Tuesday, November 7, 2017

गणेशमान चारनाथ नगरपालिकामा फोरम

द एक्सक्लुसिभ समाचारदाता
जनकपुरधाम................
धनुषाको गणेशमान चारनाथ नगरपालिकामा संघीय समाजवादी फोरम नेपालका रामबाबु यादव मेयरमा निर्वाचित भएका छन् । यादवले ३ हजार  १ सय २७ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दुर्गाबहादुर मल्ल ठकुरीले २ हजार ५ सय ६१ मत प्राप्त गरेका थिए । त्यसैगरी नेपाली कांग्रेसका संजय कुमार महतोले १ हजार ८ सय १५, राष्ट्रिय जनमुक्तिका पुरुषोत्तम लामाले १ हजार ३ सय ६३, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूरुषोत्तम बहादुर सापकोटाले १ हजार १ सय ३९ र स्वतन्त्र उम्मेदवार रामचलितर यादवले १ हजार १ सय ७२ मत प्राप्त गरेका थिए ।
गणेशमान चारनाथ नगरपालिकाको उपमेयरमा नेकपा माओवादी केन्द्रकी मिना कुमारी यादव २ हजार ६ सय १० मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालकी निशा मोक्तानले २ हजार ४ सय ८६, नेपाली कांग्रेसकी तुल्सा कुमारी पाण्डे १ हजार ९ सय ७६, राष्ट्रिय जनमुक्ति पार्टीकी उर्मिला देवी पासमानले १ हजार ३ सय ९१ र राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती देवी यादवले १ हजार १८ मत प्राप्त गरेका थिए ।
उक्त नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका रामसुक यादवले ३ सय ९२ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र रामदेव यादवले ३ सय ३८ र राष्ट्रिय जनमुक्ति पार्टीका हेमबहादुर थापा मगरले २ सय ४ मत प्राप्त गरेका थिए । वडा नं. २ मा नेकपा माओवादी केन्द्रका रामचलितर महतोले ३ सय ५६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका कामेश्वर यादवले ३ सय १५ र नेपाली कांग्रेसका सुरेश लामा मोक्तानले १ सय ९८ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ३ मा संघीय समाजवादी फोरम नेपालका सोनेलाल यादवले ३ सय १३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्र महेश लाल यादवले २ सय ८३ र नेपाली कांग्रेसका बेचन प्रसाद यादवले २ सय ७७ मत प्राप्त गरेका थिए । वडा नं. ४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका सोमबहादुर आले मगरले ३ सय ३० मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरमका हल्खोरी धनखोरी यादवले २ सय ७ र नेपाली कांग्रेसका मोहम्मद सज्जाद आलम लहेरीले १ सय ८० मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ५ मा राष्ट्रिय जनमुक्ति पार्टीका जयचन्द्र भट्टराईले ३ सय ९४ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका विनोद कुमार साहले २ सय ८४ र नेपाली कांग्रेसका भोला प्रसाद उपाध्यायले २ सय ६१ मत प्राप्त गरेका थिए । वडा नं. ६ मा नेकपा एमालेका रंजित कुमार साहले २ सय ५३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजकुमार साहले १ सय ६४ र नेकपा माओवादी केन्द्रका कृष्ण राउतले १ सय ३१ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ७ मा स्वतन्त्रबाट टिकाबहादुर मगरले ३ सय ५३ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमुक्ति पार्टीका सिता कुमारी कार्कीले १ सय ९९ र संघीय समाजवादी फोरमका मोती लाल साहले १ सय ६३ मत प्राप्त गरेका थिए । वडा नं. ८ मा राष्ट्रिय जनमुक्ति पार्टीका गणेश कुमार सिंहले ३ सय ८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रबाट भरत बहादुर कार्कीले २ सय ७५ र माओवादी केन्द्रका लक्ष्मण दास तत्माले १ सय २७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ९ मा माओवादी केन्द्रका दयाराम यादवले ५ सय ६५ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका राम एकवाल यादवले ४ सय ६७ र नेपाली कांग्रेसका श्रीकृष्ण यादवले २ सय ६ मत प्राप्त गरेका थिए । वडा नं. १० मा नेपाली कांग्रेसका राजलाल यादवले ४ सय ४८ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका जिवछ यादवले ३ सय १५ र संघीय समाजवादी फोरम नेपालका जिवछ यादवले ३ सय १५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी वडा नं. ११ मा नेकपा माओवादी केन्द्रका सत्यनारायण कुमार दनुवारले २ सय ६ मत प्राप्त गरी वडा अध्यक्षमा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विन्देश्वर राउत अमातले १ सय २९ र संघीय समाजवादी फोरम नेपालका जयकुमार यादवले ९४ मत प्राप्त गरेका थिए ।


२०७४  आसिन ०८ गते  आईतवार

No comments:

Post a Comment