Saturday, December 7, 2013
दाजुभाई र दिदीबहिनी बिच प्रेम प्रतिकको रुप ‘सामाचकेवा’
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मिथिलाका विभिन्न सास्ंकृतिक एवं धार्मीक पर्व मध्येका एक दाजुभाई र दिदीबहिनी बिच प्रेम प्रतिकको रुपमा रहेका सामाचकेवा पर्ब मनाइदै छ । छठ पर्बको पुर्ब संध्यामा मनाईने खरनाको प्रसाद ग्रहण गरेपछि मिथिलानीहरु आ(आफनो घरबाट लोक गित गाउदै एक ठाउमा भेला भई सामाचकेवा पर्ब मनाईने गरेका छन । यस पर्बमा माटोकोे कलात्मक मुर्ति बनाएर दिदी बहिनीहरु दाजु भाईको दिर्घायुको कामना गर्नुका साथै एक अर्का संग हाँसोठटा गर्दै मनोरञ्जन समेत गर्ने चलन रहेको छ । कार्तिक पुर्णीमाको दिन समापन्न हुने यस पर्वमा मिथिलाकि नारिले सामा, चकेवा, वृन्दावन, चुगला, सतभैया लगायतका माटोको कलात्मक मुर्ति बनाएर यो पर्व मनाउने गर्छन् । सामाचकेवा पर्ब मनाएपछि दाजुभाई दिर्घायु हुने सामाले बताएपछि यो पर्व पौराणीक काल देखिनै शुरु भएको जनविस्वासको आधारमा मिथिलाका प्रत्येक जात जातिमा यो पर्व मानाउने परम्परा रहेको छ । द्वापर युगमा कृष्णका छोरी सामाले आफ्नो भाई सम्बाको दिर्घायुको कामना गर्दै सामा चकेबा पर्ब मनाएको बिभिन्न धर्म ग्रन्थमा उल्लेख रहेको छ ।
दिदी(बहिनीले दाजु(भाईको दीर्घायूको कामना गर्दै मनाइउने सामाचखेवा पर्व हर्षोउल्लासका साथ मनाईदै छ । साँझ पर्नेबित्तिक घर(घरबाट सुरिलो भाकामा गुञ्जिने सामाका गीतले अहिले जिल्लाबासीमा उल्लास छाएको छ ।
धान,धान, धान, भइया कोठी धान, चुगला कोठी भुस्सा
भइया मुख पान, चुगला मुख कोइला, चाउर(चाउर–चाउर,
(दाजुको भकारीमा धान छ भने चुगलाको भकारीा भुस भरिएको छ । दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला । दाजुको कोठीमा चामल भरेको छ तर चुगलाको कोठीमा खरानी छ ।)
सामा(चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीत गाएर बहिनीहरु मनोरञ्जन गर्छन् । सामाचाखेवालाई फेरी, अर्को वर्ष आउन निमन्त्रण पनि दिइन्छ ।
सामचको, सामचको अविहहे, अविह हे । कुड खेतमे बैसिह हे बैसिह हे ।
सामाचखेवाका यी गीतले अहिले घर–घरमा बेग्लै अलगै उत्साह थपेका छन । कात्तिक पञ्चमी देखि सामाचखेवा पुर्णिमासम्म मनाइन्छ । पुर्णिमाका दिन दिदी(बहिनीहरु आफ्ना दाजु(भाईलाई निमन्त्रण गर्छन । भाईले घँुडामा राखेर सबै मुर्ति तोड्छन र ती मुर्ति जोतेको खेतमा विसर्जन गरिन्छ । दिदी(बहिनीहरु दाजु(भाईलाई चिउरा, दही, मिष्ठान, सख्खरको भोजन गराउँछन भने दाजु(भाई दिदी(बहिनीलाई यथासक्य दक्षिणा दिन्छन । स्थानीय भाषामा यसलाई फाँरभरी भनिन्छ । सामाचखेवाका मुर्ति माटाका हुने भएकोले यसलाई मैथिल महिलाको मुर्तिकलाप्रतिको कौशल प्रदर्शन गर्ने माध्यम पनि भन्ने गरिन्छ । दशै तिहार र छठपछि तराईमा यो अन्तिम पर्वका रुपमा मनाइन्छ । साझपँख सामाचखेवाका लागि महिलाले निकै उत्साहका गीत गाउने गर्छन । सामाचखेवा पर्व सुरु भएपछि यहाँका दिदी(बहिनीले समुदायमा रहेका फटाहा र कुरौटे प्रवृत्तिका मानिसको प्रतिक चुगला र कुचोको मसाल बनाई टोल घुमाउँदै सार्वजनिकस्थलमा लान्छन । त्यहाँ पुगेका दिदी(बहिनी आफ्ना दाजु भाईको दीर्घायूको कामना गर्दै चुगलाको जुँगामा आगो लगाई रमाइलो गर्छन ।
पद्म पुराणका अनुसार श्यामा र बृन्दावनका एक कुमार चारुबक्य मायाको बन्धनमा बाँधिएका हुन्छन । राज्यका महासामन्त चुडक पनि श्यामालाई प्रेम गर्छन । तर, श्यामाले अस्वीकार गरिदिँदा चुडकले कृष्णलाई श्यामाको विरह व्यथाले महादेवको तपस्या गरेर चखेवा बन्न पुग्छ र दुवै प्रेमी चकेवा(चकेवीका रुपमा बृन्दावनमा बस्न थाल्छन । सामाचखेवा पर्वमा श्यामा र चारुबक्यको चरा रुपमै पूजा गर्ने गरिन्छ । भाईले सामा फुटाउनुको अर्थ चराको जुनीबाट मुक्ति दिलाउनु हो भनिन्छ । श्यामा र चारुबक्य शब्दको पछि अपभ्रंश भई सामा र चखेवा नाम प्रचलित हुन गएको हो । यो पर्व रमाइलो गरी मनाइने हुँदा यसलाई सामा खेल पनि भनिन्छ । कहीँकही साथीसङ्गी र नन्द भाउजुबीच कोसेलीका रुपमा पनि सामा पठाउने गरिन्छ । कात्तिक शुक्ल पुर्णिमाका दिन सामा पर्वको विधिवत् समापन गरिन्छ । सामा खेल ग्रामीण महिलाहरुको अभिनयजस्तै लागे पनि यसको सम्बन्ध पुराणसँग भएकाले यसलाई धार्मिक पर्व पनि मान्न सकिन्छ । पद्मपुराणमा सामान्य चर्चा र स्कन्धपुराणमा सामाचखेवाबारेमा विस्तारमा उल्लेख छ ।
मिति ः २०७०÷८÷०२
धत् , जनकपुर पनि काहीं बस्ने ठाउँ हो ? – दिपक न्यैेपाने
दिपक न्यैेपाने
यसरी राजधानीमा टाउको लुकाउने आशुतोषहरुले जनकपुर नछाड्दा यहाँका सम्पदाहरुको बखान गरेर थाक्दैनथे । आजकाल जनकपुर पुगेका बेला आप्mना साथीसंगीको विरोध गर्ने र जनकपुरमै बाँच्ने र यहीं रमाउनेहरुलाई घृणा गर्नेसम्मको भएका छन् । उनीहरुको प्रगति भनेकै यही हो । उनीहरुको विचारमा प्रगति गर्न जनकपुर छोड्नैपर्छ प्रगतिको पर्याय जनकपुरलाई घृणा गर्नु हो । भ्रमरपुरा चोक र गोदारका हाटबजारमा काम गर्ने आशुतोषका मित्रहरुले जनकपुरको घृणा गरेको सुन्दा ङिच्च हाँसेर जवाफ दिन्थे–‘खै हजुर आपूmले त केही गर्न सकिएन, हजुरको जस्तो प्रगति गर्न सकिएन ।’
आशुतोष कड्किन्थे– ‘जनकपुरमा बसेर पनि काहीं प्रगति हुन्छ ? प्रगतिको लागि त जनकपुर छोडेर हिंड्नुपर्छ ।’
जनकपुरधाममा रहँदा कुनै दिन आजकल यहाँ नाकमुख नदेखिनेहरु फलाकिन्थे–‘यो ऐतिहासिक जानकी मन्दिरको गरिमा अझ उँचो बनाउनुपर्छ । यसको प्रचार हामी जस्ता जनकपुरधामबासीले देश–विदेशमा अभैm गर्नु छ, जनकपुरको गौरव, यहाँका मठमन्दिर, तालतलैया, राममन्दिर, विवाहमण्डप, अङ्गराज सर तलाउ, धनुषसागर, धनुषाधाम आदि यहाँका लोकप्रिय सम्पदा हुन्, यिनको महिमा देश÷देशान्तरसम्म विस्तार गरेर यो ऐतिहासिक नगरीलाई हामीले विश्वरङ्गमञ्चमा परिचित गर्नु छ । हाम्रो धन्य यसैमा छ ।
ऐतिहासिक जानकी मन्दिरको प्राङ्गणमा माथिका जस्ता ठूल्ठूला भाषण गर्ने र चियाभट्टीहरुमा जनकपुरका ऐतिहासिक धरोहरहरुको चर्चा गरेर आधा दिन र आधा रात गएको पत्तो नपाउनेहरु स्वयं जनकपुरधामबाट बेखबर भएको देख्दा जानकी मन्दिर र विवाहमण्डपमा पलेंटी कसेर बसेका देवताहरु खिन्न देखिन्छन् । पूजा–पाठ र आप्mनो प्रचार–प्रसार उनीहरुले गरिदिएनन् भनेर हैन कि ठूल्ठूला कुरा छाँटेर नथाक्ने मनुवाहरु अन्तै भास्सिएको देख्दा दयाको सागरले धामका देवीदेवताहरु भक्कानिन्छन् ।
कुनै दिन ‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा कवि भूपि शेरचनले लेखेका थिए–
‘जहाँ मृगमरीचिकापछि लाग्नेहरुको यादमा
रुन्छन् धूपी र सल्लाहरु...।’
‘घुम्ने मेचमाथि अन्धो मान्छे’मा देशप्रेमको अगाध माया गाएका कवि भूपिले यो बाह्रै महिना वा बाह्रै मास हराभरा हुने नेपालजस्तो मुुलुक त्यागेर ठूल्ठूला मनोकाङ्क्षा (मृगमरीचिका) बोकेर नेपाल छोडेर परदेशिनेहरुको दया देखेर, परदेशमा उनीहरु हली–गोठाला र खानीका ‘बहादुर’ बनेको देख्दा मेरो देशको वनपाखामा रहेका धूपी र सल्लाहरु सुसाइरहेका हैनन्, रोइरहेका छन् भनेर लेखेथे ।
ठीक उस्तै, प्रगतिका खातिर जनकपुधाम छाडेर वा भनूँ जनकपुर छोडेर ठूला बनेकाहरुलाई आप्mना दिव्यचक्षुले माता जानकीले हेरेर उनीहरुको हविगत देखेर आँशु झारेकी छिन् । पूजा–पाठ धूपदीप, नैवेद्यको खडेरी परेर माता रोएकी हैनन् । निर्धक्क जनकपुरबाट देशकै सेवा गर्ने ओठेभक्ति नगरी सच्चा मनले समर्पितहरुले यहाँका सम्पदाहरुको जगेर्ना गरेकै छन् नि ।
कठै बरा, कति ठूलो सपना साँचेर उनीहरुले जनकपुरधाम छोडेथे । जनकपुरमा बस्दा सानो भइने, बसे पनि ठूला कुरा गरेजस्तो काम गर्न पक्कै सजिलो छैन । त्यसैले पलायनवादी सोच बोकेर जनकपुर छोडेर परदेशिएकाहरुको त के चर्चा गर्ने ? भेडागोठाला लागेर पेट पालेकै छन् । भिसाको अवधि सकिएपछि फर्किहाल्छन् । देशको राजधानी काठमाडौंमा बसेकाहरुलाई माताका दिव्यचक्षुले हेर्दा उनीहरुको दैनिकी विकराल देखिन्छ ।
जनकपुरमा के छैन ? भूमि आपैंmमा उर्वर–
कविवर माधव घिमिरेले जनकपुरको प्रकृति हेरेर भावुक हुँदै लेखेथे–
‘यही हो मेरो मिथिला
धरती शस्यश्यामला...।’
आहा, मिथिलानगरीको भूमि नै पुण्य, भू–स्वर्ग, उर्वर (शस्यश्यामला), कालो–कालो पवित्र माटो । शायद राम–सीताले टेकेर हो कि ?
सोच न विचारसँग जनकपुरधामको प्राचीन गरिमालाई देश÷देशान्तरसम्म पैmलाउनुपर्छ भनेर यहाँ बस्दा धेरै खोक्ने आशुतोष यादव, नारायण झा र पीताम्बर महतोहरु उज्ज्वल भविष्यको खोजीमा राजधानी पसेकोमा कसैले प्रश्न गर्ने ठाउँ नै भएन । तर, उनीहरुले जनकपुरधाममै बसेर देश र समाजका लागि दिएको योगदानलाई अवमूल्यन वा सीधै घृणा गर्दा भने मुटु भक्कानिएर आउँछ । जनकपुरबासीहरुलाई जनकपुर छाडेकाहरुले गरेको घृणा देख्दा वा उनीहरुले आपूmलाई शहरिया भनेर जनकपुरबासीहरुलाई संगत नपाएको जस्तो व्यवहार उनीको अन्तर्मनमा गढेर रहेको देख्दा माता जानकी कवि भूपिका धूपी र सल्लाहरुले जस्तै आँशु खसालेर रोइरहेकी छिन् ।
हामीले नदेखे पनि उनीहरुको ताल माता जानकीले त आप्mना दिव्यचक्षुले देखिरहेकी नै छिन्– आशुतोषको राजधानीको घट्टेकुलोमा डेरा, डेरा पाउन नसकेर राजविराजतिर घर भएको बताउने एक मित्रलाई कमिशन दिएर बल्ल–बल्ल पाएको डेरा, पेशा के हो पत्तो छैन ? छिँडीको अँधेरो कोठा, घरभेटीले बत्ती बढी बाले माथिबाटै चिच्याउने, ट्वाइलेट फोहोर भयो भनेर हरेक दिन जस्तै कोकोहोलो मच्चाउने, ट्वाइलेटको सानो ढोकाबाट अग्ला आशुतोष बानी नपरुन्जेल ठोक्किएर कतिपटक उनको टाउकोमा टुटिल्को उठेथ्यो । आजकाल बानी परेछ । भित्ताको चिसोले असर नगरोस् भनेर कोठाभरि पुराना पत्रिका टाँसेका, पानीको अभावले ननुहाएको त कति दिन भयो कति । तर, बाहिर देखिँदा, सुकिला–मुकिला र सधैंजसो टाईमा । तराईबाट जितेर आएका नेताहरुलाई देश निर्माणको सुझाव दिन्छु भनी टोल पिटेका थिए ।
अपरिचितसँग परिचय गर्दा हात मिलाएर भन्थे–‘म राजधानीको मुटु घट्टेकुलोमा बस्छु ।’
घर पनि बनाउनुभयो कि ?
‘छैन’– अहिले आरामदायी बसाइ छ, जनताको सेवा गर्दागर्दै भाग्य दाहिना भए बेर लाग्दैन ।
हा..हा..हा..–दुवै हाँस्छन् ।
यसरी राजधानीमा टाउको लुकाउने आशुतोषहरुले जनकपुर नछाड्दा यहाँका सम्पदाहरुको बखान गरेर थाक्दैनथे । आजकाल जनकपुर पुगेका बेला आप्mना साथीसंगीको विरोध गर्ने र जनकपुरमै बाँच्ने र यहीं रमाउनेहरुलाई घृणा गर्नेसम्मको भएका छन् । उनीहरुको प्रगति भनेकै यही हो । उनीहरुको विचारमा प्रगति गर्न जनकपुर छोड्नैपर्छ प्रगतिको पर्याय जनकपुरलाई घृणा गर्नु हो । भ्रमरपुरा चोक र गोदारका हाटबजारमा काम गर्ने आशुतोषका मित्रहरुले जनकपुरको घृणा गरेको सुन्दा ङिच्च हाँसेर जवाफ दिन्थे–‘खै हजुर आपूmले त केही गर्न सकिएन, हजुरको जस्तो प्रगति गर्न सकिएन ।’
आशुतोष कड्किन्थे– ‘जनकपुरमा बसेर पनि काहीं प्रगति हुन्छ ? प्रगतिको लागि त जनकपुर छोडेर हिंड्नुपर्छ ।’
जनकपुर छोडेर प्रगतिको रट लगाउनेहरुले सहपाठी, सहधर्मी मित्रहरुलाई ढाँटे पनि जानकी मातालाई किन ढाँट्न सक्थे र ?
आशुतोष र पीताम्बरहरुका डरलाग्दा जीवन देखेर माताका आँखामा बलिन्द्र आँशुका धारा बगिरहेका छन् । राजधानीका अँध्यारा कोठासहितको घर बनाउने घरभेटीहरुले पत्याउन छाडे पनि तिनीहरु कहाँ जाने ? जनकपुर जाउँ आपूmसरहका साथीहरु कोही पत्रकार, कोही सफल व्यापारी, कोही आधुनिक किसान, कोही के कोही के सबै आ–आप्mनै किसिमले कर्मशील । तर आशुतोषहरु घर न घाटका ।
देश सिस्टममा नचलुन्जेल मान्छेलाई उल्लु बनाएर खान पल्केकाहरु, छिँडीको अँध्यारो कोठालाई सर्वस्व ठान्ने तोरीलाहुरेहरु, धिक्कार छ तिमीहरुलाई जसले आप्mनो जन्मभूमिलाई लात मात्र हानेन, विरोध मात्र गरेन । आप्mनो गाउँ–ठाउँको उन्नति र जागरणमा लागेका साहित्यकार र पत्रकारहरुलाई समेत घृणा गर्छौं ?
जनकपुरधामलाई घृणा गर्ने वा जनकपुरबासीहरुलाई घृणा गरेर राजधानीमा परिचय खुलाउँदा पुख्र्यौली घर जनकपुर भन्नेहरु तिमीहरुको डुंगा समुद्रको बीचमा छ, मक्केर डुब्ने अवस्थामा पुगेको तिम्रो जहाज डुबेपछि तिमी कहाँ पुग्छौ ? नयाँ संविधान बनेर देश सिस्टममा हिंड्ने प्रयास गर्दै छ । नेताहरु अन्तिम सहमतिनजिक आइपुगेका छन् । राजधानीका घरभेटी हो तिमीहरुलाई हामी जनकपुरमा बसेर तोरीलाहुरेहरुकै शब्दमा घृणित पात्रहरुको बिन्ती छ–यी तोरीलाहुरेहरुलाई पत्याइदेओ । हामी जनकपुरमा बसेको भनेर घृणा गर्ने यिनीहरुप्रति हाम्रो सद्भाव यस मानेमा मात्र छ कि यिनीहरुले सृष्टिको प्रथम पाइलो यहीं टेकेथे । जानकी मन्दिर र राममन्दिरको संरक्षण हामी आपैंm गर्न सक्षम छौं । तर, उनीहरुको संकीर्ण संसार वा भनूँ छिँडीको अँधेरो कोठाबाट तिनीहरुलाई नगलहत्याऊ । हात जोडेर पुनः विन्ती छ–त्यहाँबाट डेराडन्डा उठ्यो भने उनीहरुको जाने ठाउँ काहीं हुँदैन । घाँटीको ‘टाई’ बेचेर खानेहरुलाई राजधानीका घरभेटी हो, घरबाट ननिकालिदेओ किनभने त्यहाँबाट थातथलो गुम्यो भने जनसाधारणले त्यो ‘टाई’लाई लाज ढाक्ने प्रथम वस्त्र लगौंंटी बराबर पनि गन्दैन ।
मिति ः २०७०÷८÷०२
बनौलीको विद्यापति डिहको उत्खनन आवश्यक– अवधेश चौधरी
अवधेश चौधरी
बाल चन्द विज्जावाइ भाषा दुहु नहि लागै दुज्जन हासा ।
ओ परमेसर हर सिर सोहई ई निच्चई नाअर मन मोहई ।।
शुक्रबार मिथिला साहित्यका महाकवि विद्यापतिको स्मृति पर्व समग्र मिथिलामा मनाईएको छ । सोही अवसरमा यस पटक पनि जनकपुरमा विद्यापति चौकमा विद्यापति स्मारकमा स्मृति पर्व विद्यापतिको शालिकमा फुलमाला लगाई मनाइएको छ । पुर्व राज्य मन्त्री संजयकुमार साह उक्त कार्यक्रमका प्रमुख अतिथि थिए ।
मैथिली साहित्यको आदि कवि विद्यापति जनसमाजमा मैथिली पद्यावलिको कारण अमर भई सक्नु भएको छ । तर वहाँ कवि मात्रै हुनु हुन थिएन् । वहाँ एकै संग कवि, शिक्षक, कहानिकार ऐतिहासिक भूवृतान्त लेखक, स्भार्तकार , धर्म कर्मको व्यवस्था दाता एवं कानुन को प्रमाणिक ग्रन्थहरुको लेखक हुनु हुन्थ्यो । महाकविले शिक्षा दिनको लागि पुरुष परीक्षा को रचना गर्नुभयो कानुन को कितावको रुपमा वहाँले लिखनावलिको रचना गर्नु भयो । कीर्ति सिंह कसरी मुसलमानको हातबाट तितृ राज्य मिथिलाको उद्धार गर्नुभयो त्यसमाथि कीर्तिकलता नाउँको एउटा चमत्कारी ऐतिहासिक कथा लेखनु भयो । मिथिला देखि नेभिषारण्य सम्मको भुखण्डमा जति तिर्थहरु छन त्यसको पुर्ण विवरण दिदै भुपरिक्रमा नाउको एउटा भौगोलिक ग्रन्थ लेख्नुभयो । शिव शिंहको रणनैपुण्य र प्रेम नै पुण्य चित्रित गर्दै अवहठ्ठ भाषामा कीर्तिपताकाको रचना गर्नुभयो । स्मृतिको प्रमाण्य ग्रन्थको रुपमा शैव–श्र्वस्थ सार, दान वाक्यावली, र विशेष गरेर दुर्गाभक्ति तरंगिनीको अपुर्व रचना गर्नु भयो । कवि कोकिल सोनिपुण व्यवहार शास्त्रविदको रुपमा विभाग सार ग्रन्थको रचना गर्नुभयो । जसमा उत्तराधिकारी निरुपण आदिको व्यवस्था दिनुभएको छ ।
त्यस्तै युद्ध विग्रहको जीवन्त वर्णन पढेपछि के बुझनमा आउछ भने वहाँ युद्धमा समेत सक्रिय भाग लिनु हुन्थयो । महाकवि संगीत विधामा कति पारदर्शी हुनुहुन्थ्यो । त्यसको प्रमाण वहाँको रचित असव्य मैथिली पदहरुबाट थाहा हुन आउछ । भारतीय कवि कुलमा रविन्द्र नाथ को शिवाय अन्य कुनै कविमा यस्तो प्रतिभाको कुरा सुन्नमा समेत आएको छैन् । विद्यापति संस्कृत को गध्य, पध्यमा र अवहुठठ भाषामा एवं मैथिलीमा काव्यादि लेख्नु भएको छ ।
विद्यापति कुन सालमा , कति वर्ष को अवस्थामा कविता र निवन्धको रचना आरम्भ गर्नु भो कुन वर्षमा के लेख्नु भो र कति वर्ष सम्म जीवित रहनुभो यी कुराहरु लाई निश्चय पुर्वक जान्नु को कुनै उपाय छैन् । उहालेँ रचनु भएको पदहरु र ग्रन्थहरुमा उहाँको पृष्ठपोषक राजा, रानी, मन्त्री र सुलतानहरु नाम को उल्लेख्य देखिन्छ । उहाँहरुको काल निर्णय को आधारमा विद्यापतिको रचना र जीवनको धेरै जसो प्रधान घटनाहरुको समय निरुपण निर्भर गर्दछ र कति ठाउँमा तारीखयुक्त किताबहरु र शिलालेख बाट पनि कालनिर्णयमा सहयोग प्राप्त हुन्छ । जसमा लक्ष्मन सम्वत् मा काल–निर्दिष्ट भएको छ । निकै सम्भव छ राज वनौलीको राजा पुरादित्य को गढको उत्खन्नबाट यस दिशा मा धेरै प्रमाणिक आधारहरु भेटिने सम्भावना छ । अतः आवश्यक छ कि छिटो भन्दा छिटो यस गढको उत्खनन को लागि समस्त विद्यापति प्रेमी वाट प्रयास हुन प¥यो । यसैमा देशवासीहरु को कल्याण निहित छ ।
शिव सिंह को मृत्युको पश्चात विध्यापति अखिमा देवी र वहाँ को अन्याय परिवारवर्ग हरुलाई लिएर २९९ ल.स. (१४१८ ई.सं.) को आस पास मा राजबनौलीमा राजा पुरादित्य को शरणमा आउनुभयो । यो राज बनौली हाल आधुनिक नेपालको महोत्तरी जिल्लामा पर्दछ । यो पुण्य स्थल जनकपुरधाम बाट ६ कि.मी. दक्षिणमा अवस्थित छ । त्यति बेला यो गाउ घना जंगलले सुशोभित थियो र यहाँ जलाशय को अभाव थियो । गाउलेहरुको आग्रहमा विद्यापतिले त्यहाँ ठूलो पुष्करिणी खुदावाउनु भयो र त्यसको यज्ञ गराउनु भयो । त्यतिबेला अर्जुन नामको एउटा बुद्ध मत का राजा जो सप्तरीका राजा थियो उसले आफ्नो मान्छे सहित मिलेर त्यो यज्ञमा विघ्न गर्न थाल्यो । पहिले त शास्त्रार्थ भयो अन्त मा युद्ध पनि भयो । त्यो युद्ध मा राज्या पुरादित्यको सहायता बाट बुद्धहरुलाई मारेर भगाइयो र उनको राजा पनि युद्धमा मारिए । यसरी सप्तरी परगना पुरादित्यका राज्यमा मिलाइए । त्यो ठुलो जलाशय अहिले पनि भरघरको अवस्था छदैछ । राजा पुरादित्य को दरवार को अगाडि त्यहि जलाश्यको डिलमा बसेर विद्यापतिले मैथिली भाषामा श्री भदभागवत लेखनु भयो । त्यही राजवनौलीमा अर्को पुस्तक लिखनावली पनि लेख्नु भो । यस्तो जन उपयोगी पुस्तकको प्रभाव नेपालको ऐन–श्रेस्तामा पनि भेटिन्छ । यसरी विध्यापति १४१८ ई. देखी १४३० ई. सम्म वनौलीमा रहनु भयो ।
धेरै दिन पछाडि यस जलाशयको जीर्नोधार मटिहानी को मान महन्थले गर्नु भएको थियो । त्यसै क्रममा त्यो जलाशयबाट एउटा लक्ष्मीनारायणको प्रतिमा प्राप्त भएको थियो । त्यो प्रतिमा मटिहानी लगियो र त्यहाँबाट पनि त्यो चरौत स्थानमा पुग्यो जो अहिले पनि त्यहाँ छदैछ । जो वनौली को लागि एउटा अपुर्णिय क्षति भएर गयो ।
यसरी यो गढको बारेमा धेरै जनश्रृतीहरु पनि सुनिन्छ । जस्तै यो गढ बाट साँझ विहान भजन किर्तनका स्वर निस्कनु, भोजन को समयमा सुगन्धीत भोजनको सुगन्ध निस्कनु र कहिले काहिँ त्यो क्षेत्रमा राती तिर पुण्य आत्मा हरुको दिव्य दर्शन हुनु इत्यादी छन् । त्यस क्षेत्रबाट अरु धेरै सामानहरु भेटिएका छन् । जस्तै एउटा शिवलिंङ, माटोको वर्तनहरुको अवशेषहरु, सुन, चाँदी को सिक्काहरु, वृहत आकारका ईटाहरुका पर्खालहरु, दरवारको भग्नावशेषहरु पोखरी इनारका अवशेष हरु इत्यादी छन् । त्यसैले उक्त डिहको राज्य पक्ष द्वारा उत्खनन गर्नु नित्तान्त आवश्यक छ । (लेखकः या.ल.ना. विद्यापीठ मटिहानीका सह–प्राध्यापक हुन् ।)
मिति ः २०७०÷८÷०२
निश्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुन्छ–कृष्ण बहादुर थापा, मुख्य निर्वाचन अधिकृत, धनुषा
तपाईको पत्रिका मार्फत सम्पुर्ण मतदाताहरुलाई म के आवहान गर्छु भने तपाईहरुको सुरक्षाको लागि रति भर पनि शंका नगर्नुस । कहि कतै शंका छ भने नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुस । तपाईको एउटा मतले भोली राष्टू निर्माणमा ठुलो मद्दत पुग्नेछ । संविधान सधै बन्दैन । यो अवसरलाई सदुपयोग गर्नुस । आउनुस । धनुषाका मुख्य निर्वाचन अधिकृत तथा धनुषा जिल्ला अदालतका न्यायाधिश कृष्ण बहादुर थापासँग द एक्सक्लुसिभका सम्पादक अजय अनुरागीले गरेको वार्तालापको सम्पादित अंश प्रस्तुत छ ।
धनुषामा निर्वाचनको तयारी कस्तो छ ?
निर्वाचन तयारी वडा जोडतोडले अगाडी वढिरहेको छ । निर्वाचनमा खटिएका मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई तालिम दिएर कर्मचारीहरुलाई नियूक्ती दिँदै ततपेटिका, मतपत्र दिने कम र कानुन बमोजिम पाउनु पर्ने आर्थिक सहयोग दिइसकेका छौं । यस अर्थमा मतदानको लागि हाम्रो पुर्ण रुपमा खटाइएको छ ।
कति जनशक्ति खटाइएको छ ?
मतदान अधिकृत देखि कार्यालय सहयोगी सम्मको कुरा गर्दा ४ हजार ६ सयको हाराहारीमा शिक्षक, निजामति कर्मचारी, संस्थान तर्फका कर्मचारीहरु खटाइएको छ ।
निर्वाचनमा मतदाता, उम्मेदवार र कर्मचारीहरु सुरक्षित रहने के तयारी गरिएको छ ?
आम धनुषावासी सँग के अनुरोध गर्न चाहन्छु भने यहाँहरु सुरक्षाको लागि पूर्णतः विश्वस्त रहनुस । मतदान गर्न नपाउने हो कि भन्ने असुरक्षाको कुनै पनि किसिमको भय नराखे हुन्छ । पहिलो फेजमा नेपाल प्रहरी,त्यसको पछाडी सशस्त्र प्रहरी र त्यसको पछाडी सेना गरी ३ लेयरको सुरक्षा छ । हरेक मतदान केन्द्रमा हाम्रो सुरक्षाको दृष्टि पुगेको छ । कहिँ कुनै पनि घटना भएको खण्डमा धनुषामा हाम्रो सुरक्षाकर्मी यहाँ सम्म की नेपाली सेना १५ मिनेट भित्र रस्क्यू गर्न सक्षम छन र घटनालाई काबुमा लिन सक्नेछ ।
विगतको चुनावहरुलाई हेर्दा मतदानका लागि खटेका कर्मचारीहरु पनि पुर्वाग्रही हुने गरेको पाइएको छ । यस पटक ४ मंसिरमा कर्मचारीहरु निश्पक्ष भएर कार्य सम्पन्न गर्लान भन्ने के आधार छ ?
मैले प्रशिक्षणको क्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई प्रष्ट भनेको छु कि तपाईहरुको राजनीतिक आस्था कहिं हुन सक्छ तर अहिले राष्टूले हामीलाई तोकेको जिम्मेवारी हो स्वतन्त्र, निश्पक्ष र धाँधलीरहित चुनाव सम्पन्न गराउनु । यदि तपाई पुर्वाग्रही हुनु भयो भने सवभन्दा पहिला त्यही जनताले तपाईलाई सजाय गर्छ, त्यस पछि गएर अरु कानुन बमोजिम कारवाही गर्छ । उहाँहरुले मलाई पूर्णतः आश्वस्त पार्नुभएको छ कि पुर्वाग्रही काम कारवाही हुँदैन ।
धनुषामा पनि केही ठाउँमा वमहरु राखिएको पाइएको छ । फेरी मतदानलाई अहिले सम्म मतदाता परिचय पत्र वितरण गरिएको छैन । कसरी मतदान गर्ने मतदाताले ?
कुनै कुनै ठाउँमा एक दुईवटा शंकास्पद बस्तु राखेर भए त्रास गर्ने काम गरिएको छ । हाम्रो सुरक्षा निकाय अत्यन्त संवेदनशिल भएर तदारुकतामा साथमा लागिरहेको छ । मतदाता परिचय पत्र वितरण भयो भने त्यो लिएर मतदान गर्न पाइन्छ । कुनै कारण वस त्यो पाइएन भने अस्थायी परिचय पत्र नागरिकता, डूाइभिङ लाइसेन्स लिएर मतदान गर्न पाइन्छ ।
निर्वाचन आयोग यस माइनेमा अक्षम साविक भएकै हो, होइन ?
हेर्नुस पहिले निर्वाचन हुन्छ, हुँदैन भन्ने अन्यौल थियो । राजनीतिक रुपमा समयको व्यवस्थापन गर्न गाह्रो थियो । यति छिटो तयारी गर्नु पर्ने स्थिति थियो कि केही कमजोरी भयो ।
उम्मेदवारहरुले मत किन्नका लागि पैसा वितरण गरेको भनेर सुनिएको छ । निर्वाचन आचार संहिताको खुलेआम खिल्ली उडाइएको छ र पनि आयोग किन मौन बसेको हो ?
पैसा वितरण गरिएको भन्ने कुरा अमुर्त कुरा हो । हाम्रो नोटिसमा आएको छैन । रेड हेन्ड पक्रयो भने कानुन बमोजिम कारवाही हुन्छ । प्रष्ट प्रमाण आउनु पर्यो ।
चुनावमा विद्यालय, सार्वजनिक स्थल, वालवालिका प्रयोग गरिएको छ ।खसी काटेर भोज भतेर गरिएको छ । रंगीन पोष्टर , पर्चा, पमपलेट ठुल ठुलो साइजमा टाँसिएको छ । निर्वाचन आयोग त विल्कुलै निष्क्रिय जस्तो देखियो नि ?
होइन, तपाईले भन्नु भएको खसी काटेको भन्ने कुरा हाम्रो नोटिसमा आयो भने तुरुन्तै कारवाही गछौं । लिखित रुपमै उजुरी आएको आधारमा तीन वटा स्पष्टीकरण लिने काम हामीले गरेको छांै । पम्पलेछ टाँस्ने कुरामा, दृढ पर्वलाई म आफै उपस्थित भएर हटाउन लगाएको छु ।
नोमिनेशन भए देखि नै पोष्टरहरु टाँसिएको थियो र भर्खर तपाईले केही दिन अघि हटाउन लगाउनु भयो जनकपुरमा । तर गाउँहरुमा त यथावतै छ नि ?
हेर्नुस गाउँमा पनि हटाउन लगाइएको छ । एक दुई ठाउँमा होला तर हामीलाई पनि जानकारी आउनु पर्यो नि । विहान ६ बजे देखि राती ९ बजे सम्म कार्यालयमा काम गर्नु परेको छ । ४६ सय कर्मचारीलाई खटाउनु पर्ने देखिन्छ ।
वढी कार्यभार भएकै कारण आचार संहिता पालना गराउन नसकिएको हो ?
मैले त्यसो भन्न खोजेको होइन ।
एउटा उम्मेदवारले दर्जनौं गाडी कुदाइरहेको छन नि ?
एउटा सिस्टमले हेर्नु पर्छ । सबै कुरा मैले हेर्ने होइन । एउटा उम्मेदवालाई दुईवटा र जिल्लाको पार्टीलाई दुइवटा गाडीको अनुमति हामीले दिएका छौं । कुन उम्मेदवारले कति गाडी कुदायो भन्ने कुरा हेर्न मुख्य निर्वाचन अधिकृतले एउटा लठ्ठी लिएर हेर्दै जाने कुरा हुँदैन । गृह मन्त्रालयले चिठी दिएको छ , चेक जाँच कसले गर्ने त्यो त गरिदिनु पर्यो नि ।
सम्बन्धित निकायलाई तपाईले आदेश दिनु पर्छ नि ?
आदेश दिइएकै छ । कमुनले बोलिरहेको छ । म एउटा मुद्दा हेर्ने न्यायाधिश हो, कुनै मुद्दामा निर्णय गर्न मलाई आदेश लिइरहनु पर्छ र ? त्यो त मेरो जिम्मेवारी हो । त्यसै गरी त्यो त प्रहरी प्रशासनको काम हो । प्रहरी प्रशासनले पनि काम गरिरहेका छन तर साधन स्रोतको अभाव एका तर्फ छ भने सुरक्षा व्यवस्थालाई पनि ध्यान दिनु परेकाले केही अप्ठयाराहरु भएको हुन सक्छ । जानी बुझेर कसैले वाइपास त गर्दैन कमी कमजोरी छ । पुर्णरुपमा पालना हुनु पर्ने हो ।
आयोगलाई जानकारी दियो भने मात्रै जाग्ने हो कि आफैले पनि अनुगमन गरेर कारवाही गर्ने ?
अनुगमन त गरिरहेको छु नि । प्रत्येक गाडीको लाइसेन्स हेर्दै हिंडु त म ? टूाफिक प्रहरीले हेर्नु पर्ने हो ।
उम्मेदवारहरुले पनि जीवन मरणको सवाल बनाएको देखिन्छ । उनीहरुका तर्फबाट पनि हिंसा हुन सक्ने धाँधली हुन सक्ने अवस्था छ कि छैन ?
जीवन मरणको सवाल बनाउनु पर्दैन । व्यक्तिगत रुपमा नै किन मर्नु पर्छ र ? निर्वाचनलाई नै मुख्य विषय बस्तु बनाएर गैर जिम्मेवार पुर्ण व्यवहार गर्नु भएन ।मलाई लाग्छ सबै पार्टी र उम्मेदवारहरु संवेदनशील छन । केही घटनालाई लिएर धेरै ठुलो शंक ागर्ने अवस्था छैन । अहिलेकै परिस्थितिलाई हेरेर भोली द्वन्दकै स्थिति आउँछ भनेर आँकलन गर्नु हुँदैन ।
मतदान गर्ने जाने कुनै पनि मतदाता असुरक्षित रहदैन ?
हो, कुनै पन िमतदाता असुरक्षित रहदैन । आफुले इच्छाएको उम्मेदवारलाई मत हाल्न सबै मतदाता आउनु पर्छ ।
ऐतिहासिक घडी हो , संविधान निर्माणका लागि मतदाताले दिएको मत अप्रत्यक्ष रुपमा धेरै ठुलो भुमिका खेल्छ । भोली देशलाई कस्तो दिशा निर्देश गराउने हो, त्यसको लागि मतदाताले चुनेको प्रतिनिधिको भुमिका रहने हुनाले मतदाताहरुको ठुलो जिम्मेवारी नैतिक दायित्व पनि हो । तपाईको पत्रिका मार्फत सम्पुर्ण मतदाताहरुलाई म के आवहान गर्छु भने तपाईहरुको सुरक्षाको लागि रति भर पनि शंका नगर्नुस । कहि कतै शंका छ भने नजिकको सुरक्षा निकायलाई जानकारी गराउनुस । तपाईको एउटा मतले भोली राष्टू निर्माणमा ठुलो मद्दत पुग्नेछ । संविधान सधै बन्दैन । यो अवसरलाई सदुपयोग गर्नुस । आउनुस ।
कसरी आउने बाटाहरु बन्द छन ?
खुल्छन, सरकारले बाटोहरु खोलिरहेको छ ।
कसरी खुल्ने हो ? बाटोमा बमहरु राखिएको छ ?
छैन,त्यो त सुरक्षा निकायले काम गरिरहेको छ । बहाँहरुले मलाई विश्वस्त तुल्याउनु भएको छ ।
पछिल्लो संविधानसभाको चुनावमा धनुषामा सरदर ८ प्रतिशत मत वदर भएको थियो । यस पटक वदर मत घटाउन, मतदाता शिक्षा कार्यक्रम प्रभावकारी त भएको देखिएन नि ?
निर्वाचन आयोगले मतदाताहरुलाई मत दिनका लागि कसरी सदर हुन्छ र कसरी बदर हुन्छ भनेर स्वयं सेवक तथा कर्मचारीहरु खटाएको भनेर मलाई निर्वाचन कार्यालयले जानकारी गराएका छन । तपाइले धेरै नै महत्व पुर्ण प्रश्न उठाउनु भयो । हो, साच्चै मेरै निर्वाचन क्षेत्र ४ मा ६२ जना उम्मेदवारहरु छन ।
मतदाताहरु मत दिँदा झुक्किन सक्छन । आयोगले मात्रै नभएर राजनीतिक दलहरुले पनि अभियान चलाएर त्यसतर्फ लाग्नु पर्छ । सायद वहाँहरुपनि गम्भीरता पुर्वक लाग्नु भएकै होला । मतदाताहरु पनि पहिलेको तुलनामा अहिले वढी सचेत हुनुभएको छ । आफ्नो उम्मेदवारलाई आफ्नो मत राम्ररी खसाल्नु हुनेछ भन्नेमा हामी विश्वस्त छौ ।
धनुषामा कति प्रतिशत सम्म मतदान हुन सक्ने अनुमान गर्नुभएको छ ?
६० देखि ७० प्रतिशत सम्म धनुषामा मतदान हुने मैले अनुमान गरेको छु ।
मिति ः २०७०÷८÷०२
नेता , जनता र चुनाव –अनुज मिश्र
नेता , जनता र चुनाव –अनुज मिश्र
घरको बाटो एक्लै हिड्दै एक चुनावी कोण सभा सम्झिन्छु । मेरो अग्रज, समकालीन सहपाठीहरुको तर्क( बितर्कहरु याँद आउछ । त्यस प्रचार( प्रसारलाई अत्यन्त भावुक भएर सुन्ने ती लोकहरु याद आउँछन । कसरी तिनका भावनामाथि जोड दिएर बक्ताहरुले उनलाई आकर्षित गरेको सम्झिन्छु ,मधेस भन्दै कति सरलताका साथ राजनीति गर्न सकिन्छ भन्ने लाग्छ ,निर्मल शब्द संग गरिएको खेलवाड सम्झिन्छु ,मानिस कसरि यसपालिको चुनाव एक विभेदकारी नीति बिपरित रहेको सुन्दा तालि ठोकेको याद आउँछ , मलाई लाग्छ हाम्रो भावनालाई मुल्यांकन गर्ने ब्यक्तिहरु हाम्रा अगाडी उभिदिएका छन । लाग्छ भन्ने र सुन्ने बीच अब केहि बाँकी रहेनन , साँचो हृदय र मनले कुनै अभियानमा भाग लिँदा जित अवश्य पनि हाम्रै हुन्छ तर त्यो त चुनावमा कहिल्यै लागु हुदैन , म कुनै नेता हैन , नेताले गरेको भाषण भन्दा बरु हाम्रा एक दाईले गरेको निस्स्वार्थ उद्गगारहरु र ०६४को मधेस चित्रण मलाई मन परेको याद गर्छु । ती सार्थक सत्य जसलाई सबैले बिगत माने, म सबैमा त्यस प्रतिको झुकाव हेर्न चाहन्छु , सहिद र बिदेशिएका आन्दोलनकारीहरुको सम्झनामा परिवर्तनकामी मधेस बनेको देख्न चाहन्छु, तर कोण सभाको एक कुनामा परिवर्तन सिमित छ लाग्छ ।
बिगतको संबिधान सभाको निर्वाचनले मौलाई गएका मधेसी मन अब फेरिपनि फक्रिन्छ्न भन्ने लाग्दैन , त्यसपाली सबैमा एकै होड थियो , संबिधान लेखन नै एक जोड थियो तर त्यसलाई बंग्याएर तिनै मधेसी नेताहरुले गर्दा आज मधेस कमजोर परेको छ ,आज फेरी त्यही मधेसी मुखौटामा खसवादी सोंच लुकेको छ, तर म संबिधान बनाएरै छाड्छु, म विकास गर्छु,म मधेसलाई संघीयतामा लानेछु, हक अधिकार सुनिश्चित गरेरै छाड्छु , अबका जनता प्रलोभनमा पर्ने छैनन उनले आफ्नो हकहित आफै सोच्ने छन र मलाई मात्र वोट दिने छन भन्छन र तालि बज्छ । आदरणीय उम्मेदवार ज्यू फेरी थप्छन मैले गर्दा यो भो ,मैले नै गर्दा त्यो भो तर संबिधान बनाउनमा बाधा भनेको अर्कै थिए क्ष्सबै राम्रा मैले गरे , सबै नराम्रा खस पहाडियाले गरे , म मूकदर्शक झैँ सुन्छु । नेता ज्यू एक ग्लास पानी पिउछन र फेरी गर्जरिहन्छन , चिया र बिस्कुट एकजना हामीतिर पनि पस्किन्छन । म कानमा तेल हालेर बसिरहन्छु , केहीबेरमा सभा समाप्त हुन्छ । सबै हिड्न थाल्छन , पंक्तिबद्ध भएर गाडीहरु उभिन्छन र लस्कर एक (एक गरेर गाडीहरुमा कोचिन थाल्छन , जिन्दाबाद १ जिन्दाबाद १ को नारा लगाउदै त्यो गाडीहरु बजार भएर निसक्नछन , मानिसहरु सभाबाट उठ्दा पो थाहा हुन्छ म मात्र एउटा बाहिरी दर्शक थिए बाँकी सबै त नेता ज्युकै संगैरहेकाहरु बसेर सुन्दै थिए । आजभोली फ्रीमा को हुन, यी नेताहरुलाई सुन्ने ? समाजप्रेमी, शिक्षाप्रेमी , प्रेसले पनि सायदै मन पराउलान । म बेवकूफ झैँ त्यो जुलूसमा थिए । तर पनि पछि गर्दै उनी रुकेको ठाउँ घर(दैलो हेर्न जान्छु , कतीले ढोका खोल्दैनन, कोहि छतबाटै बोल्छन, नेता ज्यू तै पनि सुपर एक्टर झैँ हात जोडेर वोट माँग्दै अगाडी बढ्छन । केहि छिन पछाडी सबैं गाडीमा बसेर प्राचार(प्रसारको मूल कार्यालय तिर गाडी मोडछन , म पनि पछि लाग्छु र त्यहि पुग्छु । त्यहाँ पुरुष , महिला,अपांग,दलित जनजाती,मुस्लिम आदि देख्छु मन पुलकित हुन्छ । समावेशी भनेको त यी नै हुन सोच्छु ।
त्यहाँ सबैले पहिले खाना खान्छन र रक्सी पिउछन अनि चर्को बहस सुरु हुन्छ । हरेक जातका ठेकेदारहरुको जमघट हुन्छ, क्लवहरुका पदाधिकारीहरुको समेत उपस्थिति हुन्छ , तालमेलका कुरा उठ्छन सबैलाई समर्थन गर्न कसम खुवाइन्छ , अनि बोट जोडिन्छ र अन्ततः स्वजातीय समीकरणमाथि बिशेष जोड दिइन्छ । डमी्ु उम्मेदवारलाई किनिन्छ , आफ्नो जातका उम्मेदवारलाई आफूलाई समर्थन गर्न लगाईन्छ । नेता ज्यू पेग लगाउदै र दिन भर गरेका भाषणहरु सम्झेर साथीहरु बीच खुब हाँसेको देख्छु , अनि क(कसलाई कति रकम खर्चेको हिसाब जोडछन र भन्छन संबिधान भन्दा पहिला मैले भोट किन्न खर्चिनुपरेको पैसा कसरी आउँने भन्ने सोध्छन आफ्ना कार्यकर्ता संग र उनले जोडाइदिदाँ लामो सांस फेर्दै भन्छन अब यसपाली फरवार्ड र बेकवार्ड दुई वटैमा पैसा बाड्नु पर्छ । पैसाको गद्दीहरु एजेन्टलाई दिदै भन्छन जसरि पनि अब मलाई जित्नु छ , फोन हुन सुरु हुन्छ, ठुला देखि सानाहरु आउन सुरु हुन्छ । कसैले नेताज्यू संग मतभेदका कुरा गर्छन , त कसैले आफ्नो भवना प्रकट गर्छन , सबैको इच्छा पूर्ति गरिन्छ । फर्किने बेला सबैको निधार टल्केको देख्छु ।
रातारात चुनावको मुख फेरिन्छ ,मलाई नेता ज्यूको र ठेकेदारहरुको त्यस्तो बिकराल रुप हेरेर एउटा हिन्दी दक्षिण सिनेमाको एक दृश्य याँद आउँछ । त्यो फिल्मको अभिनेता नेताले जनमानसमा रुपिया बांर्डे चुनाव जित्छन र जिते पछी मनपरी भ्रस्टाचारी गर्छन र जब त्यसको बिरोधमा जनताहरु त्यस नेता अभिनेता को घर अगाडी चर्को स्वरमा प्रदर्शन गर्छन तब नेता स्वयं घर बाहिर निस्केर तीनलाई हिर्काउदै भन्छन (आखिरमा मैले तिमीहरुमा खर्चेर किनेको हो यो पद र म यो पदमा बहाल हुदाँ त्यही पैसा कमाउन मैले गरेको भ्रस्टाचारको बिरोध गर्ने अधिकार पैसा खाएर, जात हेरेर , आफन्त हेरेर वोट दिने कसैलाई हैन १ असल मानिस र एक्लो मानिसलाई सुरुमै हराइदिने गरिन्छ । उनलाई प्रतिस्पर्धी नै मानिन्न । सोच्छु यो पाली पनि यदि जनताले होश नपुगाए, कसरी बन्ला संबिधानरु बनेपनि जो आफैले खर्चिनेलाई ठुलो नेता भन्छन उनलाई किन चाहियो, संबिधान रु हामीले को सही र को गलत छुट्टयाउन तिनलाई राम्ररी बुझ्नुपर्छ, सुन्नु पर्छ, आफूलाई संग्किर्नता भन्दा माथि उठेर , लोभमा नपरेर युक्तिसंगत सोचलाई अगाडी सार्नु पर्छ । यी कुरा सोच्दै आफ्ना छोरा(छोरीले पनि संबिधान पाऊन जिबनमा बराबरीको हक पाऊन भन्ने सोचीरहदाँ हजारौंको संख्यामा चुनावी रैली गएको देख्छु तर जुलूस भन्दापनि जागरण जरूरी बुझ्दै हिंडिरहन्छु । घर पुग्दा अर्को पार्टीका नेत्ताहरुले घरदैलो गरेको देख्छु ।
मिति ः २०७०÷८÷०२
चुनाव लक्षित धनुषामा सुरक्षा व्यवस्था कडा
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
मंसिर ४ गते आसन्न संविधानसभाको दोस्रो निर्वाचनलाई लक्षित गरेर धनुषामा सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीको संयोजकत्वमा गठित जिल्ला सुरक्षा समितिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, म्यादी प्रहरी र नेपाली सेना र राष्टिूय अनुसन्धान विभागका कर्मचारीलाई परिचालन गरेको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनाली भन्छन,“गृहमन्त्रालयबाट प्राप्त भएको केन्द्रिय सुरक्षा योजना अनुसार हामीले पनि जिल्ला सुरक्षा योजना तयार गरेका छौं । निर्वाचन अघि, मतदान दिन र मतदान पछि गरी तीन भागमा सुरक्षालाई विभाजन गरेका छौं । प्रत्येक निर्वाचन क्षेत्रमा सशस्त्र प्रहरीको वेस क्याम्प रहन्छ । नेपाल प्रहरीका अहिलेको युनिटका साथै थप प्रहरीलाई खटाएर सुरक्षा व्यवस्था मिलाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा नेपाल प्रहरीका बाहेक ८ वटा सशस्त्र प्रहरीको टोली, ३ वटा नेपाली सेनाको टोली परिचालन गरिएको छ ।”
जिल्लामा निर्वाचन सुरक्षाकै लागि प्रशासनले एउटा अलग्गै टेलिफोन नम्बर प्रदान गरेको छ । अरु सम्पर्क नम्बरहरु इन्गेज हुन सक्ने भएकाले निर्वाचनकै लागि भनेर जिल्ला प्रहरी कार्यालयमा छुट्टै ९८५४०२७१०३ भन्ने नम्बर व्यवस्था गरिएको हो । यो नम्बर वारे सबै उम्मेदवारलाई पनि जानकारी गराईएको छ ।
सुरक्षा घेराको कुरा गर्दा अहिले सेनाले ‘फ्ल्याग मार्च’ प्रत्येक निर्वाचन क्षेत्रमा गर्दैछ । ३० देखि ४० जनाको सेनाको टुकडी प्रत्येक निर्वाचन क्षेत्रमा परिचालन भएको छ । मतदान स्थलमा तेस्रो घेरामा रहेर सेनाले सेक्युरिटी दिन्छ । प्रजिअ मैनाली भन्छन,“ सेना परिचालन भएको विषयमा आम मतदाताले केही चिन्ता गर्नु पर्ने अवस्था पनि छैन र आत्तिनु पनि पर्दैन । सुरक्षा भनेको नेपाल प्रहरीबाट नै हुन्छ, त्यो भन्दा वाहिर सशस्त्र प्रहरीबाट र त्यो भन्दा पनि आउटर घेरामा मात्र हो सेना । व्याक(अपको रुपमा मात्र रहन्छ सेना ।सेनाले पक्राउ गर्दैन । कानुन बमोजिम कारवाही गर्ने भनेको नेपाल प्रहरीले मात्रै हो । सेना व्याक फोर्सको रुपमा सपोर्टको लागि मात्र रहन्छ ।”
१ मंसिर साँझ सम्म प्रत्येक निर्वाचन क्षेत्रमा रहेको मतदान केन्द्रहरुमा निर्वाचन सामग्री निर्वाचन आयोगको समन्वयमा पुरयाईसकिएको भन्दै धनुषा प्रहरी प्रमुख उत्तम राज सुवेदी भन्छन,“ २ गते देखि ४ गते सम्म सिमावत्ती नेपाल भारतको बोर्डर सिल गरिएको छ । मादक पदार्थ विक्री वितरण मत गणना नहुनजेल सम्म दिनमा पनि पुर्णतः प्रतिवन्धित गरिएको छ ।” बन्दलाई लक्षित गरेर राजमार्गमा कुनै पनि किसिमको उत्छृङखल घटना हुन नदिन भरपर्दो सुरक्षा व्यवस्था मिलाउनुका साथै अन्य ठाउँहरुमा पनि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरी उपरीक्षक सुवेदीले बताएका छन ।
निर्वाचनमा सुरक्षा व्यवस्थाको अनुगमन गर्नको लागि स्थानिय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारी द्धारा अख्तिियारी प्राप्त उपसचिवको नेतृत्वमा तीन जनाको सिभिल टोली खटाइएको छ ।
धनुषामा १ सय २६ मतदान स्थल अतिसंवेदनशिल
निर्वाचन वहिष्कार तथा विथोल्ने रणनीतिका साथ आन्दोलित मोहन वैद्य नेतृृत्वको नेकपा(माओवादी सम्मिलित विभिन्न राजनीतिक दलहरुको संयुक्त मोर्चा र मधेस केन्द्रित भुमिगत सशस्त्र संगठनहरुको गतिविधिलाई केन्द्रिकृत गरी नेपाल सरकारले देशभरीको १६ वटा जिल्लाहरुलाई अतिसंवेदनशिल क्षेत्रको रुपमा लिएको अवस्थामा धनुषा पनि सुरक्षाको दृष्टिकोणले अति नै संवेदनशिल जिल्लाको रुपमा पर्दछ । भारतको बोर्डरसँग सिमा जोडिएको तथा खुल्ला सिमा रहेको, विगतमा भुमिगत समुहहरुको गतिविधि वढी हुने स्थल, राजनीतिक हिसावले वढी चलखेल हुने तथा विगतको संविधानसभाको निर्वाचनको अवस्थाका आधारमा धनुषा जिल्लालाई अतिसंवेदनशिल क्षेत्रको रुपमा लिईएको धनुषाका प्रहरी नायव उपरीक्षक संतोष सिंह राठौडले बताएका छन । कुल ३ सय ८ मतदान स्थल रहेको धनुषा जिल्लामा १ सय २६ मतदान स्थल अतिसंवेदनशिल, १ सय १६ मतदान स्थल संवेदनशिल र ६६ मतदान स्थललाई सामान्य गरी तीन भागमा नेपाल प्रहरीले वर्गिकरण गरेको छ । भौगोलिक विकटता, छिमेकी जिल्लासँग जोडिने सिमाना, सदरमुकामबाट व्याकअप पुग्न टाढा भएको आधारमा धनुषाको क्षेत्र नंं.१ मा २३, क्षेत्र नं.२ मा १६, क्षेत्र नं.३ मा १५, क्षेत्र नं. ४ मा १, क्षेत्र नं.५ मा २३, क्षेत्र नं. ६ मा २३ र क्षेत्र नं. ७ मा २५ गरी कुल १ सय २६ मतदान स्थललाई जिल्ला प्रहरी कार्यालय धनुषाले अतिनै संवेदनशिल क्षेत्रको रुपमा लिएको हो । जनकपुर नगरपालिका भित्र व्याकअप फोर्स तत्काल उपलब्ध हुने हुनाले ४ नम्बर क्षेत्रमा एउटा मतदान स्थललाई मात्र अति संवेदनशिल क्षेत्रको रुपमा लिइएको डिएसपी रोठौडले बताएका छन । त्यसैगरी क्षेत्र नं. १ मा १९ संवेदनशिल र ६ सामान्य, क्षेत्र नं. २ मा २० संवेदनशिल र ६ सामान्य, क्षेत्र नं. ३ मा १० संवेदनशिल र १९ सामान्य, क्षेत्र नं. ४ मा २६ संवेदनशिल र १८ सामान्य, क्षेत्र नं. ५ मा १२ संवेदनशिल र ८ सामान्य, क्षेत्र नं. ६ मा १५ संवेदनशिल र ९ सामान्य र क्षेत्र नं.७ मा १४ संवेदनशिल तथा एउटा पनि सामान्य नरहेको गरी कुल १ सय १६ मतदान स्थल संवेदनशिल तथा ६६ मतदान स्थल सामान्य रहेको नेपाल प्रहरीको भनाई छ । क्षेत्र नं. १ मा २ सय ४२, क्षेत्र नं. २ मा २ सय ८, क्षेत्र नं.३ मा २ सय ७, क्षेत्र नं. ४ मा २ सय ३, क्षेत्र नं. ५ मा २ सय २१, क्षेत्र नं.६ मा २ सय ३४ र क्षेत्र नं. ७ मा २ सय १८ गरी कुल १ हजार ५ सय ३३ नेपाल प्रहरी मतदान स्थल तथा मतदान केन्द्रको सुरक्षाका लागि खटिएका छन । जिल्ला प्रहरी कार्यालय सुरक्षाका लागि २ सय, रिजर्भमा निर्वाचन सेलका लागि ३० जना र अन्य भैपरिका लागि १ सय गरी कुल २ हजार प्रहरी धनुषामा परिचालित भएका छन । १ हजार प्रहरी कर्मचारीको दरबन्दी रहेकोमा कुल १ हजार प्रहरी अञ्चल प्रहरी कार्यालय जनकपुर, टूाफिक फिल्ड, गुल्म जनकपुर, सशस्त्र प्रहरी गण रातोमाटी हेटौडा, दङ्गा गण, प्रहरी प्रधान कार्यालय महराजगंजबाट थप मद्दत भएको डिएसपी राठौडले जानकारी दिएका छन । हाल १ जना थप डिएसपी प्रकास चन्द, १३ जना हालको र थप ११ गरी कुल २४ प्रहरी निरीक्षक, सई,असई, हवलदार समेतको कमान्डमा प्रहरी परिचालन गरिएको छ । अतिसंवेदनशिल र वढी मतदाता संख्या भएको मतदान स्थलमा प्रहरी निरीक्षक, तथा सामान्य र कम मतदाता संख्या रहेको ठाउँमा असई र हवलदार समेतको कमान्डमा प्रहरी परिचालन भएको डिएसपी राठौडले बताएका छन । नेपाल प्रहरीलाई सहयोग गर्न १ हजार ५ सय ३३ म्यादी प्रहरी पनि विना हतियार परिचालित भएका छन ।
धनुषामा ११ सय सशस्त्र प्रहरी परिचालन
निर्वाचनलाई लक्षित गरेर नेपाल प्रहरीलाई थप मद्दतको लागि व्याकअप फोर्सको रुपमा हतियार, ढाल र लठ्ठी सहित कुल १ हजार १ सय सशस्त्र प्रहरी बल धनुषामा परिचालन भएका छन । धनुषाका सशस्त्र प्रहरी उपरीक्षक सुवर्ण थापा मगरको कमान्डमा कुल ८ जना डिएसपी, १ सय ३० जना सशस्त्र प्रहरी निरीक्षक लगायतका टोली परिचालन भएका छन । जिल्ला निर्वाचन सुरक्षा वेशको कमान्ड डिएसपी दिपक विष्ट, क्षेत्र नं. १ मा यदुकोहामा डिएसपी राजकुमार श्रेष्ठ, क्षेत्र नं. २ मा सोनीगामामा डिएसपी कृष्ण कर्माचार्य, क्षेत्र नं. ३ मा फुलगामामा डिएसपी दलबहादुर श्रेष्ठ, क्षेत्र नं. ४ मा जनकपुर चुरोट कारखानामा डिएसपी प्रेम प्रसाद सिग्देल, क्षेत्र नं. ५ मा सपहीमा डिएसपी संतोष बस्नेत, क्षेत्र नं. ६ मा रघुनाथपुरमा डिएसपी निर्मल थापा र क्षेत्र नं. ७ मा नक्टाझिझमा डिएसपी प्रेम प्रसाईको कमान्डमा सशस्त्र प्रहरी परिचालित भएका छन । प्रत्येक निर्वाचन क्षेत्रमा १ सय ३० जना सशस्त्र प्रहरी खटेका छन । यसका अतिरिक्त ३ वटा स्टूाइकिङ र दुई वटा मोवाइल टोली गरी पाँच वटा टोलीमा कुल १३(१३ जनाका दरले सशस्त्र प्रहरी परिचालन गरिएको छ । एउटा टोलीले २ देखि ३ वटा गाविस सम्म प्रहरी निरीक्षक र प्रहरी नायव निरीक्षकको कमान्डमा घनिभुत रुपमा पटूोलिङका लागि परिचालन भएको हो । विशेष गरी शान्ति सुरक्षालाई थप बलियो बनाउन र संविधानसभाको चुनावकै दिनमा नेपाल प्रहरी मतदान केन्द्र भित्र सिमित रहने हुँदा बाहिर कुनै पनि उच्छश्रृङखल क्रियाकलाप गर्नेलाई समेत नियन्त्रण गर्न स्टूाइकिङ टोली गठन गरिएको हो । सिमामा कडा सुरक्षा व्यवस्था मिलाउन तथा छिमेकी मुलुक भारतबाट भुमिगत समुह वा अपराधी नआवोस भन्नका लागि सशस्त्र प्रहरीले सिमावर्ति ति भारतका एसएसवी सँग समन्वय गर्नुका साथै बोर्डर एरियालाई सिल गर्ने भएका छन । बोर्डरमा सुरक्षाका निम्ति फुलगामा, जटही, धनौजी र खजुरी गरी ४ वटा बोर्डर आउटपोस्ट (विओपी) का साथै महिनाथपुर र बौहरवामा गरी थप दुई वटा स्टूाइकिङ टोली गठन गरिएको हो । धनुषा जिल्लामा ५ सय १५ जना नेपाली सेना खटाइएको हो ।
मिति ः २०७०÷८÷०२
धनुषामा ७ सिटका लागि ३३४ मैदानमा
द एक्सक्लुसिभ सम्वाददाता
जनकपुरधाम............
संविधानसभाको निर्वाचनको लागि उम्मेदवारहरुको अन्तिम प्रचार(प्रसारका लागि निर्वाचन आयोगद्वारा तोकिएको मिति १ मंसिरसम्म विभिन्न उम्मेदवारहरुले धनुषामा अन्तिम चुनावी सभा गरेका छन । यसपटक ४ मंसिरमा संविधानसभाको दोस्रो निर्वाचनको मिति तोकिएको छ । आसन्न चुनावका लागि धनुषामा यस पटक क्षेत्र नं. १ देखि ७ सम्म क्रमशः ४०, ४१,५३,६२,५६,४२ र ४० गरी कुल ३ सय ३४ जना उम्मेदवारले पहिलो हुने निर्वाचित हुने प्रणाली (प्रत्यक्ष) अन्तरगत उम्मेदवारी दर्ता गराएका छन । पछिल्लो पटक २८ चैत्र २०६४ मा समपन्न भएको पहिलो संविधानसभाको निर्वाचनमा क्षेत्र नं. १ देखि ७ सम्म क्रमशः २०,२४,२९,३४,२३,२१ र २४ गरी कुल १ सय ७५ जनाले उम्मेदवारी दिएका थिए । तथ्याङकको आधारमा यस पटक धनुषामा करिब दुई गुणा वढी उम्मेदवारले उम्मेदवारी दिएका छन ।
२५ देखि ३० प्रतिशत मत ल्याए विजयी हुने सम्भावना
पछिल्लो संविधानसभाको चुनावमा मतदान भएको कुल मत मध्ये धनुषामा औषत २५ देखि ३० प्रतिशत सम्म मत ल्याउने हरु विजयी भएको थियो । ४ लाख ६३ हजार २ सय २५ कुल मतदाता रहेको धनुषामा २ लाख ८८ हजार ५ सय २८ मत कुल मतदान भएकोमा कुल २ लाख ६६ हजार २ सय ३८ मत सदर भएको थियो भने २२ हजार २ सय ९८ मत बदर भएको थियो । यस पटक धनुषाको कुल ७ निर्वाचन क्षेत्रमा ३ सय ८ मतदान स्थल र ५ सय ५४ मतदान केन्द्रमा कुल ३ लाख ३७ हजार ६ सय ९३ मतदाता रहेका छन । विगतको निर्वाचन भन्दा यस पटक मतदाता संख्या घटेको र उम्मेदवारहरुको संख्या वढेको कारण कडा प्रतिस्पर्धा वढ्ने भएपछि औषत २५ देखि ३० प्रतिशत सम्म मत ल्याएमा विजयी हुने अनुमान गरिएको छ ।
पछिल्लो संविधानसभाको चुनावमा क्षेत्र नं. १ बाट एमालेका उम्मेदवार रामचन्द्र झाले मतदान भएको कुल मत मध्ये ३१.९९ प्रतिशत मत ल्याई विजयी भएका थिए । माओवादीका जोग कुमार बरबरिया यादवले २५.२३ प्रतिशत, फोरम नेपालका गजाधर रोहिता यादवले १६.३ प्रतिशत र नेपाली कांग्रेसका स्मृति नारायण चौधरीले १४.०६ प्रतिशत मत ल्याएका थिए भने अन्य उम्मेदवारहरुको मत प्रतिशत २ भन्दा पनि कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका रामकृष्ण यादवले २७.२५ प्रतिशत मत ल्याई विजयी भएका थिए । माओवादीका रामचन्द्र मण्डलले २२.७९ प्रतिशत, एमालेका रत्नेश्वर गोइत यादवले १८.०८ प्रतिशत, तमलोपाका परमेश्वर साह सुडीले १२.४५ प्रतिशत, फोरमका पवन कुमार झाले ९.८२ प्रतिशत मत ल्याएका थिए भने बाँकी उम्मेदवारहरुको मत प्रतिशत २ भन्दा पनि कम थियो । क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका विमलेन्द्र निधिले ४०.१ प्रतिशत ल्याई विजयी भएका थिए । एमालेका हरिदेव मण्डलले २५.५७ र तमलोपाका अमरेश नारायण झाले १७.७८ प्रतिशत मत ल्याए पनि बाँकी अन्य उम्मेदवारहरुको मत प्रतिशत ५ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. ४ मा फोरमका संजय कुमार साहले ३४.९३ प्रतिशत मत ल्याई विजयी भएका थिए । एमालेका रघुविर महासेठले २४.१६ प्रतिशत, तमलोपाका वृषेश चन्द्रलाल ले १२.९२ प्रतिशत र नेपाली कांग्रेसका लिला कोइरालाले ११.३६ प्रतिशत मत ल्याएपनि बाँकी उम्मेदवारहरुको मत प्रतिशत ५ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नंं. ५ मा नेपाली कांग्रेसका रामबरण यादवले २८.३४ प्रतिशत मत ल्याई विजयी भएका थिए । तमलोपाका श्रीकृष्ण यादवले २७.०१ प्रतिशत, एमालेका रामरतन यादवले १४.९६ प्रतिशत र माओवादीका महादेव यादवले १२.४७ प्रतिशत मत हासिल गरेका थिए भने अन्य बाँकी उम्मेदवारहरुको मत प्रतिशत ६ भन्दा कम रहेको थियो । त्यसैगरी क्षेत्र नं. ६ मा माओवादी की रामकुमारी देवी यादवले २९.३ प्रतिशत मत ल्याई विजयी भएका थिए । कांग्रेसका प्रेम किशोर प्रसाद साहले २२.५७ प्रतिशत, एमालेका योगनारायण यादवले २२.५२ प्रतिशत ल्याएका थिए भने बाँकी अन्य उम्मेदवारहरुको मत प्रतिशत ९ भन्दा कम रहेको थियो । त्यसै गरी क्षेत्र नं. ७ मा एमालेका शत्रुधन महत्तोले ३०.०६ प्रतिशत मत ल्याई विजयी भएका थिए । कांग्रेसका आनन्द प्रसाद ढुङगानाले १९.३२ प्रतिशत, माओवादीका जागेश्वर महत्तो कोइरीले ११.३९ प्रतिशत मत ल्याएका थिए भने बाँकी उम्मेदवारहरुको मत प्रतिशत ९ भन्दा कम रहेको थियो ।
सवै क्षेत्रमा कडा प्रतिस्पर्धा
यस पटकको निर्वाचनको लागि क्षेत्र नं. १ बाट कुल ४० जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि एमाओवादीका रामचन्द्र झा, नेपाली कांग्रेसका दिनेश परसैला यादव, फोरम लोकतान्त्रिकका उमाशंकर अरगरिया, एमालेका रत्नेश्वर लाल गोइत र स्वतन्त्र उम्मेदवार जोगकुमार बरबरिया यादव बीच प्रतिस्पर्धा देखिदै छ । त्यसैगरी क्षेत्र नंं.२ बाट कुल ४१ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि नेपाली कांग्रेसका रामकृष्ण यादव, एमाओवादीका रामचन्द्र मण्डल, एमालेका भोला साह, तमलोपाका परमेश्वर साह र नेपाल सदभावना पार्टीका राजीव झा बीच कडा प्रतिस्पर्धा देखिएको छ । त्यसैगरी क्षेत्र नंं. ३ बाट कुल ५३ जना उम्मेदवारले उम्मेदवारी दर्ता गराएपनि नेपाली कांग्रेसका विमलेन्द्र निधि, राष्टिूय मधेस समाजवादी पार्टीका राजु चौधरी, एमालेका जुली महत्तो र एमाओवादीका हरिदेव मण्डल बीच कडा प्रतिस्पर्धा देखिदै छ । त्यसै गरी क्षेत्र नंं. ४ बाट कुल ६२ जना उम्मेदवारले उम्मेदवारी दिएपनि सदभावनाका संजय कुमार साह, नेपाली कांग्रेसका रामसरोज यादव, तमलोपाका वृषेशचन्द्र लाल, एमालेका श्रीप्रसाद साह, फोरमका रामस्वार्थ राय,राष्टिूय मधेस समाजवादी पार्टीका मनोज चौधरी र स्वतन्त्र उम्मेदवार राजदेव मिश्र बीच प्रतिस्पर्धा देखिदै छ । क्षेत्र नं. ५ बाट कुल ५६ जना उम्मेदवार रहे पनि तमलोपाका अनिता यादव, कांग्रेसका चन्द्रमोहन यादव, एमालेका रघुविर महासेठ, एमाओवादीका विजय यादव बीच कडा प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नंं. ६ बाट कुल ४२ जना उम्मेदवारले उममेदवारी दिएपनि कांग्रेसका प्रेम किशोर प्रसाद साह, एमाओवादीका बोधमाया यादव, एमालेका योगनारायण यादव र राप्रपा नेपालका मनोज मल्ल ठकुरी बीच प्रतिस्पर्धा देखिदैछ । क्षेत्र नं. ७ बाट कुल ४० जनाले उम्मेदवारी दिएपनि एमालेका शत्रुधन महत्तो, एमाओवादीका रामकुमार महत्तो, कांग्रेसका बासलाल महत्तो र स्वतन्त्र उम्मेदवार समिर घिमिरे बीच प्रतिस्पर्धा देखिएको छ ।
कठिन छ चुनावको पूर्वानुमान
अविकसित देशहरुमा चुनाव अगाडि नै कसले जित्छ भनेर अनुमान लगाउन अमेरिकामा जस्तो सजिलो हुँदैन । चुनावमा कसले जित्छ भनेर अनुमान गर्न गाह्रो हुने केही कारणहरु छन ।
प्रथमतः अविकसित देशका मतदाताहरु अस्थिर हुन्छन् । उनीहरुको मन एकै रातमा समेत परिवर्तन हुने भएकाले दलगत आधारमा कसले जित्छ भनेर अनुमान गर्न कठिन हुन्छ । गाउँमा भन्दा शहरमा मतदाताहरु छरिएर आफ्नो घर र व्यापार व्यवसायमा केन्द्रीत हुने भएकाले उनीहरुको मनपेट थाहा पाउने कुनै संयन्त्र हुँदैन ।
दोस्रो, राजनीतिक दलका कार्यकर्तालाई बुझ्दा जसले पनि आफ्नै पार्टीले जित्ने दाबी गर्ने भएकाले कसको वास्तविक अवस्था कस्तो छ भनेर सही आँकलन गर्न सकिँदैन ।
तेस्रो, चुनावका बेला अविकसित देशका मिडिया, पत्रकार, लेखक र विश्लेषकहरु पनि सन्तुलित भूमिकामा भन्दा पनि एउटा न एउटा दल वा शक्तिको पछाडि लाग्ने भएकाले विश्लेषकहरुको विश्लेषणका आधारमा पनि सत्यको नजिक पुग्न गाह्रो हुन्छ ।
चौथो, विकसित देशहरुमा जस्तो सबैतिर विद्युतीय मतदान हुँदैन, चुनावमा धाँधली हुने र मतदानमा तलमाथि हुने भएकाले विश्लेषण गर्न कठीन हुन्छ । विदेशमा जस्तो सर्वेक्षणहरु हुँदैनन् । कसैले सर्वेक्षण गर्दा पनि आफ्नो पक्षलाई अगाडि देखाउने नियत घुसाउने गरिन्छ । यिनै विविध कारणले गर्दा सिंगै मुलुकको चुनावी परिणाम कस्तो आउला भनेर पूर्वानुमान गर्नु निकै गाह्रो विषय हो । तर, रोचक पक्षचाँहि के छ भने पिछडिएको मुलुकमा चुनावको पूर्वानुमान गर्न निकै कठिन भए पनि मतदाता र जनतामा भने चुनाव नहुँदै कसले जित्छ र कसले हार्छ भन्ने चासो चाहिँ अत्यधीक हुने गर्दछ । नेपालमा कसले चुनाव जित्ला भनेर देखिने गरेको चासो पनि यसैको उदाहरण हो ।
पछिल्लो चुनावमा १ सय ५० जनाको जमानत जफ्त
उम्मेदवार हुन योग्यता पुगेको व्यक्तिले सोही निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम भएका प्रस्तावक र समर्थक एक एक जना बाट प्रस्ताव र समर्थन गराई उम्मेदवारले आफ्नो मनोनयन पत्र दर्ता गराउँछन । राजनीतिक दलले खडा गरेको उम्मेदवारले सम्बन्धित दलबाट उम्मेृदवार बनेको औपचारिक पत्र (टिकट) र स्वतन्त्र व्यक्तिले धरौटी वापत रु.३ हजार जम्मा गर्नु पर्छ । निर्वाचन आयोगका अनुसार मतदानमा खसेको कुल मतको १० प्रतिशत मत हासिल गर्ने उम्मेदवारको धरौटी फिर्ता हुन्छ र त्यो भन्दा कम मत हासिल गर्ने उम्मेदवारको जमानत स्वरुप दिईएको धरौटी रकम निर्वाचन आयोगले जप्mत गर्छन । धनुषामा पछिल्लो पटक क्षेत्र नं. १ बाट २० जना उम्मेदवार मध्ये १६ जना, क्षेत्र नं.२ बाट २४ जना उम्मेदवार मध्ये २० जना, क्षेत्र नं. ३ बाट २९ जना उम्मेदवार मध्ये २६ जना, क्षेत्र नं.४ बाट ३४ जना उम्मेदवार मध्ये ३० जना, क्षेत्र नं. ५ बाट २३ जना उम्मेदवार मध्ये १९ जना, क्षेत्र नं. ६ बाट २१ जना उम्मेदवार मध्ये १८ जना, र क्षेत्र नं. ७ बाट २४ जना उम्मेदवार मध्ये २१ जना गरी कुल १ सय ७५ उम्मेदवार मध्ये कुल १ सय ५० जना उम्मेदवारहरुको जमानत स्वरुप बुझाईएको रु. ३ हजारको धरौटी निर्वाचन आयोगले जफ्त गरेका थिए । यस पटक झन ३ सय ३४ जना उम्मेदवारले उम्मेदवारी दिएका कारण धेरै उम्मेदवारहरुको जमानत जफ्त हुने आँकलन गरिएको छ ।
धनुषामा ३ सय ३४ मध्ये २५ महिला उम्मेदवार
नेपालको अन्तरिम संविधान(२०६३ ले हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता गराउने उल्लेख भएको भएतापनि आउँदो मंसिर ४ मा हुने दोस्रो संविधानसभाको चुनावमा कुनै पनि दलले ३३ प्रतिशत महिला उम्मेदवार उठाएका छैनन । धनुषामा कुल ७ निर्वाचन क्षेत्रमा प्रत्यक्ष तर्फ परेको ३ सय ३४ जना उम्मेदवारहरु मैदानमा प्रतिस्पर्धा गर्दैछन । जसमध्ये ३ सय ९ जना पुरुष उम्मेदवारहरु रहेका छन भने महिला उम्मेदवारको संख्या २५ मात्र रहेको पाइन्छ ।
प्रतिशतको आधारमा हेर्ने हो भने पुरुष उम्मेदवारहरुको प्रतिशत ९२.५२ र महिला उम्मेदवारहरुको प्रतिशत ७.४८ मात्र रहेको छ । क्षेत्र नं. १मा कुल ४० उम्मेदवार मध्ये ३६ जना पुरुष र ४ जना महिला, क्षेत्र नं. २ मा कुल ४१ उम्मेदवार मध्ये ३८ जना पुरुष र ३ जना महिला, क्षेत्र नं. ३ मा ५३ उम्मेदवार मध्ये ४८ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ४ मा कुल ६२ उम्मेदवार मध्ये ५७ जना पुरुष र ५ जना महिला, क्षेत्र नं. ५ मा कुल ५६ उम्मेदवार मध्ये ५४ जना पुरुष र २ जना महिला, क्षेत्र नं. ६ मा कुल ४२ जना उम्मेदवार मध्ये ३६ जना पुरुष र ६ जना महिलाले उम्मेदवारी दिएका छन । क्षेत्र नं. ७ मा कुल ४० उम्मेदवार मध्ये एउटा पनि महिलाको उम्मेदवारी परेको छैन ।
मिति ः २०७०÷८÷०२
Subscribe to:
Posts (Atom)