Saturday, December 7, 2013

पसलमा भीषण बिष्फोट,एकको मृत्यु,दुई घाइते



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनतेरस मनाइरहेका बेला जनकपुर नगरपालिका वडा नं.४ (कटैयाचौरी)मा शुक्रबार राती खाना पकाउने ग्यास सिलिण्डर बिष्फोट भएपछि एक जनाको मृत्यु भएकोछ । दुई जना घाइते छन । पसल सहित घरहरुमा व्यापक क्षति भएकोछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी निरीक्षक गोबिन्द पुरीले जनाए अनुसार पसल धनी श्याम साह(कलवार)की १५ वर्षिया छोरी रानी साहको घटनास्थलमा नै मृत्यु भएकोछ । उनी कक्षा १० मा अध्ययनरत रहेको थिए । सिलिण्डर बिष्फोफट हुन रोकिएपछि घटनास्थलमा पुगेका प्रहरीले मृतक साहको शवलाई क्षतविक्षत अवस्थामा भत्केको घरबाट निकालेका थिए । पसल धनी साहकी पत्नी उर्मिला देवी साह र छिमेकी अरबिन्द साह घाइते भएको प्रनि पुरीले जनाए । अस्पतालले उपचारपछि अरबिन्द साह घर फर्केको जनाएकोछ । तर उर्मिला देवी साह अचेत रहेकी छन । शवलाई पोष्टमार्टमका लागि अस्पताल पु¥याइएकोछ । घाइते उमिर्लालाई छोरीको गहिरो शोक परेकोले अवस्था चिन्ताजनक बनेको बताइएकोछ । उनकै अगाडी छोरी घरमा जलेकी थिइन । बासुदेव झाको घर बहाल लिई उर्मिला जेनरल स्टोर्स सञ्चालनगर्दै आएका श्याम साह ग्यास सिलिण्डरपनि टोलमा बेच्दै आएका थिए । पसलमा राती करिब पौने आठ बजे आगो लागेको स्थानीय बासिन्दाहरुले जनाएकाछन । आगो लाग्ने बित्तिकै पसलमा एकपछि अर्कोगरि लगातार ९ पटक बिष्फोटको ठूलो आवाज भएको थियो । स्थानीय बासिन्दाहरुले जनाए अनुसार आगलागि हुने बितिकै बाहिर तर्फ रहेकी पसल धनी उर्मिला साह भाग्न सफल भएपनि भित्र रहेकी उनकी छोरी रानी पसलको छाना र पर्खालले किचिएकी थिइन । स्थानीयहरुका अनुसार १५ मिनेट भन्दा बढी समय सम्म ग्यास सिलिण्डर पड्किरहेको थियो । धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले पसलमा रहेका भरिएका ९ वटा ग्यास सिलिण्डर पड्किएको जनाए ।उनले घटना भएलगतै प्रहरी, स्थानीयबासी ,बारुणयन्त्र लगायत उद्धारकर्मीहरु पुगेपनि सिलिण्डरको संख्या यकिन नभएकोले आगो नियन्त्रण गर्न निकै बेर कुर्नु परेको थियो । धनतेरसको अवसरमा बजारमा ठूलो संख्यामा मानिसहरु किनमेल गरिरहेको बेला सुनिएको बिष्फोटको ठूलो आवाजले भागाभाग भएको थियो ।पसल वरिपरिका मानिसहरुले घर छाडेर टाढा भागेका थिए । प्रहरी निरीक्षक पुरीका अनुसार घरपूर्ण रुपमा ध्वस्त भएकोछ । वरिपरिका घरहरुमापनि आवाजले क्षति पुगेको उनले जनाए । उनका अनुसार राती नौ बजे आगो नियन्त्रण भएको थियो । बिजुली सर्ट भएर आगो लागेको अथवा मैनवती र दियोबाट आगो लागेको यकिन हुन नसकेको उनले जनाए ।




मिति ः २०७०÷७÷१७

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete