Tuesday, October 7, 2014

मेसु मिश्रद्वारा धमाधम अवैध नियूक्ति


१९ फागुन २०६९ मा जनकपुर अञ्चल अस्पतालमा
रामवृक्ष यादव स्मृति भवन (आइसियू भवन) निर्माण कार्य सम्पन्न नहुँदै
उदघाटन गर्दै तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महत्तो ।
ठीक त्यसैगरी उपचार सुरु नहुँदै निमित्त मेसु डा.बलराम मिश्रले
आइसियूका लागि अवैध तरिकाले चिकित्सक नियूक्त गरेका छन् ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
काम कुरो एका तिर कुम्लो बोकी ठीमी तिर भन्ने उखान झैं तत्कालिन स्वास्थ्य तथा जनसंख्या मन्त्री राजेन्द्र महत्तोले १९ फागुन २०६९ मा भवन निर्माणको कार्य सम्पन्न नहुँदै जनकपुर अञ्चल अस्पतालको आइसियू भवन उदघाटन गरेका थिए । भवनको पर्खालमा आफ्नो नाउँ लेखाउन मात्र उनी आतुर थिए । 
जनकपुर अञ्चल अस्पतालमा आइसीयू भवन उदघाटन गरेर मन्त्री महत्तोले आफ्नो नाउँ भित्तामा लेखाएपनि उदघाटन गरेको १८ महिना वितिसक्दा पनि उपचार सूरु हुन सकेको छैन । रु. १ करोड ७८ लाखको लागतमा बनेको जनकपुर अञ्चल अस्पतालमा रामबृक्ष यादव स्मृति भवनको स्वास्थ्य मन्त्री राजेन्द्र महत्तोले उदघाटन त गरे तर त्यहाँ आइसियू भवनमा अहिले उपचार भईरहेको छैन । बरु, उक्त भवन भित्र डेन्टल चेयर लगायतका सामग्रीहरु भन्डारन गरिएको छ ।
जनकपुर अञ्चल अस्पतालका निमित्त
मेसु डा.बलराम मिश्र 
ठीक त्यसैगरी अञ्चल अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.बलराम मिश्रले उपचार सुरु नभएपनि आइसियूमा उपचारका लागि भनेर करारमा ४ जना चिकित्सकहरुलाई नियूक्त गरिसकेका छन् । डा. सुस्मिता झा, डा.निरज ठाकुर, डा. नितु झा र डा. रविन झालाई आइसियू सेवाका लागि उनले अञ्चल अस्पताल विकास समितिको तर्फबाट तलब खानेगरी  ३ महिनाको लागि करारमा नियूक्ति गरेका छन् । अब संजोग नै भन्नुपर्छ, मेसु मिश्र, तत्कालिन विकास समितिका अध्यक्ष कामेश्वर झा र नियूक्त हुने चिकित्सकहरु भुमिहार जातिका परे । फेरी अर्को संजोग के हो भने तत्कालिन स्वास्थ्य मन्त्रालयका सचिव डा.प्रविण मिश्र पनि जातिले भुमिहार नै थिए । प्रमुख कुरा के हो भने मेसु मिश्रले ती चिकित्सकहरुलाई नियूक्ति गर्दा न कुनै विज्ञापन निकालेका थिए, न त कुनै प्रतिस्पर्धा गराई छनौट गराएका थिए । यति मात्र होइन, मेसु मिश्रले ८ असोज २०७० मा स्वास्थ्य मन्त्रालय चिकित्सक सेवा महाशाखामा नेपाल सरकार सचिव स्तरको ६ असोज २०७० को निर्णयबाट आठौं तह मेडिकल अधिकृत ५ जना, पाँचौं तह स्टाफ नर्स ९ जना, चौथो तथा पाँचौं तहको हेल्थ असिस्टेन्ट तथा अहेव ४ जना पाँचौं तहको कम्प्युटर अपरेटर १ जना र श्रेणी विहिन स्वीपर गरी कुल २८ जनाको दरबन्दी स्वीकृत गरिएको थियो । सोही अनुसार निमित्त मेसु मिश्रले ४ अषाढ २०७१ मा मेडिकल अधिकृत, स्टाफ नर्स र हेल्थ असिस्टेन्ट÷अहेव पदको निमित्त ३ महिने करार नियूक्तिको लागि अन्नपुर्ण पोस्ट पत्रिकामा निवेदन दरखास्त आह्वान गरिएको थियो । तर, विज्ञापनमा मेडिकल अधिकृत ५ जना स्वीकृत दरबन्दी अनुसार नै रहेपनि स्टाफ नर्समा स्वीकृत दरबन्दी भन्दा ५ जना वढी गरी १४ जना र हेल्थ असिस्टेन्ट÷अहेव दरबन्दी अनुसार ४ जनाको विज्ञापन गरिएको थियो । स्वीकृत दरबन्दी अनुसार कम्प्युटर अपरेटर र स्वीपरको विज्ञापन नै गरिएको थिएन । यसमा पनि मेसुले अनियमितता गरेको देखिन्छ । त्यसको कारण के हो भने मेसु मिश्रले जनकपुर नर्सिङ कलेजबाट तलब खानेगरी १ जना दरबन्दीमा यस अघि नै संतोष मिश्र र दिपेन्द्र मण्डललाई नियूक्ति गरेका थिए । विना विज्ञापन र प्रकृया नै नपु¥याई गरिएको उक्त नियुक्तिलाई वैधता प्रदान गर्न उनले दाउ पेच गरेको हुनसक्ने अस्पतालमा कार्यरत कतिपय कर्मचारीहरुको भनाई छ । सोही विज्ञापन अनुसार मेसु मिश्रले निवेदन दिएकाहरुको १६ र १७ साउन २०७१ मा दिनको १० बजे देखि अन्तरवार्ता हुने र उक्त अन्तरवार्तामा स्वयम उपस्थित हुन जनकपुर अञ्चल अस्पताल विकास समितिको नाउँमा स्थानिय अखबार जनकपुर एक्सप्रेसमा १० साउन विज्ञापन प्रकाशन गरेका थिए । त्यसैगरी १६ गते स्टाफ नर्स र हेल्थ असिस्टेन्ट, १७ गते मेडिकल अधिकृत र अहेव पदको अन्तरवार्ता लिइने १४ साउन २०७१ मा अस्पतालको सूचना पाटीमा मिश्र हस्ताक्षरित सूचना टाँसियो । उक्त सूचना अहिले पनि टाँसिएकै छ । तर उक्त विज्ञापनबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विज्ञापनमा समावेशी आधार नछुटयाइएको हुनाले अन्तरवार्ता स्थगित गर्न मेसु मिश्रलाई निर्देशन दिएपछि हालसम्म उक्त अन्तरवार्ता स्थगित गरिएको छ । लिखित परीक्षा नै नलिई अन्तरवार्ताको माध्यमले आफन्त तथा आफु खुशी व्यक्तिलाई छनौट गरेर विकास समितिमा नियूक्त गर्न सकिने मेसु मिश्रको दाउलाई अख्तियारले तत्काल रोकिदिएको छ । स्रोतका अनुसार समावेशी कसरी बनाउने र आधार के हुने हो भनेर मेसुले जलेश्वर स्थित लोक सेवा आयोगलाई पत्राचार गरेका छन् ।
जनकपुर अञ्चल अस्पतालको नव निर्मित आइसियू भवन  ।
१६ असोज २०६९मा मिश्र निमित्त मेसु बनेका थिए । हालसम्म उनले जनकपुर नर्सिङ कलेज र अस्पतालको विकास समितिमा अबैधानिक तरिकाले कर्मचारीहरुको नियूक्ति गरेको बताईन्छ । स्रोतका अनुसार केही महिना अघि मात्र उनले जनकपुर नर्सिङ कलेजमा विएससी नर्सिङ शिक्षकको रुपमा शान्ति बास्तोलालाई अवैधानिक तरिकाले नियूक्त गरेका छन् । यस अघि पनि उनी मेसु भएपछि उक्त कलेजमा वार्डन निलम शर्मा, कम्प्यूटर अपरेटरमा संतोष मिश्र र दिपेन्द्र मण्डललाई नियूक्त गरेका थिए । यति मात्र होइन । शम्भु पंडितलाई मुखिया सरह डूाइभरको रुपमा नियुक्त गरिसकेका छन् । यति मात्र होइन नर्सिङ कलेजका कर्मचारीहरु श्रीचन मण्डल, राम दिनेश चौधरी, रामनृत्य मण्डल, दिलिप मेस्तर, सरोज सिंह, संतोष मिश्र, संजय यादव, प्रमिला साह, विरबहादुर साह, प्रमोद यादव, मनोज राय, सौदागर सदा लगायत करिब १८ जना कर्मचारीहरु अञ्चल अस्पतालमा खटाइएको छ । तलब नर्सिङ कलेजबाट खाने तर काम भने मेसुले अञ्चल अस्पतालमा गराउने गरेकोले कलेजमा जनशक्तिको अभाव भएको कलेजका प्रिन्सिपल जय किशोर लालले बताए । पछिल्लो समयमा मेसु मिश्रले परिवार नियोजन महाशाखा अन्तरगत काउन्सलर पदमा जयकुमार झालाई तिन महिने करारमा नियूक्त गरेका छन् । उक्त नियुक्ती पनि विज्ञापन आह्वान नगरी गरिएको अस्पताल स्रोतको दावी छ । त्यसैगरी एनेसथेसियाका लागि डा. ऋषी साहलाई ३ महिने करारमा परिवार नियोजनबाट तलब खाने गरी नियुक्त गरेका थिए । 
अञ्चल अस्पतालमा स्टाफ नर्स अनिता मण्डल, निलम कुमारी यादव, गिता श्रीवास्तव, अनमी निलम कुमारी यादव, अहेवहरु विनोद चौधरी यादव, कृष्णा चौधरी, कविता चौरसिया, ल्याब टेक्निसियन सुन्दरी कुमारी ठाकुर लगायत ८ जना कर्मचारीहरु आमा सुरक्षाको बजेटबाट ५ हजार रुपैयाँ मासिक तलब खाने गरी नियूक्त भएका छन् । त्यसैगरी विकास समितिको तर्फबाट अनमीहरु चन्द्र माया थापा, नैन तारा साह, राधा साह, रानी झा, सावित्री मण्डल लगायतका कर्मचारीहरु ५ हजार मासिक तलब खाने कर्मचारीहरु छन् । त्यसैगरी दैनिक ज्यालादारीमा विकास समितिको तर्फबाट डा.रविन्द्र सिंह, डा. अनिल ठाकुर, डा. शशि ठाकुर, डा. अवधेश कान्त झा, डा. दिपेन्द्र कुमार यादव, डा. विजय कुमार सिंह, डा. धिरेन्द्र कुमार साह, डा.महेश महासेठ, डा. भगवान केवट मलाह, कार्यरत छन् । महत्वपुर्ण के हो भने यिनीहरु मध्ये कतिपय चिकित्सकहरु २०५५ साल देखि नै ज्यालादारीमा नियूक्त भएका छन् भने कतिपय पछिल्ला २ वर्षमा नियूक्त भएका छन् । करारमा डा.रामविनय चौधरी, डा.रामजी यादव, डा.कुन्दन मिश्र, डा.कृष्णदेव दास, डा. सुशमिता झा, डा.नितु झा, डा. निरज ठाकुर नियुक्त भएका छन् । 
यसरी हेर्ने हो भने मेसु मिश्रले आफु खुशी धमाधम अवैध तरिकाले कर्मचारीहरु नियुक्ति गर्ने गरेको देखिन्छ । अञ्चल अस्पतालका सूचना अधिकृत दिवाकर प्रकाश थापा र दिपक ठाकुरसँग पछिल्लो ५ वर्षमा कति कति कर्मचारीहरुको नियूक्ति भएको हो, कुन पदमा कस्तो प्रकृतिको नियुक्ति भएको हो भन्ने सूचना माग्दा थापाले आफु नयाँ भएको कारण आफुलाई केही थाहा नभएको र दिपक ठाकुरले कर्मचारीहरुको नियुक्ति विवरण सम्बन्धि फाइल भेटन गाह्रो भएको बताएका थिए । कार्यालय सारिएपछि फाइलहरु नभेटेको उनले जवाफ दिए । पछिल्लो ५ वर्ष देखि नयाँ नियूक्ति भएका कुन कुन कर्मचारीहरुलाई तलब खुवाईराख्नु भएको छ भन्ने प्रश्न गर्दा लेखा फाँटमा बुझ्न जाँदा लेखा अधिकृत अरुण कुमार झा र नर्सिङ क्याम्पसका लेखा फाँटका कर्मचारी फुलकुमार यादवले उक्त कुरा प्रशासन फाँटबाट लिनुपर्ने भन्दै टारेका थिए । यता नर्सिङ क्याम्पसमा क्याम्पसका प्रिन्सिपल जयकिशोर लालसँग विहिबार कर्मचारी नियूक्ति विवरण माग गर्दा शुक्रबार आउनुस्, शुक्रबार गएपनि उनी नियतवस क्याम्पसै आएनन् । यी सम्पुर्ण कुराहरुले के पनि देखिन्छ भने अञ्चल अस्पतालमा मेसु मिश्रले अवैध नियूक्तिहरु गरेका छन् ।
अञ्चल अस्पतालको लेखा अधिकृत अरुण झाका अनुसार अञ्चल अस्पतालमा आर्थिक वर्ष २०७०÷०७१ मा नेपाल सरकार तर्फ ९१ जना कर्मचारीहरुको तलब बापत २ करोड ७५ लाख ५७ हजार ६ सय ६० रुपैयाँ र विकास समिति तर्फ १ सय ३९ जना कर्मचारीहरुको तलब बापत २ करोड ३२ लाख ८३ हजार ४५ रुपैयाँ खर्च भएको छ । त्यसैगरी नर्सिङ कलेजमा २९ जना कर्मचारी वापत ३ लाख ८९ हजार १ सय ३० रुपैयाँ तलब र ३६ हजार रुपैयाँ भत्ता मासिक खर्च भईरहेको फुलकुमार यादवले जनाए ।


२०७१ असोज ०५ गते आईतबार

सिके संग राज्य डराए-अनुज मिश्र


अनुज मिश्र
 वाहियात लागेको थियो आज भन्दा २ बर्ष पहिले जब हामि संगै पढ्ने एक मधेसी मित्रले डा. सिके राउतले गरेको पत्रकार सम्मेलनमा सहभागी भएर फर्किदा कोठामा हामीलाई सुनाउनु भएथ्यो राउतको बिचार । त्यस पछाडी मधेस उपर गरिएको एक रिसर्च  सिडी त्यस्तै एक साथीले ल्याउदा ल्यापटपमा देखेका थियौं क्ष् पक्कैपनि त्यस रिसर्च सिडीबाट डा.साहेबले निकै बिदेशी पैसा कमाएछन होला कि नहोलामा हामी विभक्त थियौं । डा।साहेब नाशा बैज्ञानिक हुन्, केम्ब्रिज पिएचडी भन्ने कुरा पनि थाहा  थियो, उनको योग्यता माथि संकोच हुनु अस्वाभाविक थियो , तर पनि चाइनिज सामान र बिदेसी डिग्री खोजखबर राख्नेपर्ने थियो । वहा ‘युएस डिग्री होल्डर’ डा. भएपनि उनका विचार त्यतिबेला व्यवसायिक हो कि जसो लाग्यो । त्यो विचार हाम्रो बहसको बिषय पनि कहिल्यै बन्न सकेन ।  
     २०६३ र ०६४को आन्दोलन पछी मधेसी नेता सरकारमा गएपनि केहि गर्न नसक्दा  मानौं यस्ता कुरामा सत्यता लाग्नै छोडेथ्यो । सब राष्टू र बिकासको नाउमा खेल खेलिरहेको झैँ लाग्थ्यो । २०५० साल् पछिका ‘जेनरेशन’ कोलागि नेपालमा भविष्यनै  छैन जस्तो लाग्ने युवाहरु बिदेशमा  ३० लाख भन्दा बढी छन । संबिधान सभाको निर्वाचनबाट पनि संबिधान नबन्न सक्नुले पनि नैराश्यता निर्माण भएकाहरुमा म एक्लै थिइन । म जस्ता कम्तिमा ५० लाख युवाहरु छन होला बिमुढ़ भएको । एक  पछी अर्काे हुदै कोहि ‘ सुपरमेन’ वा चमत्कारी हुने आएनन । ‘मशिहा’ पवित्र कुरान मै सिमित भो १ आफ्नै श्रीमती वा बालकले पनि इश्वरिय वा असल मानव ठान्ने कुनै नेता भेटिन , होलान केहि ओझेलका पात्रहरु उनलाई खोज्न नभ्याउनु मेरो व्यक्तिगत कमजोरी होला तर मशिहा भनेको जहाँ अन्याय हुन्छ त्यहाँ न्यायको पक्षमा धावा बोल्छन जस्तो लाग्छ । एक दुइले आन्दोलनमा जून रुप अख्तियार गरेर बाघको ढाल ओढे त्यसले धानबालि मात्र सखाप भो । राजा जंगल पसेको  देखे, माओवादी राजा भएर रंक भएको देखे, कांग्रेस हारेर जितेको देखे, राप्रपा भागेर आएको  देखे र मधेसी उपराष्टूपति पुत्ला जलाएको देखे दूइ दशकमा धेरै अन्यन्य भो ।
       टिक्ने भनेको ‘पहाडबाद’ नै रहलान जस्तो लाग्न थालिसकेको थियो कारण अनेक थियो जसमध्ये दिल्ली दरवार र मधेसीरपहाडी नेताको मधेस  प्रति सकारात्मकता नरहनु, मधेसी मन्त्रीलाई पालेले समेत नटेर्नु, मनमा पक्षपात राखेर निष्पक्षता देखाउनु  अर्थात बास्तविक अर्थमा खोक्लो समावेशी लोकतान्त्रिक गणतन्त्र आदिनै महत्वपूर्ण थियो । त्यसमाथि यतिका मैला भावनाहरुसाथ बिकासको परिकल्पना कुनै हवाई महल भन्दा कम थिएन । त्यस्ता बिचारहरु अझै धेरै  राम्रो भनाउनेहरुमा समेत ब्याप्त थियो र छ( हिन्दु राज हुनुपर्ने, संघिय न हुनुपर्ने, भोट किन्नुपर्नेरबेच्नुपर्ने, मै हुनुपर्ने  आदि । विस्तार(बिस्तारै सबैको मुखौटो तल झर्दै गए नया मुखौंटा चढाउदै गएको देख्दा बिकासका कुराहरु भनेको जनतालाई मुर्ख बनाउदै गरको भन्दा कम लागेनक्ष् सिधा कुरा भन्नुपर्दा ( पत्रिकाको पहिलो (पृष्ट कहिले काहीं मात्र आकर्षित गर्ने गर्याे, ‘इडीटोरिअल पेज’ मा निकै समय खर्चेर पढ्दा पनि ‘इरिटेसन’ भएन त्यतीबेला ।
     पहिलो संबिधान सभाको निर्वाचन पछी जुन रूपले मधेशीको पहिचान बिसिसिआइ हालमा अघि रहयो त्यहि रूपले छिटै तल झर्याे । मधेशी नेता, कार्यकर्ता, कर्मचारी, जनता सब बदनाम हुन बेर लगाएनन । मधेशी नेताहरु भ्रस्टाचार, ठमेल, डान्स बार, रक्सी खाएर मातेको अवस्थामा, आदि अख्तियारको दुरुपयोग गर्ने अवस्थाले मधेसकोको अर्काे दुर्दिन सुरुभयो, सबै पार्र्टी टुक्रा (टुक्रा भये ।  यता गल्ती खोज्दै पर्खी बसेका राज्य पक्षले तिनै कमजोरीलाई रेखा चिन्ह लाउदै सबलाई तहलाउँन बेर लगाएनन । आखिरमा मधेशमै मधेशी नेता भन्दा पहाडिया नेताहरु भएको अवस्थालाई नै राम्रो मान्नेहरुको होडबाजी चल्यो । कही कतै कुनै घटना घट्दा पहिले अधिकार अनि बिचार खेप्नुपरेकाहरु समेत संबिधान नबन्ने सम्म मधेशी दलकै प्रतिनिधित्व जुन कुनै हालतमा अर्काे संबिधान सभाको चुनावमा गराउनु पर्ने बिर्सेर पहाडबाद जरा रहेको पार्र्टी (कांग्रस, एमालेलाई नै फेरी जिताएर पठाए ।
     समयनुसार  नेताहरु आवाज उठाएपनि अब पहिले जस्तो सुनुवाई गर्ने कोहि भएनन । धेरैले मोटो रकम लिई पार्र्टी जीवित मात्र राख्ने काम गरे । कतैबाट कुनै आशाको किरण नभेटेपछि जनता भनेको आफ्नो जिविकोपार्जन तिर विस्तार ( बिस्तारै लागे । कतै कसैले व्यक्तिगत रूपममा मधेसी यस्तो (त्यस्तो भन्दा पनि चुपचाप आफ्नो कामतिर लागे । मौका पाएपनि आफैले मौका गुमाएका मधेसीलाइ मानौं जे गरेपनि काठमांडूबाद सदैव रहने जस्तो पनि लाग्न थालेथ्यो ।
मधेसी मूलका चुनावी नेतालाइ जेल हाल्दा, अख्तियारले समाउदा, वा कुनै कार्वाई गर्दा समेत कतै कुनै बिरोध भएन्न । एक मनले मधेशी जनतालाई त्यस्तालाई निर्दाेषी भएपनि ठिकै भए जस्तो लाग्यो ।
        यसबीच डा. सिके राउत बास्तवमा एउटा त्यस्तो ब्यक्ति थिए  जो अहिले पनि मधेसी अधिकारको पक्षमा बिचार राख्दै हिड्थे । २२ जिल्लाकै मधेसी जनता मधेसी पार्र्टीले केहि हुनेवाला छैन भन्दै , आफ्नो हार मानेर कांग्रेस र एमालेलाइनै सत्ता समर्पित गरिसकेको खण्डमा सिंगो राउत जस्ता ब्यक्तिको स्वराज, मधेस देश जस्तो बिचार र परिकल्पना  पागलपन भन्दा कम थिएन ।
      मधेसी जनता स्वमपनि लौ अब सब मधेसी नेता हार मानेपछी  केम्ब्रिज बाट आयो अधिकार दिलाउने भनेर व्यंग प्रहर गर्थे । डा. सिके राउत आफ्नो विचार लोकतान्त्रिक मुल्यमान्यता अनुरुप गंधिबादी शैलीमा सुनियोजित ढंगले चरणबध रूपमा अघि सार्दै गए । जता गएँपनि मधेसी जनता उनलाइ एउटा  कानबाट सुन्थे र अर्काे कानबाट निकाल्थे, त कोहि दखेर हिड्थे ।
      राज्य भने भविष्यमा पनि अब कहिले २०६३ र ०६४ मधेश आन्दोलन जस्ता आन्दोलन नहुन दिन मधेशका अगुवा नेता, ब्यक्ति र हक अधिकार माग्ने खालका पात्रहरुलाई एक(एक गरी नियमपूर्वक गैरकानूनी रूपले मार्दै रसमाउदै गए  । केहि सांचिकै भ्रष्ट र घुसखोर नै थिए । जो बाँकी  थिए, कि त उनका दासत्व स्वीकार गरे, कि त  मौन भए त केहि फुट (फाट रूपमा बिरोध गर्ने भए । त्यस अवस्थामा आन्दोलन दसकौं न हुने निश्चित थियो ।
     मोरंग घटना रातारात फिजियो । एक्कासी मनले भने, राज्यले घोर गल्ती गरे !  मधेशीहरु मौन नै थिए, कारण डा. सिके राउत त्यो मधेशी थिए जसले अरु मधेसी जस्तै कालो बर्ण भएकोले  भेदभाव खेप्नु परेको थियो । त्यस अवस्थामा उनको विचार मात्र  राज्यको विभेदपूर्ण नीतिको बिरुद्ध संग्रहित एक अन्तहीन रिश थियो जून अरुभन्दा अलिक फरक थियो ( एक अलग मधेस रास्टूको कल्पनामा सिमित एक बिचार थियो जसले अझै सम्म कसैलाई करकाप र शस्त्र उठाउन बाद्य गरेको थिएँन बरु बढी शान्त नै थियो ।  राज्यले उनलाई समातेर घोर गल्ती गरे,  आफ्नो विभेदपूर्ण मान्शिक्तालाई प्रकाश पारे र मधेशी जनतामा उनलाई अझै लोकप्रिय बनाएर  चिनाए । उनको बिचार संग डराएर उनलाई समात्नु भनेको अभिव्यक्ति स्वतन्त्राको हनन थियो । साथै राज्य पक्षको मधेसी प्रतिको क्रूर पंचायती दृष्टि ।
राज्यले बरु उनलाई बैज्ञानिक भएकोले मान सम्मान गरिदिदा आफ्नोसरि ब्यबहार गरिदिदाँ उनको तिक्ततालाइ कामगर्न सकिन्थ्यों । आज सिके एक मधेसी भएरै विचार राख्ने स्वन्त्रता समेत नपाएको हो भन्ने सबैलाई थाहा छ । मधेसी समेतले जसको कुरालाई त्यति संबेदनशील भएर  सुन्दैनथे त्यसलाई बोलेको भरमा पंचायती शैलीमा समाउनु र राजद्रोह लगाइनुले स्पष्ट रंगभेदी सरकार इंकित गर्दछ । आज उनको आत्मवृतान्त , बैराग देखि बचावसम्म, मधेस स्वराज, बिर मधेसी पुस्तक बिक्रि समेत बढेको छ । सिकेको विचारलाइ सार्वजनिक बहसमा ल्याइनुपथ्र्याे, सिकेको बिचारलाई सिकेकै अगाडी बिचारले काट्नु पथ्र्याे, गलत सावित गर्नुपथ्र्याे । शान्तिपूर्ण अभिव्यक्तिलाई राजद्रोह लगाऊनु भनेको चरम अलोकतान्त्रिक हुनु हो ! राज्यले सिकेलाई साटेर झनै फक्रिने मौका दिए , बरु उनलाई त्यस्तै छोडिदिंदा उनि मौलाएर जान्थें ! 

२०७१ असोज ०५ गते आईतबार