Thursday, May 2, 2013

आफूलाई डिई भनाउन रुचाउने साह बास्तवमा इन्जिनियर हुन्


एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम.....................
जिल्ला प्राविधिक कार्यालय धुनषाका निमित्त कार्यालय प्रमुख राजकिशोर प्रसाद साह डिभिजन इन्जिनियर नरहेको तथ्य सार्वजनिक भएको छ । आफूलाई डिभिजन इन्जिनियर हुँ भनाउने साह वास्तवमा थड क्लास ओफिसर सरहको इन्जिनियर रहेको छ ।
३०साउन २०६४ मा साह जिल्ला प्राविधिक कार्यालयको निमित्त कार्यालय प्रमुखको जिम्मेवारीका साथ सरुवा भएर आएका कर्मचारी हुन् । त्यस अघि जिल्ला प्राविधिक कार्यालय धनुषाका डिई पदमा कार्यरत रहेका सुनिल राज घिमिरेको अन्यत्र सरुवा भए पछि केही महिनाका लागि निमित्त प्रमुख  इन्जिनियर शम्भु मिश्र रहेको बेला साहले पदभार सम्हालेका हुन् । डिई पदका लागि सेकेण्ड क्लास औफिसर हुनु पर्दछ भने साह थर्ड क्लास अफिसर मात्र हुन् । हुन त साह प्रमुख इन्जिनियर हुन तर उनको प्रमोशन हुन नसकेकाले हाल सम्म थर्ड क्लास औफिसर नै हुन् । यसका अतिरिक्त करिब २ वर्ष अघि जनकपुर नगरपालिकाका निमित्त कार्यालय प्रमुखको रुपमा पनि साह जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी बोर्ड बैठक बाहेक नगरपालिकामा कहिल्यै  पनि नबस्ने गरेका कारण सेवाग्रहीहरु लामो समय देखि कष्ट भोग्दै आएका छन् ।
स्थानीय स्वायत्त शासन ऐन अनुसार एक जनालाई बढीमा ६ महिना सम्म निमित कार्यलय प्रमुखको जिम्मेवारीका साथ खटाउने  प्रावधान छ , तर वर्षौदेखि दुई वटाकार्यालयको निमित्त प्रमुखको रुपमा काम गर्दै आए पछि के भन्ने,  यस्तै रवैयाले होला सायद ‘नेपालको कानुन दैवले जानुन् र सानालाई ऐन र ठूलालाई चैन’  जस्तै उक्ति लेखेको होला । जिविस श्रोतका अनुसार जिल्ला प्राविधिक कार्यालयका अहिले पनि डिई पदमा सुनिल दास नै रहेका छन्, मन्त्रालयले उनलाई कार्यालय पठाउन लाग्दा साह सुटकेश लिएर काठमाडौं गई मन्त्रालयका ठुलाबडालाई खुशी पारेर निमित्तमा बस्दै आएका छन् ।  
त्यसैगरी स्थानीय विकास मन्त्रालयले जनकपुर नगरपालिकामा कार्यकारी अधिकृतलाई पठाउन लाग्दा सशस्त्र समूहहरुको नाउँमा फोनमै विभिन्न प्रकारकाको धाक धम्की र ठुलो राशी चन्दा माग्ने गरेको एक कर्मचारीको भनाई छ ।  भयत्रास र ज्यान जोगाउने डरले नगरपालिकामा आउने कार्यकारी अधिकृत आफ्नो सरुवा रोकाउन बाध्य हुने गरेका छन्  । नेतालाई कन्भिन्स गर्न खप्पिस साह जनकपुर नगरपालिकामा निमित्त प्रमुख भएर २०६५ मंसिरमा आएका हुन् । विक्रम सम्वत २०५८ सालमा जिल्ला पूर्वाधार कार्यालय इन्डिपेन्डेन्ट निकायको रुपमा गठन भएएको हो । पछि सोही कार्यालयलाई जिल्ला विकास समितिको मातहतमा रहने गरि  जिल्ला प्राविधिक कार्यालय नामाकरण गरियो ।४२ वटा जिल्लामा रहेका जिल्ला प्राविधिक कार्यालयमा डिईको मातहतमा तीन जना इन्जििनियर लगायतको प्राविधिकहरु रहेका छन्

मिति ः २०६८–२–१५

No comments:

Post a Comment