Monday, February 2, 2015

दृष्टि बिहीन मुसहरुको करामत

दृष्टि विहीन मुसहरु महत्तो पगार काट्दै ।
शैलेन्द्र महत्तो
जनकपुरधाम............
दृष्टिविहीन मानिसले आफ्नो दैनिक जीवन चलाउन निकै नै संघर्ष गर्नु पर्छ । तर धनुषाको लक्ष्मनिविासका एक दृष्टिविहीनले भने सरल र सहज रुपमा नै आफ्नो काम गर्दै आएका छन् । लक्ष्मीनिबास(३ का ७० वर्षका मुसहरु महतो दृष्टिविहीन हुनुहुन्छ । तर उहाँले आफ्नो व्यक्तिगत मात्रै नभएर घरका सबै काम सजिलैसँग गर्नुहुन्छ । महतोले इनारबाट पानी तान्ने, खेती किसानी, हाटबजार, गाई भैंसी चराउने लगायका सबै कामहरु गर्नु हुन्छ ।
सानै उमेरदेखिको अनुभवको अधारमा छामछुम गरेर कार्यहरु गर्ने गरेको महतो बताउनु हुन्छ । महतोले  गर्ने कार्यहरुमा दृष्टिबिहीनको लागि ईनारबाट पानी तान्ने र गाँईबस्तुको लागि पगार एवं परालको गर्सामा कुट्टी काटने संवेदनशील र खतरनाक कार्यहरु हो । अलि कता दाँयाबाँया भए दुर्घटना हुन सक्छ । हात खुट्टा काटिन सक्छ वा त ज्यानै जान सक्छ । तर पनि उहाँ त्यो कार्यहरु नियमित रुपमा गर्ने गरेको नेकपा एमालेका गाउँ कमिटी अध्यक्ष समेत रहनु भएका छिमेक अशोककुमार महतोको भनाई छ ।
दृष्टिबिहीन मुसहरुले  भन्नु भयो “बाल्यकाल अवस्थामा आँखा गुम्दा धेरै समस्या भयो । तर गर्दा गर्दै बानी परिसकेको छ । कहिलेकाँही कामको शिलशिलामा समान्य त्रुटि हुन्छ तर गर्न त सबै कार्यहरु गरिनै रहेको छु ।” कार्यहरु गर्नु मेरो रहर त हैन ।  तर मेरो यो अँध्यारो जिवनले आफ्नो जिवन र परिवारलाई सुखी राख्न सबै कार्यहरु गर्छु ।”   

दृष्टि विहीन मुसहरु महत्तो इनारबाट पानी तान्दै ।
मुसहरु महतोलाई सात वर्षकै उमेरमा दुवै आँखामा एकाएक मार जस्तो तरल पदार्थ आयो । आँखा टासियो र सदाको लागि दुवै आँखा गुम्यो । दृष्टि गुम्यो । उज्यालो संसार पुनरागमन  नहुने गरि सदाको लागि अन्धकारमा परिणत भयो ।  त्यसै बेलादेखि गाउँ समाजका व्यक्तिहरुले सुरदास भनेर आफुलाई नमाकरण गरिदिएको उहाँ बताउनु भयो ।
आँखामा जतिखेर समस्या भयो त्यतिखेर गाउँघरमा त्यति डाक्टरहरु थिएनन् । गरिब घरपरिवारमा जन्मेकोले त्यतिखेर उहाँको बुबा ठकाई महतो आफु सकेसम्म डाक्टरहरु कहाँ गएर औषधि उपचार पनि गराउनु भयो । तर आँखाको ज्योती फर्किन सकेन । अन्ततः सदैवको लागि आफु दृष्टि बिहीन भएको महतोले बताउनु भयो । उहाँले भन्नुभयो “म जस्तालाई त कालले पनि लगेन । त्यहि अध्यारो जीवन अहिले सम्म बाँच्दै छु । अव त दृष्टिबिहीन भएको ६३ वर्ष पुग्यो । जीवनको उतरार्ध अवस्थामा आईपुगने छु ।” भन्दै उहाँले भन्नु भयो “ जिवनसंग हार मान्नु हुन्न । जीवन संघर्षहो । बाँचेर समाजलाई देखाई दिनु पर्छ ”
दृष्टि विहीन मुसहरु महत्तो
पूर्णरुपमा दृष्टिबिहीन हुँदापनि  केहि वर्ष यता सरकारबाट प्रदान गरिने अपांग भत्ताबाट आफु बञ्चित भएको दुखेसो उहाँले पोख्नु भयो । अपंगाको नाममा सरकारबाट आएको विभिन्न प्रकारको सेवा सुविधा गैर अपंगहरुले  फर्जी कागज बनाएर पाएपनि आफु पूर्ण अपांग हुँदा पनि केहि वर्षदेखि अपंगाको दोश्रो दर्जाको काड बनाएर सेवासुविधा रोकिएको उहाँले गुनासो गर्नु भयो । घर व्यवहारको सबैकामहरु गर्छु त्यसैले केहि छिमेकहरुले षड्यन्त्र गरेर चार वर्षदेखि गाविसबाट प्राप्त हुने अपांगता भत्ता पनि रोकाई दिएको उहाँको भनाई छ ।
महिला तथा बालबालिका कार्यालय धनुषाले पूर्ण रुपमा दृष्टिबिही उहाँलाई दोश्रो दर्जाको अपांगताको प्रमाणपत्र दिएर अपांगाहरुले पाउने सेवासुविधाबाट मुसहरुलाई बञ्चित गरेको छिमेक आशोक महतोले बताउनु भयो । छिमेक असोक महतोले अफुहरुको गाविसमा केहि गैर अपांगहरुले भत्ता खाईरहेका छन् तर मुसहरु महतोलाई भत्ताबाट बञ्चित गरिएकोमा दुख लागेको बताउनु भयो । मुसहरु महतोको अपांगता भत्ताको लागि पहल गरि दिन सबै पक्षलाई आग्रह गर्नुभयो ।   


२०७१ माघ १८ गते आईतबार

No comments:

Post a Comment