Tuesday, November 7, 2017

मङ्सिर पछि मधेशमा लडाईको दोस्रो अध्याय शुरु हुन्छ, दुई नम्बर प्रदेश नै मधेश प्रदेश ः उपेन्द्र यादव

अजय अनुरागी
जनकपुरधाम............
देशको शोषित, पीडि़त जनताहरु मधेशी, आदिवासी जनजाति, दलित, मुस्लिम, महिला, थारू, सिमान्तकृत समुदाय , लामो समय देखि बहिष्करणमा परेका र पारिएका समुदायको न्यायको लागि तत्कालीन मधेशी जनसधिकार फोरम नेपाल र हालको संघीय समाजबादी फोरम नेपालले संघर्ष  गर्दै आएको छ । मधेश आन्दोलनका क्रममा शहादत दिएका सहीदहरूको मूल सपना के थियो वा भनौं मधेश आन्दोलनको मूल ध्येय नै के थियो भने देशमा राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना होस्, संघीय लोकतन्त्रको स्थापना होस्, समानुपातिक समाबेशी  अबधारणा सहितको समाबेशी लोकतन्त्रको स्थापना होस्, देशमा बसोबास गर्ने सबै समुदायको राष्टूीय पहिचानको मान्यता स्थापित होस्, सबैखाले  बिभेदहरुको अन्त्य होस्, मधेशी समुदायको मान सम्मान र पहिचान तथा स्वाभीमानका साथ यो देशकै भूगोलमा एउटा मधेश राज्य वा प्रान्तको स्थापना होस् । ती सबै लक्ष्यहरु अहिले प्राप्त गर्ने समय अब आइसकेको छ । देशबाट राजतन्त्रको अन्त्य भएर गणतन्त्रको स्थापना भइसकेको छ । मधेश आन्दोलनकै कारण एकात्मक, केन्द्रीकृत शासनको अन्त्य भई संघीय लोकतन्त्रको  स्थापना भएर अब ब्यबहारमा लागू हुने अबसर प्राप्त भएको छ ।
अबसरहरुलाई  संस्थागत गर्ने समय
अबको समय भनेको ती प्राप्त अबसरहरुलाई संबैधानिक र राजनीतिक रूपले संस्थागत गर्ने समय हो । सुरक्षित गर्ने समय हो । ताकि ती उपलब्धीहरुका बिरोधी ताकतहरु बिफल होऊन् । तिनीहरुले अहिले पानी षड्यन्त्र गरिरहेका छन् । धमिलो पानीमा माछा मार्ने तिनीहरुको प्रयास अहिले पनि जारी छ । ती सबै षड्यन्त्रलाई सदाका लागि असफल बनाउने माध्यम हो निर्बाचन । त्यसका लागी तिनै तहमा जनताद्वारा निर्बाचत सरकार गठन हुनु आबश्यक छ । स्थानीय तहमा स्थानीय सरकार गठन भईसकेका छन् । बांकी दुई तह प्रान्तीय सरकार र संघीय सरकारका लागि निर्बाचन हुँदैछ । त्यो निर्बाचनमा जनताले आफ्नो जनमत मापÞर्mत सरकार गठन गरी प्राप्त अधिकारहरुलाई सुरक्षित र संस्थागत गर्नु पर्छ । र , बांकी अधिकारहरुका लागि क्रमशः संघर्ष र लडाई गर्दै जानू पर्छ ।
फोरमकै पछि पछि राजपा
त्यही अबधारणाका साथ संघीय समाजबादी फोरम नेपाल स्थानीय तहको दोस्रो चरणको निर्बानामा भाग लिँदा अत्यन्तै उदण्ड, उग्र तरिकाले गैरराजनीतिक संस्कार र संस्कृति देखाउँदै गाली गर्नेहरु आखिरकार अहिले साइकल चढेर फोरमकै पछि पछि दौड्दै आएका छन् । यसको अर्थ के हो भने त्यति बेला राष्टूीय जनता पार्टी (राजपा नेपालले ) लिएको नीति गलत थियो भने फोरमले लिएको नीति नै सही थियो ।
मधेश सरकार गठन गर्नका लागि राजपासंग गठबन्धन
गणतन्त्र स्थापना गर्नुसँगै यो मुलुकमा हामीलाई मधेश प्रदेशको पनि स्थापना गर्नु छ । आफ्नो प्रदेशमा आफ्नै सरकार बनाउने अबसर समेत आएको छ । प्रदेश नम्बर दुईमा राजपा नेपाल र फोरम नेपाल बीच गठबन्धन बनेको छ । बांकी ठाउँहरूमा पनि हामीहरूलाई मिल्न मधेशी जनताले भनिरहेका छन् । तर, प्रदेश नम्बर दुईमा हाम्रो सहकार्य अहिले भइसकेको छ । भोलिको दिनमा हामीहरू एकै साथ बसेर सहकार्य गर्दै अगाडी बढ्दै जाने हो भने कुरा मिल्न थालेपछि दुबै पार्टीहरुको बीचमा पार्टी एकता गर्नका लागि पनि बाटो भने अबस्य नै खुल्नेछ । हामीहरु बीच मुख्यतः अहिले दुइटा कÞुराहरुका लागि सहकार्य भएको हो । पहिलो, दुबै पार्टीको एजेण्डा एउटै भएकाले सहकार्य गर्दै मधेशी जनताको अधिकार प्राप्ति तथा मधेशी जनताको मुक्तिको लागि । दोस्रो, प्रदेश नम्बर २ मा मधेश राज्य स्थापना गरी दुई तिहाई मत प्राप्त गरी मधेश सरकार गठन गर्नका लागि ।
दुई नम्बर प्रदेश नै मधेश प्रदेश
अहिले हामीले प्रदेश नम्बर दुईलाई नै मधेश प्रान्तको रूपमा स्थापना गर्न चाहन्छौं । पछि हामी त्यसलाई मधेश प्रदेश वा मधेश राज्य आपसी सहमतिमा नामाकरण गर्नेछौं । त्यस पछि मधेशको भूभाग जो की अरु प्रान्तहरुमा मिसाइएका छन् त्यसको प्राप्तिका लागि मिलेरै संघर्ष गर्नेछौं । हामीले यो राज्य पुनर्संरचनालाई भने पूर्ण रूपमा स्वीकार गरिसकेका छैनौं । प्राप्त उपलब्धि पनि खेर नाजाओस् भनेर मात्रै प्रदेश नम्बर दुईलाई मधेश प्रदेशको रूपमा स्वीकार गरेका छौं । किन भने स्थानीय तहको निर्बाचनमा, खास गरेर प्रदेश नम्बर दुईमा फोरमले २६ सीट प्राप्त गरी प्रदेश नम्बर दुईमा पहिलो र देशैभरिमा चौथो शक्तिको रूपमा स्थापित भए पछि संघीयतालाई नै समाप्त पार्न देशको राजनीतिमा ठूलो भुइँचालो आएको छ । बिभिन्न किसिमका षड्यन्त्र सुरु भएका छन् । राजनीतिमा ठूलै हलचल मच्चेको छ । बिभिन्न किसिमका गठबन्धन र ूुबिकरणहरु सुरु भएका छन् । लाख प्रतिकुलताका बाबजूद स्रोत साधनको बिहीनताका बाबजूद फोरम प्रदेश नम्बर दुईमा आफ्नो हैसियत देखाउन सफल भयो ।
बृहत् बाम एकता सकारात्मक
नेकपा एमाले,  नेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल बीच भएको बृहत् बाम एकता तथा सहकार्य  हुनु राजनीतिक दृष्टिकोणले नराम्रो वा नकारात्मक भने होइन । त्यो राम्रै कुरा हो । मूल कुरा त्यो ूुबिकरण वा एकताको दृष्टिकोण र लक्ष्य के हो  भन्ने नै महत्वपूर्ण हुन्छ । अहिलेको बाम एकता बास्तवमा बाम एकता हुँदै होइन । अबसरबादीहरूको मात्रै एकता हो । आउँदो चुनावमा कसरी फायदा लिन सकिन्छ भन्ने कुराका लागि मात्र एकता गरिएको छ । राष्टूीय मुद्दाहरुलाई कसरी हल गर्ने भन्ने उद्देश्यका साथ यो बाम एकता भएकै होइन ।
मधेशमा दुई तिहाई सीट दिए मात्र कांग्रससंग गठबन्धन
अर्को तिर नेपाली कांग्रेसका सभापति तथा प्रधानमंत्री शेर बहादुर देउबाले पनि लोकतांत्रिक गठबन्धन बनाउने कुरा गरेका छन् । हामीलाई पनि बोलाइएको थियो । देउबाजीले हिमाल पहाडमा कम्युनिस्ट र मधेशमा मधेशबादीहरू नै जितने भए , अब कांग्रस त सिद्धिनेभो भनेर भन्नु भयो । अब सहकार्य गर्नु पर्छ भनेर हामीलाई्र भन्नु भयो । अनि मैले उहाँलाई भने, हाम्रो सहकार्य यदि तपाईँ चाहनुहुन्छ भने नेपाली कांग्रेसले नियत र नीति परिबर्तन गर्नु पर्छ भनेर जबाफ दिएँ । मधेसी जनतालाई अधिकार दिलाउने नीति बनाउनुस् र मधेशी जनता माथि शासन गरेर शोषण गर्ने नियत बदल्नुस्, त्यस पछि मात्र कुरा गर्न सकिन्छ भनेर भनेको छु ।
सबै भन्दा पहिले त कांग्रेसले हाम्रो मुद्दामा सहमति जनाउनु पर्यो । संघीय गणतन्त्र, राष्टूीय पहिचान तथा समाबेसिताको मुद्दामा सहमति भए मात्र कांग्रेससंग हाम्रो गठबन्धन हुन सक्छ । मोर्चा बन्न सक्छ । त्यसो हुन नसके अर्को बिकल्प भनेको सहकार्यको भने हुन सक्छ । तर सहकार्यको लागि पनि कांग्रेसले मधेशमा हामीलाई दुई तिहाई सीट भने दिनुपर्ने हुन्छ । नभए हामी राजपा र फोरम दुई पार्टी आफैंमा पनि मधेश प्रदेशमा दुई तिहाई ल्याउन सक्षम छौं । कांग्रेसले यदि हामीसंग साँच्चै अलायन्स चाहेको हो भने मधेसी जनताको भावनालाई उदारतापूर्बक सम्मान गर्नु पर्दछ । र, म के पनि भन्न चाहन्छु भने मधेशको जनताको भावनालाई सम्मान नगर्ने पार्टीको पतन निश्चित छ ।
मधेशमा कांगे्रसको जÞमाना गईसक्यो
त्यसै पनि कांग्रेसको अब मधेशमा भबिष्य छैन । नेपाली कांग्रेस पनि एउटा पार्टी थियो भनेर भन्ने दिन आइसकेको छ । कुनैबेला मधेश कांग्रेसको गोरहा खेत थियो तर अब कांगे्रसको जÞमाना गईसक्यो । हाम्रा मधेशका केहि नेताहरु भने अहिले पनि कांग्रेसको टूेनमा झुन्डीरहेका छन् । ती साथीहरुलाई म के भन्न चाहन्छु भने कांग्रेसको टूेन अब दुर्घटना हुनेबाला छ, दुर्घटना हुँदा सबै भन्दा पहिले झुन्डिएर यात्रा गर्ने नै बढ़ी जोखिममा हुन्छन्, त्यसैले आफ्नो रक्षाका निम्ति पनि मधेशमा दौडे्को फोरमको टूेनमा समयमै आएर टिकट बुकिंग गराउँदा नै बेस ।
कांग्रसले मधेशलाई के दियो ? उनीहरु त चाहन्छन् की मधेशका जनता अशिक्षित रहून्  । जनतामा चेतनाको बिकास नहोस् र सधंै शासन गरी शोषण गर्न सकियोस् ।
म तपाईँलाई एउटा उदाहरण भन्छु । राणा शासनकालमा श्री ३ महाराज चन्द्रशम्शेर त्रीचंद कलेजको उदघाटन गर्न जांदा भाषणको क्रममा रुँदै के भनेका थिए भने यो कलेजकै कारण अब हाम्रो अन्त्य हुने निश्चित छ । किन भने जनता अशिक्षित छन् र पो, हामी शासन गर्न सकेका छौं । भोली यो कलेजबाट जनता पढेर शिक्षित  हुनेछन् र, हाम्रो शासन अन्त्य हुनेछ । भयो पनि त्यही कुरा, गंगालाल श्रेष्ठ जस्ता बिद्यार्थीहरु त्यही कलेजबाट पढेर राणा शासनको बिरुद्धमा आन्दोलन गरे, सहादत दिए । र , देशबाट निरंकुश जहानियाँ राणा शासनको अन्त्य भयो । हो, त्यसै गरी कांग्रेस पनि मधेशी जनतालाई अँध्यारोमा राख्न चाहन्छन् ।
अधिकारको लडई सँगसँगै बिकास र समृद्धिको पनि लडाइ आवश्यक
मधेश यति सुगम ठाउँ हुँदा हुँदै पनि गरीबी र अभावग्रस्त जीबन जीउन आज बाध्य छ । प्रति ब्यक्ति आय हिमाली जिल्ला भन्दा पनि कम छ । मानब बिकासको सूचकांकमा हिमाल र पहाडको बिकट जिल्ला भन्दा पनि सुगम मधेश पछाडि छ । गरीबी र बेरोजगारीको समस्यालाई कांग्रेसले कहिल्यै हल गरेन । आज खाड्ी मुलुकमा जानेहरुको संख्या सबै भन्दा बढी मधेसकै जिल्ला पर्छन् । तिनीहरुले पठाएको रेमिटयान्सबाट राज्य चलेको छ तर, जनता कसरी सम्बृद्ध हुने त्यस बारे कहिल्यै राज्यले ध्यान दिएको छैन ।
बिरामीहरुको संख्या पनि मधेशमै बढ़ी छ । मधेशका अस्पतालहरुमा बिरामीहरुको लामो लाईन त्यसै  हेर्न सकिन्छ । गरीबी त झन त्यस्तो बिमारी हो जो की क्यान्सर जस्तो रोग पनि गरीबी अगाडी कम पर्छ । मधेशी जनता आज शुद्ध खानेपानी पिउन पाईरहेका छैनन् । त्यसैले अब मधेशी जनताले अधिकारको लडई सँगसँगै बिकास र समृद्धिको पनि लडई लड्नु जरूरी छ । ती सबै कुराका लागि मधेशमा फोरम र राजपा सहितको सरकार बनाएर मात्र सम्भव छ ।
मङ्सिर पछि लडाईको दोस्रो अध्याय
त्यसका अतिरिक्त अहिलेको अधुरो संघीयतालाई पूर्णता दिनका निम्ति पनि मधेश सरकार आबश्यक छ । त्यो लडईको अब दोस्रो अध्याय हुनेछ । मधेशको भूभाग मधेश प्रदेशमा ल्याइनेछ । अहिलेको संबिधान पनि त्रुटिपूर्ण संबिधान हो । संबैधानिक दृष्टिकोण र बैचारिक हिसाबले हेर्ने हो भने यो संबिधान नस्लीय चिन्तनबाट ग्रस्त छ । मधेशी जनताको पूर्णतया हकअधिकारलाई समेटिएको छैन । सबैखाले बिबिधतालाई समेटिएको छैन । त्यसकारण अब शुरू हुने दोस्रो अध्यायको लडाई संबिधान संशोधनका लागि हुनेछ । संबिधान संशोधन गरिएन भने परिमार्जन वा पुनर्लेखन का लडाई हुनेछ । त्यो पनि गर्न मानिएन भने नयाँ संबिधानकै कुरा अगाडी आउनेछ । अब मङ्सिर पछि त्यो लडाई फेरी शुरू हुनेछ । मधेश राज्य प्रदेश नम्बर दुईमा निर्माण भइसकेपछि फोरम तीन वटा मिशन लिएर मधेशी जनतालाई अधिकार दिलाउन, विकास दिलाउन र समृद्धि दिलाउनका लागि अगाडी बढ्नेछ ।

(संघीय समाजबादी फोरम नेपालका राष्टूीय अध्यक्ष उपेन्द्र यादवसंग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले मंगलबार जनकपुरमा गरेको कÞुराकानीमा आधारित । )



२०७४ आसिन १५ गते आईतबार

No comments:

Post a Comment