Wednesday, December 16, 2015

यसरी नै दमन जारी रहे मधेस कता जाला ?

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............

शनिबार राति सप्तरीको राजमार्गमा स्थानीय प्रहरी प्रशासनको ज्यादतीले स्थितिलाई झनै भयावह र गम्भीर बनाइदिएको छ । त्यस घटनाले सप्तरीकै गाउँगाउँका जनता थप आन्दोलित भएका छन् । फलतः पछिल्लो समय राजमार्गमा केन्द्रितगर्न खोजिएको आन्दोलन सदमुकाम राजविराजदेखि जिल्लाका नगरउन्मुख गाउँ र सानासाना सहर र त्यसका प्रहरी चौकीमा आगजनी गर्ने हदसम्म विस्तार भएको छ । आक्रोशित जनता घरघरबाट लाठी र भाटा लिएर सरकारी कार्यालय र खासगरी प्रहरी चौकीलाई निशाना बनाउन थालेका छन् । सप्तरीको राजमार्गमा स्थानीय प्रशासनको निर्देशनमा सशस्त्र प्रहरीले प्रदर्शन गरेको क्रुरताले अर्को्तिर समग्र मधेशभरिकै आन्दोलनकारीको आक्रोशमा घ्यू थप्ने काम गरेको छ । परिणामस्वरुप अन्य जिल्लामा समेत राजमार्ग अवरुद्ध गर्ने मधेशी मोर्चाको योजनामा अझ बल मिलेको छ ।
भारदहका आन्दोलनकारीहरुले आफूहरुले राजमार्गमै रातिको खाना खाइरहेको बेला घेरा हालेर सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली बर्साएको आरोप लगाएका छन् । यस्तै, रुपनीका प्रदर्शनकारीले ‘मोदीका सन्तान हो, मधेश प्रदेश चाहियो ?’ भन्दै आफूहरुमाथि गोली बर्साएको दाबी गरेका छन् ।भारदह र रुपनीमाथि बर्सिएको प्रहरीको बर्बरतालगत्तै सिरहा र धनुषाका आन्दोलनकारीले आफ्ना जिल्लाअन्तर्गतका राजमार्ग अवरोधलाई परिणाममुखी बनाउन कस्सिएका छन् । सबभन्दा दुभाग्यपूर्ण के हो भने सुरक्षासंयन्त्रको अस्ति रातिको बर्बरताले देश र परदेश जहाँ पनि बसेका मधेशी समुदायको मनभित्रको अलगाववादलाई बढाउने काम नै गरेको छ ।
सदरमुकाम र जिल्लाका साना सहरहरुमा मात्र आन्दोलनका कार्यक्रम कति आयोजना गर्नु भन्दै मोर्चाका जिल्ला नेता तथा कार्यकर्ताले राजमार्ग अवरुद्ध गर्ने योजना बनाएका थिए । त्यही योजनाअन्तर्गत उनीहरुले कात्तिक ५ गतेदेखि रात्रिको समयमा समेत जिल्लाको भारदह, रुपनी, बिसनपुर र कदमाहा चौकमा भेला भएर राजमार्ग अवरुद्ध गर्ने निर्णय गरेका थिए । त्यसका लागि स्थानीय नेता तथा कार्यकर्ताले १०र१५ दिन अगाबैदेखि गाउँगाउँ गएर जनतालाई राजमार्गमा उत्रिन आग्रह गरेका थिए ।
जुन राति भारदह र रुपनीमा राजमार्ग अवरोधकर्तामाथि त्यस्तो नृशंस घटना घटित भयो, आन्दोलनकारीका लागि राजमार्गमा त्यो पहिलो रात थियो । उनीहरुलाई त्यो एक रात राजमार्ग अवरुद्ध गर्न दिएको भए मुलुकमा ठूलै महाविनाशक घटना घटित हुने थिएन । तीन महिनादेखि तराईमधेशमा सशक्त आन्दोलन चले पनि रातिको समयमा प्रहरी स्कर्टिङमा सवारी साधन चलेकै थियो । कम्तीमा त्यो एक रात स्थानीय प्रहरी र प्रशासनले धैर्य गर्नु पर्दथ्यो । राज्यको स्थानीय सत्ताले त्यो एक रात संयम अपनाएको भए आन्दोलनकारीतर्फ त्यति ठूलो क्षति हुने थिएन ।
त्यो राति मात्रै राजमार्गको अवरोध सफलतापूर्वक सम्पन्न गर्न दिएको भए अर्को दिन आन्दोलनकारीहरुसँग वार्ता गरेर उनीहरुलाई पछाडि फर्काउन सकिन्थ्यो । तर स्थानीय प्रहरी र प्रशासनको हठ, अहंकार र अदूरदर्शिताले मुलुकको समग्र स्थितिलाई झनै बल्झाउने काम गरेको छ । प्रशासनले मधेशी आन्दोलनकारीसँग शत्रु देशको नागरिकजस्तो व्यवहार गरेको छ । गृहमन्त्री शक्ति बस्नेतले वार्ताले समाधान नभए मधेश आन्दोलनलाई कानुनी तरिकाबाट शान्त गरिन्छ भन्ने अभिव्यक्ति जाजरकोटमा दिएको भोलिपल्टै सुरक्षाकर्मीले सप्तरीका आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गर्नु के संयोग मात्रै हो ?
पछिल्लो मधेश आन्दोलनको क्रममा भैरहवा, वीरगञ्ज, रौतहट, महोत्तरी, जनकपुर र सप्तरीमा सरकारी सुरक्षाफौजले प्रदर्शन गरेको बर्बरता र क्रुरताले राज्य संयन्त्रले मधेशी आन्दोलनकारीमाथि ब्रिटिशराज्यमा भारतमा घटित जालियावालाबाघजस्तो नरसंहार त घटित गर्न खाजेको हो कि जस्तो डरलाग्दो आशंका गर्न बाध्य तुल्याउँछ । भारदहका आन्दोलनकारीहरुले आफूहरुले राजमार्गमै रातिको खाना खाइरहेको बेला घेरा हालेर सशस्त्र प्रहरीले अन्धाधुन्ध गोली बर्साएको आरोप लगाएका छन् । यस्तै, रुपनीका प्रदर्शनकारीले ‘मोदीका सन्तान हो, मधेश प्रदेश चाहियो ?’ भन्दै आफूहरुमाथि गोली बर्साएको दाबी गरेका छन् ।
तराई मधेशमा स्थानीय प्रशासन र सुरक्षा संयन्त्रको अधिकांश बोली र व्यवहार नस्लीय चिन्तनबाट निर्दे्शित हुने गरेको तथ्य कसैबाट लुकेको छैन । सरकारी सुरक्षा संयन्त्रमाथि सप्तरीका आन्दोलनकारीले लगाएको आरोप सही हो भने यसले राज्यको केन्द्रीय संयन्त्र मात्र होइन, स्थानीय प्रहरी र प्रशासनले मधेशी आन्दोलनकारीसँग शत्रु देशको नागरिकजस्तो व्यवहार गरेको भन्ने मधेशी मोर्चाका नेताहरुको भनाइलाई पुनर्पुष्टि गर्दछ ।
गृहमन्त्री शक्ति बस्नेतले वार्ताले समाधान नभए मधेश आन्दोलनलाई कानुनी तरिकाबाट शान्त गरिन्छ भन्ने अभिव्यक्ति जाजरकोटमा दिएको भोलिपल्टै सुरक्षाकर्मीले सप्तरीका आन्दोलनकारीमाथि अत्यधिक बल प्रयोग गर्नु के संयोग मात्रै हो ? कि पहिलेका एमाले गृहमन्त्री वामदेव गौतम र अहिलेका माओवादी गृहमन्त्री शक्ति बस्नेतबीच केही भिन्नता पनि छ ? मधेशका जनताले यसको छिनोफानो गर्न अब ढिला गर्ने छैनन् । यसअतिरिक्त आन्दोलनकारीसँग आगामी दिनमा राज्यसंयन्त्र र सुरक्षा फौजले गर्ने व्यवहारले प्रचण्ड मात्र होइन, समग्र एमाओवादीको बचेखुचेको विश्वनियताको नै मधेशी जनताले अग्नीपरिक्षा लिने छ । यो सरकार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा छ भन्दैमा मधेशी जनताले प्रचण्ड र उसको पार्टीलाई छुट दिने छैनन् ।
पछिल्लो संविधानप्रति मधेशी समुदायको असन्तुष्टि स्वतन्त्रतापछि भारतीय संविधान निर्माणप्रति दक्षिणी भारतीय समुदायले प्रकट गरेको असन्तुष्टिसँग मेल खान्छ । तर नेपाली राज्यको दमन हेर्दा उसले श्रीलंकाको सिंहाली जातीय राज्यले अलगाववादी तमिल लडाकाहरुमाथि गरेको दमनको सम्झना दिलाउँछ । मधेशी युवाहरु समानता र स्वायत्तताका लागि आन्दोलन गर्दैछन् । तर आन्दोलनमा राज्यद्वारा जारी राखिएको व्यापक हिंसा र मृतकको संख्या हेर्दा उसले अघोषित युद्ध लडिरहेको प्रतीत हुन्छ । मधेशीहरुलाई दक्षिण भारतीयलाई जस्तो सम्मान र अधिकार दिएर राष्टिूय एकता सुदृढ गर्ने कि तमिल समुदायलाई जस्तोगरी दमन गरेर अस्थिरता कायम राख्ने भन्ने कार्यभार राज्यसत्ताको लगाम सम्हालेर बसेका प्रमुख तीन पार्टीका स्वजातीय नेताहरुकै काँधमाथि छ ।

२०७२ मंसिर १३ गते आईतबार

No comments:

Post a Comment