Thursday, May 2, 2013

पर्यटन वर्षबाट बेखबर जनकपुर


अनिल मिश्र
जनकपुरधाम..................
धार्मिक, ऐतिहासिक र पुरातात्वीक महत्वका सम्पदाहरुको प्रचार–प्रसार र प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमा पर्यटन वर्ष सन्  २०११ तामझामका साथ सुरु भएको छ ।
पर्यटन वर्ष २०११ शुरु भएको ५ महिना बित्न आ“टेको छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्वपुर्ण मानिएको प्राचीन मिथिलाको राजधानी जनकपुरधामलाई  पर्यटन वर्ष २०११ ले छोएको छैन । पर्यटन बर्षको अवसरमा पर्यटन बोर्डले नेपालमा दश लाख बिदेशी पर्यटक भिœयाउने लक्ष्य लिए पनि ऐतिहासिक नगरि जनकपुरधाममा यसको प्रभाब शुन्य देखिएको छ ।
ऐतिहासिक र पुरातात्वीक सम्पदाहरुको प्रचार–प्रसार र अतिथिहरुको स्वागत र सत्कारका लागि सरकारले २३ करोड रकम बिनियोजन गरको छ । तर जनकपुरजस्ता धार्मिकस्थल ओझेलमै छ ।  पर्यटन वर्ष नारामा मात्रमा हैन व्यवहारमा पनि झल्किनु पर्दछ । धार्मिक, ऐतिहासिक, पुरातात्वीक र पर्यटकीय दृष्टिले मिथिला नगरी उचित गन्तव्य  रहेपनि प्रचार प्रसारको अभाबमा यहॉका मठमन्दिर, पोखरी र सरोवरहरु ओझेलमा परेका छन् । ऐतिहासिक जानकी मन्दिर, राममन्दिर र विवाह मण्डप आकर्षणको केन्द्र रहे पनि प्रचारप्रसारको अभावमा मिथिलाका पर्यटकीय गन्तव्य भने सुनसान छन् ।
जनकपुरधाम स्थित राम मन्दिरका महन्थ राम गिरी भन्छन् – जनकपुरमा आउने पर्यटकहरु प्रायः जानकी मन्दिर मात्र दर्शन गरेर फर्कन्छन्, राम मन्दिरको पनि दर्शन गर्नु पर्दछ भन्ने प्रचार अभावमा पर्यटक सम्म सूचना पुग्नै सकेको छैन । यहांका मठ मन्दिर, ताल पोखरी हेर्दा लाग्छ पर्यटन बर्ष २०११ को जनकपुरनगरीमा कुनै प्रभाव परेको छैन । प्राचीन मिथिलाका राजा जनकको कर्मभूमि र माता जानकीको जन्मभुमि जनकनगरी प्रचारप्रसारबाट टाढा छ । यो भूमि रामायणकालको साक्षी पनि छ । विश्वभरका हिन्दुको आस्था जोडिएको छ यस पावनभूमिसंग । भारतका विभिन्न प्रान्तबाट यहां तीर्थाटनका लागि हिन्दुधर्माबलम्बी यहां आउने गरेका छन् । त्यस्ता पर्यटकको सुविधाका लागि बिजुली, पानी, शौचालयको नितान्त अभाव छ । जनकपुर नगरपालिकाले पनि सरसफाइमा खासै ध्यान पुरयाउन सकेको छैन ।
पोखरी, तलाउ, कुण्ड जस्ता धार्मिक सम्पदाले सम्पन्न छ जनकपुर । तर पर्यटक भने जानकी मन्दिर दर्शन गरी फर्किन्छन् । गंगा सागर, धनुष सागर,  अग्नि कुण्ड विहार कुण्ड, जस्ता तलाउ संरक्षणविहीन छन् । यहांका कुन कुन स्थान भ्रमणयोग्य छन पर्यटकले थाहा पनि पाउंदैनन् । मिथिला क्षेत्रको पर्यटन प्रवद्र्धनको उद्देश्यले बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, विदेह मिथिला पर्यटन प्रबद्र्धन बिकास समिति र अञ्चल पर्यटन कार्यालय खोलिएको छ । तर यी संस्थाबाट यहांको पर्यटन प्रबद्र्धनमा खासै काम हुन सकेको छैन ।
मिथिलाको धनुषाधाम, परशुराम तलाउ, मणिमण्डप लगायतका ऐतिहासिक र पुरातात्विक महत्वका धरोहरहरुलाई पर्यटन वर्षको आकर्षक नाराले समेत छुन सकेको छैन । अयोध्या नरेश दशरथका पुत्र रामले जानकीस“ग बिहे गर्नुपूर्व धनुषमाथि बाण चढाउनु पर्ने शर्त राखिएको थियो । रामले धनुषमा बाण चढाउंदा वाण तीन टुक्रा भएको थियो । त्यसमध्येको एक टुक्रा यही रहेको जनविश्वास छ । त्यसैले यस ठाउंको नाम धनुषाधाम रहन गयो । भगवान रामको परीक्षाभूमि यो धनुषा धाम क्षेत्र हरेक हिन्दुको लागि आस्था भूमि हो । विडम्बना यस्तो कि नेपालकै जनता पनि यसबारे जान्न सकेका छैनन्, विदेशीले बुझने कुरै भएन धनुषाधाम मन्दिरका पुजारी पत्नी जान्हवी देवीको भनाई छ । 
जनकपुरधाममा प्राचीन काल देखि नै रामजानकी बिवाह पञ्चमी, राम नवमी, जानकी नवमी, मध्यमा मिथिला परिक्रमा, झुलनोत्सब लगायतका उत्सबहरु भइरहेका छन् । यसमा स्वस्फूर्त धार्मिक पर्यटकहरुको लर्को पनि लाग्ने गरेको छ । सरकारले यस्ता धार्मिक पर्वलाई पर्यटन अवसरमा परिणत गर्न कुनै रुचि देखाएको छैनन् । पर्यटकको स्वागत, सत्कार र पर्यटन प्रवद्र्धन कै लागि भनेर खोलिएका संस्थाहरु समेतलाई कुनै मतलब नरहेको जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्याम प्रसाद साहको भनाई छ ।
पर्यटन बर्ष २०११ लाई सफल बनाउन सरकारले २३ करोड रकम बिनियोजन गरेको छ । जसमध्ये जनकपुरधामका लागि मात्र १ लाख रुपैया मात्र छुट्याएको छ । यसरी बजेट विनियोजनमा समेत सरकारले भेदभाब गरेकोछ । विदेह मिथिला पर्यटन विकास समिति जनकपुरका अध्यक्ष दिपक यादव भन्छन् – यस क्षत्रमा पर्यटनको भौतिक पूर्वाधार निर्माणका लागि पुर्व पर्यटन मन्त्री शरद सिंह भण्डारीले १ करोड ८८ लाख मध्ये १ करोड ३१ लाख रुपियँ“ आफ्नो गृह जिल्ला महोत्तरीकालागि छुटट्याएका छन् । जनकपुरका लागि ११ लाख र सर्लाहीका लागि ३१ लाख रुपियँ“ छुट्टयाएर पूर्व मन्त्री भण्डारीले विभेद गरेको यादवको तर्क छ । स्थानीय तहबाट पनि पर्यटन प्रबद्र्धनका लागि ठोस काम हुन सकेको छैन । जिल्ला विकास समिति धनुषा, जनकपुर नगर पालिका, वृहत्तर जनकपुर क्षेत्र विकास समिति जस्ता सरकारी निकाय पनि बजेट कुम्ल्याउन मै ठिक्क छन् । यता धनषाका प्रमुख जिल्ला अधिकारी डा कमलेश्वर प्रसाद सिन्हा बजेट अभावको गुनासो पोख्छन् । पर्यटन बोर्डबाट १ लाख रुपियँ“ मात्र पठाइएको छ । अर्कोतर्फ नेपाल पर्यटन बोर्डका अधिकृत उदय भट्टराई भन्छन् – काठमाडौं बाहेक सबै जिल्लामा १–१ लाख रुपियँ“ मात्र पठाइएको हो, सिमित श्रोत साधनका कारण पर्यटन बोर्डले पूर्वाधारमा लगानी नगरी प्रवद्र्धनको भूमिका मात्र निर्वाह गर्ने निकाय हो ।
पर्याप्त पर्यटकीय सम्भावना भएको जनकपुर छायांमा नै छ । मिथिलाक्षेत्रको प्रचार प्रसारको लागि पर्यटनबोर्ड, जनकपुर नगरपालिका , नागरिक समाज , राजनीतिकर्मी  र बौद्धिक समाज एक ढिका भइ अगाडि बढनु आवश्यक छ ।

मिति ः २०६८–२–१५

No comments:

Post a Comment