६ पुष २०६७ मा विकास पुरुष मकेश्वर प्रसाद सिंहको निधन भएको थियो । आमजनले उनलाई सम्मान स्वरुप मकेश्वर बाबु भन्ने गर्दथे । ८४ बर्षको उमेरमा उनको निधन भएको थियो । ६ पुष २०७४ मा विकास पुरुष मकेश्वरबाबु सामाजिक प्रतिष्ठानले सातौं पुण्य तिथीको अवसरमा श्रद्धाञ्जली सभा आयोजन गरेर उनको सम्झना गरेको थियो । स्वर्गीय मकेश्वर बाबुका नाती रितेश सिंह अध्यक्ष रहेको उक्त प्रतिष्ठानले यस बर्ष द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीलाई मकेश्वरबाबु उत्कृष्ठ सामाजिक सेवा पुरस्कार स्वरुप नगद रु.५ हजार १ सय १ सहित कदर पत्र प्रदान गरी सम्मानित गरेको छ ।
२०६८ सालमा स्थापना भएको उक्त प्रतिष्ठानले २०६८ सालमा सालमा समाजसेवी अमरचन्द्र अनिल, २०६९ सालमा बरिष्ठ पत्रकार राजेश्वर नेपाली, २०७० सालमा समाजसेवी पवन सिंघानिया, २०७१ सालमा गंगा आरतीका अभियन्ता तथा पत्रकार रामअशिष यादव, २०७२ सालमा मिथिला नाटयकला परिषद र २०७३ सालमा अनाथ आश्रम संचालक सत्यनारायण आलोकलाई पुरस्कृत गरेको थियो । मकेश्वर बाबुले यो समाजको विकासका लागि गरेको योगदानलाई स्मरण गर्दै अरु मानिसहरु पनि देश र समाजको विकासका लागि प्रेरित हुन सकोस् र मकेश्वर बाबुको स्मरण हुन सकोस् भन्ने उद्देश्यले पारिवारिक प्रतिष्ठानले प्रत्येक बर्ष उनको पुण्य तिथीमा समाजका समाजसेवीलाई पुरस्कार प्रदान गरेर सम्मान गर्ने गरेको प्रतिष्ठानका अध्यक्ष रितेश सिंहले बताएका छन् ।
२०७४ पौष ०९ गते आईतवार

No comments:
Post a Comment