Thursday, July 21, 2016

अजब–गजब छ बा ! सुदर्शन सिंह


केही उपलब्धि नै भएन भनेर कराईराथ्यो, अब हाम्रो पालो भनेर बुझाको, लौ बधाई छ, हामी पनि आकाशमा रोड बनाउने योजना ल्याउने है !

२०७३ श्रावण ०२ गते आईतबार

लाल किशोर झा हत्या प्रकरणमा प्रमुख अभियूक्त बैकुण्ठले पाए सफाई, अन्य ३ जनालाई जन्मकैद

बैकुण्ठ दास बैष्णव ।
अजय अनुरागी
जनकपुरधाम............
जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लालकिशोर झाको हत्या  अभियोग लागेका प्रमुख योजनाकारका रुपमा अभियूक्त बनाइएका रत्नसागर मठका महन्थ बैकुण्ठ दास बैष्णवलाई अदालतले सफाई दिएको छ । जिल्ला अदालत धनुषाका न्यायाधीश ओमकार उपाध्यायको एकल इजलासले ३१ अषाढ २०७३ मा महन्थ दाससहित जनतान्त्रिक तराई मुक्ति मोर्चा(राजन समूह)का अध्यक्ष राजन मुतिm भनिने रंजितकुमार झालाई पनि सफाई दिएको छ । बैकुण्ठ दास बैष्णवलाई ज्यान सम्बन्धि महलको १ नम्बर विपरित १६ नम्बर अनुसार १० बर्ष देखि १५ बर्षसम्म कैद सजाय माग गरिएको थियो ।
यसै घटनामा मुछिएका अन्य चार जनालाई अदालतले जेल सजाय सुनाएको छ । सुटर रक्की भनिने शिवकुमार ठाकुरलाई सर्वस्वसहित जन्मकैद, बिजली सिंह भन्निे राकेश पाण्डे, सुनिल अधिकारी यादव र भारतीय नागरिक जयसवाल भन्ने मनिष चौधरीलाई जन्मकैदको सजाय सुनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मनिष चौधरी हाल फरार रहेका छन् । त्यसैगरी ठाकुर, पाण्डे र   यादव जलेश्वर कारागारमा पहिले देखि नै थुनामा छन् ।

११ कार्तिक २०६७ मा लाल किशोर झा जनकपुर स्थित आफ्नो घरबाट जिल्ला शिक्षा कार्यालय महोत्तरी जानको लागि हिँडेर बस पार्क तर्फ गईरहेको बेलामा विहान ९ः३० बजेको समयमा अपरिचित व्यक्तिहरुको समुहले गोली प्रहार गरी घाइते बनाएका थिए । घाइते अवस्थामा झालाई तत्कालै जनकपुर अञ्चल अस्पताल पु¥याइएपनि थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पतालमा भर्ना गराउँदा उपचारकै क्रममा सोही दिन उनको मृत्यु भएको थियो । घटना भएपछि भुमिगत रहेका सशस्त्र समुह जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहले स्थानीय संचार माध्यमहरुलाई टेलिफोन गरी घटनाको जिम्मेवारी लिएका थिए । 

पीडितले भन्छन,‘अन्याय भयो’
मृतक लाल किशोर झा । फाइल फोटो
करिब ६ बर्ष पछि मात्र धनुषा जिल्ला अदालतले आफ्नो फैसला सुनाएपछि मृतक झाका पिता पशुपति झा भन्छन,“धनुषा जिल्ला अदालतबाट आफुलाई न्याय पाउने पुरा भरोसा थियो । तर, अदालतले जसरी यस अघि थुनछेकमा आर्थिक लेनदेनका कारण न्यायाधीशले उनलाई साधारण तारेख दिएको थियो ठीक त्यसैगरी अहिलेको न्यायाधीशले आर्थिक लेनदेन गरी हत्याको प्रमुख योजनाकार रहेका बैकुण्ठलाई सफाई दिएर म माथि धेरै ठुलो अन्याय गरेको छ ।” अदालतबाट आफ्नो विश्वास हराईसकेको भएपनि न्यायका लागि अर्को निकाय पुनरावेदन अदालतमा जाने छौं र अहिलेको न्यायाधीश ओमकार उपाध्याय विरुद्ध न्याय परिषदमा समेत उजुरी हाल्ने पीडित पशुपति झाले द एक्सक्लुसिभलाई बताएका छन् ।

बैकुण्ठ भन्छन,‘म माथि अन्याय भएको छ’
झा हत्याको प्रमुख योजनाकारको रुपमा अभियूक्त बनाइएका बैकुण्ठ दास बैष्णव अदालतबाट सफाई पाईसकेपछि द एक्सक्लुसिभलाई प्रतिक्रिया दिँदै आफु माथि अन्याय भएको बताएका छन् । बैकुण्ठ भन्छन,“ म एउटा महन्थ भई धार्मिक काम काज गर्ने मान्छेलाई विना कुनै अपराध निर्दोष हुँदा हुँदै अभियूक्त बनाइयो त्यो नै मेरो लागि धेरै ठुलो सजाय भएको छ । मेरो चरित्र हत्या भएको छ । त्यसकारण मेरो चरित्र हत्या गर्नका लागि झुठा मुद्दा दिने जाहेरबालाहरु बिरुद्ध अदालतमा मुद्दा गर्नेछु ।”

लाल किशोर झाको हत्या भएदेखि अहिलेसम्मको सम्पुर्ण विवरण
घटना भएको दिन जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी सहायक निरीक्षक मनोज कुमार यादव, प्रहरी हवलदार तेजी लाल साह र प्रहरी जवान मनि भुषण प्रसाद यादव सहितको टोली खटेर घटना स्थलको बस्तु स्थिति मुचुल्का सहितको प्रतिवेदन पेश गरेको थियो । सोही दिन अज्ञात व्यक्तिहरुलाई यकिन पहिचान गरी खोजतलास एवम पक्राउ गर्ने तथा नगर यूनिटहरुबाट नाकाबन्दी गरी खोजतलास एवम सर्च गर्ने कार्य जारी रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी प्रधान कार्यालयलाई बोदार्थ गर्दै अञ्चल प्रहरी कार्यालय जनकपुरलाई पत्राचार गरेको थियो । झाको हत्याको सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको भन्दै निजलाई गोली प्रहार गर्नुपर्ने कारणहरु के के हुन सक्छन्, वारदातमा संलग्न अभियूक्तहरुको पहिचान भयो वा भएन, घटना स्थलमा के कस्ता सबुत प्रमाणहरु फेला परेका छन्, वारदातमा संलग्न अभियूक्तहरु लुकिछिपी बस्न सक्ने स्थान एवम छिमेकी जिल्लाहरुमा समेत समन्वय गरी व्यापक रुपमा प्रहरी परिचालन गरी निजहरुलाई पक्राउ गरी कानुन बमोजिम कारवाही गरी भए गरेको अनुसन्धान प्रगति विवरण जाहेरी गर्ने क्षेत्रिय प्रहरी कार्यालय हेटौडाबाट जिल्ला प्रहरी कार्यालय धनुषालाई निर्देशन दिइएको थियो ।

११ कार्तिक २०६७ मै मृतक लाल किशोर झाका भाई मनोज कुमार झाद्वारा अपरिचित व्यक्तिहरुले मेरो दाजुलाई गोली हानी हत्या गरेको भन्दै आवश्यक कानुनी कारवाहीका लागि महानगरिय प्रहरी वृत महाराजगञ्ज काठमाण्डौमा जाहेरी दरखास्त दिइएको थियो । ११ कार्तिक मै फरेन्सिक मेडिसिन विभाग काठमाण्डौ अटोप्सी सेन्टरद्वारा गोली प्रहार गरी हत्या गरिएको शव परीक्षण प्रतिवेदन महानगरिय प्रहरी वृत महाराजगञ्ज काठमाण्डौलाई प्रदान गरियो । 

१२ कार्तिक २०६७ मा झाको हत्याको अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायव उपरीक्षक जगदीश पोखरेलको अध्यक्षतामा प्रहरी निरीक्षकद्वय प्रकाश मल्ल, हरि खतिवडा , प्रहरी नायव निरीक्षकहरु कृष्णदेव साह, महेन्द्र साह, विश्वनाथ महत्तो र प्रहरी सहायक निरीक्षक मनोज कुमार यादव सहित ७ सदस्यीय अनुसन्धान टोली गठन गरिएको भन्ने प्रहरी उपरीक्षक दिनेश अमात्यको प्रतिवेदन पेश गरियो । १३ कार्तिकमा झालाई गोली प्रहार गर्ने समुह कुनै पार्टीमा आवद्ध छ ÷छैन, सो समुहको तदारुकताका साथ खोजतलास गरी पक्राउ गर्नुका साथै कानुनी कारवाही गरी भए गरेको  अनुसन्धान प्रगति विवरण अबिलम्ब खुलाई पठाईदिन प्रहरी प्रधान कार्यालयले क्षेत्रिय प्रहरी कार्यालय हेटौडालाई निर्देशन दिएको थियो ।
१८ कार्तिक २०६७ मा महानगरीय प्रहरी महाराजगञ्जद्वारा अनुसन्धानको क्रममा तयार पारिएका सक्कल मिसिल कागजातहरु जिल्ला प्रहरी कार्यालय धनुषालाई पत्राचार गर्नुका साथै २३ कार्तिक २०६७ मा जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता । २३ कार्तिक २०६७ मै प्रहरी निरीक्षक प्रकाश मल्लको अध्यक्षतामा प्रहरी सहायक निरीक्षकहरु मनोज कुमार यादव, विगन राय यादव र प्रहरी हवलदार तेजी लाल साह सहित ४ सदस्यीय अर्को अनुसन्धान टोली प्रहरी निरीक्षक दिनेश अमात्यद्वारा गठन गरिएको थियो ।

झाको हत्याको घटनामा संलग्न अपराधिहरुको सुराक पत्ता लगाउँदै जाँदा तराई जनतान्त्रिक भुमिगत समुहमा रहेको ५÷६ जनाको समुहले लाल किशोर झालाई मार्नुको लागि योजना बनाई निजको बारेमा सम्पुर्ण विवरण बुझि निजको निगरानी गर्दै आई मौका छोपी गोली प्रहार गरी हत्या गर्ने व्यक्तिहरु जनकपुर नगरपालिका वडा नम्बर ७ मा बस्ने बर्ष ३० को विजुली सिंह भन्ने राकेश पाण्डे र जनकपुर ६ बस्ने बर्ष २५ को शिव कुमार ठाकुरलाई पक्राउ गरी आवश्यक कानुन बमोजिम कारवाहीका लागि दाखिला गरेको भन्दै १३ मंसिर २०६७ मा प्रहरी निरीक्षक हरि खतिवडाको प्रतिवेदन जिल्ला प्रहरी कार्यालयमा पेश गरिएको थियो ।

१४ मंसिर २०६७ मा राकेश पाण्डे र शिव कुमार ठाकुरलाई शारिरीक जाँचका लागि अञ्चल अस्पतालमा उपचार गर्न पठाउँदा दुवै जना मानसिक र शारिरीक रुपले फिट रहेको चिकित्सकको प्रतिवेदन प्रहरी निरीक्षक प्रकाश मल्लद्वारा प्रस्तुत गरिनुका साथै सोही दिन जिल्ला प्रहरी कार्यालय धनुषाद्वारा पत्रकार सम्मेलन गरी पक्राउ गरेका दुवै जनालाई सार्वजनिक गरिएको थियो ।

झालाई मार्नको लागि योजना बनाई झाको बारेमा सम्पुर्ण विवरण बुझी झाको निगरानी गर्दै आई मौका खोजी ३ वटा मोटरसाइकलमा चढी आएका ५(६ जनाको समुहले झा निरपुगी मोटरसाइकलबाट ओर्ली झालाई गोली प्रहार गरी सख्त घाइते पारी मोटरसाइकलमै चढी फरार भएको प्रहरी निरीक्षक हरि खतिवडाको प्रतिवेदनमा उल्लेख छ । अभियुक्तहरुको सुराक पत्ता लगाउँदै जाँदा तिनीहरु मध्येको विजुली सिंह भन्ने राकेश पाण्डे, रौकी भनिने शिवकुमार ठाकुर र सुनिल अधिकारी यादव रहेको तथा तिनीहरुलाई घटना लगतै केही दिनमा पक्राउ गरिएको प्रहरी निरीक्षक खतिवडाको प्रतिवेदनमा उल्लेख छ ।

१५ मंसिर २०६७ मा प्रतिवादी शिव कुमार ठाकुर र १६ मंसिर मा प्रतिवादी राकेश पाण्डेसँग जिल्ला सरकारी वकिल कार्यालय धनुषाका सहायक जिल्ला न्यायाधीवक्ता सत्यनारायण यादव समक्ष अनुसन्धान अधिकृत प्रहरी निरीक्षक प्रकाश मल्लले बयान कागज गराएको थियो । 

१६ मंसिर २०६७ मा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन मुक्ति समुहका धनुषा जिल्ला इन्चार्ज सुनिल भन्ने भास्कर मुक्तिलाई पक्राउ गरी कारवाहीका लागि प्रस्तुत गरिनुका साथै जसवाल भन्ने व्यक्ति र वैकुण्ठ दास वैष्णव उक्त घटनामा संलग्न रहेको प्रतिवेदन प्रहरीले पेश गरेको थियो । १७ मंसिर २०६७ मा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक प्रकाश मल्लले जनकपुर वडा नम्बर ८ स्थित रत्नसागर मठको महन्थ अन्दाजी बर्ष ३५÷३६ को बैकुण्ठ दासलाई उक्त मुद्दामा पक्राउ गर्नु पर्ने भएकोले निजको खोज तलास एवम पक्राउ गरी दाखिला गर्न प्रहरी चौकी जनकपुरधामलाई निर्देशन दिइएको थियो ।

२२ मंसिर २०६७ मा विप्लव कुमार झाले लाल किशोर झालाई रत्न सागर मठका महन्थ बैकुण्ठ दासले  मार्न लगाएको हुन सक्ने भन्दै बयान कागज गरेको पाइन्छ । लाल किशोर झाले बैकुण्ठ दासको विरोध गर्दै आएका कारण पक्राउ परेका तिनै जना प्रतिवादीलाई लगाएर बैकुण्ठ दासले झालाई हत्या गराएको हुन सक्छ भन्दै कागज गरेका थिए ।

२३ मंसिर २०६७ मा राकेश पाण्डेले आफुलाई प्रहरीले पक्राउ गरी मानसिक एवम शारिरीक यातना दिई क्रुर व्यवहार एवम कुटपिट  गरी आफ्नो स्वेच्छा विपरित जवरजस्ती कागजहरुमा सहि छाप गराई आंगजिऊमा निल घा चोट परेकोले अदालतको रोहवरमा अस्पताल मार्फत शारिरीक जाँच गराई पाऊँ भन्दै धनुषा जिल्ला अदालतमा निवेदन दर्ता गरेको थियो ।

१ पुष २०६७ मा राकेश पाण्डे र शिव कुमार ठाकुरलाई कुनै पनि चोटपटक नदेखिएको अञ्चल अस्पतालको प्रतिवेदन प्रहरी निरीक्षक प्रकाश मल्लले जिल्ला प्रहरी कार्यालय धनुषामा प्रस्तुत गरेको थियो । ४ पुष २०६७ मा महोत्तरीको एकडरा वडा नम्बर ४ घर भई हाल जनकपुर ७ मा बस्ने बर्ष ५८ का बलराम मिश्र, जनकपुर ८ मा बस्ने सुर्यकान्त झाको छोरा बर्ष ४७ को मनोज कुमार झा, जनकपुर वडा नम्बर ८ बस्ने बर्ष ५० का विनोदानन्द झा, जनकपुर ७ बस्ने बर्ष ४९ का भोगेन्द्र झा, जनकपुर ७ बस्ने बर्ष ३० का सुदिष्ट कुमार मिश्र लगायतले जिल्ला प्रहरी कार्यालय धनुषामा बयान कागज गरेको पाइन्छ ।

४ पुष २०६७ मा मृतक झाका बुवा पशुपति झाले विजुली सिंह भनिने राकेश पाण्डे, रक्की भन्ने शिव कुमार ठाकुर, रत्नसागर मठका महन्थ बैकुण्ठ दास, भास्कर मुक्ति भन्ने सुनिल यादव र जैसवाल भन्ने व्यक्ति समेत संलग्न भई आफ्नो छोराको हत्या गराएको भन्दै कानुन बमाजिम कारवाही र सजाय माग गर्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दर्ता गरिएको थियो । ५ पुष २०६७ मा भास्कर मुक्ति भन्ने सुनिल कुमार अधिकारी फेला परेकोमा निजलाई पक्राउ गर्नुका साथै जैसवाल भन्ने मनिष चौधरीको खोजी तलास गरिरहेको तथा फेला परेमा पक्राउ गरी दाखिला गर्ने भन्दै प्रहरी निरीक्षक हरि खतिवडाले जिल्ला प्रहरी धनुषामा प्रतिवेदन पेश गरेको थियो । ७ पुष २०६७ मा जिल्ला सरकारी वकिल कार्यालय धनुषाका न्यायाधीवक्ता मान बहादुर कार्की समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रकाश मल्लले पक्राउ परेका प्रतिवादी सुनिल कुमार अधिकारीसँग बयान कागज गरेको थियो ।

पक्राउ गरिएका तिनै जना प्रतिवादीहरु सुनिल कुमार अधिकारी यादव, राकेश कुमार पाण्डे र शिवकुमार ठाकुरको हकमा घटनामा कसुरदार देखिने मनासिव आधार विद्यमान देखिँदा पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी प्रतिवादीहरु तिनै जनालाई धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा थुनुवा पुर्जी दिई थुनामा बस्न कारागार कार्यालय महोत्तरी जलेश्वरमा पठाइदिनु भन्ने व्यहोरा समेतको आदेश गरेको छ । अदालतको उक्त आदेशानुसार प्रतिवादी तिनै जना अहिले जलेश्वर कारागारमा थुनामा छन् । प्रहरी समक्ष पक्राउ परेका प्रतिवादीहरुले गरेको बयान कागज र घटनाका साक्षी बनाइएका विपलव कुमार झा समेतले गरेको विवरण कागजका अनुसार जनकपुरको रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले योजना बनाई सुपारी दिएर लाल किशोर झाको कन्टूेक्टमा हत्या गरिएको उल्लेख छ । लाल झाका बुबा पशुपति झाले जिल्ला प्रहरी कार्यालय धनुषामा ज्यानमुद्दाको जाहेरी गरेको थियो । उक्त मिसिलमा साक्षीहरुले गरेको कागज अनुसार रत्नसागर मठका महन्थ वैकुण्ठ दास वैष्णवले मठको सम्पति हिनामिना गरी जग्गा वेच विखन गर्दै आएकोमा लाल किशोर झाले विरोध गर्दै गरेकोमा वैकुण्ठ दासले तिनै जना प्रतिवादीहरुलाई रकम दिई गोली प्रहार गरी मार्न अह्राई खटाई गोली प्रहार गरी मार्न लगाएको हो भनी किटानै गरिएको थियो । 

११ पुष २०६७ मा धनुषा जिल्ला अदालतका न्यायाधीश अम्बर राज पौडेलको इज्लासमा प्रतिवादी शिव कुमार ठाकुर, १२ पुष २०६७ मा प्रतिवादी राकेश कुमार पाण्डे र सुनिल कुमार अधिकारी यादवले गरेको बयानमा प्रहरीद्वारा लगाइएको आरोप तथा अनुसन्धान बयान कागजबाट इन्कारी गरेको पाइन्छ । यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए । 

 जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो ।  यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १९ पुष २०६७ मा धनुषा जिल्ला अदालतका न्यायाधीश अम्बरराज पौडेलको इजलासबाट पक्राउ परेका तिनै जना प्रतिवादीहरु राकेश, शिव कुमार र सुनिल अधिकारीलाई मुद्दाको पुर्पक्षको लागि थुनामा जलेश्वर कारागार पठाईदिन आदेश जारी गरिएको थियो । साथै फरार रहेका बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश समेत धनुषा जिल्ला अदालतबाट जारी गरिएको थियो । घटना भएपछि वैकुण्ठ दास फरार भएका थिए । अचम्मको कुरा के हो भने जति बेला बैकुण्ठ फरार भएका थिए त्यतिबेला उनलाई प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको तत्कालिन जिल्ला सुरक्षा समितिले व्यक्तिगत सुरक्षा गार्ड पिएसओ समेत उपलब्ध गराएको थियो । पिएसओ हुँदा हुँदै वैकुण्ठ जनकपुरबाट कसरी फरार भए, हालसम्म अनुत्तरित छ । करिब १० महिनासम्म फरार रहेका वैकुण्ठ दास वैष्णव अचानक धनुषा जिल्ला अदालतमा हाजिर भएपछि धनुषा जिल्ला अदालतका तत्कालिन न्यायाधीश अम्बरराज पौडेलले २२ अषाढ २०६८ मा बैकुण्ठलाई साधारण तारेखमा रिहा गरेका थिए । अदालतमा हाजिर भएका बैकुण्ठसँग गरिएको विभिन्न सवाल जवाफका क्रममा आफुले लाल किशोर झालाई नचिनेको तथा आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले अभियोग ल्याइएको बयान दिएका थिए । आफु धार्मिक, सामाजिक, मठ मन्दिरको संरक्षण गर्ने काम गरेकाले चरित्र हत्या गरी आफुलाई फसाउनका लागि झुठा मुद्दा लगाइएको तथा लाल किशोर झालाई आफुले नमारेको भन्दै विभिन्न १७ वटा प्रश्नहरुको जवाफ दिने क्रममा गुठी संस्थान रत्नसागर मठको बर्तमान महन्थ आफै रहेको र त्यहाँको जग्गा जमिन मठको नै रहेकाले आफुले ति जग्गा जमिनहरुको संरक्षण सम्बद्र्धन, पुजा पाठ, जप समेत उक्त स्थानमा हुने गरेको बताएका थिए ।  उक्त घटनाको प्रमुख योजनाकारको रुपमा प्रतिवादी बनाइएका वैकुण्ठ दासलाई अदालतले मुद्दा थुनछेकको क्रममा साधारण तारेखमा रिहा गरेपछि स्थानीय स्तरमा समेत उक्त आदेशको तिब्र आलोचना गरिएको थियो । त्यसपछि १ साउन २०६८ मा जाहेरवाला पशुपति झाले उक्त न्यायाधीशको विरुद्धमा न्याय परिषदमा उजुरी नै गरेका थिए ।

त्यसपछि २९ असोज २०६८ मा बैकुण्ठ दासको हकमा धनुषा जिल्ला अदालतद्वारा गरिएको आदेश बेरितको आदेश रहेको भन्दै उक्त आदेश बद्दर गरी प्रतिवादीलाई थुनामा राखि पुर्पक्ष गरी पाऊ भन्दै जाहेरवाला पशुपति झाले पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गरेको थियो । ११ साउन २०६८ मा पुनरावेदन अदालतका न्यायाधीशद्वय तेज बहादुर केसी र द्वारिकामान जोशीको संयूक्त इजलासबाट  धनुषा जिल्ला अदालतको आदेशलाइ नै सदर गरिएको आदेश बेरितको रहेको भन्दै नायव महान्यायाधीवक्ता सुर्य प्रसाद कोइरालाले ३ बैशाख २०६९ मा सर्बोच्च अदालतमा पुनरावेदन गरिएको थियो ।

त्यसैगरी १९ पुष २०६९ मा प्रतिवादीहरु शिवकुमार ठाकुर, सुनिल कुमार अधिकारी यादव र राकेश कुमार पाण्डेले धनुषा जिल्ला अदालतबाट भएको थुनछेक आदेश बदर गर्न पुनरावेदन अदालत जनकपुरमा पुनरावेदन गर्दा पुनरावेदन अदालत जनकपुरले पनि ९ अषाढ २०६८ जिल्ला अदालतकै आदेशलाई ठहर गरेको थियो । त्यसैगरी पुनरावेदनको आदेश बदर गराउन प्रतिवादी सुनिल कुमार अधिकारी यादवले सर्बोच्च अदालतमा गरेको पुनराअवलोकनमा पनि सर्बोच्च अदालतले पुनरावेदन अदालत जनकपुरलाई नै सदर गरेको थियो ।

१७ पुष २०६८ मा बयान कागज गरेका बलिराम मिश्रले जिउ धनको शान्ति सुरक्षा प्रदान गरी पाऊ भन्दै जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दर्ता गराएका थिए । लाल किशोर झाको घटनाको सम्बन्धमा प्रहरीलाई गरेको कागजलाई लिएर तिमीले किन कागज गरिस र अदालतमा बक पत्र गरिस भने ठिक हुँदैन भनि विभिन्न अज्ञात व्यक्तिहरुले भारतीय नम्बरबाट फोन गरी धम्की दिईरहेको कुरा जानकी चौकीका सईलाइ अवगत गराउनुका साथै धनुषा जिल्ला अदालतमा २ असोज २०६८ देखि बक पत्र गर्न उपस्थित हुँदा बक पत्र नगर्न राजनीतिक, सामाजिक साथै पारिवारिक दवाव र अज्ञात नम्बरहरुबाट धाक धम्की समेत आउने गरेकोले आफ्नो दायित्व निर्वाह गर्न असमर्थ रहेको भन्दै २० कार्तिक २०६८ मा अदालतमा बलिराम मिश्रले निवेदन दर्ता गराएका थिए । 

१६ पुष २०६८ मा किचनको ताल्चा तोडी सिलिण्डर लगिएको अवस्थामा सामान्य कुरा मानि चुप लागेको भए पनि १७ पुष २०६८ मा राति घरको पर्खालमा खतरा अल भनि लेखिएको र तत्पश्चात राति ढुङ्गामुढा गर्ने गरेकोमा जानकी चौकीका सई बेचन यादवलाई टेलिफोनबाट प्रत्यक्ष गई सम्पुर्ण कुराको जानकारी समेत गराएको हुनाले आफु र आफ्ना परिवारका सदस्यहरुलाई त्रास दिईरहेको हुनाले शान्ति सुरक्षाका लागि बलिराम मिश्रले जिल्ला प्रशासन कार्यालय धनुषामा निवेदन दिएको पाइन्छ । घटनामा टर्निङ प्वाइन्ट तव आयो, जब घटनाको जिम्मा लिएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका सर्बोच्च व्यक्ति अध्यक्ष राजन मुक्ति भनिने रंजित झाले उक्त घटनामा वैकुण्ठ दास नै प्रमुख योजनाकार रहेको प्रहरी समक्ष बयान ग¥यो । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका हुन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो । मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । 

झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने    क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका थिए । 

 राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् ।  उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर(७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका थिए । 

 झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हत्याको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।  यद्यपि राजन मुक्तिले धनुषा जिल्ला अदालतको इजलासमा भने इन्कारी बयान गरेका थिए ।




२०७३ श्रावण ०२ गते आईतबार

महन्थ बैकुण्ठ माथि लाग्ने गरेका आरोपहरु

अजय अनुरागी
जनकपुरधाम............
रत्नसागर मन्दिरका महन्थ बैकुण्ठदास बैष्णव जनकपुरमा धेरै विवादास्पद व्यक्ति भएको रुपमा चिनिने गरिन्छ ।  कतिपय मानिसहरुले उनलाई स्थानीय ‘डन’को रुपमा पनि हेर्ने गर्छन् । पेशाले उनी पूजा पाठ गर्ने एउटा धार्मिक व्यक्ति महन्थको रुपमा रहेपनि उनलाई स्थानीय समाजले महन्थको रुपमा भन्दा पनि डनको रुपमा लिने गरेको पाइन्छ । उनी  विरुद्ध विभिन्न समयमा विभिन्न निकायहरुमा विभिन्न आरोपहरुको उजुरीहरु परेको देखिन्छ । भारतीय नागरिक भई नेपाली नागरिकता प्राप्त गरेको, महन्थ भएर अवैध रुपमा गुठी संस्थानका सम्पतिहरु विक्री गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोपहरु लाग्ने गरेका छन् । पछिल्लो समयमा लाल किशोर झाको हत्याको प्रमुख योजनाकारको रुपमा अभियोग लगाइएको भएपनि धनुषा जिल्ला अदालतबाट २९ अषाढ २०७३ मा उनले सफाई पाएका छन् । यसरी हेर्ने हो भने उनको जीवनमा विवाद र आरोपको लामो श्रृङ्खला रहेको पाइन्छ ।
 भारत विहारको मुझफ्फ्पुर जिल्ला मधेपुर बस्ने राम श्रेष्ठ तिवारीको छोरा बैकुण्ठ तिवारी रहेपनि जनकपुर नगरपालिका वडा नम्बर ८ स्थित रत्नसागर मन्दिरका पुर्व महन्थ राम प्रकाश दास वैष्णवलाई नक्कली पिता बनाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट बैकुण्ठ तिवारीको नाऊँमा १७ कार्तिक २०५० मा जिल्ला प्रशासन कार्यालय धनुषाबाट उनले नागरिकता प्रमाण पत्र प्राप्त गरेको बताइन्छ । भारतको मधेपुराका सरपन्च मुन्द्रिका देवीले प्रमाणित गरेर दिएको बंशावलीको प्रतिलिपीमा भिखारी तिवारीका छोरा राम श्रेष्ठ तिवारी रहेको र राम श्रेष्ठका तिन छोराहरु मध्ये जेठो बैकुण्ठ तिवारी, माइलो अनिल तिवारी र कान्छो अमित तिवारी रहेको उल्लेख छ । धेरैले के प्रश्न उठाउने गरेको छ भने बैकुण्ठ दास बैष्णवले नेपाली नागरिकता प्रमाण पत्र प्राप्त गर्दा अविवाहित व्यक्ति तथा महन्थ रामप्रकाश दास बैष्णवलाई आफ्नो पिता रहेको बताएका छन् । जब कि रामप्रकाश वैष्णवले आजिवन विवाह नै गरेका छैनन भने उनका छोराहरु कसरी जन्मिए भन्ने प्रश्नको उत्तर हालसम्म आउन सकेको छैन । बैकुण्ठ दास बैष्णवले आफु सँगै आफ्ना सहोदर भाई अनिल तिवारीलाई पनि नेपाली नागरिकता दिलाई भाईको नामबाट जनकपुर वरपरमा जग्गा जमिनहरु जोडेको बताइन्छ ।
रत्नसागर स्थानका महन्थ राम प्रकाश दास बैष्णव जिवित छँदै बैकुण्ठ तिवारीले गुठीका तत्कालिन प्रमुखलाई आफ्नो प्रभावमा पारेर ५ बर्षका लागि मन्दिरको महन्थ बन्न उनी सफल भएका थिए । गुठी संस्थान केन्द्रिय कार्यालयले १३ फागुन २०६० मा उनलाई १ बर्षको परीक्षणकाल समेत बढीमा ५ बर्षको लागि गुठी संस्थान धनुषाले नियूक्ती गरेको देखिन्छ । त्यसपछि उनको म्याद गुठीले थप नगरेको बताइन्छ । मठको श्रीसम्पति अवैध रुपमा बेच विखन गर्न लागेको, बेचिएको जग्गामा बसेको बस्तीको नामाकरण आफ्नै नामबाट बैकुण्ठ नगर कायम गरेको जस्ता अवैध र रत्नसागर मठ लगायत साना स्थानहरुको जग्गा समेत बेच विखन गर्न थालेपछि गुठी संस्थान केन्द्रिय कार्यालयले स्थानीय बासिन्दा र गुठी संस्थान शाखा कार्यालय जनकपुरको उजुरीमा २ कार्तिक २०६९ मा बैकुण्ठलाई मठबाट हटाउन पत्राचार समेत गरेको थियो । तर, सर्बोच्च अदालतमा गुठी संस्थानका विभिन्न पत्रहरुको किर्ते गरी नक्कली नियूक्ती पत्र पेश गरी अदालतलाई झुक्याई आफ्नो महन्थको पद कायम गर्न लगाएको समेत आरोप लाग्ने गरेको छ । यति मात्र होइन गुठी संस्थान केन्द्रिय कार्यालयको निर्देशन अनुसार गुठी संस्थान जनकपुरले त्यसको एक दिन पछि अर्थात ३ कार्तिक २०६९ मा जारी गरिएको पत्रमा महन्थ बैकुण्ठ दास बैष्णवलाई पुर्व महन्थको संज्ञा दिँदै मठको सम्पुर्ण श्रीसम्पति बर बुझारथ गरी ३ दिन भित्र मठ खाली गराईदिने भनि निर्देशन समेत दिएको थियो । तर, महन्थ बैकुण्ठले फेरी सोही मितिमा चलानी नम्बर ३१४ को पत्र किर्ते गरी रत्नसागर मठको काम काज संतोषजनक ढंगले गरेकोले हटाउने सम्बन्धि कारवाही गर्न नहुन केन्द्रिय गुठीको नाममा पत्र बनाएर जालसाजी गर्ने गरेको आरोप समेत उनी माथि लाग्ने गरेको छ । किनभने गुठीको रेकर्ड अनुसार चलानी नम्बर ३१४ नम्बरको पत्र जिल्ला मालपोत कार्यालय धनुषालाई लक्ष्मण मण्डलको नाउँमा जग्गा धनी प्रमाण पुर्जा बनाई दिने भनेर लेखिएको छ ।  मठ खाली गराउन गुठीबाट निर्देशन दिइएपछि उनले अर्को किर्ते जालसाजी गरी तयार गरेको पत्रको आधारमा सर्बोच्च अदालतबाट मठ खाली नगराउन अन्तरिम आदेश जारी गराउन उनी सफल भएको समेत भन्ने गरिएको छ । सर्बोच्च अदालतले बैकुण्ठको पक्षमा जारी गरेको आदेश पत्रमा गुठीले दिएको भनिएको उनको म्याद थप गर्न नपर्ने किर्ते पत्र र ३ कार्तिक २०६९ को चलानी नम्बर ३१४ को किर्ते पत्रलाई नै आधार मानिएको छ । जब कि उक्त दुवै पत्र किर्ते भएकोले गुठीले प्रमाणित गरी सर्बोच्च अदालतमा प्रस्तुत गर्दा पनि सर्बोच्च अदालतले महन्थ बैकुण्ठकै पक्षमा मठ खाली नगराउन भनि अन्तरिम आदेश जारी गराएको पाईन्छ ।
महन्थ बैकुण्ठका अवैधानिक क्रियाकलापहरु प्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको पाइन्छ । ६ अषाढ २०६३ देखि विरख कुट्टीको महन्थ रामभद्र दास कालगतिले मरेकोमा निजको चेला वकिल दासले मारेको भनि झुठा जाहेरी दिई प्रहरी प्रशासनलाई मिलाई चेला वकिल दास बैष्णवलाई जेलमा पठाउन लगाई विरख कुट्टी कब्जा गरी उक्त अधिनस्थ जग्गा विक्री गरेको भन्दै धनुषा जिल्ला अदालतमा करिब २८ थान मुद्दा कारवाही यूक्त अवस्थामा रहेको व्यहोरा आयोगमा दिइएको उजुरीमा उल्लेख छ । त्यसैगरी रत्नसागर स्थानको जनकपुर नगरपालिका ८ स्थित करिब ७÷८ विघा जग्गा विक्री गरी बैकुण्ठ नगर भनि आप्mनै नामबाट सो टोलको नामाकरण गरेको आरोप समेत उक्त उजुरीमा लगाइएको छ ।
जनक हजारी विद्या पिठको भोग चलनमा रहेको जनकपुर नगरपालिका ८ स्थित कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र कित्ता नम्बर २८ को २ विघा ८ कठ्ठा १४ धुर जग्गा गरी करिब अढाई अर्ब रुपैयाँ बराबरको सम्पतिको आफु संरक्षक रहने गरी रत्नसागर कुट्टीको नाउँमा दर्ता गराएपछि जनकपुरका नागरिक समाज र राजनीतिकर्मीहरुले विरोध गरेपछि सो जग्गाहरु उक्त क्याम्पसको नाउँमा पछि फिर्ता भएको थियो ।  रत्नसागर पोखरीको डिलमा रहेको अन्य ससाना मन्दिरहरुलाई बेचेर उनले सखाप गरिसकेको समेत आरोप लाग्ने गरेको छ । रत्नसागर पोखरीको उत्तर तर्फको डिलमा रहेको देरई (बेरही) कुट्टी गुठी मन्दिरका महन्थ जानकी सखी बेपत्ता भएपछि उक्त कुट्टीको महन्थ बैकुण्ठ नै भई उक्त मन्दिरको सम्पुर्ण जग्गा विक्री गरिसकेको तथा रत्नसागर स्थित नै रहेको राधाकृष्ण मन्दिरका महन्थ श्याम देव दासलाई समेतलाई मन्दिरबाट भगाई सो मन्दिरको सम्पुर्ण जग्गा जमिन महन्थ बैकुण्ठले विक्री गरिसकेको आरोप लाग्ने गरेको छ । यति आरोप लाग्दा लाग्दै पनि अकुत सम्पति आर्जन गरेका बैकुण्ठले पैसाको लेनदेनकै भरमा विभिन्न निकायहरुबाट  मुक्ति पाउने गरेको बताईन्छ ।


२०७३ श्रावण ०२ गते आईतबार

जानकी मन्दिर लगायत विभिन्न सार्वजनिक संस्थान र तिनका प्रमुखहरु विरुद्ध मुद्दा

किरण कर्ण
जनकपुरधाम............
जानकी मन्दिरको फुलबारीको जग्गा अतिक्रमण गरी एक निजी होस्पिटल निर्माण भईरहेको भन्दै स्थानीय यूवाको एक समुहले जानकी मन्दिरका महन्त सहित दर्जनौं सरोकारवाला उपर पुनरावेदन अदालत जनकपुरमा मुद्दा दिएका छन्  ।
यूवा सुशिल कुमार कर्णको अगुवाईमा पुनरावेदन अदालत जनकपुरमा उत्प्रेषण, परमादेश तथा निशेधाज्ञाको आदेश जारी गरी पाउँ भन्दै निवेदन दिएको हो  । पुनरावेदन अदालतले सो रिट उपर दर्ता गरी आईतबारको पेसी दिएको छ  ।
जानकी मन्दिरको फुलवारीको जग्गामा जानकी मन्दिरका महन्त र जानकी मन्दिरको संचालक समिति तथा रामजानकी होस्पिटल प्रा.लि. समेत मिलि जनकपुर वडा नम्बर ६ सिट नम्बर १३५५२३, कित्ता नम्बर ५२ को ०(१४(२(३ जग्गा रामजानकी होस्पिटल खोल्न ठेक्कामा सम्झौता गरिदिएकोमा उल्लेखित जग्गा जानकी मन्दिरको फुलवारीको रुपमा सदा सर्वदा देखि रहेको तथा हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जानकी मन्दिरमा पुजा आजा गर्न सोहि फुलबारीबाट साविकमा गुलफुल लग्ने गरेकोमा यसरी ठेक्कामा दिएको फुलबारीको जग्गाबाट सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुको आस्थामा चोट पुर्याउने कार्य भएको र सार्वजनिक सम्पती अतिक्रमण हुन जाने भएको भन्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषद, जनकपुर, धनुषा, ऐ.ऐ.का कार्यालय प्रमुख, ऐ.ऐ.का अध्यक्ष , जानकी मन्दिर विकास समिति, राम तपेश्वर दास वैष्णव, महन्त, जानकी मन्दिर जनकपुर, धनुषा, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, धनुषा, जिल्ला प्रशासन कार्यालय, धनुषा , जनकपुर उपमहानगरपालिकाको कार्यालय, ऐ.ऐ.का कार्यालय प्रमुख, संचालक समिति, रामजानकी हस्पिटल प्रा.लि., जनकपुर, धनुषा, गुठी संस्थान, शाखा कार्यालय, जनकपुर, धनुषा, ऐ.ऐ.का कार्यालय प्रमुख सहितकालाई विपक्षी बनाई रिट निवेदन दिएको छ  । यूवा कर्ण, किसनकुमार मण्डल, विटु कुमार पजियार र मोहन कुमार रौनियार लगायतकाले तराई मानवअधिकार रक्षक संजाल थर्ड एलायन्सको सहयोगमा रिट निवेदन दायर गरेको हो भने अधिवक्ता कौशलेन्द्र लाल कर्णले बहस गर्ने भएको छ  । उक्त रिटमा धार्मिक र सास्कृतिक हिसाबले सम्पन्न मैथिली सभ्यताको धरोहर पनि हो  । यस्तो धरोहरमा र सोको सम्पतीहरुमा कसैले कुनै प्रकारबाट हनन गर्न नपाउन् जानकी मन्दिरको सम्पती संरक्षण होस् भन्ने उद्देश्य लिई सरकारले विभिन्न निकाय बनाए पनि यि विपक्षी सरकारी कार्यालयहरु सो प्रति ध्यान नदिएको हुदाँ प्रस्तुत रिट निवेदन दर्ता गराएका हुँ भनि उल्लेख छ  ।
तसर्थ उल्लेखित जि.ध. जनकपुर उपमहानगरपलिका वडा नं. ६ स्थित क्षेत्रफल ०(१४(२(३ जग्गाको सिट नम्बर १३५५२३, कित्ता नम्बर ५२ रहेको जानकी मन्दिरको फुलवारीको जग्गालाई कुनै प्रकारबाट अक्रिमण हुन नदिन विपक्षीहरुको नाउँमा निषेज्ञाको अन्तरिम आदेश जारी गरी उत्प्रेषणको आदेशबाट ठेक्काको सम्झौता बदर गर्दै जानकी मन्दिरको उक्त सम्पती संरक्षण गर्न परमादेशको आदेश जारी गरी पाउँ भनि उल्लेख गरिएको छ  ।
उक्त फुलवारीको जग्गालाई विपक्षीहरुको मिलोमतो जानकी मन्दिरको महन्त लगायतका जानकी मन्दिर विकाससँग सम्बन्धित व्यक्ति र जानकी मन्दिर व्यवस्थापन समितिले गैरकानुनी तरिकाले २१ बर्षको लागि लीज (ठेक्का)मा दिएका छन्  । सो जग्गाको प्रयोगको प्रकृति, त्यसमा रहेको ऐतिहासिक, पुरातात्विक एंव साँस्कृतिक महत्वको जानकी मन्दिरको फुलवारीको जग्गा हो  । उक्त ऐतिहासिक, पुरातात्विक एवं साँस्कृतिक जानकी मन्दिरको क्षेत्र भएको सार्वजनिक जग्गा पनि हो  । सो जग्गा कुनै व्यक्ति विशेष र नेपाल सरकारको जग्गा नभई सार्वजनिक हो  । जानकी मन्दिर र जानकी हस्पिटल प्रा.लि.बीच सम्झौता भई सो जग्गामा गैरकानुनी तरिकाले अस्पताल सञ्चालनको लागि भवन निर्माण शुरु भईसकेको छ  । सोको निर्माण कार्य दु्रत गतिमा भईरहेको छ  । गैरकानुनी रुपमा सो जग्गामा अस्पताल निर्माण भइरहेकोले सो निर्माण कार्य रोकि पाउनुको साथै सम्झौता बदरभागी छ भनि समेत रिट निवेदनमा उल्लेख छ  । 
तसर्थ नेपालको साँस्कृतिक सम्पदा तथा सम्पूर्ण हिन्दु धर्मावलम्बीहरुकोे धरोहर रहेको जानकी मन्दिरको फुलवारीको जग्गालाई दुषित नियतिले विपक्षीहरुले अस्पालत बनाउन ठेक्कामा लगाएका छन्  । साँस्कृतिक तथा हिन्दु धर्मको मुटुको रुपमा रहेको जानकी मन्दिरलाई दाउमा लगाइएको छ  । उक्त जग्गा गुठी संस्थान ऐन २०३३ को दफा (ङ) बमोजिमको छुट गुठी अन्र्गत रहेको छ  । मन्दिरको सम्पत्ति सार्वजनिक सम्पति रहेको आधारमा त्यसको संरक्षण गर्नु हामी सबैको कर्तव्य पनि हो  । नेपालको संविधान २०७२ को धारा ४८ बमोजिम सार्वजनिक सम्पत्तिको सुरक्षा र संरक्षण गर्नु नागरिकको कर्तव्य हो  । सोहि कारणले उक्त मुद्दा लिई आएको छु  । विपक्षीहरु उपर निषेधाज्ञाको अन्तरिम आदेश जारी गर्नुको साथै उत्प्रेषणको आदेशबाट गैरकानुनी रुपमा भएको सम्झौता बदर गरी उल्लेखित सम्पतीको संरक्षण संबद्र्धन गर्न परमादेशको आदेश समेत जारी गरी पाउँ भनि उक्त रिट निवेदनमा उल्लेख छ  ।

२०७३ श्रावण ०२ गते आईतबार

धनुषामा सर्प दंशको विगविगी अन्धविश्वासका कारण मृत्यूदर बढ्दो

३० अषाढ २०७३ मा जनकपुर ८ कि रेखा शर्मालाई करैत सर्पले टोकेपछि जनकपुर
 अञ्चल अस्पतालमा उपचार गराउँदै ।
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर उपमहानगरपालिका ८ कि २७ बर्षिय रेखा शर्मालाई ३० अषाढ २०७३को राति करिब १२ बजे तिर आफ्नै घरमा सुतिरहेको बेला बहिरीकरैत नामक सर्पले टोकेको थियो । सुतिरहेको बेलामा खुट्टामा टोकेपछि हेर्दा सर्प रहेको थाहा पाएपछि उनलाई उनका परिवारजनले तुरुन्तै जनकपुर अञ्चल अस्पतालमा भर्ना गराए ।
३० अषाढ मै जनकपुर उपमहानगरपालिका बेंगा शिवपुरका २२ बर्षिय अजय कुमार यादवलाई खुट्टामा एउटा सर्पले टोकेको थियो । तत्कालै उनलाई पनि उपचार गराउनका लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गराइयो । गैर विषालु सर्पले टोकेका कारण उनको जिउमा विष लागेन र ३१ अषाढमा उनलाई अस्पतालबाट डिसचार्ज गराइयो ।
३० अषाढमै धनुषाको सिनुरजोडाका ३० बर्षिय रामशरण यादवलाई, धनुषाको एकराहीका २३ बर्षिय धर्मेन्द्र गोइतलाई नचिनेको सर्पले टोकेपछि अहिले उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ ।
यसरी हेर्ने हो भने अहिले कुनै दिन ४ देखि ५ वटा सम्म सर्पले टोकेका विरामीहरु अञ्चल अस्पतालमा भर्ना भईरहेका छन् । गर्मी बढेसँगै बर्षा हुन थालेपछि सर्पहरु आफ्नो बासस्थानबाट बाहिर निस्किएर आफ्नो खानाको खोजीमा तथा प्रजनन गर्नका लागि बाहिर आउन थालेपछि सर्पको शिकार मानिसहरु हुन थालेका छन् । खास गरेर तराई मधेसका मध्य तथा पुर्वी क्षेत्रका जिल्लाहरुमा सर्प दंशको विगविगी बढेको हो । जनकपुर अञ्चल अस्पतालका इमरजेन्सी कक्षमा विगत १० बर्ष देखि कार्यरत चिकित्सक डा.अवधेश कान्त झाका अनुसार अस्पतालमा आउने विरामीहरुमा अधिकांशलाई गैरविषालु सर्पले टोकेको हुन्छ भने कतिपय विरामीहरुलाई विषालु सर्प गोहमन र करैतले पनि टोकेको हुन्छ । समयमै आईसकेका विरामीहरुलाई हामीले उपचार गरेर जोगाउन सफल भईरहेको भएपनि बाटोमै ढिलाई गरेर वा अन्य धामी झाक्री कहाँ गएर आउँदा ढिलाई भएर अस्पतालमा आएपछि कतिपय विरामीलाई जोगाउन नसकिएको हो ।
मिथिला वाइल्ड टूस्ट नामक संस्थाले सर्प दंश सम्बन्धि धनुषा जिल्लामा गरेको अनुसन्धान अनुसार जनकपुर अञ्चल अस्पतालमा आईसकेर उपचारको क्रममा मृत्यू हुने दर अत्यन्तै न्यून छ भने अन्यत्र धामी झाक्री कहाँ गएर उपचार गराउन जाँदा मृत्यू हुने दर अत्यन्तै वढी पाइएको छ । उक्त टूस्टले गरेको ४ बर्षको अनुसन्धानमा सन् २००९÷०१० देखि २०१२÷०१३ सम्ममा धनुषा जिल्लामा मात्रै १४ हजार ७ सय ४७ जनालाई सर्पले टोकेको पाइन्छ । जसमध्ये १ हजार २ सय ६७ जनाको मृत्यु भएको पाइन्छ । अस्पताल वा सशस्त्र प्रहरीको क्याम्पमा पुगेर उपचार गराउँदा मृत्यु दर अत्यन्तै न्यून पाइएको छ भने मदर्शामा गएर उपचार गराउनेहरुको मृत्यु दर धेरै वढी पाइएको छ ।जनकपुर अञ्चल अस्पतालमा १.५३ प्रतिशत, सशस्त्र प्रहरी बल बन्दीपुर क्याम्पमा ०.६७ प्रतिशत र मदर्शाहरुमा १२.८१ प्रतिशत मृत्युदर पाइएको छ ।
सन् २००९ जुलाई देखि सन् २०१३ जुलाईसम्म जनकपुर अञ्चल अस्पतालमा कुल ३ हजार ७९ वटा सर्प दंशका विरामीहरु भर्ना भएकोमा २ हजार ७ सय ४५ जनालाई गैर विषालु सर्पले टोकेको, ३ सय ३६ जनालाई मात्र विषालु सर्पले टोकेको तथा ४७ जना विरामीहरुको अस्पतालमा मृत्यू भएको पाइयो । सन् २००९ मा ४ सय २३ वटा, सन् २०१० मा ४ सय ६८ वटा, सन् २०११ मा ६ सय ७८ वटा र सन् २०१२ मा ४ सय ५७ वटा सर्प दंशका विरामीहरु अस्पतालमा भर्ना भएको उक्त अनुसन्धानले देखाएको छ ।
धनुषाको सोनापराका शत्रुधन महतोको घरबाट गोहमन सर्पलाई जिवितै उद्धार गर्दै मिथिला वाइल्ड लाईफ ट्रस्टका
 संयोजक देवनारायण मण्डल ।
त्यसैगरी धनुषाको बन्दिपुर स्थित सशस्त्र प्रहरीबलको क्याम्पमा उक्त ४ बर्षमा १ हजार ५ सय ९४ जना सर्प दंशका विरामीहरु पुगेकोमा ९२ जनालाई विषालु सर्पले, १ हजार ५ सय २ जनालाई गैर विषालु सर्पले टोकेकोमा कुल १० जनाको उपचारको क्रममा मृत्यु भएको पाइएको छ । ३ सय ७५ देखि ४ सय ३२ जनासम्म सर्प दंशका रोगीहरु उक्त क्याम्पमा प्रतिवर्ष उपचारका लागि पुग्ने गरेको उक्त अनुसन्धानले देखाएको छ ।
त्यसैगरी धनुषाका विभिन्न मदर्शाहरुमा समेत सर्प दंशका रोगीहरु जडीबुट्टीको तथा झारफुकको उपचारका लागि पुग्ने गरेको पाइएको छ । धनुषाको १० वटा मदर्शाहरुमा उक्त टूस्टले गरेको अनुसन्धानबाट के देखिएको छ भने सन् २०१० देखि २०१३ सम्म विगत ४ बर्षमा ९ हजार ४ सय ४७ जना सर्प दंशका विरामीहरु पुगेका पाइन्छन् । जसमध्ये कुल १ हजार २ सय १० जना रोगीहरुको ती मदर्शाहरुमा मृत्यु भएको पाइन्छ । प्रति बर्ष ती १० वटा मदर्शाहरुमा कुल  १ हजार ४ सय ७५ देखि २ हजार ६ सय ८३ जनासम्म सर्प दंशका रोगीहरु पुगेको पाइन्छ । अनुसन्धानमा संलग्न रहेका उक्त टूस्टका संयोजक देवनारायण मण्डल भन्छन,“ हाम्रो समाजमा अहिले पनि मदर्शा तथा धामी झाक्रीहरुले उपचार गर्दा सर्पको विष झारिन्छ भन्ने अन्धविश्वासले धेरै ठुलो जडो गाडेको पाइन्छ । तिनीहरुले उपचार गर्नै सक्दैनन् । झारफुकबाट सर्प दंशको उपचार नै हुँदैन । न त कुनै जडीबुट्टीबाट । त्यसैले त्यहाँ मृत्यु दर १२.८१ प्रतिशत पाइएको छ ।” कतिपय मानिसहरु ठिक भएर ती मदर्शाबाट किन फर्किन्छन भने ती मानिसहरुलाई विषालु सर्पले टोकेको हुँदैन । त्यसकारण मानिसहरुमा अन्ध विश्वास अत्यन्तै वढ्दै गएको मण्डलको बुझाई छ ।
उक्त टूस्टले धनुषाको विभिन्न २५ वटा गाविसहरुमा गरेको सर्वेक्षण अनुसार सन् २०१२ मा ४ सय ८ र सन् २०१३ मा २ सय १९ वटा सर्प दंशका घटनाहरु भएकोमा ६४ जनाको सर्प दंशकै कारण मृत्यु भएको पाइयो । धनुषाको कजरा रमौलमा सबैभन्दा वढी ४२ वटा, नक्टाझिजमा ४१ वटा, ढल्केवरमा ३९ वटा र बालाबाखरमा ३९ वटा सर्प दंशका घटनाहरु देखिएका छन् । ती २५ वटा गाविसहरु मध्ये १८ वटा गाविसहरु पहिले बन जंगल क्षेत्र थिए जो पछि गएर कृषि जन्य क्षेत्र र मानव बसोवासका बस्ती बसाइएका कारण ती गाविसहरुमा विषालु सर्पहरु उल्लेख्य रुपमा पाउने गरिएको छ । ग्रामिण क्षेत्रका अधिकांश मानिसहरु सर्पलाई चिन्न सक्ने ज्ञानको अभाव हुनुका साथै सर्पले टोक्ने वितिकै अस्पतालमा उपचार गराउन जानुको सट्टा मदर्शामा गएर झारफुक गराउने गरेको पाइएको छ ।
दक्षिण एसियाको कुरा गर्ने हो भने भारत, बंगलादेश, नेपाल र पाकिस्तानमा मात्रै कम्तिमा ५० हजार भन्दा बढी मानिसहरु प्रतिवर्ष सर्प दंशका कारण मृत्यु हुने गरेको छ । विश्व स्वास्थ्य संगठनको एक प्रतिवेदन अनुसार नेपालमा प्रति बर्ष २० हजार जति मानिसहरुलाई सर्पले टोक्ने गरेका छन् भने १ हजार जति मानिसहरु प्रति बर्ष सर्पकै टोकाईकै कारण मृत्युको शिकार हुने गर्छन । प्रति बर्ष सर्प दंशका घटनाहरु बृद्धि भएको पाइएको छ । देशैभरी गरिएको एक अनुसन्धान अनुसार सर्प दंशका कारण नेपालमा प्रति बर्ष प्रति लाखमा १ सय ६२ जनाले ज्यान गुमाईरहेको पाइएको छ । संसारमा लगभग ३ हजार ५ सय भन्दा वढी प्रकारका सर्पहरु रहेका छन् भने भारतमा ३ सय जातीका तथा नेपालमा सर्पको प्रजाती सन्दर्भमा अध्ययन कम भएकोले अहिलेसम्म लगभग ८९ प्रजातीका सर्पहरु पाइएको छ । नेपालमा पाइने सर्पहरु मध्ये करिब १७ प्रजातीका सर्पहरु विषालु रहेको बताइन्छ ।
एउटा अनुसन्धानका अनुसार नेपालको १५ वटा जिल्ला अस्पतालहरुमा गरिएको सर्बेक्षणमा ३ हजार १ सय ८९ वटा सर्प दंशका घटनाहरु पाइयो जसमध्ये १ सय ४४ जनाको मृत्यु भयो । अर्थात सर्प दंशकै कारण समग्रमा मृत्यु हुने दर ४.५ प्रतिशत पाइयो । नेपालमा खास गरेर तराई र भित्रि तराई क्षेत्रका २३ जिल्लाहरुमा सबैभन्दा वढी सर्प दंशको घटनाहरु प्रतिवर्ष हुने गर्छ । अधिकांश विषालु सर्पहरु करिब ७२ प्रतिशत जुन, जुलाई र अगस्त महिना जो कि नेपालमा बर्षातको मौसम हुन्छ, त्यसमा पाउने गरिएको छ ।
सर्प देख्ने वितिकै मानिसहरु भयभित हुने गर्छन । र, मान्छेले चाहे सर्प विषालु होस वा गैर विषालु मार्ने प्रयास गर्छन । धनुषामा खास गरेर करैत, गोहमन, बहिरी करैत, ढोरिया, हरहरा, धामन, दरार, काला नागिन, अजगर लगायतका प्रजातिका सर्पहरु प्रायः पाउने गरिन्छ । सर्प बास्तवमा आलसी जीवको रुपमा मानिन्छ । खाना खान बाहेक अरु कारणले बाहिर नआउने, नघुम्ने भएकाले खाना विना पनि कैयौं दिनसम्म सर्पहरु बाँच्न सक्छन् भन्दै सर्पका जानकार समेत रहेका टूस्टका संयोजक मण्डल भन्छन,“ भारतमा एउटा इन्डियन पाइथन २९ महिनासम्म पनि खाना विना बाँच्ने गरेको छ । सर्पलाई आफ्नो शरीरको तापक्रम मेन्टेन गर्न खाना खर्च गर्न पर्दैन । सर्पको शरीरको ६० देखि ७० प्रतिशत भाग पानीले बनेको हुन्छ । बाहिर पानी नपाउने अवस्थामा शरीरको प्रोटिन र फ्याट लिक्विडको रुपमा परिणत भई पानीको अभाव पुरा गर्दछ । न्यूनतम ८ डिग्री सेल्सियस र अधिकतम ४५ डिग्री सेल्सियसको तापक्रमसम्ममा सर्प बाँच्न सक्दछ ।” पोलर रिजन बाहेक सबै क्षेत्रमा सर्पहरु पाइन्छन् । विश्वको सबैभन्दा छोटो सर्प भनेको १५ से.मीको वर्म स्नेक हो भने सबैभन्दा लामो ११ मिटरको रेटिकुलेटेड पाइथन हो । एउटा सर्प औषतमा ३ किलोमिटर देखि ७ किलोमिटर प्रति घण्टाको गतिमा घिस्रिन्छन भने अफ्रिकन म्याम्बा ११ किलोमिटर प्रतिघण्टाको दरले हिँडछन् ।
 सर्पमा भेनम अर्थात सेलिभा (¥याल) को परिवर्तित रुप हो जुन फ्यान्गसको मार्फतले विष दन्तमा वितरित हुन्छन् । उक्त विषको पहिलो प्राथमिकता भनेको सर्पले आफ्नो प्राकृतिक खानाको लागि प्रयोग गर्दछ भने दोस्रो आत्मरक्षाको लागि । त्यसकारण मानिसलाई सर्पले विना कारण टोक्दैन । उसलाई लाग्यो कि मलाई बाधा पुर्याइराखेको छ वा मलाई मार्न खोजिराखेको छ भने मात्र सर्पले आफ्नो विष दन्तलाई प्रयोग गरी टोक्दछन् । त्यसैले सर्पलाई मानिसले मार्नु हुँदैन किनभने पर्यावरणका लागि सर्प धेरै महत्वपुर्ण जिव हो भन्दै मण्डलले धनुषामा धेरै सर्पहरुलाई मार्नबाट जोगाएर जंगलमा जिवित उद्धार गरेका छन् । मिथिला वाइल्ड लाइफ टूस्टले सन् २०१३ को जनवरी देखि सन् २०१४ को अप्रिलसम्ममा धनुषाका विभिन्न क्षेत्रहरुबाट कुल ८ सय २९ वटा सर्पहरुको जिवितै उद्धार गर्न सफल भएका छन् । जसमध्ये ४सय ८६ वटा गैर विषालु, १ सय ८९ वटा विषालु र १ सय ५४ वटा अर्ध विषालु सर्पहरुको उद्धार गरी धनुषाधाम जंगलमा छोडेको टूस्टका संयोजक मण्डल बताउछन् ।

२०७३ श्रावण ०२ गते आईतबार

धनुषामा बढ्यो अवैध ‘काठको तस्करी’

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

धनुषामा काठ, दाउरा, जडिबुट्टी लगायत विभिन्न बन पैदावरको चोरी निकासीमा अत्यधिक वृद्ध भएको पाइन्छ । सहर बजारहरुमा घर बनाउने काम दिन प्रति दिन वढीरहेको अवस्थामा काठको अत्यधिक माग भएपछि बन छेउछाउका ग्रामिण क्षेत्रका मानिसहरुले राति राति काठ चोरी निकासी गरी सहर बजारको सःमिल तथा फर्निचरहरुमा विक्री गर्ने गरेका छन् ।
खास  गरेर धनुषाको बाहुनमारा बन क्षेत्र, चिसापानी बन क्षेत्र, पुष्पवलपुर बन क्षेत्र, ढल्केवर बन क्षेत्र, मालटोल बन क्षेत्र, धनुषाधाम बन क्षेत्र, विश्रामपुर बन क्षेत्र आदि बन क्षेत्रहरुबाट अवैधानिक तरिकाले बन तस्करहरुले बन तस्करी गर्दै आएका छन् । खास गरेर हरिहरपुर, ढल्केवर, महेन्द्र नगर, तुलसी आदि गाउँका मानिसहरु बनका काठ तस्करीमा सक्रिय देखिन्छन् । रातिको समयमा साइकलमा बञ्चरो तथा रस्सी लिएर आधा देखि १ दर्जन समुहमा तस्करहरु बनमा प्रवेश गरी दिनरात सालको गोलिया काठ काट्ने र रातिकै समयमा ल्याई नजिकको सहर बजारहरुमा महँगो दाम लिएर ती काठ बेच्ने गरेका छन् । हुन त बन प्रशासनले बेला बेलामा तिनीहरुलाइ पक्राउ गरी कानुनी कारवाही पनि अगाडी वढाउछन् । तर, सामान्य धरौटी दिएर रिहा हुने गरेकाले ती तस्करहरुलाई कुनै ठुलो असर पर्दैन र पुनः तस्करीलाई पेसाकै रुपमा तस्करहरुले अगाडी वढाएको पाइन्छ ।
बन प्रशासनद्वारा गरिएको कारवाही
७ साउन २०७२ मा गणेशमान चारनाथ नगरपालिका ७ बस्ने विष्णुदेव सहनी, खोविया सदालाई चिसापानी बन क्षेत्रबाट पक्राउ गरेको थियो । अवैधानिक तरिकाले बन पैदावार चोरी गरिरहेको हुनाले प्रति व्यक्ति २ हजार ६ सय १६ रुपैयाँ विगो र उक्त अपराधमा ६ महिनासम्म कैद हुने सजाय समेत भएकाले उक्त सजाय बापत प्रति व्यक्ति ४५ सय रुपैयाँ धरौटी लिएर तिनीहरुलाई रिहा गरिएको थियो ।
त्यसैगरी १० साउन २०७२ मा बाहुनमारा बन क्षेत्रबाट तुल्सी गाविस १ बस्ने भुवन मिर्चिङ मगर  र मिनबहादुर मिर्चिङ मगर अवैध काठ सहित पक्राउ परेका थिए भने सुखदेव ढुङ्गेल फरार भएका थिए । बन प्रशासनले जनही ४ हजार ३ सय ४५ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापतको धरौटी लिएर रिहा गरेको थियो ।
१० साउन २०७२ मै तुलसी बन क्षेत्रबाट बाहुनमारा अन्तरगत तुलसी १ बस्ने दानबहादुर मगर, मिनबहादुर मिर्चिङ मगरलाई अवैधानिक तरिकाले दाउरा ल्याउँदै गरेको अवस्थामा पक्राउ गरेपछि बन प्रशासनले १ सय रुपैयाँ विगो र १ सय रुपैयाँ जनही धरौटी लिएर रिहा गरेको थियो ।
१९ साउन २०७२ मा बाहुनमारा बन क्षेत्रबाट मिथिला नगरपालिका ९ बस्ने गोल्फे भन्ने सोमबहादुर माझीलाई अबैध दाउरा ल्याईरहेको अवस्थामा पक्राउ गरी १ सय रुपैयाँ विगो र १सय रुपैयाँ धरौटीमा रिहा गरेको थियो । त्यसैगरी ७ भदौ २०७२ मा पुष्पवलपुर बन क्षेत्रबाट हरिहरपुर ५ हाल छिरेश्वरनाथ नगरपालिका ८ बस्ने तिलक कुमार महतोलाई अवैध सालको गोलिया काठ सहित पक्राउ गरेको थियो भने दिलिप कुमार महतो र मनोज कुमार महतोे फरार भएको थियो । बन प्रशासनले जनही ८ सय ५८ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
१८ कार्तिक २०७२ मा पुष्पवलपुर बन क्षेत्रबाट पुष्पवलपुर ३ बस्ने कुमार सदा, धर्म बहादुर लामा, मिन बहादुर लामा, रंजित सदा, रविन लामा लाई अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोम ाबन प्रशासनले ४ हजार ३ सय ३५ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
 ३० कार्तिक २०७२ मा ढल्केवर बन क्षेत्र अन्तरगत हरिहरपुर हाल छिरेश्वरनाथ नगरपालिका ९ बस्ने महेन्द्र यादव र मनोज महतोलाई अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोम ाबन प्रशासनले ३ हजार ९ सय २८ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
२८ मंसिर २०७२ मा ढल्केवर बन क्षेत्र अन्तरगत ढल्केवर ४ हाल मिथिला नगरपालिका बस्ने इन्द्रलाल लामा, रुद्र बहादुर विश्वकर्मा, रुपेश कालीकोटेलाई बन प्रशासनले अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोमा  जनही ४ हजार ३ सय ६८ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत   धरौटी लिएर रिहा गरेको थियो ।
 २१ माघ २०७२ मा पुष्पवलपुर बन क्षेत्रबाट जनकपुर १० तथा हाल धनुषाधाम नगरपालिका ६ बस्ने तैरुन निसावदेवको निजी बनबाट विना इजाजत नम्बरी काठ निजी आवादीको काठ ट्याक्टरमा ओसारपोसार गरिरहेको अवस्थामा बन प्रशासनले पक्राउ गरेको थियो । पछि ७ हजार ६ सय ७७ रुपैयाँ विगो, १० हजार रुपैयाँ ट्याक्टर बापत धरौटी र प्रति व्यक्ति १ हजार रुपैयाँ जरिवाना लिएर धरौटीमा रिहा गरेको थियो । त्यसैगरी २२ माघ २०७२ मा ढल्केवर अन्तरगत मिथिला नगरपालिका ९ बस्ने देवनारायण महतो र छिरेश्वर नाथ नगरपालिका ८ बस्ने दिपक महतोलाई विना इजाजत निजी आवादीको काठ दुईवटा अलग अलग ट्याक्टरमा ओसार पोसार गरिरहेको अवस्थामा पक्राउ गरेको थियो । दुवै जना व्यक्तिलाई बन प्रशासनले काठको विगो बमोजिम ५ हजार ४ सय ४७ रुपैयाँ, १० हजार रुपैयाँ ट्याक्टर बापत धरौटी र १ हजार रुपैयाँ जरिवाना जनही लिएर धरौटीमा रिहा गरेको थियो ।
११ फागुन २०७२ मा मालटोल क्षेत्रबाट धनुषाधाम ६ बस्ने सरोज थापा, विरबहादुर लामा, मटुमिजारलाई बन प्रशासनले अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोमा  जनही १ हजार १ सय ५४ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो । त्यसैगरी २३ फागुन २०७२ मा विश्रामपुर बन क्षेत्र अन्तरगत छेरेश्वरनाथ ७ का शम्भुबुढाथोकी, कलिम अन्सारी, नुरमोहम्मद शेखलाई अवैध दाउरा ल्याईरहेको भन्दै २ सय १२ रुपैयाँ र धरौटी जनही लिएर रिहा गरेको थियो ।
८चैत्र २०७२ मा विरेन्द्र बजार बन क्षेत्रबाट सिरहा गौतारी गाविस १ का सौखीलाल सदा, छेदिया सदा र कालीचरण सदालाई बन प्रशासनले अवैध सालको गोलिया काठ सहित पक्राउ गरेकोमा  जनही ३ हजार ९ सय ३२ रुपैयाँ विगो र ४ हजार ५ सय रुपैयाँ कैद बापत धरौटी लिएर रिहा गरेको थियो ।
जिल्ला बन कार्यालय धनुषाका मुद्दा शाखाका कर्मचारी तैयव राइनका अनुसार कानुनमै बन कार्यालयले रु.५ हजार विगो बराबरको मुद्दा मात्र बनले हेर्ने गरेको र उक्त विगो रकम भन्दा माथिको मुद्दा जिल्ला अदालतले हेर्ने गरेको छ । सरकारी मुल्याङ्कन कम भएका कारण तस्करहरु पनि प्रायः ५ हजार विगो भन्दा तलकै रकम बरावरको काठ एक लटमा तस्करी गर्ने गरेको हुनाले कानुन अनुसार ६ महिनासम्मको कैद बापत ४५ सय रुपैयाँ जरिवाना र विगो बमोजिमको रकम धरौटी लिएर हामीले छोड्नु परेको छ । जुन बेला साल काठको प्रति क्यूविक फिट २ सय ५० रुपैयाँ थियो त्यही बेल ाबनेको कानुन अहिले सरकारी मुल्याङ्कन ८ सय रुपैयाँ प्रति क्यूविक फिट भईसक्दा पनि कायमै छ । बजारमा सरकारी मुल्याङ्कनको ८ सय क्यूविक प्रति फिट काठको मुल्याङ्कन पर्ने काठ  ४ हजार रुपैयाँसम्म पर्ने गरेकाले काठको अवैधानिक तस्करी बढेको हो ।
काठ तस्करहरुले खोसे बन समितिको मोटरसाईकल 
वनबाट ल्याउँदै गरेको काठसहित साईकल नियन्त्रणमा लिएको भन्दै काठ तस्करहरुले एक जनाको मोटरसाईकल खोसेर वेपत्ता बनाएका छन् ।  धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ९ हरिहरपुरका जयकिशुन महतोको ज ६ प २१९७ नम्बरको डिस्कोभर मोटरसाईकल काठतस्करहरुले खोसेर वेपत्ता बनाएको पीडित महतोले जनाएको छ ।
झण्डै दुई साता अघि नगरपालिकाको वडा नं. ९ स्थित  पल्लाझार मोटिहरबा सामुदायिक वनबाट ६ वटा साईकलमा ल्याउँदै गरेको ११ वटा गैरकानुनी सखुवाकोसाल वन समितिले नियन्त्रणमा लिएको थियो । वन समितिका सदस्य जयकिशुन महतो २१ अषाढमा सखुवा बजारमा आँप वेच्न पुगेको बेला क्षिरेश्वरनगरपालिका ७ का मो.कलिम मिया सहितका ७÷८ जना काठ तस्करको समुहले मोटरसाईकल नियन्त्रणमा लिएको बन समितिका अध्यक्ष गंगा महतोले जनाएको छ । आफुहरुले वनबाट ल्याउँदै गरेको काठसहित साईकल नियन्त्रणमा लिएको भन्दै उनीहरुले समितिका सदस्य महतो बजार आएको मौकाछोपी सलिम मियासहितका काठ तस्करहरुले मोटरसाईकल खोसेर वेपत्ता बनाएको समितिका सल्लाहकार जनक महतोले जानकारी दिएका छन् । मोटरसाईकल वेपत्ता बनाएपछि समितिले काठतस्करहरु विरुद्ध ईलाका प्रहरी कार्यालय ढल्केवरमा उजुरी दिएका छन् ।
१२ अषाढ २०७३ मा उक्त बन समितिका सदस्यहरुले बनको गस्ती गरिरहेको अवस्थामा कलिम मियाको अगुवाईमा करिब ७÷८ जना तस्करहरुको समुहले बनबाट १९.०१ क्यूविक फिट काठ साइकलमा तस्करी गरिरहेको अवस्थामा पक्राउ गर्न खोज्दा उक्त तस्करहरुले बन समितिलाई बञ्चरो लिएर आक्रमण समेत गर्न खोजेको तर अन्ततः उनीहरु काठ छोडेर फरार भएपछि बन समिति सँग प्रतिशोध स्वरुप समितिका सदस्यको मोटरसाइकल लुट्ने कार्य गरेको समितिका अध्यक्ष गंगा महतोले द एक्सक्लुसिभलाई बताएका छन् ।
    हुन त ती तस्करहरुले लगिरहेको काठमा सरकारी मुल्याङ्कन २१ हजार २ सय ९१ रुपैयाँ मात्रै भएपनि  बजारमा लाखौं रुपैयाँमा ती काठ सहजै विक्री हुन सक्थ्यो । त्यसैले तिनीहरु हामी माथि जाइलागेको उनले बताए ।
धनुषामा अधिकांश बन क्षेत्र चुरे र भावर तर्फ रहेको भएपनि निकै कम मात्रामा तल्लो तराई क्षेत्रमा पर्दछ । ९ हजार ३ सय ४२ हेक्टरमा साल, १ हजार ९ सय २ हेक्टरमा खयर, सिसौ र १६ हजार ३ सय ३५ हेक्टरमा मिश्रित बन, झाडी लगायतका काठहरु पाइन्छन् । धनुषाको उत्तर तर्फका भावर, चुरे (मालटोल एवम तुल्सी क्षेत्र तिर) र केही मात्रामा धनुषाधाममा गरी ३० देखि ५० प्रतिशत सम्म साल पाउने गरिएको छ । यस बन जंगल क्षेत्रको वरिपरी वसोवास गर्ने बासिन्दाहरुले साल प्रजातीलाई डाले घाँसको अधिक प्रयोग, अवैध काठ र दाउराको अनियमित संकलन अनियन्त्रित बन डढेलो र छाडा चरिचरण जस्ता कारणहरुले बनको अवस्था दिन प्रति दिन ह्रास हुँदै गएको छ । धनुषाधाम क्षेत्रमा साल को बन रहेपनि बन क्षेत्रको चारै तर्फ अवादीले घेरिएकोले बन पैदावार संकलनमा अधिक जनचाप बढेको पाइन्छ । बन प्रशासनले यी सबै गतिविधिलाई नियन्त्रण गर्न सक्नुपर्दछ ।

२०७३ श्रावण ०२ गते आईतबार