Saturday, December 7, 2013

राजनमुक्ति समुहका एसटीएफ कमाण्डर अजय मुक्ति पक्राउ



द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

जनतान्त्रिक तराई मुक्ति मोर्चा राजनमुक्ति समुहका एसटीएफ कमाण्डर अजय मुक्ति भनिने दिपक कुमार सिंहलाई धनुषा प्रहरीले पक्राउ गर्न सफल भएको छ । 
शनिबार १७ कार्तिकमा प्रहरीले पत्रकार सम्मेलन मार्फत उनलाई सार्वजनिक गरेको हो । संविधानसभाको निर्वाचनलाई ससक्त विथोल्ने चेतावनी दिदै आएको राजनमुक्ति समुहको अध्यक्ष राजन मुक्ति भनिने रञ्जित झाको दाहिने हात मानिएको सिंहलाई पक्राउ गर्न सक्नु धनुषा प्रहरीको लागि ठुलो सफलता रहेको प्रहरी उपरीक्षक उत्तम राज सुवेदीले बताएका छन । महोत्तरी बथनाहा ४ का २९ वर्षिय सिंहलाई प्रहरीले धनुषाको तुल्सीयाही जव्दी ७ बाट सिमावत्र्ती प्रहरी, विषेश सुचना तथा प्राविधिक सहयोगका आधारमा पक्राउ गरिएको सुवेदीले बताएका छन । प्रहरीका अनुसार सिंहले धनुषा र महोत्तरीमा थुप्रै अपराधिक घटनाहरु गराई फरार रहेको थियो । 
सिंहले ३० मंसिर २०६५ मा जनकपुर ४ का कुमार निरौला, ३ पौष २०६५ मा चितवन जगतपुर ९ वस्ने छिन्नमस्ता सशस्त्र प्रहरीगण वर्दीवास दरवन्दी भई सपही वेश क्याम्पमा कार्यरत सशस्त्र प्रहरी हवलदार मंगल हरिजनलाई गोली प्रहार गरी हत्या गरेको प्रहरीले आरोप लगाएको छ । यसैगरी १९ मंसिर २०६५ मा जनकपुर ४ वस्ने कृष्ण कुमार मिश्रलाई, ३ वैशाख २०७० मा जनकपुर ४ स्थित अशोक सिन्हाको घरमा वस्ने महोत्तरी इटहर्वा ८ का उपेन्द्र ओझालाई गोली प्रहार गरी घाइते वनाएको प्रहरीले दावी गरेको छ । त्यसैगरी ५ अषाद २०७० मा महोत्तरीको मनरा ८ मा स्थानीय अजय कुमार सिंह र उनको श्रीमति सोनम सिंहलाई, १० साउन २०७० मा महोत्तरीको जलेश्वर ५ स्थित खैरा चौकमा रहेको मधेसी जनअधिकार फोरमको कार्यालय भित्र जलेश्वर ६ वस्ने उक्त पार्टीका सचिव प्रगास साहलाई र २ अषाढ २०७० मा मनरा ८ का विकास कुमार सिंह र शैलेन्द्र मण्डललाई सिंहले गोली प्रहार गरी घाइते बनाएको प्रहरीको दावी छ ।त्यसैगरी जानकी मेडिकल कलेजका संचालक अशोक सिन्हा संग पटक पटक गरी रु १ लाख ६४ हजार नगद चन्दा लिएको तथा जनकपुर तथा महोत्तरीका विभिन्न पेशामा संलग्न इन्जिनियर, उद्योगी, व्यापारी, संघ संस्था, राष्टू सेवक, शिक्षक, कर्मचारीहरु समेतबाट चन्दा असुलेको प्रहरीले बताएका छन । 
विभिन्न घटनाको क्रममा बरामद गरिएका ९ एमएमको पेस्तोल थान १, सोको गोली २ र म्याग्जीन १ संगै २ थान मोवाईल र लागु औषधिहरु समेत प्रहरीले सार्वजनिक गरेका थिए । २०६३ साल देखि राजन मुक्तिको समुहमा आवद्ध रहेका सिंह विगतमा भारतमा अपहरण तथा शरिर बन्धक मुद्दामा भारतमा पक्राउ भई १३ महिना जेल सजाय काटेको तथा १० माघ २०६७ मा जनकपुर ७ बाट हातहतियार सहित पक्राउ परी जेल पठाईएको र १२ फागुन २०६९ मा धरौटीमा छुटेको बताएका छन । 
उनीसँगै सुटरको काम गर्ने बथनाहा ४ का दिपेन्द्र ठाकुर र उक्त समुहका नाइके लक्ष्मीपुर बगेवा ५ का राजनमुक्ति फरार रहेको प्रहरीले बताएका छन । संविधानसभाको चुनावलाई लक्षित गरेर अपराधिक घटनालाई अन्जाम दिने उदेश्यले जनकपुर आउन लागेकै वेला पक्राउ पर्नु प्रहरीको लागि सफलता भएको भन्दै प्रहरी निरीक्षक गोविन्द पुरी भन्छन,“ अपराधिक गतिविधि हुन नदिन हामी सम्पुर्ण युनिट तदारुक्ताका साथ लागेका छौ ।”


मिति ः २०७०÷७÷१७

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete