Thursday, May 2, 2013

देशैभरी लोकप्रिय बन्दैछ ‘जय नेपाल’


एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम.....................
मुलुकको संक्रमणकाल लम्बिदै गइरहेको अवस्थामा राष्ट्रिय एकताको आवश्यकतालाई महशुश गर्दै मिथिला नाट्य कला परिषदले प्रस्तुत गर्दै आएको ‘जय नेपाल’ देशैभरी लोकप्रिय बन्दै गएको छ ।
मिथिलाका प्रसिद्ध साहित्यकार जगदम्बा श्री पुरस्कारबाट सम्मानित डा. राजेन्द्र विमलको शब्द तथा सुनील– प्रवेशको संगीतमा लयबद्ध गरिएको ‘खोता सिंगार’ एल्बमको अन्तिम प्रस्तुतीको रुपमा रहेको ‘जय नेपाल’ को लोकप्रियता              बढ्दै गए पछि नेपालकै कुख्यात मह–जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले भिजुअलाइज गर्न मिनापलाई हिमाल, पहाड, तराई सहितका ठाउँहरुको वास्तविक छायाँकन गरी एलबम तयार गर्न महजोडीले प्रस्ताव राखेका हुन् ।
यसका अतिरिक्त संगीत प्रज्ञा प्रतिष्ठान, नेपाल टेलिभिजन सहितले देशै भरी ‘शो’ आर्गेनाइज गर्न प्रस्ताव समेत अगाडी सारेका छन् ।
मैथिली भाषामा लेखिएको राष्टिय गानको स्वरुपमा एकताको प्रतिक, सीता, बुद्ध जस्तो विभुती जन्मेको देश सबै ठाउँका मानिस नेपाली हुन र नेपालको सबै भू–भागको मानिसमा राष्ट्रियता छ भनेर देखाउन खोजिएको छ । सबै जात–जातिका मानिस नेपालको नाउँमा एक हुन्छन, धर्म निरपेक्षतामा सबै धर्मलाई सम्मान गरिनु पर्दछ र राष्ट्र तथा राष्ट्रियताको लागि सबै एकबद्ध छन् भनेर देखाइएको कारण उक्त गीत देशै भरी लोकप्रिय भएको मिनापका अध्यक्ष सुनील मल्लिकको  भनाई छ ।
एकताको आत्मवोध गराउनु बाहेक मेची देखि महाकाली सम्मको म्युजिकको बीट ‘रीदममा’ प्रयोग गरिनुले सवै क्षेत्रको भावलाई आत्मसात गरेकै हुनाले जय नेपालको प्रस्तुती हेर्नेहरु मन्त्रमुग्घ       हुन्छन् ।
मह–जोडीले उक्त प्रस्तुती हेरे पछि नेपालको कुनै पनि कलाकारको अभिनय भन्दा मिथिलाको कलाकारको अभिनय र राष्ट्रिय भावना सबै भन्दा बढी भएको प्रतिक्रिया दिनु भएको थियो । इटहरीमा प्रस्तुती हुँदा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति तथा वरिष्ठ संगीतकार अम्बर गुरुङ्ग अत्यन्त भावुक हुँदै धुरु–धुरु रुनु भएको थियो ।
प्रधानमन्त्री झलनाथ खनाल, एमालेका शिर्ष नेताहरु, प्रहरी महानिरीक्षक रमेश चन्द ठकुरी सहित प्रहरीका वरिष्ठ अधिकृतहरु लगायतले प्रस्तुतीको हृदय देखि नै प्रशंसा               गरिसकेका छन् । धनुषा, महोत्तरी, सर्लाही, सिरहा,  सप्तरी र रौतहट सहितका जिल्लाहरुमा खोता सिंगारकै १ सय २५ प्रस्तुती र जय नेपालको २ सय जति प्रस्तुती भइसकेको मिनापका अध्यक्ष मल्लिकले बताउनु भयो ।
राजन खतिवडाको कोरियोग्राफी तथा रमेश रञ्जना झाको नृत्य निर्देशनमा रमेश रञ्जन झा, विष्णुकान्त मिश्र, मदन ठाकुर, रामनारायण ठाकुर, अनिता रानी मण्डल, रञ्जु झा, प्रियंका झा, रविन्द्र झा, परमेश झा, मुकेश ठाकुर, स्नेहा कर्ण, सपना श्रेष्ठ घनश्याम मिश्र, इन्द्रेश मिश्र, रिना रिमाल र सुनिल मिश्र सहित १ दर्जन भन्दा बढी कलाकारहरुले अभिनय प्रस्तुत गरेका छन् ।
जय नेपाल सुपरहिट भए पछि आधुनिक पुस्ताका लागि धीरज ठाकुरको कोरियोग्राफिमा सन्नी राउत, सपना श्रेष्ठ, मुकेश, ठाकुर, सन्दीप साह, रामवावु राउत, मुकेश झा, माया मगर, विद्या मल्लिक र शंकर लामा सहितको नयाँ टोली बनाई प्रदर्शन गरिइदैछ ।




मिति ः २०६८–२–१५

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठी

    ReplyDelete