Wednesday, December 16, 2015

मधेसमा मुठभेड निम्तियाउँदै राज्य

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

मधेसी मोर्चाले तराईका सीमा नाका केन्द्रित आन्दोलन गरिरहँदा सीमाभन्दा थोरै उत्तरको भूभागमा शनिबारदेखि चुरेभावर राष्टिूय एकता पार्टीले आन्दोलन थालेको छ । २०६४ सालमा राज्यले गरेको सम्झौता कार्यान्वयनको माग गर्दै आन्दोलनमा होमिएको सो पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेले आफ्नो शक्ति प्रदर्शन गर्न थालेका छन् ।
महाभारत दक्षिण चारकोषे झाडीको क्षेत्र चुरे भावरमा प्रदेशमा राख्ने भनेर २०६४ साल भदौ २७ गते सम्झौता भाएको छ । चुरे भावर पकड भएको क्षेत्र क्षेत्र महोत्तरीको बर्दीबासदेखि लिएर बाराको पथलैयासम्म छ । तपाइँ पत्रकार हुनुहुन्छ तपाइँलाई अझ राम्रोसँग थाहा होला ती क्षेत्र मधेसी मोर्चाले अहिले पनि बन्द गर्न सकेको छैन । त्यहाँ सुरुदेखि अहिलेसम्म उनीहरुले बन्द गराउन सकेका छैनन् । पहिलो चरणको आन्दोलनमा चुरे भावरले शनिबार (आज) १२ बजेपछि शक्ति प्रर्दशन गर्दैछ । हामी आफ्ना मागप्रति स्पष्ट छौं । २०६४ सालको सम्झौता अनुसार हामीलाई चुरेभावर प्रदेश दिनुप¥यो । भन्दै नागरिक पत्रिकामा उक्त पार्टीका अध्यक्ष न्यौपानेले अन्तरवार्ताका क्रममा उल्लेख गरेका छन् ।
तर, न्यौपानेले उक्त कुरा झुठो बोलिरहेका छन् । २०६४ साल भदौ २७ गते शान्ति तथा पुर्ननिर्माण मन्त्रालयमा सरकारी बार्ता टोलीका संयोजक रामचन्द्र पौडेल र चुरे भावर प्रदेश एकता समाजका अध्यक्ष केशव प्रसाद मैनाली बीच ९ बुँदे सम्झौता भएको छ । राज्यको पुनःसंरचनाका सबालमा उक्त सम्झौताको बुँदा नम्बर ६ मा ‘ राज्यको पुनः संरचना गर्दा नेपालको सार्बभौम सत्ता, राष्टिूय एकता र अखण्डतालाई सुदृढ हुने गरी संविधानसभाले निर्धारण गरे बमोजिम स्वायत्ता यूक्त संघीय शासन प्रणाली कायम गर्ने’ भनेर उल्लेख छ । तसर्थ उक्त सहमतिमा न्यौपानेले भने झै चुरे भावर प्रदेश बनाइने भनेर कहिँ पनि उल्लेख गरिएको छैन ।
तराई मधेस लोकतान्त्रिक पार्टी महोत्तरीका संयोजक अभिराम शर्मा भन्छन,“ राज्यद्वारा पालित पोषित उक्त चुरे भावरको जन्म नै मधेस आन्दोलनलाई दवाउनको लागि भएको हो । साम्प्रदायिक दंगा भडकाउने नियतका साथ पहिलो मधेस आन्दोलनका क्रममा कांग्रेस एमालेद्वारा गुण्डाहरुलाई चुरे भावरको नाउँमा प्रयोग गरिएको थियो । अहिले फेरी पनि राज्य साम्प्रदायिक दंगा भडकाउनका लागि चुरे भावरलाई परिचालन गरेर मधेस आन्दोलनलाई दवाउन मुठभेड गराउन अग्रसर भएको छ ।”
त्यसैगरी सदभावना पार्टी सर्लाहीका अध्यक्ष प्रमोद साह भन्छन,“ केही साता अगाडी चुरे भावरले मधेस आन्दोलनलाई समर्थन गरेको थियो । तर, अहिले आएर राज्यको लगानीमा चुरे भावर मधेस आन्दोलनलाई बदनाम गराउन मधेसमा मुठभेड गर्न खोज्दैछ । यदि चुरे भावरले मुठभेड नै गर्न खोजेको हो भने सर्बनास हुने निश्चित छ । यद्यपि हामीहरु आफ्नो शान्तिपुर्ण आन्दोलन मार्फत आफ्ना हक अधिकार संविधानमा सुनिश्चित गराउन चाहन्छौं ।” यी त केही पनि होइनन् । मधेस आन्दोलनलाई दवाउन नेकपा एमालेले झापा, मोरंग र सुन्सरी जिल्लामा आन्दोलन नै गर्न लगाएका छन् । उक्त ३ जिल्ला प्रदेश नम्बर १ मै हुनुपर्ने, प्रदेश नम्बर २ मा गाभ्न नहुने भन्दै धर्ना र प्रदर्शन समेत गर्न थालेका छन् । यसको अर्थ के हो भने राज्यले शान्तिपुर्ण आन्दोलनको मागलाई राजनीतिक रुपले सम्बोधन गर्नको साटो आफ्ना दलका नेता तथा कार्यकर्ताहरुलाई उचालेर मधेस आन्दोलनको विपरित काउन्टर आन्दोलन गर्न लगाउनु यो मुलुकको अखण्डताकै लागि पनि खतरा बन्ने सदभावना पार्टी धनुषाका अध्यक्ष संजय सिंह बताउँछन् ।



२०७२ मंसिर ०६ गते आईतबार

No comments:

Post a Comment