Tuesday, November 7, 2017

क्षिरेश्वरनाथ नगरपालिकामा कांग्रेस

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम.................
धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसका योगेन्द्र पजियार मेयर पदमा निर्वाचित भएका छन् । पजियारले ५ हजार ८ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका सुखदेव यादवले ३ हजार ३ सय ५ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका हरिनारायण यादवले २ हजार ५ सय ९२, राजपा नेपालका जयकुमार राउतले १ हजार ८ सय ४५ मत प्राप्त गरेका छन् ।
त्यसैगरी उपमेयरमा पनि नेपाली कांग्रेसकै रचना श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ५ हजार ७ सय १ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी यशोधा कुमारीले ३ हजार ३ सय ४५, राजपा नेपालकी ममता कुमारी चौधरीले २ हजार ४ सय ४ र नेकपा माओवादी केन्द्रकी रामकुमारी महतोले ५ सय ६९ मत प्राप्त गरेका छन् ।
क्षिरेश्वरनाथ नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका लालबाबु यादवले ७ सय ५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका दिनेश कुमार यादवले ३ सय ५७ र नेकपा एमालेका रामप्रयाग यादवले २ सय ६२ मत प्राप्त गरेका थिए । वडा नं. २ मा नेकपा एमालेका श्याम किशोर यादवले ३ सय ५० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका देवु यादवले ३ सय ३६ र नेपाली कांग्रेसका अख्तर अन्सारीले २ सय १ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा नेपाली कांग्रेसका अमर किशोर सिंहले ५ सय २६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका बेचन साह कलवारले २ सय ६१ र नेकपा माओवादी केन्द्रका मोहम्मद अयुव अजमेरी राईनले ८४ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा नेपाली कांग्रेसका जगदीश यादवले ५ सय २२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजकिशोर महराले २ सय ९७ र राजपा नेपालका जितेन्द्र राय दनुवारले २ सय ५० मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा नेपाली कांग्रेसका जिवछ मण्डलले ५ सय ९८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कमल किशोर चौधरीले ३ सय ६२ र स्वतन्त्रका राजनारायण प्रसाद साहले ३ सय ४३ मत प्राप्त गरेका थिए ।  वडा नं. ६ मा नेपाली कांग्रेसका मान बहादुर श्रेष्ठले ४ सय ९० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका विनोद प्रसाद गुप्ताले ४ सय ७६ र नेकपा एमालेका फिरन सिंह दनुवारले २ सय २० मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा नेकपा एमालेका रामकृष्ण यादवले ५ सय ८२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मुवारक कवारीले ५ सय १५ र राजपा नेपालका रामदेव महतोले ७८ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा नेपाली कांग्रेसका अशेश्वर महतोले ८ सय ८५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका सुर्यदेव महतोले ७ सय २५ र नेकपा एमालेका रामलखन महतोले २ सय ३७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ९ मा नेपाली कांग्रेसका अशोक कुमार चौधरीले ३ सय ९७ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राजपा नेपालका राम एकवाल चौधरीले ४ सय ४६ र नेकपा एमालेका अबध किशोर यादवले ३ सय ९७ मत प्राप्त गरेका थिए । वडा नं. १० मा स्वतन्त्रबाट रामपदारथ यादवले ६ सय २५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विल्टु साह सुडीले ४ सय ३४ र नेपाली कांग्रेसका रामजिवन यादवले १ सय ३२ मत प्राप्त गरेका थिए ।



२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment