Wednesday, December 16, 2015

मोर्चाको रणनीति ‘राजमार्ग ठप्प’


आन्दोलनको रणनीति तय गर्न ४ मंसिरमा 
जनकपुरमा बसेको बैठकमा सहभागी धनुषा, महोत्तरी,
 सिरहा र सर्लाहीका मोर्चाका नेताहरु ।
अजय अनुरागी
जनकपुरधाम............

सरकार पक्ष र प्रमुख राजनीतिक दलहरु सम्मिलित समिति सँग गरिएको बार्ता पनि परिणाममुखि हुन नसकेपछि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनलाई झ्न सशक्त र कडा बनाउँदै लगेको छ । खास गरेर छठ पर्व सकिए लगत्तै मधेसी मोर्चाले आन्दोलनलाई राजमार्ग अवरोध गर्ने तथा जारी नाकाबन्दीलाई झन् कडा बनाउँदै जाने रणनीति अख्तियार गरेको पाइन्छ । हुन त विद्यालय र कलेजहरु विहान ११ बजे सम्म संचालन हुन दिने र औषधि तथा औषधि जन्य उपकरणहरुलाई विराटनगर नाकाबाट भित्रिन दिने निर्णय गरेर मोर्चा मानविय संवेदना प्रति संवेदनशिल भएको संदेश दिन खोजे पनि आन्दोलनका अन्य कार्यक्रमहरुलाई यथावत राख्दै थप सशक्त पारेको छ । मोर्चाले गत साउन ३१ गते देखि थालेको आन्दोलन ७ मंसिरमा १ सय दिन पुरा गर्दैछ । ६ गते गाउँ गाउँमा मसाल जुलुस तथा ७ गते विरोध कार्यक्रम सके लगत्तै ८ मंसिर देखि मोर्चाले आफ्नो पुरा तागत काठमाण्डौ जोड्ने पुर्व पश्चिम महेन्द्र राजमार्गमा खर्चिने भएको छ । त्यसको लागि उसले मधेसका विभिन्न पायक पर्ने ४÷५ वटा जिल्लाहरुलाई समेटेर एकिकृत रुपमा कार्यक्रम गर्ने तय गरेको छ ।
धनुषाले ढल्केवर जाम गर्ने
मोर्चाको धनुषाका नेता तथा कार्यकर्ताहरुले पुर्व पश्चिम महेन्द्र राजमार्ग जोड्ने सडक ढल्केवरमा संघर्षको केन्द्र विन्दु बनाएका छन् । हुन त ढल्केवरमा यस अघि पनि मोर्चाले प्रारम्भमा केही शक्ति देखाएपनि सवारी साधनहरुलाई गनत्व्यसम्म पुग्नबाट भने पुर्णरुपमा रोक्न सफलता प्राप्त गर्न सकेको छैन । यद्यपि त्यहाँका स्थानीय स्तरका मोर्चाका कार्यकर्ताहरुको केही जमातले भने प्रायः जसो हरेक दिन रात्रि कालिन बसहरुमा ढुङ्गामुढा प्रहार गरेर सवारी साधनहरुलाई क्षतिग्रस्त गर्दै आएको छ । तर, सुरक्षाकर्मीहरुको स्कर्टिङमा भने प्रत्येक दिन पुर्वबाट आउने गाडीहरु काठमाण्डौ प्रस्थान गर्ने गरेको पाइन्छ । त्यहाँको आन्दोलनको नेतृत्व गरिरहेको संघीय समाजवादी फोरम नेपाल धनुषाका उपाध्यक्ष चन्देश्वर महत्तो भन्छन,“ हामीले नियमित रुपमा संघर्ष गर्दै आएका छौं । तिहारकै दिन करिब ३० वटा सवारी साधनहरुमाथि ढुङ्गा मुढा गरेर क्षतिग्रस्त पार्यौं । हामीले नै प्रहार गरेको ढुङ्गाबाट एक जना सवारी चालकको ज्यान गएको थियो । तर पनि सुरक्षाकर्मीहरुको स्कर्टिङ र क्षति हुँदा हुँदै पनि बस संचालकहरु जवरजस्ती काठमाण्डौ लगिरहेका छन् ।” सुरुका दिनमा ढल्केवरमा प्रदर्शनकारीहरुको संख्या कम रहेपनि अब भने ढल्केवर वरिपरीका पुष्पवलपुर, हरिहरपुर, बेंगाडावर लगायतका थुप्रै गाउँहरुका यूवाहरुको संख्या बढ्दै गएकाले ढल्केवरमा अब सवारी साधन चल्न नदिईने मोर्चाका नेता तथा कार्यकर्ताहरुले बताउँदै आएका छन् ।
चुनौति बन्दै बर्दिवास
महोत्तरी जिल्लाको बर्दिवास अहिले आन्दोलनको लागि सबैभन्दा ठुलो चुनौति बनेको छ । मधेसकै भु भागमा पर्ने बर्दिवासलाई आन्दोलनले रत्तिभर पनि छोएको छैन । राष्टिूय जनगणना २०६८ को तथ्याङ्क अनुसार बर्दिवासमा कुल २ हजार ७ सय १० घर धुरी रहेकोमा ६ हजार २ सय ७२ पुरुष र ६ हजार ३ सय १२ महिला गरी कुल १२ हजार ५ सय ८४ जनसंख्या रहेको छ । जसमध्ये करिब ६० प्रतिशत पहाडी समुदायका र ४० प्रतिशत मधेसी समुदायका मानिसहरु बसोवास गर्छन् । त्यही कारणले गर्दा त्यहाँ मधेसी समुदायहरु अल्पमतमा छन् र मधेस आन्दोलनका सवालमा त्यहाँ बसोवास गर्ने मधेसी समुदायले समेत संघर्षको कार्यक्रमहरु गर्न सकिरहेका छैनन् । खास गरेर त्यहाँ लगभग लगभग देशका हरेक जिल्लाहरुबाट आएका पर्वते समुदायहरुको बसोवास रहेको छ । तराई मधेस लोकतान्त्रिक पार्टी महोत्तरीका संयोजक अभिराम शर्माका अनुसार बर्दिवास महोत्तरी जिल्लाको क्षेत्र रहेपनि बर्दिवास महोत्तरीबाट नभएर सिधा काठमाण्डौबाट संचालित रहेको छ । शर्मा भन्छन,“ बर्दिवासमा कार्यक्रम गर्न गयो भने त्यहाँ साम्प्रदायिक मुठभेड हुने प्रवल खतरा रहेको छ । जसले मधेस आन्दोलनलाई कमजोर पार्ने छ । तसर्थ हामीले अहिलेसम्म बर्दिवासलाई कन्भिन्स मात्र गर्न खोजेका छौं । तर, अब हामी निकट भविष्यमै बर्दिवासलाई घेराबन्दी गर्ने छौं ।” हुन त सुरुमा बर्दिवास अगाडी हामीले केही बसमा ढुङ्गामुढा गरेर क्षतिग्रस्त गर्यो तर तिनीहरुले अज्ञात समुहको नाउमा ग्यारेजमा थन्काएर राखिएको मधेसी समुदायको ३ वटा बसमा आगजनी गरेर मधेसी समुदायलाई क्षति पुर्याउने काम गरेपछि हामी फिर्ता भएका थियौं भन्दै शर्मा भन्छन,“ बर्दिवासमा रहेका मधेसी समुदाय विगतमा हतोत्साहित मनस्थितमा रहेका कारण हामी व्याक भएका थियौं । तर, अब बर्दिवास वरपरका मधेसी बाहुल्य गाउँहरु किसान नगर, पशुपतिनगर, हातिलेट, लक्ष्मिनिया, गौशाला लगायतका दर्जनौं गाउँहरुमा समन्वय भईसकेको छ । र, बर्दिवासका मधेसी समुदाय पनि तयार रहेकाले अब बर्दिवास पुर्णतः ठप्प पारिने छ ।
हुन त बर्दिवासमा राष्टिूय मधेस समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष शरत सिंह भण्डारीको पनि घर डेरा रहेको छ । उक्त क्षेत्रबाट उनी चुनाव पनि लड्छन् । तर, त्यहाँबाट उनी पराजित भए र एमाओवादीका गिरीराज मणिपोखरेल निर्वाचित भए । त्यसकारण भण्डारी माथि पनि बर्दिवास बन्द गराउन नसकेको आरोप लाग्ने गरेको छ । भण्डारी भन्छन,“ बर्दिवासमा मेरो पकड छैन । त्यहाँबाट मलाई ५ सय मत मात्र प्राप्त भएको थियो । त्यहाँ पहाडबाट आएका खस बाहुनहरुको बाहुल्यता छ । उनीहरुले तय गर्नुपर्छ कि बर्दिवास मधेसमा रहने हो कि होइन । अर्थात अब तिनीहरु पनि मधेस आन्दोलनलाई समर्थन गर्ने मनस्थिति बनाउँदै छन् ।”
सुरुमा बर्दिवास बासीलाई मधेस आन्दोलनमा समर्थन गर्न र बजार बन्द गरिदिनका लागि मधेसी मोर्चाले बर्दिवासका स्थानीयवासी सरोकारबालाहरुसँग अन्तरक्रिया पनि गरेको थियो । तर, उक्त अन्तरक्रियामा बर्दिवास उद्योग बाणिज्य संघका अध्यक्ष र नागरिक समाजका अगुवाहरुले सिधै बन्द गर्न आए मुठभेडमा जाने चेतावनी दिएपछि हामी व्याक भएका थियौं भन्दै तमलोपा अध्यक्ष शर्मा भन्छन,“ उनीहरु मधेस आन्दोलनको विरुद्धमा उभिएका छन् । उनीहरु मुठभेड नै चाहन्छन । तर पनि हामी अब त्यहाँ आफ्नो गतिविधि जसरी पनि सफल गरेरै छाड्छौं ।” बर्दिवासको क्षेत्रबाट नेपाली कांग्रेसका उम्मेदवार समेत रहेका चिरञ्जीवि हमालले केही दिन अघि पत्रकार सम्मेलन गरेर आफुहरुको पनि मधेस आन्दोलनमा समर्थन रहेको भन्दै छठ सकिएपछि २÷३ दिनका लागि बर्दिवास बजार बन्द गर्न स्थानीय वासीलाई आग्रह गरेका थिए । तर, अभिराम शर्मा भन्छन,“ जब हामीले गैर मधेसी पार्टीहरुलाई राजीनामा गर्न लगाउने अभियान चलायौं तब आफ्नो राजनीतिक जमिन जोगाउनका लागि कांग्रेसको क्षेत्र नम्बर १ का सभापति विनोद धामी खुलेर मधेस आन्दोलनको पक्षमा आउन थाले । अनि मात्र हमालले उक्त अभिव्यक्ति बाहिर देखाउनका लागि सार्बजनिक गरेका हुन ।”
जे भएपनि बर्दिवास मधेस आन्दोलनको सबै भन्दा ठुलो खलनायक पात्रको रुपमा उभिएको छ । बर्दिवासका जनताले मधेस आन्दोलनलाई समर्थन नगर्ने हो भने भोलीको दिनमा त्यहाँका स्थानीयबासीहरुलाई समेत समस्या पर्न सकिने हुनाले र त्यहाँ मुठभेड भई साम्प्रदायिक सदभाव समेत विग्रन सक्ने खतरा बढ्दै गएको छ ।
राजमार्गका चुनौतिहरु
मधेसी मोर्चाले राजमार्ग ठप्प पार्ने र नाकाबन्दी जारी राख्ने आन्दोलनलाई निरन्तरता दिँदै आएपनि  पुर्णत नाका नै ठप्प हुन सकेको छ न त राजमार्ग नै पुर्णत अबरुद्ध हुन सकेको छ । त्यसको मुख्य कारण के हो भने नाकाबाट सवारी साधनहरुका लागि पेटूोलियम पदार्थको तस्करी बढ्नु । प्रायः जसो नाकाहरुबाट रातको समयमा पेटूोलियम पदार्थहरु तस्करी भई बर्दिवास सम्म पुग्ने गरेको छ । त्यसरी तस्करी गर्ने काममा मधेसी समुदायका मानिसहरु नै प्रयोग हुने गरेको पाइएको छ । आर्थिक लाभका लागि तिनीहरुले उक्त जोखिम उठाएको पाइन्छ । हुन त प्रदर्शनकारीहरुले विभिन्न ठाउँमा तस्करी गर्दै गरेको अवस्थामा पेटूोलियम पदार्थ आफ्नो नियन्त्रणमा लिई नष्ट समेत गरिदिने गरेका छन् । तर पनि तस्करी रोकिएको छैन । त्यसैले ४ मंसिरमा जनकपुरमा धनुषा, महोत्तरी, सर्लाही र सिरहा जिल्ला गरी ४ जिल्लाका मोर्चाहरुको संयुक्त बैठकबाट अब रात्रिकालिन बस कुनै हालतमा चल्न नदिने र तस्करी गरेको पाइएमा सवारी साधन सहित जलाईदिने निर्णय गरेका छन् । राजमार्गमा अवरुद्ध गर्नका लागि चाहिने तयारी पुरा नभएपछि असफलता हात लागेको मोर्चाका नेताहरुले उक्त बैठकमा आंैल्याएका थिए । खास गरेर राजमार्ग अवरुद्ध गर्नका लागि मान्छेको संख्या सयमा नभएर हजारमा हुनुपर्ने र ती हजारौं मानिसहरुका लागि खाना नास्ता समेतको व्यवस्था हुन नसक्दा त्यस्तो असफलता हात लागेको ठहर गर्दै अब सम्पुर्ण व्यवस्थापन सहित राजमार्ग केन्द्रित आन्दोलनलाई चर्काउने मोर्चाको निष्कर्ष रहेको छ । राजमार्गमा जाँदा प्रहरी प्रशासन सँग समेत ठुलै झड्प हुन सक्ने र त्यसबाट बच्न तथा प्रतिकार गर्न समेत पुरा तयारीका साथ मोर्चा राजमार्गमा  केन्द्रित हुने भएको छ । खास गरेर काठमाण्डौका शासकलाई दवाव दिन र उनीहरुको दानापानी बन्द गर्न भनेर मोर्चाले नाकाबन्दी र राजमार्ग अवरुद्ध जस्ता कार्यक्रमहरुलाई थप सशक्तता दिन थालेको हो ।

मोर्चाको निर्णय
२०७२ मंसिर ४ गते जनकपुरधाममा सम्पन्न सिरहा, धनुषा, महोत्तरी र सर्लाहीको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको सर्वसम्मति बैठकबाट विभिन्न निर्णयहरु गरिएका छन् ।
मोर्चाको केन्द्रिय समितिको निर्देशानुसार सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा समान अधिकारका निमित्त जारी मधेश आन्दोलनलाई आमहडताल, नाकाबन्दी लगायत सम्पूर्ण कार्यक्रमहरु अझ सशक्त बनाउँदै अन्तर जिला सम्पर्क र समन्वयलाई प्रभावकारी बनाउने रसम्भव भएसम्म एकरुप कार्यक्रमहरु तय गर्दै अगाडि बढ्ने निर्णय गरिएको छ । आफ्नो अधिकारको आन्दोलनमा सहभागी सम्पूर्ण मधेशी, आदिवासी जनजाति, महिला, मुस्लिम, दलित, पिछडावर्ग लगायत सबै सिमान्तकृत समुदायको अभिनन्दन गर्दै  पूर्ववत् सहयोग, समर्थन र सहभागिताको निमित्त उक्त बैठकले अपील गरेको छ ।
२०७२ मंसिर ५ गतेदेखि राजमार्गमा अवरोध गर्ने, अवरोध कार्यक्रम निरन्तर जारी रहने, २०७२ मंसिर ६ गते साँझ ५ बजे गाउँ्नगरमा मशाल जुलुस प्रदर्शन गर्ने र ७ गते गाउँनगरमा वीर शहीदमा श्रध्दाञ्जली स्वरुप सामूहिक रुपमा सपरिवार दिनको १ बजे ५ मीनेट मौन धारण गर्ने निर्णय गरिएको छ । त्यसैगरी डिजेल, तेल, इन्धनको तस्करी पूर्णतया बन्द गर्ने, तस्करी गरिएको पाइए साधनसहित जलाइने, मोटरसाइकल व्यक्तिगत प्रयोजनकोलागी मात्र प्रयोग गर्न दिइने, स्कूल बिहानदेखि ११ बजेसम्म मात्र संचालन गर्न दिने तर यातायातको प्रयोगमाथि बन्देज जारी रहने , स्कूलको गेटमा बिरोधमा एकवध्दता सहित कालो झण्डा लगाउनु पर्ने निर्णय गरिएको छ ।
गाउँनगरमा आन्दोलन परिचालन समिति गठन गर्ने, आम हडतालमा नाइटबस चल्नु अनुचित र मधेश बिरोधी भएको हुदाँ नाइट बस नचलाउन सम्बन्धित सबैलाई आह्वान गरिएको, यसो नगरिए हुने क्षतिको आफैं जिम्मेवार हुनु पर्ने निर्णय गरिएको छ ।
त्यसैगरी उक्त बैठकबाट ३ वटा प्रस्तावहरु  समेत सर्वसम्मतिबाट पारित गरिएको छ । मधेश आन्दोलनको क्रममा राज्यद्वारा साम्प्रदायिकता(जातियताको आधारमा  दमन(हत्या भएको र भइरहेको छ । आन्दोलनको क्रममा राज्यद्वारा मच्चाइएको नृशंस दमनको सत्य(तथ्यको निष्पक्ष जाँचबूझ र दोषीमाथि कारवाहीको मुद्दालाई प्राथमिकतामा राखी राज्य समक्ष प्रस्तुत हुन संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका शिर्ष नेताहरुको ध्यानाकर्षण गराउँदछौं भनि प्रस्ताव पारित गरिएको हो ।
त्यसैगरी राज्य प्रायोजित संचारकेन्द्रहरुबाट आम जनतालाई मधेश आन्दोलनबारे भ्रमित गर्ने, बरगलाउने, तथ्य र वास्तविकतालाई तोडमरोड गरी प्रस्तुत गर्ने जस्ता कार्यले नागरिकको सही सूचनाको आधिकारलाई कुण्ठित गरेको छ , नागरिक(नागरिकबीच विभाजन र वैमनश्यता बढेको छ र देशको अखण्डताको डोरलाई कमजोर गर्दै लगेको छ । त्यस्तै, सरकारका उच्च र जिम्मेवार पदमा आसिनहरुबाट समान अधिकारका निमित्त संघर्ष गर्ने मधेशी जनतालाई धम्क्याउने, अपमानित गर्ने जस्ता अमर्यादित कार्यहरु तथा प्रसासनबाट आन्दोलनकारीलाई झूठा मुद्दामा फँसाउने जस्ता कार्यहरु भइरहेका छन् । यस्ता गैरजिम्मेवार क्रियाकलापको घोर भत्र्सना गर्दै मोर्चाले दोस्रो प्रस्ताव पारित गरेको छ । कुनै पनि देशको राष्टिूयताका प्रमुख आधार नागरिक(नागरिक बीच समानता, राज्यका हरेक अंग र तहमा समानुपातिक समवेशिता तथा प्रतिनिधित्त्व एवं विविधताको सम्वोधन नै हुन् भन्ने कुरा निर्विवादित छ । मधेश आन्दोलन यीनै मूलभूत कुराहरुको संवैधानिक गारन्टी स्थापित गर्न खोजेको हो । त्यसकारण समान अधिकारको लागि जारी यो आन्दोलन मधेश, पहाड र हिमाल मध्ये कुनै क्षेत्रको जनताको अधिकार कमवेश गर्न होइन अपितु नेपालमा असली राष्टिूयता निर्माणको आन्दोलन हो । सम्पूर्ण देशको आन्दोलन हो । आजको यो बैठक देशका सम्पूर्ण वास्तविक राष्टूवादी दाजुभाई दिदीबहिनीहरुलाई शासकसमूहको निहित स्वार्थकेन्द्रित नश्लवादी(फासीवाद विरुध्द एकजूट हुन तथा जनआन्दोलन र मधेश विद्रोह मार्फत जनताद्वारा अभिब्यक्त आकांक्षा अनुरुप समानता, समानुपातिक समावेशिता, पहिचान र स्वशासनको अधिकारलाई सम्वोधन गर्ने गरी संविधानको पुनर्लेखन का निमित्त मोर्चाले आह्वान समेत गरेको छ ।



२०७२ मंसिर ०६ गते आईतबार

No comments:

Post a Comment