Wednesday, July 31, 2013

कस्ले हेरिदिने जनकपुरका अमुल्य धरोहरलाई ?


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
विश्वमा करोडौं हिन्दुहरुको धार्मिक आस्थाको केन्द्रको रुपमा रहेको राजर्षि जनकको राज्य भूमी एंव सतिशिरोमणी जगत जननी माता जानकी र उनका बहिनीहरु उर्मिला, श्रुतकती, माण्डबीको जन्म थलो, अध्यात्मिक ज्ञानको रुपमा रहेको मिथिला को राजधानी जनकपुरधाम अनेकौ धार्मिक तिर्थस्थलहरु मध्ये त्रेतायुग संग सम्बन्ध रहेको हिन्दु धार्मिक ग्रन्थहरुमा समेत उल्लेखित प्रख्यात तिर्थस्थल हो ।
    बैदिक युगका महर्षि गौतम, शतानन्द, याज्ञवल्यक एंव विशिष्ट दार्शनिक विभूती विदुषि ग्रागी, मैत्रेय जस्ता ऋषिमुनिहरुको तपोभूमी ज्ञानमूमी समेत रहेको पवित्र स्थल हो । यो पवित्र स्थल पुरातन महर्षिहरुको शिद्धपिठ एंव शक्ती पिठको रुपमा समेत पुज्यनीय रहेको छ ।
विगत दिनमा मठैमठ मन्दिरहरुबाट निस्कने वैदिक संस्कृतका मंत्राचरणमा हुने स्तुतीपाठले गुञ्जमायण रहने नगर अनुपम अध्यात्मिक एंव प्राकृतिक सौन्दर्यताले भरिभराउ रहेको थियो । घनघोर रुखहरुको छायामूनि तलाउहरुको किनारामा अवस्थित अनेकौं सिद्धी महात्मा ऋषिहरुका मठ(मन्दिरहरु थिए । तलाउ नै तलाउले सु(सज्जीत यो भूमी तलाउहरु एंव बन बगैंचा फुलवारीहरुमा फुलेको विभिन्न जातका फुलहरुले ढक्कमम्क फुलेर मनमोहक सौन्दर्यता प्रदान गरिरहेका हुन्थे । तलाउहरुमा गहना लगाएका ठूलठूला माछाहरु विचरण गर्थे भने तलाउ एंव बन बगँैचा फुलवारीहरुमा मंयुर कोइली लगायत विभिन्न जातका रङ्ग विरङ्गी झुण्डका झुण्ड चरा चुरुङ्गीहरु ले आफ्ना स्वर गुञ्जयमान गर्दा स्वर्ग यहि नै अवस्थित छ जस्तो भान हुन्थ्यो ।
प्राकृतिक, अध्यात्मिक, साँस्कृतिक सौन्दर्यताले भरिएको, हराभरा बन बगैचा फुलवारीहरुले ढाकिएको, मठै(मठ मन्दिरहरुले सजिएको, वेद एंवम् विभिन्न धार्मिक ग्रन्थहरुका सँस्कृतका मंत्राचरणले गुञ्जमायण रहेको, तलाउ नै तलाउ कुण्ड नै कुण्डले शुशोभित भएर मैथिल भाषा, कला, र सँस्कृतिको अनुपम सौन्दर्य प्रदान गरिरहेको मिथिलाको राजधानी जनकपुर यहाँको बासीको अतिक्रमणमा परेर फोहर मैलाको दुर्गन्धमा ढाकिदै अव्यवस्थित सौन्दर्यविहीन बन्दै आफ्ना मौलिक परम्परा संस्कृति, पुरातात्वीक ऐतिहासिक एंव पौराणिक धार्मिक अस्तित्व हराउने अवस्थाबाट गुज्रीरहेको छ । यो क्षेत्र प्राकृतिक, अध्यात्मिक, साँस्कृतिक सम्पुर्ण सौन्दर्यताले भरिपुर्ण भएर पनि यहाँका बासि ज्ञानपापी भएका कारणबाट यहाँको दुरावस्थामा हुनुको साथै मिथिला नगरको प्राचिन अवस्थाका महत्वपुर्ण कुराहरु लोप हुदैछ, लोप गरिदैछ, र हामी सो लोप गर्ने क्रममा सहभागी भएका छौं । सहभागी हुदैछौ ।
पौराणिक ऐतिहासिक धार्मिक तलाउहरु भरिदैं छ । र सोही जग्गामा घरहरु निर्माण भइरहेका छन् । एउटा धार्मिक अस्तित्वलाई लोप गरिदै नयाँ कुरा थपिदैछ । विभिन्न ऐतिहासिक धार्मिक ठाउँको नाँउ परिवर्तन भएको छ । अरगजा  सरको दक्षिण र पुर्वतिरको घेराले तलाउको सौन्दर्य नै नष्ट भएको छ । मण्डना सर तेल घृता सर भर्न भर्न लागिसकेको छ । लक्ष्मण सर, दीर्घका सर, चन्द्रकुपसर (देवान पोखरी ), पदस्पिनसर, रामसर, पद प्राक्षलनसर ( गोडधोइ पोखरी ), पापमोचनीसर, पुरन्दर सर लगायत कतिपय सरहरु नगरपालिकाको ढलले प्रदुषित हुदै भरिदै यहाँका बासिहरुले अतिक्रमण गरेका छन र गर्दै छन् । कतिपय तलाउहरुको नाँउ त कतिले सुनेकै छैनन् होला ।
    मिथिला महात्म्यमा उल्लेख भए अनुसार  बहत्तर तलाउहरु १. पुरन्दर सर २. दशरथ सर ३. भार्गव सर ४. मण्डना सर ५. रिक्ष सर ६. बिडाल सर ७. रुक्मणी सर ८. जनक सर ९. प्रेम सागर सर १०. सुनेत्रा सर ११. बछदेब सर १२. गोपाल सर १३. धनुष सरोबर १४. पाद(प्रक्षालन सर १५. विचित्रा सर १६. धुतपावन्ती सर १७. चंचुवाती सर १८. पयस्विनी सर १९. कुडवन्ती सर २० तेलदिर्धिका सर २१. लक्ष्मण सर २२. गुनवती सर २३. विल्ववी सर २४. दीपिका सर २५. महापुण्या सर २६. इष्टवा सर २७. विध्नहारिणी सर २८. मत्स्योदरी सर २९. ब्याघ्रहरा सर ३०. स्थितिदा सर ३१. क्षत्रधारिणी सर ३२. गोव्रजा सर ३३. चित्रधारा सर ३४. वूणव्रता सर ३५. दुर्गम्या सर ३६. चित्रधारत्री सर ३७. खण्डोवरी सर ३८. सुधा सर ३९. पाकवती सर ४०. नगरदेवीका सर ४१. सनकादि सर ४२. मन्मथ सर ४३. मंथाज सर ४४. कौशल सर ४५. चक्र सर ४६. लोमश सर ४७. रामसागर ४८. सप्तवेध सर ४९. धुर्व सर ५०. गरुड सर ५१. अग्निकुण्ड सर ५२. मध्यमा कुण्ड सर ५३. जानकी कुण्ड सर ५४. कुम्भादेक सर ५५. बरुण सर ५६. सरस्वती सर ५७. चतुदीर्धिका सर ५८. कष्टहरी सर ५९. धात्री सर ६०. विषहरी सर ६१. मुरली सर ६२. गंगा सागर ६३. अगराज सर ६४. गौत्तम सर ६५. वशिष्ट सर ६६. गण्डमती सर ६७. तरणतारण सर ६८. बाल्मीकि सर ६९. कौण्डिन्य सर ७०. कपालमोचन सर ७१. केदार सर ७२. बह्मा कुण्ड सर आदी मध्ये जनक सर, अमृत सर, अक्रुर कुण्ड, शिरध्वज कुण्ड, कौण्डील्य सर, बलदेव सर लगायत कतिपय तलाउहरुको अस्तित्व नै समाप्त गरिसकिएको छ ।
         जबकी हाम्रा पूर्वजहरुले बडो बैज्ञानिक ढंगबाट दुधमति, बिलोबतीको पनि प्रत्येक तलाउमा जाने परिबन्ध गर्दै अन्त्यमा गंगा सागर, विषहरा तलाउ हुदै जलाद नदीमा निकासीको मुहान खोलेर पोखरीको पानीलाई चलायामान गराएका थिए । तलाउहरु स्वच्छ सफा निर्मल हुन्थयो । तर हाल नगरपालिकाको कारणबाट यहाँका बासीहरुले आ(आफ्ना सौचालय, ढल खोलेर अधिकांस तलाउहरुमा लगेर मिलाएका छन् । विगत का कतिपय नहरहरु अतिक्रमणमा परेका छन भने कतिपय नगरपालिकाको ढलमा परिणत भएर फोहोरमैलाहरुले तलाउ भरिदै छ । आँखा अगाडीको तलाउ जनक सर लोप गरिदा र त्यसको विरुद्ध मुद्दा मामला गरिदा पनि कागजी जालझेलको कारण न्याय हराएको छ । बोल्ने यहाँ कोही देखिदैन । हराएका खोज्ने कुरै भएन । लक्षमण बगैंचा लोप नै भयो । राम बगैचा त छदैछैन् । राम बाग, सिता बाग, लगायत अन्य थुप्रै बगैचा, फुलबारीहरु कुन कुन ठाँउमा थियो थाहा राख्नु पर्ने कुरै भएन । पर्वतीया गाछी, साधु गाछी, बाँदर गाछी लगायत अनेकौ गाछीहरुको अस्तित्व नै हराई सकिएको छ । तिरुहुतिया गाछि बाँच्नका लागि मल(जल खोज्दै छ । मणिमण्डप को अवस्थाको चिया चर्चा गर्नु नै परेन । राम मन्दिरको पौराणिक रुख ढल्यो त कसैले थाहा नै पाएनन् । राम मन्दिर चुहिनै रहेको छ ।, बल्ल राम मन्दिर जिर्णोधार गर्न गुठी संस्थान र बृहत्तर जनकपुरको घैटोमा घाम लाग्या छ । भनिन्छ, रामजीको भोग लगाउन बजारबाट चन्दा उठाउनु पर्छ राम मन्दिरको लगभग सात(आठ सय विग्हा जग्गा सेन वंशी राजाहरुले दिएको काँहा छ जानकारीको कुरै भएन् । राम मन्दिर, जानकी मन्दिर, लगायत थुप्रै थुपैै्र मठमन्दिरहरुको गर गहना, पौराणिक घण्टा, गुम्बजहरुमा रहेको सुनका गजुर, ताम्रपत्र, काष्ठपत्र, शिलालेख, आलेखहरु गुठिमा पुगी काँहा पुग्या छन हेर्न नै सकिएन । बाँकी बचेका समेत लोप हुने अवस्थामा छन् । भने केही मठ मन्दिरका जग्गा सम्पतिहरु गुठी संस्थाको अधिनस्तमा गए र बाँकी रहेका सम्पति सन्त महन्त पुजारीले दुरुपयोग गरेका कारणबाट परा पूर्वकालदेखि गरिदै आएको धार्मिक अनुष्ठानहरु , चाड पर्व क्रमशः हराउँदै गएको छ । प्राचिन कालका मूल्य मान्यतामा आधारित जनकपुरधामका आफ्ना परम्पराहरु लोपहुने अवस्थाबाट गुज्रिरहेको छ । यहाँका परापुर्वकालका सन्त विद्वानहरुले सीता राम भजनमा वैराग्य जीवन व्यतित गर्दै रचनागरेका अनेकौ साहित्य एवं ग्रन्थहरु प्रायःजसो नस्ट हुने अवस्थामा पुगेको छ । यसलाई प्रकाशित गरि प्रचार प्रसार गर्ने नकुनै व्यवस्था छ न  यता तिर नगरवासीको ध्यान आक्रिस्ट हुन सकेको छ न यहाँ रहेको समाजिक संघ संस्थाको ।
      भनिन्छ पूर्वमा २०८ मठ मन्दिर रहेकोमा हाल १०८ त हुनुपर्ने हो । तर यसमा पनि कतिपय महात्माहरुले नेपाली नागरिकता नपाएका कारण मठ मन्दिर नै छोडनु पर्ने बाध्य भए । ती मठ मन्दिर कतिपय संरक्षण सम्बद्र्धणका अभावमा ध्वस्त भए भने कतिपय गुठि कै अधिनस्थ भए । कतिपयमा जातीय एवम् सामाजिक संघ संस्थाका घेरामा परे । बाँकीमा कतिले कब्जा गरे त कतिले नक्कली शिष्यको रुपमा आफ्नो अधिनस्थ गरि घर संसारमा बिलिन गराए । पौराणिक इनारहरुको नाँउ नै नलिए हुन्छ । धार्मिक महत्वका फुलवारीहरु खुर्सानीबारी हुँदै घरबारीहरु बनेका छन । रंगभुमी मैदान ( बारह विग्हा नाप्नु पर्छ ) गंगा सागर, धनुष सागर अन्नतकालको संरक्षणको पर्खाई पछि भारत सरकारको अनुकम्पाबाट काँचुली फेर्न लागेको छ । नेपालको अंधिकाश ऐतिहासिक धार्मिक पुरातात्वीक महत्वका ठाउँहरु विश्व सम्पदामा परेता पनि जनकपुरलाई हामीले विश्व सम्पदामा पार्न सकेका छैनौ । राणाकालिन अवस्थाका नेपालका एक मात्र रेल सेवा पनि कर्मचारी एंव राजनीतिक नियुक्ती पाएका व्यक्तिद्वारा दिन प्रतिदिन आफू लाई लुटाउदै जिर्णशिर्ण अवस्थामा पुगी भारत सरकारको कृपाले काँचुली फेर्ने छ कि आशा पलाउन थालेको छ । २०१५ सालको प्रजातान्त्रिक सरकारका ऐतिहासिक दस्तावेजका रुपमा रहेका नेपालका प्रथम जनकपुरको एक मात्र ठूलो चुरोटकारखाना सरकार, कर्मचारी, राजनीतिज्ञहरुको असक्षमताका कारण दिन प्रति दिन आफूलाई बेच्दै अस्तित्व समाप्त पार्न पट्टि लाग्या छ । भारतको स्वतन्त्रता आन्दोलन सँगै जोडिएको नेपाल चर्खा प्रचारक गान्धि तुल्सी मेयर महागुठीका हरिहरपुर र बसिहियाका अमुल्य जग्गा बेचेर जनकपुरका प्रजातान्त्रिक  आन्दोलनका इतिहासलाई समाप्त पार्न खोजिदै छ । सुन्ने कोही पाएको छैन ।
    गुठी कमाउन र ध्वस्त गर्न पट्टि लाग्या छ । मठ मन्दिरका अधिकाश नक्कली मठाधिशहरु जग्गा त  जग्गा अब मठ मन्दिर नै बेच्न पट्टि उद्धत रहेका छन् । धार्मिक, ऐतिहासिक एंव पुरातात्वीक महत्वका पोखरी, तलाउ, पाटि, पौवा, मठ मन्दिर, फुलबारी बगैंचा,  कुवा धार्मिक स्थल, संस्कृती तथा मूल्य मान्यताहरुलाई संरक्षण सम्बर्धन एंव व्यवस्थित गर्दै सौन्र्दयीकरण गर्न स्थापित बृहत्तर जनकपुर क्षेत्र विकास परिषद सँग दिर्घकालिन योजना को खाका नै छैन । स्थानीय निकायहरु भ्रष्टाचारमा लिन भई मौन छन् । उनीहरुको स्वामित्व भित्र पर्दैन । केही वर्ष देखि नगरमा संगठन संरचना समेत नभएका अधिकांश राजनीतिक दलका प्रतिनिधिहरु नगरपालिकामा प्रतिनिधत्व गर्छन तर भागवन्डा को फोहरी खेलमा आफ्नै घरजम पट्टि लाग्या छन् । जनकपुर बासीलाई मतलवै भएन राजनीतिज्ञ र समाज सुधारका अगुवाहरुको धन, पद आर्जन गर्नु बाहेक सरोकारको विषय नै भएन । यहाँ रहेका कल्व, संघ संस्थाहरुलाई सिमित धार्मिक चाडपर्वमा लाखौ खर्च गरि नाउँ आर्जन गर्नु बाहेक अरु कार्य गर्न ध्यान जानै सकेको छैन् । कस्ले हेरिदिने यस अमुल्य धरोहरलाई ?
के यस सम्बन्धमा हाम्रो दायित्व कर्तव्य केही छैन ? हामी आफैं आफ्नै धरोहरलाई नाश गर्दै आफनै विनासतिर किन लागिपरेका छौ्रं ? आउँदा सनततीले के हामीलाई धिक्कार्नें छैनन त् ? के सोच्न हामीलाई फुर्सद नै छैन? तर पनि एक क्षण एकपल सोचौ  त यस पौराणिक धार्मिक साँस्कृतिक मिथिला  नगरिको संरक्षण समवद्र्धन  र विकासका लागि ।  अनि मात्र हामीले जन्म लिएको जननी जन्मभूमी प्रतिको ऋणबाट थोरै मात्रामा भए पनि भारबाट मुक्त हुने छौ कि ?


date : 2070-4-6

जलपान संस्कृतिले स्वास्थ्यको विपक्षमा उब्जाएका प्रश्नहरु


उमेशलाल कर्ण
नेपालमा बसोबास गर्ने जातीय विविधताले गर्दा उनीहरुमा केही साझा व्यवहार, मूल्य, आदर्शहरु रहेका छन् । नेपालीमा रहेका फरकपनको साथसाथै धेरै पक्षहरुमा समानता पनि पाइन्छन्, जस्तैः आहार, विहार, व्यवहार, दृष्टिकोण, बौद्धिकता, उठबसको समय र क्रियाकलाप इत्यादि । प्रकृति प्रदत्त शरीरको सक्रियता एवम् क्षमतामा हामीले खाने खानाको महत्वपूर्ण स्थान हुन्छन् । शरीरलाई आवश्यक हुने पोषणतत्वहरुको सन्तुलन भए स्वास्थ्य ठीक भई सर्वाङ्गीण विकास हुन सक्छ भने खानाको सन्तुलन बिग्रे विभिन्न किशिमका रोगव्यधिहरु शरीर भित्र उत्पन्न हुन्छ । शरीरलाई जति क्यालोरी शक्ति आवश्यक हुन्छ त्यति क्यालोरी श्रोत भएका खाना खाँदा ठीक सन्तुलन मिलाउन पनि कठिन हुन्छ । अहिले पोषणको क्षेत्रमा भएका विभिन्न गलत तथ्यहरुलाई हाम्रो सँस्कृतिले पनि मलजल गरेर बढाई रहेको छ, हाम्रा बुजुर्गहरु हामीलाई धेरै खाना खान खास गरेर रातको खाना शरीरमा लाग्दछ भन्ने आधारमा बाल्यकाल देखि नै हौस्याएका सन्दर्भको झझल्को आई रहेको छ, वालवालिकाहरुलाई खुवाउँदा विभिन्न प्रलोभन दिएर आवश्यकता भन्दा बढी खान ( ललाइ फकाइ गीत, संगीत, कथा सुनाइ ) प्रोत्शाहन गर्ने कार्य हामीबाट अहिले पनि भई रहेको छ । यसका बिबिध कारणहरु मध्ये हामीले प्राप्त गरेका शिक्षाबाट प्राप्त व्यवहार अभिवृत्तिहरुलाई महत्वपूर्ण स्थानमा राखेर मात्र यसलाई समाधान गर्न विभिन्न उपायहरु अवलम्वन गर्न सकिन्छ । यस्ता भ्रमपूर्ण बुझाईले थोरै खाना एवम् अत्यधिक खानाले स्वास्थ्यमा प्रतिकुल प्रभाव उब्जाउँछ । हाम्रो सँस्कृतिमा खाना खान सजग र सचेत हुनु पर्दछ किन भने यसले नै शरीर जोगाउँछ र मार्छ पनि जस्ता कथनले अहिलेको आधुनिक सचेतनात्मक बुझाईलाई समर्थन गरेको देखिन्छ ।
हाम्रो आर्थिक पृष्ठभूमि समग्रमा कमजोर भएको अवस्था वारे हामी अवगत छौं । पहिला खाना नपाएर मान्छे भोकभोकै बस्नु पर्ने बाध्यताले गर्दा हाम्रो चाडपर्वको सँस्कृतिमा पनि त्यस्ता मूल्यमान्यताहरुलाई राखिएको थियो । पहाडमा मिठो मिठो खाना खान दशैं तिहार नै पर्खनु पर्ने हुन्थ्यो, त्यस्तै मधेशमा सबै किशिमले सन्तुलित खाना छठ वा चउरचन पर्व नै पर्खनु पर्ने हुन्थ्यो । यस प्रकार मौसम अनुसारको फलफूलहरुलाई पुजाआजामा प्रसादको रुपमा प्रयोग गरिन्छ, जसबाट शरीरलाई आवश्यक हुने विभिन्न पोषणतत्वयुक्त खाना खाने संस्कारको विकास भएको छ । ती स्थापित मूल्यमान्यतालाई प्रयोग हुने अवस्था रहेन । अहिलेको सम्पन्नताले गर्दा अधिकांश घरमा प्रत्येक दिन दशैं, छठ, तिहार जस्ता पर्व मनाए जस्तै खानपानको व्यवहार प्रयोग भई रहेको छ । अहिले हामी आवश्यकता भन्दा बढी खाने संस्कार भोज भतेर जन्तीभोज लगायत अन्य महत्वपूर्ण अवशरहरुमा थपेर जबर्जस्ती खानेकुरा हालेर खुवाउने सँस्कृति हामी नेपाली ( खास गरेर मधेशमा ) मा अहिले पनि विद्यमान छन् । यस्ता नकारात्मक प्रभावलाई व्युत्याउने खालका व्यवहारलाई न्यूनीकरणमा हामी सचेतले आवश्यक भूमिका खेल्नु पर्ने अवस्था प्रष्ट भएको छ । यस्ता बुझाईमा सबै स्पष्ट हुन शिक्षाको पाठ्यक्रममा यस विषयलाई समावेश गरेर आधारभूत तह देखि नै प्रयोगमा आधारित ( परियोजना, गृहकार्य जस्ता क्रियाकलापहरु ) गरेर यस्ता विषयवस्तुलाई समावेश गर्दै शिक्षामा प्रभावकारी प्रयोग गर्ने सँस्कृतिको विकास छिटृै गर्न सकिन्छ । सचेनामूलक नारा, ब्यानर, सडक नाटक जस्ता तरिकाले पनि गर्न सकिन्छ तर यसमा स्थायी दिगोपना ल्याउन शिक्षालाई नै प्रयोग गर्दा असल प्रभाव पार्न सकिन्छ ।
नेपालीको जीवनस्तरमा सुधार हुँदै आर्थिक अवस्थामा सुधार हुन थाल्यो जसबाट खानपानको किशिम र मात्रामा पनि वृद्धि हुँदै गयो । मान्छेलाई बाँच्नका लागि खाना खानु पर्नेमा अधिकांश व्यक्ति खानका लागि बाँच्न थाले । मान्छे विभिन्न मौका छोपी खाना खानका लागि विभिन्न बहानाहरु बनाई खाने आइटम, स्थान र साथीहरुको संख्या निश्चित गरेर खास गरेर युवा पुस्ताहरुमा यस्ता अनुपयुक्त समयमा अनुपयुक्त किशिमको खाना प्रतिको रुझान वृद्धि हुँदै गएको छ । यस्ता सँस्कृतिले हाम्रा युवा समूहहरु गाँजिदै आएको अवस्थाले उनीहरुको शरीर अनाकर्षक ( बेढब ) देखिन थालेका छन् । शरीर बेढब, मोटोपना, अनुहार मलिन, रोगी जस्तो देखिने मूल समस्या रहेके छ । हामी हाम्रा समाजका सदस्य तथा परिवारका सदस्यहरुलाई खानाको बारेमा निर्णय गर्न सहयोगको आवश्यकता छ, जस्तैः भोक लागेमा मात्र खाना खाने न कि अरुको दबाबमा खाने, खाना छनोट र त्यसको मात्राको बारेमा सही पहिचानले रोग देखि लड्ने क्षमता विकास गर्दछ भने यसको सहि पहिचान विनाको खानाले रोग बल्झाउँछ पनि इत्यादि सन्दर्भलाई खाना प्रतिको सचेतना बढाउन सहयोग गर्दछ । खानाले  शिक्षाका कार्यक्रममा सबै सक्षमताहरुको बारेमा तर्कपूर्ण ज्ञान सीपहरुको विकास हुनु पर्नेमा हाम्रो शिक्षा प्रणालीले त्यस्ता क्षेत्रहरुलाई पूर्णताका साथ समेट्न सकेका छैनन् । शिक्षाको पाठ्यक्रममा तहको हिसाबले पोषण विज्ञान विषय पठनपाठनको व्यवस्था भएर पनि यसलाई काईमूलक वनाउन सकिएको छैन । नेपाल जस्तो अल्पविकसित राष्टूमा चिकित्सा शास्त्र अन्तर्गत विभिन्न विघाहरु मेडीशिन, शल्य, मुटु, नशा, प्रशुती, बाल जस्ताको त्यति आवश्यक छैन त्यति पोषण विज्ञ ( डाइटिसियन ) को संख्याको आधारमा तयार गर्नु पर्ने देखिन्छ । यसको व्यवस्था भएर रोगको उपचार गराउनु भन्दा रोगै लाग्न नदिने अवस्थाको निर्माण गर्नु पर्ने आवश्यकता छ ।
खाना त्यति खाउँ जति आवश्यक छ, जस्तैः शारीरिक श्रम कति गर्नु पर्ने हुन्छ ? हाम्रो खानाको उपलब्धता कति छ ? त्यसलाई निश्चित गरी मात्र खाना खाने बानी बसालौं भन्ने सन्दर्भ सन् १८७० मा एडोल्फ क्वेटलेटले शरीरको स्वस्थताको अवस्था पोषणसँग आवद्ध गराएर विभिन्न सूचकहरुको विकास गरी तथ्यपूर्ण रुपमा चिकित्सा विज्ञानले सिफारिश गरेको थियो । क्वेटलेटले गणितीय गणनाको हिसाबले यसलाई बुभ्mन बुझाउन सहज हने अवस्था प्रष्ट्याउनु भएको छ, वहाँले प्रस्तुत गर्नु भएको सुत्रलाई आधार मानी एउटा वयस्क व्यक्तिको उचाई मीटरमा र तौल किलोग्राममा गणना गरी सुत्र प्रयोग गरी द्ययमथ ःबकक क्ष्लमभह गणना गर्न सकिन्छ । गणितीय गणनामा तौल किलोग्रामलाई शरीरको उचाई मीटरमा लिई त्यसलाई वर्ग वनाई तौललाई उचाईको वर्गले भाग गरी आउने भागफल किलोग्राम प्रति वर्गमीटर एकाईमा बीएमआई सूचक पत्ता लगाएर यसको अर्थबारे प्रष्ट हुन सकिन्छ, यदि बीएमको अंक साढे अठार ( १८.५ ) र २५.९ सम्मलाई नर्मलको रुपमा लिइन्छ । सामान्यतः बीस देखि पच्चीसलाई नर्मल, पच्चीस देखि तीस सम्मलाई ओभरवेट, तीस भन्दा बढी भयो भने मोटो र पैंतीस भन्दा बढी भयो भने धेरै मोटोको संज्ञा दिइन्छ । यसलाई गणना गर्न सकिन्छ र आप्mनो स्वास्थ्य प्रति सचेतता देखाउन सक्षम हुन सकिन्छ । यस्ता सूचकलाई प्रयोग गरी आप्mनो स्वास्थ्य प्रति अरुको सहयोग लिनु भन्दा आप्mनै प्रयाशले पनि विभिन्न समाधानहरु पत्ता लगाउन सकिन्छ ।
स्वास्थ्य प्रति सचेतना वृद्धिका लागि निम्न प्रश्नहरुको उत्तर खोज्ने प्रयत्न गरौं ः हामी कुन काम गर्दछौं ? काम नियमित गर्नु पर्दछ कि कहिले कांही मात्र गर्नु पर्छ ? हाम्रो खानाको मात्रा कति हुन्छ ? हामी दिनमा कति पटक खाएको छौं ? हामी दिनमा बढी खाना खान्छौं कि रातमा बढी खान्छौं ? यी उत्तरहरु खोज्ने प्रयत्न गरौं र स्वास्थ्य प्रति सचेत बनौं ।

सामुदायिक विद्यालयमा पनि राम्रो प्रयोग गर्न सकिन्छ


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    मान्छेले गर्न चाहे असम्भ  भन्ने केहि पनि छैन । थोरै समयमा धेरै काम गर्न सकिन्छ र थोरै श्रोत साधनमा धेरै राम्रो  र व्यवस्थित काम पनि गर्न सकिन्छ । तर सोंच र विचार साकारत्मक हुनु पर्दछ । जव सम्म साकारात्मक सोंच हुदैन, निस्वार्थको भावना हुदैन तवसम्म गाउं, समाज र देशका लागि केहि पनि गर्न सकिन्न ।  धेरै श्रोत साधन भए पनि इच्छा सक्ति नभए सानो काम पनि ठुलै र गाह्रो नै हुन्छ । यसको ज्वलन्त उदाहरण धनुषा जिल्लाको मध्य पुर्वी भागमा पर्ने श्री जनता उच्च माध्यमिक विद्यालय गिद्धा बेलापट्टीलाइ लिन सकिन्छ । हुन त हाम्रो समाजमा अहिले यूवा पुस्ता माथि त्यति धेरै विश्वास गर्ने चलन नरहे पनि यस विद्यालयमा गरिएका राम्रा कामका प्रयासहरु छर्लङ्ग देखिएको छ ।
     यो विद्यालय तीन वर्ष अगाडि जिल्ला भरिका अन्य माध्यमिक विद्यालय जस्तै रहेको थियो । तर युवा पुस्ताले विद्यालयलाइ सञ्चालन गर्ने जिम्मेवारी पाए पछि अहिले १ं०ंं२, व्यवसायिक तथा प्राविधिक शिक्षा कार्यक्रम लगायत अन्य भौतिक निर्माणका कामहरुले तिब्रता पाएका छन् ।  शैक्षिक सुधारका लागि नियमित बिद्यालय अनुगमन गर्ने गरेका छन् । विद्यालयमा शैक्षिक अवस्था सुधार गर्नका लागि बिभिन्न प्रकारका अतिक्ति क्रियाकलाप संचालन गर्ने, मासिक त्रैमासिक जस्ता परिक्षा संचालन गर्ने, समय समयमा शिक्षक कर्मचारीहरु संग बैठक संचालान गर्ने, स्थानीय तथा अभिभाबकहरु संग समय समयमा अन्तरक्रिया गर्ने गरेका शिक्षाप्रेमी एनुल हक बताउनुहुन्छ ।
बिद्यालयको सेवा क्षेत्र ठूलो भएकाले बिद्यार्थी संख्या बढनु स्वभाविकै हो । अहिले बिद्यालयमा १ हजार २ सय को हाराहारीमा बिद्यार्थीहरु अध्ययन गर्छन् । बिद्यार्थीको चापका कारण बिद्यालयले निश्चित समय भित्र नामाङ्कन गर्ने गरेका छन् । बिद्यार्थी संख्या अत्यधिक भएकाले तत्कालै सेक्शन खोल्नु पर्ने आबश्यकता देखिएको छ ।     तर कक्षा कोठा आभाबका कारण एउटा बेन्चमा ६ जना सम्म बस्नु पर्ने बाध्यता छ । बस्न नपाएर बिद्यार्थीहरु उभिएर पढने बाध्यता रहेका निमित्त प्रधानाध्यापक पवन कुमार मण्डल बताउनुहुन्छ । प्र.अ. मण्डलका अनुसार बिद्यालय ब्यवस्थापन समितिका प्रयासले गर्दा अहिले ४ कोठे भवन, प्राबिधिक तथा ब्यबसायिक शिक्षाका लागि कक्षाकोठा र प्रयोगशाला निर्माणका काम भैरहेका छन् ।
शिक्षण पेशा बिशुद्ध रुपमा सेवाको पेशा भएकाले यसमा राजनिती गर्ने काम कतै बाट हुनु हुदैन । शैक्षिक संस्थामा गलत राजनिती भए कुनै पनि हालतमा शिक्षा र शैक्षिक संस्थाको बिकास नहुने शिक्षाप्रेमी गजाधर यादव बताउनुहुन्छ । बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष सञ्जिव मण्डलको ब्यक्तिगत प्रयासबाट यो बिद्यालयको हरेक पक्षको संतुलित बिकास भएका छन् । बिद्यालयको बिकासको गती देखेर गलत सोच राख्ने केहि गैर अभिभावकका जमातले राम्रा काम लाई पनि बिरोध गरेका छन् । उहा भन्नुहुन्छ, बिद्यालयको हरेक पक्ष अहिले जिल्लाभरीको बिद्यालय भन्दा राम्रो र बिकासतिर उन्मुख भएको जिल्ला बाट खटेका बिभिन्न अनुगमन कर्ताहरु बाट सुन्ने गरेका छु । बिद्यालय हाक्ने जिम्मा एउटा युवाले पाएपछि तुलनात्मक रुपमा यो तीन बर्षमा यती धेरै उचाईमा पुरयाउनु ठुलो कुरो हो । बिद्यालय बिकासका लागी जिल्ला शिक्षा कार्यालय देखि शिक्षा बिभाग र मन्त्रालय सम्म दौडेको देख्छु ।
खाने मुखलाई जुङ्गाले छेक्दैन, यो संसारमा जुन सुकै काम गर्नुस बाधा अडचन आउछ नै । त्यसैले त्यस्ता कुराहरु माथी ध्यानै दिनु बेकार । मान्छेको इरादा राम्रो हुनु पर्दछ बिद्यालय ब्यबस्थापन समितीका अध्यक्ष संजिव मण्डल बताउनुहुन्छ । उहा थप्नुहुन्छ मान्छे यहि समाजमा जन्मिन्छ, यहि समाजमा मर्दछ । राम्रो काम गर्नेलाई जम्मैले सन्मिmनछ, नराम्रो काम गर्नेलाई जम्मैले गाली गर्छ ।    
     त्यसैलाई सम्मmेर आफुले इमानदारी पुर्बक आफ्नो अटल बिश्वासलाई लिएर आगाडी बढनु पर्छ र म त्यहि गरेको छु अध्यक्ष मण्डल बताउनुहुन्छ । बिद्यालय मेरो बाउ बाजेले राम्रै सोचले स्थापना गर्नुभएको थियो । आज उहाहरुको सपना साकार गर्ने सानो प्रयास मात्र गर्दै छु । दुई चार जनाले बिरोध गर्दैैमा बिद्यालयको केहि बिग्रीनेबाला छैन । मेरो दृढ संकल्प र आफु भित्र रहेको अटल बिश्वासका अगाडी दुई चार जना गैर अभिभाबकको बिरोधले केहि नराम्रो नहुने दावी गर्नूहुन्छ ।
उनी भन्छन् म आफ्नो कामबाट अमmै संतुष्ट छैन । १० कक्षामा पढने बिद्यार्थीले समान्य १८० डिग्रीको कोण बनाउन सक्दैन, पानीको अनुसुत्र भन्न सक्दैन, समान्य टूान्सलेसन गर्न सक्दैन । त्यसैले गर्दा प्रबेशिका परीक्षामा अपेक्षित नतीजा आउन सक्दैन । शिक्षक जिम्मेबार र इमानदार भईदिनुपर्छ त्यो भईदिएको छैन । अभिभावक जागरुक छैन । बिद्यालय ब्यबस्थापन समिती मात्र सक्रिय भएर बिद्यालय को सर्बाङ्गिन बिकास हुन सक्दैन । बिद्यालयको जग्गा जमिन अतिक्रमण भै रहेका छन्, बषौं देखि जमिन, पोखरी, हाट बजारका ठेकेदारहरु रकम दिई रहेका छैनन् । ती रकमहरु असुल्नु पर्ने चुनौति पुर्ण विषय हो ।
    बिद्यालयमा कक्षाकोठाको ब्यापक आभाब छन् । त्यो बनाउनु पर्ने लगायतका थुप्रै कामहरु गर्नु पर्ने मण्डलको भनाई रहेको छ ।

ईस्लाम धर्म अनुशार रमजान मनाउनुले जन्नत प्राप्त हुन्छ ‘कार्य व्यस्तताले रमजानको व्रतलाई फरक पार्दैन’


जिवेश झा
काठमाडौं...........
    ईस्लामिक क्यालेन्डर अनुशार रमजान (अंग्रेजीमा रमादान) नवौं महिना हो । रमादान (रमजान) मा मुस्लिम धर्माबल्मबीले एक महिना भरी ब्रत बस्छन् । सुर्य उदय पुर्व र सुर्यास्त सम्म निराहार बस्ने पावन पर्वमा ब्रत बस्नुलाई रोजा भनिन्छ ।     कार्यव्यस्तताका वावजुद पनि मुस्लिम धर्माबल्मबीहरु रमजान मनाउनका लागि समय छुट्याँउछन् । सन्नुलाह जमाली, ३२, एक ईमाम हुन जो आफ्ना कार्ययव्यस्तताका बाबजुद पनि रोजा मनाउन उत्तिकै प्रतिबद्ध रहेको बताउँछन् । उनी काठमाडौं स्थित एक ईस्लामिक बिद्यालय मदरसा ईस्लामिया दरुल कुरानका अध्यक्ष हुन् । बिद्यालयको अध्ययन–अध्यापन र व्यवस्थापन जस्तो चुनौतीपुर्ण जीम्मेवारी बहन गर्नु र रोजा पुर्ण रुपमा ईस्लामिक धर्मानुशार मनाउनुले उनको निष्ठाको दोह्रो प्रमाण प्रस्तुत गर्छ । ’ स्वस्थ युवा–युवतीले रोजाको ब्रत नबसे नर्कमा पुग्ने कुरानमा व्याख्या गरिएको छ, ’  जमालीले भने । जमालीका अनुशार नियम–निष्ठाले   रमजानको ब्रत बस्नेलाई जन्नत (स्वर्ग)  प्राप्त हुन्छ भन्ने कुरा कुरान र हदिसमा वर्णित छ । ‘ रमाजनको ब्रत बस्नेले कसैको आलोचना, झुठ बोल्नु, ब्रत अवधी भरीमा शारिरिक संबन्ध राख्नु,  र कसैको अहित सोंच्नुलाई पाप ठानिन्छ, ‘जमालीले थप्दै भने, ‘ साँझ सात बजे पछि हामी ‘ईफ्तर’ (हल्का खाना, जुस, पानी, खजुर) खाई उपवास तोड्छौं ।’ उनका अनुशार रमजान ब्रत मात्र बस्ने पर्व पनि होईन, यस पर्वमा त अनुशासन, प्रार्थना र नित्य कर्मलाई एकसमान रुपले अगाडी बढाउनुपर्छ ।  ‘अरु दिनझैं रमजानमा पनि नित्य कर्म गरिराख्नु पर्छ,‘  उनले थपे ।
    मुलधार पत्रकारितामा ठुलै ख्याति कमाएका व्यक्तित्व हुन गनी अन्सारी । पेसाले ‘रिपब्लिका’ अंग्रेजी दैनिकमा पुर्णकालिन (फुल टाईम) राजनीतिक पत्रकार भए पनि रोजा मनाउनमा र ईस्लामका अक्षर–अक्षर पालन गर्नमा उत्तिकै खप्पिस छन् । अन्शारीका अनुशार रमजानको समयमा आफ्नो कामको बोझलाई सकेसम्म कम गर्नुपर्छ ।
     ‘ईस्लाम धर्म अनुशार घरमा काम गर्ने कामदारलाई पनि कामको मात्रा घटाईदिनुपर्छ । रमजानमा सब काम छोडेर व्रत र प्रार्थनामा मात्र लाग्नुपर्छ भन्ने पनि होईन । यस अवधीमा कुरानको वाचन गर्ने, दैनिक पाँच चोटी पड्नुपर्ने नमाज बाहेक तराविह नमाज पनि पढ्नुपर्छ, ’  अन्शारीले भने ।
राष्ट्रिय मधेश समाजवादी पार्टीका प्रवक्ता ईजहार मिकरानी राष्ट्रिय–अंतर्राष्ट्रिय स्तरमा ख्याती कमाई सकेका व्यक्तित्व हुन । नेपालको ‘द काठमांडु पोष्ट’, र ‘कान्तिपुर’ हुँदै बि.बि.सी. जस्तो प्रतिष्ठित सञ्चार संस्थामा पत्रकारको भुमिका निर्वाह गरिसकेका मिकरानी काठमाडौंको रोजा मनाउने आम ईस्लाम धर्माबल्म्वीमध्येका एक हुन् । उनि ‘शेहरी’ (साँझको हल्का खाना जस्तैः बिस्कुट, ग्लुकोज) खाई उपवास तोड्छन् ।’ अल्लाहले ईस्लामिक क्यालेन्डरको रमादान महिना मै  कुरानको उत्पती गरेका थिए, ‘मिकरानीले भने,  ‘त्यसैले रमादान महिनालाई असाध्यै महत्वपुर्ण महिनाको रुपमा र एक पवित्र पावन महिनाको रुपमा लिईन्छ ।’ उनका अनुशार ईस्लामको पाँच स्तम्भमध्येको एक रोजा हो ।
     ‘ईमाम (अल्लाह प्रति निष्ठावान हुनु), प्रार्थना (दिनको पाँच पटक नमाज पढ्नु), जकात (आफ्नो बार्षिक कमाईको २.५ प्रतिशत दानको रुपमा गरिव, अशहाय, तथा अशक्तलाई दिनु), रोजा (रमजान भरी ब्रत बस्नु) र हज (मक्का जानु) ईस्लामका यी पाँच स्तम्भ हुन, ’  मिकरानी भने ।
 ‘बिरामी, यात्री, रजस्वला भएकी महिला,गर्भवती महिला, प्रसुती तथा स्तनपान गराउने महिलाले रोजाको उपवास राख्न असहज भएकोले ईस्लामले उनिहरुलाई छुट दिएको छ । तर उनिहरुले रोजा बरावरकै एक महिनाको ब्रत आफूलाई सहज पर्ने समयमा बस्नुपर्छ, ’  मिकरानीले भने । उनका अनुशार रोजाले समाजमा समाजिक संबन्ध बिस्तार गर्नुको संदेश मात्र नदिई वैश्विक स्तरमै सहिष्णुताको भावना अभिवृत गराउँछ ।  ‘ समाजमा साम्प्रायिक सहिष्णुता अभिवृद्धि गराउनुका साथै वैश्विक स्तरमा शान्ती र समृद्धि पनि फल्छ रोजाको आशिर्वादले, ’   मिकरानीले प्रस्ट पारे । मुस्लमान अनुशासित हुनुपर्छ र समाजको शान्ती र स्थायित्वको लागि सदा प्रयत्नशिल हुनुपर्छ भन्ने संदेश रोजाको रहेको मिकरानीको ठम्याई छ ।
    राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीको शब्दमा बर्षको एक महिना रोजाको उपवास राख्नु स्वास्थ्यको दृष्टिकोणले पनि राम्रै हो । ’ रोजाको ब्रत मेरो श्रद्धा, आस्था र अल्लाहप्रतिको निष्ठामा समर्पित रहेकोले कार्यालयको कार्य  व्यस्तताले खासै फरक पार्दैन,’  अन्शारीले भनिन । उनका अनुशार विश्वका अन्य मुस्लीम राष्ट्रहरुमा मनाईने रोजा र नेपालमा मनाईने रोजामा खासै भिन्नता पाईदैन् । ‘ ईस्लाम नेपाल र अन्य देशमा एउटै भएकोले रोजा मनाईने संस्कार र पद्धतीमा एकरुपता देख्न सकिन्छ, ’  उनि थ्पदै भन्छिन,  ‘रोजा मनाउनु हरेक मुस्लिमको ‘फर्ज’ (दायित्व) हो ।’
    रोजाको अवधीमा दिनचर्यालाई फरक नपार्ने गरी आफ्नो दैनिकी त्यसै अनुशार मिलाउनुपर्छ भन्ने मत अन्शारीको थियो ।  ‘ ईस्लामले रोजा अवधीभर कुनै पनि काम नगर भन्दैन,’  उनले भनिन,  ‘ हरेक मुस्लमानले आफ्नो दिनचर्या (दैनिक कर्म) अरु दिनझैं रोजामा पनि निरन्तर जारी राख्नुपर्छ,  ।’ उनका अनुशार समय व्यवस्थापन गर्नु चुनौतीपुर्ण भए पनि सृष्टीको सर्जकको पुजा गर्नु र उनि प्रति समर्पित हुन नियम–निष्ठा पालना गर्नैपर्छ ।
    ईरफान पोखरेल पेशाले एक सञ्चारकर्मी हुन् । उनि हिन्दुबाट मुस्लमानमा ‘कनभर्ट’ भएका हुन् । ‘ निराहार एक बुँद पानी पनि नखाई ब्रत बस्नु मात्र रोजा होईन । रोजामा त आफ्नो शरिरका अंग–प्रत्यंगलाई स्व–नियन्त्रणमा राखी सदकर्मको बाटो तर्फ बर्ष भरी लम्किने छु भन्ने प्रतिबद्धता ब्रतालुले जाहेर गर्न सक्नुपर्छ, ’  पोख्रेलले बताए, ‘ रमजानको महिनामा ब्रतालुले कुरानको पाठ गरे अन्य दिन भन्दा ७० देखि ७०० गुण्ाँ बढि फल प्राप्त हुन्छ, ।’
    यस महिनामा सैतान अल्लाहको पुर्ण नियन्त्रणमा हुन्छन भन्ने मत पोखरेलको छ ।’   रमजानको ब्रत बस्ने ब्रतालुलाई वैश्विक समृद्धीको पथमा लाग्ने स्तरको सदबुद्धी मात्र प्राप्त नहुनुका साथै जन्नत (प्याराडाईज) पनि प्राप्त हुन्छ, ’  उनले थपे ।

date : 2070-4-6

घटेन महोत्तरीमा अपराधको ग्राफ


अमरकान्त अमर
जनकपुरधाम............
    दिन प्रति दिन आपराधिक गतिविध बढ्दै गएपछि महोत्तरीका सर्वसाधारण जनता भयत्रासको जीवन बिताउन बाध्य भएका छन् । सरकारले सुरक्षा व्यवस्था चुस्त दुरस्त रहेको दावी गरे पनि महोत्तरीमा हत्या, अपहरण र लुटपाट लगायतका घटनाहरुमा कमी आउन सकेको छैन् । विगत पाँच वर्षमा अपराधिक घटनामा कमी आउनुको सट्टा वृद्धि नै भएको तथ्यांक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार २०६५÷०६६ सालमा हत्या १७ वटा, अपहरण ७ वटा, हाथहथियारका मुद्दा १६ वटा, लुटपाटका घटना ९ वटा, लागु औषध ६ वटा तथा अन्य गरी जम्मा २ सय ९ वटा घटना भएको छ । २०६६÷०६७ मा हत्या १७ वटा, अपहरण ५ वटा, हाथ हथियारका मुद्दा ८ वटा, लुटपाटका घटना ४ वटा, लागु औषधका २ वटा तथा अन्य मुद्दा गरी जम्मा २ सय २९ वटा घटना भएको थियो ।
    त्यस्तै २०६७÷०६८ हत्या १४, अपहरण ४, हाथहथियारका मुद्दा १२, लुटपाटका घटना ९, लागु औषधका १० वटा मुद्दा तथा अन्य लगायत २ सय ३२ वटा घटना भएको छ । २०६८÷०६९मा हत्या २२, अपहरण ४, हाथहथियारका मुद्दा १०, लुटपाट ६ र लागु औषधका १७ वटा तथा अन्य मुद्दा गरी जम्मा २ सय १७ वटा घटना घटेको छ ।
२०६९÷७०मा हत्या १८, अपहरण ६, हाथहथियार ६ लुटपाट ९ र लागु औषधका १८ वटा घटना लगायत अन्य गरी कुल २ सय ३५ वटा घटना महोत्तरीमा घटेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।
महिना पिच्छै एक दुई हत्याका घटना घटि नै रहेको तथ्यांकले देखाएको छ । महोत्तरीमा पैसाकै कारण बढि हत्या र अपहरण हुने गरेको अनुसन्धानमा देखिएको महोत्तरीका प्रहरी उपरीक्षक पवन प्रसाद खरेलले बताउनु भएको छ ।  उहाँका अनुसार पैसाकै कारण महोत्तरीमा आपराधिक गतिविधि बढि रहेको छ । अपराध नियन्त्रणको लागी प्रहरी परिचालन भएपनि खुल्ला सीमानाका कारण अपराधीहरु उम्किने गरेको उहाँले आफ्नो तर्क दिनु भएको थियो । उहाँले भन्नुभयो प्रहरीको हालको जनशक्तिले पनि समस्या भएको छ । 
    जनता र प्रहरी बीच तालमेल नहुँदा समेत अपराधीलाई पक्राउ गर्न असजिलो भएको उहाँको भनाई थियो । महोत्तरीमा हत्या, अपहरण गोली काण्ड जस्ता क्रियकलापमा सशस्त्र समूहको प्रयोग भएको भन्दै प्रहरी उपरीक्षक खरेलले प्रहरी र जनताबीच तालमेल भयो भने अपाराधीहरु उम्किन नसक्ने दावी गर्नुभयो ।
    जिल्ला प्रहरी कार्यालयका असई विजय भण्डारीका अनुसार अपराध गर्ने शैलीनै बढ्दै गएका कारण महोत्तरीमा अपाराध बढेको हो । सरकारी वकिल कार्यालयका प्रमुख गोविन्द गौलीका अनुसार कडा कानुनी कारवाहीको दायरामा अपराधि नआएपछि अपराधिक  गतिविधि बढदै गएको हो । मुद्दा लम्बिने गरिको र दोषी लाई समयमा कारवाही न भएकाले अपाराधीहरुको मनोबल बढदै गएको उहाँले भन्नु भयो । सरकारी वकिल कार्यालयका तथ्यांक अनुसार २०६८÷ ०६९ मा १ सय ९७ र २०६९÷०७०मा २ सय १८ वटा फैसलाको लागी मुद्दा दर्ता भएको छ । अधिकांश फौजदारी मुद्दा देखिएको छ । महोत्तरीमा २०६८÷०६९ मा बढी हत्या भएको तथ्यांक देखाएको छ । तात्कालिन प्रहरी उपरीक्षक विनोद शर्मा घिमिरे र सुरज केसीको समयमा बढी हत्या भएको छ भने २०६५÷०६६मा तात्कालिन प्रहरी उपरीक्षक कृष्ण प्रसाद गौतम, २०६६÷०६७ संजय राज शर्मा प्रहरी उपरीक्षक रहेको थियो । वर्तमानमा प्रहरी उपरीक्षक पवन प्रसाद खरेलको ९ महिनाको अवधीमा हत्या न भएपनि ४ वटा गोली काण्ड, २ अपहरण र ४ वटा लुटपाटका घटना भएको छ । उहाँ भन्दा पहिला २०६९÷७०मा नै १८ वटा हत्या भइ सकेको थियो ।
प्रहरी उपरीक्षक खरेलले सुरक्षा सर्तकता अपनाएपछि घटना भएपनि प्रहरी आपाराधिक गतिविधि गर्ने गिरोह सम्म पुगेर पक्राउ गर्न सफल रहेको बताउछन । उहाँको अनुसार वन्चौरीमा भएको लुटपाटका घटनामा प्रहरीले १ लाख ४९ हजार रुपैया सहित ६ जनालाई पक्राउ गरेको छ । सहयोगी विकास वैंकको रकम लुटने ४ जना लुटेरा सहित २ लाख ६२ हजार रुपैया बरामद गरेको छ । जेठ १० गते सुनौल वाट पोखरभिण्डा वस्ने उमेश यादव अपहरण काण्डमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो । अपहरणकारीहरुले ५ लाख फिरौती तिरेर मुक्त गरेका थिए । त्यस्तै वैशाख ७ गते सोनमा तरहारीका भोला यादव अपहरण काण्डमा प्रहरीले भूमिगत समूहका हनुमान त्यागी भनिने श्याम सुन्दर यादवलाई फिरौती रकम ३ लाख २० हजार रुपैया सहित पक्राउ गरेको थियो । सुन्दरपुर मगरथानाका पंकज यादवको बखरी पुल नजिक हत्या गरिएको लाश बरामद भएपछि थालिएको अनुसन्धानका क्रममा महोत्तरी प्रहरीले काठमाडौंको सुन्धरावाट महोत्तरीका कृष्ण पूर्वेलाई पक्राउ गरिएको थियो । साथै सोहि घटनामा फिरौती दिएका मध्ये प्रहरी ४ लाख ४० हजार रुपैया सिरहा वाट बरामद गर्न सफल भएको थियो ।
महोत्तरी प्रहरीले अपहरण लगायतका घटनामा उपलब्धी हासिल गरेपनि हथियारधारीको विगविगी कायमै रहेको छ । दिन दहाडै महोत्तरीका विभिन्न स्थानमा गोली काण्ड भएपनि प्रहरीले एक जनालाई पनि समात्न सकेको छैन ।     महोत्तरी प्रहरीको तथ्यांक अनुसार २०६५÷०६६मा १ सय ५५, ०६६÷०६७मा १सय४०, ०६७÷०६८मा १ सय ३१, ०६८÷०६९मा १सय ४५ र ०६९÷७०मा १ सय ६२ जना पक्राउ पडेको छ ।  अपाराध गर्ने व्यक्तिको तुलनामा पक्राउ परेका तथ्यांक कम देखिएको छ ।     महोत्तरीका इन्सेक प्रतिनिधि ईश्वरी कफ्लेका अनुसार अपराध बढ्ने क्रम न रोकिए पछि प्रहरी प्रशासन माथी जनताले विश्वास गर्न छाडेका छन् । उहाँले भन्नुभयो सुरक्षाको प्रत्याभूति नभएपछि जिउ जान जोगाउन सर्वसाधारण गाउँ छाडेर जलेश्वर र जनकपुर वस्न वाँध्य भएका छन् । जनतालाई भयत्रास वाट मुक्त गर्नको लागी कडा सुरक्षा व्यवस्था गर्नुपर्ने मांग उहाँले गर्नुभयो ।
महोत्तरी जिल्लाको दक्षिणवर्ति क्षेत्रमा शान्ति सुरक्षा कायम रहेपनि उत्तरवर्ति क्षेत्रका जनता भयत्रासको जीवन विताउन वाध्य छन ।
सोनमा वस्ने महेश राय यादवले गाउमा वस्ने वातावरण न रहेको उल्लेख गर्नु भयो । घरवाट छोरा छोरीको निस्किने अवस्था रहेको छैन । घरवाट बाहिर निस्केपछि फर्किने हो की होइन त्यो आश भने नरहेको उहाँले बताउनु भयो । यो अवस्था रहि रहने हो भने गाउँ नै सुनसान हुने उहाँको तर्क थियो ।              
 मिति ः २०७०-4-6