Sunday, October 26, 2014

नामको धेरै, कामको थोरै ‘यूवा क्लव’

अजय अनुरागी
जनकपुरधाम............
जिल्ला प्रशासन कार्यालय धनुषामा २ हजार १ सय भन्दा वढी संघ संस्थाहरु दर्ता भएका छन् । प्रत्येक दिन जसो मानिसहरु संघ संस्थाहरु दर्ता तथा दर्ता नविकरणका लागि जिल्ला प्रशासन कार्यालयमा पुग्ने गरेका छन् । द एक्सक्लुसिभले गरेको अनुसन्धानबाट के पत्ता लागेको छ भने संघ संस्थाहरुमध्ये सामाजिक कार्य गर्ने उद्देश्यले यूवा क्लबहरुको दर्ता हुने क्रम वढी पाइएको छ । २ हजार १ सय ६ संघ संस्थाहरुमध्ये करिब १ हजार भन्दा वढी यूवा क्लबहरु नै दर्ता भएको पाइन्छ । जनकपुर सहरमा मात्रै ३ सय भन्दा वढी यूवा क्लबहरु दर्ता भएका छन् । एउटा गाउँमा पनि १० वटासम्म यूवा क्लबहरु दर्ता रहेको पाइन्छ । यति मात्र होइन् वार्ड पिछै र टोल पिछै पनि यूवा क्लवहरु दर्ता भएका छन् । जनकपुर सहर भित्र त चौक चौकमै यूवा क्लवहरु छन् । जनकपुरमा रहेका यूवा क्लवहरु विजया दशमी देखि छठ पर्वसम्म मात्र सक्रिय देखिन्छन् । अन्यथा केही क्लवहरु स्थापना दिवसको अवसरमा वार्षिक उत्सव मनाउने र साता व्यापी कार्यक्रम गरेर आफ्नो क्लवको अस्तित्वलाई पुष्टि गर्न खोजेको देखिन्छ । समाजसेवा गर्ने उद्देश्यले स्थापना भएपनि अहिले देखिएका यूवा क्लवहरु उद्देश्य भन्दा विमुख रहेको पाइन्छ । सामाजिक विकृति, कुप्रथा, कुसंस्कार, कुरिती, सरकारी निकायहरुमा हुने भ्रष्टाचार, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा देखिएको विकृति विरुद्ध कुनै पनि क्लवहरुले अभियान अगाडी वढाएको  देखिँदैन । समाजमा रहेका व्यक्तिहरु पनि दशैं पर्व वा अध्यात्मिक कार्यहरु बाहेक यूवा क्लवहरुले कुनै पनि रुपान्तरणको कार्यमा सकृय भएको अनुभुति गर्न सकेका छैनन् ।
जेठो क्लब ‘हिमाल क्लव’
जनकपुरको राम चौकमा गणेश यूवा कमिटी र
राम यूवा कमिटीले दशैं देखि छठसम्म
आय आर्जनका लागि चिठ्ठा काट्ने गरेका छन् ।
धनुषामा सबैभन्दा पहिले चित्रगुप्त सेवा समिति संस्थाको नाउँमा दर्ता भएको पाइन्छ । १८ पुष २०३४ मा दर्ता भएको उक्त संस्था धनुषाको पहिलो दर्ता भएको संस्था हो । त्यसै गरी १४ भदौ २०३६ मा धनुषामा सबै भन्दा पहिलो यूवा क्लबको रुपमा हिमाल क्लब जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको अभिलेखले देखाउँदछ । राष्टूका समस्त यूवा वर्गको सृजनात्मकता प्रति भलाई तथा हितका साथै साहित्य, सांस्कृतिक, गौरवमय राष्टिूय परम्परा कायम राखिराख्न, स्वस्थ चरित्र एवं अनुशासित यूवा वर्ग निर्माणको लागि उक्त क्लबको स्थापना गरिएको प्रशासन कार्यालयको दर्ता गरिएको दर्ता कितावको उद्देश्य महलमा उक्त कुरा उल्लेख गरिएको छ । जनकपुर नगर पञ्चायत वडा नं. २ किशोरी नगर स्थित उक्त क्लबको पदाधिकारीमा वसन्त कुमार ढुङ्गाना, सचिवमा शिवहरी गौतम, सदस्यहरुमा चिरंजिवी हमाल, पुरुषोत्तम ढुङ्गेल, जंगबहादुर सुनुवार, सुनिल घिमिरे, विष्णु प्रसाद दाहाल, गोपाल उपाध्याय, शेखर कार्की गरी कुल १३ सदस्यीय कार्यसमिति गठन गरिएको थियो । दर्ता भएपछि उक्त क्लबले जनकपुरको खेलकुदको विकासमा धेरै ठुलो योगदान पु¥याएको देखिन्छ । उक्त क्लबले खेलकुदको चार विधा फुटबल, वडीविल्डिङ, भलिवल र कवड्डीका खेलाडीहरु उत्पादन गर्न सफल भएको देखिन्छ । त्यसबेला दर्ता नै नगरिएको राष्टूबादी स्वतन्त्र विद्यार्थी मण्डलले मुनाल क्लब खोलेका थिए । हिमाल क्लब प्रजातन्त्र पक्षधर यूवाहरुको क्लब थियो भने  राज संस्था तथा पञ्चायती व्यवस्था समर्थक यूवाहरुको क्लबको रुपमा मुनाल क्लब संचालित थियो । दुवै क्लबहरु जिल्ला र अञ्चल स्तरिय खेलकुद प्रतियोगितामा सहभागी हुँदै फाइनल सम्मको यात्रा तय गथर््यो । मुनाल क्लबका तत्कालिन सदस्य अशोक कुमार रौनियार (हाल नेपाल पत्रकार महासंघ धनुषाका पुर्वअध्यक्ष) का अनुसार त्यतिबेलाका लोकप्रिय खेल फुटबलको जिल्ला स्तरिय र अञ्चल स्तरिय फुटबल प्रतियोगितामा दुवै फाइनल सम्म पुग्थ्यो । निर्धारित समय भित्र कुनै टिमले गोल गर्न सक्दैन्थ्यो । तर, मुनाल टिमका गोल रक्षक उत्तम प्रताप मल्ल (हेमबहादुर मल्लका भतिजो) राम्रो भएका कारण पेनाल्टी सुटआउटमा हिमाल क्लब हाथर््यो । यद्यपि मुनाल भन्दा हिमालका खेलाडीहरु तगडा मानिन्थ्यो । खास गरी स्टूाइकरहरु हिमालकै राम्रो थियो ।
जनकपुरका पुर्व उपमेयर किशोरी साहका अनुसार त्यतिबेला राष्टूवादी स्वतन्त्र विद्यार्थी मण्डलका विद्यार्थीहरु तत्कालिन प्रशासक अञ्चलाधिश र सिडिओबाट प्रोत्साहित हुने गर्थे । साहकै भनाई अनुसार विना तलब र ज्यालाको राष्टूवादी मण्डलका विद्यार्थीहरु तत्कालिन सत्ता संरक्षकका वफादार सिपाही थिए । जसलाई तत्कालिन प्रशासनले केही रकम फन्डिङ गरेर परिचालन गर्थे । हुन त जनकपुरमा त्यसबेला यूवाहरुको जमघट हुने ठाउँ भनेको भानुचौक, रामचौक र जानकी चौक मात्र थियो । पञ्चायत कालमा विद्यार्थी संगठनहरुको ठुलो प्रभाव थियो । डेमोक्रेट विचारधारा बोकेका विद्यार्थीहरुको यूवा क्लब दर्ता नै गर्दैनथ्यो, प्रशासकले ।
दोस्रो क्लबको रुपमा १२ साउन २०४१ मा एभरेष्ट क्लब दर्ता भएको थियो । तर, जब संस्थाहरु दर्ता हुने क्रम सुरु भयो, धनुषामा पनि यूवा क्लबहरु खास गरी ४७ साल पछि धमाधम दर्ता हुन थाल्यो । 
समाज सेवामा समर्पित ‘मिथिला समाज सेवा समिति’
त्यसैगरी मिथिला समाज सेवा समितिले पनि
जानकी चौकमा चिठ्ठा काट्ने गरेको छ ।
 यूवा क्लवहरुले आफ्नो आम्दानीको लागि
चिठ्ठा काट्ने प्रवृति दिन प्रति दिन वढ्दै गएको छ ।
समाज सेवाको उद्देश्यले २०४१ सालमा स्थापना भएको मिथिला समाज सेवा समिति १४ बैशाख २०५२ मा मात्र दर्ता भयो । भोला प्रसाद साहको अध्यक्षतामा रामेश्वर ठाकुर उपाध्यक्ष, विजय लाल दास सचिव लगायतको यूवाहरुले राजनीतिका सबै दलहरुलाई समेटदै समावेशी सर्वपक्षिय समिति गठन गरेको थियो । उक्त समिति गठन भएपछि सबै भन्दा पहिले उद्देश्य भनेको समाज सेवा गर्ने भएपनि कसरी गर्ने भन्ने अन्यौलता उत्पन्न भएको थियो । अनि संस्कृतिलाई पहिलो प्राथमिकतामा राखि संस्कृतिको संरक्षण तथा संबद्र्धन गर्ने उद्देश्यका साथ अरगज्जा पोखरीमा छठ पर्वमा रात भरी अर्घ पोखरीमै राख्न लगाउने परम्पराको सुरुवात ग¥यो । त्यसैको देखासिकी गरेर सहरका अन्य क्लब र गाउँ गाउँमा समेत छठ पर्वमा घाटलाई सौन्दर्यीकरण गर्ने र रातभरी अर्घलाई घाटमै राख्ने परम्परा फैलिन थाल्यो । त्यस अघिसम्म मानिसहरुले साँझमा अस्ताउँदो सूर्य देवतालाई अर्घ देखाएर अर्घ घर लग्ने र विहान फेरी उदाउँदो सूर्यलाई अर्घ देखाउन ल्याउने गरिन्थ्यो ।
२०४५ सालमा वेवारिसे लाशलाई दाह संस्कार
गर्न तयारी गर्दै मिथिला समाज सेवा समितिका
तत्कालिन पदाधिकारीहरु ।
२३ भदौ २०४१ मा स्थापना भएको
उक्त समिति १४ वैशाख २०५२ मा दर्ता भएको हो ।
मिथिला समाज सेवा समितिले अर्को महत्वपुर्ण कार्य वेवारिसे लासको व्यवस्थापन गर्ने कार्यको सुरुवात ग¥यो ।  सहरमा बाहिरबाट आएका तिर्थालु वा अन्य व्यक्तिको बेवारिस अवस्थामा मृत्यु भएपछि लावारिस लासको दाह संस्कार गर्ने कार्यको सुरुवात ग¥यो । उक्त समितिले बेवारिसे लाशलाई लासको धर्म अनुसार हिन्दु, मुस्लिम जुन सुकै धर्मको भएपनि मृतकको धर्म पहिचान गरी धर्म अनुसार दाह संस्कार गर्ने काम थाल्यो । यति मात्र होइन काठ र टिनको शव बाहन बनाएर जनकपुर अञ्चल अस्पताललाई पनि उपलब्ध गरायो । मिथिला समाज सेवा समितिका बर्तमान अध्यक्ष मुक्तिलाल साहका अनुसार जनकपुर अञ्चल अस्पताललाई तीन पटक काठको शव वाहन दिइएको थियो । तर, अस्पतालले त्यसको व्यवस्थापन र संरक्षण गर्न सकेन । साह भन्छन,“अहिले हामीले भौतिक पुर्वाधार तथा यातायात मन्त्री बिमलेन्द्र निधिलाई समेत संस्थाको लागि एउटा शववाहन उपलब्ध गराइदिन आग्रह गरेका छौं ।” त्यसैगरी जनकपुरको विभिन्न वडाहरुमा गएर कुनै पनि छोरीको विवाह हुँदा स्वयम सेवकको रुपमा गएर जन्तीलाई स्वागत गर्ने तथा स्वागत र सत्कार कार्यका लागि रातभरी खट्ने कार्य गर्न थाले । महत्वपुर्ण कुरा के थियो भने उक्त समितिबाट खट्ने स्वयम सेवकहरु त्यहाँ एक छाक खाना पनि खाँदैनथे, बरु सके आर्थिक सहयोग पनि छोरीको बुवालाई उपलब्ध गराउने गर्थे । त्यसपछि जनकपुरमा मानव सागर ओर्लिने विवाह पञ्चमी, राम नवमी, परिक्रमा जस्ता धार्मिक उत्सवहरुमा स्वास्थ्य सिविर, स्वक्ष खानेपानी उपलब्ध गराउने र स्वयम सेवक परिचालन गर्ने कार्यको सुरुवात भयो । उक्त समितिकै नेतृत्वमा पहिलो पटक यूवाहरु भक्तजनहरुको सेवाका लागि स्वयम सेवकको रुपमा खटेको उक्त समितिका आजिवन सल्लाहकार किशोरी साह बताउँछन् । धेरै भिडभाड भएको हुनाले उक्त मेला महोत्सवहरुमा पकेटमारहरु पनि ठुलो संख्यामा सकृय हुने गथर््यो । नेपाल तथा भारतबाट आउने भक्तजनहरुको रुपैयाँ पकेटमारहरुले चोरी गर्दा भक्तजनहरु विचल्लीमा पर्थे । अनि उक्त समितिले पकेटमारको सिकार बनेका दुरदराजका यात्रीहरुलाई आफ्नो गनत्वय सम्म पुग्नको लागि बस वा टूेनको टिकट कटाईदिने र घरसम्म पुग्नका लागि बाटो खर्च समेत उपलब्ध गराउने गथर््यो । यति मात्र होइन गरिब तथा सिकिस्त विरामीहरुको उपचारको लागि उपचार खर्च तथा औषधि खर्च समेत समितिले उपलब्ध गराउने गथर््यो । प्राकृतिक प्रकोप खासगरी बाढी र अग्नी पीडितहरुलाई जनकपुरमा महिनौ दिन सम्म समितिका सदस्यहरुले दुवै छाक खाना नास्ता बनाई महिनौ दिनसम्म राहत उपलब्ध गराउने गथर््यो । उक्त समितिले मिथिला हेल्थ यूनिट संचालन गरी वडिविल्डिङको काममा यूवाहरुलाई आकर्षित गरेको थियो । मिथिलाको लोक नाच झिझिया महोत्सव आयोजन गर्नु खेलकुदमा बुद्धिचाल प्रतियोगिता आयोजन गर्नुका साथै जनकपुरमा सबैभन्दा पहिले टेन्ट हाउस खोलेर गरिबहरुलाई निःशुल्क सामग्री उपलब्ध गराउने गरेको छ ।
ऐतिहासिक क्लव ‘रामानन्द यूवा क्लब’
जनकपुरको रामानन्द चौक स्थित रामानन्द यूवा क्लव ।
रामानन्द चौक वरिपरीका ११ जना यूवाहरुले २०३६ सालमा विना नामको एउटा संगठन बनाएको थियो । अमर चन्द्र अनिल, राजेन्द्र थापा, सुरेन्द्र शर्मा, रामबाबु  राय, परमेश्वर राय, धु्रवमनि बाँस्कोटा, दिपक घिमिरे, विश्वनाथ पाठक, भेषराज बराल लगायतका ११ जना यूवाहरुको समुहले रामानन्द चौकमा झुला व्यवस्थापनका निम्ति संगठित भएका थिए । रामानन्द चौक देखि अग्नी कुण्डसम्म त्यतिबेला थुप्रै मन्दिरहरु थिए । प्रत्येक मन्दिरहरुमा झुला हुन्थ्यो । तर, अन्य एरियाबाट गएका यूवाहरुले झुला महोत्सवमा उदण्ड तथा उच्छृङखल कृयाकलापहरु गर्ने हुनाले ती यूवाहरु स्वयम सेवकको रुपमा परिचालन हुने गरेको अमर चन्द्र अनिल बताउँछन् । २०३८ सालमा एउटा ठुलो यज्ञ भएको थियो । जसको उदघाटन तत्कालिन राजा विरेन्द्रद्वारा गरिएको थियो । रत्नसागर स्थानमा (अहिले जहाँ आँखा अस्पताल छ) खेलकुदको व्यवस्था गरिएको थियो । अर्को तर्फ खाली जग्गामा (जहाँ अहिले थुप्रै घरहरु बनिसकेका छन्) यज्ञका लागि थुप्रै मण्डपहरु बनेका थिए । उक्त यज्ञमा समेत ती यूवाहरु स्वयम सेवकको रुपमा परिचालित भएका थिए । यता अमर चन्द्र अनिल हिमाल क्लबको वडिविल्डिङका अध्यक्ष भएका कारण उनले वडिविल्डिङ तथा वेट लिफ्टिङ क्लब खोलेका थिए । उक्त क्लबमा यूवाहरु आएर वेट लिफ्टिङ, जिम्नाष्टिक, बक्सिङ तथा रोपिङ लगायतका खेलहरु सिकाउन थालियो । अमरचन्द्र अनिलका अनुसार उक्त क्लबमा यूवाहरु अवधेश पोखरेल, दिपेन्द्र उपाध्याय, देबेन्द्र यादव, रविन्द्र यादव, अनिल मिश्र लगायतका यूवाहरु निरन्तर वेट लिफ्टिङ सिक्न आउन थालेपछि जनकपुरमा वेट लिफ्टिङको एउटा राम्रो टिम बन्यो । पछि राम आयलको एउटा कोठा मासिक १ सय ५० रुपैयाँमा भाडामा लिएर सांस्कृतिक कार्यक्रमका लागि गाना बजानाको कामहरु सुरु ग¥यो । अमरचन्द्र अनिल बेन्जो बजाउँथे भने भारतको मुझफ्फरपुरबाट रु. ३ सयमा कन्गो किनेर ल्याएका थिए । विभिन्न मन्दिरहरुबाट एम्पिलीफायर माइक मागेर ल्याउथे, ढोलक र हारमुनियम आफ्नै हुन्थ्यो । यसरी उनीहरुले गीत गाउने र संगित सिक्ने कामको सुरुवात ग¥यो । आभाष लाभ, सुनिल ठाकुर, शिवशंकर जस्ता यूवाहरु आएर गीत सिक्न थाले । गायक र वादकहरु उत्पादन हुन थाले । रामानन्द संस्कृति क्लब हुँदै प्रवुद्ध पुस्तकालय र पछि मात्र २०४२ सालमा रामानन्द यूवा क्लबको नामाकरण भएको हो । उक्त क्लबले रामानन्द चौकमा सार्वजनिक शौचालय र भ्रमरपुरा चौकमा मुत्रालयको निर्माण गर्नुको साथै भ्रमरपुरा चौक, रामजानकी सिनेमा हलको अगाडी, आँखा अस्पताल र जनकपुर अञ्चल अस्पतालमा प्रतिक्षालय निर्माण गरेका छन् । ५ वर्ष अघि उक्त क्लबबाट २ सय ५७ जनाले रक्तदान गरी सबैभन्दा वढी रक्तदान गर्ने क्लवको रुपमा रहेको छ । उक्त क्लवले मैथिली भाषा साहित्यका पुस्तकहरुको प्रकाशन गर्नुका साथै विवाह पञ्चमी महोत्सवमा स्वास्थ्य, विश्राम शिविरहरु लगाउने गरेका छन् । रामानन्द यूवा क्लवका वर्तमान अध्यक्ष प्रकाश मिश्र भन्छन,“ म अध्यक्ष भएको ४ महिना मात्र भएको छ । निर्वाचित भएको १० दिन पछि रामानन्दद्वारको रंगरोगन, सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरें । २ महिनाको तयारी गरी भव्यताका साथ रामानन्द चौकमा दुर्गा पूजा गरें ।” पुष ५ गते क्लवको बार्षिक उत्सवलाई दृष्टिगत गर्दै साता व्यापी कार्यक्रम गर्ने तय गरिएको छ । जसका लागि नेपाल र भारत दुवै देशका मिथिलाञ्चलका कालाकारहरु(वादक र गायक) लाई ल्याएर एउटै मञ्चमा उभ्याएर सम्मान गर्ने, कुष्ठरोगी, अनाथ आश्रम र वृद्धा आश्रममा कपडा तथा फलफुल वितरण गर्ने र रक्तदान कार्यक्रम आयोजन गर्ने अध्यक्ष मिश्रले बताए । त्यसैगरी विवाह पञ्चमी महोत्सवलाई दृष्टिगत गर्दै विवाह पञ्चमी पुर्व तथा पछि सर सफाईको कार्यक्रम गर्ने, विवाह पञ्चमीका दौरान पर्यटकहरुका लागि शिविर लगाउने र विवाह पञ्चमीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने भएकाले उनको स्वागतका लागि रामानन्द चौकमा एउटा स्वागतद्वार निर्माण गर्ने मिश्रले बताए ।
जनकपुरको रामानन्द चौकमा संचालित रामानन्द यूवा क्लवले स्थापना काल देखि नै खेलकुद, कलासंस्कृति, रंगमञ्च, पुस्तक प्रकाशन जस्ता महत्वपुर्ण कार्यलाई निरन्तरता दिँदै आएको छ । जनकपुरको यो क्लव नै यस्तो क्लव हो जसमा सामान्य मजदुर देखि विभिन्न विधामा दख्खल राख्ने विज्ञहरु समेत यसका सदस्य छन् । वरिष्ठ साहित्यकार, प्राध्यापक तथा वुद्धिजिवी डा.राजेन्द्र विमल, अर्थ शास्त्री डा.सुरेन्द्र लाभ, त्रिभुवन विश्व विद्यालयको मैथिली विभागका केन्द्रिय प्रमुख परमेश्वर कापडी, नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झा, प्राज्ञ तथा नाटककार रमेश रञ्जन झा, नेकपा एमालेका नेता तथा सभाषद सितल झा, नाटककार अवधेश पोखरेल, साहित्यकार अशोक दत्त, गायक आभाष लाभ, पत्रकार श्याम सुन्दर शशि धनुषा क्रिकेटका प्रशिक्षक नविन सिंह, भारोतोलन खेलाडी अनिल मिश्र, चिकित्सक डा.रामनरेश पंडित, गायक नविन मिश्र, हास्य कलाकार वि.एन.पटेल लगायतका व्यक्तिहरु उक्त क्लबका सदस्य हुन । विज्ञानराज शर्मा धनुषामा एसपी भएर आउँदा उक्त क्लवका सदस्य बनेका थिए । यसरी हेर्ने हो भने उक्त क्लव जनकपुरको बौद्धिक क्लव र प्रतिभावान सदस्यहरु रहेको क्लव हो । उक्त क्लवले अन्तराष्टिूय मैथिली नाट्य महोत्सव समेत आयोजन गरेको थियो । तर पछिल्लो समयमा उक्त क्लवले गर्नुपर्ने रंगमञ्च र खेलकुद तर्फको कामलाई निरन्तरता दिन सकेको छैन । यति मात्र होइन क्लवले प्रकाशित गर्ने मैथिली भाषाको साप्ताहिक पत्रिका विद्यापति टाइम्स समेत बन्द गरेको छ । क्लवका पुर्व अध्यक्ष अशोक दत्त भन्छन,“ कला क्षेत्रको कार्यहरु निरुत्साहित हुनुमा संस्थासँग जोडिएका व्यक्तिहरु नविन मिश्र, वि.एन.पटेल लगायतले पैसा कमाउनको लागि छुट्टा छुट्टै टिम खडा गर्नु हो । त्यसैगरी क्लवले कुन कार्यलाई निरन्तरता दिने वा कुन नयाँ कार्य थप्ने त्यो कुरा नेतृत्व माथि पनि निर्भर गर्दछ । पछिल्लो समयमा दिपेन्द्र ठाकुर र नविन मिश्रले नेतृत्व गर्दा क्लवको गति कम भएपनि प्रकाश मिश्रको कार्यकालमा गति लिने छ ।” उक्त क्लवले अब पुस्तकालय पनि विधिवत रुपमा संचालन गर्ने छ ।
दशैं व्यवस्थापन गर्ने क्लव ‘राम यूवा कमिटी’
 राम चौकमा राम यूवा कमिटीले 
निर्माण गरिरहेको श्री राम टावर ।
२०४६ सालको जनआन्दोलन पश्चात नेपालमा निरंकुश पञ्चायती व्यवस्थाको अन्त्य भएर प्रजातन्त्रको वहाली भयो । प्रजातन्त्र प्रति आस्था राख्ने यूवाहरु संगठित हुन नपाइरहेको, पञ्चायतकालमा कुनै पनि संघ संस्था दर्ता गर्नु परे त्यो संस्था राजावादी हुनु पथर््यो । राजाको जन्म दिन मनाउनु पर्ने, मरन दिन मनाउनु पर्ने, तत्कालिन व्यवस्था विरुद्ध जान नसक्ने स्थितिका कारण प्रजातन्त्र माथि विश्वास गर्ने संगठन तथा संस्थाहरु प्रतिवन्धित थिए । प्रजातन्त्रको पुनर्वहाली भए पश्चात कानुन विधि व्यवस्था तथा प्रहरी प्रशासनको शुन्यता स्थिति भयो । प्रहरी प्रशासन मौन बसेपछि कहिं आतङ्क त सिर्जना हुँदैन । र, हरेक समयमा के देखिन्छ भने पराजित भएका शक्ति विभिन्न उपद्रवहरु गर्ने गर्थे । दरवार पक्षले नै फेरी खुकुरी दल वा कुनै दल गठन गर्ने हो कि, जनधन को रक्षा हुुन पाउँछ की पाउँदैन, त्यो परिस्थितिबाट समाजलाई कसरी जोगाउने भनेर यूवाहरुको चिन्ताले जनकपुरका केही यूवाहरु संगठित भए । त्यो बेला धेरै यूवाहरु संगठित भई समाजमा जनधनको सुरक्षाका लागि राति राति पहरेदारी दिने काम सुरु भयो । पहरेदारीको क्रम सुरु भए सँगै रामचौकका यूवाहरुले चिन्तन मनन गरेर श्री राम यूवा कमिटिको नाउँमा यूवाहरुलाई संगठित गर्ने काम सुरु भयो । रामबाबु साहको अध्यक्षतामा २०४७ साल भाद्र १८ गते श्री राम यूवा कमिटिको स्थापना भयो । कमिटिको स्थापना भए लगत्तै असोज कार्तिकमा विजयादशमीको बन्दोवस्ती कसरी गर्ने भन्ने प्रथम प्राथमिक विषय बन्यो । महापर्वको रुपमा मनाइने गरेको पर्व विजयादशमी तथा राजदेवी मन्दिरमा हुने पूजा आजा तथा बोकाको बली कार्यलाई कसरी सहज तथा सरल ढंगले व्यवस्थापन गर्न सकिन्छ भन्ने सवालमा उक्त कमिटिले प्रस्ताव अगाडी ल्यायो । हजारौं भक्तजन आउँदा भीड अनियमितता हुन गए प्रहरी प्रशासनले सुरक्षा प्रदान गर्न नसके एउटा ठुलो दुर्घटना पनि हुन सक्ने सम्भावना थियो । 
पञ्चायतकालमा ५ सय, ६ सय बोका काटन साँझ ५ बजे देखि विहान २÷३ बजे सम्म काटिने गरिन्थ्यो । त्यो अनियन्यित र अव्यवस्थित देखिए पछि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने यूवाहरुले विचार गरे, तर्कहरु राखे । प्रशासनिक निकाय र गुठी संस्थानका कर्मचारीहरुले बोकाको कानमा स्टीच लगाईदिनुपर्छ त कसैले खुट्टामा चिनो लगाउनु पर्छ भनै आफै तर्क राख्ने र आफैले राखेको तर्कलाई खण्डन पनि गरिरहेका थिए । तर, यूवाले १ देखि १ सय सम्मको रसिद वालालाई गेटसम्म आउन दिने प्रस्ताव राख्दा यदि ९ सय रसिद संख्या भएको पहिलो आइदिने र १ सय नम्बर भित्रको बोका गंगासागरको डिलमा राखेको अवस्थामा त्यसलाई कसरी ल्याउने भनेपछि त्यो कुरा पनि असफल भयो । राम यूवा कमिटीका संस्थापक महासचिव प्रमोद चौधरीका अनुसार अन्तिममा यूवाहरुले पहिले देखि नै गृहकार्य गरी ल्याएको योजना प्रस्तुत गर्दा तत्कालिन डिएसपी थापा दङ्ग परी अब हाम्रो कामै छैन, हामीले यूवाहरुको योजना अनुसार प्रहरीले व्याक सपोर्ट मात्र गरे पुग्छ भनी समर्थन गरे । पुलिसले दिमाग लगाउनै पर्दैन, यूवाक्लबहरुको नक्सा एक दम सराहनिय छ, हामीले सहयोग गरे व्यवस्थित हुन्छ भन्दै तत्कालिन डिएसपीले थपे । अनि तत्कालिन इन्सपेक्टर मुरली मनोहर पाण्डेको कमाण्डमा यूवा क्लबका योजना अनुसार व्याक सपोर्ट गर्न भन्यो । त्यो बेला खाका अहिले सम्म चलिरहेकोछ । २५ वर्ष अघिको प्लान, कहाँबाट बोकाको लाइन लगाउने, कति बोका कसरी कहाँ छोड्ने भनी २५जना यो चौरमा, २५ जना अर्को चौरमा राख्ने, प्राङ्गणमा २५ जना जान दिने परम्परा त्यतिबेला जसरी ती दुवै यूवा क्लबले बसाले, त्यसबाट एक इन्च पनि हालसम्म परिवर्तन भएको छैन । त्यो बेला ती दुवै क्लबले के विवेक पु¥याएको थियो भने, जनकपुरमा जति पनि व्यानरका यूवा क्लबहरु छन् ती सबैको सम्मान हुनु पर्छ, एकै दुई जना भएपनि सांकेतिक रुपमा भए पनि सहभागी गराउनु पर्छ भनेर निर्णय गरियो । राजदेवी मन्दिरको कार्यक्रममा हाम्रो पनि स्वामित्व र सहभागी छ भनेर सबे क्लबहरुको आत्म सम्मान हुने फाइदा थियो भने अर्को तर्फ कुनै पनि एरियाबाट यदि त्यसबेला प्रहार गरियो वा बलि प्रथालाई विथोल्ने काम भयो भने ती एरियाका मान्छेलाई विश्वासमा लिएर समाधान गर्न सकिने दुईवटा उद्देश्य थियो । त्यही परम्परा अहिले पनि कायमै छ । अष्टमीको दिन एउटा संयूक्त यूवा क्लबको व्यानर राखिएको हुन्छ भने त्यसको आयोजकमा राम र महावीर यूवा कमिटी हुन्छ । नवमीका दिन महावीर यूवा कमिटीको व्यानर राखिन्छ । त्यो कसरी भयो भने पहिला राम यूवा कमिटीले हेथर््यो तर राजदेवी अमरखाना वौधी मन्दिर गरी ३ वटा मन्दिरको व्यवस्थापन राम यूवा कमिटीले नै गथर््यो । मान्छेको चाप वढ्दै गएपछि ती दुवै क्लबबीच सहमति गरी वाँडफाँड गरियो । वाँडफाँडमा महावीरले राजदेवी मन्दिरको पूजा पाठ देखि सबै कार्यक्रम हेर्ने, अनि रामयूवाले अमरखाना अन्नपुर्णाको सबै काम हेर्ने तर अष्टमीको चाँही सम्पुर्ण जिम्मेवारी रामयूवा कमिटीको काँधमा हुने गर्छ ।
पहिले मिथिला माध्यमिकी परिक्रमा हुँदा यूवाहरुको कुनै पनि योगदान रहँदैन्थ्यो । संस्थापक महासचिव चौधरी भन्छन,“ वरु हामीले के सुनेका थियौं भने ग्रामिण क्षेत्रका मानिसहरुले परिक्रमा यात्रुहरुको बस्ने ठाउँमा ओछयान  विछयाई सुत्ने र महिलाहरुसँग अभद्र व्यवहार गर्ने गथर््यो भनेर हामीले सुनेका थियौं । हामीले जनकपुरमा यूवाहरुले व्याच लगाएर जुन दशैंमा सेवा प्रदान गरिरहेका थियौं  र त्यसको प्रचार प्रसार र गाउँ गाउँबाट आउने यूवाहरु समेत प्रभावित र उत्प्रेरित भई उनीहरुलाई पनि हामीले केही गर्नुपर्छ भन्ने अवस्था जाग्यो । अनि अहिले १५ दिने परिक्रमामा गाउँ गाउँमा यूवाहरु परिचालित भई व्याच लगाई वा कुनै समितिको नाउँ दिएर परिक्रमा यात्रुहरुलाई विजुली बत्तीको प्रवन्ध मिलाईदिने, निर्वाह गरिदिने व्यवस्था भएको हो ।” पटना पछि जनकपुरकै छठ राम्रो र मनोरम मानिन्छ । त्यसमा पनि हाम्रो नै भुमिका महत्वपुर्ण छ । लाखौं रुपैयाँ हामी खर्च गछौं । छठको बेलामा जसरी पोखरी र घाटको सौन्दर्यीकरण गर्न थाल्यौं, त्यसको देखासिकी गरेर प्रत्येक गाउँमा टेन्ट लगाउने राति पोखरीको घाटमै वस्ने कार्य सुरु भएको छ । यूवाहरुकै डिएटूक्टिभ माइन्डलाई कन्भर्ट गरी कन्स्टूक्टिभ वनाउन यसले ठुलो सन्देश दियो । यूवाहरु धार्मिक आस्था प्रति ओत प्रोत भए । सामाजिक क्षेत्रमा सघाए ।
 यूवा क्लबहरु जनकपुरको मामिलामा धेरै सकारात्मक काम गरेको पाइएको छ । मठ मन्दिरका वावाजीहरुले गर्नुपर्ने काम यूवाहरुले नै गर्ने, प्रशासनले, राजनीतिकर्मीले गर्नुपर्ने काम यूवा क्लबहरुले नै गर्ने गरेको छ । अझ  त विकास निर्माणको काम पनि यूवाहरुले आफ्नै सक्रियता र लगानीमा गर्नु परिरहेको अवस्था छ । चौधरी भन्छन,“उदाहरणको लागि जनकपुरको रामचौकमा रामयूवा कमिटीले करिब ३० लाख रुपैयाँको लागतमा श्रीराम टावर बनाइराखेको छ । यो रामयूवा कमिटीको काम होइन । जनकपुर नगरपालिकाको कार्यालय नगर विकास कोष, जिल्ला विकास समिति, वृहत्तर जनकपुर क्षेत्र विकास परिषद जस्तो सरकारी निकायहरुले गर्नु पर्ने काम हो । तर ती निकायहरु मौन वसेका छन् । यो त धन्यवाद दिनु पर्छ यूवा क्लबहरुलाई कि धार्मिक, सांस्कृतिक पहिचान र धरोहरुलाई विरासतहरुलाई जोगाएर राखेको छ । परिवर्तनशील यूग छ । स्वाभाविक रुपले यूवाहरुको काँधमा जिम्मेवारी पनि थपिदै जाने हो ।” 
संस्थापक महासचिव चौधरीका अनुसार बोकावली चढाउने मान्छेहरु धेरै गरिव हुन्थे । चुरा, नुन बोकेर आउथे । भोकभोकै बसेर पनि भाकल गरिएको बोकाको बलि प्रदान गराई घर फर्किने प्रतिक्षामा बस्नु पथर््यो । त्यसपछि हामीलाई दया लाग्यो । अनि हामीले एकजना दाता विश्वनाथ साहलाई आग्रह गर्यौैं, आएका मान्छेलाई खुवाउन सहयोग गर्नुस । अनि वहाँले भन्नु भयो, ठीक छ कति जना मान्छेको लागि खानाको व्यवस्था गर्नुपर्छ ? अनि हामीले भन्यौं कम से कम ५ हजार मानिसको खानाको व्यवस्था गरिदिनुस । पुरी, बुनियाँ र तरकारी निःशुल्क भोजन, अष्टमीको दिन राम यूवा कमिटीको प्राङ्गणमा बोका सँगै आएका सबै मनिसहरुलाई गराउने गर्छाैं । एउटा बोका बरावर एक व्यक्ति नभएर, बोका बोकेर आउने सबै मानिसहरुलाई उक्त दिन निःशुल्क भोजन गराउँछौं । गुठीमा तिनीहरुलाई कुपन दिएका हुन्छौं र उनीहरुले भोजन गर्छन ।
हामीले अर्को महत्वपुर्ण निर्णयहरु पनि गरायौं । बोकाको टाऊको हामीले नराख्ने भन्यौं तर गुठीका कर्मचारीहरुले इन्कार गरिरहेका थिए । त्यतिबेला टाउको प्रशासनिक निकायमा बाँडने गरिन्थ्यो । तर, हाम्रो भनाई के थियो भने कुनै मानिसले ३÷४ किलोग्राम तौल भएको बोका लिएको हुन्छ र ५० देखि १ सय जना सम्मलाई प्रसाद ग्रहण गर्न आमन्त्रण गरेको हुन्छ । त्यति मात्र मासुमा व्यवस्थापन गर्न उनीहरुलाई गाह्रो भइरहेको हुन्छ । फेरी यहाँ राजदेवी मन्दिरमा बोकाको् मार हान्ने मान्छेले घाँटी समेतलाई मार हानिदिने खुट्टा समेत निकालिदिने गरे पछि बलि चढाउन आउने मान्छेले एक दमै कम मासु लिएर घर फर्किनु पथर््यो । मतलब अवस्था यस्तो थियो कि मासु लुटालुट हुन्थ्यो । अनि हामीले त्यसबेला ७ रुपैयाँ शुल्क निर्धारण ग¥यौं र टाउको पनि फिर्ता गर्ने निर्णय ग¥यौं । त्यही बेला देखि हामीले टाउको फिर्ता गर्न थाल्यौं । सौभाग्यवस ४ जना बालकले पनि बोकाको बलि प्रदान गराउन भ्याए । पहिले बोका भित्र छिराउन पहलवानहरु जाने गथर््यो । तर, उक्त व्यवस्था गरेपछि एक जना ९ वर्षको बालकले पनि बोकाको बली प्रदान गराउन सक्षम भए ।  २०४७ सालमा लगभग १२ सय बोकाको बली चढाइएको थियो । साँझ साढे ५ बजे सुरु गरेर साढे ८ बजेसम्म सकिएको थियो । पञ्चायत कालमा ३ सय ४सय बोका काट्न करिब १२ घण्टासम्म लाग्ने गथर््यो । हुन त त्यति सजिलो पनि थिएन । त्यसपछि बोकाको संख्या वढ्दै जाँदा दुई वटा ठेहाको व्यवस्था गर्नु प¥यो । किनभने बली प्रदान अष्टमी मै सम्पन्न गर्नुपर्ने बाध्यता थियो । हुन त बीचमा ३ वटा ठेहा पनि व्यवस्था गरिएको थियो तर, दुर्भाग्यवस एउटा के दुर्घटना भयो भने एक जना स्वयमसेवकको औंला नै काटियो । त्यसपछि हामीलाई लाग्यो कि हामीबाट केही गल्ती भयो । त्यसपछि फेरी दुई वटा ठेहा हालसम्म पनि रहेको छ । हामीलाई पनि थुप्रै अप्ठयाराहरुको सामना गर्नुपरेको थियो । लाईन लगाउँदा लाईन तोडेर घुसपैठ गर्ने गथर््यो अनि हामीले घुसपैठ गर्नेहरुलाई लाईनबाट हटाएर सबैभन्दा पछाडी लाईन लगाईदिन्थ्यौं । यसरी दुई तीन वर्ष सम्म हामीले रोलेक्सहरु बाँधेर लाईनको व्यवस्थापन ग¥यौं । लक्ष्मी साह अध्यक्ष भएपछि टेन्टहरुको बन्दोवस्ती र सौन्दर्यीकरणको कार्य पनि थालनी भयो । आज आएर यस्तो पहिचान बनिसकेको छ कि नेपालमै विजयादशमी यतिको भव्यताका साथ कहि पनि मनाईदैन । देशका विभिन्न ठाउँहरुबाट दशंै हेर्न जनकपुर पर्यटकहरु आउने गर्छन । जनकपुरबाट सरुवा भएर जाने कर्मचारीहरुले समेत जनकपुरको दशैंको प्रचार प्रसार गर्न थालेपछि पर्यटकहरु झन झन आकर्षित हुँदै गएका छन् । 
समाज सेवामा ‘महाविर यूवा कमिटी’को योगदान
महाविर यूवा कमिटीको कार्यालयमा सजाइएको 
सिल्ड तथा वडिविल्डिङका उपकरण ।
 अहिले उक्त क्लवले खेलकुदलाई पनि गौण गर्दै आएको छ ।
महाविर चौकका केही यूवाहरु आफ्नो क्षेत्रको विकासका लागि नेपाली कांग्रेसका नेता महेन्द्रनारायण निधिलाई संकटमोचन विद्यालयमा भेटन गएका थिए । तर, नेता निधिले कुनै समुह वा संस्था मार्फत आउन भनेपछि अरुण कुमार साह, ठाकुर प्रसाद साह, संतोष साह, प्रमोद कुमार साह, सुरेन्द्र ठाकुर, उपेन्द्र ठाकुर, गोपाल गुरुङ लगायत ५०÷६० जना यूवाहरु मिलेर २०४७ सालमा महाविर यूवा कमिटिको स्थापना गरेका थिए । उनीहरुले क्लव मार्फत महाविर चौकमै महाविर मन्दिरको स्थापना गर्नुका साथै अग्नि पीडित र वाढी पीडितहरुलाई गाउँ गाउँमा पुगेर राहत सामग्री उपलब्ध गराउथे । उक्त क्लवका संस्थापक अध्यक्ष अरुण कुमार साहका अनुसार त्यतिबेला महोत्तरीको मटिहानी, नैनिही, गम्रौरा लगायतका गाउँमा अग्नि पीडितहरुलाई खाद्यान्न तथा लत्ता कपडा गाउँमै गएर वितरण गरेका थिए । जनकपुरमा सहयोग संकलन गरी नगरपालिकाले उपलब्ध गराएको टयाक्टरमा लगेर हरेक अग्नि पीडितको घर घरमा पुगेर वितरण गरेका थिए । त्यसैगरी २०५३ साल तिर जनकपुरमा कानको चिकित्सकको अभावमा कानको रोगीहरु उपचारबाट वञ्चित थिए । अनि उक्त क्लवले कान शिविर संचालन गरी धनुषा वरिपरिका जिल्ला र जनकपुर सहरको व्यक्तिहरुलाई निःशुल्क कानको उपचारका साथै इयर क्याम्प, निःशुल्क अपरेशन गराएका थिए । करिब २ सय जना व्यक्तिले उक्त शिविरबाट लाभ लिएका थिए । त्यसैगरी विजया दशमीका अवसरमा राजदेवी मन्दिरमा हुने बली प्रदान र पुजामा व्यवस्थापनका लागि महाविर यूवा कमिटी राम यूवा कमिटीको सहयोगमा सक्रिय रहँदै आएको छ । महाविर यूवा क्लवले महाविर यूवा क्रिकेट टिम पनि संचालन गरेको छ । उक्त टिमले जिल्ला र विहारको कतिपय जिल्लाहरुमा गएर उपाधि समेत जितेको छ । राष्टिूय तथा अन्तराष्टिूय स्तरका खेलाडी क्रिकेटर अनिल मण्डल उक्त क्लवका खेलाडी हुन । तर, पछिल्लो समयमा उक्त कमिटीले दशैं पर्व बाहेक अन्य कुनै पनि किसिमको सामाजिक कार्यमा योगदान गर्न नसकेको केही महिना अघि मात्र निर्वाचित भएका अध्यक्ष धर्मेन्द्र साह पनि स्वीकार गर्छन् । पहिलेको तुलनामा अहिलेको पिढीका यूवाहरुमा समाज सेवाको भावनामा पनि कमि आएकोले उल्लेख्य कार्य हुन नसकेको भन्दै अध्यक्ष धर्मेन्द्र साह भन्छन,“हिजोसम्म पुजामा मात्र सिमित रहेको क्लवको भुमिकालाई नयाँ ढंगले सामाजिक क्रियाकलापहरुसँग जोड्ने कार्यका लागि अगाडी वढेका छौं । निकट भविष्यमै महाविर चौकमा वृद्धा आश्रम संचालन गर्ने, विभिन्न रोगीहरुका लागि नर्भिक अस्पतालको टिमसँग समन्वय गरी स्वास्थ्य शिविर संचालन गर्ने लगायतका कार्यहरु गर्ने छौं ।” उक्त क्लवमा ३ सय ५० जना सदस्य रहेका छन् भने २ सय ५२ रुपैयाँ सदस्यता शुल्क बार्षिक लिने गरेका छन् ।  उक्त क्लवले बार्षिक ८ देखि १० लाखसम्मको आर्थिक कारोबार गर्ने गरेको छ । करिब साढे ५ लाख रुपैयाँको लागतमा उक्त क्लवले २०५० सालमा महाविर मन्दिर समेत निर्माण गरेका छन् । त्यसैगरी २०६० सालमा भारतीय दुतावासको सहयोगमा एम्बुलेन्स क्लवले संचालन गरेपनि १ वर्ष नवित्दै दुर्घटनामा पर्दा एम्बुलेन्स हालसम्म विग्रेको छ । राम यूवा कमिटी र महाविर यूवा कमिटीका अधिकांश सदस्यहरु व्यापारी छन् ।
गाउँमा सक्रिय क्लव ‘हिमालय यूवा क्लब, नक्टाझिज’
हिमालय यूवा क्लव नक्टाझिजको कार्यालय ।
धनुषाका १ सय १ गाविस मध्ये प्रायः हरेक गाविसमा यूवा क्लवहरु दर्ता भएका छन् ।  तर, ती क्लवहरुको सक्रियता नगन्य मात्र हुन्छन् । गाउँमा दर्ता गरिएका कतिपय क्लवहरु त नविकरण समेत गरेको पाइदैन । तर, नक्टाझिजमा संचालित हिमालय यूवा क्लवको योगदान महत्वपुर्ण छ । कवडी खेलकुदलाई प्रोत्साहन दिनका लागि भरतलाल महत्तोको अध्यक्षतामा २०४५ सालमा स्थापना भएको भएपनि जिल्ला प्रशासन कार्यालयमा २०५२ सालमा दर्ता भएको पाइन्छ । उक्त क्लवले स्थानिय, जिल्ला स्तरिय, क्षेत्रिय र राष्टिूय अन्तराष्टिूय स्तरका कवड्डी खेलाडीहरु उत्पादन गरेका छन् । उक्त क्लवका कवड्डी खेलाडी मोतिलाल महत्तो अन्तराष्टिूय स्तरका कवड्डी खेलाडी हुन । उनले नेपालको राष्टिूय टोलीको सदस्य भएर अन्तराष्टिूय प्रतियोगिताहरु खेलिसकेका छन् । उक्त क्लवले ४ वर्ष अघि गाउँ क्षेत्रका रोगीहरुलाई अस्पतालसम्म पु¥याउनका लागि एम्बुलेन्स सेवा सुचारु गरेको छ । २०५७ सालमा क्लवले बचत तथा ऋण लगानी सहकारी संस्था खोलेर संचालनमा ल्याएका छन् । बचतलाई वृद्धि गरी साना किसानहरुलाई लगानी गर्नका लागि खोलिएको उक्त सहकारीमा ४ सय ८० जना सेयर होल्डरहरु छन् । उक्त सहकारीको बार्षिक कारोबार ७६ लाख रुपैयाँको हाराहारिमा रहेको क्लवका अध्यक्ष अरुण कुमार महत्तो बताउँछन् । त्यसैगरी उक्त क्लवले क्रिकेट क्लव समेत चलाएका छन् । क्रिकेट क्लव जिल्ला र वरिपरीका जिल्लाहरुमा संचालित टुर्नामेन्टमा प्रतिस्पर्धा मात्र गर्दैनन्, उपाधि समेत जितेर ल्याउने गर्छन । उक्त क्लवले गाउँका यूवाहरुलाई रोजगारी सृजनाको लागि सिप मुलक तालिम समेत दिलाउने गर्छ । सिकर्मी, डकर्मी, कपाल काट्ने, सिलाई बुनाई, हाउस वाइरिङ, मोटरसाईकल मर्मत लगायतका सिप मुलक तालिम दिलाएर करिब १ सय भन्दा वढी यूवाहरुले रोजगारी पाएको उक्त क्लवका अध्यक्ष महत्तोको भनाई छ । त्यसैगरी धर्म संस्कृतिलाई संरक्षण तथा समवद्र्धन गर्न जितिया महोत्सव, छठ पर्वमा सास्कृतिक कार्यक्रम समेत गर्ने गर्छ । उक्त क्लवले प्रत्येक वर्ष रक्तदान आयोजन गर्ने गर्छ । पाँच वर्ष अघि नक्टाझिजको विश्वकर्मा चौकमा विश्वकर्मा मन्दिर समेत निर्माण गरेको छ । 

२०७१ कार्तिक ०९ गते आईतबार

जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएका यूवा क्लवहरुको विवरण ः





नोट ः २०५७ साल देखि २०६५ सालसम्मको क्लवहरुको विवरण समावेश गरिएको छैन ।

२०७१ कार्तिक ०९ गते आईतबार