Tuesday, November 7, 2017

संविधान संशोधनको भारतको अडान अझै पनि कायमै छ ः डा. एसडी मुनि

नेपाल सहित दक्षिण एशियाका राजनीतिक मामिलाका जानकार भारतको दिल्ली स्थित जबाहरलाल नेहरू बिश्वबिद्यालयका प्राध्यापक डा. सुख देव मुनि (एस. डी. मुनि )सँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले जनकपुरबाट टेलीफोनमा अन्तरबार्ता लिएका छन् । मुनीसँग लिइएको अन्तरवार्ताको सम्पादित अंश ः

नेपालको राजनीतिमा अहिले ूुबिकरणको राजनीति सुरु भएको छ  । खास गरेर नेकपा एमाले, नेकपा माओबादी केन्द्र र नयाँ शक्ति पार्टी नेपाल बीच अहिले तत्काल चुनाबी तालमेल र पछि पार्टी नै एकता गर्ने गरी सहमति भएको छ । त्यो सहमति कसरी हुन पुग्यो ? र, यसले नेपालको राजनीतिमा के प्रभाव पार्छ ?

हेर्नुस्, नेपालमा  यस्तो किसिमको राजनीतिक ूुबिकरण धेरै नै पहिले भइसक्नुपर्र्ने िथयो । र, अहिले जे ूुबिकरणहरू भइरहेका छन्, भन्नका लागि त बैचारिक, राजनीतिक तरिकाले भइरहेको छ जून  की  एक तरिकाले ठीक पनि हो । जसले गर्दा अन्य समुदाय, दल, समूहहरू पनि लामबद्ध हुनेछन् । एका तर्फ शेरबहादुर देउबाजीले लोकतान्त्रिक गठबन्धन बनाउने कूरा गर्नु भएको छ भने अर्को तर्फ मधेशबादी दलहरु पनि एकताबद्ध भइरहेका छन् । र, हुन सक्छ की जनजातीहरू, दलितरू पनि एक आपसमा एकताबद्ध हुने कोशिश गर्नेछन् । यसरी हेर्ने हो भने त एक तरिकाले ठिकै भईरहेको छ । तर, यो ूुबिकारणमा जे एलायन्स बनिरहेका छन्, त्यसमा धेरै नै तालमेल भएको छ जस्तो मलाई लागिरहेको छैन ।
जसरी एमाले, माओबादी र नयाँ शक्ति एक आपसमा मिलेका छन्, अर्को तर्फ देउबाजी, कमल थापा र अन्य शक्तिहरु एक आपसमा मिल्ने कुरा भैरहेको छ , त्यो एक किसिमले स्थाई भने हुन पाउँदैनन् । किन भने तिनीहरु एक आपसमा मिल्ने शक्क्ति नै होइनन् । नेपाली कांग्रेस भित्र नै धेरै तनाव छन् । यसरी हेर्ने हो भने ूुबिकरण हुनु आफैमा राम्रो कूरा हो  किन भने ूुबिकारणले गर्दा नै बैचारिक स्तरमा कुराहरु स्पस्ट भएर बाहिर आउनेछन् ।
नेपालमा कम्युनिस्ट पार्टीहरू बीच ूुबिकरण हनुमा आन्तरिक कारणले गर्दा मात्रै भएको हो वा यस्मा बाह्य कारणहरू पनि छन् ?
बाह्य कारण पनि हुन सक्छन् । यस्तो किसिमको ठूल्ठूला गठबन्धनहरूमा बाहिरका मानिसहरूको पनि रुचि रहन्छ । नेपालका सबै कम्युनिस्ट पार्टीहरूलाई एकै ठाउँमा ल्याउन सकियोस् भन्ने कुरामा चीनको समर्थन रहँदै आएको छ , भन्ने गरिन्छ । यदि चीनले नेपालमा सबै कम्युनिस्ट पार्टीहरूलाई एउटै मंचमा ल्यायो भने बांकी अंतर्राष्टूीय शक्तिहरू भारत, अमेरिका, युरोपेली यूनियनले पनि बांकी डेमोक्रेटिक जनतान्त्रिक शक्तिहरूलाई एक ठाउँमा ल्याउन कोशिश गर्नेछन् । त्यसैले यी सम्भावनाहरूलाई पनि नकार्न भने सकिँदैन ।  र, यो कूरा सम्भव पनि छ । तर, मात्र यही कारणले ूुबिकरण सम्भव भएको हो, बाहिरको कारणले मात्रै यति कुराहरु भैरहेको छ भनेर सोच्नु पनि सही हुने छैन ।
नेपालको राजनीतिमा चीनको प्रभाव अत्यन्तै न्यून थियो भनेर भन्ने गरिन्छ । अर्को तर्फ भारतको त अत्यन्तै बढी प्रभाव  छ भन्ने आम धारणा रहेको छ । चीन त साइलेंट डिप्लोमेसी गर्छ भन्ने मान्यता रहेकोमा भारत कसरी चुक्यो त ?
भारत चुक्यो भन्ने कूरा छैन । हेर्नुस्, चीनले पनि धेरै कोशिश गरिरहेको छ भने भारतले पनि  कोशिश गरिरहेको छ । यदि मैले तपाईंलाई एउटा ठूलो कूरा बताऊँ,  पूरै दक्षिण एशियामा नै  भारत र चीन बीच  प्रतिस्पर्धा भईरहेको छ । खास गरेर यस्ता किसिमको ठूलो राजनीतिक समीकरणहरूमा त प्रतिस्पर्धा प्रष्ट रूपले देखिन्छ । त्यो चाहे श्रीलंकामा हेर्नुस् , बांग्लादेश, मालदीभ्स जहां पनि हेर्नुस् , प्रतिस्पर्धा तपाईले हेर्न सक्नुहुंछ । त्यों कुनै नयाँ कूरÞा पनि होइन ।
नेपालमा आज आएर मात्र  प्रतिस्पर्धा भएको हो भन्ने कूरा पनि होइन । तपाईलाई सम्झना होला, सन १९६२ मा  जब राजा महेन्द्रले जनतान्त्रिक शक्ति बीपी कोइरालालाई टाढा हटाए, त्यतिबेला पनि  चीनले राजतन्त्रलाई नै समर्थन गरेको थियो भने भारतले जनतान्त्रिक शक्तिलाई । त, यस्तो किसिमको ूुबिकारणंमा बाहिरका मानिसहरुलाई खास रुचि रहने गर्छ । त्यसमा पनि खास गरेर नेपाल जस्तो सामरिक महत्व बोकेको देशमा त रुचि रहन्छ नै । यस्तो किसिमको उठापटक चलिरहन्छ । कहिले एउटा त कहिले अर्को सफल हुने गर्छन् ।
चीनलाई नेपालको आन्तरिक राजनीतिसंग कुनै मतलब छैन  भन्ने गरिन्थ्यो तर पनि चीन नेपालमा कसरी सफल हुन पुग्यो त ? के दिल्ली सरप्राइज भएकै हो त, बाम एकता प्रकरणमा ?
यो बाम ूुबिकरणले नेपालको नीतीहरू परिबर्तन हुनेछन भन्ने कुरामा तपाई बिस्वास गर्नु हुन्छ भने, म त्यों कूरा मानदिन । किन भने नेपालको आफ्नो राष्टूीय हितका जे कुराहरु छन् त्यसका आफ्नै केहि सीमाहरू पनि छन् । जून कूरा भूगोलले बाँधेको छ, संस्कृति, राजनीतिक सम्बन्ध आदिले बाँधिएको  छ, ती बन्धनहरू  यस्ता ूुबिकरणले मात्र टुट्दैनन्  ।
नेपालको राजनीतिमा तपाईंले ध्यान दिएर हेर्नु भयो  भने माओबादीलाई भारतले नै सहयोग गरिरहेको छ भनेर पनि भन्ने गरिन्छ । जबकी भारतको माओबादीसँग कुनै बैचारिक सम्बन्ध नै छैन । र , त्यसै गरी के पनि भनिन्छ भने चीनले पनि नेपाली कांग्रेसका नेताहरु र अन्य पार्टीका नेताहरूलाई बोलाएर चीन भ्रमण गराउँछन् । तीनीहरूलाई पनि चीनले समर्थन गर्छ । त, यो एक सामरिक समीकरण हो । यसलाई पूरापूरी आइडियोलोजीको हिसाबले भने नहेर्नुस् । त्यसैले, नेपालमा जस्तो सुकै ूुबिकरण नै किन नहोस्, नेपालमा जुनसुकै सरकार पनि बनोस्,  त्यो सरकारले न त चीनलाई र न त भारतलाई नै अनदेखा गर्न सक्छ ।
माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई त  तपाई  जनयुद्धकालदेखि नै चिन्नुहुन्छ । कतिपयको भनाइमा तपाईले नै शान्ति प्रक्रिया र दिल्लीमा गरिएको १२ बुँदे सम्झौतामा भूमिका निर्बाह गर्नु भएको थियो । हो, त्यही प्रचण्ड कहिले चीनतिर त कहिले भारत तीर ढल्किएका हुन्छन् भनेर भन्ने गरिन्छ । प्रचण्डमा यस्तो चरित्र किन देखा परेको हो ?
तपाईले यदि पुरानो इतिहास हेर्नुहुन्छ भने चीनले जहिले पनि अबसरबादीताको तर्फ नै हुने गर्छ । जब चीनलाई आफ्नो अवसर आउँछ तब उसले माओबादीको बिरूद्धमा राजतन्त्रलाई  सहयोग गरेको छ , नेपाली कांग्रेसको बिरुद्धमा एमालेलाई समर्थन गरेको  छ, माओबादिको बिरुद्ध एमालेलाई सहयोग गरेको छ । जब उसलाइ आफ्नो आबस्यकताको लागि माओबादीको आबश्यक्ता पर्यो, माओबादीलाई पनि उसले सहयोग गरेको छ । तर, भारतको कुरा गर्नुहुन्छ भने जनतासँग निहित रहेका शक्तिहरूलाई मात्र समर्थन गर्ने गरेको छ ।
माओबादी जब जनतान्त्रिक शक्तिहरूसँगै मिले  तब मात्र भारतले माओबादीलाई स्वीकार गरेको थियो । यसका अतिरिक्त माओबादीलाई कहिल्यै पनि स्वीकार गरिएन ।  माओबादीहरूलाई नेपालको सत्ता वा सरकारमा आउनु पथर््यो  वा पर्दैनथ्यो  भन्ने कुरा बुझ्नमा नै भारतलाई धेरै लामो समय लाग्यो । त, यस्ता सोचको पछाडि पनि भारतको सामरिक कारण छ । सामरिक भन्दा पनि ठूलो कुरा भारतको झुकाव जनतान्त्रिक शक्ति तर्फ हुने गर्छ ।
तर, चीन त हमेशादेखि नै  अबसरबादीकै साथ हिँडेको छ । म तपाईंलाई के पनि भन्छु भने यदि बामपन्थीहरुको भोली सरकार बनेन र डेमोक्रेटिकहरुकै फेरी पनि सरकार यदि बन्यो भने चीन फेरी डेमोक्रेटिककै पक्षमा उभिन्छ ।  चीनलाई दक्षिण एशियामै आफ्नो प्रभावलाई बढाउनुछ । त्यसैले नेपालमा जुनसुकै सत्ता रहोस् त्यसै समीकरणका पछाडि चीन आउने गर्छ ।
नेपालमा अहले भएको बाम एकताका कारण जारी शान्ति प्रक्रियामा कुनै  असर त पर्ने छैन, नि ?
हेर्नुस्, यो बाम एकता पनि अबसरबादीकै एकता हो । केहि महीना पहिले प्रचण्डले नै एमालेले उसको संसदीय क्षेत्रमा असर गरिरहेको छ भनेर भनेका थिए । बाबूराम भट्टराई र प्रचण्डका बीचमा कती दूरी बढेको थियो । एकले अर्कालाई सिध्याउन लागि परेका थिए । अहिले जे समीकरण बनेको छ त्यो माथिबाट मात्र सामरिक दृष्टिकोणले समीकरण बनेको छ, तर , तलसम्म आउनमा अहिले पनि धेरै नै समय लाग्नेछ ।
यो एकीकरणलाई यदि तपाईंले तिनीहरु एकजुट भइसके, एकताबद्ध भएर सबै कÞुराहरूलाई सामना गर्नेछन् भन्ने कुरा म सोच्दिन  । त्यो कुरा हुनमा अहिले धेरै समय लाग्छ ।
नेपालको सबै कम्युनिस्ट मूभमेन्टहरुलाई यदि हेर्नु भयो भने पुष्पलाल श्रेष्ठ देखि मोहन बिक्रम सिंह सम्म्मा सधंै देखि बिखराव पाउनुहुन्छ । र, त्यो बिखराव बैचारिक भए पनि तल ग्रासरूट सम्म अन्तरबिरोध भने पुगेको हुँदैन । त्यसको बिखराव र संगठन ग्रासरूट सम्म पुग्न सकेन । त्यसैले, अहिले त सुरुवात मात्र भएको छ । बिस्तारै बिस्तारै के के हुन्छ, हेर्दै जानू पर्ने हुन्छ । एक आपसमा बिरोधाभास राजनीतिक स्वार्थ भएका दलहरु एकाएक रातोरात एकताबद्ध भइहाल्छन् र धेरै ठूलो शक्ति भएर उभरिहाल्छन् भन्ने कुरामा मलाई पटक्कै बिश्वास  छैन ।
जसरी अहिले नेपालमा बृहत् बाम एकताको कुरा चलिरहेको छ त्यसले भारत लगायत दक्षिण एशियामा कस्तो प्रभाव पार्ला ?
अहिले हेर्नुस् की एकता कस्तो छ  । एकता यदि एकद्मै सुदृढ़ हुन्छ, संगठन धेरै बलियो हुन्छ भने मात्र त्यसको राजनीतिक असर हुने क्रम सुरु हुन्छ । तर, अहिले त मात्र मीडियामा राजनीतिक रुपमा कुरा चलेको छ, सामाजिक स्तरमा कुरा आएकै छैन । त्यसैले, अहिले त्यो कुन दिशामा कसरी अगाडी बढिरहेको छ, त्यसलाई अत्यन्तै साबधानीपुर्बक हेर्नु पर्ने हुन्छ, त्यो मेरो बुझाई हो  । अहिले नै कुनै निष्कर्ष निकालिहाल्नु उचित हुने छैन ।
माओबादिको अर्को पार्टी हरु जस्तै मोहन बैद्य किरण र नेत्रचन्द बिप्लव लगयातका बीच पनि एकता भई अर्को कुनै सशत्र क्रांतिको संभावना कति देख्नुहुन्छ ?
हेर्नुस्, उहाँहरुले आफ्नो तर्फबाट कोशिश गर्न सक्नेछन् । तर, त्यसमा उहाँहरु सफल हून सक्नु हुन्न  । उहाँहरुले त पहिले देखि पनि कोशिश नगरेको भने होइन । धेरै मानिसहरुले कोशिश गरेका छन् तर सफल हुँदैनंन्  । हिंसाको बाटो सफल बाटो हुँदैन । खास गरेर अहिलेको राजनीतिमा चाहे त्यो नेपाल होस् वा भारत वा दक्षिण एशिया वा विश्वकै राजनीति किन नहोस्, हिंसाको माध्यमले धेरै ठूलो परिबर्तन ल्याउन सम्भव छैन ।
डा. बाबूराम भटटराई त तपाईँको शिष्य पनि रहिसक्नु भएको छ । उहाँले त मार्क्सबादलाई परित्याग गरेर समाजबादको बाटोमा बैकल्पिक राजनीतिक शक्ति बनाउन लाग्नु भएको थियो ।  भनिन्छ कि त्यसमा पनि भारतकै भूमिका थियो । प्रचण्डसँग त यो जूनिमा एकता सम्भव छैन भनेर भन्नुहुन्थ्यो ।  तर , फेरी उहाँलाई  कम्युनिस्ट बन्न र प्रचण्डसंग मिल्न के कुराले बाध्य पार्यो ?
यो राजनीतिक समीकरण मात्रै हो, बैचारिक समीकरण होइन । यो गठबन्धन नामको लागि मात्र बैचारिक बनाइएको छ , सत्ता समीकरण का लागि मात्र बनाइएको छ । आइडियोलोजीका कारण एक नभएर चुनाब का लागि मात्र समीकरण बनेको हो ।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउबाले बनाउन थाल्नु भएको लोकतान्त्रिक गठबन्धन निर्माण हुन कति सम्भव छ ?
उहाँले पनि त्यही कोशिश गरिरहनु भएको छ । माओबादी उता गए पछि उहाँको पलड हल्का भएको छ । यसैले अरु गुटका राजनीतिक दलहरूलाई एकताबद्ध गरी आउँदो चुनावको लागि तैयारी गरिरहनुभएको छ । बैचारिक रूप के हुनेछ भन्ने कुराका लागि चुनाव सम्म पर्खनुस् । अहिलेको दुबै तर्फको ूुबिकरण मात्र चुनावको अबसरका लागि हो । यसलाई ठोस् राजनीतिक समीकरण भन्न  सकिँदैन ।
नेपालको संबिधान कार्यान्वयनको बाटोमा के अझै पनि चुनौतीहरू छन त ?   
मेरो बिचारमा संबिधान कार्यान्वयन तथा संशोधनको बिषयमा चुनाव पछि प्रान्तीय सरकार र केन्द्रीय सरकारको रूपरेखा कस्तो हुनेछ त्यसमा निर्भर गर्नेछ । फेरी प्रान्तहरुको सभामा सधंै परिबर्तन भइरहनेछन् । अहिले नेपालमा त्यस्तो स्थिति आइसकेको छैन की कुनै एउटा मात्रै समूह डोमिनेन्स भएर निस्किन्छ । अहिले लोकतान्त्रिक र साम्यबादी दुबै ूुबिकरण मध्ये कुनै एक लाई धेरै बढ़ी मत आयो भने पनि फेरी तिनीहरूमा अलगाव शुरू हुनेछ किन भने अहिले जे जति झगड छ त्यो मात्र सत्ताको लागि हो ।
पूरै देशमा आमूल परिबर्तन ल्याउनको लागि झगड होइन । त्यस्तो रूपरेखा छैन की देशको प्रमुख नीतीहरूलाई बदल्न सकोस् । मात्र के प्रयास हुनेछ भने जसरी पनि सत्ता हत्याउन सकियोस् ।  र, जब सत्ता यिनीहरुको हातमा आउनेछ तब यिनीहरुको आपसको झगड़ा  प्रखर रूपले सामने आउनेछन् । त्यसैले त्यो पछि हेर्नु पर्ने बिषय हो  । मेरो बिचारमा कुनै पनि ूुबिकरण तर्फ ठूलो बहुमत आइरहेको छैन ।
मधेश आन्दोलनका क्रममा संबिधान संशोधन को बिषयमा भारतले जे अडान लिएको थियो र अंतर्राष्टूीय रूपमा त्यसको पक्षमा लबिंग समेत गरिरहेको थियो , के त्यों अडानमा भारतको पोजीशन अहिले पनि कायमै छ ?
भारत अहिले पनि त्यो स्थितिमा छ की तपाई त्यस्तो संबिधान बनाउनुस् जसमा सबैलाई साथ लिएर हिंड्न सकियोस् । अहिले पनि मधेशी, जनजाति र दलित समुदायका जे मांग छन् त्यों पूरा भएको छैन । तिनीहरुले अहिले पनि त्यो मांग उठाई नै रहेका छन् । संबिधान संशोधनका मुद्दा अहिले पनि संसद समक्ष रहेकै छ । अहिले जुनसुकै समीकरण बने पनि प्रश्न त हल भई सकेको छैन नि !
के भारतले नेपाललाई हिन्दू राष्टू बनाउन चाहन्छ ?
 भारत को सरकार हिन्दू राष्टू चाहंदैन तर, रूलिंग पार्टीमा केहि हिस्सा यस्ता पनि अबस्य नै छन् जो हिन्दू राष्टू पनि चाहन्छन् । र, सायद राजतन्त्रलाई  पनि फर्काउन चाहनेछन् ।  तर, मेरो बिचारमा यो बिल्कुलै असम्भव कुरा हो  । यदि उनीहरु त्यो दिशामा काम गर्ने कोशिश गर्छन् भने त्यसमा धेरै ठूलो दोष हुनेछ । न त भारतको ठूलो हिस्सा त्यसलाई स्वीकार गर्ने छ न त नेपालकै ठूलो हिस्साले त्यसलाई स्वीकार गर्नेछ ।
तर नेपालका लागि भारतीय राजदूत मंजीब सिंह पूरी नेपाल आएर नेपाल सरकारका मन्त्रीहरु, बिभिन्न दलका नेताहरुसंग भेट गर्दा तपाईंले एउटा  ट्वीट गरेर भन्नु भएको थियो की हिन्दू राष्टूका लागि पूरी को भेटघाट भैरहेको छ जबकी त्यो लाइन भारतीय जनता पार्टीको मात्र रहेको, भारत सरकारको नरहेको भनेर भन्नु भएको थियो नि !
त्यो कुरा त म अहिले पनि भनिरहेको छु नि । त्यो बीजेपी को लाइन हो, भारतीय सरकारको होइन । त्यो भारत सरकारको नीति होइन । बीजेपी र हिन्दूवादी संगठनहरुको लाइन हो ।
त्यसो भए भारत सरकार त्यो दिशामा अगाडी बढ़ने त छैन नि ?
 बढ्दैन । मैले भनिरहेकै छु की भारत सरकार को त्यस्तो कुनै नीति नै छैन ।
नेपालबाट भारतले र भारतबाट नेपालले के अपेक्षा राखेका छन् ?
भारतले नेपाल शान्त रहोस्, प्रगति गरोस् र सामरिक दृष्टिकोणले यस्तो कुनै काम नगरोस् जसले भारतको सुरक्षामा कुनै खतरा होस् । नेपाल भारतबाट यो चाहन्छ की उसको अधिकार, बिकासमा भारतले मद्दत गरोस् । नेपालको राजनीतिक अक्षुणतालाइ सम्मान गरोस् ।  यही कुरा दुबै देशले एक अर्कासँग अपेक्षा राखेका छन् । अब हुन्छ के भने दुबै देश आआफ्नो स्वार्थमा अगाडी बढ्दा दुबैका आकांक्षा पूरा हुन सकिरहेको छैन ।
नेपालमा चीनको स्वार्थ के हो ?
चीनको स्वार्थ मात्र नेपालमा छैन, पूरै दक्षिण एशियामा छ । त्यसको लागि फेरी अर्को दिन कुरा गरौंला  । नेपाल भन्दा दशौैं गुना बढ़ी उसको पाकिस्तानमा इन्टूेस्ट छ । अपÞm्गÞानिस्तानमा छ । तपाई यदि त्यसको इन्टूेस्ट नेपालमा मात्रै छ भनेर सोच्नु हुन्छ भने त्यस्तो छैन । ऊ पूरा दक्षिण एशियामा आफ्नो प्रभाव बढाउन चाहन्छ । दक्षिण एशियामै ऊ आफ्नो आर्थिक र सामरिक जड गाड्न चाहन्छ ।




२०७४ आसिन १५ गते आईतबार

No comments:

Post a Comment