Wednesday, December 16, 2015

बम विष्फोट हुँदा एक जना घाइते

द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
धनुषामा शनिबार बिहान बम बिस्फोट हुँदा एक जना घाइते भएका छन् । बम विस्फोट हुँदा जनकपुर उपमहानगरपालिका(४ क्यम्पसचोक नजिक रामनरेश यादवको घरमा भाडामा बस्दै सिरहाको गौरीपुर(९ का श्रवण यादव गम्भीर घाईते भएका छन् ।
शनिबार बिहान आफैले टिफीनमा बम बनाइरहेको बेला विष्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । गम्भीर घाइते भएका यादवको जनकपुर अञ्चल अस्पतालमा प्राथमिक उपचार भएपनि थप उपचारका लागि धरान रेफर गरिएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
शान्तिपुर्ण मधेस आन्दोलन भईरहेको बेला जनकपुरमा उक्त बम विस्फोटनले थुप्रै आशंकाहरु उत्पन्न भएका छन् भने जनकपुरबासी त्रसित देखिएका छन् । उक्त बम कुन कामका लागि कसले प्रयोग गर्ने थियो होला भन्ने डर समेत बढेको छ । यस्ता अरु व्यक्तिहरु पनि लागेका छन् कि भन्ने शंका समेत बढेको छ ।

२०७२ मंसिर ०६ गते आईतबार

No comments:

Post a Comment