Sunday, January 26, 2014

अस्ताए ‘कमाण्डर निरगुनजी’


नेपालको १ सय ४ वर्षको जहानियाँ राणा शासन विरुद्ध २००७ सालको क्रान्तिका तत्कालिन धनुषा महोत्तरी कमाण्डर ‘निरगुन यादव’ को ९८ वर्षको उमेरमा गत ६ माघमा निधन भएको छ । तत्कालिन राजा महेन्द्रको ‘शाही कु’ का विरुद्ध ०१७ सालको जनक्रान्तिमा समेत अग्र स्थानमा भुमिका निर्वाह गर्नुभएका नेपाली कांग्रेसका संस्थापक नेता निरगुनजीको निधनले देशले एउटा प्रजातन्त्र सेनानी गुमाएको छ । दुवै क्रान्तिमा उनले कसरी लडाई लडे ? निरगुनजीले आफ्नै हातले लेख्नुभएको उक्त कथा पहिलो पटक यहाँ जस्ताको तस्तै प्रस्तुत छ ।
मेरो जन्म विक्रम सम्बत १९७२ सालमा धनुषाको नरहिया मनिपट्टी गाउँमा भएको हो । मेरो बुवाको नाउँ लगनी यादव र आमाको नाउँ सम्ती यादव हो । मेरो तीन जना छोराहरु र एक छोरी छन् । जेठो छोराको नाउँ हिमालय यादव, माइलो छोराको नाउँ साहित्यानन्द यादव र छोरीको नाउँ विणा यादव हुन् । तेस्रो कान्छो छोराको नाउँ क्रान्ति यादव हो । क्रान्ति नाम किन परेको हो भने २०१७ सालको क्रान्तिको बेलामा उसको जन्म हिन्दुस्तानमा भयो । त्यहाँ सुवर्ण शम्सेर जीले क्रान्ति नाम राखि दिनु भयो ।
राम चन्द्र अधिकारी, मनमोहन अधिकारी र नरोत्तम अधिकारीको बुवा हुनुहुन्थ्यो । राम चन्द्र अधिकारी सरकारी काठमहलको सुब्बा भएको हुनाले सरकारी कामको लागि अर्थात रेलको पटरी निर्माण र मकान निर्माणका लागि जंगलका सखुवा कटाउने जिम्मा थियो । उहाँले मेरा बुवालाई चौधरीको पद दिएर लकडी कटवाउने कामको सम्पुर्ण जिम्मा दिनु भयो । सुब्बा साहव आफ्नो परिवारसाथ सधै मेरा बुवाको घर आउनुहुन्थ्यो । मेरा बुवा  र सुब्बा साहवको राम्रो मित्रता थियो । त्यसैकारण सुब्बा साहव म संग राम्रो कुरा गर्नूृ हुन्थ्यो । मेरा बुवा जयनगरमा काठको ओहरदोहर गराउने काम गर्नुहुन्थ्यो । म पनि आफ्नो बुवासँग ओहरदोहर गर्थे ।
नेपाल प्रजातन्त्र सेनानी निरगुन यादवको शवलाई पार्टीको झण्डा ओढाउँदै नेपाली कांग्रेस धनुषाका सभापति रामसरोज यादव ।
 त्यही समयमा राजनीतिले गर्दा भागेर आएका रुद्र प्रसाद गिरी र सरोज प्रसाद कोइराला जयनगरमा बस्नुभएको थियो । उहाँहरुसँग मेरो बराबर राजनीतिक कुराहरु हुनथाल्यो । सरोज कोइरालाको हातबाट २००४ सालमा राष्टिूय कांग्रेसको सदस्यता लिएँ । त्यसपछि मैले पार्टी संचालनका लागि चन्दा संकलन गरी रुद्र प्रसाद गिरीलाई सहयोग गर्ने काम गर्थे । केही महिना पछि सरोज प्रसाद कोइरालाजी जेल पर्नु भयो । रुद्र प्रसाद गिरी बराबर मसंग पत्र व्यवहार गर्नूहुन्थ्यो । एक समयमा रुद्र प्रसाद गिरीको पत्र आयो, तुरुन्त तपाई रुपैयाँ लिएर जयनगर आउनुस । मिटिङ हुन्छ । म पत्र पाउनासाथ जयनगर जाने क्रममा खजुरी स्टेशन पुगें । त्यहाँ गाडीमा धेरै पुलिसहरु थिए ।
निरगुन यादवले डायरीमा लेखेको आफ्नो संक्षिप्त इतिहास ।
म रेल गाडीको डिब्बामा गएर बसें । म वसेको ठाउँमा पुलिस पटक पटक आउन जान लागेकोले शंका लागिसकेको थियो कि मलाई पुलिसले समात्ने छ । हिम्मतले सहास गरेर बसीरहें । खजुरी स्टेशनमा गाडी पुग्दा पुलिस इन्सपेक्टर बद्री प्रसादले मलाई रेलबाट ओरालेर स्टेशनमा लग्यो । कहाँ जान लागेको भनेर उनले म सँग सोधे ? मैले भने जयनगर । म तपाईको खोज तलासी गर्छु भनेर भन्यो । मैले भने गर्नुस् । खोज तलासी गर्दा रुद्र प्रसाद गिरीले मलाई पठाएको चिठ्ठी, २ सय रुपैयाँ मसँग फेला प¥यो । चिठ्ठीले गर्दा मेरो दिमाग वडा गम्भीर भयो । म अच्चभित भएँ । मलाई के विश्वास थियो भने मैले त्यो चिठ्ठी घरमै छोडेर आएको छु । मेरो साथमा त्यो चिठ्ठी छैन् । पुलिस इन्सपेक्टरले त्यो चिठ्ठी हेर्दा मलाई धेरै नराम्रो सँग व्यवहार ग¥यो । अब यो चिठ्ठीले तपाईलाई त जलेश्वर जेल पुगाउँछ भनेर उनले भने । मैले भने ठिक छ पठाइदिनुस् ।
जलेश्वर जेलबाट फरार
मलाई जलेश्वर जेल पु¥यायो । त्यहाँ वडा हाकिम राम शम्शेर रहेछ । मलाई उहाँको जिम्मा लगाईदियो । चिठ्ठी हेरेर मलाई तुरुन्त जलेश्वर जेल पठाइदियो । जेलमा तलमाथि हात खुट्टामा नेल (जंजिर) हालेर मलाई जलेश्वर जेलमा पठाइदियो । जेलमा मलाई सोरा भएको ठाउँमा राखिदियो । त्यसकारण केही दिनमै मेरो जिउमा फफोला निस्कयो । त्यो हेरेर कैदीहरुपनि आश्चर्यचकित थिए । उनीहरुलाई पनि के थाहा थियो भने म राजनीतिको कारण जेलमा आएको हो । कतिपय कैदीले मलाई पहिलेदेखि पनि चिनेका थिए । त्यसैले जेलका कैदीहरुले मसँग धेरै राम्रो व्यवहार ग¥यो । जेलमा तुल्सीको बोट रोपेर पूजा पाठ पनि गर्थे । २००४ सालको जेलपछि २००६ सालमा म जेलबाट भाग्छु, जेलमा बसेर केही फाइदा छैन् । बाहिर गएर प्रजातन्त्र विरोधी दुश्मनहरुलाई परास्त पार्छु भन्ने अठोट लिएर भाग्ने मन बनाएँ । अब भाग्ने कसरी ? धेरै बेला सम्म सोचें । होलीको दिन थियो । जेलका सबै कैदीलाई रुपैयाँ खर्च गरेर रक्सी र मासुको व्यवस्था गरिदिएको थिएँ । किन भने मलाई भाग्नु थियो । मस्तसँग सबै खाएर सुते । त्यही राति १२ बजे डिएन परियारको सहयोगमा हामी दुवै जना १८ फिट उचाई भएको जेलको पर्खालबाट धोतीको डोरी फन्याएर जेलबाट फरार भयौं । हामी भागेको खबर पाएर जेलका पहरेदारहरुले आकाशमा बन्दुकको गोली छोड्न थाल्यो । ती बेला हामीहरु खेतै खेत लुकदै सडकको छेउमा सुरसंडसम्म पुग्यौं ।
आफ्नो परिवारका साथ महान योद्धा निरगुन यादव ।
बन्दुकको राजनीतिको सुरुवात
सितामढीमा हथकडी कटाएर हामी दरभंगा पुग्यौं । त्यहाँ गएपछि हामी आफ्नो साथी रुद्र प्रसाद गिरीसँग भेट ग¥यौं । हामी उनको घरमा दुई दिन वास बस्यौं । पछि हामी विशेश्वर प्रसाद कोइरालासँग भेट गर्न जोगबन्नी पुग्यौं । त्यहाँ मात्रिका बाबु हुनुहुन्थ्यो । तर, विशेश्वर प्रसाद कोइरालाज्यू भेट हुनुभएन । बाहिर जानुभएको थियो । मात्रिका बाबुले भन्नुभयो यहीं बस्नुस, दुईचार दिन पछि उहाँ आउनुहुन्छ । दुई चार दिन पछि पनि उहाँ नआएपछि मात्रिका बाबुको फोन आयो । खबर आयो कि हाम्रो पार्टी राष्टिूय कांग्रेस र डेमोक्रेटिक पार्टी महेन्द्र बीर विक्रम साहको कलकतामा मिटिङ हुन्छ । त्यसैले आफ्नो आफ्नो पार्टीको प्रतिनिधि लाई लिएर कलकता पुग्नुस भनेर फोन मार्फत उहाँले भन्नुभयो । त्यसपछि म र गिरीजी जयनगर पुगें । तर, जयनगरमा हामीलाई कुनै साथी फेला परेनन् । निराश भएर म कलकतामा पुगें । कलकतामा जम्मा साथीहरुमध्ये ५०÷६० जना साथीहरु मात्र रहेछन । महाविर शमशेरको घरमा मिटिङ भयो । साथीहरुको व्यवस्था सुवर्ण शमशेरज्यूले गर्नुभएको थियो । तिन चार दिनसम्म मिटिङ चल्यो । तिनमा निर्णय भयो कि दुबै पार्टी हटाएर नेपाली कांग्रेस पार्टीको नाउँ राख्नु प¥यो । उक्त निर्णय सर्वसम्मतले पारित भयो । उक्त पार्टीको सभापति मात्रिका प्रसाद कोइराला र डेमोके्रटिक पार्टीको अघिकै झण्डा चार तारा राख्ने निर्णय भयो । त्यहाँबाट आ(आफ्नो इलाकामा फर्कि आदेश अनुसार काम गर्ने निर्देशन भयो । मसँग विपी कोइरालाले कुरा गर्नूभयो । मैले भने अब म झण्डा लिएर काम गर्दिनँ । बन्दुक लिएर काम गर्छु ।
भारतीय समाजवादी नेता लोहियासँगको सम्पर्क
कलकताबाट फर्केर जयनगर आएँ । बन्दुक अनुसार संगठन गर्न थाले । १५ दिन पछि विपी कोइराला जयनगर पुग्नुभयो । उहाँले म सँग भेटेर सोध्नुभयो । तिम्रो संगठन कस्तो छ मलाई देखाऊ । मैले भने महिनाथपुर जानुपर्छ । उहाँले भन्नुभयो म जान्छु । मैले आफ्नो घरबाट हात्ती मगाएँ । विपी कोइरालालाई हात्तीमा चढाएर म र रुद्र प्रसाद गिरी रातोरात महिनाथपुर पुगें । पंडित गुनेश्वर झाको घरमा बास बस्यौं । त्यहाँ मैले आफ्नो साथीहरुलाई बोलाएर विपी कोइराला समक्ष लडाईको कुरा गरें । साथीहरुको कुरा सुनेर विपी कोइराला धेरै खुसी हुनुभयो । विपी कोइरालाले भन्नुभयो निरगुन जीले जस्तो भन्नु हुन्छ त्यसतै गर्नु । त्यहाँबाट विपीले मलाई लिएर दिल्ली पुग्नुभयो । भारतीय समाजवादी नेता डा.राममनोहर लोहियासँग सम्पर्क गराउनु भयो । विपीले लोहियासँग मेरा बारेमा लडाई लडने तरिका, बम बनाउने तरिका र गोली गठ्ठा चलाउने सम्बन्धमा प्रशिक्षणको लागि भन्नु भयो ।
दोस्रो संविधानसभाको चुनाव अघि नेपाली कांग्रेसका नेता सशांक कोइराला, रामकृष्ण यादव, सन्तोष यादव निरगुन यादवको परिवारसँग फोटो खिचाउँदै ।
बम्बईमा गोरिल्ला यूद्धको तालिम
 त्यसपछि लोहिया र विपी सँगै म पटना पुगें । पटनामा उहाँहरुले मलाई सोसलिस्ट पार्टीका नेता बसावन सिंहको जिम्मा लगाइदिनु भयो । लोहिया जीले वसावन सिंहलाई भन्नुभयो( निरगुन जीलाई गोरिल्ला यूद्ध गर्ने तरिका, बन्दुक चलाउने र बम बनाउने तरिका सिकाउन के के गर्नुपर्छ गर्नुस् । बसावन सिंहले मलाई बम्वई टेूनिङ हलमा लग्नुभयो । उहाँले टूेनिङ दिने साथीहरुलाई मेरो बारेमा भन्नुभयो कि उहाँलाई राम्ररी तालिम दिएर म कहाँ फर्काइ दिनुहोला । मैले चार महिना सम्म त्यहाँ तालिम लिएर निपुण भएँ । तालिम सकेपछि म फर्केर पटना आएँ । बसावन सिंहलाई आफ्नो टेूनिङका कुरा सुनाए र देखाएपनि । उहाँ धेरै खुशी हुनुभयो । मलाई भन्नु भयो अब जाउ, विपी कोइरालासँग भेटेर जे गर्नुपर्छ गर । म जयनगर आएँ । पार्टीको आदेशको प्रतिक्षामा थिएँ । जयनगरबाट दरभंगा र पटना साथीहरुसँग भेटन बारम्बार जान्थे ।
सशस्त्र जनक्रान्ति गर्ने घोषणा
२००७ साल कार्तिक २६ गते पार्टीले देशैभरी प्रजातन्त्र स्थापनाका लागि सशस्त्र जनक्रान्ति गर्ने घोषणा ग¥यो । विपी कोइरालाले पटनामा मलाई भन्नुभयो पार्टीले निर्णय गरेको छ । तपाई बोर्डर किनारमा जे जे गर्नुपर्छ गर्नुस् । अब क्रान्ति गर्नुप¥यो । फर्केर आउँदा सोसलिस्ट पार्टीका नेता देवनारायण यादव गृहमन्त्री मसँगै जोकि आइपुग्यौं त्यहाँका साथीहरुलाई बोलाएर सम्झाई बुझाई भन्नुभयो । नेपालमा प्रजातन्त्र स्थापनाका लागि ज्यानको बाजी लगाउने निरगुन जीलाई तपाईहरु सहयोग गरेर नेपाल भित्र क्रान्तिमा भाग लिनुस् । साथीहरुबाट सहयोगको आश्वासन पाएपछि देवनारायण यादव आफ्नो घर जानुभयो ।
खजुरी थाना माथि आक्रमण
भोली पल्ट नै म त्यहाँबाट १२÷१३ जना साथीहरुलाई लिएर खजुरी थाना माथि आक्रमण गरें ।  मैले त्यहाँको इन्सपेक्टरलाई थाना भित्र पसेर ७ नाल राइफल र धेरै गोलीहरु (कारतुस) फेला पारें । साथीहरुले त्यो बन्दुक लिएर गोली फायर गर्न थाले । मैले इन्सपेक्टरको रिभलबर झिकेर आफ्नो हातमा राखें । त्यहाँ भएको पुलिसहरु भाग्यो । साथीहरु त्यहाँ नारा लगाउन थाल्यो । नाच्न गाउन थाले । गाउँलेहरु पनि आए । हामीलाई लाग्यो प्रहरी आउँदैछ र हिन्दुस्तान तर्फ लाग्यौं । सुरक्षित ठाउँमा बन्दुक र गोलीहरु राखेर म सानदाई विपीसँग  भेटन पटना पुगें । सबै कुराहरु उहाँलाई बताए । विना हातहतियार लडाई लडेर प्रहरीको हतियार लुटेकोमा उहाँले मलाई बधाई दिनुभयो । कलकताबाट विद्यार्थीहरु त्यहाँ आए । विद्यार्थी मध्ये सुरेशमान जोशी, नारायण प्रसाद, बनारसी महत्तो, मनमोहन अधिकारी सहित सात जनालाई विपीले मेरो साथ लगाईदिनुभयो ।
रेल गाडी कब्जा
हामी जयनगर आयौं । खजुरी थाना लुट्दा जिल्ला भर जय जयकार  भएको थियो । मैले उक्त कुरा थाहा पाएपछि धेरै खुसी भए र मेरो जोश झन बढ्यो । म र रुद्र प्रसाद गिरीले नेपाली रेल गाडीलाई कब्जा गर्ने विचार गर्यौं । म जोंकी महिनाथपुर पुगें । हामीलाई भेटन जिल्लाबाट धेरै साथीहरु आउन थाल्यो । म र गिरी विचार गरें कि भोली रेल गाडी आफ्नो अधिनमा लिनुपर्छ । नेपालका साथीहरुलाई भेट गर्न पठाएँ । साथीहरु आइपुग्नु भो । खजुरी थाना लुट्ने साथीहरुले कलकताबाट आएका विद्यार्थीहरुलाई लिएर महिनाथपुर स्टेशन नजिक बोर्डर किनारमा बसेका थिए । उनीहरु रेल आउने बाटो कुर्न लागे । ठिक समयमा रेल गाडी स्टेशनमा आईपुग्यो । मैले एक जना साथीलाई रेलमा कति जना पुलिस छन् हेर्न पठाए । दुई जना पुलिस रेलमा रहेको कुरा थाहा पाएँ । सबैलाई साथ लिएर मैले आप्mनै नेतृत्वमा रेलका पुलिस, गार्ड, टिटी र डूाइभरलाई आफ्नो कब्जामा लिए । मैले भने तिमीहरु मेरो कुरा मान नत्र गोली हान दिन्छु । मेरो हातमा रहेको रिभलवर देखेर सबैले हात माथि उठाएर समर्पण गरे । उनीहरुले भने हजुरको आदेश मानेर म रेल चलाउछु । मैले भने ठिक छ । अब तिमीहरु स्टेशनको कोठामा गएर बस भनेर मैले भने पछि तिनीहरु सबै जना स्टेशन घरमा गए । जनताहरु इन्कलाव जिन्दावाद ! राणा शाही मुर्दावादको नारा लगाउन थाले । यात्रुहरुलाई मैले भने तपाईहरुलाई अहिले निकै कष्ट भइरहेको होला तर, जनतालाई शोषण गर्ने प्रजातन्त्रको हत्यारा निरंकुश जहानिया राणा शासनलाई जडैबाट उखेलेर फ्याक्ने र देशमा प्रजातन्त्रको बहाली गरी समाजवादी व्यवस्था ल्याउने मेरो उद्देश्य रहेको छ । मेरो संघर्ष तपाईहरुसँग नभएर राणा सरकार सँग छ । त्यसैले तपाईहरु चित्त नदुखाउनुस् । त्यसपछि यात्रीहरुलाई मैले आग्रह पुर्वक भने तपाईहरु आफ्नो आफ्नो घर गइहाल्नुस् । यो गाडी अब कहिँ जाँदैन । यात्रीहरु आ(आफ्नो घर तिर लागे ।
रेल गाडीको इन्चार्ज काजी साहवलाई बनाइयो
रेल गाडीलाई मैले कब्जामा लिएका कारण जिल्ला भरि नै मेरो चर्चा हुन थाल्यो । मैले साथीहरुसँग विचार गरे कि रेललाई यहाँ राख्न ठिक हुँदैन । खजुरी लिएर जानुपर्छ । दुई घण्टा पछि रेल गाडीलाई खजुरी लगे । रुद्र प्रसाद गिरीसँग बिचार गरेको थिए कि खजुरी पुगेर तपाईलाई फोन गर्छु र अनि तपाई आउनु होला । फोन गरेपछि तुरुन्तै गिरी जी टूली चढेर खजुरी आउनु भयो । नारायण काजी साथीसँगै आए । उहाँले रेल कब्जाको कुरा सुनेपछि हातमा लामो तलबारको साथ आइपुगेका थिए । इन्कलाव जिन्दावाद ! नेपाली कांग्रेस जिन्दावाद ! राणा साही मुर्दा वाद ! नाराका साथ जुलुस लाग्यो । म सँग काजी साहवले हातमा हात मिलाए । मैले भने काजी साहव अब तपाई रेल गाडीको इन्चार्ज बन्नुस र उहाँले स्वीकार गर्नु भयो ।
जनकपुरमा मनेजरी अड्डामा आगजनी
 जिल्ला भरी नै राणा विरोधी आवाजहरु गुञ्जिन थाल्यो । चौकीहरुबाट पुलिसहरु आ(आफ्नो सामान लिएर जलेश्वर भाग्न लागे । क्रान्तिकारी साथीहरुसँग विचार गरी रेललाई जनकपुर लग्ने निधो भयो । रुद्र प्रसाद गिरीले सबै साथीहरुलाई लिएर रेलमा चढ्नु भयो । गाडी खजुरी स्टेशनबाट खुल्यो र जनकपुर पुग्यो । म आफ्नो हातमा बन्दुक लिएर क्रान्तिकारी साथीहरुसँगै जनकपुर बजारमा पुगें । दोकानदारहरु हामीलाई देखेर धेरै खुशी भए । हामी जनकपुर घुमेर मनेजरी अड्डा पुग्यौं । र अड्डा पनि कब्जामा लियौं । गरिब जनता, मजदुर, किसान कर्जा लिन बाध्य हुन्थे । समय समयमा राणा सरकारले मालपोत पनि वृद्धि गथर््यो । जनताको आर्थिक अवस्थालाई कमजोर पारी त्यस्ता मालपोत तिर्ने कागजातहरु त्यही अड्डा भित्र रहेका कारण ती सबै कागजसहित अन्य सरसमानहरुमा पनि मैले आगो लगाई दिए । सबै जलेर भष्म भयो । अड्डाको सुब्बा हेमबहादुर रहेछ । उहाँलाई समाति पेस्तोल देखाई मैले भने तिमीलाई गोली हान दिन्छु । उहाँ रुन थाल्नु भयो । मैले उनलाई राणा साही मुर्दावाद ! भन्न लगाए । उसले त्यो कुरा भन्यो पनि ।
जनसरकारको प्रहरी प्रमुखमा नियूक्त
यस किसिमले देशैभरी २००७ सालमा जनक्रान्तिको लहर फैलियो । र, राणाहरुको निरंकुश शासन समाप्त भयो । जनक्रान्तिमा जनकपुरलाई कब्जा गरेपछि नेपाली कांग्रेसले स्थानिय जनसरकारको स्थापना ग¥यो । जनसरकारको प्रहरी प्रमुख मलाई बनाइयो । देशमा राजाले २०१४ सालसम्म सम्पुर्ण अधिकारहरु आफ्नो हातमा लिएका थिए । देशमा संविधान बनेको थिएन । राजाले शासनका बागडोर आफ्नो हातमा लिएका थिए । राजाको नियत खराब थियो ।
टिकट लिन इन्कार
२०१४ सालमा नेपाली कांग्रेसले भद्र अवज्ञा आन्दोलन शुरु ग¥यो । देशमा आन्दोलनको गति तिब्र भएपछि राजाद्वारा २०१५ सालमा महा निर्वाचन गर्ने तिथीको घोषणा गर्नुभयो । राजाद्वारा २०१५ साल फागुन ७ गते चुनाव गराउने घोषणा भयो । चुनावमा पार्टीको उम्मेदवारी तय गर्न विपी कोइरालाको अध्यक्षतामा एउटा संसदीय समिती बनेको थियो । चुनावको लागि कसलाई टिकट दिने निर्णय गर्न विपीले सरोजवाबुको घर ब्रह्मपुरीमा कार्यकर्ताहरुको मिटिङ बोलाउनु भयो । त्यस मिटिङमा करिब ५०÷६० जना कार्यकर्ताहरु उपस्थित भएका थिए । विपीले भन्नुभयो , यस क्षेत्रबाट कसलाई टिकट दिने ? रामनारायण मिश्रले भन्नुभयो, धेरै बलियो विरोधि सँग मुकाविला गर्न हामीले तराईकै मान्छेलाई उठाउनु पर्छ । यो यादवहरुको बाहुल्य क्षेत्र रहेकोले कुनै यादवलाई नै टिकट दिनु पर्छ । विरोधीहरुले सामन्ती प्रभावशाली राजपुत जमुना प्रसाद सिंहलाई उठाएको थियो । त्यसैले यादवलाई नै टिकट दिने कुरा उठ्यो । त्यसैले टिकटको लागि मेरो नाम सिफारिस गरियो । मैले आफ्नो नाउँ सुन्ने वित्तिकै भने सरोजबाबुको ही टिकट मिल्ना चाहिये । क्यँुकि हमलोग जितने भि कार्यकर्ता हैं उनके ही बनाए है । जातके आधार पर टिकट देना है तो नेपाली कांग्रेसको क्यूँ बनाया आपने ? विपीले विचार गरेर सरोजबाबुलाई नै टिकट दिनुभयो । चुनाव भयो र देशमा नेपाली कांग्रेसको पुर्ण बहुमत भन्दा वढी सिट आयो । विपी प्रधान मन्त्री बन्नु भयो ।
राउत गुवारबाट यादव
हिन्दुस्तान प्रवेश गर्दा मेरो नाउँ निरगुन राउत गुवार थियो । हिन्दुस्तानका मान्छेहरु त्यो नाउँ सुनेर हाँस्थे । त्यसैबेला देखि म राउत गुवार हटाएर आफ्नो नाउँमा यादव राखें । हिन्दुस्तान बाट नेपाल आएपछि जिल्लाका सम्पुर्ण राउत गुवारहरुको सम्मेलन गराई केही निर्णयहरु गराएँ । राउत गुवार हटाएर थरमा यादव राख्ने, मासिक कर्म एक महिना गर्दा धेरै कष्ट हुने हुनाले त्यसलाई द्वादश कर्म १५ दिनमा गर्ने, विवाहमा दाइजो नलिने, रु.२ लिएर विवाह गर्ने,विवाह भइसके पश्चात आफ्नो इच्छाले दाइजो दिन सक्ने, विवाहमा ११ जना ज्यन्ती मात्र जाने, विवाहमा नाच गान वाजाहरु नगर्ने, यादव महिलाहरु दुध वेच्न नजाने लगायतका निर्णयहरु गरें । मैले अखिल नेपाल यादव संघको गठन गरें । उक्त संघको महाधिवेशनका लागि विपीलाई बोलाउने विचार गरें । परवाहा रेल्वे स्टेशनमा महाधिवेशन गर्ने निर्णय भयो । विशेश्वर बाबु रेल चढेर परवाहा स्टेशन आउनु भयो । विशेश्वर बाबुको भाषण पछि यादव समुदाय खुशी भए ।
राजा महेन्द्र विरुद्ध आन्दोलन
२०१७ सालमा राजा महेन्द्रले नेपाली कांग्रेसका नेताहरुलाई समातेर जेलमा राख्न थाल्यो । देशमा हाहाकार मच्यो । मैले आफ्नै गाउँ नरहियामा अखिल नेपाल यादव संघको मिटिङ राखें । मिटिङ पुराना पोखरको डिलमा पिपलको रुख मुनि राखिएको थियो । त्यसैबेला जनकपुरबाट रुद्र प्रसाद गिरीले एकजना साथीलाई म कहाँ पठाएका थिए । त्यो साथीले मलाई एकान्तमा लगेर देशको अवस्थाबारे जानकारी गराए । सुनेर म आश्चर्य चकित भएँ । मुझे जरुरी काम से जनकपुर जाना होगा भनेर मिटिङ छोडेर जनकपुर आए । जनकपुरमा गिरीजीसँग भेट भयो । अरु साथीहरु बाहिर गइसकेकाले भेट हुन सकेन ।
    मैले गिरीसँग सोधे अब क्या करना होगा ? जल्द से जल्द कहिये । हमलोग भी भाग चले भनेर गिरीले भन्नुभयो । मैले भने ठिकै छ ।
विपी, सुर्यप्रसाद उपाध्याय र गणेशमान सिंह लगायतका नेताहरु गिरफ्तार भए । सुवर्ण जी सैनिक काण्ड हुनुभन्दा पहिले भारत गईसक्नुभएको थियो । गिरीले मलाई भन्नुभयो, आप तबतक चलिए, फलाने जगह पर रहियेगा । मै श्याम गिरीसे भेट करकर आता हु । मैले रुद्र गिरीले भनेको ठाउँमा धेरैसमयसम्म प्रतिक्षा गर्दा पनि उनी आएनन । मलाई लाग्यो उहाँले मलाई धोका दिनु भयो । रात परिसकेको थियो । म बोर्डर क्रश गरी जोंकी गाउँमा साथी पशुपति झाको घरमा वास वसे । विहानै पख म जयनगरका लागि प्रस्थान गरे । जयनगरको उछाल टोलमा हाम्रो परिवारहरुसँग रामनाथ यादवको दोस्ती थियो । म उहाँकै घरमा पुगिहाले । रामनाथ ज्यूले मलाई देख्नेवित्तिकै आँलिङगन गरी भन्नुभयो रातमे कहाँ ठहरे थे ? मैले सबै कुरा सुनाए ।
जयनगरमा मिटिङ
२००६ सालमा जेलबाट भागेर भारत गएको थिए । मेरो दाई महन्थ यादवले उहाँँकै घरमा मेरो लागि एउटा कोठा बनाउनु भएको थियो । त्यतिबेला पनि म त्यही रहने गर्थे । खाना पनि रामनाथजीमै खान्थे ।
    जयनगर स्टेशन जाने मेरो दैनिक काम थियो किनभने नेपालबाट आउने साथीहरुसँग भेट गर्थे । साथीहरुलाई पनि मलाई देखेपछि साहस र हिम्मत वढ्छ । यस प्रकारले दुई र तिन नम्बरका पहाडका साथीहरु आउन लागे । आउने साथीहरुमा पदम शंकर अधिकारी, बलबहादुर राई, सवर्धन राई, रिवान मनि, भिम वहादुर तामाङ, उदयपुरको डम्बर बहादुर थापा गरी ५०÷६० जना साथीहरु थिए । सबै साथीहरुको वस्ने र खाने व्यवस्था गरें । महोत्तरी जिल्लाबाट चिन्ता हरन सिंह, महेन्द्र नारायण निधि, बलराम नायक, बोध प्रसाद,ठाकुर प्रसाद ढुङगाना, दिगम्बर झा, मकेश्वर सिंह, महाविर शर्मा, योगेश्वर शर्मा, ज्ञानी शंकर गिरी, भोज राज घिमिरे, देवनारायण झा, कपिलेश्वर झा, राजेन्द्र झा, राजेन्द्र पाण्डे, रुद्र नारायण झा, जलन्धर यादव, रामचन्द्र सिंह, नागेन्द्र सिंह, दुर्गा नन्द झा, अरविन्द ठाकुर, मदन सहगल, मुरली भुषण, कृष्ण वहादुर कार्की, र काठमाण्डौबाट तिन चार दिनमा सरोज प्रसाद कोइराला,सुरेशमान जोशीहरु जयनगर आइपुग्नुभयो । जयनगर स्टेशनमा यसरी साथीहरु आ(आफ्नो इलाकाबाट आउनु भयो ।
महेन्द्र नारायण निधि पुर्वाञ्चल क्षेत्रको कमाण्डर नियुक्त
केही दिनमै जनरल सुवर्ण शमशेर जीले सबै साथीहरुलाई पटनामा मिटिङ गर्न बोलाउनु भयो । नेपालबाट भागेर आउनुभएका सबै साथीहरु पटना पुग्नु भयो । खाना र वस्ने व्यवस्था सुवर्ण जीले मिलाउनु भयो । मिटिङ तिन दिनसम्म चल्यो । मिटिङमा उहाँले राजाका बारेमा बताउनु भयो । सुवर्ण पक्राउ हुनुभन्दा तिन दिन अगाडी नै कलकता आइपुग्नुभएको थियो । मिटिङमा राजा सँग संघर्ष गर्ने कुरा भयो । विशेश्वर बाबुले नेपाली कांग्रेसको सभापति सुवर्ण शमशेरजीलाई बनाई दिनु भयो । तत पश्चात सभापतिले केन्द्रिय कार्यसमितिको गठन गर्नु भयो । राजा सित लडाई लडनको लागि संघर्ष समिति बनाउनु भयो । जो सर्वसम्मतिबाट स्वीकृत भयो । ५ क्षेत्रबाट ५ वटा कमाण्डर चुनियो । जसमा मध्य पुर्वाञ्चल क्षेत्रबाट कमाण्डर महेन्द्र नारायण निधिलाई बनाइयो । मलाई पुलिस कमाण्डरको जिम्मा दिइयो । वैठक पुर्ण रुपले सम्पन्न भइ हाल्यो । सभापति सुवर्ण शमशेरज्यूले साथीहरुलाई तपाईहरु आफ्नो इलाका वा क्षेत्रमा गएर कुराहरुलाई इमान्दारी पुर्वक पालना गर्नुस, भनेर भन्नुभयो । साथीहरु वडो खुशीका साथ आफ्नो इलाकामा जानुभयो ।
महेन्द्र नारायण निधि ज्यान बचाउन स्वदेश फिर्ता
राजा महेन्द्रलाई पटनामा नेपाली कांग्रेसले गरेका मिटिङको बारेमा थाहा भइहाल्यो । राजा महेन्द्रले आह्वान गर्नुभयो । जो व्यक्ति देश छाडेर वाहिर जानुभएको छ त्यो १५ दिन भित्र आफ्नो ठाउँमा फिर्ता आएर शान्तिपुर्वक बसे उनीहरुमाथि कारवाही मुद्दा माफ गरिदिन्छु । राजा महेन्द्रको आदेश सुनेर पटना वैठकमा रहेका साथीहरु मध्ये केही साथीहरु नेपालमा प्रवेश गर्नु भयो । मैले जयनगर स्टेशनमा जनकपुर तर्फ जाने रेल गाडीमा महेन्द्र नारायण निधिलाई चढेको देख्दा भने, निधिजी कहाँ जा रहे है ? उनहो ने कहाँ नेपालके भितर घर जा रहा हुँ । मैले भने पटना मिटिङ के वात भुल गए आप । निधि जीले भन्नु भयो आप नेपाल नहि चलेगे । नेपाली कांग्रेसको छोडकर मै नेपाल नहि जाउँगा भनेर मैले भने । ठिक है आप रहिये । निधिजीले भन्नु भयो र उहाँ जानु भयो । निधिजीलाई हेरेर बोध प्रसाद जी, दिगम्बर झाजीहरु पनि नेपाल जानुभयो । नजाने साथीहरुमा सरोज प्रसाद कोइराला, सुरेशमान जोशी, चिन्ताहरन सिंह, दुर्गा नन्द झा, अरविन्द ठाकुर, ज्ञानी शंकर गिरी, मदन सहगल, मुरली भुषण, महाविर शर्मा, जुगेश्वर शर्मा, लगायतका व्यक्तिहरु हुनुहुन्थ्यो ।
नरहियामा राजा महेन्द्रको पुतला दहन
केही दिन पछि नेपाली कांग्रेसले नेपालमा निमुख दिन कालो दिवस मनाउने निर्णय ग¥यो । उक्त निर्णय पछि साथीहरु नेपाल आए । म र साथी ठाकुर प्रसाद ढुङगाना नेपालमा आएँ । नरहियामा हामी दुवैजना पुग्यौं । त्यहाँ पुरना पोखरीको डिलमा चार गाउँबाट आएका मानिसहरुसँगै राजा महेन्द्रको पुतला कालो रंगमा रंगिएको थियो ।
    ठिक चार बजेको समयमा हामीले पुतलामा मट्टीतेल छर्केर आगो लगाई दियौं । राजा महेन्द्र मुर्दावाद ! विशेश्वर बाबुको रिहा करो ! आदि नारा लगाइएको थियो । म र ठाकुरजीले राम्रो संग भाषण पनि ग¥यौं ।
नरहियामा प्रहरीद्वारा लुटपाट
दुई दिन पछि मान वहादुर एसपी मिलेटूी लिएर नरहिया गाउँलाई धेराउ ग¥यो । पुरै गाउँमा नेपाल कांग्रेसको झण्डा फहराइरहेको थियो । पुलिसले गाउँका मानिसलाई समातेर मारपिट शुरु गरेको थियो । मानिसहरु भाग्न थाल्यो । मेरो परिवार पनि बच्चाहरुलाई लिएर जयनगर भाग्यो । एसपीले तीन चार दिनसम्म मेरो गाउँलाई घेराउ गरेको थियो । मेरो घरको सम्पुर्ण सम्पत्तिहरु प्रहरीले लुटेर वैल गाडीमा लादेर जनकपुर लग्यो । मेरो घरमा ताला लगाइदियो । मेरो घरमा कोइ पनि प्रवेश नगर्ने भनेर सूचना टाँसि दियो । ५÷६ जनालाई समातेर परवाहा स्टेशन लगियो । जदु यादव र सुखदेव यादवलाई पिपलको रुखमा उल्टा लटकाएर खुट्टामा डोरीले बाँधेको थिया । झुन्डीरहेका यादवको मुखको मुनि आगो लगाई दियो । टाउकोको कपाल जलेर मुखबाट ¥याल निस्किरहेको थियो । त्यतिकै बेला रेल गाडी स्टेशनमा आइपुग्यो । दुवैजनाको पुलिसले गरिरहेको निरममता पुर्वक यातनालाई हेरेर रेलका यात्रुहरुमा हाहाकार मच्यो । मरनासन्न अवस्थामा पुगेपछि दुवैजनालाई जनकपुर अस्पतालमा भर्ना गराइयो । दुई महिना पछि घाँउ निको भएपछि उनीहरुलाई प्रहरीले छोडि दियो ।
सबैला थानामा आक्रमण
 नेपाली कांग्रेसले कलकताको मिटिङमा निर्णय ग¥यो कि जो साथी नेपालको जुन इलाकामा छन् त्यही ठाउँबाट राजा विरुद्ध लडाई लडेर थाना चौकीहरु जलाउने र बन्दुकहरु लुटेर लग्ने । लडाई सुरु भईहाल्यो । म पनि साथीहरुलाई लिएर नेपालमा प्रवेश गरी हाले । साथीहरु सुरेशमान जोशी, मदन सहगल, जंगली नदाफ, दाजु महन्थ यादव, जलन्धर यादव, परशुराम मानन्धर र बाहिरका साथीहरुलाई लिएर सबैला थाना पुगें । राति १२ बजेको समय थियो । १२÷१३ जना पुलिसहरु कोठामा थिए ।
        म बडो होसियारी पुर्वक उनीहरुको कोठा बाहिरबाट बन्द गरेर पुलिसहरुलाई थुनिदिए । अर्को कोठामा बन्दुकहरु थियो । बन्दुक रहेको कोठाको गेट बन्द थियो । मैले गेट तोडेर उक्त कोठामा प्रवेश गरे । ४ बन्दुक र एक रिभलबर गोली सहित लुटेर बाहिर आए । त्यतिकैमा पुलिसहरु जागिहाल्यो । मेरो साथीहरु सावधान भईहाल्यो । साथीहरु मेरो नाम लिएर हल्ला गर्न थाल्यो । किनभने पुलिस निरगुनको नाउँ सुनेर डराउँछन् भन्ने साथीहरुलाई लागेको थियो । र, भयो पनि त्यस्तै । मेरो नाउँ सुन्ने वित्तिकै पुलिसहरु डरले बाहिर निस्केनन् । मैले सोचे, पुलिसलाई मार्नु हुँदैन । पुलिसलाई मैले छोडिदिएँ । लुटेको बन्दुक र रिभलवर लिएर साथीसँगै हिंडिहाले । र, जयनगर पुग्यौं ।


मिति ः २०७० माघ १२ गते

अब त संविधान बन्नैपर्छ - सम्पादकीय


कअघिल्लो संविधानसभाका सफलता र असफलताबाट पाठ सिकेर संविधान निर्माणमा दलहरु सक्रिय हुन्छन कि हुँदैनन भन्ने अहिलेको आम चासोको विषय हो । यसपटक जसरी पनि संविधान बन्नुपर्छ र त्यो पनि झारा टार्ने किसिमको नभै सबैलाई समावेश गर्ने गरी, सबैको भावनाको प्रतिनिधित्व हुने गरी बन्नुपर्छ भन्ने चाहना आम नेपालीको छ । पहिलो संविधानले गरेका सहमति र त्यहाँ रहेका विमतीहरुबीचबाट नयाँ ढंगले संविधानसभा अगाडि बढ्नुपर्ने आवश्यकता छ । वितेको पाँच वर्षमा वाग्मतीमा धेरै पानी बगिसकेको छ । सुरुका दिनमा उठेका आवाज र प्रवाहित धारणाहरु अहिले धमिलिएको छ ।
    यसपटक संविधानसभाको शक्ति सन्तुलनमा व्यापक फेरवदल आएको छ । विशेषतः वर्तमान राजनीतिक घटनाक्रमको विपक्षमा रहेको, विगतमा उठेको माग र नाराको विपक्षमा धारणा राखिरहेका दलहरुको संख्या बढी देखिएको छ । संवैधानिक राजतन्त्र सहितको हिन्दु धर्म सापेक्ष राष्टू हुनुपर्ने राप्रपा नेपाल नयाँ शक्तिका रुपमा संविधानसभामा प्रवेश गरेको छ । विवादका मुद्दाहरुको विवादका मुद्दाहरुको छिनोफानो र असहमतहरुलाई सहमतिमा ल्याउने सवालमा संविधानसभा केन्द्रित हुनुपर्ने अहिलेको प्रमुख आवश्यकता हो । सुरुवातदेखि नै आआफ्नै अडानमा कायम रहेर वृहत छलफल गर्नुको साटो कोठे र रिसोर्टका बैठकहरुमा नेताहरु केन्द्रित हुने हो भने यसपटक पनि संविधान बन्दैन भनेर भन्न कुनै गाह्रो छैन । 
    संविधान कुनै राजनतिक दलको विधान नभएकाले यसमा दलीय आग्रह थोपर्ने प्रयास गर्न खोज्नु नै अघिल्लो संविभानसभा असफल हुनुको कारण हो । यही कारणलाई मध्यनजर गर्दै प्रमुख दलहरुले संविधानसभाको बैठक बसेको ६ महिनाभित्र सहमतिको प्रयास गर्ने र त्यसो नभए एक वर्षभित्र संवैधानिक प्रावधानबाट निर्णय गरी संविधानको मस्यौदा तयार गर्ने घोषणा गरेकाले यसपटक संविधान बन्छ कि भन्ने आशा गर्ने ठाउँ छ तर यसबीचमा विदेशीको चलखेल र राजनीतिक आग्रह(पूर्वाग्रहको खेल चर्कदैन भन्नसकिने स्थिति छैन ।
    त्यसैले मुलुकको यथार्थमा टेकेर संविधान निर्माण गर्नसके मात्र त्यसले सबैलाई स्थान दिनसक्छ र सबैले आफ्नो संविधान मानेर स्वामित्व ग्रहण गर्न सक्छन भन्ने वास्तविकताबाट कोही पनि पछिहट्नु हँदैन । क्षणिक स्वार्थका लागि जसले जे भने पनि त्यसलाई सडकमा पसार्ने चरित्रको त्याग अत्यावश्यक छ । जनता अब त संविधान बन्नैपर्छ भन्ने पक्षमा छन् । यसलाई संविधानसभाभित्र प्रवेश गरेका सबै राजनीतिक दलका टाउके नेताहरुले मनन गर्नुपर्छ ।

मिति ः २०७० माघ १२ गते

लाल किशोर झा हत्यामा १० लाखको डिल मुख्य योजनाकार बैकुण्ठ दास ः राजन मुक्ति


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
    जिल्ला शिक्षा कार्यालय महोत्तरीका शाखा अधिकृत लाल किशोर झा हत्याको मुख्य योजनाकार रत्न सागर मन्दिरका महन्थ वैकुण्ठ दास वैष्णव नै रहेको राजन मुक्तिले खुलासा गरेका छन् । जिल्ला सरकारी वकिल कार्यालय धनुषाका जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुली समक्ष जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक गोविन्द पुरीले गरेको अनुसन्धानको सिलसिलामा राजन मुक्ति भन्ने रंजित झाले बयानको क्रममा उक्त कुरा खुलासा गरेका छन् । २१ मंसिर २०७० मा झा हत्या प्रकरणमा राजन मुक्तिसँग सोधिएको १७ वटा सवालहरुको जवाफका क्रममा उक्त कुरा खुलेको हो ।
    मृतक लाल किशोर झा मटिहानीका महन्थ जगरनाथ दासको भतिजो भएकोले निज महन्थको सम्पुर्ण कारोबार निज लाल किशोर झाले नै हेर्ने गरेको र जग्गा जमिन समेत बेच विखन गर्ने गरेको थियो । झा जिल्ला शिक्षा कार्यालय महोत्तरीको शाखा अधिकृत पदमा रही आर्थिक हिनामिना, अनियमितता र भ्रष्टाचार गरी धेरै रकम  जम्मा गरेका कारण आफुले झासँग चन्दा मागेको राजन मुक्तिले बताएका छन् । चन्दाको लागि आग्रह गर्दा झाले अटेर गरेको कारण आफुले उनलाई पटक पटक धम्की समेत दिएको राजन मुक्तिले बताएका छन् । झा हाम्रो लिस्टमा थियो । त्यसताका लाल किशोर झा र रत्नसागर कुट्टिका महन्थ बैकुण्ठ दास बीच जग्गा बेच विखनका सम्बन्धमा मनमुटाव, झै झगडा समेत भएको र सोही रिसइबीका कारण  वैकुण्ठ दासले झालाई मार्न चाहेको थियो । झालाई मार्नको लागि वैकुण्ठ दासले म र भाष्कर मुक्ति भन्ने दिपक सिंह समेतलाई सम्पर्क गरी तपाईहरुलाई चन्दा दिन्छु, मेरो काम गरिदिनुहोस्  भनी प्रस्ताव राखेको थियो । त्यस पश्चात घटना वारदातको १५÷२० दिन पहिले हामीहरुसँग वैकुण्ठ दासले भारतको सितामढीमा भेट गरी लाल किशोर झाको हत्या गर्ने सहमति भई रु.७ लाख रकम वैकुण्ठले हामीलाई पेस्की समेत दिएको राजन मुक्तिले बताएका छन् । लाल किशोर झालाई मार्नका लागि वैकुण्ठ दाससँग रु.१० लाखमा डिल भई हत्या गर्ने हामीले सहमति ग¥यौं र उक्त सहमति बमोजिम वैकुण्ठ दासले आफुलाई रु.७ लाख दिएको र बाँकी रकम मेरो कार्यकर्ताहरु सुनिल कुमार अधिकारीले रु. ५० हजार, विजुली सिंह भन्ने राकेश पाण्डेले रु.२५ हजार र शिवकुमार ठाकुरले रु.१५ हजार समेत लिएको आफुले सुनेको राजन मुक्तिले बताएका छन् । आफुले हत्याको लागि लिएको रकम समुह संचालन गर्ने क्रममा खर्च भईसकेको राजन मुक्तिले बताएका छन् ।
    राजनका अनुसार वैकुण्ठ दास सँगै भारतको मधुवनीका २५ वर्षिय जैसवाल भन्ने मनिष चौधरीले सबै बन्दोवस्त मिलाउने भनेर बैकुण्ठले आफुलाई मनिष सँग चिनजान गराएको थियो । त्यस पश्चात मेरो स्थानिय कार्यकर्ता शशि मुक्ति भन्ने सुनिल अधिकारीलाई जैसवालसँग भेटगराई जैसवालले नै हतियार समेत उपलब्ध गराउने र भाष्करले सुनिल अधिकारीलाई टेलिफोन सम्पर्क गरी आदेश दिएको राजन मुक्तिले बताएका छन् । उक्त आदेश पश्चात सुनिल अधिकारीले राकेश पाण्डे र शिवकुमार ठाकुर समेत सँग भिठ्ठामोडमा भेटघाट गरी उनीहरुलाई पैसा समेत उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । ११ कार्तिक २०६७ मा जनकपुर–७ स्थित लाल किशोर झालाई गोली हानी हत्या गरिसकेपछि सुनिल अधिकारीले आफुलाई फोन सम्पर्क गरी झालाई गोलि प्रहार गरिसकेको र उसको उपचारको लागि काठमाण्डौ लग्दा काठमाण्डौमै मृत्यु भएको भन्ने खबर पाएपछि जनकपुरका संचार माध्यमहरुमा उक्त घटनाको जिम्मेवारी टेलिफोन र एसएमएस मार्फत लिएको राजन मुक्तिले बताएका छन् । झालाई हत्या गर्नका लागि प्वाइन्ट ३१५ गोलि लाग्ने हतियार र गोली समेत जैसवाल भन्ने मनिष चौधरीले आफ्नो कार्यकर्ता सुनिल अधिकारीलाई उपलब्ध गराएको राजन मुक्तिले बताएका छन् । झा हत्यामा प्रयोग भएको हतियार र त्यसमा लाग्ने चार राउण्ड गोली भारत सितामढी वस्ने वर्ष ३८ का तुफेल खान सँग रु.२ हजारमा खरिद गरिएको कुरा राजन मुक्तिले बताएका छन् । उक्त हतियार अहिले कहाँ छ भन्ने कुरा भाष्कर मुक्तिलाई नै थाहा होला, राजन मुक्तिले बताएका छन् । अहिले सुनिल कुमार अधिकारी, शिवकुमार ठाकुर र राकेश पाण्डे उक्त हतियारको अभियोगमा पक्राउ परेको भन्ने कुरा थाहा पाएपनि मनिष चौधरी भन्ने व्यक्तिसँग आफ्नो सम्पर्क अहिले नरहेको र वैकुण्ठ दास अदालतको आदेशले तारेखमा रहेको भन्ने कुरा पत्र पत्रिका मार्फत थाहा पाएको राजन मुक्तिले बताएका छन् । २०६७ सालमा जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समुहका धनुषाका इन्चार्जको रुपमा भाष्कर मुक्ति भन्ने दिपक सिंह थिए । उक्त समयमा शशि मुक्ति उपनाम रहेको सुनिल अधिकारीले भाष्करलाई बचाउन आफुलाई भाष्कर मुक्तिको नाउँले चिनाएको हुन सक्ने राजन मुक्तिले बताएका छन् । भाष्कर मुक्ति भन्ने दिपक सिंह महोत्तरी साढाका कौशल किशोर सिंहको छोरा रहेको राजन मुक्तिले बताएका छन् ।     यस अघि पक्राउ परेका विजुली सिंह भन्ने राकेश पाण्डे र रौकी भन्ने शिवकुमार ठाकुरले तत्कालिन अधिकार प्राप्त अधिकारी समक्ष बयानको क्रममा समेत तिनीहरुले झाको हत्याका मुख्य योजनाकार बैकुण्ठ दास रहेको  बताएका थिए । राकेश पाण्डेले दुई दिन सम्म लागातार भेटी जसरी पनि लाल किशोर झालाई मार्न सहयोग गरिदिनुपर्छ भनेको कारण ११ कार्तिक २०६७ मा विहान मोटर साइकलमा निजसँग भिठ्ठामोड गई लागु औषध खाई सुनिल संग परिचय गराई राकेश पाण्डेले आफुलाई रु.५ हजार दिएको शिव कुमार ठाकुरले बयानको क्रममा बताएका थिए । त्यहाँ भिठ्ठामोडमा जैसवाल पनि आइपुगेको र जैसवालले देखाएको मान्छेलाई गोली हानी मार्नुपर्छ भनि आफुलाई सुनिल समेतले भनेपछि म र राकेश एउटा मोटरसाइकलमा चढि जनकपुरको पगलाबाबा धर्मशालाको कुट्टि नजिक पुगि बसेका थियौं । सोही स्थानमा सुनिल र जैसवाल मोटरसाइकलमा आए । राकेश र सुनिलले जैसवालले देखाएको मान्छेलाई गोली हान्नु भनि आफुलाई एउटा गोली लोड गरेको एउटा कटुवा पेस्तोल र तीन वटा गोली दिए । जैसवाल मोटर साइकलमा अघि अघि गए र म पछि पछि गएँ । जैसवालले देखाएको लाल किशोर झाको छेउमा पुगेपछि मैले पिठ्यूमा गोली हानें । निज ढलेपछि म र जैसवाल मोटरसाइकलबाट भाग्यौं । वारदातको दुई दिन पछि मलाई रु. १० हजार राकेशले दिएको थियो ।     यसरी रौकी भन्ने शिवकुमार ठाकुरले प्रहरी समक्ष बयान कागज गरेका थिए । जैसवाल र सुनिलका बीचमा सहमति भई आफुले हत्या गरेपछि सुनिलले रु. २ लाख पाउने र सोही टेन्डर राकेश पाण्डेलाई कुल रु.१ लाख ६० हजारमा दिइएको राकेश पाण्डेले बताएका थिए । उनीहरुको बयान पश्चात धनुषा जिल्ला अदालतले १८ पुषमा बैकुण्ठ दासलाई पक्राउ गर्न पक्राउ आदेश जारी गरेको थियो । जिल्ला वकिल कार्यालय धनुषाको अभियोग पत्रमा त्यसबेला महन्थ वैकुण्ठ दासले लाल किशोर झालाई मार्न योजना र रकम सहित व्यक्ति परिचालन गरेको अभियोग लगाइएको थियो । बैकुण्ठ दासले जग्गा विवादका कारण आफ्नो छोरा मार्न मान्छे खटाएको भन्दै मृतक लाल किशोरका पिता पशुपति झाले ५ पुष २०६७ मा जाहेरी दिएका थिए ।

बैकुण्ठ महन्थको आवरणमा आतंकवादी ः महन्थ रामतपेश्वर दास
जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले रत्नसागर कुट्टीका महन्थ वैकुण्ठ दास वैष्णव महन्थको आवरणमा आतंकबादी रहेको आरोप लगाएका छन् । पैसा दिएर राजन मुक्तिद्वारा लालकिशोर झाको हत्या गराएका वैकुण्ठले  आफुलाई पनि ज्यान मार्ने धम्की दिईरहेको उनले आरोप लगाएका छन् । पत्रकार सम्मेलनमा महन्थ राम तपेश्वर दासले विभिन्न व्यतिmको माध्यमबाट वैकुण्ठ दासले आफुसँग मिलेर काम गर्नुपर्ने र त्यसो नगरे जनधनको समेत क्षति गराईदिने भन्दै ज्यान मार्ने धम्की दिदै आएको उनले बताए । वैकुण्ठ भारतिय गुण्डा रहेको उल्लेख गर्दै उनले भने,‘दर्जनौ हत्या तथा विभिन्न घटनामा उनको संलग्नताका धेरै प्रमाणहरु छन् । तर पनि पैसाको चलखेलका कारण उनलाई प्रशासनले पनि उन्मुक्ति दिइरहेको छ ।’ वैकुण्ठ महन्थको आवरणमा भुमाफिया,तस्कर तथा गुण्डाहरुको नाइके रहेको दावि गर्दै उनले भने,‘यस्ता हत्यारा, भुमाफिया तथा तस्करलाई जनकपुरबाट नभगाए जनकपुर नै समाप्त हुन्छ, अव जनकपुरबासीलाई वैकुण्ठलाई खेदेर भगाउनुको विकल्प छैन ।’
    आजीवन अविवाहित रहेका रत्नसागर कुट्टीका तत्कालिन महन्थ रामप्रकाश वैष्णवको नक्कली छोरा भई किर्ते नेपाली नागरिकता लिएका वैकुण्ठ विरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषमा दर्जनौं उजुरी परेका छन् । विवाह नै नगरेका रामप्रकाशले कसरी छोरा जन्माए ? अव वैकुण्ठले होइन, जिल्ला प्रशासन कार्यालयले जवाफ दिनुपर्छ भन्दै महन्थ रामतपेश्वरले भने ,“तर गृह प्रशासनका केहि भ्रष्ट कर्मचारीहरुसँगको आर्थिक लेनदेनका कारण वैकुण्ठको नागिरता सम्बन्धी छानविन प्रक्रिया अगाडी बढन सकेको छैन ।”  भारत विहारको मुज्जफ्रपुर जिल्ला मधेपुरा,पोस्ट अम्भा, कठरा पञ्चायत निवासी रामश्रेष्ठ तिवारीका जेठा छोरा वैकुण्ठ तिवारी रत्नसागर मन्दिरको महन्थ भएपछि गुठी अन्तर्गतको करिव तिन सय करोड बरावरको जग्गा अवैध तरिकाले विक्री वित्तरण गरेको तपेश्वर दासले बताए ।
१७ कार्तिक २०५० मा तत्कालिन जिविस उपसभापति दिपनारायण महत्तोको सिफारिस अनुसार जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत मुरारी नेपालले जनकपुर–८ का रामप्रकाश दास वैष्णवको छोराको रुपमा नेपालको नागरिकता प्रमाण पत्र जारी गरेका छन् । वैकुण्ठले नागरिकता पाइसकेपछि आफ्नो भाई अनिल कुमार तिवारीलाई पनि १६ फागुन २०६३ मा धनुषाबाट नागरिकता प्रमाण पत्र दिलाएका छन् ।
    राधा कृष्ण मन्दिरको बहुमुल्य मुर्ति बेचेका वैकुण्ठले जनकपुरका विभिन्न कुट्टीका जमिन आफैले अतिक्रमण गरेर र अरुद्वारा पनि गराएर जमिन विक्री गर्दा स्थानिय प्रशासन र गुठी संस्थानले पनि उनलाई भरपुर सहयोग गर्दै आएको महन्थ रामतपेश्वर दासको आरोप छ । गुठी संस्थानका केहि कर्मचारीहरु आर्थिक प्रलोभनमा परेर दिनरात उनको चाकरीमा लागेको महन्थ दासले आरोप लगाए । उनले गर्ने अवैध कार्यमा अवरोध पुर्याउने जिल्ला शिक्षा कार्यालय महोत्तरीका तात्कालिन अधिकृत लालकिशोर झा, महन्थ जानकी शखी र विरख कुट्टीका तात्कालिन महन्थ रामभद्र दासको वैकुण्ठले नै हत्या गराएको रामतपेश्वरले दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा राजन मुतिm भनिने रंजित झाले समेत बयान गर्दा लालकिशोर झाको हत्याको प्रमुख योजनाकार वैकुण्ठ नै रहेको बताएका छन् । तर पनि हाल सम्म स्थानिय प्रशासनले वैकुण्ठलाई सहयोग गरिरहेको महन्थ दासले बताए ।     बैकुण्ठलाई प्रशासनले कारवाही नगरे आफुहरुले धर्ना र प्रदर्शन समेत गर्ने महन्थ रामतपेश्वर दासले चेतावनी दिएका छन् ।



मिति ः २०७० माघ १२ गते

पत्रकार महासंघ धनुषाको संचार गृहका लागि जग्गा उपलब्ध


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
नेपाल पत्रकार महासंघ धनुषाको संचार गृह निर्माणका लागि गुठी संस्थान कार्यालयले १० धुर जग्गा उपलब्ध गराएको छ । नेपाल गुठी संस्थानका बोर्ड अध्यक्ष पंचलाल महर्जनको अध्यक्षतामा शुक्रवार साँझ बसेको बोर्डको बैठकले महासंघ धनुषालाई जग्गा उपलब्ध गराउने निर्णय गरेको हो । देशका विभिन्न जिल्लाहरुमा पत्रकार महासंघले आफ्नो भवन निर्माण गरिसकेको भएपनि धनुषामा जग्गा अभावकै कारण संचार गृह निर्माण हुन सकेको थिएन ।  नेपाल पत्रकार महासंघ धनुषाका निर्वतमान उपाध्यक्ष एवम् जग्गा खोजविन समितिका संयोजक अनिल मिश्रका अनुसार जनकपुर नगरपालिका वडा नं. ४ स्थित गुठी संस्थानको स्वामित्वमा रहेको सिट नं. १३९५१५ को कित्ता नं. ३६ अन्तर्गत  कृषी बजार र नेपाल राष्टू बैंकको मध्य तथा तिरहुतिया गाछीको पश्चिममा रहेको ०(५(३(३ क्षेत्रफलको जग्गा मध्ये ०(०(१०(० (१०) धुर जग्गा नियमानुसार महासंघ धनुषालाई उपलब्ध गराईएको हो । धनुषा जिल्लाको सर्वपक्षीय बैठकको निर्णय, नेपाल पत्रकार महासंघ धनुषा कार्य समितिको निर्णय तथा सिफारिस ,गुठीको जग्गा धनी प्रमाण पुर्जा, नापी कार्यालयको फिल्ड बुक उतार फारम , नक्सा, पत्रकार महासंघ केन्द्रिय समितिको सिफारिस, गुठी संस्थान जनकपुरको सिफारिस तथा भूमी सुधार मन्त्रालायको सिफारिस आदिलाई आधार मानि गुठी बोर्डले महासंघ धनुषालाई जग्गा उपलब्ध गराएको हो ।   जग्गा खोजबिन समितिका संयोजक मिश्रका अनुसार जग्गा प्राप्तीका लागि धनुषाका पत्रकारहरुले ठूलै संघर्ष गर्नु परेको थियो । उहाँले आफूलाई मात्र २ बर्ष भन्दा बढी समय खर्च गर्नु परेपनि अन्ततः महासंघले जग्गा प्राप्ती गरेकोमा धेरै खुशी लागेको प्रतिक्रिया दिएका छन् । 
महासंघ धनुषाका लागि गुठी संस्थानले जग्गा उपलब्ध गराउनु धनुषाका संचारकर्मीहरुका लागि ऐतिहासिक उपलब्धी रहेको क्रान्तिकारी पत्रकार महासंघ धनुषाका अध्यक्ष किरण कर्णले बताएका छन् । मधेशी पत्रकार समाजका पूर्व अध्यक्ष घनश्याम मिश्रले अब जनकपुरको पत्रकारिताका विकासका लागि महासंघको संचार गृह निर्माण कार्यका लागि बाटो खुलेको प्रतिक्रिया दिएका छन् । महासंघ धनुषाका निवर्तमान सह(सचिव विकास कुमार साहले समग्र पत्रकारका लागि ठूलो उपलब्धी रहेको तथा पत्रकारहरुको आफ्नै भवन निर्माण भएपछि जनकपुरको पत्रकारितामा एउटा नयाँ आयाम थपिने विश्वास व्यक्त गरेका छन् । महासंघले आफ्नै संचार गृह निर्माण गरे समाजका व्यक्तिहरुका लागि संचारमा पहुच हुन समेत सहज हुने महिला पत्रकार गायत्रि मिश्रले बताएका छन् । यता , जनकपुर  नागरिक समाजका अध्यक्ष मुरली मनोहर मिश्रले राज्य र समाजका लागि महत्वपूर्ण योगदान पु¥याउने संचारकर्मीका लागि जग्गा उपलब्ध गराईनु स्वागत योग्य रहको प्रतिक्रिया दिए ।

मिति ः २०७० माघ १२ गते