Wednesday, August 13, 2014

नैतिक–सामाजिक बन्धन तोड्दै यौन सम्बन्ध जन्मदिनेलाई पनि बलात्कार

ज्वाइँ राजकुमार महत्तो र सासु रेखा देवी महत्तो बीच
 शारीरिक सम्बध स्थापित भएपछि बैवाहिक बन्धनमा ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषाको भरतपुर ५ का रामकृष्ण भन्ने रुद्रबहादुर दाहालले जन्म दिने आफ्नै आमालाई बलत्कार गरेका छन् । १८ अषाढ २०७१ मा आमा विरामी भई सुतिरहेको अवस्थामा छोराले आफ्नै आमालाई ज्यान मार्ने धम्की दिँदै बलात्कार गरेका हुन् । बुबा सिरहाको बन्दीपुरमा काम गर्न गएको बेला बुवाको लागि रुद्रले खाना लिई खेतमा पु¥याई त्यहाँ आफैपनि लेबरको काम गरि रक्सी खाई साँझ साढे ७ बजे तिर घर फर्केका थिए ।  उनको आमा र सुस्त मनस्थितिका दिदी मात्र घरमा बसेका थिए । आमा घरमा सुतेको बेला उत्तेजित भई एक्कासी उसले आमाको सम्बेदनशिल अंग (स्तन) समाति आमाले हो(हल्ला गरेपछि आमाले लगाएको साडी जवरजस्ती फुकाली आमाको मुख छोपी कराईस भने ज्यान नै मारिदिन्छु भनेर धम्की दिँदै उसले आफैले लगाएको पैन्ट खोलेर र आमाको पेन्टी कपडा समेत खोली जवरजस्ती करनी गरेको उसले अदालत समक्ष समेत बयानको क्रममा स्वीकार गरेका छन् । उसले यस अघि पनि ९ अषाढ २०७१ मा आमाले लगाएको साडी फरियाले मुख छोपी, आमाको कपडा खोली बलात्कार गरेका थिए । पहिलो पटक आमालाई बलात्कार गर्दा आमाले प्रहरीमा उजुरी नगरेपनि दोस्रो पटक प्रहरीको ढोका खटखटाएका थिए । १२ साउन २०७१ मा ४५ वर्षिय पीडित आमाले आफैले जन्म दिएको छोराले आफुलाई जवरजस्ती करनी गरेको भन्दै छोरा रामकृष्ण भन्ने रुद्र बहादुर दहाल विरुद्ध धनुषा जिल्ला अदालतमा जवरजस्ती करनी र हाडनाता करनीको मुद्दा दायर गरेका थिए । १५ साउन २०७१ मा न्यायाधिश कृष्ण प्रसाद पौडेलको इजलासले पक्राउ परेका रुद्रलाई मुद्दा पुर्पक्षको लागि सिन्धुली कारागार स्थित थुनामा राख्न आदेश समेत दिई सकेको छ । अहिले उनी सिन्धुली कारागारमा थुनामा छन् ।
आफ्नै भतिजीलाई जवरजस्ती करनी
धनुषाको दिगम्बरपुरमा नातामा ठुलो बुवा पर्नेले आफ्नै भतीजीलाई जवरजस्ती करनी गरेको अभियोगमा अहिले थुनामा छन् । दिगम्बरपुर वडा नं. ३ का ५० वर्षिय हरिशचन्द्र ठाकुरले १७ बैशाख २०७० मा आफ्नो भतिजीलाई बल जवरजस्ती भुइँमा लडाई निजले लगाएको समिज र सुरुवाल खोली जवरजस्ती करनी गरेको अभियोगमा उनी २७ बैशाख २०७० मा पक्राउ परेका छन् । प्रतिवादी हरिशचन्द्रले आफुले लगाएको पेन्ट खोली पीडितको कपडा खोली योनीमा लिङ्ग पटक पटक पसालेर करनी गरेको हुँदा विपक्षीलाई यथाशिघ्र पक्राउ गरी मुलुकी ऐन जवरजस्ती करनीको महल र हाडनाता करनीको महल बमोजिम कारवाही गर्न १६ जेष्ठ २०७० मा धनुषा जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । १७ बैशाख २०७० का दिन साँझ ५ बजेका दिनमा घर सफा गरिरहेकी आफ्नै नाता पर्ने भतिजीलाई आफ्नो गम्छाले मुख बाँधि भुईमा लडाई निजको कपडा खोली योनीमा लिङ्ग छिराउन खोज्दा केही मात्र लिङ्ग प्रवेश गरेको, पुर्ण रुपमा लिङ्ग प्रवेश नगरेको हरिशचन्द्रले प्रहरी समक्ष गरेको बयान कागजमा उल्लेख छ । केही बेर योनीको बाहिर बाहिर लिङ्ग दलि सो ठाउँबाट आफ्नो कपडा लगाई घर तर्फ जान लाग्दा पीडितले हल्ला गर्दा आफु भागेको प्रहरी समक्ष उनले बयान गरेका छन् । आफु यौन उत्तेजनामा आएर त्यस्तो कार्य गरेको उनले स्वीकार गरेका छन् ।
बस कन्डक्टरद्वारा १० वर्षिय बालिकालाई बलात्कारको प्रयास
भोजपुर देउराली ७ का भोले भन्ने दुर्गा बहादुर दाहालले १० वर्ष भन्दा मुनिका एक बालिकालाई बसमै बलात्कार प्रयास गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । ३१ अषाढ २०७१ मा ५ बजेको समयमा उक्त बालिका आफ्नो आमा, आमाको साथी अप्सरा घिमिरे सँगै पोखराबाट इटहरी सम्म आउनको लागि ना.४ख. ८९५६ नम्बरको जगदम्बा बसमा टिकट काटि डूाईभर साइडको ७ र ८ नम्बर सिटमा बसेकी थिइन् । आमा र आमाको साथीको बीचमा बसी आईरहेको अवस्थामा सो सिटमा बस्न असजिलो भएपछि बसको पछाडीको सिट खाली देखेपछि उक्त बालिका पछाडीपट्टीको सिटमा गएर बसिन् । उनी कुन बेला भुसुक्क निदाएछन् उनले थाहा पाइनन् । के कुन स्थान देखि सोही बसमा काम गर्ने कन्डक्टर दुर्गा बहादुर दाहाल कतिखेर उनको छेउमा आई उनको जिऊमाथि चढी उनले लगाएको एउटा भेष्टमा हात छिराई स्तन मडारी रहेको र एउटा हातले पेन्टी खोली ओठ जुधाई चुसीरहेको र जवरजस्ती करनी गर्न खोज्दा उनी रोई कराएकोे अदालतमा दिएको जाहेरीमा उल्लेख छ । उनी रोईकराई आमा बसेको ठाउँमा जान खोज्दा कन्डक्टरले हात धकेली अगाडी पट्टीको सिटमा भागेको बताइएको छ । त्यसपछि उनका आमाले उक्त कन्डक्टरलाई झापड हानेको र कन्डक्टरले पनि झापड हानेपछि ३२ गते विहान ३ बजे तिर धनुषाको हरिहरपुरमा गाडी रोक्न लगाई प्रहरीको सहयोग लिइएको उक्त जाहेरीमा उल्लेख छ । उक्त बसका कन्डक्टर अहिले धनुषा प्रहरीको हिरासतमा छ । उक्त मुद्दा धनुषा जिल्ला अदालतमा विचाराधिन अवस्थामा छ ।
सासुसँग ज्वाइँको शारीरिक सम्बन्ध
९ माघ २०७० मा भ्रमरपुरा गाविस वडा नं. २ बस्ने देवेन्द्र महत्तो नुनियाको छोरी हिरा कुमारी महत्तोको सुगा भवानीपट्टी ६ बस्ने बेचन महत्तो नुनियाको छोरा राजकिशोर महत्तोसँग विवाह भएको थियो । २०७१ साल बैशाखमा राजकिशोर महत्तो हरनियाको अपरेशन गराउन सासु रेखा देवी महत्तोलाई लिएर भारत विहारको मधुवनी जिल्ला स्थित मटिहानीमा उपचार गराउन गएका थिए । उपचार गराउने क्रममा सासु रेखा देवी ज्वाई राजकिशोर महत्तोको बीचमा माया प्रेम परेपछि दुवैजना बीच शारीरिक सम्बन्ध समेत स्थापित भयो । २०७१ साल जेष्ठमा भ्रमरपुराबाट दुवै जना भारतको आगरामा भागी करिब २ सप्ताह होटेल र लजमा बसे । २०७१ साल अषाढ महिनामा तिनीहरु नेपाल आई विवाह गरेका थिए । सासुसँग विवाह गरि राजकुमारले आफ्नो घर सुगा भवानीपट्टीमा राख्न थालेपछि स्थानीयवासीहरुले समेत विरोध गरेका थिए । त्यसपछि राजकुमारको पहिलो पत्नी हिराकुमारी महत्तोले आफ्नै आमा र श्रीमान राजकुमार महत्तोलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मुद्दा दर्ता गराएका थिए । प्रहरीले ती दुवै जना सासु र ज्वाइँलाई पक्राउ गरी हाडनाता करणी र बहुविवाहको मुद्दा अदालतमा दर्ता गरेका छन् । 



२०७१ साउन २५ गते आईतबार

नेपालको कानुनमा हाडनातामा करणी गर्नेको दण्ड सजाय


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
आफुलाई जन्माउने आमाको करणी गर्नेलाई जन्म कैद हुन्छ । आफ्ना एकै बाबुबाट जन्मेका दिदी बहिनी वा आफुले जन्माएका छोरीको करणी गर्नेलाई दस वर्ष कैद हुन्छ । आफ्ना हाडको नातामा आफ्नी सौतेनी आमा, हाँगा नफाटेकोमा जतिसुकै माथिको पुस्ता भएपनि र हाँगा फाटेकोमा तीन पुस्तासम्मका बज्यू, आफ्ना छोराकी स्वास्नी छोरा बुहारी, आफ्ना हाँगामा जतिसुकै पुस्ताको छोरा सन्तान भएपनि त्यस्ता छोरा सन्तानकी स्वास्नी वा छोरी, आफ्ना एकै बाबुबाट जन्मेका भाइकी स्वास्नी भाई बुहारी, आफ्ना एकै बाबुबाट जन्मेका दाजु वा भाइकी छोरी वा छोरा बुहारी, आफ्नो एकै बाबुबाट जन्मेका दाजु वा भाईका छोराकी छोरी वा छोरा बुहारी, आफ्ना एकै बाजेबाट जन्मेकी दिदी वा बहिनी वा आफ्ना एकै बाजेबाट जन्मेका दाजु वा भाईकी छोरा वा त्यस्तो भाईकी स्वास्नीमानिसको करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ ।
आफुले जन्माएकी छोरीको छोरा वा छोरा बुहारी, आफुलाई जन्माउने आमालाई जन्माउने बज्यु, आफुलाई जन्माउने आमाका बाबु वा आमालाई जन्माउने बज्यु, बाबुका आमालाई जन्माउने बज्यु, आफ्नी स्वास्नीलाई जन्माउने सासु, त्यस्ती सासु वा आफ्ना ससुरालाई जन्माउने बुढी सासु, आफ्नी आमाका एक आँतका दिदी वा बहिनी, आफ्ना एकै बाबुबाट जन्मेका दिदी वा बहिनीकी छोरी वा त्यस्ती दिदी वा बहिनीकी छोरा बुहारी, आफुलाई जन्माउने आमाका एकै आँतका दाजु वा भाईकी स्वास्नी आफ्नी माईज्युको  करणी गर्नेलाई तीन वर्षदेखि ६ वर्षसम्म कैद हुन्छ ।
आफ्ना हाडमा सात पुस्तासम्मका बज्यु, भाई बुहारी, छोरा बुहारी, नातिनी बुहारी, दिदी, बहिनी, छोरी नातिनी, फुपु,  जेठा वा कान्छा बाबुकी स्वास्नीलाई करनी जानी जानी करणी गर्नेलाई नाता र पुस्ताको विचार गरी वढीमा दुई वर्षसम्म कैद हुन्छ ।
आफ्ना एक बाजेबाट जन्मेका जेठा वा कान्छा बाबुकी छोराकी छोरी वा आफ्ना एकै बाबुबाट जन्मेका दाजु वा भाईकी छोरीकी छोरी, आफ्ना एक बाबुबाट जन्मेका दिदी वा बहिनीका छोराकी छोरी वा छोरा बुहारी वा त्यस्ता दिदी वा बहिनीकी छोरीकी छोरी वा छोरा बुहारी, आफ्नी सौतेनी सासु वा सौतेनी बुढी सासुलाई करणी गरेमा वढीमा दुई वर्षसम्म कैद हुन्छ ।
अरु कसैले भाउज्युले करणी गरेमा आफ्ना एकै बाबुबाट जन्मेका दाजुकी स्वास्नी भए तीन वर्षदेखि ६ वर्षसम्म र अरुमा आफ्ना हाडमा सात पुस्तासम्मका दाजुकी स्वास्नीको जानी करणी गरेको भए नाता  र पुस्ताको विचार गरी वढीमा एक वर्षसम्म कैद हुन्छ । एक लोग्नेबाट जन्मेका छोराको र उसै स्वास्नीले अर्को लोग्नेबाट जन्माएकी छोरीको जानी जानी करणी भएमा सो करणी गर्ने लोग्ने मानिसलाई वढीमा एक वर्षसम्म कैद हुन्छ । कसैले आफ्ना धर्मपुत्र छोराका स्वास्नी वा सन्तानमा वा धर्मपुत्र  राख्ने बाबुका नातामा करणी गरेमा यस महल बमोजिम सजाय हुने हाडनाताको रहेछ भने सोही बमोजिम र अरुमा धर्मपुत्रले धर्मपुत्र राख्ने बाबुकी स्वास्नीको वा त्यसै बाबुबाट जन्मेकी छोरीको वा धर्मपुत्र राख्नेले धर्मपुत्रकी स्वास्नीको वा धर्मपुत्रकी छोरीको करणी गरेमा बढीमा एक वर्षसम्म कैद हुनेछ ।
पशु करणीको हकमा दण्ड सजाय
कसैले स्त्रीजाति चौपायाको करणी गर्न वा कुनै चौपायासित करणी गराउन वा अरु कुनै अप्राकृतिक मैथुन गर्न गराउन हुँदैन । कसैले स्त्री जाति चौपाया मध्ये गाईको करणी गरेमा निजलाई दुईवर्षसम्म कैद र गाई बाहेक अरु चौपायाको करणी गरेमा एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुन्छ । कुनै स्वास्नीमानिसले चौपायाबाट करणी गराएमा निजलाई एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँसम्म जरिवाना हुन्छ । यस बाहेक अरु कुनै किसिमको अप्राकृतिक मैथुन गर्ने गराउनेलाई एक वर्षसम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ । 

२०७१ साउन २५ गते आईतबार

नावालिकलाई बलात्कार गर्ने पक्राउ

नाबालिकलाई बलात्कार गरेको 
अभियोगमा अशोक कुमार महत्तो  
 प्रहरी हिरासतमा ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषा प्रहरीले जबरजस्ती करणी गरी फरार रहेका दुई अभियुक्तलाई पक्राउ  गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा पुष्वलपुर( २ बस्ने ३० वर्षीय अशोक कुमार महतो र धनुषा सिनुरजोडा (२ का २५ वर्षिय बिजय कुमार खत्वे रहेको प्रहरीले जनाएको छ ।
खत्वेलाई एक ९ वर्षीया बालिकाको वलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरी निरीक्षक गोविन्द पुरीले जानकारी दिएका छन् । पुरीका अनुसार खत्वेले विगत तीनदिन अगाडी सिनुरजोडा(३ मा ९ वर्षीया एक बालिकाको जबरजस्ती करणी गरी फरार भएका थिए ।
नाबालिकलाई बलात्कार गरेको अभियोगमा 
विजय कुमार खत्वे प्रहरी हिरासतमा ।
यसैगरी दुईवर्ष अगाडी एक बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा महतोलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । २०६९ असोस ८ गते महतो लगायत पाँचजनाले पुष्वलपुर २ मा एकबालिकाको सामुहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कारको घटनामा महतोसँगै संलग्न रहेका अन्य व्यक्तिहरुको खोजतलाश जारी रहेको पुरीले जनाए । आर्थिक वर्ष २०७०÷०७१ मा धनुषा जिल्ला अदालतमा कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । साउनमा ४, भदौंमा ५, कार्तिकमा २, मंसिरमा १, पुषमा १, चैत्रमा १, बैशाखमा ५, जेष्ठमा ३, र अषाढमा २ गरी कुल २४ थान जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् । त्यसैगरी दुई थान मुद्दा हाडनाता करणी अन्तरगत दर्ता भएका छन् । जलेश्वर कारागारमा जवरजस्ती करणी मुद्दामा ३३ जना थुनुवा बन्दी र दुई जना कैदी बन्दी रहेका छन् ।


२०७१ साउन २५ गते आईतबार

असुरक्षित यौन सम्पर्कका कारण एचआइभी संक्रमण वढ्दो


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जनकपुर अञ्चल अस्पतालले आर्थिक वर्ष २०७०÷०७१ मा रक्त परिक्षण गर्दा कुल ५ सय ८३ जनामा एचआइभी संक्रमण रहेको पाइएको छ । जसमध्ये ३ सय २३ पुरुष र २ सय १९ महिला रहेका छन् । संक्रमित हुनेहरुमा बालबालिकाहरु पनि रहेको पाइएको छ । एक वर्ष देखि चार वर्षसम्मका बालक १४ जना र ३ जना बालिका, ५ वर्ष देखि १४ वर्षसम्मका १३ जना बालक र ११ जना बालिकामा एचआइभी संक्रमण रहेको पाइएको छ । जनकपुर अञ्चल अस्पताल स्थित स्वछिक परामर्श तथा सुचना केन्द्रले दिएको जानकारी अनुसार उक्त केन्द्रमा आर्थिक वर्ष २०७०÷०७१ मा ४ सय ४८ जना एचआइभी संक्रमितहरुले औषधि सेवन गरेका छन् । औषधि सेवन गर्नेहरु मध्ये २ सय ७९ पुरुष, १ सय ५१ महिला, १ देखि ४ वर्षसम्मका ६ जना बालक, ५ देखि १४ वर्षसम्मका ९ जना बालक र १ वर्ष मुनिका १ जना बालक तथा १ देखि ४ वर्षसम्मका २ जना बालिका रहेका छन् । उक्त सूचना केन्द्रबाट औषधि सेवन गर्नेहरुमध्ये १ वर्षमा कुल ४२ जनाको मृत्यु भइसकेको छ । जसमध्ये ३४ जना पुरुष, ६ जना महिला र १ देखि ४ वर्षसम्मका २ जना बालबालिका रहेका छन् । यसरी ४ सय ४८ जना संक्रमितहरुमध्ये ४२ जनाको उपचार गर्दा गर्दैको अवस्थामा मृत्यु भएको छ भने ४ सय ६ जना जिवित संक्रमितहरुले उपचारका लागि औषधि सेवन गरिरहेको स्वच्छित परामर्श तथा सूचना केन्द्रका एआरटी काउन्सलर प्रदिप साहले द एक्सक्लुसिभलाई बताएका छन् । काउन्सलर साहका अनुसार अञ्चल अस्पतालमा पत्ता लागेका ५ सय ८३ जना संक्रमितहरुमध्ये करिब ९५ प्रतिशत व्यक्तिहरु असुरक्षित यौन सम्पर्ककै कारण एचआइभीबाट संक्रमित भएका छन् । एक जना भाईलाई एचआइभी संक्रमण भएको जानकारी नहुँदा आफ्नो बहिनीलाई रक्तदान गर्दा बहिनीलाई समेत एचआइभी संक्रमण भएको उनले बताए । उनका अनुसार पुरुष पुरुष बीच यौन सम्पर्क राख्ने ५ जना पुरुष संमलिङ्गीहरु पनि संक्रमित भएका छन् । यसका साथै यौन व्यवसाय गर्ने १० देखि १५ जना महिला यौन व्यवसायीहरु समेत एचआइभी संक्रमणका शिकार भएका छन् ।
समलिङ्गी तथा तेस्रो लिङ्गीको हक अधिकारको लागि कार्यरत संस्था निलहिरा समाज धनुषाका परियोजना अधिकृत संतोष ठाकुर पनि समलिङ्गीहरु बढी एचआईभी संक्रमित रहेको बताएका छन् । उनका अनुसार पुरुषले पुरुषलाई यौन सम्पर्क स्थापना गर्दा गुद्वद्वार च्यातिने र रगतको सम्पर्क भएपछि एचआईभीबाट संक्रमित हुने गरेको संख्या धेरै छन् । तर, उनीहरुले परीक्षण गराउँदा आफ्नो पहिचान तेस्रोलिङ्गी नबताएर पुरुष नै बताउने गरेका छन् ।



०७१ साउन २५ गते आईतबार

केटा केटी भाग्ने प्रवृति बढ्दो

केटासँग भागेपछि बहिनीलाई जिपमा
 लिएर घर जाँदै उसका भाई । 
२१ साउनमा प्रहरीले ती यूवतीलाई 
आफन्तको जिम्मा लगाएको थियो ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
२१ साउनमा साँझ ५ बजे तिर जिल्ला प्रहरी कार्यालय धनुषाको परिषर बाहिर थुप्रै मानिसहरुको भिड लागेको थियो । परिसर भित्र एउटा जिपमा एक जना महिलालाई राखिएको थियो । किन भिड लागेको हो भन्ने जान्न खोज्दा प्रहरी निरीक्षक हरिनन्दन चौधरीले केटा केटी भागेको विषयमा उजुरी परेपछि भागेका केटा केटीलाई प्रहरीले पक्राउ गरेर ल्याएको जानकारी गराईयो । उक्त घटना बुझ्दा महोत्तरी अगिलेश्वाका पनवरिया जातिका एक जना १७ वर्षिय केटीलाई धनुषाको कचुरीका यादव समुदायका २० वर्षिय केटाले ७ महिना अघि भगाई लगेको थियो । केटालाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो भने केटीलाई केटीको आमा,बुवा तथा भाईले जिपमा घेराबन्दी गरी राखेका थिए । केटी गर्भवती रहेको र ५ महिनाको बच्चा समेत गर्भमा रहेको केटीले दावी गरिरहेको थियो । केटी आफुले उसँग प्रेम विवाह गरेको कारण उसैसँग बस्ने अडान लिईरहेको कारण केटीका बुवा तथा भाईले जिल्ला प्रहरी परिसरमै झापड हानेका थिए । कुटाईका कारण केटीको ओठ सुन्निएको थियो । जिपमा एक तर्फबाट आमा र अर्को तर्फबाट भाईको बीचमा रोइरहेकी उक्त केटीलाई प्रहरीले अन्ततः उनको परिवारको जिम्मा लगाए । परिसर बाहिर केटाको गाउँका मानिसहरु जसरी पनि केटा र केटी दुवैलाई लिएर भाग्न चाहन्थे । तर, प्रहरीले उनीहरुलाई धपाएका थिए । केटाको दिदीको विहे केटीको गाउँमा भएको थियो र दिदीसँग भेट गर्न जाँदा उक्त केटीसँग उनीहरुको प्रेम परेको थियो । यसअघि पनि ती दुवै केटा केटी एक पटक भागिसकेको थियो र प्रहरीले केटीलाई परिवारको जिम्मा लगाएको थियो । तर, केटीलाई लिएर काठमाण्डौ बसेका तिनका आमा बुवालाई छलेर फेरी भाग्न सफल भएका थिए, उक्त केटी ।
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने जयप्रकाश साह र मनोरमा गुप्ता ।
यसरी यस्ता घटना र दृष्यहरु जिल्ला प्रहरी कार्यालयको परिसरमा दिनहुँ जसो देखिन्छ । कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरु भागी विवाह गर्ने प्रवृति वढेको छ । विद्यालयमा जाँदा प्रेममा पर्ने र आमा बुबाको इच्छा विपरित भागी हिड्ने प्रवृति दिनानुदिन बढ्दै गएको छ ।
आर्थिक वर्ष २०७०÷०७१ को अषाढ देखि साउन सम्म जिल्ला प्रहरी कार्यालय धनुषामा केटा केटी भागेको ९३ वटा घटनाहरुको उजुरी परेको छ । मेरो छोरीलाई ललाई फकाई भगाएको भन्दै केटी पक्षका अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका छन् । कतिपय अवस्थामा घरबाट भाग्दा केटीले घरमा रहेको पैसा तथा गरगहना समेत लगेर भागेको भन्ने उजुरी पर्ने गरेका छन् । केटी पक्षले आफ्नो छोरीलाई गुमराह गरी भगाएको भन्दै छोरीलाई खोजी गरिदिन अभिभावकहरुले प्रहरीमा उजुरी गर्ने गरेका हुन्छन भने केटा पक्षका अभिभावकले छोराले बुहारी ल्याईहाल्यो राखौं भन्ने सोंचका साथ केटाका अभिभावकहरुले सहयोग गर्ने गरेको प्रवृति बढेको जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा कार्यरत प्रहरी हवलदार सुजित पासवानको भनाई छ । एकै स्कुलमा पढ्थ्यौं, चिनजान भयो र प्रेम प¥यो भन्दै केटा केटीहरु भाग्ने गरेका हुन्छन् । उजुरी परेपछि प्रहरीले खोजतलास गरेर केटा केटी दुवैलाई झिकाई तिनीहरुको अभिभावकलाई जिम्मा लगाएपनि फेरी फेरी पनि भाग्ने गरेको घटनाहरु पनि व्याप्त रहेको हबलदार पासवानको भनाई छ । यसरी भाग्नेहरुमा केटा पक्ष दलित, मुसलमान समुदायको र केटी पक्ष बाहुन, कायस्थ र राजपुत समुदायको अधिकांश रहने गरेको उनको भनाई छ । यसरी भाग्दा अन्तरजातिय विवाह गरेको कारण समाजमा मान मर्यादा, सम्मान गुमेको अह्मका कारण केटी पक्ष जसरी पनि केटीलाई फिर्ता ल्याउने प्रयत्नमा रहन्छन भने केटा पक्षका सिंगो गाउँ नै गाउँको प्रतिष्ठाको सबाल बनाई साथ दिईरहेका हुन्छन् । यसरी भाग्दा केटा केटीहरु बीच शारीरिक सम्बन्ध स्थापित हुने र कतिपय अवस्थामा गर्भवति समेत भएको अवस्था पाइन्छ । गर्भवती भएपनि गर्भपतन गराएर आफ्नो घर लग्ने केटी पक्षको प्रयास रहन्छ । भागेर नेपालमै रहेको अवस्थामा खोजी गर्न प्रहरीले सफलता पाउने गरेको भएपनि भारतमा गईसकेपछि फिर्ता ल्याउन अत्यन्तै कठिन हुने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाको मुद्दा फाँटका प्रहरी निरीक्षक हरिनन्दन चौधरी बताउँछन् । उनका अनुसार मोवाइल, इन्टरनेट जस्ता प्रविधिहरुको दुरुपयोगका कारण केटा केटीहरु उमेर भन्दा अघि नै यौन चाहना पुरा गर्न चाहन्छन् । र, त्यसका लागि प्रेममा परी भाग्ने गरेको प्रवृति वढेको छ । प्रहरी निरीक्षक चौधरी भन्छन,“ केटीलाई गर्भवती बनाउन सक्यो भने केटीका आमा बुवाले बाध्य भई स्वीकार गर्न सक्छन भन्ने केटाहरुको सोंच हुन्छ भने केटीका अभिभावकहरु गर्भपतन गराएर भएपनि फिर्ता लग्ने प्रयासमा हुन्छन् ।” 
कोर्ट म्यारेज
जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज 
गर्ने नारायण प्याकुरेल र ज्योतिमान दाहाल ।

१ साउन २०७० देखि ७ अषाढ २०७१ सम्म जिल्ला प्रशासन धनुषामा ४ जना जोडीले मात्र विवाह दर्ता गराएका छन् । ११ साउन २०७० मा महोत्तरी भंगहा घर भई हाल धनुषा हरिहरपुर २ का २८ वर्षिय विनोद कुमार मण्डल र धनुषाधामका २१ वर्षिया सम्झना कुमारी गोस्वामी बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी ११ मंसिर २०७० मा धनुषा रघुनाथपुर ७ का २८ वर्षिय जिवन कुमार कालीकोटे र सिरहा अयोध्यानगर २ की २३ वर्षिया बविता कुमारी लामाको जिल्ला प्रशासन कार्यालयमा विवाह गरिएको छ । त्यसैगरी १९ पुष २०७० मा धनुषा यज्ञभुमि ९ घरभई हाल अमेरिकाका २५ वर्षिय नारायण प्याकुरेल र धनुषा यज्ञभुमि ७ कि २३ वर्षिया ज्योतिमान दाहाल बीच कोर्ट म्यारेज गरिएको छ । त्यसैगरी २६ फागुन २०७० मा जनकपुर १० का २३ वर्षिय मोहम्मद मजहर र फिलिपिन्स की २५ वर्षिया रोजान जोय मिबुल्स बीच कोर्ट म्यारेज गरिएको छ । यस आर्थिक वर्ष २०७१÷०७२ मा हालसम्म एक जना जोडीको मात्र कोर्ट म्यारेज भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले दिएको जानकारी अनुसार १८ साउन २०७१ मा महोत्तरी मटिहानी ९ र हाल अमेरिकाका ३३ वर्षिय जयप्रकाश साह र धनुषाको दिगम्बरपुर ३ का २० वर्षिया मनोरमा गुप्ता बीच कोर्ट म्यारेज गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषामा कोर्टम्यारेज
 गर्ने मो.मजहर र  रोजान जोय मिबुल्स ।
उक्त तथ्याङ्कले के पनि देखाउँदछ भने धनुषामा गत वर्ष ९३ जोडी भागि प्रेम विवाह गरेपनि उमेर अपुगको कारण तिनीहरुले बैधानिक कोर्ट म्यारेज गर्ने गरेको छैन । अर्थात कानुनले तोकेको उमेर नपुगी बाल विवाह हुने हुनाले कानुनको सजायबाट बच्न र उमेर पुगेपछि मात्र विवाह गर्ने पर्खाइमा ती भागेका जोडीहरु रहने गरेको हुन्छन् ।

बालविवाह सम्बन्धि दण्ड र सजाय
नेपालको कानुन अनुसार विहाबारी गर्दा महिला र पुरुषको उमेर संरक्षकको मंजुरी भए १८ वर्ष संरक्षकको मंजुरी नभए २० वर्ष नपुगी विहावारी गर्न गराउन हुँदैन । त्यस्तो विवाह गरे गराएमा, १० वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ६ महिना देखि ३ वर्षसम्म कैद र १ हजार रुपैयाँ देखि १० हजार रुपैयाँसम्म जरिवाना हुन्छ । १० वर्ष देखि माथि १४ वर्ष नपुगेकी बालिकाको विवाह गरे गराएको रहेछ भने ३ महिना देखि १ वर्षसम्म कैद र ५ हजार रुपैयाँ सम्म जरिवाना हुन्छ । १४ वर्ष देखि १८ वर्ष नपुगेकी स्वास्नी मानिसको विवाह गरे गराएको छ भने ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ सम्म जरिवाना वा दुवै सजाय हुन्छ । बीस वर्ष उमेर नपुगेको स्वास्नी मानिस वा लोग्ने मानिसको विवाह गरे गराएको रहेछ भने ६ महिनासम्म कैद वा दस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन्छ ।


२०७१ साउन २५ गते आईतबार

श्रीमतिद्वारा पुरुष हिंसा पनि वढ्दोा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
पुरुषहरुले महिलामाथि घरेलु हिंसा गरेको घटनाहरु भईरहेपनि अब श्रीमतिद्वारा श्रीमान माथि पनि घरेलु हिंसा हुने गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषामा श्रीमतिबाट आफु पीडित भएको भन्दै थुप्र्रै उजुरीहरु दर्ता हुने गरेका छन् । आफु विदेशमा हुँदा आफुले पठाएको पैसा समेत लिएर परपुरुषसँग विवाह गरी भागी गएको, श्रीमतिले आफुलाई खान लाउन नदिएको भन्दै पुरुषहरु प्रहरीमा उजुरी गर्ने गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाको महिला सेलमा आर्थिक वर्ष २०७०÷०७१ मा पुरुष पीडितको २५ वटा उजुरी परेका छन् । त्यसैगरी आर्थिक वर्ष २०६९÷०७० मा १६ वटा र २०६८÷०६९ मा ३२ वटा मुद्दा परेको छ । त्यसैगरी धनुषा जिल्ला अदालतमा आर्थिक वर्ष २०७०÷०७१ मा ५ वटा जारी मुद्दा परेको छ ।
सभाषदद्वारा पीडित लोग्ने 
सभाषद उर्मिला देवी साह

धनुषा रमदैया भवाडी ९ का ५० वर्षिय खेहरु साहले आफु आफ्नी श्रीमति उर्मिला देवी साह र रमदैया भवाडी २ का राम रतन यादवबाट पीडित भएको भन्दै इन्साफका लागि अदालतको ढोका खटखटाएका छन् । खेहरुले दिएको जाहेरी अनुसार ४५ वर्षिय उर्मिला देवी साह उनकी पत्नी हुन । उर्मिला अहिले संघीय समाजवादीका तर्फबाट समानुपातिक कोटामा सभाषद छिन् । उनी र उनको पत्नीको बीचमा विवाहित दामपत्य जिवनबाट ४ सन्तानको जन्म भएका छन् । दुई छोरीको विवाह भईसकेको र दुई छोरा नावालकै रहेको छ । तत्कालिन अवस्थामा घरमा प्रसस्त सम्पति नभएको र बेरोजगार भएको कारण नेपालमा बसी रोजिरोटी चल्ने नहुँदा २०६२ पुष १ गते गोपालपुर २ बस्ने रामबाबु यादवसँग रु. ३ लाख ऋण लिई २०६३ अषाढ २० गते बैदेशिक रोजगारीका लागि उनी इराक गएका थिए । इराकमा मासिक रुपमा रु. ४० हजार तलब र खाना लाउन बस्ने सुविधा कम्पनीको तर्फबाट पाउने गरेको कारण उनले मासिक रु. ४० हजार श्रीमतिलाई पठाउने गर्थे । उर्मिलाले रुपैयाँ जम्मा गरी ५ साउन २०६६ मा जनकपुर नगरपालिका ८ स्थित कित्ता नम्बर ३१९ को ९ धुर जग्गा खरिद गरी पत्नीको नाउँमा जग्गा दर्ता गराएका थिए । पत्नीको विश्वासमा परी सम्पति र अन्य ठाउँको चल अचल सम्पति समेत उनले आफ्नै पत्नीको नाउँमा गर्नुका साथै इराकबाट रु. ३० लाख पठाएका थिए । १२ मंसिर २०६८ मा उनी इराकबाट नेपाल फर्के । हालमा उर्मिला राम रतन यादवसँग अनैतिक सम्बन्ध राखि आफुलाई घरमा बस्न दिएको छैन, कमाएको चल अचल सम्पति फिर्ता गर्न भन्दा तिम्रो सम्पति म जान्दैन, जति पनि सम्पति मेरो नाउँमा दर्ता छ सो निजी सम्पति मेरो हो भन्दै जवाफ फर्काइरहेकी उनको आरोप छ । उर्मिला नेकपा एमालेको तर्फबाट समानुपातिक कोटामा सभाषद भएपछि उसको इच्छा आकांक्षा वढ्दै गयो, निजको अहमताको कारण पतिलाई पति भन्न पनि लाज मान्ने, अर्कालाई चिनापर्ची गराउँदा समेत अप्ठयारो मान्ने र छोराहरुलाई पनि आफु प्रति नकारात्मक सोचाई बनाउन सफल भई आफु विरुद्ध उक्साउन लगाएको जाहेरीमा उल्लेख छ । राम रतन यादवसँग अनैतिक सम्बन्ध कायम गरी ज्यान मार्ने धम्की दिई खान लाउन बस्न समेत नदिई कुटपिट गरी घरबाट निकाला गरिदिएको उनले बताएका छन् । २०६९ साल चैत्र २५ गते लुकिछिपी गाउँकै राजदेवी मन्दिरमा राम रतन यादवसँग विवाह गरी एकै ठाउँमा बसी आइरहेको भन्दै उनले आफ्नो सम्पति फिर्ता, शान्ति सुरक्षा र न्यायका लागि धनुषा जिल्ला अदालतमा २६ अषाढ २०७० मा मुद्दा दर्ता गरेका छन् ।
राम रतन यादवले ७ असोज २०७० मा प्रतिउत्तरमा खेहरुको दावी पुर्ण रुपमा झुठा र बनावटी रहेको बताएका छन् । आफु एक विवाहित पुरुष रहेको आफ्नो पत्नी हिरा देवी यादव रहेको उनले बताएका छन् । छोरा, छोरी, नाति, नातानी समते रहेको उनले बताएका छन् । उर्मिलासँग आफुले विवाह पनि नगरेको र अनैतिक सम्बन्ध पनि नराखेको उनले बताएका छन् । उर्मिला र आफु एमालेमा आवद्ध भएर राजनीति गर्दै आएको र अहिले उनीसँगै आफुपनि संघीय समाजवादी पार्टीमा रहेको कारण राजनीतिक रुपमा चिनजान भएपनि कुनै किसिमको अनैतिक सम्बन्ध नरहेको बताएका छन् ।


२०७१ साउन २५ गते आईतबार

यौनजन्य दुव्र्यवहारको शिकार बन्दै महिला


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
जिल्ला प्रहरी कार्यालय धनुषामा आर्थिक वर्ष २०७०÷०७१ मा केही सार्वजनिक अपराधको २ सय २५ थान मुद्दा दर्ता भएका छन् । दर्ता भएका उक्त मुद्दाहरुमध्ये २ सय २० थान फर्छयौट समेत भइसकेका छन् । उक्त मुद्दाहरुमध्ये करिब १ सय थान मुद्दा केटीलाई जिस्काएको, अस्लिल बोली बोलेको लगायतका यौनजन्य दुव्र्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी पर्ने गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका मुद्दा फाँटका एक जना प्रहरीले बताए । बाटो हिँड्दा केटाले जिस्कायो, कलेज पढ्न जाँदा केटाले जिस्कायो, मोबाइलमा फोन गरेर जिस्कायो, फेसबुकमा अस्लिल म्यासेज पठायो लगायतका विषयमा उजुरी आउने गरेको छ भन्दै जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता समेत रहेका प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“ टिन ऐजरहरुमा यस्ता किसिमका गतिविधि भइरहेको पाइन्छ तर, उजुरी आउने वित्तिकै हामीले पिडकलाई झिकाएर अनुसन्धान गरी केही सार्वजनिक अपराधको मुद्दा चलाउने गर्छौं । केही घटनाहरु सामाजिक सञ्जाल मार्फत समेत हुने गरेकाले साइबर क्राइममा मुद्दा चलाई कारवाहीको प्रक्रिया अगाडी बढाउने गरेका छौं ।” प्रहरी निरीक्षक पुरीका अनुसार यसरी यौन दुव्र्यवहारका शिकार हुनेहरुमा अधिकांश केटीहरु भएपनि कतिपय विवाहित महिलाहरु समेत रहने गरेका छन् । उनका अनुसार कतिपय उजुरीमा घटनालाई बङ्गयाउन अपहरण र लुटपाट समेत गरेको भनेर उजुरी दिने गरेको प्रवृति पनि धनुषामा वढ्दो छ । सामान्य अवस्थाको घटनामा पीडित र पिडक दुवै पक्षलाई झिकाई मेलमिलाप गरी फिर्ता पनि पठाउने गरिएको छ भने कतिपय घटनामा मुद्दा नै चलाइएको हुन्छ । सरकारी वकिल मार्फत जिल्ला प्रशासन कार्यालयमा दर्ता गरिने उक्त मुद्दाहरुमा कसुर ठहर भएको अवस्थामा प्रमुख जिल्ला अधिकारीले कसूरको मात्रा अनुसार दश हजार रुपैयाँसम्म जरिवाना गर्न र पिडित पक्षलाई कसूरदारबाट बिगो बमोजिम क्षतिपूर्ति भराई दिन सक्नेछ तथा अनुसन्धानको सिलसिलामा मनासिव कारण देखिएमा थुन्नु पर्ने कारण खोली पर्चा खडा गरी बढीमा पैंतीस दिनसम्म थुनामा राख्ने आदेश दिने गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाका मुद्दा फाँटका कर्मचारी विदुर भण्डारीको भनाई छ ।
यस्तो मुद्दा तीन महीना भित्र फैसला गरिन्छ तर जरिवानाको सजायले मात्र पर्याप्त नभई कैदको सजाय समेत गर्न पर्ने देखिएमा बढीमा दुई वर्षसम्म कैद गर्नको लागि पुनरावेदन सुन्ने अदालतमा साधक जाहेर गर्नुपर्छ ।
 पहिलो पटकको कसूर भए कसूर हेरी सजाय नगरी कसूरदारलाई अब उप्रान्त यस्तो कसूर गर्ने छैन भन्ने कागज गराई समेत छाड्ने गरिएको भण्डारीले बताए ।
नेपालको कानुनले यौनिक हिंसा (यौन दुव्र्यवहार) लाई कानुनी अपराधको रुपमा स्वीकार गरी यसरी परिभाषित गरेको छ,“कसैले कुनै महिलाको मञ्जुरी विना निजको संवेदनशील अङ्ग छोएमा वा हुने प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजलाई अस्वाभिाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, आफ्नो यौन सम्बन्धि अङ्ग निजलाई छुन । समाउन लगाएमा वा निजलाई अश्लील वा अन्य त्यस्तै प्रकारको शव्द, संकेत प्रयोग गरेमा वा चित्र, तस्वीर देखाएमा, यौनको आशयले जिस्काएमा वा हैरानी दिएमा वा निजसँगै त्यस्तै यौन दुव्र्यवहार गरेको मानिन्छ । र, त्यस्तो कसुर गर्ने व्यक्तिलाई दुई वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिवाना हुनेछ । यस्तो कार्यबाट पीडित व्यक्तिलाई कसुरदारबाट मनासिब माफिकको क्षतिपुर्ति समेत भराई दिनु पर्नेछ ।” धनुषामा प्रायः जसो साथी मानेका व्यक्तिहरु र प्रेम सम्बन्ध भएका व्यक्तिहरुबाट वढी मात्रामा महिलाहरु यौनिक हिंसामा पर्ने गरेका छन् । अधिकांश महिलाहरु साथी प्रेमी, छिमेकीबाट यौनिक हिंसाका शिकार भएको पाइन्छ भने सम्बन्ध नभएका अन्जान व्यक्तिहरुबाट बाटोमा हिंड्दा तथा केही महिलाहरु घर परिवारका सदस्य र आफन्तहरुबाटै पनि यौनिक हिंसा शिकार भएको पाइन्छ । यौनजन्य दुव्र्यवहार अन्य यौनजन्य अपराधभन्दा फरक प्रकृतिको महिला विरुद्धको हिंसा हो ।
सामान्यतया यौनजन्य दुव्र्यवहार भन्नाले कुनै व्यक्ति विरुद्ध यौनजन्य मनसायले गरिने अनिश्चिछत आचरण व्यवहार हो । यस्तो यौनजन्य दुव्र्यवहार शारीरिक, मौखिक, लिखित वा इशाराले जुनसुकै पनि हुन सक्दछ । शारीरिक यौनजन्य दुव्र्यवहार भित्र कसैले कसैलाई अनावश्यक रुपमा हुनु, थपथपाउनु, हाम्नु, चिमोट्नु, सुम्सुम्याउनु, चुम्बन लिनुजस्ता कार्यहरु पर्दछन भने मौखिक यौनजन्य दुव्र्यवहारभित्र अश्लिल वा अपमानित टिप्पणीहरु, यौनजन्य चुट्किलाहरु अप्रिय कुराकानी वा ठट्टाहरु, लैङ्गिक लक्षित अपमानजनक बचनहरु, अनिच्छित यौनजन्य आमन्त्रण र प्रस्तावहरु वा दवाव पर्दछ ।
यस्तै लिखित यौन जन्य दुव्र्यवहार भित्र यौन सम्बन्धि सामग्री वितरण गर्नु, अश्लिल वा कामुक तस्वीर, बस्तु वा लिखित सामग्री प्रर्दशन गर्नु आदि पर्दछन् भने इशाराले गर्ने यौनजन्य दुव्र्यवहार भित्र घुरेर हेर्ने, सुसेली बजाउने, आँखा जुधाउने, यौन जनित अश्लिल इशाराहरु गर्ने आदि कार्यहरु पर्दछन् । विशेष गरी यस्ता किसिमको सार्वजनिक स्थलमा महिला विरुद्ध गरिने यौनजन्य दुव्र्यवहारलाई प्रायः जसो महिलाले गम्भीरतापुर्वक नलिएपनि तिनीहरुमाथि मानसिक असर परिरहेको हुन्छ । यौनजन्य दुव्र्यवहार नियन्त्रण सम्बन्धि छुट्टै कानुन व्यवस्था नहुनु र त्यस किसिमको खराव आचरणलाई सम्बोधन गर्ने कुनै संयन्त्रको नहुनु यसको प्रमुख कारण रहेको छ ।


२०७१ साउन २५ गते आईतबार

बढ्दैछ अप्राकृतिक मैथुन

धनुषाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरु ।

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
महोत्तरी बसविट्टी ९ घरभई ढल्केवर ९ मा डेरा गरी बस्ने हसिव खानले आफ्नो छोरा विनोद खान (परिवर्तित नाउँ) लाई जवरजस्ती करनी गरी अप्राकृतिक मैथुन गरेको अभियोग लगाउँदै धनुषा जिल्ला अदालतमा महोत्तरी बसविट्टी ९ घर भई ढल्केवर ६ मा डेरा गरी बस्ने जाकिबुल खानले २६ असोज २०६८ मा मुद्दा दर्ता गरेका थिए । एक जना पुरुषले एक जना बालकलाई जवरजस्ती करनी गरी अप्राकृतिक मैथुन गरेको अभियोग लगाइएको थियो । २८ भदौ २०६८ मा राति ९ बजेको समयमा ढल्केबर ६ स्थित आरजु मोटर ग्यारेजमा हसिब खानले विनोदलाई जवरजस्ती दिसा गर्ने गुद्वद्वारमा आफ्नो लिङ्ग पसाई रगताम्य पारिदिएको आरोप लगाइएको थियो । जनकपुर अञ्चल अस्पतालका चिकित्सकद्वय डा.कुलदीप पंडित र डा. राधवेन्द्र झाले १ असोज २०६८ मा निज विनोदलाई चेक जाँच गर्दा शरीरमा चोटपटक, निलडामको दाग नदेखिएको र मलद्वार वरिपरी र मलद्वार भित्र संघर्षका चिन्हहरु नदेखिएको र प्रयोगशालामा एनोरेक्टल स्वावमा पनि सिमेनको रिपोर्ट निगेटिभ पाइएको प्रतिवेदन अदालतमा बुझाइएको थियो । मेडिकल रिपोर्ट अनुसार पीडित भनिएको विनोदको गुद्वद्वारमा घाउ खत नदेखिनु तथा पारिश्रमिकको विषयमा विवाद रहेको हुनाले गलत आरोप लगाइएको हुनाले अभियोग दावी अनुरुप वारदात नै स्थापित हुन नसकेको नपाइएकोले प्रतिवादीलाई कसुरदार ठहर गर्ने आधार प्रमाणको सर्वता अभाव देखिएकोले प्रतिवादी हसिव खानले अभियोगबाट सफाई पाउने ठहर्छ भनी धनुषा जिल्ला अदालतका न्यायाधिश कैलाश केसीको इजलासले ६ माघ २०७० मा आदेश गरेको थियो । यस अघि प्रतिवादी हसिव खान समेत नावालक भएको कारण ११ जेष्ठ २०६९ मा धनुषा जिल्ला अदालतको आदेशले उनलाई मुद्दाको पुर्पक्षको लागि बाल सुधारगृह सानो ठिमी भक्तपुर पठाइएको थियो । उक्त घटनामा अभियोग सावित हुन सकेन र अभियुक्त हसिव खानले सफाई पाए । हाम्रो समाजमा अहिलेपनि पुरुषद्वारा बालकहरु माथि जवरजस्ती अप्राकृतिक मैथुन गर्ने घटनाहरु हुने गरेका छन् । प्रायः जसो यस्ता घटनाहरुमा परिवार निकट वा आफन्तहरुबाटै अप्राकृतिक मैथुन गरिने गरिएको अधिबक्ता बताउँछन् ।
एक कार्यक्रममा धनुषाका समलिङ्गी तथा तेस्रोलिङ्गीहरु ।
स्वेच्छिक अप्राकृतिक सम्बन्ध
धनुषामा करिब ८ हजार व्यक्तिहरु समलिङ्गी तथा तेस्रो लिङ्गीहरु रहेको निलहिरा समाज धनुषाको दावी छ । उक्त कार्यालयका अनुसार धनुषामा मात्रै पुरुष र पुरुषहरु बीच यौन सम्पर्क राख्ने समलिङ्गीहरु करिब ३ हजार र तेस्रो लिङ्गीहरु करिब ५ हजार रहेको छ । त्यसैगरी स्त्री र स्त्रीहरु बीच यौन सम्पर्क राख्ने समलिङ्गीहरुको सन्दर्भमा खासै अध्ययन नरहेपनि करिब ८ सय जति समलिङ्गी महिला रहेको हुन सक्ने उक्त कार्यालयको अनुमान छ । धनुषामा रहेका समलिङ्गीहरु मध्ये अधिकांश समलिङ्गी नै रहेपनि केही दुवै प्रकारका यौनाङ्गधारीहरु प्रति आकर्षित हुने गरेको छ । अर्थात केही पुरुषहरु पुरुष र महिला दुवैलाई मनपराउँछन र उनीहरु दुवै सँग सक्रिय रुपमा शारीरिक सम्बन्ध राख्ने गर्छन् । निलहिरा समाज धनुषाका परियोजना अधिकृत संतोष कुमार ठाकुरका अनुसार धनुषामा रहेका समलिङ्गीहरु मध्ये कतिपय पुरुष(पुरुष बीचमा यौन सम्पर्क राख्नेहरुले आफ्नो पार्टनर सिमित राखेका  हुन्छन भने केही पुरुषहरु पुरुष यौन व्यवसायीका रुपमा काम गरी पैसा समेत कमाउने गरेका छन् । उनका अनुसार एक जना पुरुष यौन व्यवसायीले अर्को पुरुषसँग एक पटक शारीरिक सम्बन्ध स्थापनाका लागि कोही रक्सी खान तथा होटेलमा खाना खुवाईदिँदैमा शारीरिक सम्पर्कका लागि तयार भईहाल्छन भने कतिपयले रु. ५ सय देखि रु. २ हजारसम्मको चार्ज लिने गरेका छन् । 
कतिपय पुरुष समलिङ्गीहरुले आफ्नो परिवारको दवावमा आएर वा आफ्नो वंशलाई निरन्तरता दिन स्वेच्छा र बाध्यतावस पनि महिलाहरुसँग विवाह गरेका छन् । एकातर्फ श्रीमतिसँग सम्बन्ध राखि समाजमा समाजिक व्यक्ति बन्ने र अर्को तर्फ सोही व्यक्ति पुरुष प्रतिको यौन सम्पर्कलाई प्राथमिकता दिई गोप्य रुपमा सम्बन्ध कायम नै राख्ने गरेका हुन्छन् ।

२०७१ साउन २५ गते आईतबार

२३ वर्षीय यूवकले पाँच वर्षमा गरे पाँच विवाह


मनोजका श्रीमतिद्वय पुजा र इन्दु 
जिल्ला प्रहरी कार्यालय धनुषामा 
उजुरी दिन जाँदाको तस्वीर ।
शैलेन्द्र महत्तो
जनकपुरधाम............
 जनकपुरका एक २३ वर्षीय यूवकले पाँच वर्षको अवधिमा ढांट्दै छल्दै पाँच वटा विहे गरेका छन् । जनकपुर नगरपालिका ७ पुलचौक बस्ने शिवनाथ पूर्वेका २३ वर्षीय एकला छोरा मानोज कुमार पूर्वेले पाँच वर्षमा पाँच वटा विहे गरका हुन् ।
गत माघ महिनामा चौथो विवाह गरेका मनोजले तीन महिना नवित्दै अर्की एक दुई छोरा छोरी भएकी अर्काकी श्रीमतीलाई लिएर हिडे पछि उनका तेश्री र  चौथी श्रीमतीले जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दर्ता गराएकी छन् ।
तेश्री श्रीमती पुजा साहकी अनुसार पाँच वर्षमा पाँच विहे गरेका मनोजले पाँच वर्ष अघि पहिलो मागि  विवाह जनकपुर मिल्स एरियाकी १८ वर्षीया रिना देवी साहसँग गरेका थिए । एक वर्ष भित्र पुजासँग सम्बन्ध विच्छेद गरि त्यस पश्चात १ वर्षको अन्तरालमा दोश्रो विवाह काठमाण्डौकी एक पहाडी समुदायका केटीसँग प्रेम विवाह गरेका थिए । एक वर्ष राखेर ती श्री मतीलाई पनि २ लाख रुपैया दिएर छुटापत्र गरेका थिए । त्यस पश्चात मनोजले आफु वैदेशिक रोजगारमा पाठाउने एजेन्ट रहेको र पहिलेकी श्रीमती नराम्री व्यवाहराकी रहेकीले सम्बन्ध विच्छेद गराएको भन्दै आफ्नो घरपरिवारको आँखामा छारो हाल्दै ठगेर तीन वर्ष अघि तेश्रो मागि विवाह आफुसँग गरेको पुजाले बताईन् । 
विहे गर्न जाँदा मनोज कुमार पुर्वे । उनले पाँच वर्षमा पाँच वटा विहे गरेका छन् ।
१८ वर्षको उमेरमा तीन वर्ष अघि  धुमधामसँग विवाह गरेकी पुजाले दुखेसो पोख्दै भन्नु भयो । “ विहे गरेको केहि दिन पश्चात घरपरिवारले पहिला विवाह पछि पनि काठमाण्डौको एक केटीसँग दोश्रो विवाह गरेको कुरा बताए पछि आफु झसँग भए ।” तीन वर्षको अन्तरालमा गत माघ महिनामा भारतको दरभंगा जिल्लाको भेरबा भन्ने ठाँउमा मनोजले चौथो विवाह स्थानीय २० वर्षीया ईन्दु कुमारीसँग धुमधामसँग गरे । चौथी श्रीमती ईन्दुले भन्नु भनिन् “ मनोजले आफ्नो घर परिवारलाई  छल्दै यस अघि पहिली विवाह गरेकी श्रीमतीले १० लाख रुपैया लिएर भागेकी प्रस्ताव राख्दै आफुसँग धुमधामसँग जन्ती साजेर विवाह गरेको थियो । पछि ईन्दुले मनोजले आफु भन्दा पहिला पनि चार वटा विवाह गरेको सुन्दा निकै मर्माहत भए । त्यस पछि चार महिना नवित्दै मनोजले गत जेष्ठ महिनामा दुई छोरा छोरी भएकी धनुषाको  बटेश्वरकी राधा साह नाम गरेकी एक विवाहित महिलालाई लिएर भागेको ईन्ुदले बताउनु भयो । मनोजले पहिली र दोश्री श्रीमतीलाई सम्बन्ध विच्छेद गराई सकेका छन् भने तेश्री श्रीमती पुजा र चौथी ईन्दु बिचल्लीमा परेकी छन् ।
पुजा हाल भातरको पटनामा आफ्नो बुबासँगै औषधि पसल गरि जिवन जिवीका चलाई रहेकी छन् भने ईन्दुु आफ्नै घरमा बस्दै आएकी छन् । बिचल्लीमा परेकी पुजा र ईन्दुले श्रीमान र ससुरा दुवै छल्ने, ठग्ने, धोकेबाज मान्छे भएकोले उनीहरु माथि कारबाहीको माग गरेकी छन् । 
यता जिल्ला प्रहरी अन्तर्गत महिला तथा बालबालिका कार्यालयकी प्रमुख सुभद्रा उनकी दुवै श्रीमतीले श्रीमान र ससराको कारबाहीको माग गर्दे उजुरी आले दर्ता गराएकी बताईन् । तर मनोजले पाँच वटा विवाह गरेको वा नगरेको पुष्टि नभएको बताईन् । मनोजको सम्बन्धमा अनुसन्धान भईरहेको आलेको भनाई छ । 
श्रोतका अनुसार मनोजले अर्की पाँचवी महिलासँग भागे पछि स्थानीयहरुले बाउले नै छोरालाई पटक पटक विवाह गर्न सघाएको भन्दै उनका बुबा विश्वनाथ पूर्वेलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत बुझाएको थियो । मनोज धनीमनी परिवारका एक्ला छोरा भएकाले धनको आडमा ठग्ने र झुक्याउदै जालमा फसाउँदै वर्षेनि विवाह गर्ने र पछि श्रीमतीलाई यातना दिने र पैसा दिएर सम्बन्ध विच्छेद गराउने तथा अर्की भित्र्याउने गरेको स्थानीयहरुले बताएका छन् । 
स्थानीयका अनुसार केहि वर्ष अघि जनकपुर नगरपालिका १६ कप्लेश्वर घर भएका पुर्वे परिवार हाल जनकपुरको पुल चौकमा किराना पसल गरि बस्दै आएको छ ।   


२०७१ साउन २५ गते आईतबार

सासद क्षेत्र विकास कोष–स्थापनाको उद्देश्य, आवश्यकता र महत्व-एन.के. झा


एन.के. झा

निर्र्वाचनको समबन्ध विकास सँग जोड्न, सभासदलाई आफ्नो निर्वाचन क्षेत्रको विकास प्रति थप प्रउत्यसहित र जवाफ देही बनाउन, सदन सँग जनताको प्रत्यक्ष समबन्ध जोड्न संघीय राष्टूको समावेशी विकास गर्न सभासदलाई ‘वित्तिय शक्ति’ प्रदान गर्न तथा जन इच्छा÷अपेक्षाको संंवाहक वनी सदनमा आवाज उठाउन संघीय व्यवस्थापिका सांसद प्रतिनिधिसभा (तल्लो सदन) संसद सचिवालय सम्बन्धि ऐन अन्र्तगत सांसद निर्वाचन क्षेत्र विकास कोषको स्थापना गर्दा उपयुक्त हुन सक्छ ।
समावेशी विकास र संघीय व्यवस्थाका अवधारणा अनुरुप गाउँ नगर क्षेत्र अनुदान विकास पछि स्थानीय निकायको विकास गर्न संसद क्षेत्र विकास कोष दोस्रो उपलब्धि हुनसक्छ । सांसद निर्वाचन क्षेत्र नै सार्वभौम अखण्ड राष्टू हो । यसको विकास हुनु समग्र राष्टूको विकास हुनु हो । यस कोषको सफल कार्यान्वयनको लागि छुट्टै नियम÷कार्यक्रम कार्यान्वयन निर्देशिका द्वारा संचालन, व्यवस्थापन र नियन्त्रण गरिनु पर्छ । राज्य पुनः संरचना र शासकिय स्वरुप निर्धारण गर्दा स्थानीय निकाय(स्थानीय सरकार), राज्य निकाय (राज्य सरकार) तथा संघिय निकाय संघीय सरकार गरि ३ तीन तहमा विभाजन गरि संसदक्षेत्र विकास कोषलाई संघीय निकाय (संघीय सरकार) अन्र्तगत राख्दा उपयुक्त हुन सक्छ । स्थानीय तह अन्र्तगत गाउँ÷नगर रहनु पर्छ । राज्य तह अन्तरगत स्थानीय निकाय तथा जिल्ला रहनु पर्छ । जिल्लालाई राज्य र संघीय दुवैको संयुक्त निकाय बनाउनु पर्छ । संघीय निकाय भित्र राज्य, जिल्ला, सांसद क्षेत्र विकास र स्थानीय निकाय रहनु पर्छ । सांसद निर्वाचन क्षेत्र विकास कोषलाई तल्लो सदन प्रतिनिधिसभा अन्र्तगत राखि संघीय योजना आयोग सँग समवद्ध गरिनु पर्छ । “सांसद क्षेत्र विकास कोष” को वार्षिक बजेट तथा कार्यक्रम सांसद सचिवालय मार्फत स्वीकृतीको लागि संघीय योजना आयोगमा पठाउने व्यवस्था अपनाउनु पर्छ । संघीय योजना आयोगबाट बार्षिक कार्यक्रम स्वीकृती तथा सांसद सचिवालय अन्र्तगत “सांसद निर्वाचन क्षेत्र विकास कोष” स्थापना गरि उक्त कोषबाट प्रत्येक सांसद क्षेत्रलाई बजेट तथा अख्तियारी संघीय योजना आयोग र अर्थमन्त्रालयबाट स्वीकृत बार्षिक कार्यक्रम सहित सांसद सचिवालय मार्फत सांसद क्षेत्र विकास समितिमा पठाउने विधि अपनाउनु पर्छ । आफ्नो क्षेत्रको जनता सँग श्रमदान, सहयोगलिई जनताकै इच्छा अपेक्क्षा अनुसार समाज कल्याण, सडक, विजुली, खानेपानी, सिंचाई, नागरिक स्वास्थ्य उपचार, शिक्षा तथा कृषि, उद्योग, विकास विस्तार गर्ने÷गराउने मुख्य कार्य दायित्व, जिम्मेवारी जन निर्वाचित सांसदको हुनु पर्छ । वित्तिय शक्ति नभएको कारण सभासदहरु जनताको स(साना इच्छा भावना अपेक्क्षा पुरा गर्न सकेका थिएन । त्यसको लागि जिल्ला वा केन्द्र सँग सम्पर्क राख्नु पर्दथ्यो । यस व्यवस्थाले सभासदलाई आफ्नो क्षेत्र घुम्न र जनताको इच्छा भावना अनुसार तथा आफ्नो प्रतिवद्धता अनुसार क्षेत्रको समावेशी विकास गर्न स्वतन्त्र अवसर प्राप्त हुनेछ ।
एमालेको सरकार हुँदा स्थानीय निकायलाई अनुदान र समाजिक सुरक्षा भत्ताको सुरुवात भएको बजेट वक्तव्य उत्साहजनक थियो । स्थानीय निकायको विकाश “सांसद क्षेत्र विकास कोष” एउटा थप उत्साह हो । राष्टूको समावेशी विकास गर्न, जनसंख्याको आधारमा कोषको रकम बृद्धि गर्दै लैजानु पर्छ । यस कोषको सफल कार्यान्वयनबाट गाउँ÷नगर समाजको विकास हुन्छ, जुन हाम्रो प्रमुख चाहना र आवश्यकता हो । यस बाहेक चालु आ.ब. २०७१÷०७२ को बजेट वक्तव्य जन उत्साह जनक बन्न सकेन । तर, यसको सफल कार्यान्वयनमा जन सन्देह उपजेको छ । रु. १० लाख जनहित कार्यमा खर्च गर्ने नसक्ने सभाषदले ५ करोड कसरी उचित खर्च गर्न÷गराउन सक्ला ? तराईको कुनै गाउँ÷नगर विकासमा आएको बजेट अनुदान तथा जिल्ला स्तरका कार्यालयले गरे÷गराएका हाल सम्मको विकास निर्माण कार्यको मुल्याङ्कन गर्ने हो भन्ने उपलब्धि सन्तोष जनक प्राप्त हुन सक्दैन । त्यसर्थ सांसद क्षेत्र विकास कोषको रकम सद उपयोग वा दुरुपयोग के हुने हो, जन चिन्ता र चासोको विषय बन्न थालेको छ । लोकतन्त्र प्रति आस्था र विश्वास राख्नेहरुले यस विकास कोषको सफल कार्यान्वयबाट प्रत्यक्ष लोकतन्त्रको स्थापना र संचालन गर्न मद्दत मिल्ने सोंचाई राख्द छ । यस बाहेक ‘यत्र तत्र सर्वत्र’ (१) पुँजीवादी व्यक्तिवादी बजेट (२) परम्परावादी बजेट (३) संघीय संरचना विमुख बजेट (४) कागलाई बेल पाके जस्तो जनतालाई हर्ष न विषमय (५) जन इच्छा उपेक्क्षा उत्साह विमुख बजेट (६) समाज कल्याण, जेष्ठ नागरिक सुरक्षा तथा गरिबी निवारण विमुख बजेट (७) महिला शक्ति जागरण÷प्रउत्साहन विमुख बजेट भनि आलोचित छ । सभासदहरु आफु मन खुसी आफ्नो मात्र गाउँ÷नगर, मतदाता क्षेत्र र कार्यकर्ता पालन गर्न सक्ने गरि विधि बनाउनु हुँदैन । समग्र निर्वाचन क्षेत्रको समावेशी विकास हुने गरि ऐन÷नियम वा कार्यक्रम कार्यान्वयन निर्देशिका बनाई संचालन गरिनु पर्छ । 
स्थानीय प्रशासन ऐन २०२८ बमोजिम प्रत्येक जिल्लालाई विकास क्षेत्र तोके जस्तै संघीय प्रशासन ऐन÷संघीय सुरक्षा ऐन बनाई “सांसद निर्वाचन क्षेत्र विकास” क्षेत्र तोक्नु पर्छ । सांसद क्षेत्र विकास कोषको सदरमुकाम सभासद निर्वाचन क्षेत्रको मध्य भाग पर्ने गरि स्थापना गर्दा उपयुक्त हुन सक्छ । प्रथम वर्षको बजेटबाट सांसद क्षेत्र विकास परिषदको सचिवालयको भौतिक पुर्वाधार (जस्तै कायाृलय भवन, आवाश, बैठक कोठा, फर्निचर, सवारी साधन)  निर्माण गर्न आवश्यक छ । संसद सेवा (निजामति सेवा ) अन्र्तगत विभिन्न समुह उपसमुह गठन गरी त्यसभित्र विभिन्न श्रेणीका पदहरुको दरबन्दी सिर्जना व्यवस्थापन तथा पदाधिकारीहरुको काम कर्तव्य उत्तरदायित्व अधिकार तोक्नु पर्छ । कोषको संचालन, व्यवस्थापन र नियन्त्रणको विधि व्यवस्थापन कार्यान्यन गर्न समिति र परिषदको व्यवस्था हुनु पर्छ । समिति र परिषद गठन तथा सदस्य, पदाधिकारीहरुको काम, कर्तव्य र अधिकार सुनिश्चित गरिनु पर्छ ।
सांसद क्षेत्र विकास कोष समितिको गठन ः प्रत्येक सांसद निर्वाचन क्षेत्रमा गठित “सांसद क्षेत्र विकास कोष” परिषदको कार्यकारीको रुपमा एउटा सांसद क्षेत्र विकास कोष समिति गठन गरिनु पर्छ जसमा देहाय बमोजिमको व्यक्ति तथा पदाधिकारी रहनु पर्छ । (१) जन निर्वाचित सांसद अध्यक्ष (२) गाउँ÷नगर विकास परिषदबाट मनोनित वा निर्वाचित १ एक जना सदस्य (३)सभाषद निर्वाचन क्षेत्र भित्रका जि.वि.स.का सदस्य पदेन सदस्य (४) प्रादेशिक राज्यका सांसद निर्वाचन क्षेत्र भित्रका जन निर्वाचित सांसद पदेन सदस्य (५) परिषदबाट ३ जना महिला सहित मनोनित ५ जना व्यक्ति पदेन सदस्य (६) जिल्ला स्थिति केन्द्र सरकारको निकाय सभासद क्षेत्र भित्रका स्थापित मन्त्रालय शाखा उपशाखा प्रमुख सदस्य(पदेन सदस्य (७)सांसद क्षेत्र विकास अधिकारी कार्यकारी प्रमुख सदस्य सचिव रहनु पर्छ । सांसद क्षेत्र विकास कोष केन्द्र सरकारको स्वशासित र संगठित संस्था हुने तथा सदस्यको योग्यता पदावधि, पद त्याग, पद रिक्तता, पद पुर्ति, सपथग्रहण समितिको बैठक, बैठक कार्यान्वयन जस्ता विषयहरु तथा अध्यक्ष स.सचिव र सदस्यको कर्तव्य र अधिकार विधि द्वारा निर्धारित हुनु पर्छ ।
समितिको काम कर्तव्य र अधिकार ः“सांसद क्षेत्र विकास कोष” परिषदको निर्णय र निर्देशन कार्यान्वयन गर्नु÷गराउनु नै मुख्य कार्य हुनुपर्छ । यस बाहेक जिल्ला स्थित केन्द्रिय निकाय, विषयगत मन्त्रालय अन्र्तगतको जिल्ला कार्यालयहरु गाउँ÷नगर विकास समितिहरुसँग कृषि, सहकारी, सडक, विद्युत, सिंचाई, खानेपानी तथा सर(सफाई, बन, भुमिसुधार, उद्योग, श्रम ज्याला निर्धारण, नागरिक स्वास्थ्य, गाउँ÷नगरको व्यवस्थित बसोवास जस्ता विषयहरुको विकासमा जनता संग आपसी सहकार्य गरि गर्नु पर्छ ।
परिषदको गठन ः प्रत्येक सांसद निर्वाचन क्षेत्रको विकास गर्न कोषको रकम क्षेत्रको विकास निर्माणमा खर्च गर्न÷गराउन एउटा परिषद गठन गरिनु पर्छ । जसमा निम्न बमोजिम सदस्य र पदाधिकारी राख्दा उपयुक्त हुन सक्छ । (१) जन निर्वाचित सभाषद (अध्यक्ष (२) प्रमुख प्रतिपक्ष दोस्रो मत प्राप्तनिकटतम सभाषदको प्रतिस्पर्धी (उपाध्यक्ष (३) प्रत्येक गाउँ÷नगर विकास समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सदस्य (४) क्षेत्र भित्रका जि.वि.स.सदस्य(सदस्य (४) क्षेत्र भित्रका अन्य सभासदहरु (सदस्य (५) जिल्ला स्थित विषयगत मन्त्रालय÷निकायका प्रमुख्य, पत्रकार (विकास प्रत्रकारीताका संचार कर्मी) पदाधिकारी (सदस्य (६) अन्य आमन्त्रित विद्धान, महिला समाजसेवी बुद्धिजिवी, नागरिक समाज मनकार ।
परिषदको कार्य ः सा.क्षे.वि.कोषको परिषदको कार्य निम्न बमोजिम विधि व्यवस्था गरिनु पर्छ ।
(१)समितिले पेश गरेको बजेट योजना तथा कार्यक्रमहरु पारित गर्ने (२) क्षेत्र भित्र संचालित योजना कार्यक्रम संचालन, व्यवस्थापन र नियन्त्रण गर्न समितिलाई निर्देशन दिने । (३) कोषको अन्तिम लेखा परिक्षण प्रतिवेदन माथि छलफल गरि कायम बेरुजु फछौट गर्न÷गराउन समितिलाई निर्देशन दिने । (४) जिल्ला स्थित विषयगत कार्यालयले क्षेत्र भित्र संचालित गर्ने योजना, कार्यक्रम, सहमति स्वीकृति दिने तथा गत आ.ब. मा क्षेत्रभित्र सम्पन्न कार्य योजनाको प्रगति, मुल्याङ्कन समिक्षा गर्ने । (५) समितिको प्रशासनिक कार्य, मुल्याङ्कन गर्ने । (६)आफुमा रहेको अधिकार समितिलाई प्रत्यायोजन गर्न । (७) सर्व सहमतिबाट पास÷छनौट हुन नसकेको कार्यक्रम, योजना, प्रस्ताव बहुमत प्रकृयाबाट पारित गर्ने÷गराउने । (८) सदस्यको सुविधा तोक्ने । (९)अन्य उचित कार्यहरु विधि व्यवस्थापन गर्ने । 
कोषको रकम खर्च गर्ने प्रकृया ः एकल कोष प्रणाली (त्क्ब्) मार्फत सांसद क्षेत्र विकास कोषको रकम खर्च गर्नु पर्छ । सांसद सचिवालयले संघीय योजना आयोगबाट बजेट कार्यक्रम स्वीकृति सहित सभाषदको नाउँमा बजेट बाँड फाँड तथा खर्च गर्ने अख्तियारी पठाउनु पर्छ । प्रचलित आर्थिक कार्यविधि तथा परिषद र समितिको निर्णय अनुसार कार्य गर्न गराउन बजेट बाँड फाँड र स्वीकृत बार्षिक कार्यक्रम प्राप्त भएपछि संसद क्षेत्र विकास अधिकारीलाई आदेश दिनुपर्छ । अख्तियारी प्राप्त भए पछि सांसद क्षेत्र विकास समितिले विनियोजन मासिक बाँड फाँड शिर्षक÷रकम कलम÷कार्यक्रमगत स्वीकृत बार्षिक बजेट परिधि भित्र रहि भएको वा हुने खर्चको औचित्य पुष्टि हुन सक्ने आधार प्रमाण सहित प्रत्येक कारोबारको सिलसिलेवार गौश्वारा भौचर म.ले.प.फा.नं. १० र सोही अनुसारको भुक्तानी आदेश ३ तीन प्रति तयार गरि १ प्रति गौश्वारा भौचर साय र २ दुई प्रति सम्बन्धित क्षेत्रको जिल्ला स्थितको ले.नि.का.मा एकल कोष खाताबाट चेक जारी गर्न भुक्तानी आदेश पठाउने मुख्य जिम्मा सांसद क्षेत्र विकास अधिकारीको हुनुपर्छ ।
को.ले.नि.का.बाट चेक जारी गर्न समितिले पठाएको÷पठाउने भुक्तानी आदेशमा हस्ताक्षर गर्नको निमत्ति प्रचलित आर्थिक कार्य विधि अनुसार खर्च गर्ने÷गराउने अधिकार प्राप्त सांसद क्षेत्र विकास अधिकारी (रा.य. द्धित्तीय निजामति सेवा अन्तरगतको) र समितिको लेखा प्रमुख (रा.प.तृत्तिय प्रशासन सेवा लेखा समुह) को संयुक्त दरखास्त नमुना कार्य भरी पठाउने व्यवस्था अपनाउनु पर्छ । भुक्तानी आदेश पत्र साथ प्राप्त ठेक्का सम्झौता, कार्यदेश, खरिदविल नापी किताव, रनिङविल वा कार्यसम्पन्न, प्रतिवेदन, विल जस्ता खर्चको औचित्व पुष्टि गर्न सक्ने आधार प्रमाण चेक जाँच गरि को.ले.नि.का. ले चेक जारी गरिनु पर्छ शंका भए डिपीआईयुएसबाट स्थलगत निरीक्षण अनुगमन मुल्याङ्न गराई कोलेनिकालाई प्रथम प्रभावकारी नियन्त्रण निकायको रुपमा विकास गरिनुपर्छ । कोषको आन्तरिक लेखापरीक्षण को.ले.नि.का. र अन्तिम लेखापरिक्षण म.ले.प.को विभागबाट हुनु पर्छ ।
समितिको कार्यकारी प्रमुख समिति परिषदको सदस्य सचिव सांसद क्षेत्र विकास अधिकारी हुनु पर्छ । समितिको निर्णय अध्यक्ष (सांसद) को निर्देशनमा (लिखित वा मौखिक) क्षेत्र भित्र संचालित योजना कार्यक्रम विकास निर्माण कार्यको कार्यान्वयन, निरीक्षण, मुल्याङ्कन कार्यकारी प्रमुख सचिवले गर्नु ÷गराउनु पर्छ । अध्यक्षलाई क्षेत्र भित्र संचालित योजना कार्यक्रमहरुको प्रगति प्रतिवेदन मागेको खण्डमा उपलब्ध गराउने कार्य सचिवको हुुनुपर्छ । समितिको र परिषदको माईन्युटिङ्ग, निर्णय पुस्तिका सचिवको जिम्मा रहने तथा निर्णय प्रमाणित गर्न कार्य सचिवले गर्ने समितिको चल अचल, जिन्सी सम्पतिको लागत, संरक्षण, मर्मत सम्भार गर्ने कार्य जिम्मेवारी सचिवको हुने । समिति र परिषदको पद रिक्त भएमा सम्बन्धित निकायलाई जानकारी गराउने यस सम्बन्धित विधि उलेख्य अन्य कार्य सचिवले गर्नु पर्छ ।
प्रचलित आर्थिक ऐन÷नियम कार्यक्रम कार्यान्वयन निर्देशिका, स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम अधिन रहि (सभाषद) अध्यक्षको निर्देशनमा (कार्यकारी प्रमुख) समितिका÷परिषदको सचिवले आर्थिक कार्य गर्नु÷गराउनु पर्छ । प्रचलित विधि अनुसार आर्थिक कारोबारको लेखा, श्रेस्ता नगद जिम्मा राख्ने प्रतिवेदन गर्ने, आ.ले.प.र म.ले.प. गराउने कार्यमा कार्यकारी प्रमुखलाई सहयोग गर्ने कार्य दायित्व तथा आर्थिक कार्यमा आफ्नो राय दिन एंव आफुले दिएको राय अनुसार भएको कार्य तथा पुर्व आ.ले.प.का स्वतन्त्र जिम्मेवारी वहन गर्ने कार्य लेखा प्रमुखको हुनु पर्छ । 

२०७१ साउन २५ गते आईतबार