Monday, September 23, 2013

जुर्मुराउँदै जयकृष्ण गोइत



अजय अनुरागी
जनकपुरधाम............

एक दशक अगाडि मधेसमा जयकृष्ण गोइतको नाउँ सुन्नै वित्तिकै जो कोई पनि थरकमान हुन्थे । जनतान्त्रिक तराई मुक्ति मोर्चाको केन्द्रिय अध्यक्षका हैसियतले नेपालमा मधेस एक अलग देश हुनु पर्छ भन्ने मांग गर्दै पृथकताबादी आन्दोलनको नेतृत्व गर्ने गोइतले सशस्त्र विद्रोहको नाउँमा मधेसमा हत्या हिंसा, चन्दा आतंक तथा बम विस्फोटन जस्ता गतिविधिलाई तिब्र बनाएपछि गोइतको नाउँ सुन्ने वित्तिकै मधेसमा जनता आतंकित हुन्थे । तर उनलाई साथ दिने ज्वाला सिंह उपनाम रहेको नागेन्द्र पासवान गरी एक पछि अर्को नेताहरुले अलग्गै संगठन खोलेर भुमिगत भई विद्रोह गर्नेहरु आफै टुक्रा टुक्रामा विभाजन भएपछि गोइत पछिल्लो दिनमा कमजोर हुँदै गएका थिए । अवस्था यहाँ सम्म आयो कि सशस्त्र विद्रोहका संस्थापक भएपनि उनको संगठनको नाउँ जनतान्त्रिक तराई मुक्ति मोर्चा माथि अरु संगठनहरुले स्वामित्वको दावि गरेपछि उनले संगठनको नाम नै फेरेर अखिल तराई मुक्ति मोर्चा राख्नु परेको थियो । उनि संगै भुमिगत राजनीति गर्नेहरु शान्ति प्रक्रियामा आई राज्यसँग बार्ता गर्दै मुलधारमा आउनेहरुले समेत गोइत कमजोर भएको तथा उनको संगठनमा अव त्यस्ता लडाकुहरु नरहेको प्रतिकृया दिने गरेका थिए । पछिल्लो केही वर्षहरुमा मधेसमा हुने हिंसात्मक गतिविधिहरुको जिम्मा लिने सशस्त्र समुहहरुको सूचिमा गोइतको संगठन नदेखिदा पनि उनी अत्यन्तै कमजोर भएको प्रहरीहरुको पनि विश्लेषण हुने गथर््यो । ३ पुष २०६८मा द एक्सक्लुसिभले गोइतसँग लिएको अन्तरवार्तामा गोइतजी सँग अब कार्यकर्ता नै रहेनन पनि भन्ने गरिन्छ , साँच्चै तपाई सँग अब कार्यकर्ता रहेनन् है ? भन्ने सबालमा गोइतले यसरी जवाफ दिएका थिए,“ त्यो त क्रान्तिलाई शिथिल पार्ने रणनीति हो सरकारको । प्रोपगाण्डा मात्र हो । उनीहरुलाई कसरी थाहा भयो कि म सँग कार्यकर्ता छन कि छैन्न् । त्यसको मापदण्ड के हो ? हिंसात्मक, विष्फोटन जस्तो कार्य भयो भने कार्यकर्ता हुने र नभए त होइन नि । कि कसो ! ” त्यसैगरी गोइतजी बुढो भइसक्नु भयो ,अब किन आफ्नो अडान छाड्ने र इतिहास बनाएरै जान सकिए हुन्थयो भनेरै पनि तपाई वार्तामा नआइरहेको पनि एक किसिमको विश्लेषण छ नि ? भन्ने सबालमा गोइतजीले यसो भनेका थिए ,“ हेर्नुस क्रान्तिलाई उमेरले असर पार्दैन् । भारतको स्वतन्त्रता संग्राममा लडने महात्मा गान्धी, अहिले भ्रष्टाचार विरुद्ध लडने अन्ना हजारे सबै उमेरले बुढो हुन् ।  त्यसैले उमेरकै कारण मैले आफ्नो अडान छाडने वा इतिहास बनाउने कुरा हुदैन् । वार्तामा त आउन तयार छु । ”
मधेशको सशस्त्र द्वन्द्व शुरु भएको एक दशक भन्दा बढी भइसक्यो । मधेशको द्वन्द्व कहिलेसम्म चलिरहने हो भन्ने सबालमा 
मधेशको सशस्त्र द्वन्द्व त द्वन्द्वकै अवस्थामा छ । द्वन्द्व जारी नै छ । जवसम्म सशस्त्र द्वन्द्वको लक्ष्य प्राप्ति हुँदैन तबसम्म सशस्त्र द्वन्द्व चलिनै रहने गोइतको प्रतिक्रिया थियो । 
के हो सशस्त्र द्वन्द्वको लक्ष्य भन्ने सबालमा गोइत भन्छन,“
तराईको मुक्ति । तराई अहिले नेपाल राष्टूको औपनिवेशमा छ । मधेशलाई आत्म निर्णयको अधिकार सहित स्वायत्त प्रदेश दिए पनि तराईको मानिसले स्वतन्त्रताको जिन्दगी जिउनेछैनन् । तराई माथि नेपालको औपनिवेशन अन्त्य नै सशस्त्र संघर्षको प्रमुख लक्ष्य हो ।”
गोइत कमजोर परेर थला परेको उनीसँगै काम गर्ने व्यक्तिले पनि नभनेको होइन । अखिल तराई मुक्ति मोर्चाका केन्द्रिय अध्यक्ष जयकृष्ण गोईत अस्वस्थ भई प्रायः बिरामी  नै रहने गरेको मोर्चाका राजनीति बिभाग प्रमुख अमिताभ भन्ने उदय नारायण यादवले तीन वर्ष अघि बताएका थिए । ८ जेठ २०६७ मा जनकपुरमा  हतियार सहित पक्राउ परी जिल्ला प्रहरी कार्यालय धनुषामा प्रहरीको हिरासतमा  रहेका बेला यादवले  अनुसन्धानको क्रममा दिएको प्रहरी समक्ष दिएको बयान अनुसार सप्तरीको त्रिकोल निवासी अन्दाजी ७० वर्ष उमेर भइसकेको  जयकृष्ण गोईतको रिडको हयी भाँचिएर वेल्ट लगाउनु परेको , पेटको समस्या भई प्रायः बिरामी  भई अस्वस्थ रहने गरेको बताएका थिए । 
मधेशमा भुमिगत भई सशस्त्र द्धन्द  गर्ने संस्थापक नेता गोईत प्राय ःभारतको पटना बस्ने गरेको र दिल्ली ओहोर दोहर गर्ने गरेको यादवले खुलासा गरेका थिए. ।  पार्टीमा गोइत पछि दोस्रो रहेका यादवले प्रहरीलाई दिएको बयानमा उक्त  पार्टीको हाल  कुनै पनि ठाउँमा राम्रो पकड नभएको र हातहतियार पनि खासै नभएको बताएका थिए । 
जनतान्त्रिक तराई मुक्ति मोर्चाको संस्थापक अध्यक्ष भएकै बेला दोस्रो तहका नेता     नागेन्द्र पासवान( ज्वाला सिंह) ले विद्रोह गरी पार्टी विभाजन  गरेदेखि हालसम्म जो जसले पार्टी फोडदै गयो, हतियार पनि साथै लिएर  गएकोले पार्टी झनै कमजोर अवस्थामा रहेको यादवले बताएका थिए । 
जनकपुरमा  हतियार सहित पक्राउ परेका यादवले आफु  राजनीतिक विभागको प्रमुख   भएको  नाताले    यस अघि पनि पार्टी भित्र हतियार उठाएर केही गर्न  नसकिने भएकाले  वार्ताको माध्यमले शान्तिपुर्ण तरिकाबाट जनतामै गएर बस्नुपर्ने    गोइत संग पटक पटक छलफल गर्दै  आएको प्रहरी समक्ष खुलाएका  थिए । 
शान्तिपुर्ण बाटोमै जानको लागि   कुनै राजनीतिक दलसँग मिलेर काम गर्नुु पर्छ भनेर नेकपा  माओबादीका केन्द्रिय संयोजक मातृका यादवसँग जनकपुरमा कुरा गर्न जनकपुर  आएको  प्रहरीलाई   बयानमा बताएका थिए । पक्राउ पर्नु अघि  आफु पार्टी नै परित्याग गर्ने मनस्थितिमा रहेकोले यादवले बताएका  थिए । 
स्नातकसम्मको पढाई गरेका अमिताभ सिरहा जिल्ला भेडिया गाविस ६ का स्थायीबासी हुन । उनीमाथि हातहतियार तथा  खरखाजाना मुद्या  लगाइएको थियो । अमिताभसँग एक थान आधुनिक माऊजर तथा यसमा लाग्ने गोली सहितको म्याग्जीन पनि बरामद भऐको प्रहरीको दावी थियो ।  
गोइतको सक्रियताको संकेत
लामो समय सम्म निश्क्रिय सरह नै रहेको गोइतको सक्रियता फेरी बढन थालेको अनुमान लगाउन थालिएको छ ।सर्लाही सदरमुकाम मलंगवा स्थित नापी कार्यालयमा अखिल तराइ मुक्ति मोर्चाले २८ भाद्र २०७० मा बम विस्फोट गराए । बिस्फोटमा परि नापी कार्यालयमा ८ जना भन्दा बढी घाइते भए । विस्फोटमा ६ जना गम्भिर घाइते भए । एक कर्मचारी सहित सात जना बिस्फोटबाट सख्त घाइते भए ।
बिस्फोटमा नापी अधिकृत सर्लाही पिडारी–४ का नागेन्द्र राय र काम विशेषले आएका सर्लाही बसंतपुर(२ का फेकन मण्डल, वेल्वा जब्दीका सरोज कुमार राय, सलेमपुरका सरोज मण्डल, हेमपुरका राजकिशोर महरा र रामवन (८ का गौरीशंकर महतो सख्त घाइते भए । बमको चोटले गम्भिर घाइते महतोको अत्यधिक रगत बगे पछि थप उपचारका लागि नारायणि उप क्षेत्रिय अस्पतलामा तत्कालै पु¥याइएको थियो । अन्य सर्लाही जिल्ला अस्पतालमा उपचार पछि घर फर्केका छन् । 
  जय कृष्ण गोइतले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चाले चार बुँदे माग गर्दै कार्यालयमा बम विस्फोट गराएको हो । बिस्फोट स्थलमा २०६७ साउन १० गते मिति लेखिएको मोर्चाको पर्चा फेला परेको छ । पर्चामा नेपाली शासक तराइ छोड(तराइको शासन तराइको मुलनिवासीहरुले गर्ने, तराईको सम्पुर्ण सेना, प्रहरी र प्रशासक(तराइको मुलनिवासीहरु हुने र तराईको सम्पुर्ण राजस्व(तराईको विकासमा खर्च हुने माग उल्लेख गरको छ । 
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट २ सय मिटर पश्चिममा रहेको नापी कार्यालयको प्रवेशद्वारबाट चार पाइला भित्र सेवाग्रही बस्ने बेञ्च मुनि  करिब ५ किलो तौल बराबरको प्रेसर कुकर टामइ बम ११ बजेर ४५ मिनेटमा मोर्चाले विस्फोट गराएका हुन । बिस्फोटबाट भवनमा समेत क्षति पुगेको छ । कार्यालयको माथिल्लो तल्ला सम्म झ्यालको सिसा फुटेको छ । रातो झोलामा राखिएको बम बिस्फोट भएको नापी कार्यालय प्रमुख सियाराम यादवले बताए । प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराइको नेतृत्वमा तत्कालै प्रहरी घटना स्थलमा पुगेर घाइतेहरुको उद्धार गरेका थिए । विस्फोट सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रबिन्द्र बहादुर धानुकले बताए । 
के भन्छन प्रहरी ?
सर्लाहीमा  एक सरकारी कार्यालयमा बम विस्फोट गराएपछि धनुषाका प्रहरी पनि सतर्क भएका छन । 
धनुषाका प्रहरी उपरीक्षक उत्तमराज सुवेदी भन्छन,“नाकाहरुमा कडा चेकिङको व्यवस्था मिलाएका छौं । सादा पोसाकका प्रहरीहरुद्धारा खबर संकलन गरेका छौं । मलंगवा जस्तो घटना हुन नपाओस त्यसका निम्ति सरकारी कार्यालयहरुमा विशेष सुरक्षा परिचालन गरेका छौं । सुरक्षाका अन्य निकायहरु सशस्त्र प्रहरी बल, राष्टिूय अनुसन्धान विभाग सँग समन्वय गरी परिचालित भएका छौं ।” 
नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक नवराज शिलवाल भन्छन,“तराईमा केही सशस्त्र समुहहरुले गठबन्धन गरेअनुसार नै नेपाल प्रहरीले पनि सुरक्षाको तयारी गरेको छ । उनीहरुले थे्रट गरेअनुसार कै लेबलको शक्ति उनीहरुसँग छैन । उनीहरुसँग भएको शक्तिको पनि हामीले अनुमान गरेका छौं र उनीहरुलाई नियन्त्रण गर्न नेपाल प्रहरी सक्षम छ ।” गोइतको सक्रियताको सबालमा सिलवाल भन्छन,“एउटा घरमा बम राखेर हिन्ने वित्तिकै कोही शक्तिशाली हुँदैनन तर मलंगवामा भएको घटना पछि गोइतको शक्ति, क्षमता तथा सामथर््यलाई हामी पुनर्मुल्याङकन गर्दै अगाडी बढछौं ।

 मिति ः २०७०/६/६

No comments:

Post a Comment