Wednesday, July 31, 2013

जलपान संस्कृतिले स्वास्थ्यको विपक्षमा उब्जाएका प्रश्नहरु


उमेशलाल कर्ण
नेपालमा बसोबास गर्ने जातीय विविधताले गर्दा उनीहरुमा केही साझा व्यवहार, मूल्य, आदर्शहरु रहेका छन् । नेपालीमा रहेका फरकपनको साथसाथै धेरै पक्षहरुमा समानता पनि पाइन्छन्, जस्तैः आहार, विहार, व्यवहार, दृष्टिकोण, बौद्धिकता, उठबसको समय र क्रियाकलाप इत्यादि । प्रकृति प्रदत्त शरीरको सक्रियता एवम् क्षमतामा हामीले खाने खानाको महत्वपूर्ण स्थान हुन्छन् । शरीरलाई आवश्यक हुने पोषणतत्वहरुको सन्तुलन भए स्वास्थ्य ठीक भई सर्वाङ्गीण विकास हुन सक्छ भने खानाको सन्तुलन बिग्रे विभिन्न किशिमका रोगव्यधिहरु शरीर भित्र उत्पन्न हुन्छ । शरीरलाई जति क्यालोरी शक्ति आवश्यक हुन्छ त्यति क्यालोरी श्रोत भएका खाना खाँदा ठीक सन्तुलन मिलाउन पनि कठिन हुन्छ । अहिले पोषणको क्षेत्रमा भएका विभिन्न गलत तथ्यहरुलाई हाम्रो सँस्कृतिले पनि मलजल गरेर बढाई रहेको छ, हाम्रा बुजुर्गहरु हामीलाई धेरै खाना खान खास गरेर रातको खाना शरीरमा लाग्दछ भन्ने आधारमा बाल्यकाल देखि नै हौस्याएका सन्दर्भको झझल्को आई रहेको छ, वालवालिकाहरुलाई खुवाउँदा विभिन्न प्रलोभन दिएर आवश्यकता भन्दा बढी खान ( ललाइ फकाइ गीत, संगीत, कथा सुनाइ ) प्रोत्शाहन गर्ने कार्य हामीबाट अहिले पनि भई रहेको छ । यसका बिबिध कारणहरु मध्ये हामीले प्राप्त गरेका शिक्षाबाट प्राप्त व्यवहार अभिवृत्तिहरुलाई महत्वपूर्ण स्थानमा राखेर मात्र यसलाई समाधान गर्न विभिन्न उपायहरु अवलम्वन गर्न सकिन्छ । यस्ता भ्रमपूर्ण बुझाईले थोरै खाना एवम् अत्यधिक खानाले स्वास्थ्यमा प्रतिकुल प्रभाव उब्जाउँछ । हाम्रो सँस्कृतिमा खाना खान सजग र सचेत हुनु पर्दछ किन भने यसले नै शरीर जोगाउँछ र मार्छ पनि जस्ता कथनले अहिलेको आधुनिक सचेतनात्मक बुझाईलाई समर्थन गरेको देखिन्छ ।
हाम्रो आर्थिक पृष्ठभूमि समग्रमा कमजोर भएको अवस्था वारे हामी अवगत छौं । पहिला खाना नपाएर मान्छे भोकभोकै बस्नु पर्ने बाध्यताले गर्दा हाम्रो चाडपर्वको सँस्कृतिमा पनि त्यस्ता मूल्यमान्यताहरुलाई राखिएको थियो । पहाडमा मिठो मिठो खाना खान दशैं तिहार नै पर्खनु पर्ने हुन्थ्यो, त्यस्तै मधेशमा सबै किशिमले सन्तुलित खाना छठ वा चउरचन पर्व नै पर्खनु पर्ने हुन्थ्यो । यस प्रकार मौसम अनुसारको फलफूलहरुलाई पुजाआजामा प्रसादको रुपमा प्रयोग गरिन्छ, जसबाट शरीरलाई आवश्यक हुने विभिन्न पोषणतत्वयुक्त खाना खाने संस्कारको विकास भएको छ । ती स्थापित मूल्यमान्यतालाई प्रयोग हुने अवस्था रहेन । अहिलेको सम्पन्नताले गर्दा अधिकांश घरमा प्रत्येक दिन दशैं, छठ, तिहार जस्ता पर्व मनाए जस्तै खानपानको व्यवहार प्रयोग भई रहेको छ । अहिले हामी आवश्यकता भन्दा बढी खाने संस्कार भोज भतेर जन्तीभोज लगायत अन्य महत्वपूर्ण अवशरहरुमा थपेर जबर्जस्ती खानेकुरा हालेर खुवाउने सँस्कृति हामी नेपाली ( खास गरेर मधेशमा ) मा अहिले पनि विद्यमान छन् । यस्ता नकारात्मक प्रभावलाई व्युत्याउने खालका व्यवहारलाई न्यूनीकरणमा हामी सचेतले आवश्यक भूमिका खेल्नु पर्ने अवस्था प्रष्ट भएको छ । यस्ता बुझाईमा सबै स्पष्ट हुन शिक्षाको पाठ्यक्रममा यस विषयलाई समावेश गरेर आधारभूत तह देखि नै प्रयोगमा आधारित ( परियोजना, गृहकार्य जस्ता क्रियाकलापहरु ) गरेर यस्ता विषयवस्तुलाई समावेश गर्दै शिक्षामा प्रभावकारी प्रयोग गर्ने सँस्कृतिको विकास छिटृै गर्न सकिन्छ । सचेनामूलक नारा, ब्यानर, सडक नाटक जस्ता तरिकाले पनि गर्न सकिन्छ तर यसमा स्थायी दिगोपना ल्याउन शिक्षालाई नै प्रयोग गर्दा असल प्रभाव पार्न सकिन्छ ।
नेपालीको जीवनस्तरमा सुधार हुँदै आर्थिक अवस्थामा सुधार हुन थाल्यो जसबाट खानपानको किशिम र मात्रामा पनि वृद्धि हुँदै गयो । मान्छेलाई बाँच्नका लागि खाना खानु पर्नेमा अधिकांश व्यक्ति खानका लागि बाँच्न थाले । मान्छे विभिन्न मौका छोपी खाना खानका लागि विभिन्न बहानाहरु बनाई खाने आइटम, स्थान र साथीहरुको संख्या निश्चित गरेर खास गरेर युवा पुस्ताहरुमा यस्ता अनुपयुक्त समयमा अनुपयुक्त किशिमको खाना प्रतिको रुझान वृद्धि हुँदै गएको छ । यस्ता सँस्कृतिले हाम्रा युवा समूहहरु गाँजिदै आएको अवस्थाले उनीहरुको शरीर अनाकर्षक ( बेढब ) देखिन थालेका छन् । शरीर बेढब, मोटोपना, अनुहार मलिन, रोगी जस्तो देखिने मूल समस्या रहेके छ । हामी हाम्रा समाजका सदस्य तथा परिवारका सदस्यहरुलाई खानाको बारेमा निर्णय गर्न सहयोगको आवश्यकता छ, जस्तैः भोक लागेमा मात्र खाना खाने न कि अरुको दबाबमा खाने, खाना छनोट र त्यसको मात्राको बारेमा सही पहिचानले रोग देखि लड्ने क्षमता विकास गर्दछ भने यसको सहि पहिचान विनाको खानाले रोग बल्झाउँछ पनि इत्यादि सन्दर्भलाई खाना प्रतिको सचेतना बढाउन सहयोग गर्दछ । खानाले  शिक्षाका कार्यक्रममा सबै सक्षमताहरुको बारेमा तर्कपूर्ण ज्ञान सीपहरुको विकास हुनु पर्नेमा हाम्रो शिक्षा प्रणालीले त्यस्ता क्षेत्रहरुलाई पूर्णताका साथ समेट्न सकेका छैनन् । शिक्षाको पाठ्यक्रममा तहको हिसाबले पोषण विज्ञान विषय पठनपाठनको व्यवस्था भएर पनि यसलाई काईमूलक वनाउन सकिएको छैन । नेपाल जस्तो अल्पविकसित राष्टूमा चिकित्सा शास्त्र अन्तर्गत विभिन्न विघाहरु मेडीशिन, शल्य, मुटु, नशा, प्रशुती, बाल जस्ताको त्यति आवश्यक छैन त्यति पोषण विज्ञ ( डाइटिसियन ) को संख्याको आधारमा तयार गर्नु पर्ने देखिन्छ । यसको व्यवस्था भएर रोगको उपचार गराउनु भन्दा रोगै लाग्न नदिने अवस्थाको निर्माण गर्नु पर्ने आवश्यकता छ ।
खाना त्यति खाउँ जति आवश्यक छ, जस्तैः शारीरिक श्रम कति गर्नु पर्ने हुन्छ ? हाम्रो खानाको उपलब्धता कति छ ? त्यसलाई निश्चित गरी मात्र खाना खाने बानी बसालौं भन्ने सन्दर्भ सन् १८७० मा एडोल्फ क्वेटलेटले शरीरको स्वस्थताको अवस्था पोषणसँग आवद्ध गराएर विभिन्न सूचकहरुको विकास गरी तथ्यपूर्ण रुपमा चिकित्सा विज्ञानले सिफारिश गरेको थियो । क्वेटलेटले गणितीय गणनाको हिसाबले यसलाई बुभ्mन बुझाउन सहज हने अवस्था प्रष्ट्याउनु भएको छ, वहाँले प्रस्तुत गर्नु भएको सुत्रलाई आधार मानी एउटा वयस्क व्यक्तिको उचाई मीटरमा र तौल किलोग्राममा गणना गरी सुत्र प्रयोग गरी द्ययमथ ःबकक क्ष्लमभह गणना गर्न सकिन्छ । गणितीय गणनामा तौल किलोग्रामलाई शरीरको उचाई मीटरमा लिई त्यसलाई वर्ग वनाई तौललाई उचाईको वर्गले भाग गरी आउने भागफल किलोग्राम प्रति वर्गमीटर एकाईमा बीएमआई सूचक पत्ता लगाएर यसको अर्थबारे प्रष्ट हुन सकिन्छ, यदि बीएमको अंक साढे अठार ( १८.५ ) र २५.९ सम्मलाई नर्मलको रुपमा लिइन्छ । सामान्यतः बीस देखि पच्चीसलाई नर्मल, पच्चीस देखि तीस सम्मलाई ओभरवेट, तीस भन्दा बढी भयो भने मोटो र पैंतीस भन्दा बढी भयो भने धेरै मोटोको संज्ञा दिइन्छ । यसलाई गणना गर्न सकिन्छ र आप्mनो स्वास्थ्य प्रति सचेतता देखाउन सक्षम हुन सकिन्छ । यस्ता सूचकलाई प्रयोग गरी आप्mनो स्वास्थ्य प्रति अरुको सहयोग लिनु भन्दा आप्mनै प्रयाशले पनि विभिन्न समाधानहरु पत्ता लगाउन सकिन्छ ।
स्वास्थ्य प्रति सचेतना वृद्धिका लागि निम्न प्रश्नहरुको उत्तर खोज्ने प्रयत्न गरौं ः हामी कुन काम गर्दछौं ? काम नियमित गर्नु पर्दछ कि कहिले कांही मात्र गर्नु पर्छ ? हाम्रो खानाको मात्रा कति हुन्छ ? हामी दिनमा कति पटक खाएको छौं ? हामी दिनमा बढी खाना खान्छौं कि रातमा बढी खान्छौं ? यी उत्तरहरु खोज्ने प्रयत्न गरौं र स्वास्थ्य प्रति सचेत बनौं ।

No comments:

Post a Comment