Monday, September 30, 2013

प्राध्यापक सत्यनारायण गडेरीको हत्या



       
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनकपुर क्षेत्रकै चर्चित नेपाली विषयका सह प्रध्यापक ५० वर्षी सत्यनाराण गडेरीको विभत्स हत्या गरिएको छ । गडेरीको शव धनुषाको कुर्था गाविस ६ को ईट्टाभठ्ठा नजिक ११ असोज विहान ५ बजे फेला परेको हो । सह प्रध्यापक गडेरीलाई अज्ञात समुहले धारिलो हतियार प्रहार गरि घाँटी रेटी र छातीमा एक गोली प्रहार गरि हत्या गरेको अवस्थामा शव भेटिएको धनुषा प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लगि जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । गडेरीलाई कसले र किन हत्या गरियो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले जनाएका छन् । गडेरीलाई राति नै हत्या गरि फालिएको हुन सक्ने प्रहरीको अनुमान छ । विहिवार बेलुका सम्म प्रध्यापकहरुकै सम्पर्कमा रहेका गडेरी साँझ देखि सम्पर्क विहीन रहेका थिए । सिरहाको जिल्लाको अरनामा स्थाई घर भई जनकपुर नगरपालिका ८ मा घर बनाई बस्दै आएका गडेरी जनकपुरको जनकहजारी विद्यापिठ र धनुषा साईन्स क्याम्समा अध्यापन गर्दै आएका थिए । गडेरीले नेपाली व्याकर्ण बोर्डिङ स्कुलका विभिन्न नेपाली भाषाका किताबहरु लेख्दै लेखकको रुपमा समेत परिचित थिए । गडेरीको श्रीमती सहित एक छोरा एक छोरी रहेका छन् । यता सह प्रध्यापक गडेरीको हत्या पश्चात जनकपुर क्षेत्रका सम्पुर्ण क्याम्सका प्रध्यापक र विद्यार्थीहरु स्तव्ध भएका छन् । गडेरीको हत्या भएको केही मिटर पर उनले प्रयोग गरेको ज १ प १९९९ नम्बरको मोटरसाईकल समेत भेटिएको छ ।
धनुषाका प्रहरी नायव उपरीक्षक संतोष सिंह राठौरले हत्यामा संलग्न रहेको आरोपमा एकजनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको बताएकाछन । उनले हत्याको कारण यकिन भइनसकेको जनाए । गडेरीले कुर्थामा रेलवे स्टेशन बन्ने चर्चा रहेको नजिकै जग्गा किनेको बताइन्छ । उनको हत्यापनि त्यहीँ  नजिक भएकोले जग्गाको बिबाद समेत हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेकोछ । प्रहरीका अनुसार जग्गा सम्बन्धी बिबादपनि हत्याको कारण हुन सक्ने संभावना छ । प्रहरीले बारहबिघा छेउमा समेत उनको जग्गा रहेको जनाएकोछ ।केहि संघसंस्थाहरुमा उनको सकृयता र सहकारी संस्था खोल्ने तयारी रहेको प्रनाउ राठौरले जनाए । यसैबीच जनक हजारी विद्यापीठ क्याम्पस जनकपुरका सहायक प्राध्यापक सत्यनारायण गडेरीको अज्ञात व्यक्तिद्धारा गरिएको विभत्स हत्याको विभिन्न क्षेत्रबाट सर्वत्र विरोध भएको छ । उच्च माध्यमिक विद्यालय संघ नेपाल,स्वतन्त्र विद्यार्थी युनियन,प्राज्ञिक विद्यार्थी परिसद,नेपाल, नीजि तथा आवाशिय विद्यालय अर्गनाइजेशन नेपाल धनुषा, अखिल नेपाल राष्टिूय स्वतन्त्र विद्यार्थी युनियन(क्रान्तिकारी), नेपाल विद्यार्थी संघ लगायतका विभिन्न संगठनले छुट्टा छुट्टै रुपमा विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गरी हत्यारालाई पत्ता लगाइ कडा कारबाहीको माग गरेको छ ।


मिति ः २०७०÷६÷१३

हिजो र आज– अनुज मिश्र



  अनुज मिश्र 

आजभोली बर्दीको समय छ,तर हरेककाल समय बर्दी कै मौताजÞ रहन्छ भन्ने कुरा सत्य हैन, केहि दिन पहिला राजा र एकल कांग्रेसको जयजय थियो अनि फेरी माओवादीले छापे, इतिहासले राना बोल्यो । परिवर्तन तीन घण्टाको फिल्म हैन यो त चेतनाले सम्भव हुने समस्टिगत विकास हो जून तपस्या र  बलिदानीले सिंचित हुनेगरेको हुन्छ । राम्रो आवरणले मात्र अग्रगामी भूमिका खेल्न सक्छ भन्ने कुरालाई मात्र सत्य मान्नु भनेको अन्र्तमनमा बासबसेको देवत्वलाई नकार्नु हो । बाहक जो कोहि पनि हुनसक्छ त्यसकोलागि पण्डित ज्यूको तिथि , बिहेको कोट, र मेनकाको सुन्दरता नै अनिवार्य हो भन्ने हैन । गलत बिरुद्ध बोल्न सक्ने क्षमता, त्यस आवाजलाई थिच्ने बिरुद्ध एकजूट हुनसक्ने  इच्छाशक्ति अनि त्यस्ता दोषीलाई पाखा लगाउन अभीजात हल्लाबोल्नुनै काफी छ । जस्तै समय चलायमान छ त्यस्तै यहाँका हरेक महत्वपुर्णकुराहरु भोलि कम महत्व बोक्ने हुन सक्छन , कहीं हतियार बोल्छ त कहिँ कलम । जहाँ जसको चल्यो त्यसैले सत्य बोकेको छ । केहि दिन अगाडी सम्म माओवादी जंगल हुदा तीनलाई  राज्यले आतंकवादी भने तर आज उनैले पनि राज्य चलाए,त्यसबेला प्रहरी बर्दी छोडी भागी हिड्थे, त्यो जागिर पस्नु भनेको इच्छामृत्यु मान्निन्थ्यो । आज तिनैले फेरी जुँगाहाली जनयुद्धकालका दोषीहरुलाई खोरमा हाल्न सम्म भ्याएका छन् ।   आज पत्रकार समुदाय आफ्नो अस्तित्व स्थापित गर्दैछन, पूर्ण स्वतन्त्रता र सुरक्षा नभएपनि आवाजबिहिनका अवाज आफ्नो माध्यम्ले प्रतिनिधित्व गर्न तत्पर भूमिकामा लागिजुटेका छन् संयोगवस समयले निरन्तर फड्को मारिनै  रहेको छ ।  हामीले यिनका निकट भविश्यमा हुने मजबुतीलाई ध्यानमा राखी प्रेस भनेको राज्यमा हुने अबैधानिक र बैधानिक  कार्यलाई जनसमक्ष उजागर गर्ने एक प्रगतिकामी अंग बुझ्नुपर्ने हो  । जसरी घरको कसिंगर लाइ  दिनहु बढार्नुपर्छ देशभित्र हुने बेइमान,  भ्रस्ट व्यक्तिलाई हरेक दिन पाखा लगाउनुपर्छ । देश विष्म परिस्थितिबाट गुज्रिरहेकोबेला जनताले  सुनौलो बिहानीको कल्पना गर्न स्वस्थ बिउ छर्किनुपर्छ । त्यतिमात्र हैन, सरकारी र प्राइभेट  कालेज,स्कूल,क्लव आदि संघ(संस्थाहरुले पनि आफ्नो  क्रियाकलापलाई सकारात्मक सत्य तिर डोर्याउनुपर्छ । वर्षौ देखी भ्रष्ट आधारसिलामा खडा  गरिएको भवनलाई भत्काउनु सानो कुरा हो तर विनिर्माण गर्नु सानो कुरा नभएपनि असम्भव अवश्य पनि हैन, जरूरी छ  त्  केवल पारस्परिक सहयोगको । एउटा नेता आज आफ्नो पहिचान खोज्न जनमानसमा आफ्नो सम्बाहक पठाउनु भनेको उनको  परिस्थितिमा निकै उलटफेर हुनु हो, अहिले स्वसजगता खोज्ने समय हो । एक नेता पछाडी आफ्नो अमूल्य जिवन खर्चिनु भन्दा राम्रो आफै नेता हुनु हो, एक कर्तव्यनिष्ट वा समाज सुधारक हुनु हो । बिकासको मामिलामा अरुलाई विश्वास गर्नु भन्दा राम्रो आफै हाम फाल्नु सर्वोत्तम उपाय हो । मधेसी,गरिब, दलित, आदिवासी,जनजाती, महिला, अपांग, मुस्लिम, सिमान्तकृत  आदि वर्गले जुझारु हुन सर्वप्रथम आफू त्यस मानसिकताबाट  मुक्त हुन जरुरी छ । गरिबले मुक्तिको  निम्ति औसत धनीको जीवनसैलीलाई आफ्नो हक अधिकार बुझ्नैपर्छ । गरिब देशको आफ्नो जनतालाई भेट्न महंगो बग्गी चढेर आउने नेताज्यूलाई भ्रस्टाचारी भन्न मिल्ने पर्याप्त आधार हुँदाहुँदै पनि तिनकै जयजय गर्नु भनेको  त आफ्नो स्वतन्त्र इच्छाले आफू बेचिन स्वीकार्नु हो । क्षणिक लोभमा परेर आफ्नो आत्मा र कर्णधारका भविष्य बेच्नेले त कम्तिमा अब आफूसंग घोर गल्ती भएको नैतिकता पेश गर्नु पर्दछ । समयले त फड्को मार्ने नै छ र मार्दै छ पनि, फेरी त्यतिवेला लाजले समय अगाडी नांगै उभिनुपर्दा राजा र राना कै हालत हुनबाट कसैले पनि नजोगाउने तथ्यलाई  बिर्सिनु भएन । समयले आफ्नो समिकरणमा, दुस्कर्मलाई चाडैं वा अबेर भएपनि नराम्रो परिणाम दिएकै छ । हो, बल पुग्नेले एक(आध घण्टा अबेर भोग्नु परेछ होला, निर्दोषले पनि पिडा खेप्नु परे होला । हो, कहिँ हतियारले पनि सत्य जन्माएछन् होला र कलमले सत्य मारेछन होला तर अनायास समयलाई एकैनास बुझ्नु पनि त असत्य हो । जब समयले मुख खोल्छ कसैको  जोड चल्दैन ।       समयलाई आफैले पनि कमजोर गर्नु भनेको गलतको वकालत गर्नेको संख्या आफैले जोड्नु जस्तै हो । आज फेरी चुनाव टाउकोमा  आएदेखिन नेताहरु लोभ बाँडदैछन् , हिजो सम्म नराम्रो मानिएका नेता ज्यूहरु आजभोली फेरी खुट्टा सार्दै छन्, बिसिर्नेले त्यो घाऊ  पनि बिर्से,कोहि अझै याद राखेछन तर त्यस्ता औंलामा गनेर छन । कहिँ इमान्दारी छाट्ने ब्यक्तिले  पैसा खाएर पनि  भोट हाल्न बेइमानी गर्छन । त कहिँ त्यस्तै भ्रष्ट नेताले फेरी पनि बहुमत बटुल्छन । फेरी तिनैले इमान्दारीका तक्मा पनि लिएर राष्टू हाक्ने कुरा गर्छन । हामी आशा मार्दैनौ परिवर्तन हाम्रो मूल अजेण्डा रहिरहन्छ । उनले बाँडेको लोभ रित्तिने  बितिकै स्पष्ट याद आउंछ असल नेता, असल प्रशासन,असल प्रेस, असल वकिल त् कहिले यिनलाई बनाउने असल शिक्षक महोदय आदि, हामी झन्डै कसैलाई बिसिर्दैनौ । समयले नितान्त आवश्यक बनाएपछि हामी बिजुली काट्नेलाई घरबाट गालि गर्छौ तर त्यसकोबिरोध गर्नेलाई  नैतिक समर्थन गर्न पनि  लाज लाग्छ  ...हाम्रो एजेण्डा परीक्षामा चोरी गराउनु, खुवाउने नेता ज्युमा  इमान्दार नेता ज्यु खोज्नु,गाली गरे  काम गर्नु, अघाएर खाएपनि खाली पेट बारे नलेख्नु, चारैतिर फोहोर गर्नु र  यी कुराको बिरोध गर्नेलाई अमानवीय भन्नु आदि । आज भनेको तिनै हिजोहरु मिलेर बनेको छ, तर हामी चाडै भुल्न तयार छौ इतिहास...हामी मात्र आज देख्छौ...नाजि भुल्छौँ...मष्तिस्कमा केन्द्र पालेर विकेन्द्रीत विकास को कल्पना गर्छौ । हाम्रो बोली र कर्म बीचको  द्वन्दले हामीलाई कमजोर र ती भ्रस्टहरुलाई शक्ति सिर्जन्छ । हामी आदि बन्न स्वेच्छाले तयार छौं ।
        


मिति ः २०७०÷६÷१३

४३ वर्षदेखि न्यायको पर्खाइमा



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको देउरी परवाहा ५ का ६५ वर्षिय चन्द्रदेब मिश्र न्याय माँग्दै हिंडेको ४३ वर्ष भयो । सर्बोच्च अदालत, तात्कालीन भूमी प्रशासन, पुनरावेदन अदालत हुँदै हाल उनी निर्णय कार्यन्वयनका लागि जिल्ला प्रशासन कार्यालय धनुषा धाईरहेका छन् । तर न्याय पाईसकेका छैनन् । जनकपुर गुठीको नाउँमा रहेको धनुषाको परवाहा ३ स्थित साबिक कित्ता नं ७२२ र २०२६ को सर्भे पछि कायम गरिएको कित्ता नं ३२३ को ०(६(१०(० जग्गा धनी प्रमाणपत्र बनाउन उनले सर्बोच्चसम्म धाए । सर्बोच्चले पक्षमै आदेश दिएपनि निर्णय कार्यन्वयनका लागि उनले अझै प्रशासन समक्ष धाईराख्नुपरेको छ । मिश्रका बुवा नचारी मिश्रले वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गा २०२६ सालको सर्भेमा फिल्डबुकमा छुट्न गई ऐलानी कायम भयो । ऐलानी कायम भएको बारे समयमै जानकारी नभएपनि २०३३ सालमा सर्बोच्चमा आफ्नो नाउँमा दत्र्ता कायम भएको साबिक कित्ता नं को जग्गा ऐलानी कायम गरिएकोमा उत्प्रेषणको माँग गर्दै रिट दिए ।सर्बोच्चले २०३३ को १६ फाल्गुनमा २०२९ को पुस १० मा भूमी प्रशासनले ऐलानी कायम गरेको निर्णय त्रुटीपूर्ण रहेको ठहर गर्दै प्रशासकको नाउँमा परमादेश जारी गर्यो । यद्दपी सर्बोच्चको निर्णयको कार्यन्वयन नहुँदा मिश्र परिवारको नाउँमा जग्गा प्रमाण पूर्जा बनेन् । ३१ वर्षसम्म निरन्तर अदालत, प्रशासन कहाँ सबूत प्रमाण लिएर धाएपनि जग्गाा धनी प्रमाण पूर्जा नबनेपछि चन्द्रदेब मिश्र पुनरावेदन गए । मालपोत कार्यालयले २० जेठ,२०६२ मा जग्गाको तारेख तोडेर मिसिल तामेलीमा राख्ने निर्णय गरेपछि पुनरावेदन गरेका मिश्रले पुनरावेदनबाट पनि मालपोतको निर्णय बद्दर गरिएको आदेश पाए । र सर्बोच्चले दिएको आदेशलाई ध्यानमा राख्दै भोगचलन गर्दै आएका मिश्रसँग मौजूद प्रमाण तथा सिफारिशलाई मध्यनजर गरेर निर्णय गर्न मालपोतलाई आदेश दियो । पुनरावेदनले आदेश गरेको ६ वर्ष बित्यो । विवादको किनारा लाग्न सकेको छैन् ।
पिडित चन्द्रदेव मिश्र(वायाँ) र
 न्यायका लागि प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली कहाँ गुहार लगाउँदै ।
गुठी तर्फको जग्गा भएकाले गुठीले २४ असोज २०४७ मा मालपोत कार्यालयलाई नामासारी दर्ता गरी जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराई दिन पत्र नै लेखेको छ । देउरी परवाहा ३ नचारी मिश्रको नाउँमा दर्ता रहेको नापीमा दर्ता हुन छुट भएको र साविकमा निजकै नाममा नम्बरी रहेको देउरी परवाहा ५ कित्ता नं. ७२२(साविक) सर्वे नापी हुँदा कायम भएको वार्ड नंं. ५ कित्ता नं.३७३को ६ कठ्ठा १० धुर जग्गा समेत मिनहा महलबाट लगत कट्टा गरी छोराहरु श्रीकान्त मिश्र, चन्द्रदेव मिश्र र वैदनाथ मिश्रको नाउँमा संयूक्त दर्ता नामसारी गरिदिने निर्णय भएको उक्त पत्रमा उल्लेख भएपनि नेपाल सरकारको नाउँमा रहेको जमिन कसरी नामसारी गरिदिने भन्दै मालपोत कार्यालयले नामसारी नगरिदिएको पिडित ७५ वर्षिय चन्द्रदेव मिश्र गुनासो गर्छन । मिश्रले जग्गाको भोगचलन बापत् गुठीलाई कुत समेत बुझाएका छन् । २०२० देखि २०५४ सम्म भूमीकर बुझाएका मिश्रको २०६० यता गुठीले भूमीकर समेत लिन अस्वीकार गरेको छ । साबिक कित्ता नं बाट चन्द्रदेब मिश्रले १६ धुर जग्गा बिक्रि गरेका छन् । बिक्रि भएको जग्गाको भोगचलनकै आधारमा जग्गाधनी प्रमाण पूर्जा समेत बनेको छ । तर उनले भोगचलनमा ल्याएको जग्गाको बखेडा न्यायालयमा पुगेको ४३ वर्ष भईसक्यो, प्रमाणको आधारमा आफ्नो भन्न पाएका छैनन् ।



मिति ः २०७०÷६÷१३

रातो साइरन बजाउंदै हिड्ने दास पक्राउ



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला टूाफिक प्रहरी कार्यालय धनुषाले रातो बत्तिको दुरुपयोग गरेको आरोपमा जनकपुरमा चालक सहित भारतीय नम्बर प्लेटको गाडि नियनत्रणमा लिएको छ।    
राजनीतिक दलका कार्यकर्ताहरुले गाडिमा रातो बत्तिको १० असोजमा राती ८ बजे तिर भारतीय नम्बर प्लेट व्ज्ण्ज्ञख् ढडद्दड नम्बरको साइरन बजाउँदै गाडी कुदाईरहेको अवस्थामा आशंका लागेपछि स्थानियवासीले  टूाफिक प्रहरीलाई खबर गरेका थिए । खबर पाएपछि प्रहरीले राति मुरली चौकबाट उक्त गाडी र चालकलाई नियन्त्रणमा लिएको थियो ।
नियन्त्रणमा लिएको गाडि अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको टूाफिक प्रहरी निरिक्षक राजन भेटवालले जानकारी दिनु भयो । प्रहरी निरीक्षक भेटवाल भन्छन,“ आफुलाई साइरन बजाएर हिडनु हुदैन भन्ने जानकारी नरहेको कारण गल्ती भयो, सद्भावना पार्टीबाट धनुषाको क्षेत्र नं. ३ बाट प्रत्यक्ष तर्फ सभासदका लागि उठदैछु, अनुसन्धानको क्रममा उनले बताएका छन ।” पक्राउ परेको गाडीलाई छानविन गरिदै छ, गाडीको सक्कल कागजात नरहेको पाइयो, प्रतिलिपी दिएको हुनाले गाडीकै पनि अनुसन्धान अगाडी वढेको भेटवालले बताएका छन । रातो साइरन बजाउने अधिकार सुरक्षा निकाय, स्वास्थय क्षेत्र र मन्त्रिपरिषदकै निर्णय भएर अधिकार दिएको व्यक्ति मात्र हुनुपर्छ अन्यथा कारवाही अगाडी वढछ , भेटवालले बताएका छन । नियन्त्रणमा लिएको गाडिमा राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीको चुनाव चिन्ह तिर छापको झण्डा समेत लगाएको पाइएको छ । दलितको अगुवा बताउने महोत्तरीको बगरा घर भएका  जगदीस दासले आफुलाई विशेष सुविधा सहित भारत सरकारले उपलब्ध गराएको भन्दै केही दिन यता  धनुषा महोत्तरी लगायतका जिल्लामा रातो बत्ति बालेर साइरन बजाउदै हिडि रहेका थिए ।
यसअघि आफनो नाम  परिवर्तन गरि जगदीस चन्द्र लोहनी बताउने दासले एक वृद्धलाई ठगि गरेको आरोपमा दुई दिन थुनामा समेत बसेको धनुषाका एक प्रहरी अधिकृतले बताएका छन । उनी चढने हिरोहोन्डा मोटरसाइकलमा समेत राष्टिूय अध्यक्ष लेखेर समाजमा दम्भ र आफ्नो वर्चस्व देखाउने गरेको स्थानियबासी बताउँछन । पक्राउ परेका गाडिमा भारतको झारखण्ड राज्यको नम्बर प्लेट रहेको छ। उनि राजेन्द्र महतो नेतृत्वको सदभावना पार्टीमा प्रवेश गर्ने तरखरमा थिए ।


मिति ः २०७०÷६÷१३

मान्छे मार्नु त यिनको सौख जस्तो हो – उत्तम राज सुवेदी, प्रहरी उपरीक्षक धनुषा




१४ साउन २०७० मा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले विगत लामो समयदेखि धनुषा प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका स्वामीजी भनिने उमेश यादव र पृथ्वी सिंह भनिने श्याम यादवलाई पक्राउ गरेर प्रहरीलाई सफलता दिलाउन सफल भएका छन । फरार अभियूक्त र अपराधी पक्राउ गरी जिल्लामा शान्ति सुरक्षा वहाल गर्ने मिसनका साथ धनुषा आएका प्रहरी उपरीक्षक सुवेदीसँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादीत अंश प्रस्तुत छ । 


धनुषा प्रहरीको कार्यभार सम्हाले लगतै पत्रकारहरुसँगको पहिलो परिचयात्मक भेटघाटमा तपाईले विगतका चर्चित तथा जघन्य अपराध गरी फरार रहेका सशस्त्र समुहहरुका मस्ट वान्टेडको सूचीमा रहेका अभियूक्तलाई पक्राउ गर्ने बताउनु भएको थियो । दुई महिना भित्रै तपाईले पत्रकार उमासिंह हत्याको प्रमुख योजनाकार भनिएका स्वामीजी भनिने उमेश यादव र अखिल तराई मुक्ति मोर्चाका पोलिट व्यूरो सदस्य पृथ्वी सिंह भनिने श्याम यादवलाई पक्राउ गर्न सफल हुुनु भयो । कसरी पाउनु भयो सफलता ?
घन्यवाद । हजुरले भन्नु भएको कुरा ठीकै हो । म यहाँ धनुषामा हाजिर भएपछि विगतमा ठुला(ठुला अपराध गरी फरार रहेका मस्ट वान्टेड अपराधीलाई कानुनको दायरामा ल्याउँछु भनेर हजुरहरुसँग मैले कमिटमेन्ट पनि गरेको थिएँ । त्यही लक्ष्य अनुसार हामीले टीम वर्क अनुसार काम गर्न सूरु गर्यौ । हामीले प्रहरीका विभिन्न दर्जाका कर्मचारीहरु वसेर फरार रहेका अभियूक्त र अपराधीहरु को–को छन, तिनीहरुको गतिविधि के–के छन, लुकेर कहाँ कहाँ वसिरहेका हुन सक्छन लगायतका विषयमा सूचना संकलन गयार्,ै समिक्षा गर्यौ । समिक्षाको क्रममा तत्काल हामीले पक्राउ गर्ने पर्ने मान्छेहरुको सूची बनार्यौ । त्यसपछि विभिन्न टीमहरु बनाई सबैलाई जिम्मेवारी दिर्यौ । कतिपय अपराधीहरु भारत तर्फ बस्ने, कतिपय अपराधीहरु पेशेवर भईरहेको हुँदा सूरुमा हामीहरुले नीजहरुको बारेमा सूचना सङ्कलन गर्न र तिनीहरुसम्म कसरी पुग्ने भन्ने निश्चय नै अप्ठयारो भएको थियो । तर हामी सबै एक ढिक्का भएर अनुसन्धानको क्रमलाई जारी राख्र्यौ । अहिले पनि त्यो क्रम जारी नै छ । त्यही क्रममा स्वामीजी भन्ने उमेश यादव र पृथ्वी सिंह भन्ने श्याम यादव लगायत १०–१२ जना फरार अपराधीहरुलाई पक्राउ गरी अनुसन्धान गरी कानुनको दायरामा ल्याउने कार्य अगाडी बढाएका छौं ।
जसरी तपाई आउने वित्तिकै पुरानो फाइलहरु रीओपन गर्ने भनेर प्राथमिकतामा लिनु भयो र कार्यलाई अगाडी वढाउँदै गर्दा विगतका प्रहरी प्रमुखहरुले ती फाइललाई रिओपन गरी केस अगाडी वढाएको, नवढाएको अपडेट भएको । नभएको तपाईले कस्तो अनुभूति गर्नू भयो ?
पक्कै पनि कोही पनि प्रहरी अधिकृतहरुले कुनै पनि घटनाको फाइललाई क्लोज गरेर राखेको अवस्था रहँदैन । वहाँहरुले आफ्नो तर्फबाट पक्कै पनि प्रयास गर्नु भएको थियो होला । लामो समय देखि अपराधी फरार रहेको यहाँ जुन प्रवृति मैले देखें, तिनीहरुको खोजी कार्यलाई नै मैले प्राथमिकतामा राखें । चर्चित, जघन्य र ठुल–ठुला अपराधका घटनाहरुको मैले गम्भीरताका साथ सुक्ष्म अनुसन्धान गरी के पनि विचार गरें कि किन पक्राउ पर्न सकेका छैनन, कुन कुन प्रयास गर्न सकिएको छैन भन्ने कुरा मुल्याङ्कन गरेर अगाडी वढ्र्यौ ।
त्यै मुल्याङ्कन गर्दा विगतमा त्रुटी कहाँ भएको भन्ने ठम्याउनु भयो ?
छैन यसलाई त्रुटी नमार्नौ । विगतमा धेरै घटनाहरु भएका छन  । कुनै केशमा वहाँहरुले सफलता प्राप्त गर्नुभयो, कुनैमा गर्न सक्नु भएन । तर प्रयास गरेर बाँकी राखेको काम न मैले गरेको हो ।
एसपी र डिएसपी मात्रै फेरिएको छ, टीम पुरानै हो तर के कुराले टीम एफोर्ट यति सशक्त भयो ? पुराना प्रमुखहरु कहीं कसैको दवाव, प्रभाव वा प्रलोभनमा त परेको होइन ?
दवाव र प्रलोभनको त म कहीं गुन्जायसै देख्दिैन । यती जघन्य अपराधहरुमा कसैको दवावकै भरमा फाइल अगाडी नवढाउने अथवा अनुसन्धान अगाडी नवढाउने कुरा छैन होला । शायद मैले नोटिस के गरे की मैले यी केसहरुलाई विशेष प्राथमिकतामा लिएको होला । कहिले काँही के हुन्छ भने धेरै एफोर्ट गर्दा पनि असफलता पनि हुन्छ, त्यही भएको हुन सक्छ होला ।
स्वामीजी भन्ने उमेश यादवलाई पक्राउ गरी अनुसन्धान गरेको एक साता भन्दा वढी भइसकेको अवस्थामा उमासिंहको हत्या के कति कारणले, किन भएको हो, केही खुलेको छ ?
 अनुसन्धान अहिले पुरा भएको छैन । किन भने यो वहुत चर्चित र विशेष गरी मिडियाका साथीहरुलाई आफ्नै सहकर्मी भएको हुनाले पनि वढी चासो हुन्छ र आम जनसमुदायमा पनि महिला सञ्चारकर्मी मारिए पछि वढी चासो हुन्छ । त्यसकारण अनुसन्धानको यो केसको पहिले पनि अनुसन्धान गरिएको अवस्था छ र व्यक्ति पक्राउ परेपछि गरिएको प्रारम्भिक अनुसन्धानबाट पनि विगतमै आएका कुराहरु जस्तै यिनको उमाकी भाउजुसँगको सम्बन्ध नै हो ।
कस्तो सम्बन्ध, अवैध सम्बन्ध वा हत्याको लागि पैसाको लेन देनको सम्बन्ध वा अन्य केही ?
अवैध सम्बन्ध नै हो । पैसाको लेनदेनको कुरा देखिएको छैन ।
स्वामीजी ले यत्रो अपराध त्यो पनि निर्मम हत्याहरु, अपहरण, चन्दा आतङ्क, एक पछि अर्को अपराधको चाङ्ग नै देखिन्छ । यिनको मनोवृति तपाईले कस्तो पाउनु भयो, किन भने प्रारम्भमा त यिनी ज्वाला समुहमा लागेको पछि आफ्नै समुह गठन गरेको पनि देखिएको छ नि ?
अपराधीहरुको फरक–फरक मनोवृति हुँदो रहेछ । यो स्वामीजीको वारेमा त मलाई आफै के कुरा अचम्म लागेको छ भने कुनै पनि घटना घटाएकोमा त्यसलाई स्वीकार गर्नमा पनि उनलाई कुनै किसिमको हिचकिचाहट छैन । फेरी कुनै पश्चाताप पनि नभएको भन्ने फेसियल एक्सप्रेसन पाइन्छ । यिनी राजनीतिक आवरणमा विशुद्ध अपराधीको रुपमा प्रस्तुत हुने अपराधी हुन ।
त्यै त स्वामीजीले नखुलाएको वा स्वीकार नगरेको भए भरतपुरमा गरिएको दुईजनाको हत्या, दर्जर्नौ अपहरण लगायतका घटनावाट पर्दा पनि उठने थिएन होलाा । किन भने ती घटनाहरुबारे प्रहरीले पनि यस अघि सम्म केही अनुसन्धान गर्न सकेको थिएन । पढेलेखेका पनि हुन भने पछि पेशेवर अपराधी किन बन्यो ?
अव नीजको भनाईलाई नै आधार मान्ने हो भने पनि नीज सूरुमा क्रान्ति गर्ने विचार वाटै ज्वाला समुहमा आवद्ध भएको देखिन्छ । तर जव ऊ आफै अपराधमा संलग्न हुन्छ, विशुद्ध रुपमा आफुलाई अपराधिकरण गरेर पावरमा पुग्ने र पैसा कमाएर आफ्नो वर्चस्व जमाउने र एक किसिमले मान्छेलाई दुःख दिँदा, धम्काउँदा आनन्द महसुस गर्ने प्रवृति रहेको मान्छे मैले पाएको छु । उनको अपराधको अल्टिमेटली उद्देश्य चाहिँ एक्सटोर्सन गरेर पैसा कमाउने नै देखिएको छ ।
मान्छे हत्या गरेर इन्जवाई गर्ने, आनन्दित महसुुस गर्ने, सेटिस्फाइड हुने प्रवृति चाँहि किन देखा परेको होला ?
त्यै त मलाई पनि अचम्म लागेको छ । त्यो कुराको अनुसन्धान मैले गर्दैछु । त्यो मानसिक कुरा पनि हुन सक्छ ।
प्रतिशोध वा आवेश प्रेरित केहि कुरा देखिदैन । उनले त मान्छे हत्या त शोखको रुपमा लिएको देखिन्छ । कुनै कुरामा पश्चाताप नै छैन । जुन सुकै अपराध गर्दा पनि मानौं जस्तो उसलाई केही असर नै परेको छैन । यो त सामान्य कुरा हो जस्तो उनले लिएको देखिन्छ ।
अव पृथ्वी सिंहको कुरा गरौं । उनले अनुसन्धानको क्रममा के–के कुराहरु खुलाएका छन ?
नीजको पनि चालढाल हेर्दा पश्चातापको कुनै कुरा देखिएको छैन । नीजले त स्वामीजीको भन्दा अझ पोलिटिकल हुँ भन्ने मनसाय हामीकहाँ राख्न खोजेका छन । तर अपराधको दुनियाँमा यिनी पनि गइसकेपछि वढी चाँहि ‘मनी माइन्डेड’ नै भएको देखिन्छ । उमेश यादव घटना गराएरै अस्तित्व देखाउने र पृथ्वी सिंह धम्कीकै भरमा बम व्लास्ट गराएकै भरमा आफ्नो वर्चस्व देखाउन खोजेको देखिन्छ । उमेश यादव ज्यान मार्न पनि पछि नहटने भने पृथ्वी सजिलैसँग थर्काएर वा प्रभावमा पारेर श्रृङ्खलावद्व अपाराधको घटना गरेको देखिन्छ ।
आकाश त्यागी ‘राम यादव’ र पृथ्वी सिंह ‘श्याम यादव’ दुवै दाजुभाई सशस्त्र समुहमा आवद्ध भए । त्यागी प्रहरी मुठभेडमा मारिएको भनिएको छ र पृथ्वी पक्राउ परेका छन । यिनीहरु सशस्त्र समुहमा आवद्ध भएको के कारण बताएका छन ?
सुरुवातमा त यिनीहरुको उरनठउल्ले प्रवृत्ति नै हो । समाजमा अलिकति उदण्ड किसिमका मान्छे, जे गरे पनि कसै सँग नडराउने स्वभावको प्रतिफलले गर्दा पावरमा वस्ने महत्वाकाङ्क्षा पुरा गर्न मिहिनेत गर्नू, जागिर खानु, व्यापार व्यवसाय गर्नू भन्दा धेरै गाह्रो । सजिलो उपाय अलिकति राजनीतिक आवरण देखाउन सशस्त्र समुहमा लाग्ने र पछि गएर संगठनको नाउँ आफ्नो ठाउँमा तर व्यक्तिगत रुपले संगठनको आवरणमा पैसा कमाउने, वर्चस्व जमाउने नै हो ।
सशस्त्र समुहहरुले टेलिफोन मार्फत वा लेटरप्याड मार्फत माँग गरिएको चन्दामा विर्चालियाले नै वढी फाइदा उठाएको भनेर भन्ने गरिन्छ । के हो तथ्य ?
एकदमै ठीक कुरा भन्नु भयो । अहिले देशमै विचौलिया भन्ने जुन विकृतिको रुपमा आको छ नि, मलाई पनि यो अपराधीहरुको दुनियाँमा पनि विचौलियाहरुले नै बाजी मार्दो रहेछ । तपाईले भन्नु भएको कुरा एकदमै साँचो हो । म अहिले यसमा पनि अनुसन्धान गरिरहेको छु । एक्सटोर्सन गरेर वा धम्काएर रुपैयाँ त सशस्त्र समुहहरुकहाँ बुझाइएको छ । तर माँग गरे अनुसार वा दिनेले दिए अनुसारको रकम तिनीहरुकहाँ पुग्दोरहेनछ । विचौलियाले लाभ उठाउँछ ।
विचौलियामा कस्ता मान्छेहरु रहेका छन ?
विचौलियामा सशस्त्र समुहहरुले नै प्रयोग गर्ने साना कार्यकर्ताहरु एक थरिका भएभने  अर्को तहका विचौलियाका वारेमा अहिले सम्म पुर्णतः खुलेको छैन, खुल्ने क्रम जारी छ । केही न केही सफेदपोश मान्छेहरुको पनि यसमा सहभागिता भएको हुन सक्छ र, हामीले अनुसन्धान गर्दै जाँदा ती सफेदपोशलाई पनि कानुनको दायरामा ल्याउने ठाउँ भए ल्याइन्छ ।
कति रकम सम्मको कारोवार हुने गरेको छ ? महिनावारी नै जाने गरेको पनि हल्ला त व्यापकै छ ?
अहिले यिनीहरु पक्राउ परेपछि हामीलाई काम गर्नुभयो, धन्यवाद भनेर भन्नेहरु धेरै पायौं । तर कति रकम दिनु हुन्थ्यो भनेर भन्दा अहिले त्यति खुलेको छैन । विगतमा सुरुवाती अवस्थामा त जनकपुरवाट करोडौ रकम मासिक जाने गथर््यो बीचमा अलि कम भयो र अहिले पनि सानो रकम होइन ठुलै रकम जाने गरेको छ ।
सशस्त्र समुहका संगठनहरु कस्तो पाउनु भयो, शक्तिशाली छन वा छैनन ?
पहिले सशस्त्र समुहमा लागेकाहरु पनि यो वाटो ठीक होइन, गलत वाटोमा आइएछ भनेर कतिपय वार्ता मार्फत मूलधारमा आइसकेका छन । कोई अव वैदेशिक रोजगारीमा गएको कोइ सर्वसाधारण जनता भई आफ्नो व्यवसाय पनि गरिराखेका छन । अहिले तिनीहरुको संगठन एकदमै साँगुरिदै गएको छ । अहिले विशुद्ध अपराधीहरुको समुह संगठित भए पनि धेरै सानो संख्यामा रहेका छन ।
कस्ता व्यक्तिहरु अपराधिक समुहमा लागेका छन ?
सिमित मान्छेहरु भारतको कुनै ठाउँमा लुकेर बस्ने, लागु पदार्थका दूव्र्यसनी भएका नेपाली यूवाहरु (विशेष गरी) एक दुई जना फाटफुट भारतीय यूवाहरु पनि प्रयोग हुने गरेको छ । ती नेपाली यूवाहरुलाई सस्तो प्रलोभन दिएर स्पेसिफिक अपराधमा प्रयोग गर्ने अथवा पैसाहरु संकलन गर्ने काममा प्रयोग भएको देखिन्छ ।
तिनीहरुसँग हतियारको अवस्था कस्तो छ ? कहाँबाट पाउने गरेका छन ?
अहिलेसम्म लेटेस्ट अवस्था हेर्दा तिनीहरुसँग त्यस्तो सोफिस्टिकेटेड हतियारहरु भाको अवस्था छैन । खुला सिमा भएको कारण त्यसको फाइदा लिदै हतियारहरु छिराउने प्रयास गर्ने, छिराउने र एक्सपलोसिभ पनि छिराएर साना तिना घटना घटाउने, त्यति मात्र हो ।
केही साता देखि चोर, डाँका, बच्चा अपहरण गर्नेहरुको ठुलो हल्ला चलेर रातभरि गाउँका यूवाहरु पहरा दिने गरेका छन । के हो यो ?
वास्तवमा यो रयुमर नै हो र सिरहा हुँदै यता सम्म आएको हो । हामीले पनि त्यस्तो अपराध भएको कहीं पनि पाएनौं । हाम्रो प्रहरी पुर्णतः परिचालित छन । त्यो रयुमर नै हो ।
पक्राउ परेपछि सशस्त्र समुहहरुले काउन्टर अटयाक गर्ने कति सम्भावना छ ?
हामी जुन सुकै बेला पनि सुरक्षाका लागि चनाखो हुन्छौ र हुनु पनि पर्छ । यहाँले भने जस्तो कसैले वदलाको भाव राख्छ भने त्यसको लागि हामी तयार छौ । त्यसको विरुद्धको कारवाहीलाई पनि हामीले तदारुकताका साथ तयारी भएर वसेको अवस्थामा छौ ।


मिति ः २०७०÷६÷१३

म्यादी प्रहरीका लागि यूवाहरुको भीड



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सरकारले आसन्न संबिधानसभाको निर्बाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा दरखास्त आवहान गरेपछि जिल्ला प्रहरी कार्यालय धनुषामा फारम भर्ने युवाहरुको भिडभाड लागेको छ ।    
संबिधानसभाको निर्बाचनको चहलपहल बढदै गएपछि चुनाब हुनेमा बिस्वसत रहेका युवाहरुले चर्काे घाममा घण्टौ लाम लागेर भएपनि फारम भर्न उत्साहका साथ जुटेका छन । म्यादी प्रहरीमा भर्नाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अबकास प्राप्तहरुलाई बिशेष प्राथमिकता दिने भनिएपनि बेरोजगार युवाको भिडभाड पनि निकै देखिएको छ । भयरहित बाताबरणमा संबिधानसभा निर्बाचन सम्पन्न गराउनको लागि धनुषामा मात्र करिब १५ सय जना भन्दा अधिक म्यादी प्रहरी भर्ना गर्ने भएको छ । बेरोजगारिका कारण घरमै बस्नु भन्दा संबिधानसभाको निर्बाचनमा योगदान दिने र दुई महिनामा करिब ३० हजार नगद पनि पाउने भएपछि युवाहरु यस प्रति आर्कषित भएका हुन । सरकारले म्यादी प्रहरीको हकमा पनि राष्टू सेबक कर्मचारी सरह नै १० लाख रुपैयाको जिबन बिमाको समेत व्यबस्था मिलाएको छ । दरखास्त आबहान भएको पहिलो दिन नै धनुषामा ५ सय भन्दा अधिक युवाहरुले म्यादी प्रहरीका लागि फारम बुझाएका छन् ।

मिति ः २०७०÷६÷१३

पाखण्डहरुका कुकृत्यहरु


उमेशलाल कर्ण

संसारिक मोहमायामा बाँधिएका व्यक्ति आप्mनो सरोकारका साथसाथै अरुको सरोकार, इच्छा आकांक्षालाई पनि महत्व दिई व्यवहार गर्नु पर्ने हुन्छ । यसमा जसले जति अरुका लागि प्रयाश गर्दछन् उसलाई त्यतिकै मान, मर्यादा प्राप्त हुन्छ । कस्ले कसबाट कति स्याबासी पाएको छ, कसको बारेमा सकारात्मक चर्चा कति भएको छ, त्यसको गणनाबाट कुनै व्यक्तिको सामाजिक  हैशियत निर्धारण गर्न सकिन्छ । अहिलेको परिबेशमा अनेक आडम्बर गरेका र अरुको सामुन्ने आप्mनो असल पक्षहरुको मात्र कुरा गरेर बाँकि सबैलाई दोषारोपण गर्नमा अधिकांश समय खर्चेर आपूm चाँहि प्रशंसित हुन प्रपञ्च रचना गर्न अत्यन्तै सिपालु हुन्छन् । अहिले सूचना सञ्चारको युगमा यस्ता मुकुण्डोधारीहरु जसले अन्य सोझासाझाहरुलाई  भ्रमित गर्ने पाखण्डीपनालाई सार्वजनिक रुपमा पर्दाफास गर्न सञ्चार क्षेत्रका मिडियाहरुले सत्य तथ्यहरुको आधारमा समाचारहरु प्रशारण गरेर अत्यन्तै उल्लेखनीय काम गरेको छ । पाखण्डीहरुले गरिरहेका र गर्न खोजेका कुकृत्यहरुलाई सबैका सामु प्रष्ट्याउन सहयोग गर्दछ । अहिले परिबर्तन भएका मूल्य र मान्यताको आधारमा सबैले आआप्mना दिनचर्यामा परिवर्तन गरेर भविष्यका मार्गलाई सहज बनाउन सक्दछ । आधुनिक परिवर्तित युगमा भएका विविध परिवेशहरुकोको आधारमा कुनै पनि शासन पद्धतिको आँखा भनेको सञ्चार क्षेत्र नै हो । यसमा पनि विभिन्न अनावश्यक  आधारमा अनेक दबाबको सिर्जना भएर वास्तविक सत्य कुनै कुनै बेला ओझेलमा पर्न सक्ने सम्भावनाहरु बढेर जान्छ । समाजमा भएका स्थापित मूल्य र मान्यताले कुनै समाजका व्यक्तिहरुलाई बाँच्न विभिन्न आधारहरु तयार गरि दिएको हुन्छ  । समाजका त्यस्ता मूल्यहरुको संरक्षण र सम्बर्धन पनि भई रहेको हुन्छ । अहिलेको परिबर्तित युगमा पनि विभिन्न अन्धविश्वासले घेरिएका समाजको निर्माण भएर अन्धविश्वासको जालमा नपर्ने पनि पर्न सक्छ । सीमा भन्दा बढी आस्तिकताले मान्छेमा अन्धभक्ति जन्माउँछ । अन्धभक्तिले सही र खराब मार्गलाई छुट्याउन सक्ने क्षमता भएको स्थानलाई थुनेर राख्दछ । अन्धभक्तहरुलाई कुनै समस्याले सताउन थाल्दा उसले सर्वप्रथम ईश्वरकै स्थान दिएका गुरुलाई गुहार्छन् र आफुभित्र रहेका क्षमताहरु जसलाई अन्धभक्तिका तत्वहरुले छेकेर राखेको हुन्छ । अन्धभक्तिमा संलग्न त्यसलाई प्रयोग गर्न सक्दैन । कुनै समस्या भएको अवस्थामा अरुको बिचार सल्लाहहरुको प्रयोग गरेर समाधान गर्न खोज्छन् तर समाधान गर्नमा असफल हुन्छन् । कतिपय अवस्थामा अहिलेका कामलाई मूल प्रधानतामा राखेर काम गर्नेहरु आत्मगुरु ( आपैm गुरु ) को सन्दर्भमा रहेर परिश्रम गर्दा रहेछन् । 
 नेपालमा भएका सामाजिक साँस्कृतिक, भाषिक, पर्यावरणीय, जातिगत जस्ता अन्य विवधताले गर्दा पनि फरक फरक समाजमा फरक फरक किशिमका व्यवहारहरु रहेका छन् । यसलाई एउटा प्रगतिको मूल मार्गमा लगन सबैको सहभागिताको आवश्यकता हुन्छ । असल खराब एवम् गर्नै नहुने कार्यहरुको सूचीलाई समय समयमा सामाजिक नेतृत्वहरुले प्रकाशमा ल्याउनु पर्दछ । अहिलेका सन्ततीहरु पछिका युगमा समायोजन एवम् सहज जीबन धान्न पहिलेका मूल्य भन्दा पनि भविष्यमा बुभ्mनु पर्ने मूल्यहरुको बारेमा जान्नु पर्ने नितान्त आवश्यक भएको छ । धर्म पनि एउटा मानव जीबनलाई अनुशासित संयमित एवम् आनन्दमय बनाउन महत्वपूर्ण भूमिका खेलेको हुन्छ । धर्मलाई पनि एउटा संकुचित मार्गमा डोर्याउन धर्मनेताहरु मध्ये कसै कसैले प्रयाश गरिरहेको देखिन्छ । हाम्रा भविष्यका सन्ततीहरु यस्ता संकुचित दायरामा रहेर बाँच्न बाध्य भएका छन् । उनीहरुमा मानव धर्म ( साझा धर्म ) को बारेमा सचेत गराउने खालका इमान्दार एवम् समकालीन धर्मनेतृत्वको खाँचो भएको छ । विभिन्न श्रृंगारमा सजिएका गुरुहरु कुनै सत्सँगको कार्यक्रममा पनि असान्दर्भिक बातचित गर्ने र आप्mना अनुयायीहरुलाई पनि त्यस्ता खोक्रा शब्द एवम् वचनले उनीहरुलाई भ्रममा पारेर आपूmले जानेको बाटो भन्दा अरुले जानेको बाटोमा हिँड्न बाध्य बनाउँछन्, नजानेको बाटोमा हिँड्न खोज्दा अन्तिम गनतव्यमा पुगनै कठिन साबित हुन जान्छ ।
धर्म र कर्मले मान्छेलाई सद्मार्गमा हिड्न सहयोग गर्दछ । धार्मिक मूल्य र मान्यताहरुमा समयको परिबर्तित हिसाबले परिबर्तन भई रहन्छ त्यसलाई पनि आत्मसात गर्नु पर्ने हुन्छ । यस्ता परिबर्तनकामीहरुको सहभागितामा नयाँ नयाँ आधारहरु तयार हुन्छन । धर्म प्रतिको आस्था घट्नु भएन यदि यस्ता मूल्यहरु घट्न थाल्यो भने यसले सामाजिक अमूल्य सम्पदाहरुको क्षती गराउन सहयोग गर्दछ । अहिलेको हाम्रो सामाजिक संरचनालाई ख्याल गरी कुनै कुनै कठिन मूल्यहरुलाई विस्तारै परिबर्तन गर्दै जानु पर्ने हुन्छ । यस्ता कामहरुमा धर्मगुरुहरुको नेतृत्व भयो भने यसले पनि पाखण्डहरुलाई लिंढेढिप्पी ( आप्mनो प्रशंशा ) गर्न सहयोग गर्दछ । प्रत्यक्ष रुपमा अनुभव हुने गुणहरुको आधारमा कुनै व्यक्ति नेता वा अन्य पक्षमा कार्यरत व्यक्तिहरुमा विश्वास गर्न आवश्यक परीक्षण अवलोकन गर्नु पर्ने हुन्छ नत्र आँखा चिम्म गरी कसैको हचुवा अभिव्यक्तिको आधारमा विश्वास गर्नु हुँदैन ।  
धर्ममा भएका विचार, दृष्टिकोण तथा कार्यहरुलाई अरुकै भरमा विश्वास गर्न कठिन हुन्छ । यस प्रकार धार्मिक व्यवहारलाई दैनिक जीबनको व्यवहारको कसौटीमा राखेर ठीक भएको अवस्थामा मात्र विश्वास गरी आपूmले स्वीकार गरी अरुलाई पनि सहभागी बनाउन सकिन्छ ।
प्राचिनकालीन महान दार्शनिक कालिदासको भनाई “ दुःखेको आँखालाई बलि रहेको बत्ती मन पर्दैन ” भन्ने छ । यस भनाईबाट प्रष्ट हुन्छ, जसको जे क्षमता आवश्यकता समस्या छ त्यसैको आधारमा मात्र समाधानका विभिन्न उपायहरुलाई प्रयोग गर्न सकिन्छ । अहिलेसम्मको बुझाईमा केही खास स्थानहरुमा पाखण्डहरुको जमघट नै हुने गर्दछ, त्यस्ता ठाउँहरुमा जाँदा विभिन्न किशिमले शतर्क भई सजगताका साथ अरुलाई पहिचान गर्दै आप्mनो समस्यालाई समाधान गर्न संलग्न हुनु पर्दछ । पाखण्डहरु जमघट हुने स्थानहरु मध्ये अग्रपंक्तिमा धार्मिक स्थान, अशिक्षितहरुको बाहुल्य क्षेत्र, सघन बस्ती भएको ठाउँहरु, एकान्त बास गर्ने साधु, योगी, उच्च स्तरका निकायहरु इत्यादि ।
अहिले निर्दोष भएर बस्ने मान्छे पनि अरुको शोषणमा पर्दछ, त्यसैले जीवनको वास्तविक सन्दर्भमा गर्नु पर्ने कामहरुमा सहयोग गर्ने वा सहयोग लिनेहरुमा पूर्ण विश्वास गर्नु भन्दा पहिला व्यवहार गर्ने तथा व्यवहार आप्mनो अनुकुल भयो भने मात्र विश्वास गर्ने परिपाटिको थालनी गरौं ।
प्रतिक्रियाका लागि इमेल ठेगाना ःetcumesh@yahoo.com


मिति ः २०७०÷६÷१३

शिक्षा कार्यालयका कार्यालय सहयोगीको आलिशान महलमा झोले विद्यालय



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला शिक्षा कार्यालयका कर्मचारीहरु नै धनुषामा झोले विद्यालय सञ्चालन गर्दै आएको रहस्य सार्बजनिक भएको छ । स(साना बालबालिकाहरुलाई कखरा पढाई शिक्षाको बाटोमा डो¥याउने नाममा लामो समयदेखि सरकारी अनुदान र सेबा सुविधा लिदै आएका त्यस्ता विद्यालयमाथि अहिले सम्म जिल्ला शिक्षा समिति र स्थानीय प्रशासनले कुनै कारबारी गरेको छैन ।
दुई वटा झोले विद्यालयका व्यवस्थापन समितिका 
अध्यक्ष समेत रहेका शिक्षा कार्यालयका कार्यालय सहयोगी विल्टु मण्डल । 
  जिल्ला शिक्षा कार्यालय धनुषाका कार्यालय सहयोगी बिल्टु मण्डलले बिद्यालय नै सञ्चालन नगरि दुई वटा बिद्यालयको नाममा सेबा सुबिधा लिदै आएको द एक्सक्लुसिभ साप्ताहिकले ३० भाद्रमा खुलासा गरेको थियो ।  जनकपुरमा जनकपुर नगरपालिका बडा नम्बर(४ स्थित जानकी गुरुकुल बिद्यालय र वडा नम्बर (१२ स्थित रामजानकी गुरुकुल विद्यालयले १८ चैत्र २०६७ सालमा स्वीकृती प्राप्त गरे  पनि अहिले सम्म कुनै प्रकारको शैक्षिक गतिविधि सञ्चालन नगरेको समाचार प्रकाशन भएपछि शिक्षा कार्यालयका कार्यालय सहयोगी मण्डलले ६ असोज २०७० मा आफ्नो नीजि घरमा श्रीराम जानकी प्राथमिक विद्यालयको बोर्ड झुन्ड्याएका छन । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका मण्डल भन्छन,“विद्यालय संचालनका लागि यसअघि जनकपुरको कटैया चौरीमा जग्गा खोजेका थिर्यौ तर जग्गामा विवाद उत्पन्न भएपछि विद्यालय संचालन गर्न सकेका थिएनौं ।”
अचम्म नै भन्नु पर्छ समुदायको नाउँमा हस्तान्तरण भएको विद्यालय मण्डलले आफ्नो निजी आवासमा संचालन गरेर चोखिन खोजेपनि जानकी गुरुकुल विद्यालयको सन्दर्भमा मण्डल भन्छन,“ उक्त विद्यालय कुनै मठ मन्दिरमा संचालन गर्नुपर्ने हुनाले मठ मन्दिर खोजेर विद्यालय संचालनमा ल्याउने प्रयास गर्दैछौं । उक्त विद्यालयको नाउँमा यस वर्ष साउन महिनामा पिसिएफ कोटा अन्तरगत १ जना शिक्षकको कोटा परेपनि हालसम्म शिक्षक तय गर्न सकेका छैनौं ।” निजी निवासमा संचालन गरेको उक्त विद्यालयमा कक्षा १ देखि ३ सम्म पठनपाठन हुने गरेको तथा ६७ जना कुल विद्यार्थी रहेको मण्डल बताउँछन । निजी स्रोतमा प्रधानाध्यापक आनन्द मण्डल, रुका मिश्र र हरिलाल मुखिया गरी तीन जना शिक्षक रहेको मण्डलले बताएका छन ।  तर अचम्म कस्तो छ भने मण्डलले शिक्षक शिक्षिकाहरुको दिएको नामावली भन्दा भिन्न मिकी सिंहले विद्यार्थीहरुलाई पढाईरहको देखियो । देशैभरी वैशाखको प्रारम्भ देखिनै विद्यालयको पठनपाठन सत्र सुरु हुन्छ तर उक्त विद्यालयमा अचानक असोज महिनामा विद्यार्थी कहाँबाट आए खोजको विषय हो । विगतमा पनि कतिपय झोले विद्यालयका संचालकहरुले अनुगमन हुने बेलामा भारतबाट र अन्य विद्यालयमा नामाङकन भएका विद्यार्थीहरुलाई पढाएको देखाएर सबै रकम भ्रष्टाचार गर्ने गरेको प्रवृति नै रहेको छापा माध्यमहरुमा समाचार नआएको पनि होइन । सुविधाको नाउँमा पाठयपुस्तक, दलित, छात्रा छात्रवृत्ति र पिसिएफ कोटा वापत ४५ हजार रकम शिक्षा कार्यालयबाट पाएको मण्डलले बताएका छन  । अव सवाल के उठछ भने यतिका दिनसम्म विद्यालय नै संचालन नगरेका र विद्यालयको नाउँमा प्रत्येक वर्ष शिक्षा कार्यालयबाट पाउने गरेको लाखौं रकमको अनुदान दुरुपयोग गर्ने र ठगी गर्ने उक्त कार्यालय संचालक मण्डललाई सम्बन्धित निकायले हालसम्म किन कारवाही गरेको छैन ? सिरहा लवदी गोठ घर रहेका मण्डलले २०५० सालमा मध्यमाञ्चल क्षेत्रिय शिक्षा निर्देशनालयका तत्कालिन निर्देशक कमल प्रसादलाल कर्णको कृपाबाट कार्यालय सहयोगीको रुपमा जागिर पाएका मण्डलले सामान्य तलबकै भरमा जिविकोपार्जन गर्न कठिनाई हुने अवस्थामा जनकपुरमा घडेरी किनी आलिसान तिनतल्ले महल बनाउनुले पनि आशंका उब्जाउने प्रसस्त आधार देखिन्छ । कार्यालय सहयोगी मण्डल धनी हुनु हुदैन भन्ने सबाल होइन तर एक जना सामान्य कर्मचारी कम समयमै अइसोआरामका साथ विलासिताको जिवन शैली जिउन थाल्नुले पनि उनले विगतमा गरेको भ्रष्टाचार तथा आर्थिक अनियमितता प्रष्ट देखिन्छ । मण्डल मात्र होइन धनुषामा पावर र पहुँच भएका कतिपय व्यक्तिले झोले विद्यालय संचालन गरी सरकारी रकम झ्वाम्म पारेका छन । मण्डल त उदाहरण मात्र हुन । धनुषामा शिक्षा कार्यालयमा पावर र पहुँच बनाएर कहलाउने व्यक्तिहरुले समेत विद्यालय संचालनको अनुमति लिएर सरकारी अनुदानको दुरुपयोग गरेर भ्रष्टाचार गर्ने गरेका छन ।
एक सय एक गाविस र एउटा नगरपालिका रहेको धनुषामा शिक्षा कार्यालयका कर्मचारीले अतिरिक्त आम्दानी लिएर कुनै किसिमको भौतिक पूर्वाधार र शैक्षिक गतिविधि सञ्चालन नगरेका डेढ दर्जन भन्दा अधिक  विद्यालयहरुलाई अनुमति दिएको अनुमान छ  । शैक्षिक गतिविधि सञ्चालन नै नगरी लामो समयदेखि ती विद्यालयका शिक्षकले सरकारी धनराशि कुमल्याउदै आएका छन् । त्यस्ता विद्यालयका शिक्षकमाथि अहिलेसम्म कुनै  कारबाही भएको छैन ।
शिक्षा कार्यालय धनुषाका कार्यालय
सहयोगी विल्टु मण्डलको आफ्नै आलिसान महलमा
एक साता अघिमात्र झुन्ड्याइएको विद्यालयको बोर्ड ।
धनुषाका निमित्त शिक्षा अधिकारी शशि यादव भन्छन,“ जिल्लामा भोले विद्यालयहरु संचालनमा रहेको भनेर जनगुनासो हामी कहाँ पनि आएको छ । जिल्ला भरीका स्रोत केन्द्रहरुका स्रोत व्यक्तिहरुलाई झोले विद्यालयको अनुगमनका लागि खटाइसकिएको छ । स्रोत व्यक्तिहरुले दिने प्रतिवेदनको आधारमा यकिन गरिएको झोले विद्यालयका संचालकहरुलाई कारवाही गरिने छ ।”
जिल्ला शिक्षा समिति धनुषाका अध्यक्ष तथा स्थानीय विकास अधिकारीले जिल्लामा १६ वटा झोले विद्यालयहरु रहेको आशंका रहे पनि १० वटा विद्यालयहरुको नामावली सार्वजनिक गर्दै तिनीहरु विरुद्ध कारवाहीको प्रक्रिया अगाडी वढाउने प्रतिवद्धता जाहेर गरेका छन । सुवेदीका अनुसार रामजानकी प्रावि जनकपुर–४ सरस्वती नगर, जानकी गुरुकुल विद्यालय जनकपुर–४, गिरनारी प्रावि वसहिया–७, सरस्वती तुल्सी मेहर प्रावि तुल्सीयाही निकास, आदर्श प्रावि रमदैया–९, डिहवार बाबा प्रावि रमदैया–५, प्रावि रमदैया –२, सोनाई मैया नागेश्वर साह प्रावि भतही, सरस्वती प्रावि बरमझिया –५ र ज्ञानज्योती प्रावि कनकपट्टी गरी १० वटा विद्यालयहरु झोले विद्यालय हुन । अरु थप विद्यालयहरुको खोजी कार्य भइरहेको सुवेदीले बताए । विद्यालय अनुमति पाउने वित्तिकै विद्यार्थी संख्या अनुसार छात्रवृति, पाठयपुस्तक, मसलन्द खर्च बापत लाखौं रुपैयाँ विद्यालयले पाउने गरेका हुन्छन । यसका अतिरिक्त विद्यालय भवन निर्माणका लागि पनि रकम कुम्लयाउने गरेका हुन्छन । धनुषामा आर्थिक वर्ष २०६९÷०७० मा कक्षा १ देखि ८ सम्मको छात्रा छात्रवृति का लागि भनेर रु.२ करोड ८ हजार १ सय, दलित छात्रवृतिको लागि रु. १ करोड ५५ लाख २८ हजार ४ सय, कक्षा देखि ५ सम्मको निशुल्क पाठय पुस्तक वापत रु. १ करोड ४६ लाख ३८ हजार ५ सय १८ निकाशा भएको तथ्याङक देखिन्छ । यसरी शिक्षा कार्यालयबाट निकासा गरिएको करोडौ रकम मध्ये झोले विद्यालयका संचालकले पनि रकमको दुरुपयोग गरेको पाइन्छ । संचालित झोले विद्यालयहरुको स्वीकृति खारेज गर्नुपर्ने यस अघि नै नेपाल सरकारले निर्णय गरिसकेको छ तर धनुषामा शिक्षा अधिकारीले अनुमति खारेज गर्नुको सट्टा बजेट विनियोजन गरेको पाइन्छ । कतिपय झोले विद्यालयमा दरबन्दी प्राप्त शिक्षक कार्यरत रहेका छन र विद्यालय नै नभएको हुनाले कामै नगरी घरमै बसी बसी तलब खाने गरेका छन ।
लामो समयदेखि विद्यालय स्थापनाका साथै कुनै किसिमको शैक्षिक गतिविधि नै सञ्चालन नगरी झोलामा विद्यालयको नाम र शिक्षकको नाम बोकेकोभरमा सरकारी रकम निकासा गरी दुरुपयोग गर्ने शिक्षक र जिल्ला शिक्षाअधिकारी लगायत अनुमति दिने तत्कालिन जिल्ला शिक्षा समितिका पदाधिकारीलाई समेत कानुनको दायरामा  ल्याउन आवश्यक छ ।

मिति ः २०७०÷६÷१३

धनुषामा १०,महोत्तरीमा ३ जनाले हतियार बुझाए



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषा जिल्लामा १० जनाले इजाजत प्राप्त हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाएका छन् । आउँदो मंसिर ४ गते हुने भनिएको संविधान सभाको निर्वाचनको मध्यनजर गरी धनुषा जिल्ला प्रशासन कार्यालयले  इजाजत प्राप्त हतियार बुझाउन सर्वसाधारणमा आग्रह गरेको थियो ।
तोकेको समयसीमा भित्र धनुषा जिल्लामा १० जनाले हतियार बुझाएका छन् । गत भदौ २६ देखि असोज ६ गतेभित्र इजाजत प्राप्त हतियार बुझाउन आव्हान गरिएको थियो । करिब २ सातामा मात्र १० जनाले हतियार बुझाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका इन्सपेक्टर गोविन्द पुरीले जनाए । 
अब घर घरमा गई हतियार खोजतलाश गर्छु, उनले भने(तोकेको समयमा नबुझाएपछि घर घरमा पुग्नै पर्ने भयो । ’ संविधानसभाको निर्वाचन भयरहित वातावरणमा सम्पन्न गर्ने लक्ष्य अनुसार स्थानीय जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना जारी गर्दै यस्तो आग्रह गरेको थियो । 
अहिले बुझाएको हतियारहरु संविधानसभाको चुनावपछि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणलाई फिर्ता गर्ने छ । जिल्ला प्रहरी कार्यालयमा हतियार बुझाउन भनिएको थियो  । जिल्ला प्रशासन कार्यालय धनुषाले १ सय १८ जनाको सूची जारी गरेको छ । १ सय १८ जनामा असोज ७ गतेसम्म मात्र १० जनाले हतियार बुझाएका छन् ।  
तीन थान बन्दुक बुझाइए
१९१ हतियारधारी सम्पर्कबाहिर
संविधानसभाको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले इजाजतप्राप्त हतियार बुझाउन उर्दी महोत्तरीमा तीन थान हतियार बुझाइएको छ । गौशाला(१ का शेखर शर्माको नाममा दर्ता रहेको लाइसेन्स नम्बर १८२६ हतियार नम्बर २४४० ए÷९ रहेको १२ बोरको दुईनाले टोटावाल बन्दुक एक थान, बन्दुकमा लाग्ने गोली १९ राउन्ड बुझाइएको छ । त्यसैगरी मटिहानी(८ का रामप्रसाद जैमपुरीको नाममा रहेको लाइसेन्स नम्बर १८४९ हतियार नम्बर एमओ २०८ रहेको १२ बोरको दुईनाले बन्दुक नाटा एक थान र जलेश्वर(१० का तारानन्द ठाकुरको नाममा दर्ता रहेको लाइसेन्स नम्बर १३५ हतियार नम्बर १८३ रहेको १ नाले टोटावाल बन्दुक एक थान बुझाइएको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा भने २०७० असार मसान्तसम्मका एक सय दुई, २०७१ असार मसान्तसम्मका लागि १८ र २०७२ असार मसान्त सम्मका लागि ७४ वटा हतियारहरु नवीकरण गरिए पनि हालसम्म ती हतियार बुझाउन इजाजत पत्रधारीहरु नआएको महोत्तरी प्रशासनले जनाएको छ । जिप्रका महोत्तरीले मंसिर ४ गते हुने संविधानसभाको निर्वाचन शान्तिपुर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न हातहतियार खरखजाना ऐन २०१९ को दफा ८ बमोजिम विभिन्न व्यक्तिहरुसँग रहेको इजाजत पत्रप्राप्त हतियारहरु बुझाउन असोज ६ गतेसम्मको म्याद दिईएको थियो । यसरी बुझाइएको हतियार निर्वाचन अवधिभर प्रहरीमा राखी निर्वाचन भएको सात दिनपछिबाट फिर्ता गरिने सार्वजनिक सूचना जारी गरिएको थियो । सूचना अल्लङ्घन गर्नेलाई प्रचलित कानुनबमोजिम कार्वाही गर्ने जनाए पनि हालसम्म तीन थान मात्र हतियार बुझाइएको हो ।


मिति ः २०७०÷६÷१३

सक्रिय राजनीतिमा राजु चौधरीको ‘सुपर एन्ट्री’



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............


क्रिकेटमा कुनै व्याट्सम्यानले डेव्यु गरेकै दिन सतक लगाई नटआउट रहेको पारी सधै उक्त खेलाडीको लागि अविस्मरणीय रहन्छ । अविस्मरणीय मात्र होइन ऐतिहासिक समेत बन्न पुग्छ । ठीक त्यसै गरी सक्रिय राजनीतिमा कसैले पदार्पण गरेकै दिन मैदान जित्नु भनेको पनि ऐतिहासिक नै हुन्छ । सक्रिय राजनीतिको दुनियाँमा जनकपुरका एक यूवाको नेतृत्वमा हजारौ व्यक्तिको पार्टी प्रवेश हुनु र क्षेत्रबाट आधिकारीक उम्मेदवारको घोषणा हुनु पनि मैदान जित्नु भन्दा कम होइन । जनकपुरका लोकप्रिय यूवा राजु चौधरीको नेतृत्वमा विद्यार्थी नेता ज्ञानेन्द्र झा (ज्ञानु), सुदर्शन सिंह, दिपक झा, भवेश मिश्र , राजेश तिवारी लगायत हजारौ कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरी १२ असोजमा धनुषाको जटहीमा एक भव्य कार्यक्रमका विच राष्टिूय मधेस समाजवादी पार्टीमा प्रवेश गरेका छन । 

‘राजु चौधरी नही ये आन्धी है, धनुषा क्षेत्र नं. ३ का गान्धी है’ भन्ने नारा लगाउदै जनकपुरबाट करिव १ हजार मोटरसाइकल तथा सयौं जिपका साथ निकालिएको ¥यालीले उक्त पार्टीका केन्द्रिय अध्यक्ष शरद सिंह भण्डारीलाई धनुषाको मुजेलियाबाट स्वागत गर्दै जनकपुर नगरलाई परिक्रमा गरि जटही पुगेको थियो । जटही पुग्ने वित्तिकै त्यहाँ उपस्थित धनुषा क्षेत्र नं. ३ अन्तरगत १७ गाविसहरुबाट आएका हजारौं नेता तथा कार्यकर्ताहरुले अध्यक्ष भण्डारी र नवप्रवेशी यूवा नेता राजु चौधरीलाई अविर माला लगाएर जोडदार स्वागत गरेका थिए । उक्त मन्चमै सम्बोधनको क्रममा अध्यक्ष भण्डारीले यूवा नेता चौधरी प्रति जनताको वढदो आकर्षणलाई आत्मसाथ गर्दै क्षेत्र नं. ३ का लागि प्रत्यक्ष तर्फको उम्मेदवार रहेको आधिकारिक घोषणा गरेका थिए । कार्यक्रममा विद्यार्थी नेता ज्ञानेन्द्र झा(ज्ञानु) नवप्रवेशीहरुको तर्फबाट पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै  धनुषा क्षेत्र नं. ३ मा निधिको होइन विधिको शासन चाहिएको बताउँदै अधिकार, पहिचान, स्वाभीमानका लागि आफुहरु डटेर लड्ने बताएका थिए । पार्टी प्रवेश कार्यक्रमको मुख्य केन्द्र विन्दु रहेका राजु चौधरीले संविधानसभाको निर्वाचनमा पार्टीले आफ्नो घोषणा पत्र ल्याउने भएपनि क्षेत्र नं. ३ का जनताहरुले सुझाएको मुद्दालाई सम्बोधन गर्न उक्त घोषणा पत्रमा अलगै च्यापटर राखिने बताएका थिए । जटहीको धरतीपुत्र दुर्गानन्द झालाई गणतन्त्र आइसकेपनि नेपाली कांग्रेसले राष्टिूय सहिद घोषणा गराउन नसक्नु, सहिद दुर्गानन्द झाको नाउँमा जटहीमा बन्ने भनिएको अस्पताल निर्माण नहुनुमा केही खलनायकहरु कारक रहेको बताउँदै चौधरीले आफु निर्वाचना जिते पनि वा हारेपनि जटहीमा उक्त अस्पताल बनाई छाड्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्षेत्र नं. ३ का गाउँहरुमा घुम्दा त्यहाँ प्रजातन्त्र आएको अनुभुति आफुलाई नभएको भन्दै सिचाई, स्वास्थ्य, सडक नहुँदा जनतालाई अप्ठयारो हुने गरेको भन्दै चौधरीले नदी पारीका गाउँहरुका लागि प्रसुति गृहको निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । क्षेत्रिय अध्यक्ष रोहित चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टी अध्यक्ष भण्डारी, जिल्ला अध्यक्ष महाशंकर ठाकुर, दलित नेतृ मुन्नी दास, मुस्लिम नेता समीम मन्सुरी लगायत केन्द्रबाट आएका नेतृत्वहरुले आफ्नो मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा करिव १० हजारको संख्यामा कार्यकर्ताहरु उपस्थित रहेको आयोजकले दावी गरेका थिए ।
राजु चौधरीको कांग्रेससँग बगावत 
आफ्नो स्थापनाकाल देखि आजसम्म नेपाली कांग्रेसको शक्तिको मुख्य केन्द्र मधेस रहेको छ । अहिले पनि नेपाली कांग्रेसमा मधेसी मुलका नेता र कार्यकर्ताहरुको विशाल संख्यात्मक उपस्थिति छ । 
तर राजनीतिमा सदासर्वदा संख्यातन्त्र हावी भइरहँदैन । सानो राजनीतिक आँधीको अगाडी नै विशाल संख्याको बल हतप्रभ हुन पुग्छ । नेपाली कांग्रेसले मधेसी जनसमुदायलाई आफ्नो मधेसप्रतिको विचारधाराबाट चित्त बुझाउन नसकेकै कारण र मधेसलाई सम्बोधन गर्न नसकेकै कारण, मधेसको समस्या तथा तिनको अस्मिताको मुद्दालाइ राष्टिूयकरण गर्नमा स्पष्ट एवं जोडदार रुपमा उभ्याउन नसकेकै कारण, मधेसको समस्या तथा तिनको अस्मिताको मुद्दालाई राष्टिूयकरण गर्नमा स्पष्ट एवं जोडदार रुपमा उभ्याउन नसकेकै कारण सदियौ देखि पिडित, सासित तथा शोषित मधेसी  जनताले  गरेको मधेस विद्रोहमा नेपाली कांग्रेसका कद्दावर नेता तथा पदाधिकारी नै रहेका तत्कालिन कोषाध्यक्ष महन्थ ठाकुर, विजय गच्छदार, शरद सिंह भण्डारी, जयप्रकास गुप्ता लगायत थुप्रै नेताले बगावत गर्दै मधेस केन्द्रित आन्दोलन लाई नेतृत्व प्रदान गर्न पुगे । देशमा लोकतन्त्र स्थापनाका लागि पञ्चायती व्यवस्था विरुद्ध जनकपुरबाट उदघोष गरिएको २०४६ सालका आन्दोलनको हिरो ललन चौधरीको योगदान, लोकतन्त्र प्राप्तीका लागि देशमा भएको हरेक मुभमेन्टको अग्रपंक्तिमा रहेर जेलनेल समेत भोगेका ललन चौधरीलाई कांग्रेसले सम्मान गर्न नसकेकै परिणाम हो, उनका भाई राजु चौधरीको बगावत । विमलेन्द्र निधि नेपालको राष्टिूय राजनीतिका एक चर्चित पात्र हो । कांग्रेस विभाजन भई शेरबहादुर देउवाको नेतृत्वमा गठन भएको नेपाली कांग्रेस प्रजातान्त्रिकमा महामन्त्री भएपछि पार्टी एकिकरण पश्चात भएको राष्टिूय महाधिवेशनमा संस्थापन कोइराला पक्षका प्रकाशमान सिंह बाट पराजित हुन पुगेका थिए । विगतमा धनुषाको ४ नम्बर क्षेत्रबाट प्रतिनिधि सभाको लागि उम्मेदवार हुने गरेका निधि पराजित भएपछि गाउँ नगराईन क्षेत्र नं. ३ बाट संविधानसभाको चुनावमा सर्वाधिक १५ हजार ५ सय ८२ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्धन्दी एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत प्राप्त गरेका थिए ।  नेपाली कांग्रेसको सदस्य नरहेपनि कांग्रेस प्रति सुभेक्षा राख्दै आएका चौधरीको वगावतले त्यस क्षेत्रका नेता विमलेन्द्र निधिलाई असर पार्ने त्यहाँका स्थानिय वासीहरुको आंकलन रहेको छ ।

मिति ः २०७०/६/१३