Tuesday, November 7, 2017

कमला नगरपालिकामा कांग्रेस

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम...............
धनुषाको कमला नगरपालिकामा नेपाली कांग्रेसका रामउदगार गोईतले ४ हजार २० मत प्राप्त गरी मेयरमा निर्वाचित भएका छन् । गोइतका निकटतम प्रतिद्वन्द्वी सघीय समाजवादी फोरम नेपालका पशुपति यादवले २ हजार ६ सय ९७, नेकपा एमालेका दिपेन्द्र कुमार यादवले २ हजार ६ सय ४४, नेकपा माओवादी केन्द्रका देवचन्द्र यादवले २ हजार ३ सय ३१ मत प्राप्त गरेका थिए । त्यसैगरी मेयर पदका लागि संघीय समाजवादी फोरम नेपालका मनिक लाल मण्डलले १ हजार ६ सय १२, राजपा नेपालका रामदयाल साह तेलीले ३ सय ५६ र राप्रपाका सुरेश मण्डलले १ सय १० मत प्राप्त गरेका थिए ।
त्यसैगरी कमला नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसका शिला देवी मण्डलले ४ हजार १ सय ६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका रितासिंह मण्डलले २ हजार ६ सय ७, नेकपा एमालेका गायत्री देवीले २ हजार ५ सय ८८, नेकपा माओवादी केन्द्रका सरस्वती देवी यादवले २ हजार ५ सय ७६, नेपाल लोकतान्त्रिक फोरमका विन्दा देवी मुखियाले १ हजार ३ सय २१ र राजपा नेपालका शिव कुमारी देवीले ३ सय ८७ मत प्राप्त गरेका थिए ।
वडा नं. १ मा संघीय समाजवादी फोरम नेपालका राजकुमार यादवले ४ सय ८२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सरद देव यादवले ४ सय २६ र नेपाल लोकतान्त्रिक फोरमका सुखिलाल मण्डल धानुकले १ सय ८७ मत प्राप्त गरेका थिए । वडा नं. २ मा संघीय समाजवादी फोरम नेपालका धनेश्वर यादवले ५ सय ९३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ठक्कु यादवले ५ सय ६७ र नेपाल लोकतान्त्रिक फोरमका श्यामकुमार मण्डल धानुकले २ सय ८४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा संघीय समाजवादी फोरम नेपालका विशेश्वर यादवले ४ सय ४८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तुल्सी राउत यादवले ३ सय ३३ र नेकपा माओवादी केन्द्रका जगत नारायण यादवले २ सय ३५ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा नेकपा माओवादी केन्द्रका पल्टु कवाडीले ८ सय १५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राम नगिना प्रसाद साहु तेलीले ५ सय १४ र नेपाल लोकतान्त्रिक फोरमका उपेन्द्र चौरवार यादवले ५३ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा नेकपा एमालेका शिवा पासमानले ७ सय ९३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्देश्वर यादवले ५ सय ८५ र नेकपा माओवादी केन्द्रका राम खेलावन यादवले ५ सय ८५ मत प्राप्त गरेका थिए । वडा नं. ६ मा नेपाली कांग्रेसका सम्सुल मिया मोमिनले ९ सय मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नागेश्वर महतोले ४ सय ८१ र नेपाल लोकतान्त्रिक फोरमका महेश्वर यादवले १ सय ८४ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा नेपाली कांग्रेसका तपेश्वर यादवले ३ सय ५३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका चौठु मण्डलले ३ सय ३९ र नेकपा माओवादी केन्द्रका हरिसुन्दर महतोले २ सय ७८ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा संघीय समाजवादी फोरम नेपालका राजेश्वर मरिक यादवले ६ सय २८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका तिरपित भुदेर यादवले ४ सय ८९ र नेकपा माओवादी केन्द्रका राकेश कुमार रोहिताले ४ सय १४ मत प्राप्त गरेका थिए । वडा नं. ९ मा नेपाली कांग्रेसका धर्मनाथ मण्डलले २ सय ६४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विष्णुदेव यादवले १ सय ९९ र नेपाल लोकतान्त्रिक फोरमका विरेन्द्र कुमार मण्डले १ सय ९६ मत प्राप्त गरेका थिए ।


२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment