Monday, September 23, 2013

बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा गोइतका पुर्व कार्यकर्ता पक्राउ



एस.कुशवाहा
मलंगवा............
सर्लाही सदरमुकाम मलंगवा स्थित नापी कार्यालयमा गराइएको बम बिस्फोट र उद्योग वाणिज्य संघका अध्यक्ष रंगलाल अग्रवालको हत्या प्रकरणको अनुसन्धान प्रहरीले पुरा गरेको छ । तर अपराधिको सुराक प्रहरी भन्दा सबल बन्दा सर्लाही प्रहरीलाई हम्मे हम्मे भएको छ । प्रहरीको गती भन्दा तीब्र गतीमा लोकेशन फेरर अपराधि फरार भएका छन् । लगातारको घटना पछि सर्लाही प्रहरीले अनुसनधान कडा बनाएको छ । विशेष टोली मार्फत अपराधिलाई पछयाएको छ । घटनाको कडी एक पछि अर्को जोडिदै गए पछि लामो अनुसन्धानबाट प्रहरीले अपराधिको पहिचान गरेको छ ।  
मलंगवामा गत शुक्रवार भएको प्रेशरकुकर बम विस्फोटको घटनामा संलग्न रहेको आरोपमा पुर्व भुमिगत एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मलंगवा(२ का तेजनारायण रायलाई बिस्फोटको करिब ३२-३५ घण्टा पछि शनिबार साँझ  प्रहरीले पक्राउ गरेको हो । तर उनलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक अपराध ऐन अन्तर्गत १० दिन म्याद थप गरेर थूनामा राखेको छ । ुुतत्काल विष्फोटको आरोपमा म्याद थप गर्न प्रमाण पुगेन ।ुु प्रहरी स्रोतले भन्यो–त्यसैले सार्वजनिक अपराध ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रकृया अगाडी बढाएका छौं र अनुसन्धानबाट प्रमाण जुटाएपछि विष्फोटको घटनामा मुद्धा अगाडी बढाउँछौं ।
नापी कार्यालयमा विष्फोट हुनुभन्दा केही मिनेट अघिमात्र नेपाल बैंक लिमिटेड मलंगवा शाखाका प्रबन्धकलाई बैंकमा बम राखिएको छ भन्दै फोन आएको थियो । बैंकमा फोन संवाद सकिने वितिकै नापीमा विष्फोट भएको थियो । उक्त फोन गर्ने राय नै रहेको प्रहरीको अनुसन्धानबाट देखिएपछि विष्फोटमा पनि संलग्नता हुन सक्ने आशंकाका साथ उनलाई प्रहरीले पक्राउ गरेको हो ।
एमाले पूर्व कार्यकर्ता रहेका राय केहीवर्ष अघि भूमिगत भई जनतान्त्रिक तराई मुक्ति मोर्चा ज्वाला सिंह हुदै गोइत नेतृत्वको अखिल तराइ मुक्ति मोर्चा समूहमा कार्य गरेका थिए  । उनी कोचीला क्षेत्रमा गोहइत समूहबाट केन्द्रिय सदस्य समेत थिए । एक-डेढ वर्ष अगाडी स्थानीय प्रशासन समक्ष आत्म समपर्ण गरेर शान्तिपूर्ण जीवन विताउने बताएका राय हाल भूमि सुधार कार्यालयमा लेखनदासका रुपमा कार्यरत थिए । 
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सन्तोष भट्टराईले रायलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको र अनुसन्धान  पश्चात मात्र केही भन्न सकिने बताए । 


 मिति ः २०७०/६/६

No comments:

Post a Comment