Tuesday, November 7, 2017

मिथिला नगरपालिकामा एमाले

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम................
धनुषाको मिथिला नगरपालिकाको मेयर पदमा नेकपा एमालेका हरिनारायण महतो निर्वाचित भएका छन् । महतोले ६ हजार ७ सय ४० मत प्राप्त गरेका छन् । त्यसैगरी उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका राजकुमार महतोले ५ हजार १ सय ७८, स्वतन्त्र उम्मेदवार राजाराम महतोले ३ हजार ५ सय ३, संघीय समाजवादी फोरम नेपालका भोला महतो कोइरीले ४ सय १५ र राजपा नेपालका रामकुमार महतोले १ सय ४३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी मिथिला नगरपालिकाको उपमेयरमा पनि नेकपा एमालेका ताराकुमारी बस्नेत निर्वाचित भएका छन् । बस्नेतले ६ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मिन बहादुर जर्घा मगरले ६ हजार ३ सय ३८, संघीय समाजवादी फोरम नेपालका मनु माया मोक्तानले ६ सय ४४ र राजपा नेपालका सिता देवी महतोले ३ सय ८० मत प्राप्त गरेका थिए ।
मिथिला नगरपालिकाको वडा नं. १ मा नेकपा एमालेका लक्ष्मी महतोले ४ सय २३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जोगी महतोले २ सय ४८ र राजपा नेपालका विजय कुमार महतोले १ सय ६२ मत प्राप्त गरेका थिए । त्यसैगरी वडा नं. २ मा नेकपा एमालेका विहारी महतो कोइरीले १ हजार १ सय ४५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामहृदय महतोले ९ सय २५ र संघीय समाजवादी फोरम नेपालका रामनाथ महतोले ९९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा नेकपा माओवादी केन्द्रका  राम एकवाल महतोले १ हजार ६४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रामउदगार महतो कोइरीले ६ सय ७९ र संघीय समाजवादी फोरम नेपालका राजेश्वर महतो कोइरीले १ सय २० मत प्राप्त गरेका थिए । वडा नं. ४ मा नेकपा एमालेका विष्णु हरि खाड्लले ६ सय १३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका लोकेन्द्र बहादुर क्यापछाकीले ४ सय ५६ र संघीय समाजवादी फोरम नेपालका रामकुमार महतोले २४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा नेपाली कांग्रेसका श्यामबाबु यादवले ३ सय ८९ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राजेश्वर महतो ३ सय ६९ र नेकपा एमालेका रामचन्द्र महतोले ३ सय ५७ मत प्राप्त गरेका थिए । वडा नं. ६ मा नेकपा एमालेका भक्त बहादुर बलम्पाकीले ५ सय ६० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रबाट रामविरोध महतोले ४ सय ८१ र नेपाली कांग्रेसका शिवशंकर महतोले २ सय २९ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा नेकपा माओवादी केन्द्रका यूवराज उप्रेतीले ४ सय ७६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका होम प्रसाद शर्माले ४ सय ३९ र स्वतन्त्रबाट श्याम कुमार चौहानले ९७ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा नेकपा माओवादी केन्द्र देवनारायण महतो कोइरीले ८ सय ४८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गुमान सिंह थिङ्ग तामाङ्गले ५ सय ४५ र संघीय समाजवादी फोरम नेपालका सुनिल कुमार सिंहले १ सय ५४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ९ मा नेकपा एमालेका दिपक जंग थापाले ८ सय १ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका रामहरि बस्नेतले ६ सय २८ मत प्राप्त गरेका थिए । वडा नं. १० मा नेकपा एमालेका सविन विक्रम थापाले ८ सय ९९ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका इश्वर कुमार श्रेष्ठले ४ सय ६१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ११ मा नेकपा एमालेका बेद बहादुर कार्कीले ९ सय ३८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बासुदेव पौडेलले ८ सय ९७ मत प्राप्त गरेका थिए ।


२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment