Wednesday, December 16, 2015

लाखौं मजदुर बेरोजगार

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

तीन महिनादेखि जारी मधेस आन्दोलन र ५६ दिनदेखिको भारतीय नाकाबन्दीले करिब १० लाख नेपालीहरु बेरोजगार बनेका छन् । रोजीरोटी गुमाउनेमध्ये ८० प्रतिशतभन्दा बढी दैनिक ज्यालादारीमा काम गर्ने मजदुर छन् । उद्योग, यातायात, व्यापार, शिक्षा, पर्यटन, कृषि, उर्जा र अन्य क्षेत्रमा काम गर्ने लाखौं मजदुरहरु बेरोजगार भएका हुन् ।
‘कर्मचारीहरुले त दुःख(सुखले तलब पाइरहेका छन् तर दैनिक ज्यालादारी गरी हातमुख जोड्ने श्रमिक चरम मारमा परेका छन,’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भने । अध्यक्ष मुरारकाका अनुसार उद्योग क्षेत्रमा मात्रै ४ लाखको रोजिरोटी गुमेको छ । यातायात क्षेत्रमा ६ लाख, पर्यटनमा दुई लाख शिक्षामा डेढ लाख र जलविद्युतमा २० हजार मानिसको रोजगारी गुमेको छ ।
‘तराईका उद्योग तीन महिनादेखि चलेका छैनन, इन्धन संकटका कारण डेढ महिनादेखि पहाडका उद्योगहरु पनि सञ्चालन हुन सकेका छैनन् ।’ मुरारकाले भने( ‘जसका कारण प्रत्यक्षरुपमा ४ लाख र अप्रत्यक्षरुपमा लाखौंको रोजीरोटी गुमेको छ ।’ काम गरेर खान पाउने श्रमजीबीको अधिकार हनन गर्नु अपराध भएको बताउँदै बार्तामार्फत समस्याको समाधान खोज्न सरकार र मधेसी मोर्चाका नेताहरुलाई मुरारकाको आग्रह छ । ‘देश र जनताका लागि राजनीति गरिएको हो, भने किन देश र जनतालाई नै चरम दुख दिइँदै छ ?’ उनले प्रश्न गरे ।
यातायातमा ६ लाख बेरोजगार
बन्द र इन्धन अभावका कारण यातायात क्षेत्रमामात्रै ६ लाखभन्दा बढी लाखभन्दा बढीले प्रत्यक्षरुपमा रोजीरोटी गुमेको रोजगारी गुमाएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए ।
    ‘यातायात क्षेत्रमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४० लाख रोजगार छन, जसमा डूाइभर मात्रै ६ लाख छन् ।’ सिटौलाले भने( जसमध्ये प्रत्यक्षरुमा १० लाखको रोजीरोटी गुमेको हाम्रो आँकलन छ । यातायात लाइनमा काम गर्ने कर्मचारीहरुको तलबभन्दा भत्ता बढी हुने भएकाले दसौं लाखलाई हातमुख जोड्नै समस्या परेको उनले बताए । त्यस्तै यस क्षेत्रमा काम गर्ने ज्यालादारी मजदुरले गाडी चलेका दिनको मात्रै पैसा पाउने भएकाले परिस्थिति भयावह बन्दै गएको उनले गुनासो गरे ।
उद्योगमा ४ लाख बेरोजगार
उद्योग वाणिज्य महासंघका अध्यक्ष मुरारकाका अनुसार बन्द र इनधन अभावका कारण देशभरका उद्योगमा कार्यरत ४ लाख मजदुरको प्रत्यक्ष रोजीरोटी गुमाएका छन् । ‘देशभर २२ सयभन्दा बढीउद्योग ३ महिनादेखि ठप्प छन्, जसमा काम गर्ने ३ लाख बढीको रोजीरोटी पनि गुमेको छ ।’मुरारकाले भने( ज्यालादारीमा काम गर्नेले उद्योग चलेन काम र ज्याला पाउने हो ।’ उद्योग बन्द हुँदा अप्रत्यक्षरुपमा लाखौंको रोजीरोटी गुमेको उनले बताए ।
पर्यटनमा २ लाख
पर्यटन क्षेत्रले प्रत्यक्ष करिब ५ लाखलाई रोजगारी दिएको छ । कूल रोजगारमध्ये ४० प्रतिशत अहिले रोजिरोटी गुमाएको होटल एसोसिएसन अफ नेपालका प्रमुख कार्यकारी अधिकृत प्रबेस अर्यालले जानकारी दिए । जसअनुसार यो क्षेत्रमा कार्यरत २ लाखको रोजिरोटी गुमेको छ । ‘पर्यटन क्षेत्रले अप्रत्यक्ष रुपमा त ठूलो संख्यामा रोजगारीको सिर्जना गरेको छ । त्यसबाट पनि लाखौं श्रमिकहरुको रोजिरोटी गुमेको छ ।’ अर्यालले भने । सरकारी तथ्यांअनुसार एक जना विदेशी पर्यटक नेपाल आउँदा प्रत्यक्ष र अप्रत्यक्ष गरी १२ जनाले रोजगारी पाउने उल्लेख छ । मधेस आन्दोलनसँगै नेपाल आउने पर्यटकहरुको संख्यामा भारी गिरावट आएको छ ।
शिक्षामा डेढ लाख
जारी बन्दले शिक्षा क्षेत्रमा डेढ लाख बढीको रोजिरोटी गुमेको हिसानका अध्यक्ष उमेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार निजी क्षेत्रका विद्यालयमा देशभर डेढ लाख कर्मचारी छन भने प्लस टूमा ५० हजार र त्योभन्दा माथिल्लोस्तरमा ३० हजारले रोजगारी पाएका छन् । ‘अहिले देशभरका ७० प्रतिशतभन्दा बढी निजी विद्यालयहरु बन्द छन् । जसअनुसार यो क्षेत्रमा डेढ लाखभन्दा बढीको रोजिरोटी गुमेको छ ।’ श्रेष्ठले भने ।
व्यापार–व्यवसायमा पनि लाखौं
इन्धन र ग्याँसको अभमावका कारण चियापसल देखि ठूला होटलसम्म पूर्णरुपमा सेवा दिन सक्ने अवस्थामा छैनन् । त्यस्तै आयात प्रभावित हुँदा पनि देशभर गरी हजारौं व्यापारीहरुले पसल बन्द गरेको चेम्बर अफ कमर्शका एक अधिकारीले बताए । यी क्षेत्रमा पनि डेढ लाख बढीको रोजीरोटी गुमेको चेम्बरका अधिकारीहरु बताउँछन् ।
जलविद्युतमा २० हजार
त्यसैगरी, हाइडूोपावर क्षेत्रमा धेरै २० हजारभन्दा बढीको रोजिरोटी गुमेको छ । हाल तीन दर्जन जलविद्युत आयोजनाहरु निमार्णधीन अवस्थामा छन । एक जलविद्युत आयोजनामा औषतमा ५ सय बढीले रोजगारी पाउने गरेको जलस्रोत विद ज्ञानेन्द्रलाल प्रधानले जानकारी दिए ।
कृषिमा पनि हजारौं
बन्द र नाकाबन्दीका कारण किसानले समयमा मल तथा विउ नपाउँदा उत्पादनमा ठूलो क्षति हुने कृषि मन्त्रालयको प्रारम्भिक अनुमान छ । तर त्यसको तुलनामा कृषि क्षेत्रमा कार्यरत श्रमिकहरुको रोजिरोटी भने कम मात्रामा गुमेको कृषि मन्त्रालयका अधिकारीहरु बताउँछन् । ‘खासगरी व्यावसायिक कृषि र्फममा काम गर्ने दशौं हजार ज्यालादारीको रोजीरोटी गुमेको हाम्रो अनुमान छ’ मन्त्रालयका एक अधिकारीले भने( तर, बिउ र मल उत्पादन नहुँदा यो वर्ष धानको उत्पादनमा १२.७ प्रतिशत र गहुँको उत्पादनमा ३० प्रतिशतले गिरावट आउने प्रारम्भिक अनुमान छ । मन्त्रालयका अनुसार कृषि क्षेत्रमा दैनिक ८३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भइरहेको छ ।


२०७२ मंसिर ०६ गते आईतबार

No comments:

Post a Comment