अनुज मिश्र
आजभोली बर्दीको समय छ,तर हरेककाल समय बर्दी कै मौताजÞ रहन्छ भन्ने कुरा सत्य हैन, केहि दिन पहिला राजा र एकल कांग्रेसको जयजय थियो अनि फेरी माओवादीले छापे, इतिहासले राना बोल्यो । परिवर्तन तीन घण्टाको फिल्म हैन यो त चेतनाले सम्भव हुने समस्टिगत विकास हो जून तपस्या र बलिदानीले सिंचित हुनेगरेको हुन्छ । राम्रो आवरणले मात्र अग्रगामी भूमिका खेल्न सक्छ भन्ने कुरालाई मात्र सत्य मान्नु भनेको अन्र्तमनमा बासबसेको देवत्वलाई नकार्नु हो । बाहक जो कोहि पनि हुनसक्छ त्यसकोलागि पण्डित ज्यूको तिथि , बिहेको कोट, र मेनकाको सुन्दरता नै अनिवार्य हो भन्ने हैन । गलत बिरुद्ध बोल्न सक्ने क्षमता, त्यस आवाजलाई थिच्ने बिरुद्ध एकजूट हुनसक्ने इच्छाशक्ति अनि त्यस्ता दोषीलाई पाखा लगाउन अभीजात हल्लाबोल्नुनै काफी छ । जस्तै समय चलायमान छ त्यस्तै यहाँका हरेक महत्वपुर्णकुराहरु भोलि कम महत्व बोक्ने हुन सक्छन , कहीं हतियार बोल्छ त कहिँ कलम । जहाँ जसको चल्यो त्यसैले सत्य बोकेको छ । केहि दिन अगाडी सम्म माओवादी जंगल हुदा तीनलाई राज्यले आतंकवादी भने तर आज उनैले पनि राज्य चलाए,त्यसबेला प्रहरी बर्दी छोडी भागी हिड्थे, त्यो जागिर पस्नु भनेको इच्छामृत्यु मान्निन्थ्यो । आज तिनैले फेरी जुँगाहाली जनयुद्धकालका दोषीहरुलाई खोरमा हाल्न सम्म भ्याएका छन् । आज पत्रकार समुदाय आफ्नो अस्तित्व स्थापित गर्दैछन, पूर्ण स्वतन्त्रता र सुरक्षा नभएपनि आवाजबिहिनका अवाज आफ्नो माध्यम्ले प्रतिनिधित्व गर्न तत्पर भूमिकामा लागिजुटेका छन् संयोगवस समयले निरन्तर फड्को मारिनै रहेको छ । हामीले यिनका निकट भविश्यमा हुने मजबुतीलाई ध्यानमा राखी प्रेस भनेको राज्यमा हुने अबैधानिक र बैधानिक कार्यलाई जनसमक्ष उजागर गर्ने एक प्रगतिकामी अंग बुझ्नुपर्ने हो । जसरी घरको कसिंगर लाइ दिनहु बढार्नुपर्छ देशभित्र हुने बेइमान, भ्रस्ट व्यक्तिलाई हरेक दिन पाखा लगाउनुपर्छ । देश विष्म परिस्थितिबाट गुज्रिरहेकोबेला जनताले सुनौलो बिहानीको कल्पना गर्न स्वस्थ बिउ छर्किनुपर्छ । त्यतिमात्र हैन, सरकारी र प्राइभेट कालेज,स्कूल,क्लव आदि संघ(संस्थाहरुले पनि आफ्नो क्रियाकलापलाई सकारात्मक सत्य तिर डोर्याउनुपर्छ । वर्षौ देखी भ्रष्ट आधारसिलामा खडा गरिएको भवनलाई भत्काउनु सानो कुरा हो तर विनिर्माण गर्नु सानो कुरा नभएपनि असम्भव अवश्य पनि हैन, जरूरी छ त् केवल पारस्परिक सहयोगको । एउटा नेता आज आफ्नो पहिचान खोज्न जनमानसमा आफ्नो सम्बाहक पठाउनु भनेको उनको परिस्थितिमा निकै उलटफेर हुनु हो, अहिले स्वसजगता खोज्ने समय हो । एक नेता पछाडी आफ्नो अमूल्य जिवन खर्चिनु भन्दा राम्रो आफै नेता हुनु हो, एक कर्तव्यनिष्ट वा समाज सुधारक हुनु हो । बिकासको मामिलामा अरुलाई विश्वास गर्नु भन्दा राम्रो आफै हाम फाल्नु सर्वोत्तम उपाय हो । मधेसी,गरिब, दलित, आदिवासी,जनजाती, महिला, अपांग, मुस्लिम, सिमान्तकृत आदि वर्गले जुझारु हुन सर्वप्रथम आफू त्यस मानसिकताबाट मुक्त हुन जरुरी छ । गरिबले मुक्तिको निम्ति औसत धनीको जीवनसैलीलाई आफ्नो हक अधिकार बुझ्नैपर्छ । गरिब देशको आफ्नो जनतालाई भेट्न महंगो बग्गी चढेर आउने नेताज्यूलाई भ्रस्टाचारी भन्न मिल्ने पर्याप्त आधार हुँदाहुँदै पनि तिनकै जयजय गर्नु भनेको त आफ्नो स्वतन्त्र इच्छाले आफू बेचिन स्वीकार्नु हो । क्षणिक लोभमा परेर आफ्नो आत्मा र कर्णधारका भविष्य बेच्नेले त कम्तिमा अब आफूसंग घोर गल्ती भएको नैतिकता पेश गर्नु पर्दछ । समयले त फड्को मार्ने नै छ र मार्दै छ पनि, फेरी त्यतिवेला लाजले समय अगाडी नांगै उभिनुपर्दा राजा र राना कै हालत हुनबाट कसैले पनि नजोगाउने तथ्यलाई बिर्सिनु भएन । समयले आफ्नो समिकरणमा, दुस्कर्मलाई चाडैं वा अबेर भएपनि नराम्रो परिणाम दिएकै छ । हो, बल पुग्नेले एक(आध घण्टा अबेर भोग्नु परेछ होला, निर्दोषले पनि पिडा खेप्नु परे होला । हो, कहिँ हतियारले पनि सत्य जन्माएछन् होला र कलमले सत्य मारेछन होला तर अनायास समयलाई एकैनास बुझ्नु पनि त असत्य हो । जब समयले मुख खोल्छ कसैको जोड चल्दैन । समयलाई आफैले पनि कमजोर गर्नु भनेको गलतको वकालत गर्नेको संख्या आफैले जोड्नु जस्तै हो । आज फेरी चुनाव टाउकोमा आएदेखिन नेताहरु लोभ बाँडदैछन् , हिजो सम्म नराम्रो मानिएका नेता ज्यूहरु आजभोली फेरी खुट्टा सार्दै छन्, बिसिर्नेले त्यो घाऊ पनि बिर्से,कोहि अझै याद राखेछन तर त्यस्ता औंलामा गनेर छन । कहिँ इमान्दारी छाट्ने ब्यक्तिले पैसा खाएर पनि भोट हाल्न बेइमानी गर्छन । त कहिँ त्यस्तै भ्रष्ट नेताले फेरी पनि बहुमत बटुल्छन । फेरी तिनैले इमान्दारीका तक्मा पनि लिएर राष्टू हाक्ने कुरा गर्छन । हामी आशा मार्दैनौ परिवर्तन हाम्रो मूल अजेण्डा रहिरहन्छ । उनले बाँडेको लोभ रित्तिने बितिकै स्पष्ट याद आउंछ असल नेता, असल प्रशासन,असल प्रेस, असल वकिल त् कहिले यिनलाई बनाउने असल शिक्षक महोदय आदि, हामी झन्डै कसैलाई बिसिर्दैनौ । समयले नितान्त आवश्यक बनाएपछि हामी बिजुली काट्नेलाई घरबाट गालि गर्छौ तर त्यसकोबिरोध गर्नेलाई नैतिक समर्थन गर्न पनि लाज लाग्छ ...हाम्रो एजेण्डा परीक्षामा चोरी गराउनु, खुवाउने नेता ज्युमा इमान्दार नेता ज्यु खोज्नु,गाली गरे काम गर्नु, अघाएर खाएपनि खाली पेट बारे नलेख्नु, चारैतिर फोहोर गर्नु र यी कुराको बिरोध गर्नेलाई अमानवीय भन्नु आदि । आज भनेको तिनै हिजोहरु मिलेर बनेको छ, तर हामी चाडै भुल्न तयार छौ इतिहास...हामी मात्र आज देख्छौ...नाजि भुल्छौँ...मष्तिस्कमा केन्द्र पालेर विकेन्द्रीत विकास को कल्पना गर्छौ । हाम्रो बोली र कर्म बीचको द्वन्दले हामीलाई कमजोर र ती भ्रस्टहरुलाई शक्ति सिर्जन्छ । हामी आदि बन्न स्वेच्छाले तयार छौं ।
मिति ः २०७०÷६÷१३
No comments:
Post a Comment