Monday, December 9, 2013

चुनावमा अदृश्य शक्तिहरुको प्रयोगः एमाओवादी ब्युरो इन्चार्ज झा


द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
एकिकृत नेकपा माओवादीका मधेश ब्युरो इन्चार्ज समेत रहनुभएका धनुषा क्षेत्र नं.१ का प्रत्याशित उम्मेदवार रामचन्द्र झाले संविधानसभाको चुनावमा अदृश्य शक्तिहरुको प्रयोग गरिएको आरोप लगाउनुभएको छ । संविधानसभाको चुनावमा काग्रेस र एमाले पार्टीहरुले एमाओवादीलाई देशभरि नै हराउने रणनितिको तहत नै अदृश्य शक्तिहरुको प्रयोग गर्दै प्रहरी , प्रशासनले मतपेटिका मतगणना स्थलसम्म ल्याउँदै गर्दा घण्टौ घण्टासम्म मतपेटिकाको बारेमा राजनितिक दल तथा दलका प्रतिनिधीहरुलाई समेत जानकारी नदिई चलखेल गरेको आरोप लगाउनुभएको छ । विहिवार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता झाले चुनावको क्रममा धाँधली भएको भन्दै सर्वप्रथम प्रशासनद्धारा पक्षपात व्यवहार गरिएको , आचार संहिता उल्लघंन गरि व्यापक रुपमा काग्रेस , एमालेले रुपैया पैसाको चलखेल गरेता पनि निर्वाचन आयोगबाट निगरानी नभएको , चुनाव सम्पन्न भएपछि मतपेटिकासंगै मतगणनास्थलसम्म राजनितिक दलका प्रतिनिधी नराखी सेना र प्रहरीको मिलोमतोमा घण्टौसम्म मतपेटिकाबारेमा कुनै जानकारी नदिई वेवारिसे राखेको , मतपेटिकामा पहेलो रंगका हुक लगाउने भएपनि हरियो रंगका हुक लगाएको , प्रहरीको गाडीमा दारु , वियर ढुवानी गरिएको , मतपेटिकामा अर्धकटटी सहित विना हस्ताक्षरको व्यालेड खसेको पाइएको आरोप लगाए ।
पत्रकार सम्मेलनमा नेता झाले धनुषाको विभिन्न मतदान स्थलको बुथ केन्द्रहरुमा एमाओवादीका उम्मेदवार तथा प्रतिनिधीहरुलाई प्रवेशमा समेत निषेध गरिएको थियो । धनुषा क्षेत्र नं.६ का उम्मेदवार वोधमाया यादवलाई प्रहरीले मतदानस्थलमा प्रवेश गर्न दिएका थिएनन भने एमाओवादीका क्षेत्र नं.५ का उम्मेदवार विजय यादव र एमालेका उम्मेदवार रघुविर महासेठलाई सपहीस्थित विपी माविको मतदानस्थलमा प्रवेश निषेध गरिएको एमाओवादी उम्मेदवार विजय यादवले आरोप लगाए ।
पत्रकार सम्मेलनमा बोल्दै एमाओवादीका धनुषा इन्चार्जसमेत रहनुभएको धनुषा क्षेत्र नं.२ का उम्मेदवार रामचन्द्र मंडलले निर्वाचन आयोगले बदनियतपूर्वक प्रशासनकोे शक्तिले मतपेटिकाबारे आफुहरुलाई घण्टौसम्म जानकारी नदिई मतपेटिकाभित्र आफुहरुको मत बदलिनुको साथै हस्ताक्षर नभएको ब्यालेडसमेत एउटै बाक्समा भेटिनु दुखदायीको साथै शंकाको विषय भएको बताएका छन । यो चुनावको क्रममा मतगणनाको क्रममा धाँधली भएको भन्दै मतगणना स्थगित गरि राजनितिक सम्बाद पछि मात्रै मतगणना गरिनुपर्ने माग गर्दै नेता मंडलले भने ः मतगणना नरोकिएर मतगणना जारी राखे आउने परिणाम आफुहरुलाई स्विकार्य बाध्यता नहुने बताउँदै यो मतगणनाबाट एमाओवादीको पक्षमा आउने जितमा समेत आफुहरुको पार्टीको सहभागिता नहरने बताए ।
पत्रकार सम्मेलनमा एमाओवादीका क्षेत्र नं.७ का उम्मेदवार रामकुमार महतो , क्षेत्र नं.३ का उम्मेदवार हरिदेव मंडल , क्षेत्र नं.४ का उम्मेदवार अरविन्द साह , क्षेत्र नं.६ का उम्मेदवार बोधमाया यादवसहित समानुपातिक उम्मेदवारहरुका तारादेवी महतो , असर्फी भिनवार यादवसहितका नेताहरुको उपस्थिती रहेको थियो । एमाओवादीका उम्मेदवार तथा प्रतिनिधीहरु एमाओवादीको केन्द्रिय कमिटीको निर्देशन बमोजिम देशभरिका मतगणना स्थलबाट बाहिरदै मतगणना प्रक्रियालाई बहिष्कार गरेको भएपनि निर्वाचन कार्यालयमा मतगणना भने जारी रहेको छ ।


मिति ः २०७०÷०८÷०९

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete