीमा लुकिछिपी वस्ने तथा जिविको पार्जनका लागि मजदुरीसम्म गरिरहेको प्रहरी स्रोतको दावी छ । कतिपय यूवाहरु आफ्नो ज्यान जोगाउन वैदेशिक रोजगारीका लागि खाडी मुुलुक तर्फ लागेको प्रहरी स्रोतको दावी छ ।
तराई माथिको नेपालको औपनिवेशिक मुक्तिको लागि बन्दुक उठाएर विद्रोह गरी भुमिगत भई अखिल तराई मुक्ति मोर्चा गठन गरी जयकृष्ण गोइतले हिंसाको बाटो रोजेका थिए । जय कृष्ण गोइतले वर्तमान नेपालद्वारा शासित तराई प्राचीन कौशल, काशी र मिथिला (विदेह) जनपदहरुको उत्तरी हिस्सा रहेको बताउँदै आएका छन् । १६ मार्च २००८ मा अखिल तराई मुक्ति मोर्चाको प्रथम राष्टिूय महाधिवेशन तयारी समितिका लागि गोइतले जारी गरेको अपिलमा यी जनपदहरु प्रारम्भमा आ(आफ्नै जनपदका निकासीद्वारा स्वासित रहेको थियो, बताइएको छ । चौदहौं शताब्दीको पूर्वाद्धमा कैयौं वर्ष सम्म तराईको सिमरौनगढद्वारा नेपाल उपत्यका शासित रहेको थियो । कालान्तरमा तराई मुगल शासकहरुको अधिनमा रह्यो, तत्पश्चात ब्रिटिश शासकहरुद्वारा र अब तराई नेपालको औपनिवशिक शासनको अधिन छ ।
मधेसका भुमिगत सशस्त्र समुहका कार्यकर्ताहरुको फाइल तस्वीर ।
उनले जारी गरेको उक्त विज्ञप्तीमा मातृभूमि तराईको मुक्ति तराईको मुल निवासीहरुका लागि ऐतिहासिक आवश्यकता रहेको र जब सम्म तराईको मुक्ति हुँदैन तबसम्म तराईका मुल निवासीहरुको आर्थिक, राजनैतिक, सामाजिक, सांस्कृतिक, भाषिक एवम राष्टिूय पहिचान आदि समस्याहरुको कुनै पनि बास्तविक र स्थायी सामाधान सम्भव नरहेको बताएका थिए ।
यसरी गोइतकै बाटो पछियाउँदै मधेसका थुप्रै यूवाहरु भुमिगत हुँदै तराईको मुक्तिकामी आन्दोलन भन्दै बन्दुकको बाटोलाई रोजे । सोही क्रममा उनीहरुले मचाएको हिंसाबाट मधेसमा व्यापक धनजनको क्षति भयो । कतिपय व्यक्तिको हत्या भयो, कतिपय अपहरित भए, पलायन भए, बम विस्फोट, चन्दा आतंक बढदै गयो । तराईमा जनता त्रसित हुन बाध्य भए ।
प्रशासनको टाउको दुखाई बन्दै गएको सशस्त्र समुहलाई समाप्त पार्न राज्यपनि विभिन्न रणनीति अपनाउन थाले । संविधानसभाको पहिलो चुनाव भएपछि गठित सरकारी वार्ता टोलीहरुले बन्दुक उठाएर विद्रोह गरेकाहरुलाई शान्तिपुर्ण वार्तामा आई मुलधारमा आउन आह्वान गरे । एकातर्फ कतिपय समुहहरु बार्तामा आउन थाले भने अर्कोतर्फ प्रहरीले सशस्त्र समुहका नेता कार्यकर्ताहरुलाई पक्राउ गर्न थाले । यतिमात्र होइन प्रहरीको दोहोरो भिड्न्तको नाउँमा जवावी कारवाहीमा सशस्त्र समुहका थुप्रै नेताहरु मारिन थाले । शान्ति तथा पुनर्निर्माण मन्त्रालय गठन भए पश्चात नेपाल सरकारद्वारा गठित सरकारी वार्ता टोलीहरुले मधेसका थुप्र्रै समुहहरुसँग विभिन्न चरणका वार्ताहरु गरे । मन्त्रालयको वेवसाइटमा उल्लेख भएअनुसार मन्त्रालयको गठन भए पश्चात विभिन्न ४५ वटा समुहहरुसँग वार्ता गरिएको छ । जसमध्ये मधेसका सशस्त्र समुहहरु अन्तरगत २६ मंसिर २०६५ मा मधेसी भाइरस किलर्स, ११ पुष २०६५ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा, १८ कार्तिक २०६८ मा  संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा संस्थापन पक्ष, ८ मंसिर २०६८ मा संयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा कौटिल्य शर्मा समुह, १६ पुष २०६५ मा तराई संयुक्त जनक्रान्ति पार्टी, २६ पुष २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुह, १० फागुन २०६५ मा लिवरेशन टाइगर अफ तराई इलम (एलटीटीइ), ७ चैत्र २०६५ मा मधेस मुक्ति टाइगर्स, २४ बैशाख २०६७ मा अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्ष, १६ पुष २०६८ मा सयूक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (पवन समुह), २८ पुष २०६८ मा संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा (आजाद समुह), ७ माघ २०६८ मा अखिल तराई मुक्ति मोर्चा (जयकृष्ण गोइत समुह), १३ माघ २०६८ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (भगत सिंह समुह), २१ फागुन २०६८ मा जनतान्त्रिक मधेस तराई मुक्ति मोर्चा (झबर साह, प्रताप समुह) र ६ बैशाख २०६९ मा संयुक्त क्रान्तिकारी तराई मधेस मुक्ति मोर्चा सँग वार्ता गरिएको जनाइएको छ ।
नेपाल सरकार र सशस्त्र समुहका वार्ता टोलीहरु बीच भएको विभिन्न चरणको सम्झौतामा सबै समुहहरुसँग वार्ता अवधि सम्म सशस्त्र समुहका वार्ता टोलीका सदस्यहरुको सुरक्षा नेपाल सरकारले गर्ने, सशस्त्र समुहहरुले सशस्त्र कारवाही स्थगित गर्ने एवम कानुनले निषेध गरेका कुनै पनि गतिविधि संचालन नगर्ने र नेपाल सरकारको तर्फबाट पनि सो समुहका नेता तथा कार्यकर्ताहरुलाई राजनीतिक रुपमा व्यवहार गर्ने, जेलमा रहेका र मुद्दा लगाइएका आफ्ना कार्यकर्ताहरुको नामावली नेपाल सरकारलाई उपलब्ध गराउने र सो सम्बन्धमा छानविन गरी क्रमशः रिहा गर्दै जाने, स्वतन्त्र एवम शान्तिपुर्ण रुपमा राजनीतिक सभा, जुलुस, ¥याली, गोष्ठी, सेमीनार तथा राष्टू निर्माणका कार्यक्रम सम्बन्धित जिल्ला प्रशासन कार्यालय संग समन्वय गरी संचालन गर्न सकिने, मुलुकमा दिगो शान्ति स्थापनाका लागि अन्य द्वन्दरत राजनीतिक समुहहरुलाई समेत वार्ताको टेवलमा ल्याउन पहल गर्ने भनेर चार देखि पाँच बुँदा सम्म दुवै पक्ष बीच पहिलो चरणमा सहमति हुने गरेको थियो । त्यसैगरी दोस्रो चरणमा उपलब्ध गराएको नामावली अनुसार बन्दी कार्यकर्ताको रिहाई र मुद्दा फिर्ता लिने प्रक्रिया कानुन तथा न्याय मन्त्रालय र गृह मन्त्रालयको समन्वयमा एक महिना भित्र शुरु गरिने, सम्पुर्ण हतियारहरु २०६८ भाद्र १४ भित्र नेपाल सरकारलाई बुझाउने, २०६८ साउन २६ मा मन्त्रालयमा बुझाएको विवरण अनुसार मोर्चाको आह्वानमा भएको आन्दोलनका क्रममा मृत्युभएका मृतकहरुको नामावली सम्बन्धमा यथार्थ छानविन गरी ऐकिन गर्न गृहमन्त्रालयमा लेखि पठाउने, आन्दोलनका क्रममा घाइते भएका नेता कार्यकर्तालाई उपचार खर्च उपलब्ध गराउने सम्बन्धमा विधिगत रुपमा मन्त्रालयमा प्राप्त नभएकोले स्वीकृत चिकित्सकको प्रेस्क्रिप्शन र सो अनुसारको बिल भरपाई सहितको विवरण प्रष्ट भएपछि प्रक्रिया अघि वढाउने र मोर्चासँग भएका तीन वटा सवारी साधनहरुलाई १० भाद्र २०६८ सम्मका लागि सवारी पास उपलब्ध गराउन गृहमन्त्रालयमा अनुरोध गर्ने ५ बुँदे सम्झौता अखिल तराई मुक्ति मोर्चा संस्थापन पक्षका तर्फबाट वार्ता टोली संयोजक विनोद कुमार चौधरी (विवेक) र सरकारी वार्ता टोलीका संयोजक पम्फा भुसाल बीच २३ साउन २०६८ मा सम्झौता भएको थियो । यसरी थुप्रै समुहहरुसँग दुई देखि तीन चरण सम्म सरकार र सशस्त्र समुहका वार्ता टोलीहरुसँग सम्झौता भई कतिपय समुह मुलधारमा आइसकेको छ । तर, पक्राउ परेका मोर्चाका कार्यकर्ताहरुलाई रिहाई गराउन र मुद्दा लागेकाहरुको मुद्दा फिर्ता गराउन सशस्त्र समुहका वार्ता टोलीहरु विफल भएपछि केही समुहहरु पुनः हतियार उठाए भने केही नेताहरु आफु सुरक्षित अवतरण गरे ।
धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदी भन्छन,“यथार्थ हेर्दा सुरुमा राजनीतिक एजेण्डा रहेको  र क्रान्तिकारी नारा दिन खोजेपनि विभिन्न आवरणमा  यी समुहहरु अपराध गर्ने गरेको पाइन्छ । यिनीहरुले चर्को नारा दिएर जनतालाई दिगभ्रमित गर्ने र पैसाकै लागि मान्छेको अपहरण गर्ने, चन्दा माग्ने, धम्की दिने र पैसा नदिए मान्छेको हत्या समेत गर्ने गरेको पाइएको छ ।” सुवेदीका अनुसार फरक फरक अवस्थामा फरक फरक तरिका अपनायी यी कथित समुहहरुले आपराधिक क्रियाकलाप मात्र गरेको छ । कतिपय घटनामा यी समुहका नाइकेहरु आफै पनि संलग्न रहेको र कतिपय घटनामा मान्छे खटाएर अपराधिक घटनालाई अन्जाम दिएको सुवेदी बताउँछन् । आधुनिक जीवन जिउन, ऐस आराम गर्ने, मौजमस्ति गर्ने उद्देश्य पुर्तिका लागि कुलतमा फसेका यूवाहरुलाई फसाएर समुहमा ल्याउने र आपराधिक कृयाकलाप गर्न लगाउने यिनीहरुको प्रवृति रहेको प्रहरी उपरीक्षक सुवेदी बताउँछन् ।


२०७० चैत्र ०२ गते आईतबार

बम काण्ड र सिंघानिया हत्याको चाँडै पर्दाफास हुने


 द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर बम काण्डको जिम्मा लिएका प्रमुख अभियूक्त अर्जुन सिंह भनिने मुकेश चौधरी पक्राउ परेपछि बम काण्डको पर्दाफास कहिले हुने हो भन्ने चासो र उत्सुक्ता जनकपुरबासीमा दिनन्दिन वढ्दै गएको छ । धनुषा प्रहरीले जनकपुर विस्फोटका महत्वपूर्ण कडी मानिएको मध्येका राजन मुक्ति उर्फ रञ्जित झा र मुकेश चौधरी उर्फ अर्जुन सिंह भनिने प्रकाश विद्यार्थीलाई कानुनको दायरा भित्र ल्याइ सकेको छ । यी दुवै व्यक्तिले घटना भएपछि जनकपुरका संचार माध्यमहरुमा भारतीय टेलिफोन र एसएमएस मार्फत घटनाको जिम्मेवारी लिएका थिए । 
बम काण्डका दोषी पत्ता लगाई कारवाही गर्न जिल्ला प्रशासन कार्यालयमा धर्ना दिँदै मिथिला राज्य संघर्ष समिति ।
मुकेश चौधरी पक्राउ परेपछि घटनाको अनुसन्धानका लागि धनुषा  प्रहरीले जनकपुरका ओम प्रकाश यादवलाई शुक्रबार पक्राउ गरेको छ । प्रहरी स्रोतका अनुसार यादवलाई सोधपुछ तथा अनुसन्धानका लागि यादव बसेको डेरामा छापामारी गरी पक्राउ गरेको हो । बम काण्ड भएको बेला यादव धनुषा निर्वाचन क्षेत्र नं. ४ का सभासद संजय कुमार साहका निकट रहेका थिए । तर, पछिल्लो समयमा संविधानसभाको दोस्रो चुनाव हुनु भन्दा १५ दिन अघि उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । यादव सभासद साहका विजनेस पार्टनर समेत रहेको बताइन्थ्यो । उनी सभासद साहका धेरै निकटका साथीहरु मध्ये महत्वपुर्ण एक व्यक्ति मानिन्थे । तर, सभासद साह फोरम लोकतान्त्रिक परित्याग गरी सदभावना पार्टीमा प्रवेश गरेसँगै र आर्थिक कारोबारको लेनदेनमा समेत मतविभेद वढन थालेपछि यादव कांग्रेसमा प्रवेश गरेका थिए । प्रहरी स्रोतका अनुसार यादव सँगको अनुसन्धानबाट धेरै कुराहरु खुल्नेछन् ।
धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदीले मुकेश चौधरीसँग सम्बन्धित विभिन्न अपराधको छानविन र अनुसन्धान जारी रहेको तथा कतिपय घटनामा स्थानिय व्यक्तिहरुको समेत संलग्नता देखिएको बताएका छन् । प्रहरी उपरीक्षक सुवेदीका अनुसार चाँडै अनुसन्धान पुरा हुने र अनुसन्धानबाट देखिन आएका दोषी व्यक्तिहरु पक्राउ पर्ने र विभिन्न रहस्यबाट पर्दा उठ्ने बताएका छन् ।
घटनामा प्रत्यक्ष संग्लन रहेको भन्दै प्रहरीले सप्तरीका जयप्रकाश चौधरी, धनुषाका सुरेशकुमार कर्ण, महोत्तरीका रिपेन्द्र झा र धनुषाका मुकेशकुमार कर्णलाई पुरपक्षको लागि जलेश्वर कारागारमा राखेको छ ।
एमाओवादीले पहिलो संविधानसभामा संघीय राज्यबारे प्रस्ताव गर्दा मिथिला राज्यको नाम उल्लेख नगरिदिएपछि जनकपुरमा सक्रिय रहेको मिथिला राज्य संघर्ष समितिले चरणबद्ध आन्दोलन सुरु गरेको थियो। आन्दोलनको लोकप्रियता बढ्दै गएको अवस्थामा २०६९ वैशाख १८ गते बिहान १०ः३० बजेतिर मुख्य धर्नास्थल रामानन्दचोकमा शक्तिशाली बम विस्फोट भएको थियो।
घटनामा मिथिलाकी लोकप्रिय रंगकर्मी रञ्जु झा सहित झगरु दास, विमल शरण, सुरेश उपाध्याय र दीपेन्द्र दास गरी पाँचजनाको ज्यान गएको थियो। विस्फोटमा ३२ जना सख्त घाइते भएका थिए । मिथिला राज्यको माग गर्दै संघर्ष गरिरहेका अगुवाहरूको मिथिलाको राजधानीमै हत्या हुँदा देशभरिका नागरिक मर्माहत भएका थिए ।
विस्फोटपछि अनुसन्धानमा खटिएको नेपाल प्रहरीको विशेष टोली सिआइबीले अपरेशन रामा चलाएर घटनामा सशस्त्र समूहका मुकेश चौधरी र राजन मुक्ति संग्लन रहेको किटानी प्रतिवेदन सार्वजनिक गरेको थियो।
बम काण्डका दोषी पत्ता लगाई कारवाही गर्न दबाब दिँदै सदभावना धनुषाका नेताहरु ।
प्रहरी अनुसन्धानले किटानी गरेका दुवै अभियुक्त पक्राउ परिसकेका छन् । दुईमध्ये मंसिर १ गते पक्राउ परेका राजन मुक्तिले प्रहरीलाई बयान दिँदै थप आधार दिएपछि मुकेश चौधरी फागुन १९ गते पक्राउ परेको हो । मुकेश चौधरीलाई पक्राउ गर्न नेपाल प्रहरीका छुट्टाछुट्टै चारवटा टोली परिचालन भएको थियो ।
जनकपुरको रामानन्द चौकमा भएको बम विस्फोटका दोषीमाथि कडा कारवाहीको माग गर्दै सदभावना पार्टी जिल्ला कार्य समिति धनुषाले विभिन्न निकायमा मंगलबार ज्ञापनपत्र बुझाएको छ । पार्टीको जिल्ला अध्यक्ष संजय कुमार साहको नेतृत्वमा गएको पार्टीका नेता एवं कार्यकर्ता सम्मिलित प्रतिनिधि मण्डलले धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली र प्रहरी प्रमुख उत्तमराज सुवेदीलाई ज्ञापनपत्र दिएको छ । सदभावनाले बुझाएको ज्ञापनपत्रमा विभिन्न संचार माध्यमहरुमा आएको समाचार बम विस्फोट भन्दा अगाडि भएको कुराकानीको कल डिटेल्स, एसएमएस आदिको आधार लिएर सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । 
यस अघि गत सोमबार जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष, नागरिक समाज तथा अन्य व्यवसाय संघसंस्थाका प्रतिनिधिको टोलीले संचार उद्यमी अरुण सिंघानिया हत्यामा संलग्न अपराधिलाई कारवाहीको माग गरेको थियो । सिंधानियाँ हत्याको जिम्मेवारी लिएका चौधरी प्रहरी नियन्त्रणमा आइसकेपछि बास्तविक हत्याराको पहिचान गरी कडा भन्दा कडा कारवाही गर्न उनीहरुले माग गरेका थिए । 
त्यसैगरी जनकपुर बम काण्डका प्रमुख दोषीलाई कारवाही गरिनुपर्ने माग सहित मिथिला राज्य संघर्ष समिति, नेपाल पत्रकार महासंघ धनुषा, जनकपुर उद्योग बाणिज्य संघ र मारवाडी सेवा समितिले गत २८ गते देखि ३० गते सम्म जिल्ला प्रशासन कार्यालय धनुषाको मुख्यद्वार अगाडि धर्ना दिएका थिए । आफुहरुको मागलाई प्रशासनले वेवास्ता गरे थप सशक्त आन्दोलन गरिने मिथिला राज्य संघर्ष समितिका संयोजक परमेश्वर कापडीले चेतावनी दिएका छन् ।

२०७० चैत्र ०२ गते आईतबार

Tuesday, March 18, 2014

सशस्त्र क्रान्ति अहिले विसर्जन हुँदैन ः ‘राजन मुक्ति’ रंजित झा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा लक्ष्मीपुर वगेवा(७, कुम्हरौरा गाउँ बस्ने महेन्द्र झाको नाति डा.विद्यानन्द झाको कान्छो छोरा हुन रंजित झा उर्फ राजन मुक्ति । २०४३ सालमा जन्मिएका रंजित २०५६ सालमा सरस्वती मा.बि. जनकपुरबाट एसएलसी उत्तीर्ण गरी अनुग्रह नारायण कलेज विहारबाट प्रविणता प्रमाण पत्र र स्नातक तह (राजनीति शास्त्र) विषय लिई उत्तीर्ण गरेका हुन । विद्यार्थी राजनीति गर्दा तत्कालिन राजा ज्ञानेन्द्रले गरेको शाही ‘कु’ का विरुद्ध भएको २०६२÷०६३ को आन्दोलनमा उनी सदभावना पार्टीका यूवा मञ्चका केन्द्रिय सदस्य र विद्यार्थी मञ्चका धनुषा प्रभारीको रुपमा सक्रिय सहभागिता जनाएका थिए । उक्त आन्दोलनका क्रममा उनी पक्राउ परेर जेल पनि गएका थिए । जेलबाट रिहा भएपछि सिरहा घर भएको नागेन्द्र पासवानको ज्वाला समुहमा लागि करिव १ वर्ष जति पोलिट व्यूरो सदस्यको रुपमा उनी कार्यरत थिए । पछि ज्वाला सिंह सँग पार्टीको काम कारवाही सम्बन्धमा कुरा नमिलेपछि उनले पार्टीबाट विद्रोह गरी ७ फागुन २०६५ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुह नामक छुट्टै समुह गठन गरी राजन मुक्तिले संयोजकको रुपमा पहिलो प्रेस विज्ञप्ती जारी गरेका थिए । हतियार साधन मात्र हो साध्य होइन, साध्य भनेको अन्ततः विचार नै रहेपनि बन्दुकको नालबाट नेपाली शासकले तराईमा शासन गरेका कारण ती शासकहरुबाट मुक्ति दिलाउनका लागि बाध्य भएर हतियार उठाएको राजन मुक्तिले बताएका छन् । क्रान्तिमा पनि विभिन्न चरणहरु हुन्छन् र क्रान्तिलाई निस्तेज पार्न अहिले सच्चा क्रान्तिकारीहरुलाई राज्य पक्षले पक्राउ गर्नु स्वभाविक रहेको भन्दै उनी भन्छन,“क्रान्ति संस्थागत हुन लामो समय लागेको भएपनि क्रान्तिको विसर्जन हुनेबाला छैन । शासक वर्गले जस्तो कदम चाल्छ सोही अनुरुप क्रान्तिले पनि आफ्नो बाटो लिने छ । राज्यले जति जति दमन बढाउँदै जान्छ त्यतिनै क्रान्ति पनि अगाडि वढ्ने छ ।”
सत्रुको कब्जामा परेका कारण जलेश्वर जेलमा आफु असुरक्षित रहेको भन्दै उनी भन्छन,“जब सम्म तराईको समस्या समाधान हुँदैन तबसम्म हामी लडिरहन्छौं । राज्यले अहिले पनि दमनकै बाटोलाई निरन्तरता प्रदान गर्छ भने निकट भविष्यमै राज्यले परिकल्पना समेत नगरेको जस्तो तराईमा क्रान्तिको आँधिवेहोरी आउने छ र स्वतन्त्र राष्टूको रुपमा झण्डा फहरिनेछ ।”
मधेसमा हतियार उठाएर सुरुवात गरिएको सशस्त्र क्रान्तिको ९ वर्ष वितिसक्दा करिब करिब ७० प्रतिशत यूद्ध जितिसकेको दाबी गर्दै राजन मुक्ति भन्छन,“ मधेसवादको मुद्दा पहिले देखि हरेक मधेसीको मनमा रहेपनि बाहिर निकाल्न सशस्त्र आन्दोलन नै सहायक भयो । राज्यपक्षको बन्दुक र लाठीलाई मधेसी जनताले पनि लाठी लिएर सामना मात्रै गरेनन्, राज्यको गोली खान समेत पछि परेनन् ।” मधेसमा ९ वर्ष अघि कुनै पनि सरकारी कार्यालयमा मधेसी मुलका व्यक्ति कार्यालय प्रमुख थिएनन् । दुई वर्ष अघि सम्म एक जना पनि मधेसी मुलका एसपी र सिडिओ थिएनन् । तर, अहिले मधेसी पनि कार्यालय प्रमुख बनेका छन् । एसपी सिडिओ बनेका छन् । त्यो सबै सशस्त्र क्रान्तिको उपज रहेको राजन मुक्ति बताउँछन् । उनका अनुसार नेपाल सरकारको अधिन रहेको सरकारी कार्यालयहरुमा जनताले मधेस सरकार लेखिसकेका छन् । अव त्यो दिन धेरै टाढा छैन जब लेटरप्याडमा पनि नेपाल सरकारको ठाउँमा मधेस सरकार रहने छ । मधेसवादको नाउँमा घुसपैठ गरेका मधेसी नेताहरुलाई बहिष्कार गर्न आफुहरुले गरेको अपिललाई स्वीकार गर्दै मधेसी जनताले ती कथित मधेसवादी दल र तीनका नेताहरुलाई विस्थापित गरेर देखाउनु पनि आफुहरुको जित रहेको राजन मुक्तिले दावी गर्छन् । अन्तिम लडाई अहिले पनि बाँकी रहेको भन्दै माओवादीले एउटा वर्गको विरुद्ध मात्र आन्दोलन गरको कारण राज्य पक्षले पनि उसलाई सहयोग ग¥यो तर, हाम्रो लडाई औपनिवेशको विरुद्ध रहेका कारण अलि समय लागे पनि अन्ततः हाम्रो जित हुने राजन मुक्ति बताउँछन् । कार्यपालिका, व्यवथापिका, न्यायपालिका र मिडिया समेत नेपाली शासककै कठपुत्ली रहेका कारण हाम्रो लडाईमा केही बाधा देखिएपनि जित अवस्य हुने उनको भनाई छ ।
परिवारमा आमा गिता देवी झा, बाबु डा.विद्यानन्द झा, दाई मनोज झा (मनोज मुक्ति), भाउजु नगिना देवी झा, ६÷७ महिनाको भतिजी योगन्या झा रहेको राजन मुक्तिले परिवारिक परिचय दिएका छन् । आर्थिक अवस्था ठिकै रहेको, लक्ष्मीपुर वगेवा(७ मा ४ कठ्ठामा २ तले घर वाहेक अन्य जमिन नभएको, अन्य जग्गा जमिन भए एकिन थाहा नभएको राजनले बताएका छन् । संविधान सभाको चुनाव पछि प्रचण्ड सरकारसँग वार्ता गर्न राजीव झाको नेतृत्वमा मनोज मुक्ति, राम सोभित यादव संम्मिलित ३ सदस्यीय टोली २०६५ पुषमा वार्तामा आएका थिए । वार्ताको क्रममा अविनाश मुक्तिको हत्या भएपछि वार्ता भंग गरेपनि राजिव झा अलग्गिए । 
राजनका अनुसार करिब २ सय देखि २ सय ५० जना कार्यकर्ताहरु अहिले पनि विभिन्न झुठा मुद्दामा गिरफ्तार छन भने करिब ३० देखि ३५ जना कार्यकर्ताको प्रहरीले इन्काउण्टर गरी हत्या गरिसकेका छन् । १२ माघ २०७० मा जलेश्वर जेल चलान भएका राजन मुक्ति अझै पनि राज्यसँग बार्ता गर्न तयार रहेको बताएका छन् । अध्यक्ष सुप्रिमो रहेको उनको संगठनमा पोलिटव्यूरो, केन्द्रिय कमिटी, जिल्ला कमिटी देखि विद्यार्थी, यूवा समेतको सांगठनिक ढाँचा रहेको उनी बताउँछन् ।
(जलेश्वर कारागारमा राजन मुक्ति भनिने रंजित झासँग जलेश्वर कारागारमा द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीमा आधारित)


२०७० चैत्र ०२ गते आईतबार

स्थानिय संचार अन्तराष्ट्रिय खबर-धर्मेन्द्र कुमार झा


धर्मेन्द्र कुमार झा

विषय प्रवेश ः
प्रजातन्त्रको पुनः बहालीससँगै दुई दशक भित्र नेपालको संचारमा क्रान्ति नै आयो । राष्टिूय देखि स्थानिय स्तरमा छापा तथा इलोक्टूोनिक संचार माध्यमहरुको निकै वृद्धि भयो । मोफसल होस या राजधानी संचारको उपस्थिति राम्रै मान्न सकिन्छ । सम्भवतः काठमाण्डौ उपव्यका बाहेक सबभन्दा वढी पत्र पत्रिका रेडियो स्टेशन तथा पत्रकारहरुको संख्या जनकपुरमा छन् । त्यो किन न हुनु, प्राचिनकाल देखि नै जनकपुर ऐतिहासिक, बौद्धिक र क्रान्ति स्थलको रुपमा रहेको सर्बविदित छ । या त्यो राजा जनकको समय होस या राणाकाल या महेन्द्रको पञ्चायती व्यवस्था, या प्रजातन्त्र या वर्तमान लोकतान्त्रिक गणतन्त्र अवधी । अहिले वर्तमान अवस्थामा जनकपुरमा आठ ओटा एफ.एम.रेडियो स्टेशन र सयौं भन्दा वढी पत्र पत्रिका संचालित छन् । जसमा प्रत्यक्ष अप्रत्यक्ष गरी तीन सयको हाराहारीमा संचारकर्मीहरु कार्यरत छन् । हाल सालै पत्रकार महासंघले चुनावको लागि सार्वजनिक गरेको मतदाता नामावलीमा १९६ पत्रकारको संख्या रहेको थियो । जबकी धेरै कार्यरत पत्रकारहरु त्यसमा समावेश हुनबाट बन्चित भएका छन् । भन्नुको तात्पर्य, यति ठुलो संख्यामा रहेको पत्रपत्रिका, एफ.एम र पत्रकारहरु स्थानिय खबर वा मुद्दा कम तर अन्तराष्टिूय अर्थात राष्टिूय खबरको संख्या बढी हुन्छ । त्यो किन ?
यथाअवस्था तथा समस्या ः
सयौंको संख्यामा पत्रपत्रिका दर्ता भए पनि दर्जनौंको संख्यामा मात्र निरन्तर प्रकाशन भईरहेका छन् । जति पत्रिपत्रिका प्रकाशन भइरहेका छन् त्यसमा पनि स्थानीय खबर भन्दा अन्य खबरहरुको संख्या वढी हुन्छ । सम्पादकीय तथा ब्यानर न्यूज बाहेक बहुत कम स्थानिय खबरहरु पढन पाइन्छ । विश्लेषणात्मक र खोजमुलक न्यूजको त खडेरी नै छ । एक(दुई साप्ताहिक बाहेक अन्यमा नेट न्यूज बाहेक केही हुँदैन । प्रायः पत्रपत्रिकामा नेटबाट कापी गरिएको सामाचारहरु प्रमुखताका साथ छापिएका हुन्छन् । काठमाण्डौबाट प्रकाशित हुने पत्रपत्रिकाका स्थानिय सहयोगी संचार माध्यमका रुपमा स्थानीय पत्रपत्रिकाहरु प्रयोग भइरहेका छन् । छ्याप(छ्याप्ती प्रकाशन भइरहेका पत्रपत्रिकाहरुलाई पल्टाएर हेर्दा दश प्रतिशत स्थानीय सामाचार, पचास प्रतिशत अन्य र चालिस प्रतिशत विज्ञापनले पत्रिकाका पेजहरुलाई ढाकेका हुन्छन् । स्तम्भकार स्वयंलाई यो कुरा तब महसुस भयो जब स्तम्भकारले अन्य पाठकहरुलाई स्थानीय पत्र पत्रिका पढ्न प्रोत्साहित गर्दा । अन्य पाठकहरुको जवाफ थियो स्थानीय पत्र पत्रिकामा हुन्छ नै के ? एफ.एम सुनिसकेपछि र राष्टिूय पत्रिका हेरीसके पछि हेर्न केही नयाँ त्यसमा रहँदैन । तत्पश्चात म वास्तवमा स्थानीय पत्रपत्रिका स्थानीय समस्याहरुलाई खोज गरी विश्लेषणात्मक तरिकाले प्रस्तुत गरेको देखिदैन । प्रायः पत्रपत्रिकामा विभिन्न कार्यक्रमका सामाचार, नेताहरुले भनेका कुरा, स्थानीय अदालत, प्रहरी र प्रशासनले सार्वजनिक गरेका खबरहरु तथा कुनै न कुनै फिल्मी हट फोटो सहिताका कोल्ड न्यूज समेटीएका हुन्छन् । सुरु(सुरुमा इलोक्टूोनिक होस या छापा दुबैले मौलिक सामाचार तथा विषय बस्तु मात्रै समेटने गरेको पाइन्थ्यो । तर, विड्म्बना नेटको प्रयोगसँगै पत्रकारहरुमा आलस्यता वढ्दै गयो । एफ.एम.हरुमा बिबिसी, सिआइएन, कायाकरण लगायतका महत्वपुर्ण सामाचार बेस्ट कार्यक्रम बाहेक सबै मौलिक कार्यक्रम हुन्थ्यो । तर आजकाल एफ.एम.हरु पनि धेरै कार्यक्रम बोरोमा लिने गरेको छ । यसले एउटा ठुलो प्रश्न उठाएको छ की यहाँका पत्रकार तथा बुद्धिजिवी के कमजोर भइसकेका छन् या छदै छैनन् ? मलाई जहाँसम्म लाग्छ यस्तो कदापी होइन । किनभने जनकपुरका पत्रकार तथा बुद्धिजिवी स्तम्भकारहरु एकदम सक्षम र दक्ष छन् । तर, पनि यस्तो प्रश्नले कसरी उठ्ने मौका पाए त ! म आफै चिन्तित छु । विशेषज्ञ विहिन संचार माध्यम र संचारकर्मीलाई उचित पारिश्रमिक तथा सम्मानको अभावमा यस्तो अवस्थाको सिर्जना भएको छ । एफ.एममा राम्ररी बोल्ने एउटा कला हो जुन अभ्यासले सिकाउँछ तर विषय तथा घटना विश्लेषण अध्ययनले मात्रै सिकाउँछ । तर एफ.एम.हरुमा आफ्नो विशेषज्ञता भन्दा फरकका विभिन्न मुद्दा वा विषयमा गलत विश्लेषण भइरहेको सुनिन्छ । साथै इरिटेटिङग तरिकाले एकैनासका प्रायः विज्ञान प्रसारण भइरहेका हुन्छन् । कतिपय विज्ञापन त मानवीयता तथा कानुनलाई उल्लंधन गरेर बनाइएको हुन्छ । जसले गर्दा श्रोतामा उदासिनता बढाउँछ । प्रायः विश्लेषणात्मक तथा साक्षात्कार कार्यक्रममा केही खास व्यक्तिहरुलाई मात्रै बोलाउने गरेको हुन्छ । या त्यो जुनसुकै विषय वस्तुले न्याय पाइरहेको हुँदैन अर्थात सम्बन्धित तथा सरोकारीता मुद्दा र व्यक्तिहरुले स्थान पाएको देखिदैन ।
नियन्त्रण विहिन संचारको दौडमा सबैलाई अरु भन्दा फरक गर्नु छ । सबैलाई प्रकाशक र सम्पादक बन्नु छ । पत्रकारको कार्ड झुन्ड्याउनु छ । आफ्नो मन परेको व्यक्ति, दल, नेता, समुह, जातको प्रवक्ता बन्नु छ र जश लिनु छ । दुई पैसा कमाउनु छ । सरकारबाट पत्रिकाको वर्गिकरण आधारमा अनुदान पाउनु छ । ब्लैक मनिलाई ह्वाइट गर्नु छ । पत्रिका कै आधारमा अरुलाई डराउनु छ । यी आदि इत्यादी संकिर्ण मनसायले संचार चलाएमा मौलिक तथा निष्पक्ष वा स्वतन्त्र समाचार आउने सम्भावना कम हुन्छ । क्षमता हुँदा हुँदै पनि सम्भव हुँदैन । पत्रकारहरु माथि समय समयमा विभिन्न आरोपहरु तथा समस्याहरु आइरहेका हुन्छन् । के सबै निर्दोष हुन त ? पक्कै पनि होइन । केही पत्रकारको आचरणकै कारण सम्पुर्ण पत्रकार समाज बदनाम भइरहेको स्थिति छ । पत्रकारहरुलाई विभिन्न आरोप लाग्नुमा उचित पारिश्रमिक नपाउनु सबभन्दा ठुलो कुरो हो । जसले गर्दा उसलाई इमान्दारी पूर्वक काम गर्न गाह्रो हुन्छ । त्यसैगरी स्तम्भकारहरुलाई एउटा लेख लेख्नलाई करिब आठ(नौ घण्टा समय दिदैन । तसर्थ व्यवसायीक रुपमा वा नियमित रुपमा योगदान दिने स्तम्भकारको अभाव छ । यहाँ कति पय संचारलाई मौलिक खबर टाइपगर्न फुर्सद हुँदैन । एक त पुँजीको अभाव त्यसमा पनि श्रमशक्ति र श्रोत(साधनको कमीले गर्दा स्थानीय देखि अन्तराष्टिूय खबरहरुमा खासै मौलिकता पाइँदैन ।
सामाधानका उपाय तथा निष्कर्ष ः
संचारलाई नेपालको चौथो अंगका रुपमा लिने गरिन्छ । वास्तवमा केही दशक यता एसियाका विकासोन्मुख देशहरुमा पनि संचारले परिवर्तन गर्नमा ठुलो भुमिका खेलेको छ । त्यसमा नेपाल अक्षम छैन । केन्द्रमुखि पत्रपत्रिका भन्दा स्थानीय पत्रपत्रिकाको जिम्मेवारी अझ वढी छ जस्तो लाग्छ । आ(आफ्नो स्थानबाट स्वतन्त्र र निष्पक्ष भई अवाज विहिनहरुको आवाजलाई उठाउन स्थानीय संचारहरुले काम गर्यो भने सबैको आवाज स्वतः केन्द्रमा पुग्छ । किनभने केन्द्रका लागि पनि ती स्थानीय पत्रकारहरु नै खबर दिन्छन् । ताजा र फरक खबर दिने नाममा आधारविहिन प्रमाणित विना कै सामाचार प्रसारण गर्नू हुँदैन । अस्वस्थ प्रतिस्पर्धाले गर्दा संचारको गरीमा घटेको छ । कुनै घटना वा विषय वस्तुलाई विश्लेषण गर्दा रंगहिन हुनुपर्छ । कुनै दल, व्यक्ति वा समुहको प्रभाव पर्न दिनु हुँदैन । संपादक तथा पत्रकारमहासंघले पत्र पत्रिका तथा पत्रकारहरुलाई निगरानी गर्नुपर्छ । र उनीहरुलाई समाज, राष्टू र जनता प्रति उत्तरदायी बनाउनुपर्छ । संचार उद्यमीहरु संचारकर्मीहरुलाई उचित पारिश्रमिक प्रदान गरी स्वतन्त्र भई काम गर्न प्रोत्साहित गर्नुपर्छ । स्थानीय श्रोत साधन र श्रमशक्तिमा वृद्धि ल्याउन विभिन्न योजना बनाउनु पर्छ । बढी भन्दा वढी पाठकलाई जोड्ने किसिमले विषयवस्तु समेट्नु पर्छ ।
जनकपुरमा संख्यात्मक रुपमा पत्रपत्रिका तथा एफ.एम.को संख्या बढे पनि गुणात्मकताको अहिले पनि अभाव देखिन्छ । मिशन यूक्त संचारको खाँचो देखिन्छ । दलित र आर्थिक स्वार्थ भन्दा माथी उठेर संचार चलाउनुपर्ने आवश्यकता छ । कुनै घटना हुँदा पक्ष विपक्षमा विश्लेषण प्रसारण हुन थाल्छ, स्वतन्त्र विश्लेषणको अभाव भइरहेको हुन्छ । आम पाठक र श्रोता स्वतन्त्र र तथ्य फरक खबर र विश्लेषण पढ्न र सुन्न चाहेका हुन्छन् । यहाँ कार्डधारी पत्रकार धेरै छन् तर मिशन यूक्त कामधारी पत्रकार बहुत कम छन् । हाल सालै निर्वाचित भएका पत्रकार महासंघ कार्यकारीणी समितिको जिम्मेवारी हुन जान्छ की जनकपुरको संचारले यस्तो काम गरुन कि जनकपुरको सामाजिक, आर्थिक, धार्मिक, भौतिक, शैक्षित लगायतका विकास यसरी गगन चुमुन कि दुनियाले यहाँको संचारलाई उदाहरणमा प्रस्तुत गरोस । वास्तवमा जनकपुरका संचारले धेरै गरेका छन् र धेरै गर्न बाँकी पनि छन् । जसले गर्छ उसै माथी आमजनताको अपेक्षा पनि हुन्छ । यहाँका नेताहरुमा विश्वास गर्न गाह्रो छ । त्यसैले संचारले ती सबलाई जवाफदेही र उत्तरदायी बनाउने हो । यो स्थानीय र गैर स्थानीय सामाचारहरुलाई मौलिक रुपमा प्रस्तुत गरेर । बाहिर आएका कुरा कुनै न कुनै माध्यमबाट सबैलाई थाहा भईहाल्छ तर बाहिर नआएका कुराहरु बाहिर ल्याएर मात्रै स्थानीयताको स्वाद स्थानीय पाठकलाई हुनेछ । यस लेखमा हनुमानजीको शक्ति महसुस गराइएको छ । अब हेर्नु छ हनुमानजीहरु महसुस गर्छ कि गर्दैन ।


२०७० चैत्र ०२ गते आईतबार

द एक्सक्लुसिभका सम्पादक सम्मानित



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जिल्ला खेलकुद विकास समिति धनुषाले शुक्रबार धनुषाका ४ जना पत्रकारहरुलाई सम्मानित गरेको छ । जिल्ला स्तरीय राष्टूपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७० को समापन कार्यक्रममा धनुषाका पत्रकारहरु नागरिक दैनिकका सुरेश यादव,रेडियो मिथिलाका घनश्याम मिश्र, द एक्सक्लुसिभका सम्पादक अजय अनुरागी र मधेश न्यूज डट कमका विकास कुमार साहलाई समितिले दोसल्ला ओढाई सम्मानित गरेको हो । खेलकुदको विकासमा पत्रकारिताको माध्यमले योगदान दिएको वापत सम्मानित गरिएको खेलकुद विकास समिति धनुषाका सचिव प्रदिप कुमार शर्माले बताएका थिए ।
द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीलाई सम्मान गर्दै सशस्त्र प्रहरी प्रमुख सुवर्ण थापा मगर ।

 यस पटक समितिले आफै मूल्यांकन गरेर सम्मानित गरेको भएपनि आगामी बर्ष देखि नेपाल पत्रकार महासंघ धनुषा तथा खेलकुद पत्रकार मञ्च धनुषाको सिफारिस र खेलकुद विकास समितिको निर्णयका आधारमा ४ जना पत्रकारहरुलाई सम्मानित गरिने शर्माले बताए । सोही कार्यक्रममा कबडी प्रशिक्षक रामनारायण रायलाई पनि दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।


२०७० चैत्र ०२ गते आईतबार

मावि चक्करले उचाल्यो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी


रनिङ्ग शिल्डको उपाधी लगातार चौथों पटक शंकर जनता उच्च मा.वि. चक्करले उचालेको छ ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जिल्ला स्तरीय राष्टूपति रनिङ्ग शिल्डको उपाधी लगातार चौथों पटक शंकर जनता उच्च मा.वि. चक्करले उचालेको छ । जिल्ला खेलकुद विकास समिति धनुषाको आयोजनामा फागुन २७ गते देखि आयोजना भएको उक्त प्रतियोगिता अन्तर्गत सर्वाधिक १ सय २५ अंक ल्याएर मावि चक्करले प्रथम भई उपाधी हात पारेको छ । त्यसै गरि ज्ञान मन्दिर इंग्लीश बोर्डंिग स्कूल महेन्द्रनगरले ९४ अंक ल्याई दोस्रो र कंटिर झा नमूना उच्च मा.वि. बभनगामाले ८४ अंक ल्याएर तेस्रो स्थान हासिल गरेको छ । विजेता भएको विद्यालयले शिल्ड,मेडलसहित नगद रु। १५ हजार, दोस्रो भएको विद्यालयले शिल्ड,मेडलसहित नगद रु। १२ हजार र तेस्रो स्थान ल्याएको विद्यालयले शिल्ड,मेडल सहित नगद रु। ९ हजार प्राप्त गरेको छ । करिब ५० भन्दा बढी विद्यालयहरु सहभागी भएको उक्त प्रतियोगितामा ३० वटा विद्यालयहरुले मेडल जित्न सफल भएको थियो । प्रतियोगितामा ऐथेलेटिक्सका १३ विधा , भलिबल,तेक्वान्दो र कराँते तर्फ गरि ४ वटा खेलमा छात्रछात्राहरु सहभागी भएका थिए । प्रतियोगितामा छात्र र छात्रा तर्फ क्रमशः १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर  र १५ सय मिटर र ५ हजार मिटरको दौड भएको थियो ।  त्यसैगरी छात्र र छात्रा तर्फ हाइजम्प, लङग जम्प, सर्टपुट थ्रो, ४÷४ सय मिटर रिले त्रिपल जम्प, भलिबल, तेकवान्दो र कराँते खेल भएको थियो । छात्र तर्फको भविबल खेलमा उच्च मावि बभनगामा र मावि कटरैत ले प्रतिपर्धा गरेको थियो । जसमा बभनगामा विजय भएका थिए । त्यसैगरी छात्रा तर्फ लालगढ नमुना मावि र विनायक उमावि ढल्केबर बीच भएको फाइनल खेलमा लालगढ विजयी भएको थियो । शुक्रवार सम्पन्न भएको उक्त प्रतियोगितामा जनकपुरका खेल क्षेत्रका हस्तीहरु , नागरिक समाज र शिक्षकहरुका बीच समापन समारोहको आयोजना गरिएको थियो । कार्यक्रममा सहभागी वक्ताहरुले खेलकुदको विकासका लागि उक्त प्रतियोगिताले ठूलो टेवा पु¥याएको बताएका थिए । जिल्ला खेलकुद विकास समिति धनुषाका अध्यक्ष मिन बहादुर जर्घा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी  धनुषाका एसपी उत्तम राज सुवेदी, शसस्त्र प्रहरीका एसपी सुर्वण थापा मगर, टूाफिक प्रमुख राजन भेटवाल,भारोतोलन संघ धनुषाका अध्यक्ष अमरचन्द्र अनिल, सहायक जिल्ला शिक्षा अधिकारी मेहीलाल यादव , खेलकुद विकास समिति धनुषाका सचिव प्रदिप शर्मा लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिती रहेको थियो ।

२०७० चैत्र ०२ गते आईतबार

Tuesday, March 11, 2014

महासंघ पत्रकारहरु प्रति प्रतिवद्ध हुन आवश्यक- सम्पादकीय


नेपाल पत्रकार महासंघ धनुषा शाखाको नवौं अधिवेशनबाट पत्रकार अनिल मिश्रको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति र २८ जना केन्द्रिय पार्षद निर्वाचित भएका छन् । बाम तालमेल र केही पुर्व अध्यक्षहरु र स्वतन्त्र पत्रकारहरुको समर्थनमा विजयी प्राप्त गरेका मिश्रले अवसर सँगसँगै चुनौतीको पनि सामना गर्नुपर्ने निश्चित छ । यस अघिसम्मका कार्यसमितिले गरेको राम्रा कार्यहरुलाई निरन्तरता प्रदान गर्नुका साथै ऐतिहासिक र किर्तीमानी कार्यहरु गर्नु आवश्यक देखिन्छ ।
सबैभन्दा पहिले महासंघको वर्षौ देखिको ऐजेन्डाको रुपमा रहेको महासंघको भवन निर्माण गर्नु पहिलो प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । आयमुलक आधुनिक भवन निर्माण सँगै बाचनालय, पुस्तकालय, सभाहल सहितको भवन निर्माण आगामी एक वर्ष भित्रमा नयाँ नेतृत्वले गरिसक्नुपर्ने हुन्छ । श्रमजिवी पत्रकारहरुको सधै देखिको ऐजेन्डा श्रमजिवी पारिश्रमिक ऐन धनुषामा कार्यान्वयन गराउनु दोस्रो प्राथमिकतामा राख्नु पर्दछ । त्यसैगरी संचारगृहलाई सबल र सशक्त बनाउन विज्ञापनलाई समावेशी गर्दै समानुपातिक ढंगले वितरण गर्न एक द्वार विज्ञापन प्रणाली लागु गराउन सक्नुपर्दछ । स्थानिय बजारको विज्ञापन काठमाण्डौका संचारगृहहरुले पाइरहेको अवस्थालाई चिरदै स्थानिय अखबारमा पनि दिलाउने प्रयत्न गर्नुपर्दछ । जेष्ठ पत्रकारहरुको सम्मानका लागि पनि स्थानिय निकायसँग समन्वय गरी सामाजिक सुरक्षा भत्ताको व्यवस्था गराउन सक्नुपर्दछ । पत्रकारहरुको कल्याण, भै परी र अत्यावश्यक सुरक्षाका लागि पत्रकार कल्याण कोषको ५० हजार रकमलाई ५ लाखसम्म पु¥याउनु पर्दछ । पत्रकारहरुको दक्षता अभिवृद्धिका लागि विभिन्न निकायहरुसँग समन्वय गरी पत्रकारहरुलाई विधागत तालिम दिलाउन सक्नुपर्दछ ।
प्रेस काउन्सिलले पत्र पत्रिकाको वर्गिकरण गर्दा गर्ने विभेद विरुद्ध महासंघ सशक्त भई त्यसका लागि संघर्ष गर्न पछि हट्नु हुँदैन । एफएमहरुलाई पनि व्यवस्थित पार्नुका साथै अनलाईन पत्रकारिताका लागि पहल थाल्नुपर्दछ । सबैभन्दा महत्वपुर्ण कुरो के हो भने जनकपुरका पत्रकारहरु भौतिक रुपले पनि विभिन्न तत्वहरुबाट असुरक्षित रहदै आएका छन् । पत्रकार उमा सिंहको हत्या, संचार उद्यमी अरुण सिंघानियाको हत्या, विभिन्न आन्दोलनमा पत्रकारहरुमाथि भएको आक्रमण, समय समयमा पत्रकारहरुले खेप्नुपरेको धम्की, सेल्फ सेन्सर सिपको अवस्था आदिले जनकपुरका पत्रकारहरु भौतिक रुपले कतिसम्म असुरक्षित छन भन्ने पुष्टि गर्दछ । त्यसकारण पत्रकारहरुको भौतिक सुरक्षाको सबालमा समेत महासंघ गम्भीर हुनु आवश्यक छ । पत्रकारहरुको निशुल्क जिवन विमा, यातायात स्वास्थ्य सेवामा सुविधा लगायतका मुद्दाहरुमा महासंघले तत्काल पहल थाल्नु आवश्यक देखिन्छ ।
जनकपुरका सम्पुर्ण पत्रकारहरुलाई एक ढिक्का पारेर गुणस्तरिय पत्रकारिताको विकासका लागि महासंघको नयाँ नेतृत्व सफल होस, नयाँ कार्यसमिति सबै पत्रकारहरुको कार्यसमिति बनोस भन्ने कामना सहित सफल कार्यकालको लागि नव निर्वाचित कार्यसमितिलाई हार्दिक बधाई र शुभकामना समेत दिन चाहन्छौं ।

२०७० फागुन २५ गते 

संघिय स्वतन्त्र निर्वाचन आयोग स्थापनाको जन परिकल्पना-


एन.के. झा

संंविधानमा राष्टूपती र उप(राष्टूपती संघिय संविधान व्यवस्थापकि संसद को दुवै सदन र राज्य(व्यवस्थापिका संसदको निर्वाचन प्रकृया माथि राजनैतिक सहमती गरि(गरिनु पर्छ । पृथक, सम्प्रादायिक, कुनै पनि क्षेत्रिय जात(जातीको विशेष प्रतिनिधित्वको छुटैृ निर्वाचनको विधि हुनु हुदैंन । व्यवस्थापिका संसद कुनै पनि सदन अथवा कुनै पनि राज्यको व्यवस्थापिका संसदको निर्वाचनको लागि राज्य पुनः संरचना गरि निर्वाचन क्षेत्र निर्धारण गरिनु पर्छ । प्रत्येक निर्वाचन क्षेत्रको आ(आप्mनो मतदाता नामावली हुन्छ । जसमा धर्म, मुलवंश, जातजाति, लिङ यस मध्ये एक आधारमा १८ वर्ष पुरा गरेको कुनै पनि व्यक्ति जसको त्यस निर्वाचन क्षेत्रको कुनै गाउं टोल वस्तीमा स्थायि घर, जग्गा, बसोवास भएको नेपाली नागरिक मतदाता नमावलीमा नामसमावेश भएको मतदानको हकदार हुनेछ । त्यस पछि संविधान सभाबाट बनाइएको संविधानको अधिनमा रही राष्टूपती र उप(राष्टूपती, संघिय व्यवस्थापिका संसद,राज्य व्यवस्थापिका संसदको निर्वाचन सम्वन्धमा सबै विषयहरुमाथि विधि बनाउने शक्ति संघिय व्यवस्थापिका संसदलाई दिनुपर्छ । राज्य व्यवस्थापिका संसद द्धारा राज्य व्यवस्थापिका संसदको निर्वाचन सम्वन्धमा विधिबनाउन सकिने छ, जुन संघिय व्यवस्थापिका संसदलाई मान्य हुने भई विश्व मान्य प्रचलित लोकतान्त्रिक सिद्धान्तको विपरित हुन भएन, अर्थात राज्य व्यवस्थापिका संसदले राज्य व्यवस्थापिका संसदको निर्वाचन सम्वन्धमा विधि बनाउन सक्छ, जुन विषयमा संघिय व्यवस्थापिका संसदले ईच्छा कल्पना गर्न सकेको थिएन । राज्य व्यवस्थापिका संसद द्धारा बनाइएको निर्वाचन सम्वन्धि विधित्व मान्य हुन सक्छ, तव संघिय व्यवस्थापिका संसद द्धारा बनाइएको विधि विपरित हुनु हुदैंन ।
एक सदस्यीय संघिय व्यवस्थापिका निर्वाचन क्षेत्र र राज्य व्यवस्थापिका निर्वाचन क्षेत्र राज्य पुनः संरक्षना गरी निर्धारण गरिनु पर्छ । सर्भभौम अखन्ड नेपाललाई एक निर्वाचन क्षेत्र मानि विश्व मान्य लोकतान्त्रिक सिद्धान्त अनुकुल राष्टूपती र उप(राष्टूपतीको एक दिवसीय प्रत्यक्ष निर्वाचन गर्ने हक सर्भभौम अखण्ड नेपालको नागरिक लाई दिनु पर्छ । प्रत्येक पाँच वर्षमा गरिने (१) राष्टूपती र उप(राष्टूपतीको निर्वाचन (२) संघिय व्यवस्थापिका संसद तल्लो सदन लोक सभा (३) राज्य व्यवस्थापिका संसद प्रतिनिधि सभाको प्रत्यक्ष जननिर्वाचनको अन्तिम परिणाम घोषण, संसदको बैठकको अह्वान, संसदको अध्यक्षता, सपथ ग्रंहन बैठक सम्बोधन निरन्तरताको बैधानिकता दिनुपर्छ । प्रत्येक सदनको कार्यकाल पदावधि समाप्त हुनु भन्दा १ महिना पूर्व देखि १ महिना पछि भित्रै निधारीत विधि अनुसार गर्नु÷गराउनु पर्ने सकल्प लिनु पर्छ । राष्टूपती र संसदको पुनरागमण,अन्तराल, रिक्त्तता धेरै लामो समय सम्म राख्नु हुदैन । निर्धारित समयमा निर्वाचन गराउन सक्ने कार्यशक्ति संघिय स्वतन्त्र निर्वाचन आयोगलाई दिनुपर्छ । संघिय निर्वाचन आयोग र राज्य निर्वाचान आयोगलाई सक्षम,सबल, स्वतन्त्र, निश्पक्ष बनाउने क्षाती माथी हाथ राखी आफ्नो मन बुद्धिले राष्टू र राष्टिूयता जोगाउन तथा लोकतन्त्र स्थापनाको लािग सत्य संकल्प सबै नेपालीले लिनुपर्छ । निर्वाचनको तिथि ढिलो गरि तोक्नु, हतारमा सम्पूण तयारी गर्ने, मतदाता नमावली पूर्ण रुपमा आवधिक गर्न नसक्ने, रिक्त आयुक्तको नियुक्ती ढिलो गरी गर्नु, जेष्ठ योग्य र अनुभवी व्यक्तिलाई आयुक्तमा छनौट पारदर्शीता नगर्नु,  राजनीतिक भाग बण्ड गरी गर्नु, मतदात गर्ने दिन सम्ममा मतदाता परिचय पत्र वितरण गर्नु पर्ने, निर्वाचन सामाग्रीको उपलब्धता बैदेशिक सहयोगको भरपर्नुपर्ने, निर्वाचन तिथि निर्धारण पछि मात्र निर्वाचन आयोगले निर्वाचनको तयारी गर्न धौ,धौ पर्ने, ऐन केन निर्वाचनको वातावरण तयारी हुने, मतदानमा खटिने कर्मचारीको योग्यता, क्षमता, र सुरक्षामा अभिवृद्धि गर्नु पर्ने । निर्वाचनमा बैदेशिक चलखेल बढ्ने कारण निर्वाचनको निश्पक्क्षता, स्वच्छता, स्वतन्त्रता माथि प्रश्न चिन्ह खडा हुन नदिन संघिय निर्वाचन आयोग र राज्य निर्वाचन आयोगलाई संविधानमा नै सक्षम, स्वच्छ, स्वतन्त्र र निश्पक्ष बनाउने सत्य सकल्प लिनु पर्छ । 
यदा(कदा निर्वाचनमा उठेको गम्भीर प्रकृतिका संवैधानीक समस्या समाधान गर्न छुटै न्यायलयको व्यवस्था हुनु हुदैन । निर्वाचन सम्बन्धी संघिय संरचना र संविधान निर्माण पश्चात संघिय सदस्य राज्य भित्रको संघिय व्यवस्थापिका (लोक सभा) र राज्य व्यवस्थापिका राज्य प्रतिनिधि सभा संसदको विधि निर्धारित लोक प्रतिनिधित्वको निर्वाचनमा भएको त्रुटि÷धाँधली, निश्पक्षता, स्वच्छता, स्वतन्त्रता जस्तो कुनै सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन विषयमा पुनरावलोकन, छानविन गरि न्याय निर्णय पाउन सर्वोच्तम न्यायलयमा अपिल गर्न सक्ने विधि व्यवस्था गर्नु पर्छ । सर्वाेच्तम न्यायलयको निर्णय फैसला अन्तिम हुनेछ । छुटै निर्वाचन अदालत राख्नु, राज्य र जनता प्रतिभर हुनेछ । 
संघिय र राज्य व्यवस्थापिका संसदलाई निर्वाचन सम्वन्धि निर्वाचन तिथि घोषणा देखि निर्वाचनको सम्पन्न सम्मको विवादहरु सम्बन्धमा निर्वाचन आयोगले गरेको प्रशासकिय न्याय, निर्णय फैसला राय सुझाव माथि विधि, प्रक्रिया निर्धारण गर्ने अधिकार शक्ति दिनु पर्छ । निर्वाचन तिथी घोषणा देखी निर्वाचनको अन्तिम परिणाम घोषणा सम्मको निर्वाचन अबधी भित्र निर्वाचन सम्बन्धी विवाद÷मुद्दाहरु माथी निर्णय फैसला गर्न सक्ने अधिकार शक्ति निर्वाचन आयोगको निर्वाचन परिषदलाई दिनु पर्छ ।  निर्वाचन सम्वन्धि विधि बनाउने विषयमा कुनै पनि न्यायलयलाई अधिकार दिनु हुदैंन । संविधान र व्यवस्थापिका संसद द्धारा निर्धारीत गरेको विधि, प्रक्रिया अनुकुल निर्वाचन कार्य सम्पन्न भए नभएको विवाद माथि अन्तिम निर्णय गर्ने अधिकार शक्ति संघिय स्वतन्त्र सर्वोचत्तम न्यायलयलाई दिनुपर्छ । राष्टूपती र उप(राष्टूपती, प्रधान मन्त्रि, व्यवस्थापिका संसद (संघिय र राज्य) को अध्यक्ष वा सभापतिको निर्वाचन सम्वन्धि विवदमाथि अन्तिम निर्णय पैmसला गर्ने कार्य शक्ति सर्वोच्तम न्यायलयलाई दिनुपर्छ ।
निर्वाचन आयुक्तलाई कार्यपालिका र सत्तारुढ राजनैतिक दलको नियन्त्रणबाट मुक्त गरि लोकतन्त्र प्राप्तिको लागि संविधानमा नै स्वतन्त्र निर्वाचन आयोगको स्थापना गर्ने सर्वसहमति हुनु पर्छ । निर्वाचन आचारसंहिताको पश्चयात राष्टूको सम्पूर्ण शक्ती निर्वाचन आयोगमा केन्द्रित हुने विधि व्यवस्था हुनुपर्छ । स्वतन्त्र, स्वच्छ, निश्पक्ष, भयरहित वातावरणमा जनमतको संकलन गर्ने कल्पना सोच निर्वाचनमा संग्लन जनता, राजनैतिक दल, उमेदवार तथा प्रशासन, सुरक्षा सहितको निर्वाचन आयोग सबैले आ(आप्mनो स्तरबाट राष्टू,राष्टिूयता र लोकतन्त्रको स्थापना, विकास तथा रक्षा प्रति समानरुपमा प्रतिवद्ध रहनुपर्छ ।
१.  संघिय निर्वाचन आयोग गठन ः–
संघिय निर्वाचन आयोगको रिक्त प्रमुख निर्वाचन आयुक्तमा संबैधानिक परिषदले सिफारिस गरेको संघिय निर्वाचन आयोगको अन्य आयुक्र मध्ये जेष्ठता आयुक्तलाई राष्टूपतीले गरिनु पर्छ । संघिय निर्वाचन आयोगको रिक्त अन्य आयुक्तमा संबैधानिक परिषदले सिफारिस गरेको राज्यको कार्यरत तथा अवकास प्राप्त मुख्य निर्वाचन आयुक्त मध्ये जेष्ठ, योग्य, अनुभवी आयुक्तलाई नियुक्ति तथा सपथ गं्रहण गराउने शक्ति राष्टूपतिलाई दिनु पर्दछ । संघिय निर्वाचन आयोगमा प्रमुख निर्वाचन आयुक्त सहित(५ जना आयुक्त रहनु पर्छ । प्रमुख निर्वाचन आयुक्तले संघिय निर्वाचन आयोगको अध्यक्ष भै काम काज गर्नु पर्छ । प्रमुख निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्तको पदावधि नियुक्ती भएको मितिले ६ वर्षको हुनुपर्छ । प्रमुख निर्वाचन आयुक्त र अन्य निर्वाचन आयुक्त ६५ वर्ष उमेर र ६ वर्ष कार्यकाल मध्ये जुन पहिलो पुरा भएपछि अवकाश पाउने छ । प्रमुख निर्वाचन आयुक्त र अन्य आयुक्तको सेवा, सुरक्षा, सेवा कालिन आवास, परिवहन, संचार, अवकास र अवकास पछिको सुविधाको बैधानिकता हुनु पर्छ । सर्वोचम न्यायलयको न्यायधिश सरह समान आधार, समान तरिकाले आयुक्तलाई हटाउन सक्ने विधि व्यवस्था अपनाउनु पर्छ । अवकास पछि आयुक्तहरु सार्वजनिक सेवाको लागि ग्रहय हुनु हुदैन । तर अवकास प्राप्त मुख्य निर्वाचन आयुक्तको उमेर ६५ वर्ष पुरा हुन कम्तीमा २ वर्ष बाँकी छ, भने संघिय निर्वाचन आयोगको रिक्त अन्य आयुक्तमा जेष्ठ अनुभवी आयुक्तलाई संवैधानिक परिषदको सिफारीसमा राष्टूपतिले नियुक्ति गर्नु पर्ने प्रावधान अपनाईनु पर्छ ।
२.  संघिय स्वतन्त्र(निर्वाचन आयोगको संगठनात्मक स्वरुप

३.  नेपाल निर्वाचन परिषद ः(
नेपाल सरकारलाई नियमित निरन्तर निर्वाचन सम्बन्धी राय परामर्श दिन, आयुक्तको पूर्व योग्यता परीक्षा निर्धारण गरी संचालन गर्न, छुटै निजामती निर्वाचन सेवाको गठन गरी संचालन गर्न÷गराउन, रिक्त आयुक्तमा (संवैधानिक प्रक्रिया अनुसार), जेष्ठ, योग्य, अनुभवी, उम्मेदवारको दरखास्त आहवान र छनौट गरी नियुक्तीको लागि सिफारिस गर्न, प्रमुख निर्वाचन आयुक्त बाहेक अन्य आयुक्तहरुको विदा काज स्वीकृतिको लागि सिफारिस गर्न ( तर प्रमुख निर्वाचन आयुक्तको नियुक्ती, विदा काज, सिफारिस गर्न बस्ने बैठकको अध्यक्षता प्रधान न्यायधिशले गर्ने व्यवस्था अपनाउनु पर्छ), आयुक्तहरुको नियुक्ती विदा, काज, अनुशासन र प्रशासन सम्बन्धी काम कार्वाही आवकाश एवं सुविधा भुक्तानीको अभिलेख राख्न, निर्वाचन आयोगलाई निर्वाचनको सम्पूर्ण वातावरण तयार गर्ने गराउने कार्यमा सहयोग तथा राय परामर्श दिन, तथा  निजामती निर्वाचन सेवा गठन तथा संचालन, नियन्त्रण, व्यवस्थापन गर्न को लागि एउटा स्वतन्त्र निर्वाचन परिषद हुनु पर्छ । जसमा (१) प्रमुख निर्वाचन आयुक्त अध्यक्ष (२) लोक सेवा आयोगका अध्यक्ष(सदस्य (३) महान्यायधिवक्ता सदस्य (४) गृह सचिव सदस्य (५) समान्य प्रशासन मन्त्रालयको सचिव(सदस्य (६) संघ र राज्यको सुरक्षा निकाय प्रमुख(सदस्य (७) राज्यको मुख्य निर्वाचन आयुक्त(सदस्य (८) सदस्य राज्यको मुख्य न्यायधीसहरु सदस्य (१०) राज्यको मुख्य प्रशासक राज्यपालहरु– सदस्य (११) निर्वाचन आयोगका सचिव (सदस्य सचिव रहनु पर्छ  ।
४. राज्य निर्वाचन आयोग ः–
प्रत्येक संघिय राज्यमा एउटा स्वतन्त्र निर्वाचन आयोग हुनुपर्छ । संघिय निर्वाचन आयोगको स्वतन्त्र अंगको रुपमा काम गर्नुपर्छ । राज्य निर्वाचन आयोगले राज्य(व्यवस्थापिका संसद,गाँउ, नगर, स्थानिय सरकारको निर्वाचन विधि अनुकुल निरन्तर अटुट रुपमा सम्पन्न गर्नु पर्ने हुन्छ । संघिय निर्वाचन आयोगले संचालन गर्ने संघिय व्यवस्थापिका संसद लोक सभा(तल्लो सदनको निर्वाचन र राष्टूपती, उपराष्टूपती को निर्वाचनमा अंगको रुपमा सम्पूर्ण सहयोग गर्ने कर्तव्य, दायित्व निर्वाह गर्न राज्य निर्वाचन आयोगको स्थापना गर्ने विधि व्यवस्थापन हुन आवश्यक छ । राज्य निर्वाचन आयोगमा २ जना आयुक्त र १ जना मुख्य निर्वाचन आयुक्त राख्नु पर्छ । मुख्य निर्वाचन आयुक्र आयोगको अध्यक्ष हुनेछ । मुख्य निर्वाचन आयुक्रको रिक्त पद राज्य निर्वाचन आयुक्त मध्ये जेष्ठता आयुक्तलाई संबैधानिक परिषदको सिफारिसमा राष्टूपती गर्नुपर्ने विधि व्यवस्था अपनाउन उपुक्त हुन्छ ।
राज्य निर्वाचन आयोगको अन्य आयुक्तको पद रिक्त हुन आएमा १ महिना भित्रै ज्येष्ठ, योग्य, अनुभवी उम्मेदवारलाई संघिय निर्वाचन परिषदले छनौट गरी सिफारिस गरिएको व्यक्तिलाई राज्यपालले  नियूक्ति गर्ने विधि अपनाउन सकिन्छ । राज्य निर्वाचन आयुक्तमा नियुक्तीको लागि योग्यता (१) ४५ वर्ष उमेर पुरा भएको (२) निर्वाचन आयुक्त पूर्व परिक्षा पास गरेको  (३) राजनैतिक दलको सदस्य नभएको (४) १० वर्ष भन्दा बढी समयावधिको प्रत्येक सधारण निर्वाचनमा पर्यवेक्षक भै कार्य अनुभवन गरेको । 
५. निर्वाचन आयुक्तको पुर्व योग्यता(परिक्षा संचालन ः
स्वतन्त्र, निश्पक्ष रुपमा जेष्ठ, अनुभवी, योग्य, व्यक्ति निर्वाचन आयुक्तमा निरन्तर प्रवेश पाइरहन, शैक्षिक बेरोजगार न्यून गर्न, लोकतान्त्रिक निर्वाचनका लागि सत्य तथ्य, मतदाता, नामावली, अध्यावधिक गर्न÷गराउने कार्यमा सशर्त सहयोग प्राप्त गर्न, मतदाता परिचय पत्र वितरण गर्न, मतदाता जागरण अभियान संचालन गर्न, निर्वाचन आचार संहिता लागू देखि अन्त सम्म, मतदान देखि मतगणनाको परिणाम घोषणा सम्मको कार्यमा सहयोग प्राप्त गर्न, निर्वाचन आयोगले आयुक्तको पुर्व योग्यता परिक्षा पास गरेको व्यक्तिबाट गराउनु पदर्छ । राज्य निर्वाचन आयुक्तको पुर्व योग्यता परिक्षामा सामेल हुन पाउने उम्मेदवारको योग्यता (१) नेपाली नागरिक (२) २५ वर्ष उमेर पुरा भएको (३) स्नातकोपधि प्राप्त गरेको   (४) कुनै राजनैतिक दलको सदस्य नभएको (५) अदालतबाट कुनै कसुरमा देखि प्रमाणित नभएको, विधि व्यवस्था गर्नु पर्छ । राज्य निर्वाचन आयोगको आयुक्तमा नियुक्ती पाउन आयुक्तको पुर्व योग्यता परिक्षा पास गरि १० वर्ष सम्म निरन्तर प्रत्येक दुई साधारण निर्वाचनमा निर्वाचन पर्यवेक्षक भै कार्य अनुभव गरेको व्यक्ति योग्य मानिनु पर्छ । सार्वजनिक सेवामा कार्यरत आयुक्तको पुर्व योग्यता परिक्षा पास गरेको व्यक्तिले निर्वाचन पर्यवेक्षकको कार्य गर्न पाउनु हुदैन । निर्वाचनको पर्यवेक्षक परिक्षा पास गरेको व्यक्तिले निर्वाचन आयोगलाई निर्वाचन सम्पन्न सम्मको कार्यमा सशर्त सहयोग गर्नु पाउनु पर्छ । मित्र राष्टू भारतमा १९१९ मा न्यखभचलmभलत या क्ष्लमष्ब ब्अत बन्यो त्यसको अधिन सन् १९२० मा भ्भिअतष्यल ऋयmmष्ककष्यल या क्ष्लमष्ब स्थापना भयो जुन स्वतन्त्र थिएन । सन्् १९१९ को न्यखभचलmभलत ब्अत या क्ष्लमष्ब हटाई सन् १९३५ मा न्यखभचलmभलत ब्अत या क्ष्लमष्ब बन्यो जसले केही थप अधिकार शक्ति निर्वाचन आयोग (भ्भिअतष्यल ऋयmmष्ककष्यल या क्ष्लमष्ब० लाई मिल्यो तर पूर्ण स्वतन्त्र हुन सकेन । सन् १९४७ अगस्त १५ मा भारत पूर्ण स्वतन्त्र भए प५ि सन् १९५० जनवरी २६ देखी भारतको संविधान वनी प्रराम्भ भएपछि १९५० को भ्भिअतष्यल ऋयmmष्ककष्यल या क्ष्लमष्ब ले (ँचभभ ७ ँबष्च) निर्वाचन गर्ने गराउने संवैधानिक पुर्ण शक्ति प्राप्त गरेबाट हामी पाठ सिक्न आवश्यक छ । 
मित्र राष्टू भारतको तत्कालीन संविधान सभाको प्रथम बैठक ९ डिसेम्बर १९४७ मा बसेको थियो । विशाल भारतमा संविधान निमार्णकार्यमा विभिन्न समस्या , उत्तार चढाव वाद विवाद बाधा विरोधहरु पार गर्दै संविधान सभाले सन् १९४९ नोभेम्बर २७ अन्तिम बैठकबाट संविधान निमार्णको सम्पुर्ण कार्य पुरा भएको थियो । यसरी मित्र राष्टूभारतको संविधान निमार्ण गर्न २ वर्ष ११ महिना १८ दिन लागेको थियो । सन् १९४७ अगस्त २९ मा संविधान सभा अन्तरगत बनेका विभिन्न समितिहरु मध्ये एउटा सात सदस्य संविधान प्रारुप निमार्ण समिति थियो । जसको अध्यक्ष डा. अम्बेदकर जी हुनुहन्थ्यो  । सात सदस्य मध्ये १ जनाको मृत्यु भयो । १ जना सरकारी काम देखी र्फुसत थिएन । २ सदस्यको स्वास्थ्य सधै खराव रहन्थ्यो  जुन सधै दिल्ली बाहिर बस्दथियो । यसरी ५ सदस्यले कुनै काम गरेन । डा. अम्बेदकर जी नै एउटा यस्तो सदस्य हुनुहुन्थ्यो जस माथी संविधान प्रारुप निमार्णको कार्यभार थियो । डा. अम्वेदर जीले सन् १९४८ फेब्ररी   मा प्रारुप तैयार गरी प्रकाशित गरे । सन् १९४८ नोभेम्बर ४ मा संविधान प्रारुपलाई संविधान सभामा पेश गरेका थिए । सन १९४८ नोभेम्बर ४ मा बसेको संविधान सभाको बैठक पश्चायत विभिन्न सत्रको बैठकबाट दफाबार छलफल हुदा सहमती गरी पास गर्दै सन् १९४८ अक्टुबर १७ मा छलफल पुरा भई संविधान निमार्णको कार्य सम्पन्न भएको थियो ।  नेपालको अन्तरीम संविधान २०६३ अनुसार दोश्रो संविधान सभावाट संविधान नबने सम्म राष्टूपतिको कार्यककाल रहने व्यवस्थाले संविधान सभाको कार्यकाल राष्टूपतिको कार्यकाल संग जोडिन जादा १ वर्ष भित्रै संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधान बनाउने सत्तारुढ सरकार संग सम्बन्धीत दलहरुको प्रतिबद्धता आई रहेको छ । छोटो समयमा नै संविधान बनाई संवैधानीक प्रकृया अनुसार राष्टूपति, संघिय व्यवस्थापिका संसद राज्य व्यवस्थापीका संसद राज्यको स्थानिय निकायको निर्वाचन गराउनु पर्ने अठोट संकल्प वर्तमान सरकारले लिनु पर्छ ।  

२०७० फागुन २५ गते