Monday, December 9, 2013

धनुषामा ५ सिटको आयो परिणाम


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
सात मंसिर २०७० मा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा धनुषामा कांग्रेस नै अगाडी रहेको  देखिएको छ । प्राप्त परिणाम अनुसार धनुषा निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसका प्रत्यासी दिनेश परशैला ८ हजार ८ सय २७ मत ल्याएर विजयी भएका छन । उनका निकटत्तम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार जोगकुमार बरबरिया यादवले ७ हजार ९ सय ४६ मत ल्याएका छन । एकिकृत नेकपा माओवादीका मधेस व्यूरो प्रमुख रामचन्द्र झाको करारा हार भएको छ । ५ हजार ३ सय १० मत ल्याएर उनी तेस्रो स्थानमा  रहेका छन । यस अघिको निर्वाचनमा उनी निर्वाचित भएका थिए । त्यसैगरी क्षेत्र नंंं.२ मा नेपाली कांग्रेसका रामकृष्ण यादव दोस्रो पटक निर्वाचित भएका छन । उनी ९ हजार ३ सय ७८ मत ल्याएर विजयी भएका हुन । त्यसैगरी एमाओवादीका धनुषा इन्चार्ज रामचन्द्र मण्डल ७ हजार १ सय ४४ मत ल्याएर दोस्रो स्थानमा परेका हुन । यस अघिको निर्वाचनमा पनि उनी निकटत्तम प्रतिद्वन्दी नै रहेका थिए । एमालेका भोला साहले ५ हजार २ सय ६५ मत ल्याएर तेस्रा््े स्थानमा रहेका छन । क्षेत्र नं. ४ मा सदभावना पार्टीका वरिष्ठ केन्द्रिय उपाध्यक्ष संजय कुमार साह १२ हजार ६ सय ६६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका छन । यस अघि उनी फोरमबाट निर्वाचित भएका थिए । नेपाली कांग्रेसका रामसरोज यादव ११ हजार ४ सय २६ मत ल्याएर दोस्रो स्थान हासिल गरेका हुन । यादव कांग्रेस धनुषाका सभापति समेत हुन भने यस अघिको निर्वाचनमा उनी समानुपातिक तर्फबाट सभासद भएका थिए । तराई मधेस लोकतान्त्रिक पार्टीका केन्द्रीय उपाध्यक्ष वृषेश चन्द्र लालले २ हजार ६ सय ५० मत ल्याएर तेस्रो स्थान हासिल गरेका हुन । क्षेत्र नं. ६ मा नेपाली कांग्रेसका प्रेम किशोर प्रसाद साह ७ हजार ७ सय ३० मत ल्याएर विजयी भएका हुन । उनी यस अघिको निर्वाचनमा निकटत्तम प्रतिद्वन्दी रहेका थिए । त्यसैगरी एमालेका योगनारायण यादव ७ हजार ३ सय ५० मत ल्याएर दोस्रो र राप्रपा नेपालका मनोज मल्लले ६ हजार ३ सय ५७ मत ल्याएर तेस्रो भएका हुन । क्षेत्र नं. ७ मा एमालेका शत्रुधन महत्तो ८ हजार ८ सय २६ मत ल्याएर दोस्रो पटक निर्वाचित भएका हुन । उनी यस अघिपनि विजयी भएका थिए । नेपाली कांग्रेसका बासुलाल महत्तोले ८ हजार ४ सय ८९ मत ल्याएर दोस्रो र स्वतन्त्र उम्मेदवार समिर घिमिरे ६ हजार ७८ मत ल्याएर तेस्रो भएका हुन । क्षेत्र नं. ३ र ५ मा समाचार तयार गर्दा सम्म मतगणना जारी नै रहेको थियो ।

पछिल्लो निर्वाचनमा धनुषाको अवस्था
२०६४ साल चैत्र २८ गते सम्पन्न ऐतिहासिक संविधानसभाको निर्वाचनमा धनुषा यस कारण पनि चर्चामा रहयो कि क्षेत्र नं. ५ वाट निर्वाचित डा.रामबरण यादव संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रथम राष्टूपति चुनिनु भयो । नेपाली कांग्रेसका तत्कालिन महामन्त्र यादवले १० हजार ३ सय ९२ मत ल्याई आफ्ना निकटतम प्रतिद्धन्दी तमलोपाका प्रत्यासी श्रीकृष्ण यादवलाई ४ सय ८८ मतको अन्तरले पराजित गर्नु भएको थियो । निर्वाचन क्षेत्र १ मा नेकपा एमालेका तर्फबाट रामचन्द्र झाले १२ हजार १ सय ८३ मत ल्याएर निर्वाचित हुनुभएको थियो भने उनका निकटतम प्रतिद्धन्दी माओवादीका प्रत्यासी जोगकुमार बरबरिया यादवले ९ हजार ६ सय ८ मत प्राप्त गरेका थिए । क्षेत्र नं. २ मा नेपाली कांग्रेसका प्रत्यासी रामकृष्ण यादवले ९ हजार ८ सय २५ मत प्राप्त गरी निर्वाचित भएका थिए भने माओवादीका प्रत्यासी रामचन्द्र मण्डलले ८ हजार २ सय १९ मत ल्याएर पराजय हुनु परेको थियो । क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका अर्को दिग्गज नेता विमलेन्द्र निधिले जिल्लामै सबै भन्दा वढी मत १५ हजार ५ सय ८२ मत ल्याई निर्वाचित भएका थिए भने नेकपा(एमालेका प्रत्यासी हरिदेव मण्डलले ९ हजार ९ सय ३६ मत मात्र हासिल गर्न सकेका थिए । क्षेत्र नं. ४ मा मधेसी जनअधिकार फोरम नेपालका प्रत्यासी संजय कुमार साहले १३ हजार ४ सय २२ मत ल्याएर निर्वाचित भएका थिए भने नेकपा एमालेका प्रत्यासी रघुविर महासेठ ९ हजार २ सय ८२ मत ल्याएर हारको मुख हेर्नु परेको थियो । क्षेत्र नं. ६ मा माओवादी की प्रत्यासी रामकुमारी देवी यादवले ११ हजार ५ सय ७० मत ल्याएर विजयी भएकी थिईन भने उनका निकटतम प्रतिद्धन्दी कांग्रेसका प्रत्यासी प्रेम किशोर प्रसाद साहले ८ हजार ९ सय १३ मत प्राप्त गरेका थिए ।
     क्षेत्र नं. ७ मा  एमालेका शत्रुघन महत्तोले ११ हजार ६ सय २० मत ल्याई निर्वाचित भएका थिए भने नेपाली कांग्रेसका प्रत्यासी आनन्द प्रसाद ढुङगाना ७ हजार ४ सय ६९ मत ल्याएका थिए । क्षेत्र नं. ५ भएको संविधानसभाको उपचुनावमा नेकपा एमालेका रघुविर महासेठले १३ हजार २ सय २२ मत ल्याएर विजय भएका थिए भने तमलोपाका श्रीकृष्ण यादवले ११ हजार ९ सय ८१ मत ल्याएका थिए ।

मिति ः २०७०÷०८÷०९

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete