Thursday, December 28, 2017

अन्तरबार्ता : जनकपुर नै राजधानी हुन्छ ः विमलेन्द्र निधि

नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता तथा पुर्वउपप्रधान एवम गृहमन्त्री विमलेन्द्र निधिसँग द एक्सक्लुसिभ सम्पादक अजय अनुरागीले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ कुराकानीको सम्पादीत अंश ः

धनुषा क्षेत्र नं.३ मा तपाई पराजित हुनुभयो । जनकपुरमा यो तपाईको दोस्रो हार हो । हारको समिक्षा गर्नु भएको छ ?

म मा नै कुनै कमि कमजोरी रह्यो होला त्यसैले जनकपुरका जनताले मलाई जिताएनहोला । करिब ३ हजार मतले मैले पराजय भोगेको हो । ३ हजार जनतालाई मैले विश्वास दिलाउन नसकेको होउँला । तर, अबको काम भनेको बाँकी असंतुष्ट जनताहरुको मन जितेर अर्को निर्वाचन जित्ने नै हो । म हारे पनि चुनावताका मैले व्यक्त गरेको प्रतिबद्धताहरु पुरा गर्नका लागि अझै पनि प्रतिबद्ध छु ।
तर, जनकपुरवासीलाई पनि म एउटा प्रश्न गर्न चाहन्छु कि जनकपुरले खोजेको के हो ? २०५६ सालको निर्वाचनमा मलाई जनकपुरले हराएको थियो । २०६४ सालको संविधानसभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसका लिला कोइरालालाई पराजय भोग्नु परेको थियो । त्यसैगरी २०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका रामसरोज यादवलाई जनकपुरमा पराजय भोग्नु परेको थियो । अहिले २०७४ मा म पनि पराजित हुनु पर्यो । चुनाव जित्नु भएका राजेन्द्र महतोजीलाई म बधाई दिन चाहन्छु । बाहिर जिल्लाबाट आउनु भएका राजेन्द्र महतोले जनकपुरका जनतामा विश्वास जगाउन सफल हुनुभयो । तर, सायद मैले जनकपुरका जनतामा विश्वास जगाउन सकिन ।
जनकपुरमा कांग्रेस चार पटक हारिसक्यो । त्यसैले अब म पनि जनकपुरवासीलाई सिधा रुपमा प्रश्न गर्न चाहन्छु कि आखिर तपाईहरुले खोजेको के हो ? मुखमा एउटा कुरा र व्यवहारमा अर्को कुरा हुनु भएन । जनकपुरवासी मेरा पनि अभिभावक भएकाले मैले त्यो प्रश्न सोधेको हो । ठिक छ मबाट कमि कमजोरी भए होलान, मैले ती सबै कमजोरीहरुलाई सच्याउने छु । तर, अब जनकपुरवासीले पनि मलाई साथ र सहयोग दिनुपर्यो । म जनकपुरवासीको साथ छु ।
नेपाली कांग्रेसको प्रदर्शन देशैभरी उत्साह जनक देखिएन । प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेस तेस्रो स्थानमा संख्याको आधारले खुम्चिन पुगेको छ । नैतिक जिम्मेवारी लिँदै सभापति देउवाले पदबाट राजिनामा दिई विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन गर्नुपर्छ भन्ने कुरा देशैभरीबाट उठिरहेको छ । तपाई के भन्नु हुन्छ ?
जनकपुरमा म हारे त्यसको जिम्मेवारी मैले नै लिने हो । त्यसैगरी देशैभरी कांग्रेस हारेको छ कुनै एक व्यक्तिलाई मात्र दोषारोपण गरेर भाग्न मिल्दैन । कांग्रेस हार्नुको जिम्मेवारी कांग्रेस नै हो । त्यसैले पार्टी सभापति देउवाले राजिनामा गर्नुपर्छ भन्ने कुरा छैन । अहिले हामीहरुले समिक्षा पनि गरेका छैनौं । जसरी दैवी प्रकोप आउँदा चार वटा कुराहरुमा सबभन्दा पहिले ध्यान दिइन्छ त्यसैगरी हामी पनि अहिले राजनीतिक संकटको दौरबाट गुज्रिरहेका छौं । हाम्रो देशमा दैवी प्रकोपको रुपमा त्यत्रो ठुलो भुकम्प आयो । सारा शक्तिले सबैभन्दा पहिलो काम रेस्क्यूको अर्थात उद्धारको काम गरेको थियो । मरेका मान्छेहरुको लाश निकाल्नुभन्दा पनि जिवित मान्छेको सकुशल उद्धार गर्ने कार्य गरिएको थियो । त्यसपछि राहतका लागि विभिन्न शिविरहरु निर्माण र खाद्यान्न, लता कपडा वितरणको कामहरु संगसँगै गरिएको थियो । अनि त्यसपछि मात्र प्रभावित र पीडितहरुको लगत संकलन गरी अल्पकालका लागि रिहाविलिटेशन अर्थात पुर्नस्थापना र दीर्घकालका लागि पुर्ननिर्माण अर्थात रिकन्सटूक्शनको काम गरिएको हो ।
अहिले हाम्रो पार्टीमा पनि ठिक त्यस्तै राजनीतिक संकट आएको छ । हामीले कमि कमजोरीहरु केलाउनु भन्दा पनि अहिले सबैभन्दा पहिले रेस्क्यूको काममा लाग्नु परेको छ । त्यो के हो भने जसरी अहिले देशमा संविधान जारी भएपनि अध्यादेश स्वीकृत गर्ने वा हटाउने भनेर एमालेले बखेडा झिकेको छ, राष्टिूय सभाको गठन नभएको अवस्थामा समानुपातिक निर्वाचनको सूचि निर्वाचन आयोगले नबुझाएको अवस्थामा संकटमा परेको डेमोक्रेसी र सिस्टमलाई जोगाउने काममा लागेका छौं । त्यसपछि हामीले आफ्ना पराजयको पेनलाई रिलिफ गर्ने काममा जुट्ने छौं । त्यसपछि कमि कमजोरीहरु केलाएर अगाडी वढ्ने छौं । त्यसैले अहिले नेतृत्व परिवर्तन गर्ने कुरा कांग्रेसले सोच्नै सक्दैन ।
नेपाली कांग्रेसका सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेका नेता केपी शर्मा ओली जीका लागि कुर्सी किन हस्तान्तरण गरिरहनु भएको छैन ? एमाले नेताहरुको आरोप के छ भने प्रधानमन्त्री देउवा सत्ता हस्तान्तरण गर्नै चाहिरहनु भएको छैन । किन सत्ता हस्तान्तरणका लागि तपाईहरुले मार्ग प्रशस्त गरिरहनु भएको छैन ?
एमालेले नेपाली कांग्रेस वा प्रधानमन्त्री शेरबहादुर देउवा माथि लगाईरहनु भएको आरोप अत्यन्तै निराधार आरोप हो । प्रधानमन्त्री देउवाको हातमा अहिले केही पनि छैन । निर्वाचन आयोग र राष्टूपतिको हातमा मात्र छ । अहिले प्रतिनिधि सभामा १ सय ६५ सिटको आधिकारिक रुपमा परिणाम निर्वाचन आयोगबाट घोषणा हुन बाँकी रहेपनि सार्वजनिक भईसकेको छ । तर, समानुपातिक तर्फको १ सय १० सिटको निर्वाचनको परिणाम अहिले आएको छैन । हामी लोकतन्त्रवादी दल हौं । प्रत्यक्ष निर्वाचनमा हामी संख्यात्मक रुपमा तेस्रो स्थानमा रहेको कुरा स्वीकार गर्न हामीलाई कुनै किसिमको हिचकिचाहट छैन । तर, नेकपा एमालेका नेता केपी ओली ज्यूलाई प्रधानमन्त्री बन्न यति हतार भएको छ कि संविधानको व्यवस्था बारे उहाँलाई जानकारी छैन । अहिलेको संविधानमा पहिलेको संविधानको जस्तो सिधा सदनबाट प्रधानमन्त्री चयन हुने व्यवस्था छैन । २०४६ सालको संविधानको जस्तो अहिलेको नयाँ संविधानमा के लेखिएको छ भने बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्टूपतिले प्रधानमन्त्री नियूक्त गर्नेछ । त्यसको लागि बहालबाला प्रधानमन्त्रीको कुनै भुमिका छैन । अर्को कुरा यदि कुनै पनि दलले बहुमत प्राप्त गर्न नसके दुई वा दुई भन्दा वढी दलको समर्थन प्राप्त गर्ने व्यक्तिलाई राष्टूपतिले प्रधानमन्त्री नियूत्त mगर्ने छ । र, प्रधानमन्त्री नियूक्त भएको व्यक्तिले ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने छ । त्यसरी विश्वासको मत ३० दिनमा लिन नसके त्यो व्यक्ति पनि प्रधानमन्त्रीबाट हट्छ भन्ने कुरा संविधानमा व्यवस्था छ । पहिले के हुन्थ्यो भने सदनमा प्रधानमन्त्रीले राजिनामा गथर््यो । सभामुखले महासचिवको अध्यक्षतामा निर्वाचन समिति घोषणा गथर््यो । चुनावको लागि मनोनयनको मिति निर्धारण गरेर उक्त मितिमा मतदान गराएर प्रधानमन्त्री निर्वाचित हुने गथर््यो । तर, अब त्यस्तो प्रक्रिया नयाँ संविधानमा छैन । ओलीजीलाई प्रधानमन्त्री बन्न यति नै हतार भईसकेको छ भन्ने उहाँकै पार्टीबाट विद्या भण्डारीजी राष्टूपति बन्नु भएको छ । राष्टूपतिले नियूक्त गरिदिनु पर्यो नि ।
संवैधानिक र कानुनी अड्चनका कारण प्रधानमन्त्री चयन हुन नसकेको हो ?
हो, सवैधानिक र कानुनी अड्चन छ । यदि त्यसो नभईदिएको भए ओलीजीलाई राष्टूपति भण्डारीबाट चिठ्ठी लिन  विहान वा वेलुका कुर्नै पर्दैन्थ्यो नि । जबसम्म समानुपातिक कोटाको १ सय १० सिटको निर्वाचनको परिणाम आउँदैन, प्रत्यक्षको १ सय ६५ र समानुपातिकको १ सय १० गरी कुल २ सय ७५ को परिणाम नआउनजेल निर्वाचन आयोगले कुन पार्टीको बहुमत भयो भनेर भन्न सक्ने अवस्था रहन्न । हामीलाई थाहा छ हामीले समानुपातिक कोटाको ४० वटा सिट पाएपनि हामीसँग बहुमत हुँदैन । हामी सरकार बनाउन सक्दैनौं । तर, देहाय बमोजिमको व्यक्तिहरु समानुपातिकमा निर्वाचित भएर आएको सूचि निर्वाचन आयोगले राष्टूपति कहाँ नपठाउन्जेल बहुमत सावित हुँदैन । निर्वाचन आयोगले नै गर्नु परेको भए आयोगमा पनि एमालेका लाईक माईन्डेड तीन जना व्यक्तिहरु आयूक्त हुनुहुन्छ । ओलीजीलाई यति नै हतार छ भने सूचि पठाईदिए भईहाल्यो नि ।
राष्टिूय सभाको निर्वाचन किन भईरहेको छैन ?
कानुनको अभावमा राष्टिूय सभाको निर्वाचन हुन सकिरहेको छैन । जबसम्म राष्टिूय सभाको निर्वाचन हुँदैन तबसम्म समानुपातिकको निर्वाचन प्रक्रिया र संख्या निर्धारण नै गर्न सकिन्न । राष्टिूय सभाको लागि सरकारले संसदमा कानुन बनाउन विधेयक ल्याएको थियो । तर, त्यतिबेला सहमति हुन सकेन । अहिले चुनाव गराऔं भनेर टारिएको थियो । अध्यादेशद्वारा कानुन बनाउने अधिकार सरकारको हो । सरकारले दुई महिना अघि नै अध्यादेशको मस्यौदा राष्टूपति कहाँ पठाईसकेको छ । अध्यादेश बनाउँदा विपक्षीको कुरा सरकारले मान्नै पर्छ भन्ने कुरा हुँदैन । सरकारको इच्छा भयो भने विपक्षीसँग कुरा गर्न पनि सकिन्छ । तर, बाध्यता छैन । कानुन बनाउने अधिकार मात्र सरकारको हो । सरकारसँग बहुमत हुने गरेको कारण विपक्षीलाई सोध्नुपर्ने आवश्यकता छैन ।
एकल संक्रमणिय निर्वाचन प्रणाली पनि संविधान विपरित असंवैधानिक भयो भनेर भन्ने गरिएको छ । त्यसमा तपाईको के टिप्पणी छ ?
नेकपा एमालेले अहिले त्यो कुरा भनिरहेको छ । त्यो झुठो हो । हाम्रो कानुनमै के लेखिएको छ भने निर्वाचन पद्धति संघीय कानुन बमोजिम हुनेछ । अध्यादेश वा संसदबाट कानुन बन्ने हो । समानुपातिकको संसारभरी नै एक सय मोडेलहरु छन् । एकल संक्रमणिय प्रणाली पनि समानुपातिक पद्धतिकै एउटा मोडेल हो । हामीले सयौं मोडेलहरु मध्ये एउटा मोडेल प्रयोग गरेका हौं । अर्को तर्क के पनि छ भन्ने राष्टिूय सभाको चुनाव संघीय कानुन बमोजिम हुनेछ भनेर संविधानमै लेखिएको छ । सरकारले कानुन बनाउने हो । सरकारले आफु खुशी नै कानुन बनाउन स्वतन्त्र छ । कानुन बनाउने कुरा राष्टूपति कार्यालयको विजनेस होईन । राष्टूपति कार्यालयलाई कानुन बनाउने कुरामा सोच्ने वा निर्देशन दिने अधिकार छैन । हो, सुझाव दिन सक्छ । तर, त्यो सुझाव मान्न सरकार बाध्य छैन । किनभने हाम्रो देशमा हामीले राष्टूपतिलाई संविधान अनुसार नै सेरेमोनियल र संवैधानिक भनेका छौं । अर्को अर्थमा भन्ने हो भने हाम्रो देशको राष्टूपति त सरकारको रब्बर स्टाम्प मात्र हो । कानुन बनाउनका लागि सरकारले विधेयक संसदमा पारित गर्ने बेलामा राष्टूपतिले एक पटक पुर्नविचार गर्नका लागि विधेयक फिर्ता पनि गर्न सक्छ । तर, अध्यादेशमा त त्यो पनि गर्ने अधिकार नेपालको संविधानले राष्टूपतिलाई दिएको छैन । राष्टूपतिले अध्यादेशमा अर्धविराम र पुर्णविराम समेत परिवर्तन गर्ने अधिकार पाएको छैन । त्यसैले राष्टूपति विद्या देवी भण्डारीले अविलम्ब अध्यादेशलाई स्वीकृत गरी प्रमाणिकरण गर्नुपर्छ ।
प्रदेश नम्बर दुईको राजधानीबारे  अहिले धेरै नै बिबाद भईरहेको छ । तपाइँको बिचारमा के हुनुपर्ने हो ?
प्रदेश नम्बर दुईको राजधानी जनकपुर नै हुन्छ । त्यसको गृहकार्य म गृहमन्त्री हुँदा देखि नै सुरु गरिसकेको थिएँ। नेपाल सरकारको स्वामित्वमा संचालनमा  रहेको जनकपुर चुरोट कारखाना बन्द भइसकेपछि त्यसलाई प्रदेश नम्बर २ को प्रयोजनका निम्ति सम्पूर्ण जग्गा र पुर्बाधार उद्योग मन्त्रालयबाट जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा ल्याउन आबश्यक कामहरू त्यतिबेलै गरिसकेको थिएँ । तपाईँ त्यों कुराको प्रमाण धनुषाको जिल्ला प्रशासन कार्यालय बाट पनि प्राप्त गर्न सक्नुहुन्छ । गृहमन्त्रीको हैसीयतमा मैले गृह मंत्रालय देखि उद्योग मन्त्रालय हुँदै अर्थ मन्त्रालय  सम्मको प्रक्रियाहरु अगाडी बढाइसकेको थिएँ। पछि म सरकारबाट हटे पछि उद्योग मन्त्रालय ले कारखÞानाको सम्पति हस्तान्तरणमा केहि ब्याबधान खड़ा भने गरेको थियो। तर फेरी मैले त्यो सबै ब्याबधान हटाउन सफल भएँ ।  अब उद्योग मन्त्रालयले पनि चुरोट कारखÞानाको सबै सम्पतिहरू जिल्ला प्रशासनको मातहतमा आइसकेको हुनु पर्छ। चुनाब प्रचारकों क्रममा पनि मैले भनेको थिएँ की  प्रदेश को राजधानी जनकपुरमै हुन्छ ।  त्यसका लागि मलाई आफ्नो पार्टीको नेताहरूलाई पनि मनाउनु पर्यो । किन भने बीरगञ्जका मेरे पार्टीको कतिपय साथीहरू त्यसका लागि तैयार भइरहनु भएको थिएन । पछि जसो तसो उहाँहरूलाई पनि कन्भिन्स गर्न सफल भएँ । जनकपुरलाई नै राजधानी बनाउनका लागि मैले आबश्यक पुर्बाधारहरू बनाएकै हो । उच्च अदालत को मुख्य कार्यालय मैले जनकपुरमा ल्याएकै हो । प्रदेश प्रहरी कार्यालय जनकपुरमा स्थापना गराएकै हो ।  म चुनाब हारिसकेको छू । तै पनि राजधानी जनकपुरमै बनाउन यदि कहीं  बाट षड्यंत्र भयो  भने त्यसको लागि मलाई आन्दोलन नै गर्नु परे म गर्न तैयार छू । तपाईंकै संचारमाध्यमबाट म राजपा नेपाल, संघीय समाजबादी फोरम नेपाल, नेकपा एमाले र माओबादी केन्द्र लाइ के भन्न चाहन्छु भने यदि प्रदेश नम्बर २ को राजधानी जनकपुरलाई नबनाएर अर्को ठाउँमा बनाउने षड्यंत्र गरियो भने बिमलेंद्र निधी जस्तो सुकै आन्दोलन गर्न पनि पछि हटदैन ।   
राजधानीका लागि जनकपुर चुरोट कारखाना को सम्पति प्रयोगमा ल्याउने कुरा तपाईंले भनिरहँदा नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य रघुबीर महासेठ र  राजपा नेपालका नेता तथा प्रतिनिधि सभाका सदस्य राजेन्द्र महतोले  बन्द भइसकेको चुरोट कारखाना पुनः सञ्चालनमा ल्याउने दाबी गरिरहनु भएको छ । यदि कारखाना सञ्चालनमा आयो भने राजधानीका पुर्बाधार कसरी ब्यबस्थापन हुन सक्छ ?
राजधानीका लागि चुरोट कारखÞानाकै पुर्बाधारहरू प्रयोग हुन्छ । त्यसका लागि तपाईं ढुक्क हुनुस । केही व्यापारीहरुले नेपाल सरकारको खरबौं को सम्पति कौड़ी को दाममा ब्यक्तिलाई बेच्नका लागि षड्यंत्र गरिरहेका छन । उनीहरूले पहिले पनि त्यो प्रयास गरेकै हो । सरकारले सुर्तीजन्य पदार्थमा अब लगानी गर्नै सक्दैन । नेपालमा रहेका गैर आबासीय ब्यापारीलाई कारखाना बेच्न उनलाई हतार हतार भएको छ ।
संविधान संशोधनको मुद्दालाई कांग्रेसले अगाडी वढाउछ कि बढाउँदैन ?
नेपाली कांग्रेसले संविधान संशोधनको मुद्दालाई निर्वाचन अघि पनि प्राथमिकता दिएकै थियो । निर्वाचन प्रचारको दौरान पनि मैले भन्ने गरेको थिएँ कि संविधान संशोधन गराएरै छाड्छु । त्यो अजेण्डामा म अहिले पनि प्रतिबद्ध छु । संविधान संशोधनको पक्षमा नेपाली कांग्रेस दृढताका साथ उभिएको छ । हामी सशक्त प्रतिपक्षको भुमिका निर्वाह गर्छौं । ६ महिनासम्म हामी पर्खन्छौं । त्यसपछि पनि कम्यूनिष्टहरुको गठबन्धनको सरकारले यदि संविधान संशोधन प्रस्ताव सदनमा ल्याउँदैन भने म आफ्नै नेतृत्वमा कडा आन्दोलन गर्ने उनीहरुलाई चेतावनी पनि दिन चाहन्छु । त्यसैले संविधान संशोधन गर्नै पर्छ भन्ने हाम्रो मान्यता हो ।



२०७४ पौष ०९ गते आईतबार

जसले महेन्द्रको शालिकमा कालो पोते, पछि कसरी दरबारको प्रिय पात्र बने ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रजातान्त्रिक आन्दोलनमा मकेश्वर बाबुकोे योगदान
१९८३ साल गुरु पुर्णिमाको दिन धनुषाको हंसपुर कठपुल्ला ८ स्थित पल्टन सिंह तथा लवकी देवीले आफ्नो सन्तानको रुपमा मकेश्वर प्रसाद सिंहलाई पाएका थिए । पार्टी पौवामा सामान्य लेखपढ गर्न जानेका मकेश्वर १८ बर्षको उमेरमा गाउँबाट सदरमुकाम जनकपुर आएका थिए । जनकपुरको रेल्वे स्टेशन एरियामा उनको पहिले देखि नै घर थियो । त्यही उनी बसोवास गर्न थाले । जनकपुर आईसकेपछि उनको संगत नेपाली कांग्रेसका नेता महेन्द्र नारायण निधिसँग भयो । २००८ साल तिर महेन्द्रनारायण निधिकै सँगतमा परेपछि उनी पनि कांग्रेसको सदस्यता प्राप्त गरेर राजनीति गर्न थाले ।  निधिकै कारण कांग्रेसका संस्थापक नेताहरु सुवर्ण शम्शेर राणा, कृष्ण प्रसाद भट्टराईसँग चिनजान उनको भएको थियो । कांग्रेसमा उनको सक्रियता वढ्दै गएपछि २०१६ सालमा तत्कालिन धनुषा महोत्तरी र सर्लाही सम्मिलित जिल्लाको जिल्ला स्तरीय कोषाध्यक्ष बनाइएका थिए । किनभने उनी सुवर्ण शम्शेरको लविमा थिए । हुन त उनी पञ्चायती व्यवस्था विरुद्ध कांग्रेसले गरेको आन्दोलनमा लागेर पटक पटक जेल परेका थिए ।
२०१७ सालमा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परिरहेको बेला उनी पनि निर्वासित हुनु परेको थियो । २०१७ साल पुष १ मा संसद र संसदीय व्यवस्था विघटन भएपछि कांग्रेसका नेताहरु जेल परेपछि त्यसको तेस्रो दिन उनी भारत निर्वासित हुनुपरेको थियो । २०१८ साल कार्तिक २६ गते महेन्द्रनारायण निधिको नेतृत्वमा कार्तिक २६ गते भएको सत्याग्रहमा स्वदेश फिर्ता भएपछिे करिब २ बर्ष भन्दा वढीको समय जति जलेश्वर कारागारमा बन्दीको रुपमा जीवन विताउनु परेको थियो । त्यो बेला महेन्द्र नारायण निधि, जिल्ला सचिव बलराम नायक, नागेश्वर झा, रामचन्द्र मिश्र लगायत ९ जना मानिसहरु पक्राउ परेका थिए । कांग्रेसका तत्कालिन कार्यबाहक सभापति स्वर्ण शम्शेरको बिचारले २०२१ सालमा जनकपुर नगरपालिका वार्ड नं. १ को निर्विरोध वार्ड सदस्यका रुपमा चुनिएका थिए । २०२१ मंसिर १९ गते जनकपुरको वार्ड नं. १ बाट उनी निर्वाचित भएका थिए । २०२३ सालमा जनकपुर विकास समितिको सचिव भएर जनकपुरको विकासका कार्यहरुमा योगदान पुर्याएका थिए ।
 पञ्चायती व्यवस्थाको विरोध गरिरहेको अवस्थामा मकेश्वर बाबु पनि २०२६ साल फागुन ७ गते जानकी मन्दिरको प्राङ्गनमा रहेको राजा महेन्द्रको प्रतिमामा कालो पोत्ने कार्य गरेका थिए । परिणाम स्वरुप उनलाई पक्राउ गरी कारागार पठाइएको थियो । उनीसँगै सरोज प्रसाद कोइराला र महेन्द्रनारायण निधि पनि पक्राउ परेका थिए । राजकाज ऐन र सुरक्षा ऐनका आधारमा पक्राउ गरिएको थियो । करिब ९ महिना पछि उनी जेलबाट निस्किएका थिए ।
पञ्चायतका कट्टर विरोधी यसरी भए पञ्चायतका कट्टर समर्थक
पञ्चायती व्यवस्थाको विरोध गरिरहेका मकेश्वरबाबुको जिन्दगीमा के त्यस्तो भयो र उनी पछि गएर त्यही राजा महेन्द्र र उनले लागु गरेको पञ्चायती व्यवस्थाका कट्टर समर्थक बने भन्ने प्रश्न अहिले पनि आम जनमा अनुत्तरीत रहेको पाईन्छ । भद्रगोल जेलमा रहेका बेला उनको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । राजा महेन्द्रका विशेष दुतको रुपमा विष्णु मनि आचार्यलाई जेलमा पठाइएको थियो । विशेष दुत आचार्यसँग मकेश्वर बाबुको पहिले देखि नै चिनजान थियो । विष्णु मनि आचार्यको जनकपुरको रंगभुमि मैदान बारहविघाको सामुन्ने घर छ । त्यसकारण उनको चिनजान थियो । अर्को तर्फ आचार्य राजा महेन्द्रका अत्यन्त नजदिक मानिने विश्वास पात्र मध्ये एक थिए । जेलमा गएर आचार्यले मकेश्वर बाबुलाई के भन्यो भने तपाई स्वास्थ्य स्थितिबाट अत्यन्त लाचार भईसक्नुभएको छ, तपाई विदेशमा गएर आफ्नो इलाज गराउनुस, सम्पुर्ण खर्च दरबारले बेहोर्छ तर सर्त एउटा मात्र के छ भने तपाई पञ्चायती व्यवस्थाको विरोध गर्नुको साटो त्यसको समर्थन गरी पञ्चायतमा आउनुस । जेलबाट मुक्त भएपछि मकेश्वर बाबु उपचार गर्नका लागि भारतको कलकत्ता पुगे । त्यही कांग्रेसका कार्यबाहक सभापति सुवर्ण शम्शेरलाई भेट गरी राजा महेन्द्रले आफ्ना दुत आचार्य मार्फत दिएको प्रस्ताव बारे बृतान्त सुनाए । मकेश्वर बाबुका नाती रितेश सिंहका अनुसार सुवर्ण शम्शेरले मकेश्वर बाबुलाई ग्रिन सिग्नल दिए ।
सुवर्ण शम्शेरले मकेश्वरबाबुलाई भने, “अब हाम्रो रणनीति नै भनेको के हो भने हाम्रो मान्छेहरु पनि पञ्चायतमा घुसपैठ गर्नुपर्दछ । हाम्रो मान्छे पञ्चायतमा गयो भने त्यहाँ भित्रका कुराहरु पनि हामी कहाँ सूचना प्राप्त हुन सक्छन् । फेरी तपाई जस्तो मान्छे पञ्चायतमा गएर पनि प्रजातन्त्रलाई नै बल पुग्छ । त्यसकारण तपाई पञ्चायतमा छिर्नुस ।” त्यसपछि उनी पञ्चायतमा प्रवेश गरेका थिए । २०२७ सालमा उनी जिल्ला पञ्चायतको सदस्यका रुपमा चुनिएका थिए । त्यसपछि २०२९ सालको विद्यार्थी आन्दोलनमा पुनः तेस्रो पटक गिरफ्तार भई सिन्धुली जेलमा ७ महिना जति बन्दी जीवन विताई रिहा भएका थिए । २०३२ सालमा जानकी मन्दिर जिर्णाेद्धार समितिका सदस्य भई जानकी मन्दिरको भौतिक विकासका लागि योगदान पुर्याएका थिए । २०३५ सालमा राष्टिूय पञ्चायत सदस्यमा उनी निर्वाचित भई २०३६ सालमा किर्ती निधि विष्टको सरकारमा उनलाई सम्भार तथा पर्यटन सहायक मन्त्रि बनाइएको थियो । उक्त सरकारको समयमा सिंहदरबारमा आगो लागेपछि नैतिकताको आधारमा विष्ट सरकारले राजीनामा दिएको थियो । त्यसकारण ४५ दिन मात्र उनी सहायक मन्त्रिको रुपमा रहेका थिए ।तर त्यो ४५ दिनको अवधिमै उनले जनकपुरलाई पर्यटकिय स्थलको रुपमा विकास गर्नका लागि पहिलो पटक पर्यटन कार्यालय पनि जनकपुरमा स्थापित गराएका थिए ।
प्रधानमन्त्री सुर्यबहादुर थापासँगको टकराव
२०३७ सालमा पञ्चायत व्यवस्थालाई नै जनमत संग्रहमा जिताइएपछि सुर्यबहादुर थापाको नेतृत्वमा बनेको सरकारमा मकेश्वर बाबुलाई फेरी बन तथा भुसंरक्षण मन्त्री बनाइएको थियो । त्यो बेला एउटा रोचक घटना भयो र मकेश्वरबाबु र तत्कालिन प्रधानमन्त्री थापाका बीचमा ठुलो टकरावको स्थिति उत्पन्न भयो । त्यो बेलामा एउटा गोल्छा काण्ड भएको थियो । त्यो के भने हुलास चन्द गोल्छाले भारतका एक जना ठेकेदारसँग खैर आपुर्ति गर्ने सम्झौता गरेका थिए । मेची, कोशी, सगरमाथा र जनकपुर गरी ४ अञ्चलको जंगलका खरीको बोट काटेर आपुर्ति गर्ने कामका लागि ठेक्का लिएका थिए, गोल्छाले । बन तथा भुसंरक्षण मन्त्रीका रुपमा रहेका मकेश्वर बाबुलाई कन्भिन्स गर्नका निम्ति गोल्छा मकेश्वर बाबुको मन्त्रालय स्थित क्वार्टरमा पुगेका थिए । १५ लाख रुपैयाँ व्रिफकेशमा लिएरै मकेश्वर बाबुलाई गोल्छाले प्रभावमा लिन खोज्दा मकेश्वर बाबुले त्यो अफर स्वीकार गरेनन् । बरु गार्डलाई लगाएर गोल्छालाई घाँटी समातेर बाहिर निकाल्न लगाए, मकेश्वर बाबुले । गोल्छालाई ठुलो अपमान बोध भयो र जाँदाजाँदै गोल्छाले तपाईको मन्त्री पद नै म खाईदिन्छु, तपाईको सव स्वाभिमान म सिद्धियाईदिन्छु भन्दै चेतावनी दिएर गोल्छा बाहिरिएका थिए ।
त्यो घटनाको ४÷५ दिन पछि गोल्छाले आफ्ना मान्छेलाई मेचीको जंगलमा पठाएर खैरको रुख कटानी गराउन सुरु गरे । मन्त्री मकेश्वर बाबुलाई पनि त्यो कुराको सूचना गयो । सूचना पुग्ने वितिकै तत्कालिन बन अधिकृतलाई टेलिफोन गरी के निर्देशन दिए भने प्रहरी प्रशासनको मद्दत लिई त्यो कटानी रोक्न लगाई कटानीमा संलग्न व्यक्तिहरुलाई गिरफ्तार गर्नुस् । तर, बन मन्त्रीको निर्देशनलाई डिएफओले ठाडै के भनेर अस्विकार गरिदिए भने रुख कटानीको लागि प्रधानमन्त्रीको कार्यालयबाट परिपत्र गरिएको छ । प्रधानमन्त्री सुर्यबहादुर थापाले रुख कटानीको लागि आदेश दिएको थियो । मकेश्वर बाबुले त्यो कुराको बारेमा छानविन गर्दा सुर्य बहादुर थापाले २५ लाख रुपैयाँ गोल्छाबाट लिएर आदेश गरेको बुझियो । आवेशमा आएर साँझको समयमा राजा विरेन्द्रसँग अपरझट दर्शन भेटको माग गरे । दर्शन भेटमा मकेश्वर बाबुले राजा विरेन्द्रलाई के भने भने, अहिले कटान भईरहेको रुख सानै छ, २ हजारको दरले अहिले एउटा रुख विक्री भईरहेको छ केही बर्षमै त्यो रुख ५० हजार रुपैयाँमा पनि बेच्न सकिन्थ्यो । तर, त्यसो नगरी प्रधानमन्त्री सुर्य बहादुर थापाले गोल्छाबाट २५ लाख रुपैयाँ लिएर रुख कटानी गर्न आदेश दिएको छ । जवाफमा राजा विरेन्द्रले के भने भने, म विवश छु । पारिवारिक कारणले । मेरो परिवारको अधिकांश सदस्यले सुर्य बहादुर थापालाई असाध्यै मन पराउँछन् । तत्काल म केही गर्न सक्दिनँ । तिमी केही पनि नगर, चुप लागेर बस । फेरी जवाफमा मकेश्वर बाबुले राजा विरेन्द्रलाई यसो भने,“ सरकार म मन्त्री पदमा रहेर पनि मैले दिएको आदेश डिएफओले मान्दैन भने नैतिकताको आधारमा पनि म अब मन्त्री पदमा बसिरहन सुहाउँदैन । भोली म आफ्नो राजीनामा हजुरकहाँ पठाईदिन्छु, हजुरले स्वीकृत गरिबक्सियोस् ।” राजा विरेन्द्रले भने, प्रधानमन्त्री मार्फत राजीनामा आउनुपर्छ, तिमीले प्रोटोकल तोड्नु भएन । यस्तो सोझो मान्छे पनि रिसाउँछन् त ? न भन्दै भोली पल्ट मकेश्वर बाबुले दरबारमा राजा कहाँ राजीनामा पठाए । अनि दरबारले राजीनामाको कारण सहित स्पष्टिकरण माग्यो ।
सरकारी काम काजमा प्रधानमन्त्रीको दख्खल अन्दाजी भएकोले मन्त्री पदमा रहिरहन नैतिकताले नसुहाएको मकेश्वर बाबुले जवाफ दिए । तर, दरबारले राजीनामा स्वीकार गरेन । राजीनामा फिर्ता भयो । राजा विरेन्द्रले फेरी मकेश्वर बाबुलाई बोलाएर तिमी राजीनामा नगर, क्षेत्री क्षेत्री बीच किन लडाई गरेको भन्दै सम्झाए । राजीनामा गर्नु नै छ भने प्रधानमन्त्रीको कारण नदेखाई भाषालाई परिवर्तन गरी स्वास्थ्यको कारण देखाउँदै राजीनामा गर भनेर राजा विरेन्द्रले आदेश दिए । यदि त्यसो गरेनौं भने पञ्चायत विरोधीहरुले खेल्ने ठुलो अवसर पाउनेछन् । राजाको आदेश पश्चात मकेश्वर बाबुले राजीनामा पत्रमा भाषालाई परिमार्जन गर्दै स्वास्थ्यको अवस्था देखाई राजीनामा पठाए । राजा विरेन्द्रले त्यसपछि उक्त राजीनामा स्वीकृत गरेको थियो । मकेश्वर बाबुले राजा विरेन्द्रको सम्मानका लागि त्यसो गरेका थिए ।
राजीनामा गरेको २ दिन पछि राजा विरेन्द्रले मकेश्वर बाबुलाई खाना खानका लागि दरबार बोलाए । तिमी जस्तो इमान्दार मान्छेलाई मैले यस घटना क्रममा साथ दिन सकिन, तर यसको क्षतिपुर्ति तिमीले भविष्यमा मबाट पाउने छौ भन्दै राजा विरेन्द्रले सुनाए । अहिले तिमी काठमाण्डौमै घरमै बसेर आराम गर । जवाफमा मकेश्वर बाबुले सरकार, म यहाँ काठमाण्डौमा भाडामा किन बस्नु, मेरो घर आफ्नो छैन, बरु जनकपुरमै गएर आफ्नो घरमा आराम गर्छु भने । त्यो कुरा सुन्ने वितिकै राजा विरेन्द्र आश्चर्य चकित हुँदै तिम्रो काठमाण्डौमा घर पनि छैन भनेर सोधेका थिए । पछि हाँस्दै राजा विरेन्द्रले ल त्यसो भए तिमी जनकपुरमै गएर आराम गर ।
दुई बर्ष पछि जनताले मत हाल्ने गरी २०३८ सालमा आम चुनावको घोषणा भयो । उक्त निर्वाचनमा मकेश्वर सिंहलाई कुनै पनि हालतमा जित्न नदेऊ, उसको राजनीति नै समाप्त पार्नुपर्छ, उसले मलाई राजाको अगाडीमा नङ्गयाएको छ, भन्दै प्रधानमन्त्री सुर्य बहादुर थापाले खुन्खार एसपी रणबहादुर चन्दलाई जनकपुर पठाए । चुनाव हुनुभन्दा अघिसम्म मकेश्वर बाबु र हेमबहादुर मल्लको जित सुनिश्चित थियो । तर, एसपी रणबहादुर चन्दले मकेश्वर बाबुलाई पराजित गराई हेम बहादुर मल्ल र देवनारायण यादवलाई जिताए । त्यो कुराको पुष्टि पछि गएर कसरी भयो भने जितिसकेपछि हेम बहादुर मल्लले धनुष सागरलाई काठमाण्डौको रानी पोखरी झैं बनाउने भनेर जिर्णोद्धार गर्न लाग्दा धनुष सागरको पानी सुखाइएको थियो । पानी सुखाउने क्रममा धनुषसागरबाट मतदानको बेलामा प्रयोग गरिएका मत पेटिका सहितको बाकसहरु फेला परेको थियो ।
उक्त चुनावको परिणाम पछि मकेश्वर बाबु समाजसेवामा सक्रिय भए । १५ दिन पछि राजा विरेन्द्रले मकेश्वर बाबुलाई दरबार बोलाए । भेटघाटमा मलाई थाहा छ, तिमीले हारेको होइन, सुर्यबहादुरले तिमीलाई हराएको हो । तिमी चिन्ता नगर, १ सय २७ जना सदस्य चुन्ने क्रममा १४ वटै अञ्चलबाट २८ जना मनोनित गर्ने मेरो अधिकार छ । तिमी भोली विहानको ७ बजेको रेडियो नेपालबाट समाचार सुन्नु । तिमी अहिले घर जाउ ।
मकेश्वर बाबु काठमाण्डौमा घरमा फर्किएर भोली पल्ट समाचार सुन्दा उनी पनि मनोनित भएको समाचार प्रकाशित भयो । राष्टिूय पञ्चायतको सदस्यका लागि भएको निर्वाचनमा उनी पराजित भएपनि राजा विरेन्द्रले उनलाई मनोनयन गरेको थियो । राजनीति क्रम अगाडी वढ्दै गयो । राजा विरेन्द्रले राज्य सभा(राजाको सल्लाहकार सभा) पुनर्गठन गर्दा मकेश्वर बाबुलाई आजिवन सदस्यमा मनोनयन गरेका थिए । पञ्चायत सदस्य र राज्य सभा सदस्यको सपथ ग्रहण गरेको ६ महिना पछि मकेश्वर बाबुको स्वास्थ्यमा खरावी देखियो । उनलाई हर्टमा प्रोवलेम देखा पर्यो । जेलमा हुँदा प्रोस्टेट ग्लेन्डमा पहिले देखि नै समस्या थियो । काठमाण्डौको शिक्षण अस्पतालमा उनी भर्ना भए । राजा विरेन्द्रले दरबारका सचिवलाई जिज्ञासा गर्न अस्पताल पठाएर एउटा सन्देश के पठाए भने विदेश गएर इलाज गराउ । राजाले दरबारको उक्त सचिव मार्फत थाईलेन्डमा उपचार गराउन सन्देश पठाएका थिए । जवाफमा मसँग रुपैयाँ छैन, यहाँबाट डिस्चार्ज भएर जनकपुर जान्छु । गाउँको सम्पति बेचेर दिल्लीमा गई उपचार गराउँछु भनेर मकेश्वर बाबुले सचिवलाई सुनाए । सचिवले सोही कुरा राजा विरेन्द्रलाई गएर सुनाए । त्यसपछि फेरी सोही सचिव अस्पतालमा आई के भन्यो भने तपाईको थाईलेन्डमा अहिले सम्पुर्ण उपचार गराईन्छ र त्यसपछि तपाईको मोतियाविन्दको पनि रिपोर्टमा समस्या देखिएकोले आँखाको उपचार गर्नको लागि थाईलेन्डबाटै जापान पठाइने छ । त्यो सम्पुर्ण उपचारको खर्च राजाले आफ्नो व्यक्तिगत कोषबाट तिर्नेछन् । एक हप्ता पछाडी तपाई जाने हो, थाईलेन्डका तत्कालिन राजदुत रामचन्द्र बहादुर सिंहले सबै व्यवस्था मिलाउने छन् । थाईलेन्ड र जापानमा उनको उपचार भयो । साढे ९ लाख रुपैयाँ दरबारले उपचार खर्च बेहोरेको थियो ।
उपचार गराएर स्वदेश फर्किएपछि मकेश्वर बाबु राजा विरेन्द्रलाई धन्यवाद दिन दरबार जाँदा तिमी स्वस्थ्य भयौ, म खुशी छु, मन्त्री मण्डलको पुनर्गठन गर्ने बेलामा तिमीलाई महत्वपुर्ण मन्त्रालय दिनेछु भनेर सोचेको थिएँ, तर, तिम्रो स्वास्थ्य अवस्था राम्रो नभएकाले अब तिमी अब जनकपुर बसेर राजनीति गर भन्दै राजा विरेन्द्रले आदेश दिए । राजाको आदेश पछि उनी जनकपुर फर्किए । आफुलाई आँखाको उपचार दरबारले त गरिदियो तर आम सर्वसाधारण जनताले आँखाको उपचार कसरी गराउँलान भन्ने चिन्ता वढेपछि उनले जनकपुरमै आँखाको अस्पताल हुनुपर्छ भन्ने कुरा सोच्न थाले । त्यतिबेला जनकपुरमा भारतको उत्तर प्रदेशबाट केही डाक्टरहरु आएर शिविर चलाउने गर्थे । नेपाल रेडक्रस मार्फत उनले पहल कदमी गरेर नेपाल रेडक्रस सोसाईटी जानकी आँखा अस्पताल स्थापना गर्न लगाए ।
यता राजनीतिक परिस्थिति परिवर्तन हुँदै थियो । पञ्चायती व्यवस्था विरुद्ध आन्दोलन चर्कदै थियो । २०४६ सालको आन्दोलन हुने बेलामा उनी फेरी कांग्रेसको सदस्यता लिए । महेन्द्रनारायण निधिसँग पारिवारिक दोस्ती समेत रहेका कारण कृष्ण प्रसाद भट्टराईले ४७ सालमा उनलाई फेरी कांग्रेसको सदस्यता जनकपुरमा दिलाए । तर, दुई बर्ष पछि अब कुनै पनि पार्टीमा सदस्य नभई राजनीतिबाटै सन्यास लिने भन्दै २०४९ सालमा उनी राजनीतिबाट सन्यास लिएका थिए । राजनीतिबाट सन्यास लिए पनि उनी समाजसेवामा भने सक्रिय रहँदै गए ।
रंगभुमि मैदानका लागि राजा महेन्द्रसँगको टकराव
२०२७ साल तिर राजा महेन्द्रले दरबारको पारिवारिक खुशियालीमा उत्सव मनाईरहँदा आफ्ना ३ ज्वार्इँलाई १२÷१२ विघा जग्गा उपहार स्वरुप दिने घोषणा गरेका थिए । घोषणा भईसकेपछि तत्कालिन सम्बन्धित भुसंरक्षण विभागबाट जग्गाको खोजी गर्न लगाईयो । विभागले तराईको दुई ठाउँ र काठमाण्डौको १ ठाउँ सिफारिस गर्यो । सिरहाको मिर्चैयामा ६÷६ विघाको दुई टुक्रा, जनकपुर रंगभुमि मैदानको बारहविघा र काठमाण्डौको महाराजगंज स्थित १२ विघाको प्लट दिन मिल्ने भन्दै भुमि सुधार विभागले सिफारिस गर्यो । उक्त सिफारिस अनुसार राजा महेन्द्रले ३ वटै ज्वाईँलाई ति जग्गाहरु उपहार प्रदान गरे । जेठो ज्वाईँले काठमाण्डौमा उद्योग संचालन गर्यो, कान्छो ज्वाईँले मिर्चैयामा चिनी मिल संचालन गरे । र, माईलोले जनकपुरको रंगभुमि मैदानमा वियरको उद्योग संचालन गर्ने सोचका साथ काम अगाडी वढाउन निधो गरे ।
दरबारकै मानिसबाट मकेश्वर बाबुले उक्त कुरा थाहा पाएपछि राजा महेन्द्रका सबैभन्दा नजिकका व्यक्ति मानिने सरदार विष्णु मनि आचार्यसँग भेट गरे । आचार्यको जनकपुरमा रंगभुमि मैदानको ठिक सामुने जनकपुरमा पनि घर थियो । आचार्यले जनकपुरलाई प्रिय ठाउँ मान्थे । आचार्यको दरबारमा यतिसम्म प्रभाव थियो कि तत्कालिन प्रधानमन्त्री तुल्सी गिरी भन्दा पनि उनले भनेको कुरालाई राजा महेन्द्रले इन्कार गर्दैनथे । त्यसैले मकेश्वर बाबुले सरदार आचार्यलाई भेटेर रंगभुमि दिनु भनेको ठुलो पापको काम हुन्छ र त्यसले पछि विद्रोह पनि निम्तिन्छ, राजालाई रोक्नुस्, भनेर भने । राजा महेन्द्र जस्तो मान्छे जसको आफुले एक पटक गरिसकेको निर्णयबाट फिर्ता लिने बानी छैन, यस्तो कुरा भनेर म सजायको भागिदार हुन्न भनेर आचार्यले जवाफ दिए । त्यसो भए मलाई नै राजासँग दर्शन भेट गराईदिनुस् भनेर भनेपछि आचार्यकै पहलमा राजा महेन्द्रसँग मकेश्वर बाबुको दर्शन भेट भयो । दर्शन भेटका क्रममा मकेश्वर बाबुले यसो भने,“सरकार, जनकपुरको यो बारहविघा भनेको धार्मिक ठाउँ हो । त्यो ठाउँमा भगवान राम जानकीको विवाह हुँदा स्वयम्बर भएको ठाउँ हो । त्यो ठाउँमा ज्वाईँ साहवले कारोवार गर्ने भएपनि फलिफाप हुँदैन । र, यसले जनमानसमा पनि ठुलो विद्रोह निम्तियाउँछ ।” यति सुन्ने वित्तिकै राजा महेन्द्र रिसाए । मैले छोरा सरह ज्वाईँलाई दिईसकेको बक्सिस मैले फिर्ता लिन्न । विद्रोहको नामले मलाई तिमीले डराउन खोज्ने ? ९÷९ बर्ष जेल बसेर तिमीलाई पुगेन । सरदार बाजेको नजिकको मान्छे तिमी नभईदिएको भए अहिले तिमीलाई फेरी जेल हाल्थें । खुरुक्क यहाँबाट गईहाल भन्दै राजा महेन्द्रले आक्रोश पोखे ।
तर, राति राजाको मनमा के भयो, भोली विहान फेरी राजाले मकेश्वर बाबुलाई दरबारमा बोलाए । तिमीले भनेको कुरामा म अनावश्यक रिसाएँ । साँच्चिकै त्यो त आध्यात्मिक इतिहास बोकेको ठाउँ हो । मैले के गर्ने, भुमि सुधारमा बस्ने गोरुहरुको कारण उनीहरुले सिफारिस गरेको हो । तिमी नै भन, ज्वार्ईँलाई दिईसकेको कुरा तिमीले नै कसरी फिर्ता माग्थ्यौ, राजा महेन्द्रले भने । सरकारको आदेश भयो भने ज्वाईँ साहवलाई म कन्भिन्स गर्छु भन्दै मकेश्वर बाबुले सरदार आचार्यलाई लिएर ज्वाईँ साहवको दरबारमा पुग्नु भयो । त्यो जग्गाको ऐतिहासिक तथा धार्मिक पृष्ठभुमिबारे बताउँदा ज्वाईँ साहव त राजा भन्दा पनि बढी आक्रोशित हुनु भयो । तुरुन्त मेरो घरबाट बाहिर जानुस भनेर ज्वाईँ साहवले मकेश्वर बाबुलाई आदेश गरे । तर, ज्वाईँ साहवसँगै एक जना उनको आफन्त बुढो मान्छे पनि सँगै बसेका थिए । उनले त्यो कुराको गाम्भीर्यता र सम्वेदनशिलतालाई बुझ्दै के भने मकेश्वर सिंह बाहिर जाँदैन, बरु तिमीले पुनर्बिचार गर्नुपर्छ । धार्मिक जग्गामा गरिने कारोवारले तिमीलाई पनि फलिफाप गर्दैन । तर, त्यो बुढो आफन्तको कुरालाई पनि ज्वाईँ साहेवले मानेनन् ।
त्यसपछि १२ विघाको ठाउँमा जनकपुरमै अर्को ठाउँमा २४ विघा जग्गा छ, बरु त्यो जग्गा लिनुस भनेर मकेश्वर बाबुले प्रस्ताव गरेपछि ज्वाईँ साहेव तयार भए । अनि रत्न सागर स्थित जनकपुरको १२ विघा र कभर्ड हल नजिकको अर्को १२ विघाको प्लट दिलाइयो । यसरी अत्यन्तै बहुमुल्य सम्पदाको रुपमा रहेको रंगभुमि मैदान जोगाउन मकेश्वर बाबुको ठुलो प्रयत्न रहेको थियो । पछि गएर मकेश्वर बाबुले रंगभुमि मैदान नीजि मान्छेहरुले पनि कब्जा गर्लान कि भन्ने डरले सताएपछि त्यसको संरक्षणका लागि प्रयत्न गरे । राजा महेन्द्रलाई उनले भने,“ जनकपुर चुरोट कारखानाको लागि कलकताबाट ठुलो ठुलो मेसिन आएको छ । गेट बनाउनका लागि आएको वेलिडङ मेसिनबाट १२ विघा घेर्नका लागि ग्रिल बनाउन हजुरले आदेश दिबक्सियोस् ।” राजाले आदेश दिए । ग्रिल बन्यो । उनले आफ्नै दाई तपेश्वर सिंहलाई कन्भिन्स गरी ५ हजार इटा बराबरको मुल्य लिई, स्थानीय स्तरमा सिमेन्ट आदि सामग्रीहरु जुटाई १२ विघा मैदानको कम्पाउन्ड वाल निर्माण गर्नुका साथै त्यसमा ग्रिल लगाएका थिए ।
यति भईसकेपछि राजा महेन्द्रले मकेश्वर बाबुलाई दरबारमा बोलाउनु भयो । म राजा महेन्द्र जो कुनै निर्णय गर्दा कहिल्यै पनि गलत निर्णय नगरेको व्यक्तिबाट भएको गलत निर्णयलाई तिमीले समयमै सचेत गरायौ, तिम्रो आँट, साहस र बुद्धिमताको म प्रशंसा गर्छु । मैले पुर्व पश्चिम राजमार्ग पनि बनाएँ ।
कम्यूनिष्ट जस्तो देश रहेको सोभियत संघबाट विभिन्न पुलहरु निर्माण गर्न लगाएको छु । जग्गा सम्बन्धि यो कुरा बाहिर पब्लिकमा गयो भने नराम्रो हुन्छ । यो कुरा बाहिर सार्वजनिक नगर्नु भनेर राजा महेन्द्रले मकेश्वर बाबुसँग बाचा गराए । त्यति खेरै दरबार हुँदै गईरहेका यूवराज विरेन्द्रलाई राजा महेन्द्रले बोलाएर भने,“ छोरा, म त मुटु रोगी भएँ, म अब कति दिन छु छैन, म पश्चात तिमीले नै देश चलाउनु पर्छ । राजापाठ चलाउनु पर्छ । यो व्यक्ति मकेश्वर सिंह हो । यसलाई चिन । यी जस्ता व्यक्तिलाई कहिल्यै पनि साथ नछोड्नु । राजा जस्तो व्यक्तिलाई पनि यीनले गल्ती औंल्याए ।” त्यहाँबाट राजा महेन्द्रले चिनजान गराएको समय देखि राजा विरेन्द्रले पञ्चायती व्यवस्था रहुनजेल सम्म कुनै न कुनै पदमा राखेको थियो । राजा विरेन्द्रले उनलाई सम्मान स्वरुप राज्यसभा सदस्य, पञ्चायत सदस्य, पञ्चायत नीति तथा जाँचबुझ समिति सदस्य जस्ता पदहरुमा मनोनित गरेका थिए । राजा विरेन्द्रले मकेश्वर बाबुलाई ३ किसिमको तगमा पनि प्रदान गरेका थिए । प्रवल गोर्खा दक्षिण बाहु, शुभराज्याभिषेक पदक तथा भुकम्प पीडित पदक उनलाई नारायणहिटी राजदरबारबाट प्रदान गरिएको थियो ।
राजा ज्ञानेन्द्रको प्रस्ताव अस्वीकार
पछि राजा ज्ञानेन्द्रको शासनकालमा पनि राजा ज्ञानेन्द्रले उनलाई राजनीतिमा सक्रिय हुन भनेका थिए । जनकपुर भ्रमणमा आएको बेला राजा ज्ञानेन्द्रसँग मकेश्वर बाबुले दर्शन भेट गरेका थिए । उक्त समयमा तिमी जस्तो विकास प्रेमी मान्छे किन यति चाँडै राजनीतिबाट निस्क्रिय भएको, राजनीति गर । धार्मिक नगरी जनकपुर जस्तो ठाउँको विकास गर्न तिमी सक्रिय हुनुपर्छ भनेर भन्दा मकेश्वर बाबुले जवाफ दिए,“ सरकार म भन्दा पहिले नै मेरो एकलो छोरा र बुहारी दुवैको मृत्यु भईसकेको छ । म अब आफ्नो जिवनको सम्पुर्ण समय आफ्ना दुई नातीहरु रितेश र रुपेशलाई दिन चाहन्छु । भित्रैबाट म अब टुटिसकेको छु । अब राजनीति गर्दिन ।”
जानकी मन्दिरको ५२ विघा जग्गा बचाउन मकेश्वर बाबुको संघर्ष
 जानकी मन्दिरको ५२ विघा जग्गा यहाँका केही नेता र प्रशासनले आफ्नो नाउँमा नामसारी गराउन लागेका थिए । यो कुरा बाहिर सार्वजनिक भएपछि मकेश्वर बाबु बेंगा शिवपुरका स्थानीयवासीहरुलाई जम्मा गरी संघर्ष गर्न उक्साएका थिए । स्थानीयवासीहरुलाई घरेलु हतियार सहित प्रदर्शन गर्न लगाएका थिए । पछि नामसारी गर्न खोजेका जनकपुरका एक जना नेताले उनलाई टेलिफोन गरी तिमी पछाडी हट नत्र तिम्रो घरमै बम विस्फोट गराईदिन्छु भनेर धम्की समेत दिएका थिए । पछि दरबारलाई जानकारी गराई उनले त्यो काम रोकाउन लगाएका थिए । यति मात्र होइन जानकी मन्दिरको परिसर अहिले जति खाली छ पहिले त्यति थिएन । त्यो परिसर पनि उनले अत्यन्तै जोखिम मोलेर खाली गराएका थिए ।
जानकी आँखा अस्पतालको १ विघा १८ कठ्ठा र नेपाल अपाङ्ग संघको अहिले १९ कठ्ठा जग्गा रहेको छ । यी दुईवटै जग्गा एउटा कुट्टी अन्तरगत बाबाजीको मातहतमा थियो । तर, त्यो जग्गा कब्जा गर्नका लागि महोत्तरीका १, धनुषाका ३ र काठमाण्डौका १ जना नेता र तत्कालिन अञ्चलाधिश दामोदर शमशेरले त्यो जग्गा ६ जनाको नाउँमा नामसारी गराउने प्रपन्च रचेका थिए । त्यो कुरा मकेश्वर बाबुले थाहा पाएपछि त्यसको विरोध गर्नु भयो । त्यो ५ जना मध्ये एक जना जो जनकपुरकै थिए उनको कोठामा आई त्यो दुई ठाउँको जग्गा मध्ये एक ठाउँको जग्गा तपाई नै राख्नुस र बाँकी एक ठाउँको जग्गा हामी ५ जनाले बाँड्ने छौं भनेर प्रस्ताव गरेका थिए । तर, त्यो जग्गा लिएर मैले के गर्ने भनेर अस्विकार गर्दा त्यो जग्गामा पोखरी खनेर माछा पालन गरी राजनीति गर्न आय स्रोत पनि हुने भनेर प्रलोभन दिँदा पनि उनी तयार भएनन् । पछि राजा विरेन्द्रबाट ठाडो आदेश गर्न लगाई जग्गा नामसारी हुनबाट उनले रोक्न लगाए । तत्कालिन अञ्चलाधिश दामोदर शम्शेरलाई राजाले प्रष्ट रुपमा के आदेश दि एभने त्यो जग्गाको के कार्यमा सदुपयोग हुन्छ मकेश्वर बाबुसँग सोधेर गर्नु भनेपछि मकेश्वर बाबुले पछि त्यहाँ जानकी आँखा अस्पताल र नेपाल अपाङ्ग संघ निर्माण गर्न लगाउनु भयो ।
विकासका लागि सदैव अग्रसर
जनकपुरमा अहिले जे जति पनि पुर्वाधारहरु छन् प्रायः जसो पुर्वाधारहरु निर्माण हुनुमा मकेश्वर बाबुको ठुलो योगदान रहेको छ । ती पुर्वाधारहरु निर्माण गर्न उनले आर्थिक लगानी नगरेपनि जग्गा दाताहरुलाई खोजेर तिनीहरुलाई उत्प्रेरित गरी जग्गा दान गर्न लगाउने र ती दान गरिएको जग्गाहरुमा विद्यालय, अस्पताल जस्ता पुर्वाधारहरु निर्माण गराउन उनको ठुलो भुमिका छ । रामस्वरुप साह, रामसागर साह जस्ता जग्गा दाताहरुलाई प्रोत्साहित गरी विद्यालय, कलेज, अस्पताल निर्माण गर्न लगाएका थिए । सोही क्रममा हालको जनकपुर अञ्चल अस्पताल तथा पहिलेको जानकी पब्लिक अस्पतालको विकासको काम होस वा राराब क्याम्पस, सरस्वती नमुना उच्च माध्यमिक विद्यालय, सकलभवन कन्या माबि, बाल मन्दिर, नेपाल रेडक्रसको भवन आदिको निर्माण सहित विभिन्न मठ मन्दिर, धर्मशाला, सागरपोखरी आदिको निर्माण तथा जिर्णोद्धारमा उनको महत्वपुर्ण योगदान रहेको छ । तसर्थ राजनीतिक रुपमा जे जस्तो आस्था उनको भएपनि उनले समाजको र देशको हितका लागि लिएको अडान तथा उनका योगदानलाई आजको पुस्ताले पनि सम्झनु आवश्यक छ । मकेश्वर बाबु मात्र होइन, आधुनिक जनकपुर निर्माणमा भुमिका तथा योगदान पुर्याउने ती सम्पुर्ण अग्रज पुर्खाहरुलाई आजको पुस्ताले किन पनि स्मरण गर्न सकेको छैन भने ती महान हस्तीहरुको नाउँमा न कतै शालिक निर्माण भएको छ, न कहिँ कतै कुनै चौक वा स्मारक वा सडकको नामाकरण नै उहाँहरुको नाउँमा गरिएको छ । तसर्थ ती सम्पुर्ण महान हस्तीहरुको योगदानलाई अमर पार्नका निम्ति पनि उहाँहरुको नाउँमा विद्यालय, अस्पताल, चौक, चौराहा तथा सडकहरुको नामाकरण गरिनुपर्दछ । स्वर्गीय मकेश्वर बाबुको योगदान प्रति द एक्सक्लुसिभ पनि हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छ । 
 
(स्वर्गीय मकेश्वर बाबुका नातीहरु रितेश सिंह र रुपेश सिंहसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको कुराकानीमा आधारित)

मकेश्वरबाबुको पुण्य तिथिमा द एक्सक्लुसिभ सम्पादक अनुरागी पुरस्कृत

६ पुष २०६७ मा विकास पुरुष मकेश्वर प्रसाद सिंहको निधन भएको थियो । आमजनले उनलाई सम्मान स्वरुप मकेश्वर बाबु भन्ने गर्दथे । ८४ बर्षको उमेरमा उनको निधन भएको थियो । ६ पुष २०७४ मा विकास पुरुष मकेश्वरबाबु सामाजिक प्रतिष्ठानले सातौं पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा आयोजन गरेर उनको सम्झना गरेको थियो । स्वर्गीय मकेश्वर बाबुका नाती रितेश सिंह अध्यक्ष रहेको उक्त प्रतिष्ठानले यस बर्ष द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीलाई मकेश्वरबाबु उत्कृष्ठ सामाजिक सेवा पुरस्कार स्वरुप नगद रु.५ हजार १ सय १ सहित कदर पत्र प्रदान गरी सम्मानित गरेको छ ।
२०६८ सालमा स्थापना भएको उक्त प्रतिष्ठानले २०६८ सालमा  सालमा समाजसेवी अमरचन्द्र अनिल, २०६९ सालमा बरिष्ठ पत्रकार राजेश्वर नेपाली, २०७० सालमा समाजसेवी पवन सिंघानिया, २०७१ सालमा गंगा आरतीका अभियन्ता तथा पत्रकार रामअशिष यादव, २०७२ सालमा मिथिला नाटयकला परिषद र २०७३ सालमा अनाथ आश्रम संचालक सत्यनारायण आलोकलाई पुरस्कृत गरेको थियो । मकेश्वर बाबुले यो समाजको विकासका लागि गरेको योगदानलाई स्मरण गर्दै अरु मानिसहरु पनि देश र समाजको विकासका लागि प्रेरित हुन सकोस् र मकेश्वर बाबुको स्मरण हुन सकोस् भन्ने उद्देश्यले पारिवारिक प्रतिष्ठानले प्रत्येक बर्ष उनको पुण्य तिथीमा समाजका समाजसेवीलाई पुरस्कार प्रदान गरेर सम्मान गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले बताएका छन् ।


२०७४  पौष ०९ गते  आईतवार

अन्तरबार्ता ः २ नम्बर प्रदेशको राजधानी जनकपुर तय नेपालमा चीनको हस्तक्षेप बढ्यो, अब भारतले ओलीसँग सम्बन्ध बढाउनुपर्छ ः अशोक मेहता

भारतीय सेनाका अवकाशप्राप्त जनरल अशोक मेहता नेपालको राजनीतिक मामिलामा गहिरो चासो राख्छन् । नेपाली भाषा बोल्नसक्ने मेहता नेपालका विषयमा नियमित कलम चलाउँछन् । भारतको द पायोनियर पत्रिकामा उनका लेखहरू नियमित प्रकाशित हुन्छन् । उनको भनाइ भारतीय संस्थापनको आवाजसँग मिल्दोजुल्दो पाइन्छ । नेपालमा वामपन्थी गठबन्धनले भारी बहुमत पाएको सन्दर्भमा नयाँ बन्ने सरकारसँग भारतले कस्तो व्यवहार गर्ला भनेर द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले सोमवार साँझ  मेहतासँग टेलिफोन अन्तर्वार्ता गरेका थिए । प्रस्तुत छ अन्तर्वार्ताको सम्पादित अंश ः

नेपालमा भर्खरै सम्पन्न भएको निर्वाचन परिणामलाई तपाईंले कसरी लिनुभएको छ ?
म त त्यो परिणामलाई धेरै राम्रो दृष्टिकोणले हेरिरहेको छु । धेरै लामो समयपछि नेपालमा बहुमतको सरकार बन्नेछ । अब देश राजनीतिक स्थिरतातर्फ अगाडि बढ्नेछ । संविधान निर्माण भइसकेको छ । अब नेपाल आर्थिक उन्नतिको बाटोमा अगाडि बढ्नेछ । जसरी हाम्रो प्रधानमन्त्री मोदीजीले भन्नुहुन्छ नि ‘सबका विकास’, त्यसैगरी नेपाल पनि विकासको बाटोमा अग्रसर हुनेछ । राजनीतिक स्थिरता भएमा मात्र विकास सम्भव हुन्छ । गठबन्धन सरकारको प्रस्ट बहुमत हुन्छ ।
माओवादी र एमालेबीच एकता हुन्छ भने झन् राम्रो हो तर मलाई तिनीहरूबीच अहिले नै पार्टी एकता हुन्छ जस्तो लाग्दैन । तैपनि तिनीहरूबीच गठबन्धन कायमै रहन सक्यो भने त्यो नेपालको लागि पनि धेरै राम्रो कुरा हुनेछ । त्यसले नेपालको उन्नतिका लागि बाटो खोल्नेछ । अर्को कुरा म के भन्न चाहन्छु भने नेपालको संविधानअनुसार पनि सरकारविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव संसदमा लान सकिन्न । त्यसले पनि राजनीतिक स्थिरता कायम रहन मद्दत गर्नेछ अनि देशको आर्थिक उन्नति हुनेछ ।
तपाईंले माओवादी र एमालेबीच तत्कालै पार्टी एकता सम्भव छैन भन्नुभयो । किन एकता सम्भव छैन तत्कालै ?
मलाई के लाग्छ भने ती दुई पार्टीहरूबीच सम्झौता भइसकेको भएपनि एकता चाहिँ तत्कालै सम्भव छैन । एकता बिल्कुलै असम्भव छ पनि म भन्दिनँ ।  तिनीहरूबीच पार्टी एकता पनि हुनसक्छ । तर फेरि केही दिन बितेपछि अलग्गिने सम्भावना पनि जीवितै रहेको कुरालाई नकार्न पनि त सकिन्न ।
नेपालमा भारतको प्रभाव बिस्तारै कम हुँदै गएको हो ? 
यो त पूरै दक्षिण एसियामै देखिएको छ । चीन अहिले आफ्नो आर्थिक शक्तिको भरपूर प्रयोग गरिरहेको छ । अपÞm्गÞानिस्तानलाई सामिल गर्दै चीनले दक्षिण एसियाका देशहरूमा आफ्नो प्रभाव बढाइरहेको छ । चाहे त्यो पाकिस्तान, श्रीलंका, बंगलादेश, बर्मा वा नेपाल नै किन नहोस् ( त्यहाँ उसले आफ्नो प्रभाव बढाइरहेको छ । भुटानबाहेक अन्यत्र सबैतिर उसको प्रभावशाली उपस्थिति छ । चीनले पहिलेपहिले ‘हामी अरू देशको आन्तरिक मामिलामा कुनै चासो राख्नेछैनौं’ भन्ने गर्थ्यो । तर अब चीन पहिलेजस्तो छैन । चीन १०(१५ वर्ष पहिले ‘नो पोलिटिकल इन्टरफेरेन्स इन् देयर इन्टर्नल अफेयर्स’ भन्थ्यो । तर अब त्यो कुरा छैन । अब हरेक ठाउँमा आफ्नो आर्थिक तागतका कारण उसले हस्तक्षेप गरिरहेको छ । नेपालमा पनि उसको हस्तक्षेप पछिलो समयमा अत्यन्तै बढेको छ ।  
एक जमानामा ओलीजी विदेशमन्त्री हुँदा भारतसँग उहाँको धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपाली जनतालाई धेरै  नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो ।
नेपालमा अब बन्न गइरहेको वामपन्थी दलहरूको नेतृत्वको सरकारसँग भारतको सम्बन्ध कस्तो होला ?
अहिले बन्न गइरहेको सरकार ‘लेफ्ट अलायन्स’ (वाम गठबन्धन) को हो । त्यो अलायन्सको सोच चीनसँग मिल्दोजुल्दो छ भन्ने कुरामा धेरै मानिसलाई शंका नभएको होइन । तर नेपाली वामहरूको सोच फरक किन पनि छ भने नेपालका लेफ्ट पार्टीहरू ‘डेमोक्रेटिक सोसियलिजम’ (लोकतान्त्रिक समाजवाद) मा विश्वास गर्छन् । चीनको र नेपालका लेफ्ट पार्टीहरूको राजनीति गर्ने तरिकामा नै फरक छ । केही कÞुराहरूमा तिनीहरूबीच समानता पनि हुन सक्छ । तर राजनीति र लोकतन्त्रको कुरा आउँदा उनीहरूबीचको फरक देखिन्छ ।
माओवादी अब मूलधारमा आइसकेको छ । एमाले पनि लोकतान्त्रिक पार्टी नै हो । चाहे त्यो लेफ्ट पार्टी नै किन नहोस् । यो कुरा पनि सत्य हो ( नेपालका लेफ्ट पार्टीहरूको प्रभाव चीनसँग मिल्दोजुल्दो हुनसक्छ ।  तपाईंलाई थाहा होला नेपालका निर्माता पृथ्वीनारायण शाहले १७४६ मा भनेका थिए ( नेपाल दुई ढुङ्गाबीचको तरुल हो । अनि नेपालले चीन र भारत दुवैलाई सन्तुलन गर्नुपर्छ । पृथ्वीनारायण शाहले भनेका कुरा अहिले पनि त्यत्तिकै सान्दर्भिक छ । केपी ओलीजी प्रधानमन्त्री बन्दै हुनुहुन्छ र त्यसमा अब कसैलाई शंका पनि नहोला । उहाँले भनिसक्नु भएको छ ( ‘वी विल फलो अ ब्यालेन्स्ड पोलिसी बिटवीन इन्डिया  एन्ड चाइना’ (हामी भारत र चीनबीच सन्तुलनको नीति अपनाउँछौं) । मलाई लाग्छ, ओलीजीले जे भनिरहनुभएको छ त्यसैगरी विदेशनीति पनि कार्यान्वयन गर्नुहुनेछ ।
अनि भारतले पनि अब नेपाल कम्युनिस्ट देश बन्नेछ, चीनतर्फ बढ़ी बफादार हुनेछ भनी सोच्नु भएन । भारतले अब नेपाललाई बड़ो ध्यानपूर्वक हेर्नुपर्ने हुन्छ । चीनले श्रीलंका, पाकिस्तान, बर्मा, अफगानिस्तान अनि अफ्रिकी देशहरूमा के गरेको छ भनी भारतले हेर्नुपर्छ । नेपाललाई श्रीलंकाको दृष्टिकोणले हेर्नुभएन नि भारतले । अर्को कुरा के हो भने भारत र नेपालबीच    लक्ष्मणरेखा पनि छ ।
मलाई लाग्छ, ओलीजीले जे भनिरहनुभएको छ त्यसैगरी विदेशनीति    पनि   कार्यान्वयन गर्नुहुनेछ ।
नेपाल र  भारतबीचको सम्बन्धमा चीनका लागि केही रेड लाइन्स अर्थात् लक्ष्मणरेखाहरू पनि छन् । चीनले त्यो कुरा स्मरण गर्नु जरूरी छ । चीनले नेपालमा केही हाइडूो प्रोजेक्ट वा एक्सप्रेसवे वा हाउजिङ प्रोजेक्ट्स लगायत थुप्रै परियोजना लागू गर्न चाहेको छ । चीनले रेल्वे लाइन लुम्बिनीसम्म लग्न चाहेको छ । अन्य थुप्रै कतिपय परियोजनाहरू ऊ लागू गर्न चाहन्छ । त्यो परिस्थितिमा भारतसँग नेपालले अवश्य नै कुरा गर्नुपर्ने हुन्छ ।
दोस्रो कुरा के हो भने नेपालको तराई मधेश क्षेत्रमा  नेपाल र भारतबीच समझौता नै भएको छ । सम्झौताअनुसार, चीनको कुनै पनि परियोजना तराईमा बन्दैन । जस्तै, सन् १९८५ मा पूर्व(पश्चिम कोहलपुर राजमार्ग बन्न लाग्दा  चीनले सबभन्दा कम बोली लगाएको (लोवेस्ट बिडर) थियो । तैपनि राजा वीरेन्द्रले चीनलाई त्यो परियोजना दिएनन् । भारतले मधेशमा चीनको लगानी होस् भन्ने चाहँदैन किनभने चीनको मजदूर सँगसँगै सेना पनि परियोजनामा काम गर्न आउने गर्छ । चिनियाँ सेना र नेपाली सेनाबीच साटासाट भयो भने वा सेनाको संख्या बढ्यो भने भारतले त्यसको विरोध गर्नेछ ।
नेपालले भारतमा थुप्रै नेपाली सैनिकहरू कार्यरत छन् भन्ने बुझ्नुपर्छ । त्यसैले नेपाली सेना र चिनियाँ सेनाबीचमा बड़ो सावधानीपूर्वक सम्बन्ध स्थापित हुनुपर्दछ । त्यसको कुनै पनि नकारात्मक असर भारतलाई नपरोस् भनी सचेत हुनुपर्छ । चीन नेपालको तराईसँग सम्पर्क (कनेक्टिभिटी) को बहानामा आफ्नो क्रियाकलाप (एक्टिभिटी) गर्न चाहन्छ । 
त्यसैले नेपालमा बन्ने नयाँ सरकारले यी कुराहरूमाथि अवश्य नै सोचविचार गर्नेछ । सन् १९५० को शान्ति तथा मैत्री सम्झौता अझै पनि कायम छ । दुवै देशले यो कुरा बिर्सनुहुँदैन । केपी ओलीजी प्रधानमन्त्री भएको बेलामा चीनसँग  १० वटा सम्झौता गर्नुभएको थियो, त्यसैले स्वाभाविक रूपमा भारतमा पनि के भावना छ भने ओलीजीले  चीनतर्फ  बढ़ी   झुकाव राख्नुहुनेछ । चीनसँग वहाँले भारतको स्वार्थ र सुरक्षाको सरोकारमाथि प्रश्न उठ्नेगरी  सम्झौता गर्नुहुँदैन । 
विगतमा भारतसँग ओलीजीको सम्बन्ध तिक्ततापूर्ण रह्यो । के अब सम्बन्धमा सुधार आउला  ?
अवश्य नै सुधार आउँछ । उहाँले नेपालमा सरकार बनाउनुहुनेछ । ओलीजी नेपालको प्रधानमन्त्री बन्नुहुनेछ । कमसेकम दुईदेखि पूरै पाँच वर्षका लागि प्रधानमन्त्री उहाँ नै रहनुहुनेछ । नेपालको जनताले वाम गठबन्धनलाई भोट दिएका छन् । लेफ्ट अलायन्सको प्रधानमन्त्री केपी ओली नै हो ।  एक जमानामा ओलीजी विदेशमन्त्री हुँदा भारतसँग उहाँको धेरै नै राम्रो सम्बन्ध थियो । पछिल्लो समय नाकाबन्दी भएपछि नेपाली जनतालाई धेरै  नै चोट पुगेको थियो । त्यो चोटको राजनीतिक फाइदा ओलीजीले धेरै राम्रोसँग उठाउनुभयो । नाकाबन्दीकै कारण उहाँ आफ्नो देशमा राष्टूवादी नेताको रूपमा उदाउन सफल हुनुभएको हो ।
उहाँलाई नेपाली जनताले पत्याएका छन् । नाकाबन्दीबाट यदि कसैलाई फाइदा पुगेको छ भने त्यो ओलीजीलाई मात्र हो । नाकाबन्दीकै कारण उहाँको नजर चीनतर्फ पुग्यो । नाकाबन्दी नभइदिएको भए शायद उहाँले चीनसँग ती सम्झौताहरू नै गर्नुहुन्थेन  । उहाँले केही सम्झौता नाकाबन्दीको दबाबका कारण गर्नुभयो भने केही सम्झौता भारतलाई सन्तुलनमा राख्नका लागि गर्नुभयो । यो त राजनीतिको तरिका नै हो । त्यो त पृथ्वीनारायण शाहले  सिकाएको तरिका नै हो  । 
तर अब उहाँले दुई छिमेकीबीच सन्तुलन कायम राख्छु भनिसक्नुभएको छ  । त्यसैले अब सम्बन्ध सुूिन्छ ।  उहाँ प्रधानमन्त्रीको रूपमा भारतको भ्रमणमा आउनुभएको बेलामा थियो मैले उहाँलाई सोधेको पनि थिएँ ( भारतसँग तपाईंको सम्बन्ध कस्तो छ ? अनि उहाँले मलाई भन्नुभएको थियो  । केही असमझदारी मात्र भएको हो । त्यो असमझदारी हामीले हटाइसकेका छौं । तर मलाई त्यो असमझदारी अझै पनि छँदैछ जस्तो लाग्छ । तर कÞुराकानीको माध्यमले त्यो हट्नसक्छ ।  भारतबाट अलिकति गल्ती त भएकै हो । भारतले संविधानलाई जसरी स्वागत गर्नुपर्ने थियो, त्यो नगरेर गल्ती गरेकै हो ।
मलाई लाग्छ, उहाँले नेपाल र भारतबीचको सम्बन्धलाई राम्ररी बुझ्नुभएको छ । नेपाल र भारतबीच खुला सिमाना छ, १९५० को सन्धि छ, हाम्रो इतिहास, भूगोल, रोटीबेटीको सम्बन्धको तुलना चीनले कहिल्यै पनि गर्न सक्दैन । त्यसैले भारत आफ्नो ठाउँमा छ, चीन आफ्नो ठाउँमा छ । त्यो कुरालाई ओलीजीले राम्रो तरिकाले बुझ्नुभएको छ ।
भारतको नेपाल नीति फेल खायो भनेर यहाँ टिप्पणी हुन्छ । के भारतले नेपाल नीतिमा समीक्षा गर्ला त ?
भारतबाट अलिकति गल्ती त भएकै हो । भारतले संविधानलाई जसरी स्वागत गर्नुपर्ने थियो, त्यो नगरेर गल्ती गरेकै हो । त्यसको ठाउँमा भारतले खासगरी मधेशी समुदायको आधारभूत अधिकारहरू संविधानमा समेटेर समावेशी संविधान बनाओ भनेर  भनेको हो ।
भारतले त्यसैको प्रचार गर्ने कोशिश ग(यो । भारतको भनाइ ठीक थियो तर तरिका एकदमै गलत थियो । नाकाबन्दी नगर्नुपर्ने थियो । भारतको कूटनीति त्यहाँ फेल भएकै हो । नाकाबन्दीका कारण नेपाली जनताले जे झेल्नुप(यो, त्यो कुराले नेपालमा भारतविरोधी भावना बढ्यो । त्यसले गर्दा आज ओलीजीको पक्षमा बहुमत आएको छ । मलाई लाग्छ, त्यसपछि भारतले संविधानको विषयमा धेरै कुरा भनेको छैन । समावेशी बनाऊ मात्र भनेको हो । संविधान संशोधनको विषय संसदमा लगिएको पनि थियो तर ओलीजीको विरोधका कारण पारित हुनसकेन  ।
के संविधान संशोधनको विषय अब सकियो ?
त्यो मुद्दा त रहिरहन्छ । ओलीजीले अहिले तत्कालै संशोधन नगरेपनि पछि त गर्नैपर्छ किनभने लेफ्ट अलायन्समा प्रचण्डजी पनि हुनुहुन्छ । उहाँले संशोधन प्रस्तावलाई समर्थन गर्नुभएको छ । केही वर्षपछि भएपनि संशोधन त गर्नैपर्छ ।


२०७४  पौष ०९ गते  आईतवार

२ नम्बर प्रदेशको राजधानी जनकपुर तय प्रदेशसभा र मुख्यमन्त्री निवास लगायत पुर्वाधारहरु चुरोट कारखानामा बनाउने सरकारको तयारी

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
प्रदेश नं.२ को राजधानी जनकपुरलाई बनाउने तयारी नेपाल सरकारले अगाडी वढाएको छ । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा र रौतहट गरी कुल ८ वटा जिल्लाहरु समावेश भएको प्रदेश नं.२ को राजधानी जनकपुर हुने पक्का पक्की भएको छ । राजधानीका लागि आवश्यक पुर्वाधारहरु व्यवस्थापनका लागि नेपाल सरकारले आन्तरिक तयारी अगाडी वढाईसकेको छ । त्यसका लागि नेपाल सरकारको स्वामित्वमा रहेको जनकपुर चुरोट कारखानाको जग्गा सम्पति, भवन तथा भौतिक संरचनाहरु जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा हस्तान्तरणको प्रक्रिया अगाडी समेत वढिसकेको छ । साविक जनकपुर चुरोट कारखाना लिमिटेडको मुख्य कार्यालय परिसर भित्रको संरचनाहरु २ नम्बर प्रदेश प्रहरी कार्यालय, निवास तथा व्यारेक प्रयोजनको लागि प्रयोग गर्नुपर्ने भएकोले सो क्षेत्रको जमिन र संरचनाहरु अर्को व्यवस्था नभएसम्म सोही अनुसार प्रदेश नं.२ प्रमुखबाट तोकिए अनुसार बरबुझारथ समेत जिल्ला प्रशासन कार्यालय धनुषालाई गरिएको छ ।
नेपाल सरकारको तयारी अनुसार प्रदेश प्रमुखको सचिवालय र निवास, प्रदेश सभा भवन, मुख्यमन्त्री र प्रदेश परिषदको कार्यालय, मुख्यमन्त्री निवास, मन्त्रालयका मन्त्रीहरुको निवास, मुख्य सचिव, सचिवहरु र अन्य कर्मचारीहरुको निवासका लागि जनकपुर चुरोट कारखानाको सम्पति तथा भवनहरु प्रयोगमा ल्याउन नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईलाई निर्देशन समेत दिईसकेको छ ।
प्रदेशसभाका लागि चुरोट कारखानाको कभर्ड हल, प्रदेश प्रमुखका सचिवालय तथा निवासका लागि जिएम
यस अघि नेपाल सरकारको पुर्ण स्वामित्वमा स्थापित रहेको जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) को जग्गा, सम्पति, भवन तथा भौतिक संरचना र यन्त्र उपकरणहरु जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा हस्तान्तरण गर्ने प्रक्रिया अगाडी वढाइएको थियो । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि गृहमन्त्री भएको बेला बन्द रहेको जचुकालिलाई प्रदेश नम्बर २ को प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयको मातहतमा ल्याउन प्रक्रिया अगाडी वढाएका थिए ।
भविष्यमा प्रदेश नं. २ को राजधानी जनकपुर हुने र विधानसभा, मुख्यमन्त्री निवास, कार्यालय लगायत विभिन्न पुर्वाधार तथा संरचनाहरुको आवश्यकता पर्ने हुनाले विगत ४ बर्ष देखि पुर्णतः बन्द रहेको जचुकालिलाई त्यस प्रयोजन निम्ति प्रयोग गर्नका लागि नेपाल सरकारको मन्त्री परिषदले निर्णय गरी जिल्ला प्रशासन कार्यालय धनुषाको नाममा कारखानाको सम्पति हस्तान्तरण गर्ने निर्णय गरेपछि उक्त प्रक्रिया अगाडी वढेको छ ।
नेपाल सरकारको स्वामित्वमा स्थापित जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकालि) हाल बन्द अवस्थामा रहेको छ । जचुकालिको नाममा रहेको धनुषा जिल्ला स्थित ३३ विघा ३ का १२ धुर जग्गा र त्यहाँ रहेका भौतिक संरचना र यन्त्र उपकरणहरु प्रदेश नम्बर २ को उपयोग प्रयोजनको लागि संरक्षण गरी राख्न जिल्ला प्रशासन कार्यालय धनुषा मातहतमा राख्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले २ जेष्ठ २०७४ मा उद्योग मन्त्रालयलाई अनुरोध गरेको थियो ।
प्रदेश नम्बर २ को उपयोग प्रयोजनको लागि पछि सम्बद्ध निकायबाट हुने निर्णय बमोजिम कार्यान्वयन हुने गरी उल्लेखित जग्गा तथा भौतिक संरचनाहरुको सम्बन्धमा अन्य कुनै निर्णय नगर्ने, उल्लेखित जग्गा र भवन लगायतका संरचनाहरुको संरक्षण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको मातहतमा राख्ने व्यवस्था मिलाउन आवश्यक निर्णयका लागि मन्त्री परिषदमा प्रस्ताव प्रस्तुत गर्ने भनि गृहमन्त्रालयको सचिव स्तरबाट २ जेष्ठ २०७४ मा निर्णय गरी उद्योग मन्त्रालयलाई पत्र पठाइएको थियो ।
नेपाल सरकार (मन्त्रीपरिषद) को २० अषाढ २०७० को निर्णय अनुसार जचुकालिमा कार्यरत सम्पुर्ण कर्मचारीहरुलाई पेअफ गरिएको र सोही निर्णयको आधारमा हाल जचुकालिको भौतिक सम्पतिको व्यवस्थापनका लागि भौतिक परीक्षण गर्ने कार्य भईरहेको उद्योग मन्त्रालयले गृहमन्त्रालयलाई जवाफ दिएको थियो । जचुकालिको आर्थिक बर्ष २०७०÷०७१ सम्मको लेखा परीक्षण गरी महालेखा परीक्षकको कार्यालयबाट प्राप्त लेखा परीक्षण प्रतिवेदनमा नेपाल सरकार तथा अन्य बैंक, वित्तिय संस्थाबाट जचुकालिले लिएको ऋण लगायत जचुकालिले भुक्तानी गर्नुपर्ने समेत गरी करिब ३ अर्ब रुपैयाँ भन्दा वढी दायित्व रहेको देखिएकोले सो दायित्व फरफारकका लागि नेपाल सरकारले स्रोतको समेत उचित व्यवस्थापन गर्नु आवश्यक देखिएको भन्दै ४ जेष्ठ २०७४ मा उद्योग मन्त्रालयका सचिव शंकर प्रसाद कोइरालाले उद्योग मन्त्रालयमा प्रस्ताव पेस गरेका थिए ।
मुलुकको संघीय संरचना अनुसार बन्ने संघीय संरचनाको केन्द्रका लागि आवश्यक पर्ने संरचना लगायत पुर्वाधार निर्माणका लागि आवश्यक पर्ने क्षेत्रको संरक्षण गर्नु आवश्यक देखिएको भनि धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईको अध्यक्षतामा जग्गा प्राप्तिको लागि ३ पुष २०७३ मा बैठक बसेको थियो । उक्त बैठकले जचुकालिको जग्गा, भवन तथा उपकरणहरु समेत संरक्षणको लागि उद्योग मन्त्रालयमा अनुरोध गरिएपछि उक्त विषय सम्बन्धमा निर्णयार्थ पेश हुँदा नेपाल सरकार (मन्त्रीपरिषद) समक्ष पेश गर्न उद्योग मन्त्रीले ४ जेष्ठ २०७४ मा उद्योग सचिवलाई निर्देशन गरिएको थियो ।
त्यसपछि ८ जेष्ठ २०७४ मा गृहमन्त्रालयको आन्तरिक व्यवस्था ‘ख’ शाखाले जचुकालिको जग्गा तथा भौतिक संरचना संरक्षण सम्बन्धमा उद्योग मन्त्रालयबाट प्रस्ताव पेश भई नेपाल सरकार मन्त्री परिषदबाट ४ जेष्ठ २०७४ मा भएको निर्णयको छाया प्रति जिल्ला प्रशासन कार्यालय धनुषालाई पठाइएको थियो । लगत्तै १५ साउन २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाले जचुकालिको आवश्यक सुरक्षा व्यवस्था मिलाउन भन्दै जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गरिएको थियो ।
१७ साउन २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाले सोही निर्णय अनुसार जचुकालिको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीहरुलाई बस्नको लागि आवश्यक आवासको व्यवस्था गरिदिन भन्दै जचुकालिलाई पत्राचार गरेको थियो । उक्त पत्राचार भएपछि जचुकालिका लेखा अधिकृत प्रेम प्रसाद निरौलाले आवश्यक व्यवस्थापनको लागि निर्देशन दिन भन्दै १७ साउन २०७४ मा उद्योग मन्त्रालयलाई पत्राचार गरेका थिए ।
हस्तान्तरण प्रक्रियाका जटिलता
जिल्ला प्रशासन कार्यालय धनुषालाई कारखानाको नाउँमा रहेको जग्गा, भवन र भौतिक संरचना, उपकरण तथा अन्य सम्पुर्ण भौतिक सामाग्रीको हस्तान्तरण कुन प्रक्रियाबाट गर्ने गराउने, सबै जग्गा भवन बुझाएपछि कारखाना (कम्पनी) को कार्य संचालन कहाँबाट कसरी गर्ने भन्ने प्रश्न सहित जचुकालिले उद्योग मन्त्रालयबाट निर्देशन मागेको देखिन्छ । हाल भईरहेको कारखानाको भौतिक परीक्षण कार्यको सम्बन्धमा के कस्तो प्रक्रिया अपनाउने, कारखानाले लिनुदिनु पर्ने दायित्व तथा भएका लेखा श्रेष्ता र लेखा परीक्षण गर्न गराउन बाँकी रहेका कार्यहरु कसरी सम्पादन गर्ने, हाल सेवा करारमा कार्यरत कर्मचारीहरुलाई कहिले सम्म काममा लगाउने लगायतका प्रश्नहरुको जवाफ जचुकालिले उद्योग मन्त्रालयसँग माग गरेको छ ।
कारखाना (कम्पनी) को अस्तित्वको सम्बन्धमा के हुने, लिक्विडेशन गर्ने वा के गर्ने, कम्पनी रजिष्टूार कार्यालय तथा सम्बन्धित कर कार्यालयमा कम्पनीको विवरण अद्यावधिक गर्ने वा नगर्ने, जनकपुर बाहेक अन्यत्र रहेका कारखानाको जग्गा तथा भवन र अन्य भौतिक सरसामान सम्पतिको जिम्मेवारी एवम संरक्षण कुन निकायबाट कसरी सम्पादन हुने लगायतका प्रश्नहरुको जवाफ कारखानाले उद्योग मन्त्रालयसँग माग गरेको छ ।
 नेपाल सरकार (मन्त्री परिषद)को २० अषाढ २०७० को निर्णयानुसार जचुकालिको सम्पति उद्योग मन्त्रालयको नाममा नामसारी गर्नुपर्ने भनेर निर्णय भएकोमा हाल नयाँ निर्णयको सन्दर्भमा के गर्ने, कारखानाको लिनुदिनु दायित्व निकासा पछि हिसाव किताव राफसाफ र भुक्तानीको प्रक्रिया कसरी अबलम्बन  गर्ने, कारखाना वादी र प्रतिवादी भई हाल विभिन्न अदालतमा चलिरहेको मुद्दाहरुका सम्बन्धमा के गर्ने भन्ने प्रश्नहरु उत्पन्न भएकाले ती प्रश्नहरुको जवाफ सहित आवश्यक निर्देशनका लागि जचुकालिका लेखा अधिकृत निरौलाले उद्योग मन्त्रालयमा पत्राचार गरेको छ ।
त्यसपछि २२ साउन २०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषाले पुनः कारखानाको अधिनस्त जग्गा जमिन र संरचनाहरु गृहमन्त्रालय अन्तरगत ल्याउने नेपाल सरकारको निर्णय अनुसार सबै सम्पति सुरक्षा गर्नुपर्ने जिम्मेवारी जिल्ला प्रशासन कार्यालय धनुषामा आएको हुनाले हाल सुरक्षाको व्यवस्था गर्ने सम्बन्धमा र केही सुरक्षाकर्मीहरुलाई तत्काल राख्नुपर्ने भएकाले त्यहाँ कारखाना परिसर भित्रका कम्तिमा २ वटा विल्डिङग खाली गरी नेपाल प्रहरीको लागि उपलब्ध गराउन भनि जचुकालिलाई अत्यन्त जरुरी भन्दै पत्राचार गरिएको छ ।
सम्पति हस्तान्तरण गर्न नमिल्ने ः 
निवास, मुख्यमन्त्री र निवासको लागि डिजिएम निवास, ७ वटा मन्त्रालय र निवासको लागि डायरेक्टर निवास, प्रदेश मुख्य सचिवको लागि क्षेत्रिय विक्री कार्यालय परिसर र ५ जना सचिवहरुको निवासको लागि कर्मचारी आवासमा व्यवस्थापन गर्न नेपाल सरकारले जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचार गरेको छ । २९ असोज २०७४ मा उद्योग मन्त्रालयले जनकपुर चुरोट कारखानाको जग्गा, भौतिक संरचना तथा सरसामानहरु बुझिलिन भन्दै जिल्ला प्रशासन कार्यालय धनुषालाई पत्राचार गरेको थियो । त्यसपछि कारखानाका ती सम्पतिहरु बुझ्नका लागि १२ कार्तिक २०७४ मा जिल्ला प्रशासन कार्यालयका नायव सुब्बा मकसुदन महासेठलाई खटाएको थियो । महासेठले कारखानाका सम्पतिहरु बुझ्ने काम गरिरहेका छन् । कारखानाको सम्पतिहरु बुझिरहेका महासेठले भने,‘ अहिलेसम्म करिब २ सय वटा कोठाहरु बुझेर ताल्चा लगाईसकेको छु । विभिन्न कोठाहरुमा रहेका फर्निचर लगायतका सामानहरु बुझिसकेको छु ।’ चुरोट कारखाना लामो समय देखि बन्द रहेका कारण आवास तथा भवनका कोठाहरु मर्मत संभार गर्नुपर्ने आवश्यकता देखिएकाले लगत अनुमान कस्नका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले सहरी भवन तथा डिभिजन कार्यालय धनुषालाई पत्राचार गरेको थियो । उक्त कार्यालयका प्राविधिक समेतको कर्मचारी खटेर ७ करोड ५० लाख रुपैयाँ मर्मत संभारका लागि आवश्यक पर्ने भनेर जिल्ला प्रशासन कार्यालय धनुषामा सिफारिस समेत गरिसकिएको डिभिजन कार्यालय धनुषाका प्रमुख गंगाराम यादवले बताए ।
कारखाना सम्पति हस्तान्तरण गर्न उद्योग मन्त्रालयबाट औपचारिक निर्देशन नआएको भन्दै जनकपुर चुरोट जवाफमा २३ साउन २०७४ मा जचुकालिले तत्काल कारखानाको सम्पति जिल्ला प्रशासनको नाममा हस्तान्तरण गर्न कुनै निर्देशन नभएकाले हस्तान्तरण गर्न नमिल्ने बताएको छ । कारखानाको अधिनस्त जग्गा, जमिन र संरचनाहरु गृहमन्त्रालय अन्तरगत ल्याउने नेपाल सरकारको निर्णय सम्बन्धमा यस कारखानालाई तालुक निकायबाट औपचारिक रुपमा हालसम्म कुनै जानकारी प्राप्त नभएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषालाई जचुकालिले जवाफ फर्काएको छ ।
२० अषाढ २०७० को नेपाल सरकारको निर्णयबाट कारखानाको सम्पुर्ण कामदार, कर्मचारीहरुलाई अवकास दिई उक्त निर्णय अनुसार नै उद्योग मन्त्रालय मातहत कारखानाको कर्मचारी पे अफ, लेखा श्रेष्ता अद्यावधिक, लेखा परीक्षण र भौतिक परीक्षण जस्ता कार्यहरु हालसम्पादन भएका र भईरहेको कारखानाले जनाएको छ । कतिपय निश्चित जिम्मेवारी तथा कार्यहरु अझै सम्पादनको प्रक्रिया र चरणमै रहेका हुनाले जचुकालि कानुनद्वारा स्थापित एक स्वायत्त निकाय भएको र यसको कानुनी अस्तित्व तथा लिनुदिनु पर्ने दायित्व पनि जिवितै रहेका सन्दर्भमा कारखानाको सम्पति हस्तान्तरण सम्बन्धि निश्चित प्रक्रिया अवलम्बन गर्नुपर्ने भन्दै कारखानाका लेखा अधिकृत निरौलाले जिल्ला प्रशासन कार्यालय धनुषालाई जवाफ फर्काएको छ ।
कारखानाको तालुक निकाय उद्योग मन्त्रालयबाट प्राप्त निर्देशन र तोकिएको हस्तान्तरण विधि अबलम्बन गरी माग भए बमोजिमको सम्पति हस्तान्तरण गर्न कारखाना व्यवस्थापनलाई सहज हुने हुँदा उद्योग मन्त्रालयको निर्देशन प्राप्त नहुन्जेल पर्खन निर्देशानुसार अनुरोध छ भन्दै कारखानाले जवाफ दिएपछि कारखानाको सम्पति हस्तान्तरण प्रक्रियामा कानुनी अड्चन देखा परेको छ ।
तर, पनि फेरी २५ साउन २०७४ मा धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिप कुमार चापागाईले कारखानाको सम्पति हस्तान्तरण गरिदिन उद्योग मन्त्रालयलाई पत्र मार्फत अनुरोध गरेको छ ।
    ४ जेष्ठ २०७४ को नेपाल सरकारको मन्त्री परिषदको निर्णय अनुसार चुरोट कारखानाको सम्पतिहरु जिल्ला प्रशासन कार्यालय धनुषालाई हस्तान्तरण गर्ने व्यवस्थाको लागि कारखानाको काम गर्न तोकिएको अधिकारी, पदाधिकारी र निकायलाई आवश्यक निर्देशन दिन अनुरोध गरिएको छ । त्यसपछि उद्योग मन्त्रालयले जिल्ला प्रशासन कार्यालय धनुषालाई सम्पति हस्तान्तरण गर्न २९ पुष २०७४ मा जनकपुर चुरोट कारखानालाई बोदार्थ गर्दै पत्राचार गरेको थियो ।


२०७४  पौष ०९ गते  आईतवार

जिवनाथ चौधरी लगायत पाँच जनालाई पक्राउ गर्न अदालतद्वारा वारन्ट जारी

जिवनाथ चौधरी ।
पंकज झा ।
अजय अनुरागी
जनकपुरधाम............
जिवनाथ चौधरीलाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले वारन्ट जारी गरेको छ । रामानन्द यूवा क्लवका पुर्व अध्यक्ष, मैथिली विकास कोष धनुषाका अध्यक्ष तथा होटेल सिता प्यालेसका संचालक चौधरीलाई पक्राउ गर्नका लागि अदालतले पक्राउ पुर्जी जारी गरी पक्राउ गर्न अदालतले आदेश गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा थुनछेक आदेशको क्रममा फरार रहेका प्रतिवादी चौधरीलाई पक्राउ गर्न आदेश जारी गरेको हो । त्यसैगरी जनकपुर ६ बस्ने ४५ बर्षिय बालकृष्ण अग्रवाल, महोत्तरी धमौरा भगवतीपुर घर भई हाल जनकपुर ८ बस्ने बर्ष २६ को नवनित झा, जनकपुर ८ बस्ने बर्ष ३५ को आसुतोष झा भन्ने शशिभुषण झा, जनकपुर १० बस्ने बर्ष २७ पंकज कुमार महतोलाई समेत पक्राउ गर्न अदालतले वारन्ट जारी गरेको छ ।
७ पौष २०७४ मा धनुषा जिल्ला अदालतका न्यायाधीश बासुदेव पौडेलको इजलासले उक्त आदेश गरेको हो । २ मंसिर २०७४ मा जनकपुर ९ बस्ने प्रकाश मिश्रलाई जिवनाथ चौधरीको अरहोट प्रतिवादी रितिक राज अग्रवाल लगायतका व्यक्तिहरुले पेट र छातीमा छुरा प्रहार गरी ज्यान मार्ने प्रयास गरेको अभियोगमा अदालतले उक्त आदेश गरेको हो । पक्राउ परेका प्रतिवादीहरु मध्ये रितिक राज अग्रवाललाई महोत्तरीको जलेश्वर कारागारमा थुनामा राखि मुद्दाको पुर्पक्ष गर्न भनि आदेश दिएको हो । त्यसैगरी पक्राउ परेका अर्का प्रतिवादी रितिक अग्रवालकी आमा मञ्जु देवी अग्रवाललाई ४५ हजार रुपैयाँ धरौटि लिई अदालतले रिहा गरेको छ ।
न्यायाधीश पौडेलले गरेको आदेशमा भनिएको छ,‘ उल्लेखित तथ्यको आधारमा प्रतिवादी मध्येका रितिक राज अग्रवालको हकमा विचार गर्दा खाना खाजाको विषयलाई लिएर आफ्नो होटेलमा घाईतेसँग विवाद भएको तथ्यलाई यी प्रतिवादीले मौकामा स्वीकार गरेको देखिएको, आफ्नो होटेल बाहिर मानिसहरु झगडा गरेको आफुले सुनेको तथ्यलाई प्रतिवादीले स्वीकार गरेको देखिएको, जाहेरी, घाईतेको कागज, घटना विवरण कागज गर्ने मध्येका सागर यादव समेतको कागज र समग्र मिसिलको अध्योपान्त अध्ययन गर्दा प्रतिवादी मध्येका जिवनाथ चौधरीको अरहोटमा यी प्रतिवादी रितिक राज अग्रवालले ज्यान मार्ने उद्देश्यले घाईतेको पेट÷छातीमा छुरा प्रहार गरेको भन्ने देखियो ।’ घाईतेको घाउ चोटको अवस्था, घाउ चोट लागेको शरिरको भाग, अंग समेत संवेदनशिल देखिन आयो ।
नवनित झा ।
वारदातमा प्रयोग भएको हतियार समेत धारिलो भन्ने देखियो । तसर्थ उल्लेखित आधार प्रमाणबाट यी प्रतिवादी कसुरदार हुन भनि विश्वास गर्न सकिने मुनासिव आधार देखिएकोले पछि थप प्रमाण बुझदै जाँदा ठहरे बमोजिम हुने गरी हाल यी प्रतिवादी रितिक राज अग्रवाललाई थुनुवा पुर्जी दिई मुद्दा पुर्पक्षको निम्ति थुनामा राख्न कारागार शाखा जलेश्वरमा पठाईदिनु भनि    अदालतबाट आदेश गरिएको छ ।
घाईते प्रकाश मिश्रका बुवा बेदानन्द मिश्रले जाहेरी दिएपछि धनुषा प्रहरीले ८ मंसिर २०७४ मा प्रतिवादीहरु रितिक राज अग्रवाल र मञ्जु देवी अग्रवाललाई पक्राउ गरेको थियो । त्यसपछि घटनामा संलग्न रहेका तथा घटना वारदात पछि भागि फरार रहेका अन्य प्रतिवादीहरु जिवनाथ चौधरी, पंकज महतो, आसुतोष झा भन्ने शशिभुषण झा, नवनित झा र बालकृष्ण अग्रवाललाई खोजतलास गर्न जाँदा हालसम्म फेला पर्न नसकेको भनि जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव निरीक्षक धर्मेन्द्र ठाकुरले २ पुष २०७४ मा जिल्ला प्रहरी कार्यालय धनुषामा प्रतिवेदन दिएको थियो । सोही आधारमा अदालतले फरार रहेका ती प्रतिवादीहरुलाई पक्राउ गर्न आदेश जारी गरेको छ ।
 आफ्नो छोरा तथा सम्पुर्ण परिवार राष्टिूय जनता पार्टी नेपाल प्रति सर्मपित रहेकाले ती प्रतिवादीहरु नेपाली कांग्रेसमा लागि मेरो छोरालाई पटक पटक नेपाली कांग्रेसको समर्थन गर्न विभिन्न किसिमको दवाव दिँदा छोराले सो पार्टीको समर्थन गर्न इन्कार गरेको कारण ज्यानै मारिदिने धम्की समेत दिँदै आएको जाहेरीमा उल्लेख छ ।
आसुतोष झा भन्ने शशिभुषण झा ।
२ मंसिर २०७४ मा राति अन्दाजी साढे ९ बजेको समयमा प्रतिवादी जिवनाथ चौधरीको नेतृत्वमा पंकज महतो, आसुतोष झा, नवनित झा समेतका अपरिचित व्यक्तिहरु आई जवरजस्ती घर बाहिरको कम्पाउण्डमा ढोका खोली भित्र बसी जथाभावी रुपमा गाली गलौच गर्दै घर बाहिर रहेको फुलको गमलाहरुलाई तोडफोड गर्दै आज प्रकाशलाई नसिध्याई छाड्दिन भन्दै जिवनाथ चाौधरीले विवाद गरेको थियो । सोही समयमा जनकपुर उपमहानगरपालिका वडा नं. ८ का निर्वाचित वडा अध्यक्ष रमेश ठाकुर फौदार निजहरुलाई कसैको घरमा आई यस प्रकारको अन्याय नगर भन्दै सबै जनालाई जाउ भन्दा निजहरु त्यहाँबाट गए ।
 छोरा बजारबाट फर्किने क्रममा विपक्षीहरुको होटल निर पुग्दा ५÷७ जना अन्धयारोमा लुकिरहेको व्यक्तिहरु तथा उल्लेखित विपक्षीहरु एक्कासी छोरालाई समाति भाग्न उम्कन नदिई घेरा हाली कुटपिट गर्न लाग्दा रितिक राज अग्रवालले चाकुछुरीले एक्कासी छोराको पेटमा हाल्दा छोरा भुईमा लडेको थियो । घाईते छोरालाई तत्काल जनकपुर अञ्चल अस्पतालमा भर्ना गराई उपचार गर्न लगाउँदा छोरालाई पेटमा मार्ने नियतले छुरी प्रहार गरेको कारण स्थिति अत्यन्तै चिन्ताजनक देखि तत्काल चिकित्सकले यहाँ उपचार सम्भव नभएको भनि काठमाण्डौ लग्न सल्लाह दिए अनुसार एम्बुलेन्सबाट काठमाण्डौ स्थित नर्भिक अस्पतालमा आईसियूमा उपचार भएको घाईते प्रकाश मिश्रको बुवा बेदानन्द मिश्रले दिएको जाहेरीमा उल्लेख छ । प्रतिवादीहरु सातै जनालाई ५ देखि १२ बर्षसम्मको कैद सजाय अभियोग पत्रमा    माग दावी गरिएको छ ।


२०७४  पौष ०९ गते  आईतवार

Wednesday, November 22, 2017

प्रदेश सभाका लागि संघर्ष गर्दै रामबरण पुत्र

अजय अनुरागी
जनकपुरधाम............
देशका पुर्व राष्टूपति डा.रामबरण यादवका छोरा डा.चन्द्रमोहन यादव प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा संघर्ष गरिरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र नं.४ को (१) मा नेपाली कांग्रेसबाट यादवले उम्मेदवारी दिएका छन् । संघीय समाजवादी फोरम नेपालका तर्फबाट ज्ञानेन्द्र कुमार यादव र बाम एकताबाट बाबुसाहेव यादवले उनलाई चुनौति दिईरहेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नं.५ बाट यसअघि निवर्तमान सांसद समेत रहेका यादव प्रदेश सभामा मत दिन भन्दै क्षेत्रमा घर दैलो गरिरहेका छन् । २०६४ सालको संविधान सभाको पहिलो निर्वाचनमा नेपाली कांग्रेसबाट डा.रामबरण यादव निर्वाचित भएका थिए । त्यसपछि डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्रको पहिलो राष्टूपति पदमा निर्वाचित भएका थिए । त्यसपछि उक्त क्षेत्रमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट रामबरण यादवका छोरा चन्द्रमोहन यादवले टिकट पाएका थिए । तर, उपनिर्वाचनमा नेकपा एमालेका नेता रघुविर महासेठले चन्द्रमोहन यादवलाई पराजित गरेका थिए । चन्द्रमोहन अचानक चुनावी मैदानमा हाम फालेका थिए । त्यसकारण उनलाई पराजय भोग्नु परेको थियो । पछि २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा भने सोही क्षेत्रबाट नेपाली कांग्रेसबाट पुनः टिकट पाएपछि संविधानसभामा निर्वाचित भएका थिए । नेकपा एमालेका नेता रघुविर महासेठलाई पराजित गर्दै यादव निर्वाचित भएका थिए ।
संविधान निर्माणको काम संगसँगै विकास निर्माणको एजेण्डा लिएर सभाषदमा निर्वाचित भएपछि संविधान निर्माणको कार्यमा आफुले सक्रिय योगदान निर्वाह गरेको यादव बताउँछन् । मधेस आन्दोलनबाट उठेका असंतुष्टिहरु तथा अधिकार प्राप्तिका लागि उठेका आवाजहरुको सम्बोधन गरिनुपर्छ भन्दै पार्टी भित्र पनि संघर्ष गरेको तथा संविधान संशोधनका लागि नेपाली कांग्रेसलाई सहमत गराउन आफ्नो भुमिका पनि महत्वपुर्ण रहेको यादव दावी गर्छन् ।
संविधान सभाको निर्वाचनमा मत माग्न जाँदा सबैभन्दा पहिले जितेर गएपछि आफ्नो संसदीय क्षेत्रका प्रत्येक घरधुरीलाई मच्छरझुल प्रदान गर्ने भनेर प्रतिबद्धता गर्दा धेरैले पत्याएका थिएनन् । तर, सभाषदमा जितेको दुई महिना लगत्तै आफ्नो निर्वाचन क्षेत्रको प्रत्येक घरका लागि झुल वितरण गरेको भन्दै यादव भन्छन,“ करिब २ हजार देखि २ हजार २ सय रुपैयाँ सम्म पर्ने प्रतिझुल क्षेत्रका ६१ हजार घरधुरीलाई मच्छरझुल वितरण गरें । नेपाल सरकारको आयोजनाबाट आफुले पहलकदमी गरेर करिब १२ करोड २० लाख रुपैयाँको झुल एउटा गैरसरकारी संस्था मार्फत वितरण गराएको थिएँ ।”
त्यसपछि सडक निर्माण देखि पुल निर्माण, विद्यालयको भवन निर्माण लगायत पुर्वाधारको विकासमा योगदान पुर्याएको उनको दावी छ । क्षिरेश्वरनाथ नगरपालिकाको एभरेष्ट पेपरमिल देखि शान्तिपुरसम्मको १ सय ५० मिटरको पुल निर्माण गराएको, रमदैयाको जानकी मेडिकल कलेज देखि सबैलासम्मको एसएनआरटिपी परियोजना अन्तरगत सडक निर्माण, ननुपट्टी देखि दोहैरसम्मको ५ करोडको सडक निर्माण लगायत विभिन्न ससाना परियोजनाको सडक निर्माण गराएको यादव दावी गर्छन् ।
त्यसैगरी सपहीको गजरियामा ४० करोडको लागतमा सिटीईभिटी अन्तरगत पोलिटेक्निक इन्स्टिच्यूट स्थापना गराई पठनपाठन सुचारु गराएको, लक्ष्मिपुर बगेवामा भारतसरकारको सहयोगमा ५ करोड रुपैयाँको विद्यालयको भवन निर्माण गराएको, सपहीमा भारत सरकारको सहयोगमा ३ करोड रुपैयाँको विद्यालय भवन  निर्माण गराएको यादव दावी गर्छन् । यसका अतिरिक्त २ लाख, ३ लाख, ५ लाख देखि १५ लाख रुपैयाँ सम्मको कतिपय योजनाहरु अन्तरगत क्षेत्रका विभिन्न गाउँहरुमा संसदीय विकास कोष देखि अन्य योजनाहरु मार्फत विकास निर्माणको काम गराउन सफल भएको यादवको भनाई छ ।
निवर्तमान सांसदको हैसियतले धनुषा निर्वाचन क्षेत्र नं.४ मा प्रतिनिधि सभा सदस्यमै उम्मेदवारी दिने आफ्नो चाहना र इच्छा रहेको भएपनि पार्टीले प्रदेश नं.२ को प्रदेश सभामा जानका लागि अर्हाएपछि प्रदेशसभामा उम्मेदवारी दिएको यादव बताउँछन् । अहिले देशका पुर्व राष्टूपति तथा पहिलो राष्टूपति डा.रामबरण यादवलाई राज्यले सम्मान गर्न नसक्दा उनी दुःखि भएका छन् । राष्टूपति भनेको देशको एउटा संस्था हो, तर उक्त संस्थालाई राज्यले अपमान गर्दा एउटा व्यक्ति भन्दा पनि देशकै सर्बोच्चत्तम संस्थाको अपमान हुने हुँदा राज्यले सम्मान गर्न सक्नुपर्ने उनको भनाई छ । पुर्व राष्टूपति डा.रामबरण यादवका लागि दिइएको घर बहाल तथा घरबेटीद्वारा पटक पटक घर खाली गर्न पत्र पत्रिकामा सूचना प्रकाशित गरिरहेको परिपे्रक्ष्यमा उनको त्यो भनाई छ ।
आफुले प्रदेश सभामा जितेर गएको खण्डमा आफ्नो क्षेत्रमा सडक, स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा विकास गर्न ठुलो पहल गर्ने आश्वासन उनले दिईरहेका छन् । उनी भन्छन,“ यस क्षेत्रमा सबैभन्दा पहिले शिक्षामा ध्यान दिनु जरुरी छ । सरकारी विद्यालयहरुमा शिक्षाको स्तर अत्यन्तै खसेको कारण सबैभन्दा पहिले सरकारी स्कुलहरुमा राम्रो पढाईको बातावरण बनाउने तर्फ केन्द्रित हुनेछु ।”मान्छे शिक्षित भयो भने चेतना स्तरमा वृद्धि हुनुका साथसाथै सबै कुरा आपसेआप विकसित हुँदै जाने हुनाले शिक्षा पहिलो प्राथमिकता भएको यादव बताउँछन् । २०३६ सालमा जनमत संग्रह हुँदा विद्यार्थी काल देखि नै राजनीतिमा सक्रिय रहेको भन्दै चन्द्रमोहन यादव भन्छन,“ २०४६ साल देखि २०६२÷०६३ सालसम्मको जनआन्दोलनमा प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगले भुमिका निर्वाह गर्दै आएको छु ।” २०४६ सालको जनआन्दोलन हुँदा यादव भारतको कोलकतामा एमविविएस अध्ययन गर्दै थिए । त्यतिबेला पनि जेनरल कन्सुलेटको अफिसमा गएर आफुले धर्ना दिएको यादव सम्झन्छन् ।
प्राथमिक शिक्षा गाउँकै सपही र बनिनियाँ स्कुलबाट प्राप्त गरेका यादव जनकपुरको सरस्वती माविबाट एसएलसी उत्तीर्ण गरेका थिए । त्यसपछि जनकपुरकै राराब क्याम्पसबाट आइएससी उत्तीर्ण गरी भारतको कलकताबाट एमविविएस र चन्डीगढबाट रेडियोलोजीमा एमडी गरेका थिए । चिकित्साको पढाई सकिएपछि लोकसेवा आयोगको जाँचबाट विर अस्पतालमा प्राध्यापकको रुपमा जागिर गरेका थिए । चिकित्सा पेशा पनि सेवा मुलक पेशा नै भएको तर राजनीतिमा प्रायः पढेलेखेका मानिसहरुको उपस्थिति न्यून देखिएपछि राजनीतिलाई थप विकृत हुन नदिन र वृहत रुपमा समाजसेव ागर्ने उद्देश्यले राजनीतिमा पसेको यादव बताउँछन् । पार्टीले यदि प्रदेश नं.२ मा मुख्य मन्त्रीको रुपमा अवसर दिए त्यसको लागि तयार रहेको यादव बताउँछन् ।
अन्य पार्टीका प्रतिस्पर्धीहरुको समाजमा ठुलो पहिचान वा योगदान समेत नरहेकाले प्रदेश सभामा मतदाताहरुले अवश्य नै जिताउने छन् किनभने विगतमा सभाषद भएर जनतालाई दिएको प्रतिबद्धता पुरा पनि गरेकाले आफु जित्नेमा ढुक्क रहेको यादवले बताए । प्रदेश सभा सदस्यको रुपमा निर्वाचित भए समृद्ध प्रदेश निर्माण गर्न भुमिका खेल्नुका साथसाथै केन्द्रमा संविधान संशोधनका लागि प्रदेशबाट शक्तिको आवश्यकता परे त्यसका लागि पनि सबैभन्दा अगाडी रहने यादव बताउँछन् ।



२०७४ मंसिर ०३ गते आईतबार

खानेपानी मन्त्रीको संसदीय क्षेत्रमा खानेपानीको हाहाकार मतदाता भन्छन ः खानेपानी व्यवस्थापन गर्नेलाई मतदान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाका विभिन्न निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरुले मतदाता समक्ष विभिन्न किसिमका प्रतिबद्धताहरु जनाईरहेका छन् । खासगरेर आफुले जितेर गए सडक बनाईदिने, ढल बनाईदिने, मन्दिर बनाईदिने, सामुदायिक भवनहरु बनाईदिने, दलित दलान बनाईदिने, अस्पताल बनाईदिने लगायत थुप्रै प्रतिबद्धताहरु जनाईरहेका छन् । प्रत्येक राजनीतिक दलका उम्मेदवारहरु मतदाता कहाँ पुगेर सपना बाँडिरहेका छन् । तर, धनुषा निर्वाचन क्षेत्र नं. ४ को नकटाझिज ९ का मतदाताहरु भने जसले खानेपानीको व्यवस्थापन गरिदिन्छ त्यसलाई नै भोट दिने बताईरहेका छन् ।
नकटाझिज ९ श्रीपुरका ६० बर्षिय महिला रामपरि देवी भन्छन,“ खानेपानीको प्रतिक्षामा आफ्नो सासु ससुराको समेत निधन भईसक्यो । हाम्रो पनि अब निधन हुने बेला आईसकेको छ । तर, यो गाउँमा कुनै पनि नेताले हालसम्म पिउनका लागि खानेपानीको व्यवस्थापन गरिदिएका छैनन् ।” पछिल्लो दुई पटकको चुनावमा खानेपानीको व्यवस्था गरिदिन्छु, गाउँमा इनार बनाईदिन्छु, बोडिङ्गको व्यवस्था गरिदिन्छु भनेर भोट माग्ने बेलामा शत्रुधन महतोले प्रतिबद्धता जनाए । तर, जितेर गएपनि महतोले इनार बनाइदिएनन्, श्रीपुर निवासी ३० बर्षिय अम्रिका देवी महतोले बताईन् ।
नेकपा एमालेका नेता शत्रुधन महतो पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा त्यो गाउँबाट मत माग्दा आफुले जितेर गए सबैभन्दा पहिले खानेपानीको समस्या समाधान गर्ने भनेर भने तर उनले कुनै पनि ध्यान दिएनन्, श्रीपुर ८ का किशुनदेव महतो गुनासो गर्छन् । धनुषा निर्वाचन क्षेत्र नं. ७ बाट नेकपा एमालेका नेता शत्रधन महतो पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि स्थानीय विकास राज्य मन्त्री समेत बने तर आफ्नो गाउँको खानेपानीको समस्या समाधान गर्न चासो देखाएनन्, श्रीपुर निवासी संजय कुमार महतो भन्छन,“ सांसद महतोले खानेपानी समस्या समाधान गर्न अन्य वडाहरुमा चासो त लिए तर हाम्रो वडामा ध्यान दिएनन् ।” २ पटक लगातार सांसदमा निर्वाचित महतो  अहिले फेरी धनुषा निर्वाचन क्षेत्र नं. ४ को १ मा प्रदेश सभाका लागि उम्मेदवारी दिएका छन् । एमालेबाटै रघुविर महासेठले प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसबाट खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादवले उम्मेदवारी दिएका छन् । तर, त्यहाँका हजारौं घरपरिवारहरुलाई खानेपानीको अभाव छ ।
संजय कुमार महतोका अनुसार गाउँमा एउटा मात्रै इनार छ , त्यसबाट सबै ५० घरधुरीका मानिसहरुले पानी पिउनुपर्ने हुन्छ । १ सय लिटर पानी बाल्टीबाट तान्न २ घण्टा जति लाग्छ । एक परिवारमा कम्तिमा पनि २ सय देखि ३ सय लिटर खानेपानीको प्रतिदिन आवश्यकता हुन्छ । घरका सबै जना ५ देखि ६ घण्टासम्म इनारबाट पानी तान्न र घरसम्म ओसारपसार गर्न समय लाग्छ । कतिपयले इनारमा मोटर सेट गरेका छन् । मोटर चलेको बेला मोटर नभएका मानिसहरुले बाल्टीबाट पानी तान्न पाउँदैनन् । त्यसकारण गरिब जनताका लागि त्यहाँ सबैभन्दा ठुलो समस्या नै खानेपानी हो ।
६० बर्षिय रामपरि देवी भन्छन,“विहान सुतेर उठ्ने वितिकै घरपरिवारका सवै जना टायरमा बाल्टी, डूाम लगायतका भाडाकुरा लिएर इनार पुग्नुपर्ने हुन्छ । ४÷५ घण्टा पानी ओसार्नमै जान्छ ।” खानेपानी तान्दा ताकत समेत लाग्ने हुनाले मानिस विरामी समेत पर्ने गरेको स्थानीय वासीहरु बताउँछन् । पानीको कुनै अन्य स्रोत नभएकोले करिब १ हजार जति जनसंख्या भएको त्यो गाउँका मानिस एउटा मात्र इनारको भरपर्नु परेको छ ।
एउटा इनार बनाउन करिब ५ देखि ६ लाख रुपैयाँ सम्म लाग्ने हुनाले निजि स्तरमा स्थानीय वासी इनार बनाउन असक्षम छन् । गाउँमा इनार नभएको पनि होईन । तर, बनाइएका इनारहरुमा पानी आउँदैनन् । दैनिक जिवनयापन गर्न देखि गाईबस्तु चौपाया सम्मका लागि त्यहाँ पानीको अभाव छ । तर, कसैले पनि त्यस तर्फ ध्यान नदिएको स्थानीयवासीहरुको गुनासो छ । चुनावका बेला जुनसुकै उम्मेदवारहरुले आफुले जितेर गए खानेपानीका लागि बोर्डिङ्ग सहितको इनार बनाईदिने भनेर आश्वासन त दिन्छन् तर जितेपछि उम्मेदवार कहिल्यै फर्केर गाउँमा नआउने गरेको स्थानीयवासीहरुको गुनासो छ ।
सबै काम छोडेर खानेपानीको प्रवन्धन गर्नमै स्थानीयवासीहरुको जीवनको अधिकतम समय वित्ने दैनिकीका कारण अन्य व्यवसाय समेत प्रभावित हुने गरेको छ । बालबालिकाहरु समेत खानेपानीको व्यवस्थापनमा जुटिरहँदा तिनीहरुका पढाईलेखाई समेत प्रभावित हुने गरेको छ । खेतीपाती नै त्यस गाउँका स्थानीयवासीहरुको प्रमुख पेसा भएपनि खेतीका लागि उचित सिंचाईको व्यवस्थापन नभएका कारण खेती पनि आकासेपानीकै भरमा हुने गरेको छ । त्यहाँका स्थानीयवासीहरु मुख्यतया उखु खेत ीगर्ने गर्छन् । मुख्य कुरा के हो भने अहिले खानेपानी तथा सरसफाई मन्त्री महेन्द्र यादव पनि त्यही क्षेत्र धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका छन् । स्थानीयवासीहरुको गुनासो के छ भने आफ्नै क्षेत्रका नेता खानेपानी मन्त्री हुँदाहुँदै पनि आफुहरु खानेपानी वेगर बाँच्नुपर्ने अवस्था निर्माण भएको छ । मन्त्री यादवले पनि कुनै समाधान नगरिदिएकोमा स्थानीयवासीहरु थप निराश भएका छन् ।
त्यो खानेपानीको समस्या श्रीपुर गाउँको मात्र नभएर राजमार्ग छेउछाउका कतिपय गाउँहरुमा देखिन्छ । लक्ष्मिनिवास, मिथिला नगरपालिकाको केही गाउँहरुमा खानेपानीको समस्या देखिएको छ । ती गाउँहरु पहिले धनुषाको निर्वाचन क्षेत्र नं. ७ थियो । त्यहाँबाट नेपाली कांग्रेसका नेता आनन्द प्रसाद ढुङ्गाना, नेकपा एमालेका नेता शत्रुधन महतो लगायत पटक पटक चुनाव जितेर गए । तर, कसैले पनि समस्या समाधान नगरिदिएको स्थानीयवासीहरु बताउँछन् । अहिले त्यो क्षेत्र धनषाको निर्वाचन क्षेत्र नं. ४ बनेको छ । त्यहाँबाट नेपाली कांग्रेसका नेता तथा खानेपानी मन्त्री महेन्द्र यादव, नेकपा एमालेका नेता रघुविर महासेठ र संघीय समाजवादी फोरमका नेता महाजन यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।



२०७४ मंसिर ०३ गते आईतबार

मन्त्री रामकृष्णले लगाउँलान् त ह्याट्रिक ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका नेता तथा कृषि मन्त्री रामकृष्ण यादव प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । पहिलो र दोस्रो संविधान सभाको निर्वाचनमा लगातार दुई पटक सभाषदमा निर्वाचित भएका मन्त्री यादव तेस्रो पटक ह्याटिूक लगाउन चुनावी मैदानमा ओर्लिएका छन् । उनलाई बाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका नेता पुर्व स्थानीय विकास मन्त्री रामचन्द्र झा र संघीय समाजवादी फोरम नेपालबाट उमाशंकर अरगरियाले चुनौति दिईरहेका छन् ।
 विगतमा दुई पटक लगातार चुनाव जित्न सफल भएका यादव तेस्रो पटक पनि चुनाव जित्ने दावी गर्दै क्षेत्रमा मतदाताहरुका बीच घर दैलो कार्यक्रम गर्न व्यस्त देखिएका छन् । विगतमा रहेको संसदीय क्षेत्र भन्दा यस पटकको संसदीय क्षेत्र ठुलो भएको तथा प्रतिद्वन्द्वी पनि हेभीवेटकै रहेका कारण यादवलाई यसपटक वढी नै मिहिनेत गर्नु परेको छ । खासमा बर्तमानमा मन्त्री भएका कारण उनलाई मतदाताहरुले बढी नै प्रश्न गरिरहेका छन् ।
आफु सांसद भएपछि सुगा निकासमा इलाका प्रहरी कार्यालय बनाएँ, बैदेहि चौकीमा प्रहरी भवन निर्माण, इलाका प्रहरी कार्यालय औरहीमा भवन निर्माण, महुलियामा १७ करोड रुपैयाँको सिंचाई परियोजना, दुहवी गोवराही र कर्माहीमा २५ करोड रुपैयाँको सिंचाई परियोजना, महुलिया ननुपट्टीको बीचमा पुल निर्माण, जनकपुर यदुकुहा सडक निर्माण लगायत विभिन्न सडक निर्माण परियोजनाहरु ल्याएको कारण जनताले आफुलाई नै जिताउने भन्ने कुरामा यादव ढुक्क छन् । नेपाली कांग्रेसको संगठन बलियो हुनुका साथसाथै कतिपय स्थानीय तहमा समेत नेपाली कांग्रेस नै निर्वाचित भएका कारण र विगतमा अधिकार प्राप्तिको आन्दोलनमा समेत आफ्नो सक्रिय भुमिका रहेका कारण जनताले आफुलाई नै निर्वाचित गर्ने यादव बताउँछन् ।
यादवको राजनीति यात्रा
रामकृष्ण यादव कक्षा आठमै पढिरहँदा नेपाल विद्यार्थी संघमा आवद्ध भए । विशुद्ध अराजनीतिक परिवार, एउटा किसानको परिवारमा जन्मिएका रामकृष्णको उद्देश्य भने राजनीतिमा जाने थिएन । तर, विद्यार्थी भएर पढ्दै जाँदा उनी राजनीति तर्फ आकर्षित भएका थिए । धनुषाको वभनगामा स्थित कन्टिर झा माविमा अध्यनरत रहेको बेला नेविसंघमा आवद्ध भएका बेला देखि नै राजनीतिमा रुचि लिएका थिए । उक्त विद्यालयमा नेविसंघका नेताहरुले विभिन्न कार्यक्रमहरु आयोजन गर्दा नेविसंघको विचारबाट प्रभावित भएका थिए ।
देशमा प्रजातन्त्र स्थापनाको लागि नेविसंघको गठन भएको भन्ने कुरा बुझेपछि रामकृष्ण नेविसंघमा लागे । कक्षा १० मा पुग्दा नेविसंघको उक्त विद्यालयको ईकाई कमिटीको अध्यक्ष नै बने । पञ्चायति व्यवस्थामा त्यतिबेला उनलाई लाग्यो कि देशमा बोल्ने स्वतन्त्रता छैन, संगठन गर्ने स्वतन्त्रता छैन, सत्य कुरा बोल्ने व्यक्तिहरुलाई थुनामा लगिन्थ्यो । २०३५ सालमा एसएलसी दिँदा उनको विद्यालयबाट ३ जना विद्यार्थी मात्र उत्तीर्ण भएका थिए । जसमध्ये रामकृष्ण पनि एक थिए । २०३६ सालमा जनकपुरको राराब क्याम्पसमा आईएमा भर्ना लिए । क्याम्पसमा पुगेपछि नेविसंघको सक्रिय राजनीतिमा उनी लागे । २०३९ सालमा त्यही क्याम्पसमा नेविसंघको टिकटबाट स्वतन्त्र विद्यार्थी यूनियनका उपसभापति समेत बन्न सफल भए । त्यसपछि २०४० सालमा नेविसंघको जिल्ला सभापति समेत बने । २०४७ सालसम्म उनीे नेविसंघ सभापति भएर काम गरेका थिए ।
२०४६ सालमा पञ्चायति व्यवस्था विरुद्ध भएको आन्दोलनमा विद्यार्थी सभापतिको हैसियतले उनले भारतको पटना, दरभंगा, सितामढी, जयनगर, मधुवनीमा गएर नेपाली विद्यार्थीहरुका बीच संगठन बनाउने काम गरे । किनभने त्यतिबेला बहुसंख्यक नेपाली विद्यार्थीहरु भारतमै गएर पढ्ने गर्थे । २०३६ सालमा भएको जनमत संग्रहमा पनि बहुदलिय व्यवस्थाको पक्षमा उनले सक्रिय भुमिका निर्वाह गरेका थिए । २०४२ सालमा सत्याग्रह हुँदा नेविसंघका सभापतिको हैसियतले राराब क्याम्पसमा आन्दोलनको पक्षमा माहौल बनाउन उनले काम गरे । क्याम्पसमा हडताल गरेपछि ८ महिना जति उनलाई सिन्धुली कारावासमा राखिएको थियो । उनी पक्राउ परेको १ महिना सम्म त घरपरिवारमा कसैलाई जानकारी नै हुन सकेको थिएन । संचार साधनको सुविधा समेत नभएकाले परिवारले केही अतोपतो पाउन सकेका थिएनन् । सिन्धुलीसम्म जाने बाटो पनि बनिसकेको थिएन । जंगल हुँदै कच्चीबाटो बाट सिन्धुली लगिन्थ्यो । यसका अतिरिक्त विभिन्न कार्यक्रमहरु आयोजन हुँदा उनी पक्राउ पर्थे । कि त जिल्ला प्रहरी कार्यालयको थुनामा राखिन्थ्यो कि कारावास पठाईन्थ्यो । यस्तो कुनै महिना हुँदैन्थ्यो कि उनी पक्राउ पर्दैन्थे । २०४६ सालमा भारतको दरभंगामा विद्यार्थी संगठन गरेर फर्केको बेला उनलाई पक्राउ गरी जलेश्वर जेलमा राखिएको थियो । बहुदल आएपछि उनलाई रिहा गरिएको थियो । बहुदल आएपछि नेपाली कांग्रेसको मुलधारको राजनीतिमा आए । २०४८ सालमा जिल्ला अधिवेशनबाट धनुषाको क्षेत्र नं. २ को क्षेत्रिय सभापतिमा उनी निर्वाचित भए । त्यतिबेला उनी काठमाण्डौमा स्नातकोत्तरको अध्ययन गरिरहेका थिए । तर, राजनीतिमा व्यस्त भएपछि उनको पढाई कमजोर भयो । दोस्रो जिल्ला अधिवेशनबाट उनी कांग्रेस धनुषाको सचिव र तेस्रो जिल्ला अधिवेशनबाट कांग्रेस धनुषाको सभापति बने । चौथो अधिवेशनमा पुनः उनी दोस्रो पटक सभापति बन्न सफल भए । जिल्ला सुकुम्वासी आयोगको अध्यक्षमा समेत उनी मनोनित भएका थिए ।
२०६४ सालको संविधानसभाको चुनावमा धनुषा निर्वाचन क्षेत्र नं. २ बाट सभाषद निर्वाचित भएका थिए । त्यसपछि उनलाई व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापति बनाइएको थियो । २०७० सालमा समेत दोस्रो पटक लगातार सोही क्षेत्रबाट सभाषदमा निर्वाचित भएका थिए । अहिले आएर शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनी कृषि मन्त्री बन्न सफल भएका छन् ।


२०७४ मंसिर ०३ गते आईतबार

महोत्तरी २ मा किरण यादव र शरतसिंह भण्डारी बीच रोचक प्रतिस्पर्धा

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी निर्वाचन क्षेत्र नं.२ मा नेपाली कांग्रेस र राष्टिूय जनता पार्टी नेपालका दुई जना चर्चित उम्मेदवारहरु बीच कडा प्रतिस्पर्धा हुने बताइएको छ । नेपाली कांग्रेसबाट पुर्व राष्टूपति डा.रामबरण यादवका भतिजी तथा बहालबाला राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी किरण यादवले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । अर्को तर्फ राष्टिूय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य शरतसिंह भण्डारीले उम्मेदवारी दिएका छन् । अहिले त्यस क्षेत्रमा यादव र भण्डारी बीच चुनावी प्रतिस्पर्धा रोचक बनेको छ ।
आफु प्रथम संविधान सभामा समानुपातिक र दोस्रो संविधानसभामा महोत्तरी क्षेत्र नं.२ बाट प्रत्यक्षमा निर्वाचित भएपछि जनताका सुखदुखमा साथ दिनुका साथै विकास निर्माणमा समेत महत्वपुर्ण योगदान निर्वाह गर्दै आएकोले आफ्नो जित सुनिश्चित रहेको नेपाली कांग्रेसका प्रत्यासी किरण यादव बताउँछन् । राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी विगतमा पनि महोत्तरी जिल्लाको अलग अलग क्षेत्रबाट लड्दै जनतासँग भोट मागेर जनतालाई ठगि गर्दै आएको हुनाले क्षेत्र नं.२ मा यसपटक कुनै पनि बाहिरिया वा भगौरा उम्मेदवारलाई जनताले मत नदिने भन्दै यादव भन्छन,“ भण्डारीको घर महोत्तरीको औरही हो । औरही महोत्तरीको ४ नं. क्षेत्रमा पर्छ । तर, उनी ४ नम्बर क्षेत्रबाट किन लडेनन् ? २ नम्बर क्षेत्र त मेरो पहिले देखि नै आफ्नो घर रहेको संसदीय क्षेत्र हो ।” शरतसिंह भण्डारीलाई अब महोत्तरी जनताले विश्वास गर्दैनन् त्यसको पछिल्लो उदाहरण के पनि हो भने भण्डारी दोस्रो संविधानसभाको चुनावमा क्षेत्र नं.१ र क्षेत्र नं. ६ गरी कुल दुई वटा क्षेत्रबाट लड्दा पनि जनताले उनलाई परास्त गरिसकेको हुनाले अब दुई नम्बर क्षेत्र मा पनि उनको हार निश्चित रहेको यादव बताउँछन् ।
उता राजपा नेपालका उम्मेदवार शरतसिंह भण्डारी भने आफु आफ्नै क्षेत्रबाट लडेको दावी गर्छन । नेपाली कांग्रेसको सत्ता रहेको बेला नै क्षेत्रहरुको सीमाना निर्धारण गर्दा किरण यादवले बडो चलाखी पुर्ण तरिकाले मेरो जन्म स्थान रहेको पैत्रिक गाउँ औरही नगरपालिकालाई दुई वटा निर्वाचन क्षेत्रमा विभाजन गरेकाले अहिले औरही क्षेत्र नं. २ र ४ मा विभाजन भएको भन्दै भण्डारी भन्छन,“ औरही नगरपालिका दुई नम्बर क्षेत्रमा परेकाले म कुनै बाहिरिया वा भगौडा उम्मेदवार होईन । फेरी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाल बीच भएको चुनावी तालमेलका आधारमा राजपा नेपालले दुई नम्बर क्षेत्र पाएको हो ।”
राष्टूपति विद्या देवी भण्डारीको जनकपुर भ्रमण हुँदा जानकी मन्दिर दर्शन गर्ने क्रममा राष्टूपति भण्डारीसँगै सांसद यादव पनि आउँदा जनकपुरवासीले विरोध गर्दा मधेसी जनताको त दिमागै हुँदैन भनेर अभिव्यक्ति दिएकी सांसद यादवले अहिले कुन मुखले मधेसी जनतासँग मत मागिरहेका छन्, भण्डारीले प्रश्न गरे ।
अर्को तर्फ संसदीय क्षेत्र निर्धारण गर्दा अधिकार सम्पन्न स्वतन्त्र आयोगले क्षेत्र निर्धारण गरेका कारण औरही नगरपालिकालाई दुई टुक्रामा विभाजन गर्न आफ्नो कुनै भुमिका नरहेको भन्दै निवर्तमान सांसद किरण यादव भन्छन,“ मेरो संसदीय निर्वाचन क्षेत्रमा पर्ने दुईवटा नगरपालिका बलवा नगरपालिका र लोहारपट्टी नगरपालिकालाई विभाजन नगरियोस भनेर आफ्नो पार्टी मार्फत कुरा राख्न लगाएर ती दुईवटै नगरपालिकालाई अखण्ड राख्न भने भुमिका खेलेको चाहि अवश्य नै हो ।”
यसरी हेर्ने हो भने अहिले चुनावी मैदानमा भण्डारी र यादव बीच रोचक प्रतिस्पर्धा भईरहेको छ ।
को हुन किरण यादव ?
किरण यादव अहिले नेपाली कांग्रेसमा केन्द्रिय सदस्य छन् । धनुषाको सपही माईत भएकी यादवको विवाह महोत्तरीको बलवा गाउँमा भएको हो । देशको प्रथम राष्टूपति डा.रामबरण यादवकी साखै भतिजी समेत रहेकी यादव अहिलेको राष्टूपति विद्या देवी भण्डारीकी सम्धिनी पनि हुन । यादवको छोराको विहे राष्टूपति भण्डारीकी छोरीसँग भएको छ ।
२०६४ सालको प्रथम संविधानसभाको चुनावमा महोत्तरीको क्षेत्र नं.२ को १३ गाविसहरु मध्ये ११ गाविसहरुबाट  समानुपातिक कोटामा सिफारिस गरिएपछि समानुपातिक तर्फबाट सभाषद भएकी थिईन । त्यो क्षेत्रमा कांग्रेसका उम्मेदवार पराजित भएपछि समानुपातिक सांसद भएर पनि विभिन्न विकासका परियोजनाहरु लगेर जनताको मन जितेकै कारण २०७० सालको संविधानसभाको दोस्रो चुनावमा प्रत्यक्षबाट निर्वाचित भएर सभाषद बन्न सफल भएकी यादव बताउँछन् । २ नम्बर क्षेत्रमा नेपाली कांग्रेसको संगठन पनि बलियो हुनुका साथसाथै आफुले आफ्नो क्षेत्रका गाउँ गाउँमा विद्यालय भवन निर्माण, सडक निर्माण, सिंचाईका परियोजनाहरु निर्माण गर्नुका साथै धार्मिक स्थलहरु कारिक स्थान, रौजा मजारको विकासका लागि योगदान दिएका कारण आफुलाई नै पुनः तेस्रो पटक जनताले सांसद बनाएर पठाउने यादव बताउँछन् ।
संविधान निर्माण हुँदा मधेसी जनताको अधिकार समेट्ने गरी संविधान जारी गर्न पार्टी भित्र आफुहरुले सक्रिय भुमिका निर्वाह गरेपनि तत्कालिन पार्टी सभापति तथा प्रधानमन्त्री सुशिल कोइरालाले संविधान तत्कालै संशोधन गरिदिने आस्वाशन दिएपछि आफुहरु पछि हटेको यादवको भनाई छ । जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण र समानुपातिक समावेशी आधारमा प्रतिनिधित्व लगायतको संशोधन तत्कालै संविधानमा गरिएको र बाँकी विषयहरुको संशोधन गराउन नेपाली कांग्रेस नै सक्षम रहेकाले महोत्तरीका जनताले आफुलाई जिताउने यादवको विश्वास छ ।
आफुले जितेर गए संविधान संशोधन गराउनुका साथसाथै विकास निर्माणका अधुरो रहेको बहुबर्षिय योजनाहरु लागु गर्नुका साथसाथै धार्मिक स्थलको व्यवस्थापन गर्ने, सिंचाई परियोजनाहरु पुरा गर्ने, बहुबर्षिय सडकहरु निर्माण कार्यलाई पुरा गर्ने, क्षेत्रमा थपिएका गाउँहरुमा सडकको संजाल विस्तार गर्ने लगायतका प्रतिबद्धताहरु मतदाता समक्ष यादवले गरिरहेका छन् ।
२०४६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेकी यादव २०६२÷०६३ मा नेपाल महिला संघको केन्द्रिय सदस्य भएकी थिईन । अहिले उनी पार्टीमा पनि केन्द्रिय सदस्यमा पनि निर्वाचित भएकी छिन् ।
को हो शरत सिंह भण्डारी ?
२०३६ सालको जनमत संग्रहमा बहुदलको पक्षमा राजनीतिमा सक्रिय भएका शरत सिंह भण्डारी नेपाली कांग्रेसमा आवद्ध भएका थिए । २०३८ सालमा सुधारिएको पञ्चायत व्यवस्थामा भएको प्रत्यक्ष निर्वाचनमा सहभागी भएका भण्डारी अहिले सम्म पटक पटक प्रतिनिधि सभामा निर्वाचित भईसकेका छन् । २०६२÷०६३ सालको आन्दोलन पछि बनेको अन्तरिम संसदमा नेपाली कांग्रेसबाट सांसद रहेकै बेला मधेसमा भएको मधेस आन्दोलनमा नेपाली कांग्रेस परित्याग गर्दै मधेसी जनअधिकार फोरममा प्रवेश गरेका थिए । फोरमबाट टिकट पाएर चुनाव जितेर पहिलो संविधानसभामा चुनिएपछि रक्षा मन्त्री भएको बेला उनले दिएको विवादास्पद अभिव्यक्तिका कारण रक्षामन्त्रीबाट उनलाई बर्खास्त गरिएको थियो । २०६४ साल फागुन १६ गते नेपाल सरकार र संयूक्त लोकतान्त्रिक मधेसी मोर्चा बीच भएको ८ बुँदे सम्झौता अनुसार नेपाली सेनामा मधेसी समुदायको समुहगत प्रवेशको विषय उठाउँदा विभेद अन्तय नभए देश समेत विखण्डन हुन सक्ने अभिव्यक्ति रक्षामन्त्रीको हैसियतमा व्यक्त गरेपछि उनलाई बर्खास्त गरिएको थियो । त्यसपछि उनले छुट्टै राष्टिूय मधेस समाजवादी पार्टी खोलेर तराई मधेसमा जनजागरण अभियान खोलेका थिए । दोस्रो संविधान सभाको निर्वाचनमा पराजित भएका भण्डारी अहिले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य समेत छन् । आफुले मधेसी जनताको हक अधिकारका लागि लामो लडाई लडेका कारण संविधान संशोधन गराउन र प्रदेश नं.२ मा मधेस सरकारको स्थापना गर्न जनताले आफुलाई नै जिताउने भण्डारी बताउँछन् । भण्डारी पटक पटक मन्त्री समेत भईसकेका छन् ।

२०७४ मंसिर ०३ गते आईतबार

Tuesday, November 14, 2017

विकासको बलमा बच्ला त विमलेन्द्रको विरासत ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम..................
मिथिलाको राजधानी जनकपुर मेरो घर हो । यहाँ मैले बामे सर्न सिकें, पढें हुर्किएँ । मेरो राजनीति धनुषाबाट सुरू भएर राष्ट्रीय भयो । राजनीतिक यात्राको सहयात्री बनेको धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि आज विधिवत उम्मेदवारी दर्ता गरेको छु । मेरो उम्मेदवारी विकास, अधिकार र आत्मसम्मानका लागि रहेको आम मतदातालाई अवगत नै छ ।
अहिले समाजवादको नारा दिएर साम्यबाद लादने र आम जनताका नैसर्गिक अधिकार कुण्ठित गरेर जनतालाई दास बनाउने षड्यन्त्र विरूद्ध सचेत रहन सबैमा आग्रह गर्दछु । समाजवाद श्रद्धेय विपीको सपना र सोच हो । यसका लागि नेपाली कांग्रेस अनवरत लडिरहेको छ । अब समाजवादका नाममा साम्यबाद विरूद्ध यहाँहरूको साथ र सहयोगका लागि आग्रह गर्दछु ।
१६ कार्तिक २०७४ मा धनुषा क्षेत्र नं. ३ मा प्रतिनिधि सभाका लागि उम्मेदवारी मनोनयन दर्ता गरेपछि नेपाली कांग्रेसका नेता तथा पुर्व उपप्रधान एवम गृहमन्त्री समेत रहेका विमलेन्द्र निधिले सामाजिक संजालमा उक्त अभिव्यक्ति व्यक्त गरेका थिए । २०७० सालको संविधान सभाको चुनावमा नेकपा एमालेका तर्फबाट जुली महतोले उनलाई कडा चुनौति दिएका कारण सबैभन्दा पहिलो प्रहार साम्यवाद विरुद्ध उनले गरेको देखिन्छ । यद्यपि ती जुली महतो यसपटक समानुपातिक कोटामा सिफारिस भएकी छिन भने नेकपा माओवादी केन्द्रबाट बाम तालमेल गरी विना विभागिय राज्य मन्त्री रामसिंह यादव यसपटक निधिको संसदीय क्षेत्रमा उम्मेदवारी दर्ता गराएका छन् ।
धनुषा मेरो जन्म घर मात्र होईन, मेरो राजनीति र लोकतन्त्रको प्राप्ति, विकास र रक्षाका लागि अनवरत संघर्ष गर्न सिकाउने गुरु समेत हो । निरंकुश पञ्चायति व्यवस्था विरुद्ध पहिलो पटक यही भुमिबाट मैले आन्दोलनमा सहभागी भएँ । र, कलिलो उमेरमै काराबासको सजाय भोगे । तर, म अविचलित यस भुमिको अधिकार, विकास र सम्मानका लागि लडिरहे, लड्दै आएको छु । र, लडिरहने छु ।
धनुषा मेरो शान, मान र सम्मान
धनुषा मेरो शान हो । यस भुगोलका नागरिक मेरा आत्म प्रेरणा र मार्ग दर्शक हुन । मैले राजनीतिका ५ दशकमा भोगेका अनेकन कठिनाईमा धनुषाका नागरिकको साथ र सहयोग अविस्मरणिय रहेको छ । मैले जित्दा धनुषाले जितेको गर्व गर्दै आएको छु । मैले हार्दा मलाई मेरो माटोले हारेको अनुभुति हुन्छ । जनकपुरलाई प्रदेश राजधानी बनाएर यसको गरिमा, इतिहास र ऐतिहासिकता कायम राख्दै यसलाई आधुनिक र सुविधा सम्पन्न क्षेत्रको रुपमा विकास गर्नु र मधेसले देशको नेतृत्व गर्नु नै मेरो राजनीतिक यात्राका गणतव्य हुनेछ ।
२४ कार्तिकमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले सामाजिक संजाल फेसबुकमा धनुषा मेरो शान, मान र सम्मान शिर्षक दिँदै माथिका वाक्यांशहरु पोस्ट गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३ को प्रतिनिधिसभाका लागि उम्मेदवार रहेका विमलेन्द्र निधिले ती वाक्यहरु लेखेर आफु धनुषाको छोरा भएको भन्दै आगामी दिनमा जिते भने प्रधानमन्त्री बनेर देशको नेतृत्व समेत गर्न सक्ने, पार्टीमा कार्यबाहक सभापति सम्म बनेर वा आगामी महाधिवेशनमा सभापति सम्म बनेर देशको नेतृत्व गर्ने राजनीतिक यात्राको गणतव्यलाई देखाएका छन् । अर्को तर्फ बाहिर जिल्लाबाट आएर राजपाका अध्यक्ष राजेन्द्र महतोले उम्मेदवारी दिएका कारण उनी यो माटोको नभएर बाहिरिया रहेको संकेत गरेका छन् ।
विमलेन्द्र निधि नेपाली कांग्रेसमा अहिले शिर्ष नेताको भुमिकामा छन् । गृहमन्त्री सम्म बन्न सफल निधिको लागि यो चुनाव अत्यन्तै महत्वपुर्ण छ । यो चुनाव जितेमा मात्रै प्रधानमन्त्रीसम्म बन्न सकिने उनको राजनीतिक लक्ष्य प्राप्त हुने हुनाले यो चुनाव कुनै पनि हालतमा निधिले लुज गर्न चाहँदैनन् । निधि त्यो क्षेत्रबाट आफै पनि लगातार दुई पटक जितेका छन् भने विगतमा एक पटक उनी हारेपनि त्यो क्षेत्रमा उनका बुवा स्वर्गिय महेन्द्रनारायण निधिले भने चुनाव जित्दै आएका थिए । यस अर्थमा त्यो संसदीय क्षेत्र निधिको राजनीतिक विराशतको रुपमा पनि रहेको छ ।
राजनीति देशाटन गर्दै घाटानाफा हेर्ने व्यवसाय होइन
राजनीति आस्था, विश्वास, सिद्धान्त र नीतिमा आफुलाई अडिग र अक्षुण राख्दै आफ्नो भुगोलको नेतृत्वलाई जनहितकारी र राष्ट्रहितमा समर्पित गर्ने कर्म हो । यो कुनै निश्चित उद्देश्य, रणनीति र कुटनीति अपनाउँदै मतदाताको विश्वास भन्दा मतको अंक गणितमा गर्ने व्यवसाय होइन ।
धनुषा मेरो भूगोल हो, यहाँका नागरिक मेरो विश्वास । मैले राजनीतिको सिद्धान्त, विचार र दृष्टीकोणलाई यस भेगका नागरिकको समस्यासँग जोडेर राष्ट्रिय मुद्दामा सधै अडिग रहें ।  स्वाधिनता र स्वाभिमान मेरा लागि मेरो प्राणभन्दा प्यारा छन् ।
मधेश आन्दोलनलाई मझदारमा छाडेर, आफ्नो स्वार्थका लागि भौतारिने नेतृत्वलाई नेपाली कांग्रेसकै पहल र मेरो अगुवाईमा समाधान र आत्मसम्मानको अवस्थामा ल्याएर सफल अवतरण गरिएको कोही कसैबाट लुकेको छैन । आन्दोलनमा शहादतप्राप्त गर्ने अमर शहिदका आश्रित परिवारलाई राज्यबाट सहयोग र सीमा रक्षाका महान योद्धाका परिवारलाई सहयोगको अगुवाई मबाटै भएको विदित्तै छ ।
कुनै वस्तुका ब्यापारी जस्तो देशाटन गर्दै वस्तुको मोलमोलाई गर्ने नेतृत्वले राजनीतिलाई पनि त्यस्तै वस्तु ठान्नु आलोचनाको लायक समेत छैन । आशा गर्छु, राजनीतिक आवरणमा रहेका वस्तु ब्यापारीबाट धनुषाबासी होसियार हुुनुहुन्छ ।
२४ कार्तिकमै निधिले १२ घण्टाको अन्तरालमा राजेन्द्र महतो माथि प्रहार गर्दै सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा सार्वजनिक गरेका थिए । यसरी हेर्ने हो भने धनुषा क्षेत्र नं. ३ को निर्वाचन वढी नै चर्चाको विषय किनपनि बन्दै गएको छ भने अब लडाई सिधा विमलेन्द्र निधि र राजेन्द्र महतो बीच सांगुरिदै गएको छ ।
निधिका सवल पक्षहरु
निधि अहिले धनुषाको मात्र नभएर देशमै शिर्ष नेताको रुपमा स्थापित हुन सफल भएका छन् । राष्ट्रिय पहिचानका साथसाथै अन्तर्राष्ट्रिय स्तरमा समेत ठुलो नेताको रुपमा पहिचान बनाउन सक्नु उनका लागि सकारात्मक कुरा हो । उनकै संयोजकत्वमा जनकपुरमा राजर्षी जनक विश्वविद्यालय स्थापना गर्ने भनेर दुई दशक देखिको सपना साकार भएको छ । अब जनकपुरमा उक्त विश्वविद्यालय स्थापना हुने लगभग निश्चित भईसकेको छ । यद्यपि त्यो कार्यमा विभिन्न राजनीतिक दलको सामुहिक प्रयास थियो तर त्यसको पुरा श्रेय अहिले निधिले लिएर चुनावमा त्यसलाई पनि आफ्नो सफलताको रुपमा प्रचारप्रसार गरिरहेका छन् ।
सुशिल कोइराला नेतृत्वको सरकारमा भौतिक योजना तथा पुर्वाधार मन्त्री रहेका बेला निधिले धनुषा क्षेत्र नं. ३ को विकासका लागि महत्वपुर्ण योगदान निर्वाह गरे । उनको संसदीय क्षेत्रको प्रायः जसो सबै गाउँहरुमा पक्की सडक निर्माण भएका छन् । कतिपय सडकहरु, पुलहरु निर्माणाधिन रहेका छन् । ती सबैको कारण आफ्नो क्षेत्रमा विकास प्रेमी नेताको रुपमा छाप छोड्न सफल भएका छन् ।
क्षेत्रका विपक्षी दलका नेताहरु पनि के कुरामा सहमत छन् भने निधिले गरेको पुर्वाधार विकासको कार्य कुनै पनि नेताले गर्न सक्ने थिएनन् । यद्यपि ती विकास निर्माणका कार्यहरुमा ठेक्केदारहरुले ढिलासुस्ती गर्नुका साथै गुणस्तरहिन काम गरिरहँदा पनि त्यसलाई नियमन गराउन निधि भने चुकेकै हुन । जटही, जनकपुर र ढल्केवर सम्मको सिक्स लेन राजमार्ग निर्माण अहिले भईरहेको छ । त्यो महत्वाकांक्षी परियोजना अहिले साकार हुँदै जानुमा निधिको एकल प्रयास हो ।
भौतिक पुर्वाधार तथा यातायात मन्त्रि हुँदा बिमलेन्द्र निधिले विकासका लागि ठुलो रकम सहितको बजेट विनियोजन गरेर धनुषामा मात्र नभएर मध्य तराई मधेसमा विकास निर्माणको पुर्वाधारमा ठुलो योगदान पुर्याएका छन् । खास गरी धनुषा, महोत्तरी, सर्लाही, सिरहा, बारा, पर्सा र रौतहट जिल्लामा बजेटको खोला नै बगाएपछि उनको छवि विकास प्रेमी नेताको रुपमा बन्न पुग्यो । निधिले धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा, मकवानपुर र रौतहट गरी कुल ७ वटा जिल्लाहरुमा विकास निर्माणका लागि सडक र पुल निर्माणका निम्ति ८ अर्ब ३४ करोड रुपैयाँ भन्दा वढी विनियोजन गरेका थिए ।
खास गरी विकासको लागि बर्षौं देखि केन्द्रको मुख ताकिरहेका धनुषा र महोत्तरी जिल्लामा निधिले बढी बजेट बिनियोजन गरेको थियो । धनुषा र महोत्तरीमा सडक निर्माणका लागि २ अर्ब ५० करोड रुपैयाँ, जनकपुरको सहर भित्र विभिन्न सडकहरु निर्माणका लागि ४४ करोड रुपैयाँ, धनुषामा थप प्रस्तावित सडकहरुको लागि ३३ करोड रुपैयाँ, ६ लेन सडकका लागि १ अर्ब २३ करोड रुपैयाँ, मिथिला माध्यमिकी परिक्रमा सडकका लागि १ अर्ब रुपैयाँ र धनुषामा पुलहरु निर्माणका लागि ७७ करोड गरी कुल ६ अर्ब २७ करोड रुपैयाँ बजेट अहिले विनियोजन गरेको थियो । त्यसैगरी बारा जिल्लामा ४० करोड रुपैयाँ, पर्सामा १८ करोड रुपैयाँ, मकवानपुरमा ४ करोड ५० लाख रुपैयाँ, सर्लाही र रौतहट गरी दुई जिल्लामा मात्र १ अर्ब ४५ करोड रुपैयाँ मन्त्री निधिले विकास तथा पुर्वाधार निर्माणका लागि विनियोजन गराएका थिए ।
डिभिजन सडक कार्यालय धनुषा मार्फत प्रादेशिक सडक, क्षेत्रिय सडक, मिथिला सडक लगायतका विभिन्न शिर्षकमा धनुषा र महोत्तरी जिल्लाको लागि मात्र निधिले कुल १६ वटा मुख्य योजना अन्तरगत कुल २ सय ३८ किलो मिटर सडक कालोपत्रे गर्नका लागि करिब २ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।
हुन त ती योजनाहरु मध्ये मन्त्री निधिले आफ्नो निर्वाचन क्षेत्र नं. ३ लाई बढी प्राथमिकता दिई अधिकांश बजेट छुट्याएका थिए भने तत्कालिन क्षेत्र नं. ४ जनकपुरको सहरी सडक अन्तरगत कुल ४० किलो मिटर सम्मको कुल ४० वटा सडकको लागि कुल ४४ करोड रुपैयाँ छुट्याएका थिए । त्यसपछि धनुषाको अन्य निर्वाचन क्षेत्र र महोत्तरी जिल्लाको लागि बजेट छुट्याएका थिए ।
त्यसैगरी उनले धनुषा र महोत्तरीको लागि प्रस्तावित गरेको २० किलो मिटर भन्दा वढी कुल ६ वटा सडक योजनाको लागि ३३ करोड रुपैयाँ बजेट छुट्याई ठेक्कामा लग्नको लागि प्रक्रिया समेत थालेका थिए ।
त्यसैगरी मिथिला माध्यमिकी परिक्रमा अन्तरगत कुल ९८ किलो मिटर सडक समेत मन्त्री निधिले कालो पत्रे गराउन बजेट विनियोजन गराएका थिए । ८६ किलो मिटर रिंग रोड र अर्को हनुमान नगर देखि भारतको कल्याणेश्वर बोर्डरसम्म ९.५ किलोमिटर र जनकपुरको मिल्स एरिया देखि रेल्बे स्टेशन सम्म ३ किलो मिटर गरी बन्ने कुल ९८ किलो मिटर परिक्रमा सडकका लागि करिब १ अर्ब रुपैयाँ जति लाग्ने अनुमान गरिएको छ ।
बारामा कुल ११ वटा योजनाहरुको लागि कुल ४० करोड रुपैयाँ, पर्सामा कुल १५ वटा योजनाको लागि १८ करोड रुपैयाँ र मकवानपुरमा कुल ५ वटा योजनाको लागि रु. ४ करोड ५० लाख बजेट छुट्याएका थिए । निधिले सर्लाही र रौतहट जिल्लाका लागि रु. १ अर्ब ४५ करोड बजेट छुट्याएका छन् । निधिले धनुषामा ६ र महोत्तरीमा कुल ८ गरी कुल १४ वटा पुल निर्माणको लागि ७७ करोड रुपैयाँ भन्दा वढी बजेट विनियोजन गरेका थिए ।
निवर्तमान सांसद संजय साहको समर्थन
धनुषा क्षेत्र नं.४ का लगातार दुई पटक निर्वाचित भएका निवर्तमान सांसद संजय साहले कारागारबाटै विमलेन्द्र निधिलाई समर्थन गरेका छन् । सदभावना पार्टीबाट सांसद बनेको भएपनि तत्कालिन अध्यक्ष राजेन्द्र महतोले आफुलाई धोका दिएको, पक्राउ परेपछि रिहाईका लागि कुनै पनि पहल नगरेको, आफुलाई फरार हुन र पक्राउन समेत महतोले नै षड्यन्त्र गरेको भन्दै संजय साहले आफ्ना समर्थकहरुलाई कारागारबाटै फोन गरेर विमलेन्द्र निधिलाई समर्थन गर्न भनिरहेका छन् । संजय साह अहिले विभिन्न मुद्दामा अभियूक्त भई कारागारमा थुनामा छन् । संजय साहको उक्त भनाई पछि उनका समर्थकहरु निधिको पक्षमा प्रचारप्रसार गर्दै हिँडिरहेका छन् ।
साहुजी समुदायलाई म्यानेज गर्दै निधि
साहुजी समुदाय माथि आफ्नो पकड बलियो बनाउन निधि विस्तारै विस्तारै सफल भईरहेका छन् । जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष रमेश साह, राम यूवा कमिटिका पुर्व अध्यक्ष रामबाबु साह, गौ संरक्षण मञ्चका अध्यक्ष जगदीश महासेठ, स्वतन्त्र भई उपमेयर उठेका यूवा राकेश विक्रम साह लगायतको कांग्रेसमा प्रवेश पछि कतिपय साहुजी समुदायले निधिलाई समर्थन गरेका छन् ।
निधिका लागि चुनौति
निधि अहिले हेभी वेटको नेताको रुपमा रहेपनि अहिलेको प्रतिनिधि सभाको निर्वाचन जित्नका लागि उनका सामु थुप्रै चुनौतिहरु छन् । सबैभन्दा ठुलो चुनौति के हो भने उनका सामु राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतो नै प्रतिस्पर्धी भएर चुनावी मैदानमा होमिएका छन् । जसरी निधिको राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान स्थापित छ त्यसैगरी राजेन्द्र महतो पनि मधेसमा मात्रै नभएर राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएका छन् । खासगरेर संविधान निर्माण समयमा भएको तेस्रो मधेस आन्दोलनमा एकातर्फ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सबैभन्दा चर्चित भए भने मधेसमा राजेन्द्र महतो लोकप्रिय भए । खासगरेर नाकाबन्दीका दौरान विरगञ्ज नाकामा निरन्तर धर्ना दिनु, विराटनगरमा सुरक्षाकर्मीबाट कुटाई खाएर घाईते हुनु, आन्दोलनका समयमा उग्रनाराहरु दिनु, हार्डलाईनर मधेसवादी नेताको रुपमा आफुलाई स्थापित गराएका राजेन्द्र महतोलाई पराजित गर्नु विमलेन्द्र निधिलाई सजिलो हुने छैन । किनभने स्थानीय तहको निर्वाचनमा राजपा नेपालले जनकपुरमा जित हात पारेको थियो । यद्यपि त्यो मतमा अहिले कमि भने पक्कै आएको छ । तर, त्यसैकारण निधि जितिहाल्ने अवस्था देखिँदैन ।
जनकपुर सहरमा साहुजी समुदाय र ब्राम्हण समुदायको संख्या वढी रहेको छ । ती दुवै समुदाय निधि प्रति असंतुष्ट देखिन्छन् । खास गरेर महतो आफै बैष्य समुदायका भएका कारण अधिकांश साहुजी समुदायले राजेन्द्र महतोलाई मतदान गर्न सक्ने सम्भावना देखिन्छ । किनभने विगतका दुई पटकको संविधानसभाको निर्वाचनमा पनि संजय साहनै निर्वाचित भएका थिए । यद्यपि निधिले प्रदेशसभामा नेपाली कांग्रेसका तर्फबाट जनकपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष श्याम साहलाई टिकट दिएर साहुजी मतलाई विभाजन गर्ने प्रयास गरेपनि त्यो भने पर्याप्त देखिँदैन । साहुजी समुदायले श्याम साहलाई मतदान गरेपनि निधिलाई मतदान गरिनै हाल्छन् भन्ने कुराको सुनिश्चितता अहिलेसम्मको स्थितिमा देखिँदैन ।
निधिको ग्रामिण क्षेत्रहरुमा रहेका ब्राम्हण समुदाय निधि प्रति असंतुष्ट देखिन्छन् । ग्रामिण क्षेत्रका ब्राम्हण समुदायको अधिकांश मत राजपा नेपाललाई जाने सम्भावना किन पनि देखिन्छ भने राजपा नेपालले ग्रामिण क्षेत्रको प्रदेश सभामा ब्राम्हण समुदायबाट पुर्व सभाषद कबिन्द्र ठाकुरलाई उठाएका छन् ।
निधिमाथि जातिकरणको आरोप
विमलेन्द्र निधि एउटा सर्वमान्य नेता भन्दा पनि आफ्नै जातिलाई मात्र अवसर दिने गरेको भनेर अन्य समुदायहरु असंतुष्ट देखिएका छन् । खासगरेर विभिन्न पेशामा रहेका पेशाकर्मीहरु, प्राध्यापकहरु, कानुन व्यवसायीहरु, बुद्धिजिवीहरु असंतुष्ट देखिएका छन् । विमलेन्द्र निधिका दाजु नवेन्द्र निधि यस अघि जनकपुरको राराब क्याम्पसमा क्याम्पस प्रमुख भएका बेला सहप्राध्यापकबाट प्राध्यापकमा बढुवा गर्दा आफ्नै जाति कायस्थ समुदायलाई मात्र प्राथमिकता दिएको भन्दै अन्य समुदायका प्राध्यापकहरुमा असंतुष्टी देखिएको छ । कार्यसम्पादन मुल्याङ्कनमा डा.सुरेन्द्र लाभ, मनोरंजन दत्त लगायतकालाई वढी अंक दिएर प्राध्यापकमा बढुवा गर्न लगाए भने डा.भोगेन्द्र झा लगायत अन्य सहप्राध्यापकहरु प्राध्यापक नबनिकनै अवकास लिनु पर्यो । यसका अतिरिक्त क्याम्पस प्रमुखमा पुनः आफ्नै समुदायका विजयलाल कर्णलाई नियूक्त गर्नुका साथै कतिपय विश्वविद्यालयका उपकुलपतिमा समेत आफ्नै समुदायका प्राध्यापकहरुलाई नियूक्त गरेको भन्दै अधिकांश प्राध्यापकहरु निधि प्रति असंतुष्ट देखिएका छन् ।
उच्च अदालतको न्यायाधीश नियूक्तिका लागि जनकपुरबाट कतिपय कानुन व्यवसायीहरुले आवेदन भरेका थिए । तर, कांग्रेस निकट डिएलएका कानुन व्यवसायीहरुलाई न्यायाधीशमा नियूक्त नगरी आफ्नै भाई राकेश निधिलाई न्यायाधीश बनाएपछि कांग्रेस निकटकै कानुन व्यवसायीहरु असंतुष्ट देखिन्छन् । यसका अतिरिक्त अवकाश प्राप्त गरिसकेका आफ्नै समुदायका न्यायाधीशहरुलाई मात्रै विभिन्न किसिमका आयोगमा नियूक्ति गर्ने गरेको भन्दै जनकपुरका कानुन व्यवसायीहरु निधि प्रति संतुष्ट देखिँदैनन् । अवकास प्राप्त न्यायाधीशहरु गिरिशचन्द्र लाल, कमलनारायण दास, लोकेन्द्र मल्लिकलाई विभिन्न आयोगमा निधिले नियूक्त गराएका थिए ।
त्यसैगरी विमलेन्द्र निधि भौतिक योजना तथा निर्माण मन्त्री हुँदा २ सय ५० जना कम्प्यूटर अपरेटरको नियूक्ति गर्दा आफ्नै जाति कायस्थबाट करिब २ सय जनाको नियूक्ति गरेको भन्दै अन्य समुदायहरु असंतुष्ट देखिन्छन् । त्यसका अतिरिक्त कर्मचारीतन्त्रमा समेत सरुवा वढुवा गर्दा ब्राम्हण समुदायका कर्मचारीहरुलाई प्राथमिकतामा नलिई आफ्नै जाति समुदायका कर्मचारीहरुलाई प्राथमिकतामा राखेको भन्दै ब्राम्हण समुदायका कर्मचारीहरु निधि प्रति असंतुष्ट देखिन्छन् ।
विमलेन्द्र निधि गृहमन्त्री भएको बेलामा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट दिलाइएको अधिकांश मानपदक आफ्नै समुदायका व्यक्तिहरुलाई बढी दिएको र अन्य समुदायलाई नामको लागि मात्र समावेश गरेको भन्दै जनकपुरका साहुजी समुदाय देखि अन्य समुदायहरु असंतुष्ट देखिन्छन् ।
संविधान जारी गर्ने देखि गृहमन्त्री हुँदा सप्तरीको मलेठमा ५ जना यूवाहरुको सुरक्षाकर्मीहरुद्वारा हत्या गरिएको आरोप समेत विपक्षी राजपाले लगाईरहेको अवस्थामा नेता निधिलाई समेत मधेस विरोधी नेताको रुपमा चित्रण गरिरहेको अवस्थामा निधिले ती सबै आरोपहरुलाई चिर्दै कसरी अगाडी वढ्ने छन् त्यो भने हेर्न बाँकी छ । यद्यपि निधि आफै पनि कुनै पनि मधेसवादी भन्दा कम मधेसवादी नेता नरहेको, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारणको कुरा आफैले उठाएको, संविधान संशोधनको पक्षमा कांग्रेसलाई ल्याउन ठुलो भुमिका खेलेको, आगामी दिनमा दुई तिहाई बहुमत जुटाएर संविधान संशोधन गराई छाड्ने भनेर निधिले प्रचारका क्रममा मतदाता माझ कुरा राखिरहेका छन् ।
निधिको राजनीति र वर्तमान अवस्था
बिमलेन्द्र निधि धनुषा निर्वाचन क्षेत्र नं. ३ बाट  पहिलो पटक संविधान सभामा निर्वाचित भएपछि पनि क्षेत्रमा केही पनि विकास नगरेको भन्दै उक्त क्षेत्रका जनताहरु निधि प्रति आक्रोशित थिए । त्यसमा पनि उक्त क्षेत्रबाट विमलको बुवा महेन्द्र नारायण निधि पनि निर्वाचित हुने गरेको अवस्थामा छोरा पनि निर्वाचित भएपछि विकास नहुँदा उक्त क्षेत्रका जनताहरु निधि प्रति आक्रोशित हुनु स्वाभाविक थियो ।
उक्त क्षेत्रमा कहिँ पनि पक्की सडक थिएन । उक्त क्षेत्रमा धेरै पहिले निर्माण भएको जनकपुर देखि जटही सम्मको एक मात्र पक्की सडक टुटेको बर्षौं बितिसक्दा पनि निधिले केही गर्न सकेका थिएनन् । यति मात्र होइन उनी शिक्षा मन्त्री हुँदा उनैले भन्ने गरेको जनकपुरमा राजर्षी जनक विश्व विद्यालय बनाउने सपना समेत साकार गर्न नसक्दा उनी विश्व विद्यालयको स्थापनाको अजेण्डा आफैले विर्सेको भन्ने सम्म भनियो । उनले आफ्नो बुवा महेन्द्र नारायण निधिको नाउँमा काठमाण्डौको गौशालामा महेन्द्र नारायण निधि मेमोरियल अस्पताल बनाउँदा जिल्ला बासी थप असंतुष्ट बन्यो । गृह जिल्लामै अस्पताल बनाएको भए यहाँका जनताहरुले सस्ता र सुलभ ढंगले उपचार गराउन पाउथे भन्ने सोच स्थानीयवासीले राखेका थिए ।
परिणाम स्वरुप दोस्रो संविधान सभाको निर्वाचनको दौरान प्रचारमा जाँदा निधिलाई जनताले मुखमै आलोचना गर्ने गर्थे र, केही पनि विकास गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गर्थे । हुन त त्यसै पनि दोस्रो चुनावमा उनलाई धेरै मिहिनेत गर्नु पर्यो । किनभने एमालेका प्रत्यासी जुली महत्तो जो उक्त क्षेत्रको स्थानीयवासी नभएर पनि चुनाव प्रचारका दौरान पुरा ताकत लगाएकी थिईन । पहिले पहिले चुनावमा निधि चुनावको नजिकमा आएर मात्र प्रचार वा घर दैलोमा जाने गर्थे ।
एक त निधि प्रति मतदाताको फ्रस्ट्रेशन र अर्को तर्फ जुलीको अग्रेसिभ प्रचार अभियानका कारण निधिलाई उक्त चुनावमा गाउँमै डेरा जमाउनु पर्यो । प्रचारका दौरान उनले विकासको नारा दिए । संविधानसभाबाट कस्तो संविधान बनाउने भन्ने विषय गौन बनेको थियो । गाउँमा बाटो छैन, पुल छैन । बर्षातको समयमा गाउँहरु डुवानमा पर्छन् । पुल अभावका कारण एउटा गाउँबाट अर्को गाउँको सम्पर्क नै विच्छेद हुन जान्छ र गाउँ टापुमा परिणत हुन्छ लगायतका मतदाताहरुको एकातर्फ गुनासो अर्को तर्फ विपक्षी उम्मेदवारहरुले पनि निधि देशको ठुलो नेता भईसके पनि  विकास विरोधी रहेको भनेर आक्रमण गर्थे । त्यसकारण दोस्रो संविधानसभाको निर्वाचनको लागि निधिले चुनाव प्रचारका दौरान आफु जिते पनि वा हारे पनि जुन गाविसबाट आफुलाई सर्बाधिक मत आउँछ उक्त गाविसमा विकासका लागि १ करोड रुपैयाँ दिने घोषणा नै गरेका थिए । चुनाव जिते पछि सबै भन्दा वढी मत आएको झोझि कटैया गाविसमा निधिले गरेको बाचा अनुरुप संसदीय पुर्वाधार विकास कार्यक्रम अन्तरगत उनले जिल्ला विकास समिति मार्फत १ करोड रुपैयाँको योजना बनाएर उक्त गाउँमा पक्की सडक निर्माण गराएका थिए ।
दोस्रो संविधान सभाको चुनावको परिणामलाई हेर्ने हो भने पनि निधि १ हजार ४ सय ९२ मत अन्तरले मात्र विजयी भएका छन् । जुली महतोले १३ हजार ५ सय ३९ मत ल्याएकी थिईन भने विमलेन्द्र निधिले १५ हजार ३१ मत प्राप्त गरेर झिनो मत अन्तरले विजयी हुनुले पनि निधिले आगामी दिनमा क्षेत्रमा विकास नगर्ने हो भने अब कठिनाई हुने सहजै बुझिसकेको हुनुपर्दछ । त्यसैले उनले सबै भन्दा पहिले राजनीतिलाई जिवित राख्न आफ्नो संसदीय क्षेत्रमा विकास जसरी पनि गर्नै पर्छ भन्ने मुड बनाएर भौतिक योजना तथा पुर्वाधार मन्त्री भएको बेला निधिले  निर्वाचन क्षेत्र नं. ३ मा मात्रै २ अर्ब भन्दा वढीको रकम लगानी गराएका थिए । अहिले उक्त क्षेत्र धनुषाकै अन्य क्षेत्रहरु भन्दा विकासको मामिलामा सबैभन्दा अगाडी देखिन थालिएको छ । गाउँ गाउँमा पक्की सडकहरु निर्माण भएका छन्, भईरहेका छन् ।
हुन त विगतमा पनि उनी मन्त्री नबनेको होइन । २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म शेरबहादुर देउवा नेतृत्वको सरकारमा विमलेन्द्र निधि सामान्य प्रशासन मन्त्री, २ बैशाख २०५५ देखि १६ जेष्ठ २०५६ सम्म गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा शिक्षा तथा खेलकुद मन्त्री र २० जेष्ठ २०६१ देखि २० माघ २०६१ सम्म मन्त्री बनेका थिए । तीन पटक सम्म मन्त्री बनेको भएपनि उनले विकास निर्माणको कार्यलाई कहिल्यै प्राथमिकता दिएनन्  । त्यसैगरी विमलका बुवा महेन्द्र नारायण निधि २०४७ बैशाख ६ गते कृष्ण प्रसाद भट्टराईको नेतृत्वको सरकारमा समेत मन्त्री बनेका थिए । यसरी बुवा एक पटक र छोरा पटक पटक मन्त्री हुँदा पनि क्षेत्रमा विकास हुन नसकेपछि जनता निराश हुनु स्वाभाविक थियो ।
तर, जब उनी सुशिल कोइराला नेतृत्वको सरकारमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री बने, धनुषामा विकास अवश्य हुन्छ भनेर जनताको आशा पलायो ।
नेपाली कांग्रेसमा मधेसी नेताहरु मध्ये विमलेन्द्र निधि अहिले सबै भन्दा ठुलो उचाईको नेता हुन । विगतमा निधि भन्दा ठुलो कद बनाई कांग्रेसमा स्थापित भएका महन्थ ठाकुर, जयप्रकाश गुप्ता लगायतका नेताहरु पार्टी परित्याग गरिसकेपछि उनी अहिले शिर्ष स्थानमा पुगेका छन् । पार्टी विभाजन भएपछि शेरबहादुर देउवाको नेतृत्वमा गठित नेपाली कांग्रेस प्रजातान्त्रिकको महामन्त्री बनेका थिए । पार्टी एकिकरण हुँदा उनको महामन्त्री पद यथावत रहेपनि महाधिवेशनबाट उनी मधेसकै मतका कारणबाट महामन्त्री पदमा हार्नु पर्यो ।
विमलेन्द्रको राजनीतिक करियर
हुन त अहिलेको पुस्ताले विमलेन्द्र निधिले आफ्नो बुवा महेन्द्र नारायण निधिको राजनीतिक वारिस भनेर बुझलान् । तर, उनको राजनीतिक जीवनलाई हेर्ने हो भने राजनीतिमा उनी विद्यार्थी काल देखि नै सक्रिय रहेको पाइन्छ । हुन त विमलको हजुर बुवा राजेश्वर निधि जमिन्दार थिए । त्यतिबेला उनको संगत राणाहरुसँग हुन्थ्यो । खास गरी सत्तामा रहेका राणाहरुबाट निस्कासित तथा अपहेलित सि ग्रेडका राणा जमिन्दारहरु राम शम्शेर राणासँग थियो । राजेश्वर निधि करिब २ सय विघा जमिनका जमिन्दार थिए । गाउँमा बच्चाहरुलाई पढाउनको लागि उनी एउटा विद्यालय संचालन गर्न चाहन्थे । जसको स्वीकृति लिनका लागि तत्कालिन राणा शासकहरुबाट अनुमति लिनु पथर््यो । उक्त प्रयास गर्दा बच्चालाई संस्कृत पढाउनु छ भने मटिहानी पाठशालामा पढाउनु, अंग्रेजी पढाउनु छ भने हिन्दुस्तानमा पढाउनु भनेर राणा शासकले जवाफ दिएपछि राजेश्वर निधिले विरोध गरेका थिए । त्यसकारण उनलाई हिरासतमा एक दिन थुनिएको पनि थियो । पछि २००३ मा पदम शम्शेर प्रधान मन्त्री भएको बेलामा नेपालको बैधानिक कानुन बनेपछि मृगेन्द्र शम्शेर तराई दौराहामा आएका थिए । अनि दुई वटा विद्यालय खोल्नका लागि स्वीकृति दिईयो । जब उनले एउटा विद्यालय आफ्नै गाउँ नगराईनमा खोल्ने प्रस्ताव राखे तब धेरै गाउँका मानिसहरु त्यहाँ जान नसक्ने भएपछि जनकपुरमा सरस्वती मावि र यदुकुहामा गौरीनारायण गिरीले विद्यालय खोल्न लगाए । अनि नगराईनमा प्राथमिक विद्यालय स्थापना भयो ।
विमलका बुवा महेन्द्र नारायण निधि नेपाली कांग्रेसका संस्थापक नेताहरु मध्येका एक हुन । राणा शासनको विरुद्धमा र राजा महेन्द्रले चालेको निरंकुश कदमको विरुद्धमा उनी सहभागी भएका थिए । यति मात्र होइन २०४६ सालको आन्दोलनमा समेत उनी सहभागी भएका थिए । जब कांग्रेसको स्थापना भएको थियो त्यति बेला पनि दुई वटा कांग्रेस थियो । सुवर्ण शम्शेर र महाविर शम्शेरहरु नेपाल प्रजातान्त्रिक कांग्रेसमा थिए जो सशस्त्र क्रान्ति र सेना परिचालनको पक्षमा थिए भने अर्को तर्फ विपी कोइराला, गणेश मान सिंह, कृष्ण प्रसाद भट्टराई र महेन्द्रनारायण निधिहरु नेपाली राष्ट्रिय कांग्रेसमा थिए । जब पार्टी एकिकरण भयो र २००७ सालको सशस्त्र आन्दोलनमा कांग्रेस होमिएपछि महेन्द्र नारायण निधि २०१७ सालको आन्दोलनमा महात्मा गान्धी र राममनोहर लोहियाबाट प्रभावित भई हिंसाको विरुद्धमा शान्तिपुर्ण संघर्ष देश भित्रै गर्ने लाइन लिए । पछि मात्र विपी कोइराला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर देश भित्र फर्किएका थिए । त्यही लाइनलाई निरन्तरता दिँदै विमलेन्द्र निधि अहिले पनि शेरबहादुर देउवा खेमामा लागेका छन् । उनलाई कतिपयले देउवाको राइट हयाण्ड पनि भन्ने गर्छन ।
जब विमलेन्द्र निधि राराब कलेजमा पढ्थे उनलाई कलेजबाट निस्कासन पनि गरेको थियो । २०३२ सालमा जब बैकुण्ठ प्रसाद विजुक्छे क्याम्पस प्रमुख थिए उनले शुल्क वृद्धि गरेका थिए । शुल्क बृद्धिको विरोध गरेका विमलेन्द्र निधि सँगै रामसरोज यादव, दिगम्बर राय, महेश शंकर गिरी, राजकुमार भारती लगायत करिब २५÷३० जना विद्यार्थीहरुलाई क्याम्पस प्रमुख विजुक्छेले १ वर्षको लागि क्याम्पसबाट निष्काशन गरेका थिए । निष्काशित भएपछि विमलेन्द्र काठमाण्डौको पाटनमा पढ्न गए । हुन त त्यतिबेला विमलका दाजु नवेन्द्र निधि पनि विद्यार्थी राजनीतिमा लागेका थिए । तर पछि उनी प्राध्यापन पेशामा लागे । अर्को तर्फ एक वर्ष पछि विमल जनकपुरको राराब क्याम्पसमा फर्केर विद्यार्थी राजनीतिमा सक्रिय भए । पछि २०३६ सालमा जनकपुरको गोपाल धर्मशालामा विपी कोइरालाबाट उदघाटन गरिएको नेपाल विद्यार्थी संघको केन्द्रिय महाधिवेशनबाट केन्द्रिय सभापतिमा सर्बसम्मत चुनिएका थिए । जसले उनको राष्ट्रिय पहिचान स्थापित हुन गयो । पछिल्लो सरकारमा उनी उपप्रधान तथा गृहमन्त्री बन्न सफल भएका थिए ।



२०७४ कार्तिक २६ गते आईतबार