Wednesday, December 16, 2015

सरकार र राष्ट्रिय सञ्चारमाध्यम ‘साम्प्रदायिक’ :शैलेन्द्र महतो ‘क्रान्ति’

शैलेन्द्र महतो ‘क्रान्ति’ 
सरकार र राष्टिूय सञ्चार माध्यमहरु सम्प्रदायिक हुन् । यो कुरा विगत तीन महिनाभन्दा बढीसमयदेखि तराईमधेशमा भईरहेको आन्दोलनका क्रममा सरकारले देखाएको रबैया र काठमाण्डौका राष्टिूय भनिने समाचार माध्यमहरुमा मधेस आन्दोलनले नपाएको स्पेसले पनि पुष्टि भईसकको छ । सानतिनो घट्नालाई उछालेर निर्दोष मधेशीहरुको हत्या गराउने तिनै राष्टिूय सञ्चार माध्यमहरु छन् भने आफ्नै देशका निर्दोष जनतालाई आतंककारी जस्तो मार्ने तिनै राज्य हुन् ।
मधेशी जनताको अस्तित्व स्वीकार्न कदाचित पनि तयार छैनन् । ज्यादतीको पनि सिमा हुन्छ । तर सरकार र राष्टिूय सञ्चार माध्यमले ज्यादतीको पराकाष्ठा नै पार गरिसकेका छन् । केहि प्रहरीको हत्या हुँदा , एम्बुलेन्समा तोडफोड हुँदा कडा रुपमा दश दिनसम्म समाचारलाई विस्तार गर्ने मिडियाले खेलिरहेका निर्दोष बच्चा , घरको छतमा सुतेका निर्दोष नागरिक , मन्दिर गएका निर्दोष महिला , पढ्न गएका निर्दोष बालक , बजार गएका निर्दोष वृद्धको प्रहरीले बरबरर्तापूर्वक टाउको , छातीमा गोली प्रहार गरेर हत्या गर्दा किन त्यहाँ राष्टिूय सञ्चार माध्यमहरुको आंखा पुगेन ? र बोका बाख्रा मरेजस्तो दुई लाईनको समाचार बनाएर झडपमा मृत्यु भनेर लेख्यो । के मिडिया को यहि धर्म हो ? यहि हो सत्य तथ्य रिपोर्टिंग ? यहि हो आचारसंहिता ? यहि हो मर्यादा ? यहि हो स्वच्छता एवं निष्पक्षता ? कहाँ छन् अनुगमन गर्ने निकाय ?
प्रहरीको हत्याको घट्ना , एम्बुलेन्समा तोडफोड भएको घट्नाको लम्बा बखान गर्न मेडियाले ती निर्दोषहरुको हत्या हुँदा किन गम्भीरतासाथ लिएन ? गलत कार्य कुनै पनि किन नहोस् यस्तो घटनामा संलग्नहरुलाई कानुनी काठघरामा उभ्याएर दण्डित गर्नु पर्छ । चाहे त्यो प्रहरीको हत्या होस् वा एम्बुलेन्स तोडफोड अथवा कुनै । तर निर्दोष जनताको हत्या हुँदा राष्टिूय मिडिया किन मौन ?
आखिर काठमाण्डौमा आन्दोलन हुँदा त्यहाँ पानीको फोहरा दिने सकारले तराईमा आफ्नो अधिकारको लागि शान्तिपूर्ण आन्दोलनमा उत्रेका मेधेशीहरुलाई किन आतंककारी जस्तै कायरतापूर्ण तरिकाले हत्या गरिरहेका छन् ? र विभिन्न बहाना लगाउँछन् । के आन्दोलनकारीहरु हतियार बोकेर आन्दोलनमा आएका थिए , विखण्डनकारी हुन् ? आतंक कारी हुन् ? हो यो आन्दोन हो । कतै काँही गलत पनि भएको होला । तर यसको जिम्मेबार को ? हो आन्दोलनकारीमाथि गोली प्रहार भयो ।  तर घरको छतमा सुतेका व्यक्ति , स्कुल पढ्न गएका विद्यार्थी , बजार गएका वृद्ध , मन्दिर गएकी महिला , खेलि रहेका बालकको के दोष थियो ? कि उनीहरुमाथि गोली प्रहार गरेर हत्या गरियो ? छ प्रशनको जवाफ सरकार वा राष्टिूय मिडियासंग ?
गलत तथा अनुचित क्रियाकलापको समाधान गर्नु सरकारको दायित्व हो । र, यसलाई समाधान गर्न आम सबै सचेत नागरिकहरुले सघाउनु पर्छ । तर जहाँ नागरिक नै आन्दोलित छन् । त्यहाँ गोली प्रहार गरेर , दमन गरेर समस्या समाधान हुन्छ की वार्ता र सम्बादको मार्फतले हुन्छ । यसलाई निकस दिने कसले ? यो लामो आन्दोलन जन आन्दोलनमा परिणत भईसकेको छ । शुरु शुरुमा राज्य पक्षको वेवास्ता र केहि नेताहरुको मनसनकीको कारणले यति लामो आन्दोलन भयो ।
यो आन्दोलनले स्वाभाविक रुपमा उठान गरेको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र संघीय मधेशी मोर्चाले हो तर अव यो आन्दोलन जन आन्दोलनमा परिणत भईसकेको छ । यो नत आन्दोलनरत्त पक्षको नियन्त्रणमा छ नत राज्यको । विभिन्न ठाउँमा आन्दोलनकारी भनेर आन्दोलनलाई मत्थर र बद्नाम गराउन विभिन्न षड्यन्त्र र गलत अनुचित क्रियाकलाप भईरहेको छ । यसको जिम्मेवार को त ? आजसम्म यो सस्याको समाधानको साटो केहि नेताहरुले विष ओकलि रहेका छन् । झनै मधेशलाई उस्काउने कुचेष्टा गरिरहेका छन् । लामो आन्दोलनले निकास नपाउँदा दिनप्रतिदिन समस्या जटिल बन्दै छ । विभिन्न समस्याहरुले जनता झनै आक्रोसित बन्दै छन् । आफ्नै देशका नागरिकलाई अनुहार हेरेर विदेशी जस्तो पनि नभएर आतंककारी जस्तो शैलीमा प्रस्तुत भएर दिनप्रतिदिन हत्या हुँदा जहाँ पनि ठुलो समस्या उत्पन्न हुनु स्वभाविक हो ।  
अहिलेसम्म आन्दोलन साम्प्रदायिक थिएन । हतियार उठेको थिएन । तर सरकार मधेश आन्दोलनलाई कम्जोर पार्न जनतालाई हतियार उठाएर आन्दोलन हिंस्रक बनाउन लागि परेका छन् । पहाडी र मधेशी जनताबीच आफसी सद्भाव विगार्न उस्काई रहेका छन् । तर वास्तविक नेपाली जानताले यो कुरा कदाचित पनि स्वीकार्दैन । यो २०६२ ÷०६३ को मधेश आन्दोलन होईन । त्यो बेला २७ दिने आन्दोलनमा पहाडी र मधेशी समुदायबीच थुप्रै ठाउँमा अप्रिय घटना भएको थियो । तर आज आन्दोलन एक सय ४ दिन हुँदा पनि पहाडी र मधेशी समुदायबीच अगाढ प्रगाढ आपसी सम्बन्ध बरकरार छ । किन भने सबैलाई थहा छ यो आन्दोलन मधेशी र पहाडी समुदाय बीचको हैन । यो राज्य पक्ष र तराई मधेशको जनता बीचको हो । तराईमा मधेशमा बसोबास गर्ने कुनैपनि समुदायका व्यक्तिहरु सबै मधेशी हुन् । यहाँको विकास हुँदा लाभ यहाँ बसोबास गर्ने सबैलाई हुने हो । तर सकरकार र राष्टिूय मिडियाहरुले आन्दोलनलाई हिंस्रक बनाउन र मधेशी एवं पहाडी समुदाय बीचको सद्भाव विगारेर अन्तरष्टिूय स्तरमा बद्नाम गराउन विभिन्न षड्यन्त्र गरिरहेका छन् । उनीहरु समाधानको साटो मधेशी जनतामाथि झनै दमन गरेर बन्दुक र मेडियाको बलमा मधेशी जनतालाई दवाएर सरनार्थी एवं गुलामी एवं शासित जिवन जिउन बाध्य बनाउने कुचेष्टा गरिरहेका छन् । तर यो याद गर्दा हुन्छ की जति नै दमन हुँदा पनि मधेशी जनता हाँसी हाँसी ज्यानको बली दिन तयार छ , आत्म हत्या गर्न तयार छ तर कुनै पनि हालतमा आत्म समर्पन गर्दैन ।
केहिले भनि रहेका छन् । यो आन्दोलन केहि उरण्ठाउने र केही दुई चार सय आगन्तुक नेपालीहरुले गरिरहेका छन् । यो सोँच्नेलाई मेरो चुनौती छ कि आएर प्रतिकार जुलुस गरोस् । एक दुई दिनको आन्दोलनमा जनताले प्रतिकार गर्ने थुप्रै उदाहरुणहरु छन् । तर जारी मधेश आन्दोलनको  आज एक सय चार दिन हुँदा पनि किन कसैले प्रतिकार गरेन । यसले प्रष्ट हुन्छ यो आन्दोलनमा आम तराईबासीको समर्थन छ ।
राष्टिूय सञ्चार माध्यमहरुको भूमिक हेर्दा यस्तो लागि रहेको छ की । ती मिडियाहरु कुनै एक पक्षको वकालत गर्ने कुनै पार्टीको अघोषित मुख पत्र हुन् । त्यस्तै सरकार पनि उस्तै । अफ्नै मधेशी जनतालई जनता मान्न कदाचित तयार छैनन् । उनीहरुको जायज माग सम्बोधन गर्न कुनै पनि हालतमा स्वीका नगर्ने मनस्थितिमा छन् । सरकार र राष्टिूय सञ्चार माध्यमको गैर जिम्मेवारीको परिणमा हो यति लामो आन्दोलन । यति ठुलो क्षति , भोकमरी , हाहाकार , दुःख पिडा आदि । 
नेपालका वुद्धिजिवी वर्ग खगेन्द्र संग्रौला , किसोर नेपाल, बाबुबार भट्टराई जस्ता औंलामा मात्र गनिन सकिने बाबुद्धिजिवीहरुले तरई मधेशमा भईरहेको आन्दोलनको माग जायज हो । सरकारले बार्ता र संवादको मार्फतबाट समस्यालाई चाँडै समाधान गर्नु पर्छ भन्दा पनि । समाधानको साटो आन्दोलनाई सकरात्मक दृष्टिबाट हेरेर उसको पक्षममा बोल्नेहरुलाई विखण्डकारी , अराष्ट्रवादीको संज्ञा दिने गरिएको छ । उनीहरुले भविष्यवाणी पनि गरिसकेका छन् । यो समस्यालाई जति चाँडो समाधान गरे त्यति राम्रो । हैन भने  भोली आन्दोलनको माग फेरिन सक्छ । आज थोरै छलफल र सहकार्यबाट समाधान हुने समस्या भोली गएर झनै जटिल हुने छ । देशले ठुलै क्षति वेहोर्ने छ । यसको जिम्मेवार सरकार हुन्छ । त्यसैले अहिले पनि राजनेताहरुको चेत खुलोस् आफ्नो नागरिकलाई दमन र हत्या गरि समस्या समाधान हुदैन । वार्ता र संवादबाट हुन्छ । त्यसले राष्ट्रिय सञ्चारमाध्यम र सरकार आफ्नो मर्यादा भित्र रहोस् । जिम्मेवार बनोस् । देश र जनताको क्षतिले कसैको हित हुदैन ।


२०७२ मंसिर १३ गते आईतबार

No comments:

Post a Comment