Tuesday, November 7, 2017

सर्लाहीमा पनि चुनावी घमाशान

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
अगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको लागि सलाहीमा बिहीबार मनोनयन दर्ताको काम सम्पन्न भएको छ। सर्लाहीको ४ निर्वाचन क्षेत्र र ८ प्रदेश क्षेत्रको मनोनयन दर्ताको काम सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ  । क्षेत्र १ को प्रतिनिधिसभाका लागि वाम गठबन्धबाट एमालेका नेता ूुव गौतमले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट शम्भुलाल श्रेष्ठ र राजपा फोरम गठबन्धबाट राजपाका प्रमोद साहले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका श्रेष्ठ माओवादी केन्द्र परित्याग गरि कांग्रेसमा प्रवेश गरेका हुन् ।
क्षेत्र २ बाट कांग्रेस जंगीलाल रायले उम्मेदवारी दर्ता गराएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । वाम गठबन्धबाट दिनेश यादवले उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट उम्मेदवारी दिएका जंगीलाल राजपाका महामन्त्री पद त्याग गरी कांग्रेसमा प्रवेश गरेका हुन् । वाम गठबन्धका उम्मेदवार दिनेश राजपा सर्लाहीका अध्यक्ष मण्डलका सदस्य पद परित्याग गरी माओवादीमा प्रवेश गरेका हुन् ।
क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका हरेश महतोले उम्मेदवारी दर्ता गराएका छन् । वाम गठबन्धका तर्फबाट माओवादी केन्द्रका रामेश्वर रायले उम्मेदवारी दिएका छन् । राजपा फोरम गठबन्धबाट फोरमका अशोक सिंह कोइरीले उम्मेदवारी दिएका छन् । रामेश्वर फोरम लोकतान्त्रिक परित्याग गरी माओवादीमा प्रवेश गरेका नेता हुन् ।क्षेत्र ४ बाट नेपाली कांग्रेसका अमरेशकुमार सिंहले उम्मेदवारी दिएका छन् । बाम गठबन्धनबाट माओवादी केन्द्रका शिव पूजन रायले उम्मेदवारी दिएका छन् । राजपा फोरम गठबन्धनबाट राजपाका राकेश मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । वाम गठबन्धका उम्मेदवार शिव पूजन राजपाका केन्द्रीय सदस्य पद छोडी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
अन्तिम समयमा टिकट नपाएपछि वाम गठबन्धन र राजपा फोरम गठबन्धका नेताहरुले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । माओवादी केन्द्रका केदार खत्रीले क्षेत्र ३ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । लालबहादुर माझी मनिषले क्षेत्र १ को (क) बाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका हुन् । खत्री र माझी दुबै माओवादी केन्द्रका नेता हुन् ।
राजपाका संजय रौनियार पार्टीबाट टिकट नपाएपछि अन्तिम समयमा नयाँ शक्ति पार्टीबाट क्षेत्र २ को (ख) बाट प्रदेश सभाका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रदेश सभाका लागि क्षेत्र १ बाट नेपाली कांग्रेसका लागि (क) बाट मनोज चौधरी र (ख) बाट शेष सहदुल्लाहले उम्मेदवारी दर्ता गराएका छन् । एमालेको (क) रामचन्द्र कुशवाह (माके) (ख) बाट बाट बेची लुंगेली (एमाले) र राजपा फोरम गठबन्धबाट (क) बाट उपेन्द्र महतो (राजपा) (ख) बाट रामऔतार महतो (राजपा) ले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र २ बाट कांग्रेसको लागि (क) विनोद साह (ख) बाट नागेन्द्र प्रसाद रायले उम्मेदवारी दर्ता गराएका छन् । राजपा फोरम गठबन्धनको लागि (क) बाट गौरी साह (राजपा) र (ख) बाट अशोक यादव (फोरम) बाट उम्मेदवारी दिएका छन् । बाम गठबन्धनबाट (क) को राजकुमार राय र (ख) बाट पंकज चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र ३ बाट कांग्रेसको लागि (क) बाट कपिलमुनी मैनाली र (ख) बाट कृष्णदेव यादवले उम्मेदवारी दिएका छन् । बाम गठबन्धनको लागि (क) बाट डिल्लीप्रसाद उप्रेती (एमाले) र (ख) बाट रामबाबु सिंह कुशवाहाले उम्मेदवारी दर्ता गराएका छन् । राजपा फोरम गठबन्धको लागि (ख) बाट संजय यादवले उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र ४ बाट कांग्रेसको लागि (क) बाट वीरेन्द्रप्रसाद सिंह र (ख) बाट उपेन्द्र कुशवाहाले उम्मेदवारी दिएका छन् । राजपा फोरम गठबन्धका लागि (क) बाट रामबाबु राय र (ख) बाट केदार नन्दन चौधरीले उम्मेदवारी दिएका छन् ।


२०७४ कार्तिक १९ गते आईतबार

No comments:

Post a Comment